19.11.19 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमीले
एक बाबा बाट नै सुन्नु छ र सुनेर अरूलाई सुनाउनु छ।”
प्रश्न:–
बाबाले तिमी
बच्चाहरूलाई कुनचाहिँ ज्ञान दिनुभएको छ, जुन अरूलाई पनि सुनाउनु छ?
उत्तर:–
बाबाले तिमीलाई समझ दिनुभएको छ– तिमी आत्मा भाइ-भाइ हौ। तिमी एक बाबाको यादमा नै
रहनु छ। यो कुरा तिमीले सबैलाई सुनाऊ किनकि तिमीले सारा विश्वका भाइहरूको कल्याण
गर्नु छ। तिमी नै यस सेवाको लागि निमित्त हौ।
ओम् शान्ति ।
प्राय:ओम्
शान्ति किन भनिन्छ? यो हो परिचय दिनु– आत्माको परिचय आत्माले नै दिन्छ। आत्माले नै
शरीरद्वारा कुराकानी गर्छ। आत्मा विना त शरीरले केही पनि गर्न सक्दैन। त्यसैले
आत्माले आफ्नो यो परिचय दिन्छ। हामी आत्मा हौं, परमपिता परमात्माका सन्तान हौं।
उनीहरूले त अहम् आत्मा सो परमात्मा भनिदिन्छन्। तिमी बच्चाहरूलाई यी सबै कुरा
सम्झाइन्छ। बाबाले त बच्चा-बच्चा नै भन्नुहुन्छ नि। रूहानी बाबा भन्नुहुन्छ– हे
रूहानी बच्चाहरू! यी अंगहरूद्वारा तिमीले बुझ्छौ। बाबा सम्झाउनु हुन्छ– सबैभन्दा
पहिला हो ज्ञान, फेरि हुन्छ भक्ति। यस्तो होइन– पहिला भक्ति, पछि ज्ञान हुन्छ। पहिला
हो ज्ञान दिन, भक्ति हो रात। फेरि पछि दिन कहिले आउँछ? जब भक्तिबाट वैराग्य हुन्छ।
तिम्रो बुद्धिमा यो कुरा रहनु पर्छ। ज्ञान र विज्ञान हुन्छ नि! अहिले तिमीले ज्ञानको
पढाइ पढिरहेका छौ। फेरि सत्ययुग-त्रेतामा तिमीलाई ज्ञानको प्रारब्ध मिल्छ। ज्ञान
बाबाले अहिले दिनुहुन्छ जसको प्रारब्ध फेरि सत्ययुगमा मिल्छ। यो बुझ्नु पर्ने कुरा
हो नि! अहिले बाबाले तिमीलाई ज्ञान दिइरहनु भएको छ। तिमीलाई थाहा छ– फेरि हामी
ज्ञान भन्दा पर विज्ञान आफ्नो घर शान्तिधाममा जान्छौं। त्यसलाई न ज्ञान, न भक्ति
भनिन्छ। त्यसलाई भनिन्छ विज्ञान। ज्ञान भन्दा पर शान्तिधाममा जान्छौ। यो सबै ज्ञान
बुद्धिमा राख्नु छ। बाबाले ज्ञान दिनुहुन्छ– कहाँको लागि? भविष्य नयाँ दुनियाँको
लागि दिनुहुन्छ। नयाँ दुनियाँमा जानु भन्दा पहिला अवश्य आफ्नो घर जान्छौ।
मुक्तिधाममा जानु छ। आत्माहरू जहाँका निवासी हुन् त्यहाँ त अवश्य जान्छन् नि! यी
नयाँ-नयाँ कुरा तिमीले नै सुन्छौ, अरू कसैले बुझ्न सक्दैनन्। तिमीले सम्झन्छौ– हामी
आत्माहरू रूहानी पिताका रूहानी बच्चाहरू हौं। रूहानी बच्चाहरूका अवश्य पनि रूहानी
पिता हुनुपर्छ। रूहानी पिता र रूहानी बच्चाहरू। रूहानी बच्चाहरूका एउटै रूहानी पिता
हुनुहुन्छ। उहाँले आएर ज्ञान दिनुहुन्छ। बाबा कसरी आउनु हुन्छ– यो पनि सम्झाइएको छ।
बाबा भन्नुहुन्छ– मैले पनि प्रकृति धारण गर्नुपर्छ। अहिले तिमीले बाबाबाट ज्ञान
सुनेको सुन्यै गर्नु छ। बाबा सिवाय अरू कसैबाट सुन्नु छैन। बच्चाहरूले सुनेर फेरि
अरू भाइहरूलाई सुनाउँछन्। केही न केही अवश्य सुनाउँछन्। आफूलाई आत्मा सम्झनुहोस्,
बाबालाई याद गर्नुहोस् किनकि उहाँ नै पतित-पावन हुनुहुन्छ। बुद्धि त्यहाँ जान्छ।
बच्चाहरूलाई सम्झाएपछि बुझ्छन् किनकि पहिला बेसमझ थिए। भक्तिमार्गमा बेसमझदारीले
रावणको पन्जामा आउनाले के गर्छन्! कस्ता फोहोरी बन्छन्! मदिरा पिएर के बन्छन्?
मदिराले विकारलाई अझ फैलाउँछ। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– बेहदका बाबाबाट
मैले वर्सा लिनु छ। कल्प-कल्प लिंदै आएका हौ। त्यसैले दैवी गुण पनि अवश्य धारण गर्नु
छ। कृष्णको दैवी गुणहरूको कति महिमा छ। वैकुण्ठको मालिक कति प्रिय छन्। अहिले
कृष्णको डिनायस्टी भनिदैन। डिनायस्टी विष्णु अथवा लक्ष्मी-नारायणको भनिन्छ। अहिले
तिमी बच्चाहरूलाई थाहा छ– बाबाले नै सत्ययुगी राजाईको डिनायस्टी स्थापना गर्नुहुन्छ।
यी चित्र आदि नभए पनि सम्झाउन सक्छौ। मन्दिरहरू त धेरै बनिरहन्छन्, जसमा ज्ञान छ ऊ
अरूलाई पनि कल्याण गर्न, आफू समान बनाउन दौडिरहन्छ। आफैलाई हेर्नु छ– मैले कतिलाई
ज्ञान सुनाएको छु! कसै-कसैलाई तुरुन्तै ज्ञानको तीर लाग्छ। भीष्म-पितामह आदिले पनि
भनेका छन् नि– मलाई कुमारीहरूले ज्ञान बाण हाने। यी सबै पवित्र कुमार-कुमारीहरू हुन्
अर्थात् बच्चाहरू हुन्। तिमीहरू सबै बच्चाहरू हौ, त्यसैले भन्छौ– हामी ब्रह्माका
सन्तान कुमार-कुमारीहरू भाइ-बहिनी हौं। यो नाता पवित्र हुन्छ। त्यो पनि गोदमा लिइएका
बच्चाहरू। बाबाले गोद लिनुभएको छ। शिवबाबाले गोद लिनुभएको हो प्रजापिता
ब्रह्माद्वारा। वास्तवमा गोद अर्थात् एडप्ट शब्द पनि भनिदैन। शिवबाबाका बच्चा त
हुँदै हौ। सबैले मलाई बोलाउँछन् शिवबाबा, शिवबाबा आउनुहोस् भनेर। तर ज्ञान केही पनि
छैन। सबै आत्माहरूले शरीर धारण गरेर अभिनय गर्छन्। त्यसैले शिवबाबाले पनि अवश्य
शरीरद्वारा पार्ट खेल्नुहुन्छ नि। शिवबाबाले पार्ट नखेल्ने हो भने फेरि त कुनै कामको
हुनुभएन। मूल्य नै हुँदैन। उहाँको मूल्य तब मात्र हुन्छ जब सारा दुनियाँलाई सद्गतिमा
पुर्याउनु हुन्छ अनि उहाँको महिमा भक्तिमार्गमा गायन गर्छन्। सद्गति भएपछि त
बाबालाई याद गर्न आवश्यकता नै पर्दैन। उनीहरूले केवल गड फादर भन्ने गर्छन्, त्यसोभए
फेरि टिचर शब्द लोप हुने भयो। केवल भनाइ रहन्छ– परमपिता परमात्मा पावन बनाउनेवाला
हुनुहुन्छ। उहाँलाई सद्गति गर्नेवाला पनि भनिदैनथ्यो। गायन त गर्छन्– सर्वका
सद्गतिदाता एक हुनुहुन्छ। तर विना अर्थ भनिदिन्छन्। अहिले तिमीले जे कुरा भन्छौ,
त्यो अर्थ सहित भन्छौ। सम्झन्छौ– भक्ति रात छुट्टै हो, ज्ञान दिन छुट्टै हो। दिनको
पनि समय हुन्छ। भक्तिको पनि समय हुन्छ। यो बेहदको कुरा हो। तिमी बच्चाहरूलाई बेहदको
ज्ञान मिलेको छ। आधाकल्प हुन्छ दिन, आधाकल्प हुन्छ रात। बाबा भन्नुहुन्छ– म पनि
आउँछु रातलाई दिन बनाउन।
तिमीलाई थाहा छ– आधाकल्प हुन्छ रावण राज्य। यसमा अनेक प्रकारको दु:ख हुन्छ, फेरि
बाबाले नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ। त्यसमा सुखै सुख मिल्छ। भनिन्छ पनि, यो
सुख र दु:खको खेल हो। सुख अर्थात् राम, दु:ख अर्थात् रावण। रावणमाथि विजय प्राप्त
गरेपछि फेरि राम राज्य आउँछ, फेरि आधा कल्पपछि रावणले रामराज्यमाथि विजय गरेर राज्य
गर्छ। तिमीले अहिले मायामाथि विजय प्राप्त गर्छौ। शब्द-शब्द तिमीले अर्थ सहित भन्छौ।
यो तिम्रो हो ईश्वरीय भाषा। यो कसैले कहाँ बुझ्छन् र! ईश्वरले कसरी कुरा गर्नुहुन्छ?
तिमीलाई थाहा छ– यो परमपिता परमात्माको भाषा हो किनकि परमपिता परमात्मा ज्ञानका
सागर हुनुहुन्छ। गायन पनि गरिन्छ उहाँ ज्ञानका सागर, नलेजफुल हुनुहुन्छ भने अवश्य
कसैलाई ज्ञान पनि दिनुहुन्छ नि! अहिले तिमीले बुझेका छौ– बाबाले कसरी ज्ञान
दिनुहुन्छ। आफ्नो पनि परिचय दिनुहुन्छ र सृष्टि चक्रको पनि ज्ञान दिनुहुन्छ। जुन
ज्ञान लिएपछि हामी चक्रवर्ती राजा बन्छौं। स्वदर्शन चक्र हो नि! याद गर्नाले हाम्रो
पाप काटिँदै जान्छ। यो हो तिम्रो यादको अहिंसक चक्र। त्यो चक्र हो हिंसक, शिर काट्ने।
ती अज्ञानी मनुष्यहरूले एक अर्काको शिर काटिरहन्छन्। तिमीले यस स्वदर्शन चक्रलाई
जानेर विश्वको बादशाही पाउँछौ। काम महाशत्रु हो, जसबाट आदि, मध्य, अन्त्य दु:ख
हुन्छ। यो हो दु:खको चक्र। बाबाले तिमीलाई दु:खको चक्रको यो ज्ञान बुझाउनु हुन्छ।
स्वदर्शन चक्रधारी बनाइदिनुहुन्छ। शास्त्रहरूमा त कति कथा बनाइदिएका छन्। तिमीले
अहिले त्यो सबै बिर्सिनुपर्छ। केवल एक बाबालाई याद गर्नु छ किनकि बाबाबाटै स्वर्गको
वर्सा लिन्छौ। बाबालाई याद गर्नु छ अनि वर्सा प्राप्त गर्नु छ। कति सहज छ। बेहदका
बाबाले नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ, त्यसैले वर्सा लिनको लागि याद गर्छौ। यो
हो मनमनाभव, मध्याजी भव। बाबा र वर्सालाई याद गर्दा बच्चाहरूलाई खुशीको पारा
चढ्नुपर्छ। हामी बेहद बाबाका सन्तान हौं। बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ, हामी
मालिक थियौं, फेरि अवश्य हुन्छौं। फेरि तिमी नै नर्कवासी भएका छौ। सतोप्रधान थियौ,
अहिले तमोप्रधान बनेका छौ। भक्तिमार्गमा पनि हामी नै आएका हौं। अलराउण्ड चक्कर
लगाएका हौं। हामी नै सूर्यवंशी थियौं फेरि चन्द्रवंशी, वैश्य वंशी... बनेर तल गिरेका
हौं। हामी देवी-देवता थियौं फेरि हामी नै गिरेका छौं। तिमीलाई अहिले सारा कुरा थाहा
भएको छ। वाममार्गमा गएपछि कति फोहोरी बन्छौ। मन्दिरमा पनि यस्ता फोहोरी चित्र बनाएका
छन्। पहिला घडी पनि यस्तै चित्र भएका बनाउँथे। अब तिमीले बुझ्छौ– हामी कति सुगन्धित
फूल थियौं फेरि हामीले नै पुनर्जन्म लिंदै लिंदै कति फोहोरी बनेका छौं। यी सत्ययुगको
मालिक हुँदा दैवी गुणवाला मानिस थिए। अहिले आसुरी गुणवाला बनेका छन्, अरू केही फरक
छैन। पुच्छर भएका वा सूँढ भएका मानिस हुँदैनन्। यी केवल देवताहरूका निशानी हुन्।
बाँकी स्वर्ग त प्राय: लोप भएको छ, यी चित्र केवल त्यसका निशानी हुन्।
चन्द्रवंशीहरूका पनि निशानी छन्। अहिले तिमीले मायामाथि विजय प्राप्त गर्नको लागि
युद्ध गर्छौ। युद्ध गर्दा-गर्दा फेल भए भने त्यसको निशानी तीर-कमान हो। हिन्दुहरू
वास्तवमा हुन् नै देवी-देवता घरानाका। नत्र कुन घरानाको गणना गर्ने? तर
हिन्दुहरूलाई आफ्नो घरानाको विषयमा थाहा नभएका हुनाले हिन्दु भनिदिन्छन्। नत्र त
वास्तवमा तिम्रो हो नै एक घराना। यहाँ छन् सबै देवता घरानाका, जो बेहदका बाबाले
स्थापना गर्नुहुन्छ। शास्त्र पनि हिन्दुहरूको एउटै छ। देवता धर्मको स्थापना हुन्छ,
फेरि त्यसमा विभिन्न शाखाहरू हुन्छन्। बाबाले स्थापना गर्नुहुन्छ देवी-देवता धर्म।
मुख्य हुन् ४ धर्म। फाउण्डेशन देवी-देवता धर्मको नै हो। सबै मुक्तिधामका निवासी हुन्।
फेरि तिमी आफ्नै देवताहरूको शाखामा जान्छौ। हिन्दुहरूको सीमा एउटै छ अरू कुनै धर्मको
हुँदैन। यिनीहरू हुन् वास्तवमा देवता धर्मका। फेरि त्यसबाट अरू धर्म निस्केका छन्,
ड्रामा योजना अनुसार। भारतवर्षको वास्तवमा धर्म हो नै देवता धर्म, जसको स्थापना
गर्नेवाला हुनुहुन्छ बाबा। फेरि नयाँ-नयाँ पात निस्कन्छन्। यो सारा ईश्वरीय वृक्ष
हो। बाबा भन्नुहुन्छ– म यो वृक्षको बीजरूप हुँ। यो फेद हो फेरि यसबाट हाँगाबिंगा
निस्किन्छन्। मुख्य कुरा हो नै– हामी सबै आत्माहरू भाइ-भाइ हौं। सबै आत्माहरूका पिता
एउटै हुनुहुन्छ, सबैले उहाँलाई याद गर्छन्। अहिले बाबा भन्नुहुन्छ– यी आँखाबाट
तिमीले जे जति देख्छौ त्यसलाई बिर्सिनु छ। यो हो बेहदको वैराग्य, उनीहरूको हो हदको।
केवल घरबारबाट वैराग्य आउँछ। तिमीलाई त यो पुरानो दुनियाँबाट वैराग्य छ। भक्तिपछि
हुन्छ वैराग्य पुरानो दुनियाँको। फेरि हामी शान्तिधाम हुँदै नयाँ दुनियाँमा जान्छौं।
बाबाले पनि भन्नुहुन्छ– यो पुरानो दुनियाँ भस्म हुन्छ। यो पुरानो दुनियाँमा अब दिल
लगाउनु छैन। जबसम्म लायक बनिदैन, रहने त यहाँ नै हो। हिसाब-किताब सबै चुक्ता गर्नु
छ।
तिमीले आधाकल्पको लागि सुख जम्मा गर्छौ। त्यसको नाम नै हो शान्तिधाम, सुखधाम। पहिला
सुख हुन्छ, पछि दु:ख। बाबाले सम्झाउनु भएको छ– जति पनि नयाँ-नयाँ आत्माहरू माथिबाट
आउँछन्, जसरी क्राइस्टको आत्मा आयो, उनलाई पहिला दु:ख हुँदैन। खेल हुन्छ नै पहिला
सुख, पछि दु:खको। नयाँ-नयाँ जो आउँछन् उनीहरू सतोप्रधान हुन्छन्। जसरी तिम्रो सुखको
हिसाब धेरै छ, त्यस्तै सबैलाई दु:खको हिसाब धेरै हुन्छ। यो सबै कुरामा बुद्धिबाट
काम लिइन्छ। बाबाले बसेर आत्माहरूलाई सम्झाइरहनु हुन्छ। त्यो फेरि अरू आत्माहरूलाई
सम्झाउँछन्। बाबा भन्नुहुन्छ– मैले यो शरीर धारण गरेको छु। धेरै जन्मको अन्त्यमा
अर्थात् तमोप्रधान शरीरमा म प्रवेश गर्छु। फेरि उनैलाई पहिलो नम्बरमा जानुपर्छ।
पहिलो नै अन्तिम, अन्तिम नै पहिलो (फस्ट सो लास्ट, लास्ट सो फस्ट)। यो पनि सम्झाउनु
पर्छ, फस्टको पछि फेरि को? मम्मा। उनको पार्ट हुनुपर्छ। उनले धेरैलाई शिक्षा दिएकी
छिन्। फेरि तिमी बच्चाहरूमा नम्बरवार हुन्छौ, धेरैलाई शिक्षा दिन्छौ, पढाउँछौ। फेरि
ती पढ्नेहरूले पनि यस्तो कोसिस गर्छन् जो तिमी भन्दा पनि उच्च हुन्छन्। धेरै सेवा
केन्द्रहरूमा यस्ता पनि छन् जो पढाउने टिचर भन्दा पनि उच्च हुन्छन्। एक-एकलाई
देखिन्छ। सबैको चाल-चलनबाट त थाहा हुन्छ नि। कोही-कोहीलाई त मायाले यसरी नाकमा
पक्डन्छ, एकदम समाप्त गरिदिन्छ। विकारमा गिर्छन्। पछि गएर तिमीले धेरैका बारेमा
सुनिरहन्छौ। आश्चर्य मान्छौ, यिनले त हामीलाई ज्ञान दिन्थिन् फेरि यिनी कसरी छोडिन्।
हामीलाई पवित्र बन भन्थिन् स्वयं फेरि विकारी बनिछन्। सम्झने त अवश्य छन् नि। धेरै
विकारी बन्छन्। बाबाले भन्नुभएको छ– ठूला-ठूला महारथीहरूलाई पनि मायाले जोडसँग
गिराउँछ। जसरी तिमीले मायालाई हराएर विजय पाउँछौ, मायाले पनि त्यस्तै गर्नेछ। बाबाले
कति राम्रा-राम्रा फस्टक्लास, सुन्दर नाम पनि राख्नु भयो। तर अहो माया, आश्चर्यवत्
सुनन्ती, कथन्ती, फेरि भागन्ती... गिरन्ती भए। माया कति शक्तिशाली छ, त्यसैले
बच्चाहरू धेरै होसियार रहनु पर्छ। युद्धको मैदान हो नि! मायासँग तिम्रो कति ठूलो
युद्ध छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यहाँ नै सबै
हिसाब-किताब चुक्ता गरेर आधाकल्पको लागि सुख जम्मा गर्नु छ। यो पुरानो दुनियाँमा अब
मन लगाउनु छैन। यी आँखाबाट जे जति देखिन्छ, त्यसलाई बिर्सिनु छ।
२) माया धेरै
शक्तिशाली छ, त्यसबाट होसियार रहनु छ। पढाइमा गेलप गरेर उन्नति गर्नु छ। एक बाबाबाटै
सुन्नु र उहाँबाट सुनेको कुरा अरूलाई सुनाउनु छ।
वरदान:–
सदा एकरस
मूडद्वारा स बै आत्माहरूलाई सुख - शान्ति - प्रेमको अञ्जली दिने महादानी भव
तिमी
बच्चाहरूको मूड सदा खुशीको, एकरस रहनु पर्छ। कहिले मूड अफ, कहिले मूड धेरै खुशी...
यस्तो नहोस्। सदा महादानी बन्नेवालाको मन:स्थिति कहिल्यै बदलिदैन। देवता बन्नेवाला
अर्थात् दिनेवाला। तिमीलाई जसले जे दिए पनि तिमी महादानी बच्चाले सबैलाई सुखको
अञ्जली, शान्तिको अञ्जली, प्रेमको अञ्जली देऊ। तनको सेवाको साथसाथै मनद्वारा यस
सेवामा बिजी रह्यौ भने डबल पुण्य जम्मा हुन्छ।
स्लोगन:–
तिम्रा
विशेषताहरू प्रभु प्रसाद हुन्, यिनलाई केवल स्वयंप्रति प्रयोग नगर, बाँड र बढाऊ।