19.11.23    Avyakt Bapdada     Nepali Murli    03.04.96     Om Shanti     Madhuban


सेवाको साथसाथै बेहदको वैराग्य वृत्तिद्वारा पुराना एवं व्यर्थ संस्कारबाट मुक्त बन


आज बेहदका बाबाले आफ्ना बेहदका सदा सहयोगी साथीहरूलाई देखिरहनु भएको छ। चारैतिरका सदा सहयोगी प्यारा बच्चाहरू सदा बाबाको दिलमा दिलतख्तनसीन छौ, निराकार बाबाको आफ्नो अकाल तख्त पनि छैन तर तिमी बच्चाहरूका कति तख्त छन्? बापदादा तख्तनसीन बच्चाहरूलाई देखेर सदा हर्षित हुनुहुन्छ वाह मेरा तख्तनसीन बच्चाहरू! बच्चाहरू बाबालाई देखेर खुशी हुन्छन्, तिमीहरू सबै बापदादालाई देखेर खुशी हुन्छौ तर बापदादा पनि तिमी कैयौं धेरै बच्चाहरूलाई देखेर खुशी हुनुहुन्छ किनकि हरेक बच्चा विशेष आत्मा हुन्। चाहे लास्ट नम्बर हुन् तर फेरि पनि लास्ट भए तापनि विशेष करोडौंमा कोही, कोहीमा कोहीको लिस्टमा छन् त्यसैले एक एक बच्चालाई देखेर बाबालाई धेरै खुशी हुन्छ वा तिमीहरूलाई हुन्छ? (दुवैलाई) बाबाका कति बच्चाहरू छन्! जति बच्चाहरू त्यति खुशी, तिमीहरूलाई केवल डबल खुशी छ, बस्। तिमीहरूलाई परिवारको पनि खुशी छ तर बाबाको खुशी सदाकालको छ र तिम्रो खुशी सदाकाल छ वा कहिले तलमाथि हुन्छ?

बापदादाले सम्झनुहुन्छ ब्राह्मण जीवनको श्वास खुशी हो। खुशी छैन भने ब्राह्मण जीवन छैन र अविनाशी खुशी, कहिलेकाहीँको होइन, प्रतिशतको होइन। खुशी भनेको खुशी नै हो। आज ५० प्रतिशत खुशी छ, भोलि १०० प्रतिशत छ, यसरी त जीवनको श्वास तलमाथि भयो नि! बापदादाले पहिला पनि भन्नुभएको छ शरीर जाओस् तर खुशी नजाओस्। यो पाठ सदा पक्का छ कि अलिअलि कच्चा छ? सदा अण्डरलाइन छ? कहिलेकाहीँवाला के हुन्छौ? सदा खुशीमा रहनेहरू पास विद् अनर र कहिलेकाहीँ खुशीमा रहनेहरूलाई धर्मराजपुरी पास गर्नु पर्नेछ। पास विद् अनर हुने एक सेकेण्डमा बाबासँगै जान्छन्, रोकिदैनन्। त्यसोभए तिमीहरू सबै को हौ? साथै जानेहरू कि रोकिनेहरू? (साथै जानेहरू) यस्तो चार्ट छ? किनकि विशेष डाइमण्ड जुबली वर्षमा बापदादाको हरेक बच्चाहरूप्रति के शुभ आशा छ, त्यो त थाहा छ हैन?

बापदादाले सबै बच्चाहरूको चार्ट हेर्नुभयो। त्यसमा के देख्नुभयो वर्तमान समय अनुसार एउटा कुराको विशेष अझै अटेन्सन चाहिन्छ। जसरी सेवामा धेरै उमङ्ग उत्साहले अगाडि बढिरहेका छौ र डाइमण्ड जुबलीमा विशेष सेवाको उमङ्ग उत्साह छ, यसमा सबै पास छौ। हरेकले यथाशक्ति सेवा गरिरहेका छन् र गरिरहने छन्। तर अहिले विशेष के हुनुपर्छ? समय समीप छ त्यसैले समयको समीपता अनुसार अहिले कुनचाहिँ लहर हुनुपर्छ? (वैराग्यको) कुनचाहिँ वैराग्य हदको वा बेहदको? जति सेवाको उमङ्ग उत्साह छ, त्यति समयको आवश्यकता अनुसार स्व-स्थितिमा बेहदको वैराग्य कहाँसम्म छ? किनकि तिम्रो सेवाको सफलता हो चाँडोभन्दा चाँडो प्रजा तयार हुन् त्यसैले सेवा गर्छौ हैन? जबसम्म तिमी निमित्त आत्माहरूमा बेहदको वैराग्य वृत्ति हुँदैन, तबसम्म अन्य आत्माहरूमा पनि वैराग्य वृत्ति आउन सक्दैन र जबसम्म वैराग्य वृत्ति हुँदैन तबसम्म जुन बाबाको परिचय सबैलाई मिलोस् भन्ने चाहन्छौ, त्यो मिल्न सक्दैन। बेहदको वैराग्य सदाकालको वैराग्य हो। यदि समय अनुसार वा परिस्थिति अनुसार वैराग्य आउँछ भने समय नम्बरवन भयो र तिमी नम्बर टु भयौ। परिस्थिति वा समयले वैराग्य दिलायो। परिस्थिति समाप्त भयो, समय वित्यो अनि वैराग्य पनि समाप्त भयो। यसलाई के भन्ने बेहदको वैराग्य वा हदको? त्यसैले अब बेहदको वैराग्य हुनुपर्छ। यदि वैराग्य खण्डित हुन्छ भने त्यसको मुख्य कारण हो देहभान। जबसम्म देहभानको वैराग्य हुँदैन, तबसम्म कुनै पनि कुराको वैराग्य सदाकाल हुँदैन, अल्पकालको हुन्छ। सम्बन्धदेखि वैराग्य यो ठुलो कुरा होइन, त्यो त दुनियाँमा पनि कैयौंलाई दिलबाट वैराग्य आउँछ तर यहाँ देह भानका जुन भिन्न-भिन्न रूप छन्, ती भिन्न-भिन्न रूपहरूलाई त जानेका छौ हैन? देह भानका रूप कति छन्, त्यसको विस्तार त जान्दछौ तर यी अनेक देह भानका रूपहरूलाई बुझेर, बेहदको वैराग्यमा रहनु छ। देह भान, देही अभिमानमा परिवर्तन होस्। जसरी देह भान एक नेचुरल भयो, त्यसैगरि देही अभिमान नेचुरल होस् किनकि हर कुरामा पहिलो शब्द देह नै आउँछ। चाहे सम्बन्ध छ भने पनि देहको नै सम्बन्ध हुन्छ, पदार्थ छन् भने पनि देहकै पदार्थ हुन्। मूल आधार देह भान हो। कुनै पनि रूपमा देह भान भएसम्म वैराग्य वृत्ति हुन सक्दैन। बापदादाले देख्नुभयो वर्तमान समयमा जुन देह भानको विघ्न छ, त्यसको कारण हो देहका जुन पुराना संस्कार छन्, त्यसबाट वैराग्य छैन। पहिला देहको पुरानो संस्कारदेखि वैराग्य हुनुपर्छ। संस्कारले स्वस्थितिदेखि तल लिएर आउँछन्। संस्कारको कारण सेवामा वा सम्बन्ध-सम्पर्कमा विघ्न पर्छन्। रिजल्टमा देखियो देहको पुरानो संस्कारदेखि जबसम्म वैराग्य आउँदैन, तबसम्म बेहदको वैराग्य सदा रहँदैन। संस्कारले भिन्न भिन्न रूपद्वारा आफूतिर आकर्षित गर्छ। जहाँ कतै तिर पनि आकर्षण छ, त्यहाँ वैराग्य हुन सक्दैन। त्यसैले चेक गर म आफ्नो पुरानो वा व्यर्थ संस्कारबाट मुक्त छु? जतिसुकै कोसिस गर, गर्छौ पनि वैराग्य वृत्तिमा रहन्छु तर कसैकसैमा वा धेरैजसोमा कुनै न कुनै रूपमा संस्कार यस्तो प्रबल हुन्छ जसले आफूतिर खिच्छ।

त्यसैले पहिला पुरानो संस्कारबाट वैराग्य। संस्कार नचाहेर पनि इमर्ज हुन जान्छन्, किन? चाहँदैनौ तर सूक्ष्ममा संस्कारलाई भस्म गरेका छैनौ। कहीँ न कहीँ अंश मात्र रहेका, लुकेका, ती समयमा नचाहेर पनि इमर्ज हुन्छन्। फेरि भन्छन् चाहेको त थिइन तर के गर्ने, भयो, हुन्छ... यो कसले भन्छ देह भानहुनेले वा देही अभिमानीले?

बापदादाले देख्नुभयो संस्कारले गर्दा वैराग्य वृत्तिमा कमजोरी छ। खतम गरेका छौ तर अंश पनि नहोस्, यस्तो खतम गरेका छैनौ र जहाँ अंश छ, त्यहाँ वंश त हुन्छ नै। आज अंश छ, समय आएपछि वंशको रूप लिन्छ। परवश बनाइदिन्छ। भन्न त सबैले भन्छन् जसरी बाबा नलेजफुल हुनुहुन्छ, त्यसैगरी हामी पनि नलेजफुल छौं, तर जब संस्कारको आक्रमण हुन्छ अनि त्यतिबेला नलेजफुल हुन्छौ कि नलेजपुल हुन्छौ? के हुन्छौ? नलेजफुलको सट्टा नलेजपुल बन्छौ। त्यतिबेला कसैसँग पनि सोधेमा भन्छन् हो, मैले पनि मान्छु, हुनु हुँदैन, गर्नु हुँदैन तर हुन्छ। त्यसोभए नलेजफुल भयौ कि नलेजपुल भयौ? (नलेजपुल अर्थात् ज्ञानलाई खिच्ने) जो नलेजफुल छ, उसको कुनै पनि संस्कार, सम्बन्ध, पदार्थले आक्रमण गर्न सक्दैन।

डाइमण्ड जुबली मनाइ रहेका छौ, डाइमण्ड जुबलीको अर्थ हो डाइमण्ड बन्नु अर्थात् बेहदको वैरागी बन्नु। जति सेवाको उमङ्ग हुन्छ, त्यति वैराग्य वृत्तिको अटेन्सन हुँदैन। यसमा अलबेलापन हुन्छ। यस्तै चलिरहेको छ... हुन्छ... हुनेछ... समय आएपछि ठीक हुनेछ... यसरी त समय तिम्रो शिक्षक हो कि बाबा शिक्षक हुनुहुन्छ? को हुनुहुन्छ ? यदि समयमा परिवर्तन गर्यौ भने तिम्रो शिक्षक त समय भयो! तिम्रो रचना तिम्रो शिक्षक हो यो ठीक हो? जब यस्तो परिस्थिति आयो भने के भन्छौ? समयमा ठीक गरिहाल्छु, भइ हाल्छ। बाबालाई पनि दिलासा दिन्छन् चिन्ता नगर्नुहोस्, भइ हाल्छ। समयमा बिल्कुल अगाडि बढ्नेछु। यसरी समयलाई शिक्षक बनाउनु यो तिमी मास्टर रचयिताको लागि शोभा दिन्छ? राम्रो लाग्छ? लाग्दैन। समय रचना हो, तिमी मास्टर रचयिता हौ। रचना मास्टर रचयिताको शिक्षक बनोस्, यो मास्टर रचयिताको शोभा होइन। त्यसैले अहिले बापदादाले जुन समय दिनु भएको छ, त्यसमा वैराग्यवृत्तिलाई इमर्ज गर किनकि सेवाको खिचातानीमा वैराग्यवृत्ति खतम भएर जान्छ। त्यसो त सेवामा खुशी पनि मिल्छ, शक्ति पनि मिल्छ र प्रत्यक्ष फल पनि मिल्छ तर बेहदको वैराग्य खतम पनि सेवामा नै हुन्छ त्यसैले अब आफू भित्र यस वैराग्य वृत्तिलाई जगाऊ। कल्प पहिला पनि बनेका त तिमी नै थियौ कि अरू कोही थिए? तिमी नै हौ नि। केवल मर्ज छ, त्यसलाई इमर्ज गर। जसैगरी सेवाको प्लानलाई यथार्थमा इमर्ज गर्छौ, तब सफलता मिल्छ नि। त्यसैगरी अब बेहदको वैराग्य वृत्तिलाई इमर्ज गर। चाहे जतिसुकै साधन प्राप्त छन् र साधन त तिमीलाई दिनप्रतिदिन धेरै नै मिल्नु छ तर यसमा बेहदको वैराग्य वृत्तिको साधना मर्ज नहोस्, इमर्ज रहोस्। साधन र साधनाको सन्तुलन, किनकि पछि गएर प्रकृति तिम्रो दासी हुनेछ। सत्कार मिल्नेछ, स्वमान मिल्नेछ। तर सबैथोक भएर पनि वैराग्य वृत्ति कम नहोस्। त्यसोभए बेहदको वैराग्य वृत्तिको वायुमण्डल स्वयंमा अनुभव गर्छौ कि सेवामा बिजी हुन्छौ? जस्तै दुनियाँका मानिसलाई सेवाको प्रभाव देखिन्छ नि! त्यसैगरी बेहदको वैराग्य वृत्तिको प्रभाव देखियोस्। आदिमा तिमीहरू सबैको स्थिति के थियो? जब कराचीमा थियौ, त्यतिबेला बाहिरको कुनै सेवा थिएन, साधन थिए तर बेहदको वैराग्यवृत्तिको वायुमण्डलले सेवालाई बढायो। जति पनि डाइमण्ड जुबलीवाला छौ, तीमीहरूमा आदि संस्कार छ, अहिले मर्ज भएको छ। अब फेरि यस वृत्तिलाई इमर्ज गर। आदि रत्नहरूको बेहदको वैराग्य वृत्तिले स्थापना गर्यो, अब नयाँ दुनियाँको स्थापनाको लागि फेरि त्यही वृत्ति, त्यही वायुमण्डल इमर्ज गर। सुन्यौ के आवश्यक छ?

तिमीसँग साधन नै छैन तर भन्छौ मलाई त वैराग्य छ, यसो भनेमा कसले मान्छ? यसमा त तिमीसँग साधन हुँदाहुँदै पनि तर वैराग्य हुनुपर्छ। पहिलाका साधन र अहिलेका साधनहरूमा कति अन्तर छ? साधना हरायो र साधन प्रत्यक्ष भएका छन्। ठीकै छ साधन विशाल दिलले प्रयोग गर किनकि साधन तिम्रा लागि नै हुन्, तर साधनालाई मर्ज नगर। पूरा सन्तुलन हुनुपर्छ। जसरी दुनियाँका मानिसलाई भन्छौ कमल पुष्प समान बन यसमा भन साधन हुँदाहुँदै पनि कमल पुष्प समान बन। साधन नराम्रो होइन, साधन त तिम्रो कर्मको, योगको फल हो। तर वृत्तिको कुरा हो। यस्तो त होइन साधनको विस्तारको प्रवृत्तिमा, साधनहरूको वश भएर फसेका त छैनौ? कमल पुष्प समान न्यारा र बाबाका प्यारा। प्रयोग गर्दा पनि त्यसको प्रभावमा नआऊ, न्यारा बन। साधनले बेहदको वैराग्य वृत्तिलाई मर्ज नगरोस्। अहिले विश्व अतिमा गइरहेको छ, अब आवश्यकता छ सच्चा वैराग्य वृत्तिको र त्यो वायुमण्डल बनाउने तिमीहरू नै हौ, पहिला स्वयंमा, फेरि विश्वमा।

त्यसोभए डाइमण्ड जुबली हुनेले के गर्नेछौ? लहर फैलाउँछौ हैन? तिमीहरू त अनुभवी छौ। सुरुको अनुभव छ नि! सबैथोक थियो, देशी घिउ जति खान सक्छौ खाऊ, तैपनि बेहदको वैराग्यवृत्ति। दुनियाँकाले त देशी घिउ खान्छन् तर तिमीहरूले त पिउँथ्यौ। घिउको नदी देख्यौ। त्यसैले डाइमण्ड जुबली हुनेहरूले विशेष काम गर्नु छ आपसमा सँगै भएको समयमा रूहरिहान गर्नु। जसरी सेवाको मिटिङ्ग गर्छौ, त्यसैगरी यसको मिटिङ्ग गर। जे बापदादाले भन्नुहुन्छ, चाहन्छौ सेकेण्डमा अशरीरी हुन सकियोस् त्यसको फाउण्डेसन यो बेहदको वैराग्य वृत्ति हो, नत्र जतिसुकै कोसिस गरे पनि सेकेण्डमा अशरीरी हुनसक्दैनौ। युद्धमा नै समय जान्छ र जहाँ वैराग्य हुन्छ, त्यहाँ यो वैराग्य हो योग्य धरनी, त्यसमा जति बिउ लगाए पनि त्यसको फल तुरुन्तै निस्कन्छ। त्यसोभए अब के गर्नु छ? सबैलाई अनुभव होस् बस् हामीलाई पनि अब वैराग्य वृत्तिमा जानु छ। अच्छा! बुझ्यौ के गर्नु छ? सहज छ कि मुस्किल छ? अलिअलि आकर्षण त हुन्छ कि हुँदैन? साधनले आफूतिर आकर्षित गर्दैन?

अब अभ्यास हुनुपर्छजब चाह्यो, जहाँ चाह्यो, जस्तो चाह्यो त्यही स्थितिलाई सेकेण्डमा सेट गर्न सकियोस्। सेवामा आउनु छ भने सेवामा आउन सकियोस्। सेवादेखि न्यारा हुनु छ भने न्यारा हुन सकियोस्। यस्तो होइन, सेवाले आफूलाई आकर्षित गरोस्। सेवा बिना रहन नसक्ने नहोस्। जब चाह्यो, जसरी चाह्यो, त्यसै स्थितमा स्थित हुने विल पावर (इच्छाशक्ति) हुनुपर्छ। विल पावर छ? स्टप भन्दा रोकियोस्। यस्तो होइन लगाऊ स्टप तर हुन्छ प्रश्नचिन्ह। फुलस्टप। स्टप मात्र होइन फुलस्टप। जे चाह्यो, त्यो यथार्थमा गर्न सकियोस्। चाहन्छौ तर मुस्किल हुनु, यसलाई के भन्ने? विल पावर कि पावर? सङ्कल्प गरियो अनि सेकेण्डमा व्यर्थ समाप्त भयो।

बापदादाले सुनाउनु भयो नि कति बच्चाहरूले भन्छन् म योगमा बस्छु तर योगको सट्टा युद्ध हुन जान्छ। योगी हुँदैनन्, योद्धा हुन्छन् र यदि युद्ध गर्ने संस्कार बहुतकाल रहेमा के बन्छौ? सूर्यवंशी वा चन्द्रवंशी? सोच्यो कि भयो। सोच्नु र हुनु, सेकेण्डको काम हो। यसलाई भनिन्छ विल पावर । विल पावर छ प्लान धेरै राम्रो बनाउँछौ तर प्लान बन्छन् १० र यथार्थमा हुन्छन् ५, यस्तो त हुँदैन? सोच्छौ धेरै राम्रो यो गर्नेछु, यो हुनेछ, यो हुनेछ तर यथार्थमा अन्तर पर्न जान्छ। अब यस्तो विल पावर होस्, सङ्कल्प गरियो अनि कर्ममा यथार्थमा भएको होस्, यस्तो अनुभव होस्। नत्र देखिन्छ अमृतबेला जब बाबासँग रूहरिहान गर्छन्, धेरै राम्रा-राम्रा कुरा गर्छन्, यो गर्नेछु, यो गर्नेछु... तर जब रात पर्छ अनि रिजल्ट के हुन्छ? बाबालाई धेरै खुशी पार्छन्, कुरा यति मीठा मीठा गर्छन्, यति राम्रा राम्रा कुरा गर्छन्, बाबा पनि खुशी हुनुहुन्छ, वाह मेरा प्यारा बच्चाहरू! भन्छन् बाबा, हजुरले जे भन्नुभयो नि, हुनु नै छ। भइ नै हाल्छ। धेरै राम्रा राम्रा कुरा गर्छन्। कतिले त बाबालाई यति दिलासा दिलाउँछन् बाबा हामी नभए को हुन्छ। बाबा कल्प कल्प हामी नै त थियौं, अनि तिनीहरू खुशी हुन्छन्। (हलमा पछाडि बस्नेहरूसँग) पछाडि बस्नेहरूले राम्रोसँग सुनिरहेका छौ हैन?

अगाडि बस्नेहरूभन्दा पहिला, पछाडि बस्नेहरूले के गर्नेछौ? बसेका पछाडि छौ तर दिलमा सबैभन्दा समीप छौ। किन? अरूलाई चान्स दिनु, यो सेवा गर्यौ नि! सेवाधारी सदा बाबाको दिलमा हुन्छन्। कहिल्यै पनि यस्तो नसोच्नु हामी पनि यदि दादी भएको भए त थोरै... तर तिमीहरू भने सामुन्ने त के दिलमा छौ। र, दिल पनि साधारण दिल होइन, तख्त हो। दिलख्तनसीन हौ नि। जहाँसुकै बसेका भएपनि, चाहे यस कुनामा बसेका छौ, चाहे तल बसेका छौ, चाहे क्याबिनमा बसेका छौ... तर सबै बाबाको दिलमा छौ। अच्छा!

चारैतिरका तख्तनसीन श्रेष्ठ भाग्यवान आत्माहरू, सदा बेहदको वैराग्य वृत्तिद्वारा वायुमण्डल बनाउने विशेष आत्माहरू, सदा आफ्ना श्रेष्ठ विशेषताहरूलाई कार्यमा लगाउने विशेष आत्माहरू, सदा एक बाबाको साथ र श्रीमतको हातलाई अनुभव गर्ने समीप आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:
एकव्रताको राजलाई जानेर वरदातालाई राजी गर्ने सर्व सिद्धिस्वरूप भव

वरदाता बाबाको पासमा अखुट वरदान छ जसले जति लिन चाहन्छ भण्डार खुला छ। यस्तो खुला भण्डारबाट कति बच्चाहरू सम्पन्न बन्छन् र कोही यथाशक्ति सम्पन्न बन्छन्। सबैभन्दा धेरै झोली भरेर दिनको लागि भोलानाथ वरदाता रूप नै हुनुहुन्छ, मात्र उहाँलाई राजी गर्ने विधि थाहा पाएमा सर्व सिद्धिहरू प्राप्त हुन्छन्। वरदातालाई एउटा शब्द सबैभन्दा प्रिय लाग्छ एकव्रता। सङ्कल्प, स्वप्नमा पनि दूजा (दोस्रो) व्रता न होस्। वृत्तिमा रहोस् मेरो त एक अरू कोही पनि छैन, जसले यो रहस्यलाई बुझ्छन्, उनीहरूको झोली वरदानहरूले भरपुर रहन्छ।

स्लोगन:
मनसा र वाचा दुवै सेवा साथसाथै गरेमा डबल फल प्राप्त भइरहन्छ।

सूचना: आज अन्तर्राष्ट्रिय योग दिवस हो, साँझ ६.३० देखि ७.३० बजेसम्म सबै भाइबहिनीहरूले योग अभ्यासमा अनुभव गर्नु हुनेछ म परम पवित्र आत्मा लाइटको शरीरमा भृकुटीको मध्यमा चम्किरहेको छु। ज्ञान सूर्य शिवबाबाका पवित्र किरणहरू म आत्मामा परिरहेका छन्, जसबाट मेरो जन्म-जन्मान्तरको विकर्म भस्म भइरहेको छ। साथसाथै प्रकृतिका पाँचै तत्त्व पनि पावन बन्दै गइरहेका छन्।