20.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
शान्ति स्थापना गर्ने निमित्त हौ , त्यसैले धेरै शान्तिमा रहनु छ । बुद्धिमा रहोस्–
हामी बाबाका एडप्टेड बच्चाहरू आपसमा भाइ-बहिनी हौं।”
प्रश्न:–
पूरा समर्पित
कसलाई भनिन्छ, त्यसको निशानी के हुन्छ?
उत्तर:–
पूरा समर्पित ऊ हो, जसको बुद्धिमा हुन्छ– हामी ईश्वरीय माता-पिताद्वारा पालिएका
छौं। बाबा यो सबैथोक हजुरको हो, हजुरले हाम्रो पालना गर्नुहुन्छ। हुन त कसैले नोकरी
आदि गर्छन् तर बुद्धिबाट सम्झन्छन्– यो सबै बाबाको लागि हो। बाबालाई मदत गरिरहन्छन्,
त्यसबाट यति ठूलो यज्ञको कारोबार चल्छ, सबैको पालना हुन्छ... यस्ता बच्चाहरू पनि
समर्पितबुद्धि भए। साथसाथै उच्च पद पाउनको लागि पढ्नु र पढाउनु पनि पर्छ। शरीर
निर्वाह अर्थ कर्म गर्दै बेहदका माता-पितालाई श्वास-श्वासमा याद गर।
गीत:–
ओम् नम: शिवाय...
ओम् शान्ति ।
यो गीत त हो
महिमाको। वास्तवमा महिमा सारा छ नै सर्वोच्च परमात्माको, जुन बच्चाहरूलाई थाहा छ र
तिमी बच्चाहरूद्वारा सारा दुनियाँले पनि जान्नेछ– माता-पिता हाम्रो उहाँ नै
हुनुहुन्छ। अहिले तिमी माता-पितासँग कुटुम्बमा बसेका छौ। श्रीकृष्णलाई त माता-पिता
भन्न सकिदैन। हुन त उनको साथमा राधा पनि हुन्छिन् तापनि उनलाई माता-पिता भनिदैन
किनकि उनीहरू त राजकुमार-राजकुमारी हुन्। शास्त्रहरूमा यो गल्ती लेखिएको छ। अहिले
यहाँ बेहदका बाबाले तिमीलाई सबै शास्त्रको सार बताउनुहुन्छ। यस समयमा केवल तिमी
बच्चाहरू सम्मुख बसेका छौ। कुनै बच्चाहरू हुन त टाढा छन्। तर उनीहरूले पनि सुनिरहेका
छन्। उनीहरूलाई थाहा छ– माता-पिताले हामीलाई सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य
सम्झाइरहनु भएको छ र सदा सुखी बनाउने बाटो वा युक्ति बताइरहनु भएको छ। यो मानौं
हुबहु घर हो। थोरै बच्चाहरू यहाँ छन्, धेरै त बाहिर छन्। यो हो ब्रह्मा मुखवंशावली,
नयाँ रचना हो। त्यो भयो पुरानो रचना। बच्चाहरूलाई थाहा छ– बाबा हामीलाई सदा सुखी
बनाउन आउनु भएको छ। लौकिक माता-पिताले पनि बच्चालाई ठूलो बनाएर विद्यालयमा लैजान्छन्।
यहाँ बेहदका बाबाले हामीलाई पढाइ पनि रहनु भएको छ, हाम्रो पालना पनि गरिरहनु भएको
छ। तिमी बच्चाहरूको अब एक बाबा बाहेक अरू कोही छैन। माता-पिताले पनि सम्झन्छन्– यो
हाम्रो बच्चा हो। लौकिक कुटुम्ब भए त १०-१५ बच्चाहरू होलान्, २-३ विवाह गरेका
हुन्छन्। यहाँ त यी सबै बाबाका बच्चाहरू बसेका छन्। जति पनि बच्चाहरू पैदा गर्नु छ
त्यो अहिले नै ब्रह्मा मुखकमलद्वारा गर्नु छ। पछाडि त बच्चाहरू पैदा गर्नु नै छैन।
सबै फर्केर जानु छ। यी एउटै धर्मका माता निमित्त छन्। यो धेरै अनौठो कुरा हो। यो त
अवश्य हो गरिबको बच्चाले सम्झन्छ– मेरो पिता गरिब हुनुहुन्छ। धनवानको बच्चाले
सम्झन्छ– मेरो पिता धनवान हुनुहुन्छ। ती त अनेक माता-पिता हुन्। यहाँ त सारा जगतका
एउटै माता-पिता हुनुहुन्छ। तिमीहरू सबैलाई थाहा छ– हामी उहाँको मुखबाट एडप्ट गरिएका
हौं। यहाँ हाम्रो पारलौकिक माता-पिता हुनुहुन्छ। पुरानो सृष्टिमा मनुष्य धेरै दु:खी
भएपछि उहाँ आउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीले यहाँ पारलौकिक माता-पिताको
गोद लिएका छौं। हामी सबै आपसमा भाइ-बहिनी हौं। हाम्रो अरू कुनै सम्बन्ध छैन। त्यसैले
भाइ-बहिनीहरू आपसमा धेरै मीठो, रोयल, शान्त, ज्ञानी र आनन्ददायी बन्नु पर्छ। अहिले
तिमीले शान्ति स्थापना गरिरहेका छौ, त्यसैले तिमी पनि धेरै शान्तिमा रहनु छ।
बच्चाहरूको त बुद्धिमा यो विचार हुनु पर्छ– हामी पारलौकिक बाबाका एडप्टेड बच्चाहरू
हौं। परमधामबाट बाबा आउनु भएको छ। उहाँ हुनुहुन्छ ग्रेन्ड फादर, यी दादा (ठूलो दाजु)
हुन्। जो पूरा समर्पित छ, उसले सम्झन्छ– हामीले ईश्वरीय माता-पिताद्वारा पालना लिएका
छौं। बाबा यो सबैथोक हजुरको हो। हजुरले हाम्रो पालना गर्नुहुन्छ। जुन बच्चाहरू
अर्पण हुन्छन्, उनीहरूद्वारा सबैको पालना हुन्छ। हुन त कसैले नोकरी गर्छन् तैपनि
सम्झन्छन्– यो सबैथोक बाबाको लागि हो। त्यसैले बाबालाई पनि मदत गरिरहन्छन्। नत्र
यज्ञको कारोबार कसरी चल्छ? राजा-रानीलाई पनि माता-पिता भन्छन्। तर ती फेरि पनि
जिस्मानी माता-पिता भए। राज-माता पनि भन्छन् भने राज-पिता पनि भन्छन्। यो फेरि हो
बेहदको कुरा। बच्चाहरूलाई थाहा छ– हामी माता-पिताको साथमा बसेका छौं। यो पनि
बच्चाहरूलाई थाहा छ– हामीले जति पढ्छौं र पढाउँछौं, त्यति उच्च पद पाउँछौं। साथसाथै
शरीर निर्वाह अर्थ कर्म पनि गर्नु छ। यी दादा पनि बुज्रुग छन्। शिवबाबालाई कहिल्यै
वृद्ध वा जवान भनिदैन। उहाँ त हुनुहुन्छ नै निराकार। यो पनि तिमीलाई थाहा छ– हामी
आत्माहरूलाई निराकार बाबाले एडप्ट गर्नु भएको छ। फेरि साकारमा छन् यी ब्रह्मा। अहम्
आत्माले भन्छ– मैले बाबालाई आफ्नो बनाएको छु। फेरि तल आयौ भने भनिन्छ हामी
भाइ-बहिनीहरूले ब्रह्मालाई आफ्नो बनाएका छौं। शिवबाबा भन्नुहुन्छ– तिमी
ब्रह्माद्वारा मेरो ब्रह्मा मुखवंशावली बनेका छौ। ब्रह्माले पनि भन्छन्– तिमी मेरो
बच्चा बनेका छौ। तिमी ब्राह्मणहरूको बुद्धिमा श्वास श्वासमा यही चल्छ– यहाँ हाम्रो
बाबा हुनुहुन्छ, उहाँ हाम्रो दादा हुनुहुन्छ। बाबालाई भन्दा धेरै हजुर बुवालाई याद
गर्छन्। ती मनुष्यले त पितासँग झगडा आदि गरेर पनि हजुर बुवाको सम्पत्ति लिन्छन्।
तिमीले पनि कोसिस गरेर बाबासँग भन्दा पनि धेरै शिवबाबासँग वर्सा लिनु छ। बाबाले
सोध्नु हुँदा सबैले भन्छन्– हामीले नारायणलाई वरण गर्छौं। कोही-कोही नयाँ आउँछन्,
पवित्र रहन सक्दैनन् त्यसैले उनले हात उठाउन सक्दैनन्। भनिदिन्छन् माया धेरै प्रबल
छ। उनले त भन्न पनि सक्दैनन्– हामीले श्री नारायणलाई वा लक्ष्मीलाई वरण गर्नेछौं।
हेर, बाबाले सम्मुख सुनाउँदा कति खुशीको पारा चढ्छ। बुद्धिलाई रिफ्रेश गरिन्छ
त्यसैले नशा चढ्छ। फेरि कोही-कोहीलाई त्यो नशा स्थायी रहन्छ, कोही-कोहीमा कम हुन्छ।
बेहदका बाबालाई याद गर्नु छ, ८४ जन्मलाई याद गर्नु छ र चक्रवर्ती रजाइँलाई पनि याद
गर्नु छ। जो मान्नेवाला हुँदैनन्, उनलाई याद रहँदैन। बापदादाले बुझ्नुहुन्छ–
बाबा-बाबा त भन्छन् तर सच्चा-सच्चा याद गर्दैनन्, न लक्ष्मी-नारायणलाई वरण गर्न
लायक हुन्छन्। चालचलन नै यस्तो छ। अन्तर्यामी बाबाले हरेकको बुद्धिलाई जान्नु हुन्छ।
यहाँ शास्त्रहरूको त कुनै कुरा नै छैन, बाबाले आएर राजयोग सिकाउनु भएको हो, जसको
नाम गीता राखेका छन्। बाँकी त साना-साना धर्मका सबैले आ-आफ्नो शास्त्र बनाउँछन् फेरि
त्यो पढिरहन्छन्। बाबाले शास्त्र पढ्नु भएको छैन। भन्नुहुन्छ– प्यारा बच्चाहरू! म
तिमीलाई स्वर्गको बाटो बताउन आएको छु। तिमी जसरी अशरीरी आएका थियौ, त्यसैगरी तिमी
जानु छ। देह सहित सबै यी दु:खको कर्मबन्धनलाई छोडिदिनु छ किनकि देहले पनि दु:ख
दिन्छ। बिमारी हुँदा क्लासमा आउन सक्दैनन्। त्यसैले यो पनि देहको बन्धन भयो, यसमा
बुद्धि धेरै शुद्ध हुनु पर्छ। पहिला त निश्चय हुनु पर्छ– वास्तवमा बाबाले स्वर्ग
रच्नुहुन्छ। अहिले त हो नर्क। कोही मर्यो भने भन्छन् स्वर्ग गयो, त्यसैले अवश्य
नर्कमा थियो नि। तर यो तिमीले अहिले बुझेका छौ किनकि तिम्रो बुद्धिमा स्वर्ग छ।
बाबाले दिनहुँ नयाँ-नयाँ तरिकाले सम्झाउनुहुन्छ। त्यसैले तिम्रो बुद्धिमा राम्रोसँग
बसेको छ। हाम्रा बेहदका माता-पिता हुनुहुन्छ। पहिले बुद्धि एकदम माथि जान्छ। फेरि
भन्छन्, यस समयमा बाबा आबूमा हुनुहुन्छ। जस्तै यात्रामा जाँदा बद्रीनाथको मन्दिर
माथि हुन्छ। पण्डाले लिएर जान्छन्, स्वयं लिएर जानको लागि बद्रीनाथ त आउँदैन।
मनुष्य पण्डा बन्छन्। यहाँ शिवबाबा स्वयं आउनुहुन्छ परमधामदेखि। भन्नुहुन्छ– हे
आत्माहरू! तिमीले यो शरीर छोडेर शिवपुरी जानु छ। जहाँ जानु छ त्यसको निशाना अवश्य
याद रहन्छ। ती बद्रीनाथ चैतन्यमा आएर बच्चाहरूलाई साथमा लिएर जाने, यस्तो त हुन
सक्दैन। उनी त यहाँका निवासी हुन्। यो परमपिता परमात्माले भन्नुहुन्छ– म परमधामको
निवासी हुँ। तिमीलाई लिनको लागि आएको हुँ। कृष्णले त यस्तो भन्न सक्दैनन्। रुद्र
शिवबाबा भन्नुहुन्छ– यो रुद्र यज्ञ रचिएको छ। गीतामा पनि रुद्रको कुरा लेखिएको छ।
उहाँ रूहानी बाबा भन्नुहुन्छ– मलाई याद गर। बाबाले यस्तो युक्तिसँग यात्रा
सिकाउनुहुन्छ, जब विनाश हुन्छ, अनि तिमी आत्माहरूले शरीर छोडेर सीधा बाबाको पासमा
जान्छौ। त्यसपछि त शुद्ध आत्मालाई शुद्ध शरीर चाहिन्छ, त्यो तब हुन्छ, जब नयाँ
सृष्टि हुन्छ। अहिले त सबै आत्माहरू मच्छर सदृश्य फर्केर जान्छन्, बाबाको साथमा,
त्यसैले उहाँलाई खिवैया पनि भनिन्छ। यस विषय सागरबाट पार लैजानुहुन्छ। कृष्णलाई
खिवैया भन्न सकिदैन। बाबाले नै यस दु:खको संसारबाट सुखको संसारमा लैजानुहुन्छ। यहाँ
नै विष्णुपुरी, लक्ष्मी-नारायणको राज्य थियो। अहिले रावणपुरी छ। रावणको चित्र पनि
देखाउनु पर्छ। चित्रहरूद्वारा धेरै काम लिनु छ। जस्तो हाम्रो आत्मा छ, त्यस्तै
बाबाको आत्मा छ। केवल हामी पहिले अज्ञानी थियौं, उहाँ ज्ञानको सागर हुनुहुन्छ।
अज्ञानी उसलाई भनिन्छ, जसले रचियता र रचनालाई जान्दैनन्। रचयिताद्वारा जसले रचयिता
र रचनालाई जान्दछन्, उनलाई ज्ञानी भनिन्छ। यो ज्ञान तिमीलाई यहाँ मिल्छ। सत्ययुगमा
मिल्दैन। उनीहरूले भन्छन्– परमात्मा विश्वको मालिक हुनुहुन्छ। मनुष्यले उहाँ
मालिकलाई याद गर्छन्, तर वास्तवमा विश्वको अथवा सृष्टिको मालिक त लक्ष्मी-नारायण
बन्छन्। निराकार शिवबाबा त विश्वको मालिक बन्नुहुन्न। त्यसैले उनीहरूसँग सोध्नु
पर्छ– उहाँ मालिक निराकार हुनुहुन्छ या साकार? निराकार त साकार सृष्टिको मालिक हुन
सक्नुहुन्न। उहाँ हुनुहुन्छ ब्रह्माण्डको मालिक। उहाँ नै आएर पतित दुनियाँलाई पावन
बनाउनुहुन्छ। स्वयं पावन दुनियाँको मालिक बन्नुहुन्न। त्यसको मालिक त लक्ष्मीनारायण
बन्छन् र बनाउनेवाला हुनुहुन्छ बाबा। यो बुझ्नको लागि धेरै गुह्य कुरा हो । हामी
आत्मा पनि जब ब्रह्म तत्त्वमा रहन्छौं, त्यतिबेला ब्रह्माण्डको मालिक हुन्छौं। जसरी
राजा-रानीले भन्छन्– हामी विश्वका मालिक हौं, त्यसैगरी प्रजाले पनि भन्छन् हामी
मालिक हौं। त्यहाँ रहन्छन् नि। जसरी बाबा ब्रह्माण्डको मालिक हुनुहुन्छ, हामी पनि
मालिक नै ठहरियौं। फेरि बाबा आएर नयाँ मनुष्य सृष्टि रच्नुहुन्छ। भन्नुहुन्छ– मलाई
यसमा राज्य गर्नु छैन, म मनुष्य बन्दिनँ। मैले त यो शरीर पनि लोन लिन्छु। तिमीलाई
सृष्टिको मालिक बनाउन राजयोग सिकाउँछु। तिमीले जति पुरुषार्थ गर्छौ, त्यति पद उच्च
पाउँछौ, यस पुरुषार्थमा कमी नगर। शिक्षकले त सबैलाई पढाउँछन्। यदि परीक्षामा धेरै
पास भएमा शिक्षकको पनि शो हुन्छ। फेरि उनलाई सरकारबाट लिफ्ट मिल्छ। यो पनि त्यस्तै
हो। जति राम्रोसँग पढ्छौ, त्यति राम्रो पद मिल्छ। माता-पिता पनि खुशी हुन्छन्।
परीक्षामा पास हुँदा मिठाई बाँडिरहन्छन्। यहाँ त तिमीले दिनहुँ मिठाई बाँड्छौ। फेरि
जब परीक्षामा पास हुन्छौ अनि सुनका फूलहरूको वर्षा हुन्छ। तिमीमाथि कुनै आकाशबाट
फूल खस्दैन तर तिमी एकदम सुनका महलहरूको मालिक बन्छौ। यो त कसैको महिमा गर्नको लागि
सुनको फूल बनाएर उनीमाथि राख्छन्। जस्तै दरभङ्गाका राजा धेरै धनवान थिए, उनको बच्चा
बेलायत जाँदा पार्टी दिए, धेरै पैसा खर्च गरे। उनले सुनका फूल बनाएर वर्षा गरेका
थिए। त्यसमा धेरै खर्च भयो। धेरै नाम भएको थियो। भनेका थिए– हेर! भारतवासीले कसरी
पैसा उडाउँछन्। तिमी त स्वयं नै सुनका महलहरूमा गएर बस्छौ, त्यसैले तिमीलाई कति नशा
हुनु पर्छ। बाबा भन्नुहुन्छ– केवल मलाई र चक्रलाई याद गर्यौ भने तिम्रो बेडा पार
हुन्छ। कति सहज छ।
तिमी बच्चाहरू हौ
चैतन्य पुतली, बाबा हुनुहुन्छ चैतन्य दीपक। तिमीले भन्छौ– अहिले हाम्रो राज्य
स्थापना हुँदैछ। अहिले सच्चा बाबा आउनु भएको छ भक्तिको फल दिन। बाबाले स्वयं भन्नु
भएको छ– म कसरी आएर नयाँ ब्राह्मणहरूको सृष्टि रच्छु। मलाई अवश्य आउनु पर्छ। तिमी
बच्चाहरूलाई थाहा छ– हामी ब्रह्माकुमार र कुमारीहरू हौं। शिवबाबाका सन्तान हौं। यो
अनौठो परिवार हो। कसरी देवी-देवता धर्मको कलमी लागिरहेको छ। वृक्षमा स्पष्ट छ। तल
तिमी बसेका छौ। तिमी बच्चाहरू कति सौभाग्यशाली छौ। परम प्रिय बाबा बसेर
सम्झाउनुहुन्छ– म आएको छु तिमी बच्चाहरूलाई रावणको बन्धनबाट छुटाउन। रावणले तिमीलाई
रोगी बनाइदिएको छ। अहिले बाबा भन्नुहुन्छ– मलाई याद गर अर्थात् शिवबाबालाई याद गर।
यसबाट तिम्रो ज्योति बल्छ, फेरि तिमी उड्न लायक बन्छौ। मायाले सबैको पँखेटा
काटिदिएको छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बुद्धिलाई शुद्ध बनाउनको लागि देहमा रहेर पनि देहको बन्धनबाट न्यारा रहनु छ।
अशरीरी बन्ने अभ्यास गर्नु छ। बिमारी आदिको समय पनि बाबाको यादमा रहनु छ।
२) पारलौकिक
माता-पिताको बच्चा बनेका छौ, त्यसैले धेरै मीठो, रोयल, शान्त, ज्ञानी र आनन्ददायी
रहनु छ। शान्तिमा रहेर शान्ति स्थापना गर्नु छ।
वरदान:–
रूहानियतको
साथसाथै रमणिकतामा आउने मर्यादा पुरुषोत्तम भव
कुनै बच्चाहरूले हाँसो
ठट्टा धेरै गर्छन् र यसैलाई रमणिकता सम्झन्छन्। त्यसो त रमणिकताको गुणलाई राम्रो
मानिन्छ,तर व्यक्ति,समय,सङ्गठन,स्थान,वायुमण्डल अनुसार नै रमणिकता राम्रो लाग्छ। यदि
यी सबै कुरामा एउटा कुरा मात्रै पनि ठीक छैन भने रमणिकता पनि व्यर्थमा गनिनेछ अनि
उसलाई सर्टिफिकेट मिल्छ– यसले एकदमै हँसाउँछ तर धेरै बोल्छ। त्यसैले हाँसो ठट्टा पनि
त्यो नै राम्रो हुन्छ जसमा रूहानियत होस् र त्यस आत्मालाई फाइदा होस्,बोली पनि सीमा
भित्र होस्,तब भनिनेछ,मर्यादा पुरुषोत्तम्।
स्लोगन:–
सदा स्वस्थ
रहनु छ भने आत्मिक शक्तिलाई बढाऊ।