20.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
मीठे बच्चे– तिमी
ईश्वरीय सम्प्रदाय का हौ , तिमीलाई ज्ञान सूर्य बाबा मिलेको छ , अहिले तिमी जागेका
छौ त्यसैले अरूलाई पनि जगाऊ।”
प्रश्न:–
अनेक प्रकारका
टकरावको कारण तथा त्यसको निवारण के हो?
उत्तर:–
जब देह अभिमानमा आउँछौ तब अनेक प्रकारका टकराव हुन्छन्। मायाको दशाग्रह बस्छ। बाबा
भन्नुहुन्छ– देही-अभिमानी बन, सेवामा लाग। यादको यात्रामा रह्यौ भने दशाग्रह
मेटिन्छ।
ओम् शान्ति ।
रूहानी
बच्चाहरूको पासमा बाबा आउनु भएको छ श्रीमत दिन वा सम्झाउन। यो त बच्चाहरूले जानेका
छन्– ड्रामा योजना अनुसार सारा कार्य हुनु छ। बाँकी समय थोरै रहेको छ। यस
दुनियाँलाई रावण पुरीबाट फेरि विष्णुपुरी बनाउनु छ। अहिले बाबा पनि गुप्त हुनुहुन्छ।
पढाइ पनि गुप्त छ, सेन्टरहरू त धेरै छन्, साना ठूला गाउँमा साना ठूला सेन्टरहरू छन्
र बच्चाहरू पनि धेरै छन्। अब बच्चाहरूले चुनौती त दिएका छन् र लेख्नु पनि छ, जब कुनै
साहित्य बनाउनु छ भने त्यसमा लेख्नु छ– हामीले यस विश्वलाई स्वर्ग बनाएर छोड्छौं।
तिमीलाई पनि आफ्नो भूमि धेरै प्रिय छ किनकि तिमीलाई थाहा छ– यो विश्व नै स्वर्ग थियो,
यसको ५ हजार वर्ष भएको छ। धेरै शानदार थियो, यसलाई स्वर्ग भनिन्छ। तिमी ब्रह्मा मुख
वंशावलीलाई मात्र ज्ञान छ। यस विश्वलाई श्रीमत अनुसार हामीले अवश्य स्वर्ग बनाउनु
छ। सबैलाई मार्ग बताउनु छ, अरू कुनै खिटपिटको कुरा छैन। आपसमा बसेर राय सल्लाह
गर्नुपर्छ– यी प्रदर्शनीका चित्रद्वारा हामीले यस्तो कुन विज्ञापन गरौं, जसबाट
अखबारमा पनि ती चित्र दिऊन्, आपसमा यसमा सेमिनार गर्नुपर्छ। जसरी नेताहरू आपसमा
मिल्छन्, सल्लाह गर्छन्– देशलाई कसरी सुधार्ने? यी जो यति क्रिश्चियन आदि भएका छन्,
उनीहरूलाई आपसमा मिलेर ठीक गरौं र देशमा शान्ति सुख कसरी स्थापना गरौं। त्यो सरकारको
पनि पुरुषार्थ चल्छ। तिमी पनि पाण्डव सरकार गायन गरिएका छौ। यो ठूलो ईश्वरीय सरकार
हो। यसलाई वास्तवमा भनिन्छ नै पावन ईश्वरीय सरकार, पतित-पावन बाबाले नै पतित
बच्चाहरूलाई बसेर पावन दुनियाँको मालिक बनाउनु हुन्छ। यो बच्चाहरूले नै जानेका छन्।
मुख्य हो नै आदि सनातन देवी-देवता धर्म। यो पनि बच्चाहरूले जानेका छन्, यो हो रुद्र
ज्ञान यज्ञ। रुद्र भनिन्छ नै ईश्वर बाबालाई, शिवलाई। गायन गरिएको छ– वास्तवमा बाबाले
आएर रुद्र ज्ञान यज्ञ रच्नु भएको थियो। उनीहरूले त समय लम्बा चौडा बनाइदिएका छन्।
अज्ञान निद्रामा सुतेका छन्। अहिले तिमीलाई बाबाले जगाउनु भएको छ, तिमीले फेरि
अरूलाई जगाउनु छ। ड्रामा योजना अनुसार तिमीले जगाइरहन्छौ। यस समयसम्म जसले जसरी-जसरी,
जति-जति पुरुषार्थ गरेका छन्, त्यति नै कल्प पहिला पनि गरेका थिए। हो, युद्धको
मैदानमा तल-माथि त भइ नै रहन्छ। कहिले मायाको जोड हुन्छ, कहिले ईश्वरीय सन्तानको
जोड हुन्छ। कहिले-कहिले सेवा धेरै राम्रो तेजसँग चल्छ। कहिले कहीं-कहीं बच्चाहरूमा
मायाको विघ्न पर्छ। मायाले एकदम बेहोस गराइदिन्छ। लडाईको मैदान त हो नि। रावण मायाले
रामका सन्तानलाई बेहोस गराइदिन्छ। लक्ष्मणको लागि पनि कथा छ नि।
तिमीले भन्छौ– सबै मनुष्य कुम्भकर्णको निद्रामा सुतेका छन्। तिमी ईश्वरीय
सम्प्रदायकाले नै यसो भन्छौ, जसलाई ज्ञान सूर्य मिल्नु भएको छ र जगाउनु भएको छ,
उनीहरूले नै बुझ्छन्। यसमा एक अर्कालाई भन्नुपर्ने पनि कुनै कुरा छैन। तिमीले जानेका
छौ– वास्तवमा हामी ईश्वरीय सम्प्रदायका जागेका छौं। बाँकी अरू सबै सुतेका छन्।
उनीहरूले यो जानेका छैनन्– परमपिता परमात्मा आउनु भएको छ, बच्चाहरूलाई वर्सा दिन।
यसलाई बिलकुल भुलेका छन्। बाबा भारतवर्षमा नै आउनु हुन्छ। आएर स्वर्गको मालिक बताउनु
हुन्छ। भारतवर्ष स्वर्गको मालिक थियो, यसमा कुनै संशय छैन। परमपिता परमात्माको जन्म
पनि यहाँ नै हुन्छ। शिवजयन्ती मनाउँछन् नि। अवश्य उहाँले आएर केही त गरेको हुनुपर्छ।
बुद्धिले भन्छ– अवश्य आएर स्वर्गको स्थापना गर्नु भएको हुनुपर्छ। प्रेरणाले कहाँ
स्थापना हुन्छ र। यहाँ त तिमी बच्चाहरूलाई राजयोग सिकाइन्छ। यादको यात्रा सम्झाइन्छ।
प्रेरणाले कुनै आवाज हुँदैन। सम्झन्छन्– शंकरलाई पनि प्रेरणा हुन्छ तब त ती
यादवहरूले मुसल (मिसाइल) आदि बनाउँछन्। तर यसमा प्रेरणाको त कुनै कुरै छैन। तिमीले
बुझेका छौ, उनीहरूको पार्ट छ ड्रामामा यी मुसल आदि बनाउने। प्रेरणाको कुरा होइन।
ड्रामा अनुसार विनाश त अवश्य हुनु नै छ। गायन गरिएको छ– महाभारत लडाईंमा मुसल काममा
आउँछ। त्यसैले जो पास्ट भएको छ त्यो फेरि रिपिट हुन्छ। तिमीले ग्यारेन्टी गर्छौ
हामीले यहाँ स्वर्ग स्थापना गर्नेछौ, जहाँ एक धर्म हुन्छ। तिमीले यस्तो लेख्दैनौ–
अनेक धर्म विनाश हुन्छन्। त्यो त चित्रमा लेखिएको छ– स्वर्गको स्थापना भएपछि त अर्को
कुनै धर्म हुँदैन। अहिले तिमीलाई समझमा आउँछ। सबैभन्दा महान् पार्ट हो शिवको,
ब्रह्माको र विष्णुको। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा– यो त धेरै गहन कुरा
हो। विष्णुबाट ब्रह्मा कसरी बन्छन्, ब्रह्माबाट फेरि विष्णु कसरी बन्छन्, यो समझदार
बच्चाहरूको बुद्धिमा झट्ट आउँछ। दैवी सम्प्रदाय त बन्छन् नै। एउटाको कुरा होइन। यी
कुरालाई तिमी बच्चाहरूले बुझ्छौ। दुनियाँमा एउटा पनि मनुष्यले बुझ्दैन। गर्न त
लक्ष्मी-नारायण वा विष्णुको पूजा पनि गर्छन् तर उनीहरूलाई यो थाहा छैन– विष्णुका नै
दुई रूप लक्ष्मी-नारायण हुन्, जसले नयाँ दुनियाँमा राज्य गर्छन्। बाँकी ४ भुजा भएको
कुनै मनुष्य हुँदैन । यो सूक्ष्म वतनमा लक्ष्य-उद्देश्य देखाउँछन् प्रवृत्ति मार्गको।
यो सारा विश्वको इतिहास-भूगोल कसरी चक्कर लगाउँछ, यो कसैले जान्दैन। बाबालाई नै
जानेका छैनन् भने बाबाको रचनालाई कसरी जान्न सक्छन्? बाबाले नै रचनाको आदि, मध्य,
अन्त्यको ज्ञान बताउनु हुन्छ। ऋषि-मुनिले पनि भन्दथे– हामीले जान्दैनौं। बाबालाई
जान्ने हो भने रचनाको आदि-मध्य-अन्त्यलाई पनि जान्ने थिए। बाबा भन्नुहुन्छ– म एकै
पटक आएर तिमी बच्चाहरूलाई पनि सारा ज्ञान सम्झाउँछु फेरि आउँदिन। त्यसैले रचयिता र
रचनाको आदि, मध्य, अन्त्यलाई जानून् नै कसरी? बाबा स्वयं भन्नुहुन्छ– म संगमयुगमा
सिवाय कहिल्यै आउँदिनँ। मलाई बोलाउँछन् पनि संगममा। पावन सत्ययुगलाई भनिन्छ, पतित
कलियुगलाई भनिन्छ। त्यसैले म पतित दुनियाँको अन्त्यमा आउँछु नि। कलियुगको अन्त्यमा
आएर पतितबाट पावन बनाउँछु। सत्ययुग आदिमा पावन हुन्छ, यो त सहज कुरा हो नि। मनुष्यले
केही पनि जानेका छैनन्– पतित-पावन बाबा कहिले आउनु हुन्छ? अहिले त कलियुगको अन्त्य
भनिन्छ। यदि भन्छन्– कलियुग अझै ४० हजार वर्ष छ, त्यसैले अझै कति पतित बन्छौ! कति
दु:ख होला! सुख त हुँदै-हुँदैन। केही पनि थाहा नहुनाले बिलकुलै घोर अन्धकारमा छन्।
तिमीले बुझ्न सक्छौ। त्यसैले बच्चाहरू आपसमा मिल्नु छ। चित्रहरूमा राम्रोसँग
सम्झाउनु पर्छ। ड्रामा अनुसार यी चित्र आदि सबै पनि निकालेका छन्। बच्चाहरूले जानेका
छन्– जुन समय पास हुन्छ, हुबहु ड्रामा चलिरहन्छ। बच्चाहरूको अवस्था पनि कहिले तल
माथि भइरहन्छ। धेरै बुझ्नु पर्ने कुरा छन्। कहिले कहिले ग्रहचारी आएर बस्यो भने
त्यसलाई मेटाउन कति प्रयास गर्नुपर्छ। बाबा घरी-घरी भन्नुहुन्छ– प्यारा बच्चाहरू!
तिमी देह अभिमानमा आउँछौ त्यसैले टक्कर हुन्छ। यसमा देही-अभिमानी बन्नुपर्छ।
बच्चाहरूमा देह अभिमान धेरै छ। तिमी देही-अभिमानी बन्यौ भने बाबाको याद रहन्छ र
सेवामा उन्नति गरिरहन्छौ। उच्च पद जसलाई पाउनु छ उनीहरू सदैव सेवामा लागि रहन्छन्।
तकदिरमा छैन भने फेरि पुरुषार्थ पनि हुँदैन। स्वयं भन्छन्– बाबा मलाई धारणा हुँदैन।
बुद्धिमा बस्दैन, जसलाई धारणा हुन्छ, उनीहरूलाई खुसी पनि धेरै हुन्छ। सम्झन्छन्–
शिवबाबा आउनु भएको छ। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले राम्रोसँग बुझेर
फेरि अरूलाई बुझाऊ। कोही त सेवामा नै लागिरहन्छन्। पुरुषार्थ गरिरहन्छन्। यो पनि
बच्चाहरूले जानेका छन्– जुन सेकेन्ड पास हुन्छ, त्यो ड्रामामा निश्चित छ फेरि
त्यसैगरी रिपिट हुन्छ। बच्चाहरूलाई सम्झाइन्छ– बाहिर भाषण आदिमा त अनेक प्रकारका नयाँ
आउँछन्, सुन्नको लागि। तिमीले बुझेका छौ– गीता वेद शास्त्र आदिमा कति मनुष्यले भाषण
गर्छन्, उनीहरूलाई कहाँ थाहा छ र– यहाँ ईश्वरले आफ्नो र आफ्नो रचनाको आदि मध्य
अन्त्यको रहस्य सम्झाउनु हुन्छ। रचयिता नै आएर सारा ज्ञान सुनाउनु हुन्छ।
त्रिकालदर्शी बनाउनु, यो बाबाको नै काम हो। शास्त्रहरूमा यी कुरा छैनन्। यी नयाँ
कुरा हुन्। बाबाले पटक-पटक सम्झाउनु हुन्छ, सबैभन्दा पहिला जहाँ पनि सम्झाउँछौ यो
सम्झाऊ– गीताका भगवान को हुनुहुन्छ– श्रीकृष्ण वा निराकार शिव? यी कुरा प्रोजेक्टरमा
तिमीले सम्झाउन सक्दैनौ। प्रदर्शनीमा चित्र सामुन्ने राखिएको छ, त्यसमा सम्झाएर
तिमीले सोध्न सक्छौ। अब बताउनुहोस्– गीताका भगवान को? ज्ञान सागर को हुनुहुन्छ?
कृष्णलाई त भन्न सकिंदैन। पवित्रता, सुख शान्तिका सागर, लिबरेटर, गाइड को हुनुहुन्छ?
पहिला पहिला त लेखाउनु पर्छ, फाराम भराउनु पर्छ फेरि सबैबाट सही गराएर लिनुपर्छ।
(चराहरूको आवाज भयो) हेर कति झगडा गर्छन्। यस समय सारा दुनियाँमा लडार्इं-झगडा नै
छ। मनुष्यले पनि आपसमा लडाईं गरिरहन्छन्। मनुष्यमा नै बुझ्ने बुद्धि छ। ५ विकार पनि
मनुष्यमा गाइन्छ। जनावरको त कुरै छैन। यो विकारी दुनियाँ हो। विश्व मनुष्यको लागि
नै भनिन्छ। कलियुगमा छन् आसुरी सम्प्रदाय, सत्ययुगमा हुन्छन् दैवी सम्प्रदाय। अहिले
तिमीलाई यो सारा भिन्नताको बारेमा थाहा छ। तिमीले सिद्ध गरेर बताउन सक्छौ। सिँढीमा
पनि धेरै स्पष्ट देखाइएको छ। तल छन् पतित, माथि छन् पावन। यसमा धेरै क्लियर छ। सिँढी
नै मुख्य हो, उत्रिने कला र चढ्ती कला। यो सिढी धेरै राम्रो छ, यसमा यस्तो के राखौं
जुन मनुष्यले बिलकुल राम्रोसँग बुझून्– वास्तवमा यो पतित दुनियाँ हो, पावन दुनियाँ
स्वर्ग थियो। यहाँ सबै पतित छन्, पावन एउटा पनि हुन सक्दैन। रात दिन यो विचार
चल्नुपर्छ। आत्मप्रकाश बच्चाले लेखेका छन्– बाबा यो चित्र बनाऊँ, बाबा भन्नुहुन्छ–
विचार सागर मन्थन गरेर कुनै पनि चित्र बनाऊ, तर सिँढी धेरै राम्रो बन्नुपर्छ। यसमा
धेरै सम्झाउन सक्छौ। ८४ जन्म पूरा गरेर फेरि पहिलो नम्बर जन्म लिएका छन् फेरि उत्रने
कलाबाट चढ्ती कलामा जानुपर्छ, यसमा हरेकको विचार चल्नुपर्छ। नत्र सेवा कसरी गर्न
सकिन्छ? चित्रहरूमा सम्झाउनु धेरै सहज छ। सत्ययुगपछि सिँढी झर्नुपर्छ। यो पनि
बच्चाहरूले जानेका छन्– हामी पार्टधारी कलाकार हौं। यहाँबाट ट्रान्सफर भएर सिधै
सत्ययुगमा जाँदैनन्, पहिला शान्तिधाममा जानु छ। हो तिमीहरू मध्ये पनि नम्बरवार छन्,
जसले आफूलाई पार्टधारी सम्झन्छन्, यस ड्रामामा। दुनियाँमा यस्तो कसैले भन्न सक्दैन–
हामी पार्टधारी हौं। हामी लेख्छौं पनि– पार्टधारी कलाकारहरू हुँदाहुँदै पनि ड्रामाको
रचयिता, निर्देशक, आदि-मध्य-अन्त्यलाई जान्न सक्दैनन् भने उनीहरू फस्टक्लास बेसमझ
हुन्। यो त भगवानुवाच हो। शिव भगवानुवाच ब्रह्मा तनद्वारा। ज्ञान सागर उहाँ निराकार
हुनुहुन्छ, उहाँको आफ्नो शरीर छैन। धेरै बुझ्नु पर्ने युक्तिहरू छन्। तिमी
बच्चाहरूलाई धेरै नशा हुनु पर्छ, हामीले कहाँ कसैको ग्लानि गर्छौं र! यो त सही कुरा
हो नि। जति पनि बरिष्ठहरू छन् उनीहरू सबैका चित्र तिमीले राख्न सक्छौ। सिँढी जसलाई
पनि देखाउन सक्छौ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) विश्वमा
सुख शान्तिको स्थापना गर्न वा सृष्टिलाई स्वर्ग बनाउनको लागि आपसमा सेमिनार गर्नु
छ, श्रीमत अनुसार विश्वको यसरी सेवा गर्नु छ।
२) सेवामा उन्नति गर्न वा सेवाद्वारा उच्च पद प्राप्त गर्नको लागि देही-अभिमानी रहने
मेहनत गर्नु छ। ज्ञानको विचार सागर मन्थन गर्नु छ।
वरदान:–
आफ्नो श्रेष्ठ
धारणा प्रति त्यागमा भाग्यको अनुभव गर्ने सच्चा त्यागी भव
ब्राह्मणको श्रेष्ठ
धारणा हो– सम्पूर्ण पवित्रता। यसै धारणाको लागि गायन छ– “प्राण जाओस् तर धर्म नजाओस्”।
कुनै पनि प्रकारको परिस्थितिमा आफ्नो यस धारणा प्रति जे पनि त्याग गर्न परोस्, सहन
गर्न परोस्, सामना गर्न परोस्, साहस राख्न परोस् त्यसमा पनि खुसी-खुसीसँग गर। यसमा
त्यागलाई त्याग नसम्झिइ भाग्यको अनुभव गर तब भनिन्छ सच्चा त्यागी। यस्तो धारणा
हुनेलाई नै सच्चा ब्राह्मण भनिन्छ।
स्लोगन:–
सर्वशक्तिहरूलाई आफ्नो अर्डरमा राख्नेवाला नै मास्टर सर्वशक्तिमान् हो।