20.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे खुशी जस्तो खुराक छैन , तिमी खुशीमा हिँड्दा-डुल्दा , पैदल हिंड्दा बाबालाई याद गर्यौ भने पावन बन्छौ।

प्रश्न:
कुनै पनि विकर्म नबनोस्, यसको युक्ति के हो?

उत्तर:
विकर्महरूबाट बच्ने साधन हो श्रीमत। बाबाको जुन पहिलो श्रीमत छ आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, यस श्रीमतमा चल्यौ भने तिमी विकर्माजित बन्छौ।

ओम् शान्ति ।
रूहानी बच्चाहरू यहाँ पनि बसेका छन् र सबै सेन्टसहरूमा पनि छन्। सबै बच्चाहरूले जानेका छन् अहिले रूहानी बाबा आउनु भएको छ, उहाँले हामीलाई यस पुरानो छी-छी पतित दुनियाँबाट फेरि घर लैजानुहुन्छ। बाबा आउनु भएको छ नै पावन बनाउन, उहाँ आत्माहरूसँग नै कुरा गर्नु हुन्छ। आत्माले नै कानद्वारा सुन्छ किनकि बाबाको आफ्नो शरीर त छैन। त्यसैले बाबा भन्नुहुन्छ म शरीरको आधारले आफ्नो परिचय दिन्छु। म साधारण तनमा आएर तिमी बच्चाहरूलाई पावन बनाउने युक्ति बताउँछु। त्यो पनि हरेक कल्प आएर तिमीलाई यो युक्ति बताउँछु। यस रावण राज्यमा तिमी कति दु:खी बनेका छौ। रावण राज्य, शोक वाटिकामा तिमी छौ। कलियुगलाई भनिन्छ नै दु:खधाम। सुखधाम हो कृष्णपुरी, स्वर्ग। त्यो त अहिले छैन। बच्चाहरूले राम्रोसँग जानेका छन् अहिले बाबा आउनु भएको छ हामीलाई पढाउन।

बाबा भन्नुहुन्छ तिमीले घरमा पनि स्कुल बनाउन सक्छौ। पावन बन्नु र बनाउनु छ। तिमी पावन बन्यौ भने फेरि दुनियाँ पनि पावन बन्छ। अहिले त यो भ्रष्टाचारी पतित दुनियाँ हो। अहिले छ रावणको राजधानी। यी कुरालाई जसले राम्रोसँग बुझ्छन् उनीहरूले फेरि अरूलाई पनि सम्झाउँछन्। बाबाले त यति मात्र भन्नुहुन्छ प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर म पितालाई याद गर, अरूलाई पनि यसरी सम्झाऊ। बाबा आउनु भएको छ, भन्नुहुन्छ मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। कुनै पनि आसुरी कर्म नगर। मायाले तिमीबाट छी-छी कर्म गराउँछ त्यो कर्म अवश्य विकर्म बन्छ। पहिलो नम्बरमा जुन भन्छन् ईश्वर सर्वव्यापी हुनुहुन्छ, यो पनि मायाले भन्न लगायो नि। मायाले तिमीबाट हरेक कुरामा विकर्म नै गराउँछ। कर्म-अकर्म-विकर्मको रहस्य पनि सम्झाउनु भएको छ। श्रीमतमा आधाकल्प तिमी सुख भोग्छौ, आधाकल्प फेरि रावणको मतमा दु:ख भोग्छौ। यस रावण राज्यमा तिमी जुन भक्ति गर्छौ, तल नै झर्दै गयौ। तिमीले यी कुरालाई जान्दैनथ्यौ, एकदमै पत्थरबुद्धि थिया। पत्थरबुद्धि र पारसबुद्धिको गायन छ नि। भक्ति मार्गमा भन्छन् हे ईश्वर, यिनीहरूलाई राम्रो बुद्धि दिनुहोस् जसले गर्दा यो लडाई आदि बन्द होस्। तिमी बच्चाहरूलाई थाहा छ बाबाले धेरै राम्रो बुद्धि अहिले दिइरहनु भएको छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिम्रो आत्मा जुन पतित बनेको छ, त्यसलाई पावन बनाउनु छ, यादको यात्राले। चाहे घुम, फिर, बाबाको यादमा तिमी जति पैदल चले पनि तिमीले शरीर पनि भुल्छौ। गायन पनि छ खुशी जस्तो खुराक छैन। मनुष्यहरू धन कमाउनको लागि कति टाढा-टाढा खुशीले जान्छन्। यहाँ तिमी कति धनवान, सम्पत्तिवान बन्छौ। बाबा भन्नुहुन्छ म कल्प-कल्प आएर तिमी आत्माहरूलाई आफ्नो परिचय दिन्छु। यस समय सबै पतित छन्, त्यसैले बोलाइ रहन्छन् पावन बनाउनको लागि आउनुहोस्। आत्माले नै बाबालाई बोलाउँछ। रावण राज्यमा, शोक वाटिकामा सबै दु:खी छन्। रावण राज्य सारा दुनियाँमा छ। यस समय छ नै तमोप्रधान सृष्टि। सतोप्रधान देवताहरूका चित्र खडा छन्। गायन पनि उनीहरूको छ। शान्तिधाम, सुखधाम जानको लागि मनुष्यहरू कति मेहनत गर्छन्। भगवान कसरी आएर भक्तिको फल दिनुहुन्छ यो कहाँ कसले जानेका छन् र। तिमी अहिले बुझ्छौ हामीलाई भगवानबाट फल मिलिरहेको छ। भक्तिका दुई फल छन् एक मुक्ति, अर्को जीवनमुक्ति। यो बुझ्नु पर्ने धेरै सूक्ष्म कुरा छ। जसले सुरुदेखि धेरै भक्ति गरेको हुन्छ, उसले ज्ञान राम्रोसँग लिन्छ अनि फल पनि राम्रो पाउँछ। भक्ति कम रहेछ भने ज्ञान पनि कम लिन्छन्, फल पनि कम पाउने छन्। हिसाब छ नि। नम्बरवार पद छ नि। बाबा भन्नुहुन्छ मेरो बनेर विकारमा गिर्यो अर्थात् मलाई छोड्यो भने एकदम तल झर्नेछ। कोही त गिरेर फेरि उठ्छन्। कोही त पुरै नालीमा गिर्छन्, बुद्धि कत्ति पनि सुध्रिदैन। कसैलाई भित्र दिल खान्छ, दु:ख हुन्छ हामीले भगवानसँग प्रतिज्ञा गर्यौं र फेरि उहाँलाई धोका दियौं, विकारमा गिर्यौं। बाबाको हात छोड्यौं, मायाको बन्यौं। उनीहरूले फेरि वायुमण्डल नै खराब गरिदिन्छन्, श्रापित हुन पुग्छन्। बाबासँग धर्मराज पनि छन् नि। त्यस समय थाहा हुदैन हामी के गर्दैछौं, पछि पश्चाताप हुन्छ। यस्तो धेरै हुन्छ, कसैको हत्या आदि गर्छन् भने जेलमा जानु पर्छ, फेरि पश्चाताप हुन्छ अनाहकमा उसलाई मारें। रिसमा आएर धेरैले मार्छन्। धेरै समाचार अखबारमा आउँछ। तिमीहरू त अखबार पढ्दैनौ। दुनियाँमा के-के भइरहेको छ, तिमीलाई थाहा हुँदैन। दिन-प्रतिदिन हालत खराब हुँदै जान्छ। सिँढी तल झर्नु नै छ। तिमीले यस ड्रामाको रहस्यलाई जानेका छौ। बुद्धिमा छ हामी बाबालाई नै याद गरौं। कुनै पनि यस्तो छी-छी कर्तव्य नगरौं जसले रजिस्टर खराब होस्। बाबा भन्नुहुन्छ म तिम्रो टिचर हुँ नि। टिचरको पासमा स्टुडेन्टको पढाइको र चाल चलनको रिकर्ड रहन्छ नि। कसैको चलन धेरै राम्रो, कसैको कम, कसैको एकदमै खराब। नम्बरवार हुन्छन् नि। यहाँ पनि सुप्रिम पिताले कति उच्च पढाउनु हुन्छ। उहाँले पनि हरेकको चाल-चलनलाई जान्नुहुन्छ। तिमी स्वयं पनि जान्न सक्छौ मेरो यो बानी छ, त्यस कारण म फेल हुन्छु। बाबा हरेक कुरा स्पष्ट गरेर सम्झाउनु हुन्छ। पूरा पढाइ पढेनौ, कसैलाई दु:ख दियौ भने दु:खी भएर मर्छौ। पद पनि भ्रष्ट हुन्छ। सजाय पनि धेरै खान्छौ।

मीठे बच्चे, आफ्नो र अरूको तकदिर बनाउनको लागि रहमदिलको संस्कार धारण गर। बाबा रहमदिल हुनुहुन्छ त्यसैले टिचर बनेर पढाउनु हुन्छ। कुनै बच्चाहरूले राम्रोसँग पढ्छन् र पढाउँछन्, यसमा रहमदिल बन्नुपर्छ। टिचर रहमदिल हुनुहुन्छ नि। कमाईको मार्ग बताउनु हुन्छ कसरी राम्रो पोजीशन तिमी पाउन सक्छौ। त्यस पढाइमा त अनेक प्रकारका टिचरहरू हुन्छन्। यहाँ त एकै टिचर हुनुहुन्छ। पढाइ पनि एउटै छ मनुष्यबाट देवता बन्ने। यसमा मुख्य छ पवित्रताको कुरा। पवित्रता नै सबैले माग्छन्। बाबा त मार्ग बताइरहनु भएको छ तर जसको तकदिरमा नै छैन भने तदबीर (पुरुषार्थले) के गर्न सक्छन्! उच्च अंक पाउनु नै छैन भने टिचरले के पुरुषार्थ गराउने! उहाँ बेहदको टिचर हुनुहुन्छ नि। बाबा भन्नुहुन्छ अरू कसैले तिमीलाई सृष्टिको आदि मध्य अन्त्यको इतिहास भूगोल सम्झाउन सक्दैन। तिमीलाई बेहदको कुरा सम्झाइन्छ। तिम्रो छ बेहदको वैराग्य। यो पनि तिमीलाई सिकाइन्छ जबकि पतित दुनियाँको विनाश, पावन दुनियाँको स्थापना हुनु छ। सन्यासीहरू त हुन् निवृत्ति मार्ग वाला, वास्तवमा उनीहरू त जंगलमा रहनु पर्छ। पहिला-पहिला ऋषि-मुनि आदि सबै जंगलमा रहन्थे, सतोप्रधान ताकत थियो त्यसैले मनुष्यहरूलाई आकर्षित गर्थे। कहाँ-कहाँ कुटीहरूमा पनि उनीहरूलाई भोजन लगेर पुर्याउँथे। सन्यासीहरूको कहिल्यै मन्दिर बनाउँदैनन्। मन्दिर सदैव देवताहरूको बनाउँछन्। तिमीले कुनै भक्ति गर्दैनौ। तिमी योगमा रहन्छौ। उनीहरूको त ज्ञान नै हो ब्रह्म तत्त्वलाई याद गर्ने। ब्रह्ममा लीन हुन सकौं। तर बाबा सिवाय त्यहाँ त कसैले लान सक्दैन। बाबा आउनु हुन्छ नै संगमयुगमा। आएर देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ। बाँकी सबै आत्माहरू फर्केर जान्छन् किनकि तिम्रो लागि नयाँ दुनियाँ चाहियो नि। पुरानो दुनियाँको केही पनि रहने छैन। तिमी सारा विश्वको मालिक बन्छौ। यो त तिमीलाई थाहा छ जब हाम्रो राज्य थियो तब सारा विश्वमा हामी नै थियौं, अर्को कुनै खण्ड थिएन। त्यहाँ जमीन त धेरै रहन्छ। यहाँ जमीन कति छ फेरि पनि समुद्रलाई सुकाएर जमीन बनाइ रहन्छन् किनकि मनुष्यहरू बढ्दै जान्छन्। यो जमीन सुकाउने आदि बेलायतीहरूसँग सिकेका हुन्। बम्बई पहिला के थियो फेरि पनि रहने छैन। बाबा त अनुभवी छन् नि। मानौं, भूकम्प गयो वा मुसलधार बर्षा भयो भने फेरि के गर्नेछन्! बाहिर निस्कन त सक्दैनन्। प्राकृतिक प्रकोप त धेरै आउँछ। नत्र यत्रो विनाश कसरी हुन्छ। सत्ययुगमा त केवल थोरै मात्रै हुन्छन्। आज के छ, भोलि के हुन्छ। यो सबै तिमी बच्चाहरूले नै जानेका छौ। यो ज्ञान अरू कसैले दिन सक्दैन। बाबा भन्नुहुन्छ तिमी पतित बनेका छौ त्यसैले मलाई बोलाउँछौ आएर पावन बनाउनुहोस्। उहाँ अवश्य आउनु हुन्छ तब त पावन दुनियाँ स्थापना हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ बाबा आउनु भएको छ। युक्ति कति राम्रो बताउनु हुन्छ। भगवानुवाच मनमनाभव। देह सहित देहका सबै सम्बन्धहरूलाई तोडेर म एकलाई याद गर। यसमा नै मेहनत छ। ज्ञान त धेरै सहज छ। सानो बच्चाले पनि झट्टै याद गर्न सक्छ। बाँकी आफूलाई आत्मा सम्झेर बाबालाई याद गरोस्, त्यो असम्भव छ। ठूला व्यक्तिको बुद्धिमा त टिक्दैन भने सानाले कसरी याद गर्न सक्छन्? भन्न त शिवबाबा-शिवबाबा पनि भन्छन् तर हुन्छन् त बेसमझ नै। हामी पनि बिन्दु हौं, बाबा पनि बिन्दु हुनुहुन्छ, यो स्मृतिमा आउन मुश्किल हुन्छ। यथार्थ रीति याद गर्नु छ। ठूलो चिज त हुनुहुन्न। बाबा भन्नुहुन्छ यथार्थ रूपमा म बिन्दु हुँ। त्यसैले म जो हुँ, जस्तो छु त्यो सिमरण गरुन् यो धेरै मेहनत छ।

उनीहरू त भनिदिन्छन् परमात्मा ब्रह्म तत्त्व हुनुहुन्छ र हामी भन्छौ उहाँ एकदम बिन्दु हुनुहुन्छ। रात-दिनको फरक छ नि। ब्रह्म तत्त्व जहाँ हामी आत्माहरू रहन्छौं, त्यसलाई परमात्मा भनिदिन्छन्। बुद्धिमा रहनु पर्छ म आत्मा हुँ, बाबाको बच्चा हुँ, यी कानद्वारा सुन्छु। बाबाले यस मुखद्वारा सुनाउनु हुन्छ म परम आत्मा हुँ, पर भन्दा पर रहने वाला हुँ। तिमी पनि पर भन्दा पर रहन्छौ तर जन्म-मरणमा आउँछौ, म आउदिनँ। तिमीले अहिले आफ्नो ८४ जन्मलाई पनि बुझेका छौ। बाबाको पार्टलाई पनि बुझेका छौ। आत्मा कुनै सानो-ठूलो हुँदैन। तर उहाँलाई परम आत्मा भनिन्छ। उहाँ ज्ञानका सागर हुनुहुन्छ, तिमीलाई आएर सम्झाउनु हुन्छ। यस समय तिमी जुन पढिरहेका छौ कल्प पहिला पनि पढेका थियौ, जसबाट तिमी देवता बनेका थियौ। तिमीहरूमा सबै भन्दा खोटो भाग्य उनीहरूको हो जो पतित बनेर आफ्नो बुद्धिलाई मलिन बनाउँछन् किनकि उनीहरूमा धारणा हुन सक्दैन। भित्र दिल खाइरहन्छ। पवित्र बन भनेर अरूलाई भन्न सक्दैनन्। भित्र सम्झिन्छन् पावन बन्दा-बन्दै मैले हार खाएँ गरेको कमाई सारा खत्तम भयो। फेरि धेरै समय लाग्छ। एउटै चोटले जोडसँग घायल गरिदिन्छ, रजिस्टर खराब हुन जान्छ। बाबा भन्नुहुन्छ तिमीले मायासँग हार्यौ, तिम्रो तकदिर खोटो छ। मायाजित जगतजित बन्नु छ। जगतजित महाराजा-महारानीलाई नै भनिन्छ। प्रजालाई कहाँ भनिन्छ र। अहिले दैवी स्वर्गको स्थापना भइरहेको छ। आफ्नो लागि जसले गर्छ उसले पाउँछ। जति पावन बनेर अरूलाई बनाउँछौ, धेरै दान गर्नेलाई फल पनि त मिल्छ नि। दान गर्नेको नाम पनि हुन्छ। अर्को जन्ममा अल्पकालको सुख पाउँछन्। यहाँ त २१ जन्मको कुरा छ। पावन दुनियाँको मालिक बन्नु छ। जो पावन बनेका थिए उनीहरू नै बन्छन्। चल्दा-चल्दै मायाले थप्पड मारेर एकदम गिराइदिन्छ। माया पनि कम दुष्ट छैन। ८-१० वर्ष पवित्र रह्यो, पवित्रताको लागि झगडा गर्यो, अरूलाई गिर्नबाट बचायो र फेरि स्वयं गिर्यो। तकदिर भनिन्छ नि। बाबाको बनेर फेरि मायाको बन्छन् भने दुस्मन भयो नि। खुदा दोस्तको पनि एउटा कहानी छ नि। बाबा आउनु भएर बच्चाहरूलाई प्यार गर्नुहुन्छ, साक्षात्कार गराउनु हुन्छ, कुनै भक्ति नै नगरे पनि साक्षात्कार हुन्छ। अर्थात् दोस्त बनाउनु भयो नि। कति साक्षात्कार हुन्थ्यो फेरि जादु सम्झेर हंगामा गर्न लागे। त्यसैले बन्द गराइ दिनु भयो फेरि पछि तिमी धेरै साक्षात्कार गर्दै रहन्छौ। पहिला कति मजा हुन्थ्यो। त्यो देख्दा-देख्दै पनि कति गए। भट्ठीबाट कुनै ईट्टा पाकेर निस्कियो, कुनै केही कच्चा नै रहन गयो। कोही त एकदम फुट्यो। कति गए। अहिले उनीहरू लखपति, करोडपति बनेका छन्। सम्झन्छन् हामी त स्वर्गमा बसेका छौं। अब स्वर्ग यहाँ कसरी हुन सक्छ। स्वर्ग त हुन्छ नै नयाँ दुनियाँमा। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्नो उच्च तकदिर बनाउनको लागि रहमदिल बनेर पढ्नु र पढाउनु छ। कहिल्यै पनि कुनै स्वभावको बश भएर आफ्नो रजिष्टर खराब गर्नु छैन।

२) मनुष्यबाट देवता बन्नको लागि मुख्य हो पवित्रता, त्यसैले कहिल्यै पनि पतित बनेर आफ्नो बुद्धिलाई मलिन गर्नु छैन। यस्तो कर्म नहोस् जसले भित्र दिल खाइरहोस्, पश्चाताप गर्न परोस्।

वरदान:
शान्तिदूत बनेर सबैलाई शान्तिको सन्देश दिने मास्टर शान्ति , शक्ति दाता भव

तिमी बच्चाहरू शान्तिको मेसेन्जर, शान्तिदूत हौ। जहाँ रहे पनि सदा आफूलाई शान्तिदूत सम्झिएर चल। शान्तिदूत हुँ, शान्तिको सन्देश दिनेवाला हुँ यसबाट स्वयं पनि शान्त स्वरूप शक्तिशाली रहन्छौ र अरूलाई पनि शान्ति दिइरहन्छौ। उनीहरूले अशान्ति दिए पनि तिमीले शान्ति देऊ। उनीहरूले आगो लगाए पनि तिमीले पानी लगाउ। यो नै तिमी शान्तिदूत, मास्टर शान्ति, शक्ति दाता बच्चाहरूको कर्तव्य हो।

स्लोगन:
जसरी आवाजमा आउन सहज लाग्छ, त्यस्तै आवाजभन्दा पर जान पनि सहज होस्।