20.05.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे धन्दा आदि गर्दा पनि सदा आफ्नो ईश्वरीय विद्यार्थी जीवन र पढाइ याद राख । स्वयं भगवानले हामीलाई पढाउनु हुन्छ , यस नशामा रहने गर।

प्रश्न:
जुन बच्चाहरूलाई ज्ञान अमृत पचाउन आउँछ, उनीहरूको निशानी के हुन्छ?

उत्तर:
उनीहरूमा सदा रूहानी नशा चढिरहन्छ र त्यस नशाको आधारमा सबैको कल्याण गरिरहन्छन्। कल्याण गर्ने सिवाय अरू कुनै कुरा पनि उनीहरूलाई राम्रो लाग्दैन। काँडालाई फूल बनाउने सेवामा नै व्यस्त रहन्छन्।

ओम् शान्ति ।
अहिले तिमी बच्चाहरू यहाँ बसेका छौ र यो पनि जानेका छौ अहिले हामी पार्टधारी हौं। ८४ जन्मको चक्र पूरा गरेका छौं। यो तिमी बच्चाहरूको स्मृतिमा आउनु पर्छ। बुझेका छौ बाबा आउनु भएको छ, हामीलाई फेरि राज्य प्राप्त गराउन वा तमोप्रधानबाट सतोप्रधान बनाउन। यो कुरा बाबा सिवाय अरू कसैले सम्झाउँदैन। तिमी जब यहाँ बस्छौ भने मानौं तिमी विद्यालयमा बसेका छौ। बाहिर हुँदा त विद्यालयमा हुँदैनौ। बुझेका छौ यो उच्च भन्दा उच्च रूहानी विद्यालय हो। रूहानी बाबाले बसेर पढाउनु हुन्छ। पढाइ त बच्चाहरूलाई याद आउनु पर्छ नि। यी पनि बच्चा ठहरिए। यिनलाई अथवा सबैलाई सिकाउनेवाला उहाँ बाबा हुनुहुन्छ। सबै मनुष्य आत्माहरूका बाबा उहाँ हुनुहुन्छ। उहाँले आएर शरीर लोन लिएर तिमीलाई सम्झाइरहनु भएको छ। सधैं सम्झाउनु हुन्छ, यहाँ बस्दा बुद्धिमा स्मृति रहनु पर्छ हामीले ८४ जन्म लियौं। हामी विश्वको मालिक थियौं, देवी-देवता थियौं फेरि पुनर्जन्म लिँदै-लिँदै तल जमीनमा आइपुगेका छौं। भारतवर्ष कति सम्पन्न थियो। सारा स्मृति आएको छ। भारतवर्षको नै कथा हो, साथ-साथै आफ्नो पनि। आफूलाई फेरि नबिर्स। हामीले स्वर्गमा राज्य गर्थ्यौं, फेरि हामीले ८४ जन्म लिनु पर्छ। यो सारा दिन स्मृतिमा ल्याउनु पर्छ। धन्दा आदि गर्दा पनि पढाइ त याद आउनु पर्छ नि। कसरी हामी विश्वको मालिक थियौं फेरि हामी तल उत्रिदै आयौं, धेरै सहज छ तर यो याद कसैलाई पनि रहँदैन। आत्मा पवित्र नहुनाले याद चिप्लिन्छ। हामीलाई भगवानले पढाउनु हुन्छ यो याद चिप्लिन्छ। हामी बाबाका विद्यार्थी हौं। बाबाले भनिरहनुहुन्छ यादको यात्रामा रहने गर। बाबाले हामीलाई पढाएर यो बनाइरहनु भएको छ। सारा दिन यो स्मृतिमा आइरहोस्। बाबाले नै स्मृति दिलाउनु हुन्छ, यही भारत थियो नि। हामी नै देवी-देवता थियौं, हामी नै अब असुर बनेका छौं। पहिला तिम्रो बुद्धि पनि आसुरी थियो। अहिले बाबाले ईश्वरीय बुद्धि दिनुभएको छ। तर फेरि पनि कसै-कसैको बुद्धिमा बस्दैन। भुल्छन्। बाबाले कति नशा चढाउनु हुन्छ। तिमी फेरि देवता बन्छौ, त्यसैले त्यो नशा रहनु पर्छ नि। हामीले आफ्नो राज्य लिइरहेका छौं। हामीले आफ्नो राज्य गर्छौं, कसैलाई त बिल्कुल नशा चढ्दैन। ज्ञान अमृत पच्दैन। जसलाई नशा चढेको हुन्छ, ऊसले कसैको कल्याण सिवाय अरू कुनै कुरा गर्न पनि राम्रो मान्दैन। फूल बनाउने सेवामा नै लागि रहन्छन्। हामी पहिला फूल थियौं फेरि मायाले काँडा बनाइदियो। अब फेरि फूल बन्छौं। यस्ता प्रकारका कुरा आफूसँग गर्नु पर्छ। यस नशामा रहेर तिमीले जसलाई पनि सम्झायौ भने झट्ट कसैलाई तीर लाग्छ। विश्व गार्डेन अफ अल्लाह थियो। अब पतित बनेको छ। हामी नै सारा विश्वको मालिक थियौं, कति ठूलो कुरा छ! अहिले फेरि हामी के बनेका छौं! कति गिर्यौं! यो हाम्रो गिर्ने र चढ्ने नाटक हो। यो कथा बाबा बसेर सुनाउनु हुन्छ। त्यो हो झुटो, यो हो सत्य। उनले सत्य-नारायणको कथा सुनाउँछन्, तर कहाँ सम्झन्छन् र हामी कसरी चढ्यौं फेरि कसरी गिर्यौं। यहाँ बाबाले सच्चा सत्य-नारायणको कथा सुनाउनु भएको छ। राजाई कसरी गुमायौं, यो सारा आफैंमाथि निर्भर गर्छ। आत्मालाई थाहा भएको छ हामीले कसरी अहिले बाबासँग राजाई लिइरहेका छौं। बाबाले यहाँ सोध्नुभयो भने भन्छन् हो, नशा छ फेरि बाहिर गएपछि केही पनि नशा रहँदैन। बच्चाहरूले स्वयं सम्झन्छन्, हात पनि उठाउँछन् तर चाल-चलन यस्तो छ जसले गर्दा नशा रहन सक्दैन। फिलिङ् त हुन्छ नि।

बाबाले बच्चाहरूलाई स्मृति दिलाउनु हुन्छ प्यारा बच्चाहरू! तिमीलाई मैले राजाई दिएको थिएँ फेरि तिमीले गुमाइदियौ। तिमी तल उत्रिदै आयौ किनकि यो नाटक हो चढ्ने र उत्रिने। आज राजा छन्, भोलि उनलाई उतारिदिन्छन्। अखबारमा धेरै यस्ता-यस्ता कुरा छापिन्छन्, जसको रेस्पन्ड दिएमा बुझ्छन्। यो नाटक हो, यो याद रह्यो भने पनि सदैव खुसी रहन्छ। बुद्धिमा छ नि आज भन्दा ५ हजार वर्ष पहिला शिवबाबा आउनु भएको थियो, आएर राजयोग सिकाउनु भएको थियो। लडाईं लागेको थियो। अहिले यी सबै सही कुरा बाबाले सुनाउनु हुन्छ। यो हो पुरुषोत्तम युग। कलियुग पछि यो पुरुषोत्तम युग आउँछ। कलियुगलाई पुरुषोत्तम युग भनिदैन। सत्ययुगलाई पनि भनिदैन। आसुरी सम्प्रदाय र दैवी सम्प्रदाय भनिन्छ, त्यस बीचको यो हो संगमयुग, जबकि पुरानो दुनियाँबाट नयाँ दुनियाँ बन्छ। नयाँबाट पुरानो हुनमा सारा चक्र लाग्छ। अहिले हो संगमयुग। सत्ययुगमा देवी-देवताहरूको राज्य थियो। अब त्यो छँदै छैन। बाँकी अनेक धर्म आएका छन्। यो तिम्रो बुद्धिमा रहन्छ। धेरै छन् जो ६-८ महिना, १२ महिना पढेर फेरि गिर्छन्। फेल हुन्छन्। बन्न त पवित्र बन्छन् तर पढेनन् भने फँस्छन्। केवल पवित्रता पनि काममा आउँदैन। यस्ता धेरै संन्यासीहरू पनि छन्, ती संन्यास धर्म छोडेर गृहस्थमा जान्छन्, विवाह आदि गर्छन्। त्यसैले बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ तिमी विद्यालयमा बसेका छौ। यो स्मृतिमा छ हामीले आफ्नो राजाई कसरी गुमायौं, कति जन्म लियौं। अहिले फेरि बाबा भन्नुहुन्छ विश्वको मालिक बन। पावन अवश्य बन्नु छ। जति धेरै याद गर्छौ त्यति पवित्र हुँदै जान्छौ किनकि सुनमा मिसावट हुन्छ, त्यो निस्कोस् कसरी? तिमी बच्चाहरूको बुद्धिमा छ हामी आत्माहरू सतोप्रधान थियौं, २४ क्यारेट थियौं फेरि गिर्दा-गिर्दा यस्तो हालत भएको छ। हामी के बन्यौं! बाबाले त यस्तो भन्नुहुन्न म के थिएँ। तिमी मनुष्यहरूले नै भन्छौ हामी देवता थियौं। भारतवर्षको महिमा त छ नि। भारतमा को आउनु हुन्छ, के दिनुहुन्छ, यो कसैले पनि जानेका छैनन्। यो त थाहा हुनुपर्छ मुक्तिदाता कहिले आउनु हुन्छ। भारतलाई प्राचीन भनी गायन गरिन्छ भने अवश्य पनि भारतमा नै अवतरण हुनुपर्छ अथवा जयन्ती पनि भारतवर्षमा नै मनाउँछन्। अवश्य पनि बाबा यहाँ आउनु हुन्छ। भन्छन् पनि भागीरथ। मनुष्य शरीरमा आउनु भएको हुनुपर्छ नि। फेरि घोडा गाडी पनि देखाएका छन्। कति फरक छ। कृष्ण र रथ देखाएका छन्। मेरो विषयमा कसैलाई थाहा छैन। अहिले तिमीले सम्झन्छौ बाबा यस ब्रह्मा रथमा आउनु भएको छ, यिनलाई नै भाग्यशाली रथ भनिन्छ। ब्रह्मा नै विष्णु चित्रमा कति स्पष्ट छ। त्रिमूर्तिको माथि शिव, यो शिवको परिचय कसले दियो? बाबाले नै बनाउन लगाउनु भयो नि। अहिले तिमीले जानेका छौ बाबा यस ब्रह्मा रथमा आउनु भएको छ। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा। यो पनि बच्चाहरूलाई सम्झाइएको छ, कहाँ ८४ जन्म पछि विष्णु नै ब्रह्मा बन्छन्, कहाँ ब्रह्मा नै विष्णु एक सेकेण्डमा बन्छन्। अचम्मका कुरा छन् नि बुद्धिमा धारण गर्नको लागि। सबैभन्दा पहिला बुझाउनु पर्छ बाबाको परिचय। भारतवर्ष अवश्य स्वर्ग थियो। स्वर्गका रचयिता परमपिता परमात्माले स्वर्ग बनाउनु भएको हुनुपर्छ। यो चित्र त धेरै फस्टक्लास छ, सम्झाउने सोख रहन्छ नि। बाबालाई पनि सोख छ। तिमीले सेवा केन्द्रमा पनि यसैगरी सम्झाइरहन्छौ। यहाँ त प्रत्यक्ष रूपमा बाबा हुनुहुन्छ। बाबाले बसेर आत्माहरूलाई सम्झाउनु हुन्छ। आत्माहरूले सम्झाउनु र बाबाले सम्झाउनुमा त अवश्य फरक हुन्छ त्यसैले यहाँ सम्मुख आउँछन् सुन्नको लागि। बाबाले पनि घरी-घरी बच्चे बच्चे भन्नुहुन्छ। भाइ-भाइको त्यति असर हुँदैन जति बाबाको हुन्छ। यहाँ तिमी बाबाका सम्मुख बसेका छौ। आत्मा र परमात्माको मिलनलाई मेला भनिन्छ। बाबाले सम्मुख बसेर सम्झाउँदा धेरै नशा चढ्छ। सम्झन्छन् बेहदका बाबा भन्नुहुन्छ हामीले उहाँले भनेको नमान्ने! बाबा भन्नुहुन्छ मैले तिमीलाई स्वर्गमा पठाएको थिएँ फेरि तिमीले ८४ जन्म लिंदै लिंदै पतित बनेका छौ। फेरि तिमी पावन बन्दैनौ! आत्माहरूलाई भन्नुहुन्छ। कतिले सम्झन्छन्, बाबाले सत्य बताउनु हुन्छ, कतिले त तुरुन्त भन्छन् बाबा हामी किन पवित्र नबन्ने!

बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने तिम्रो पाप काटिन्छ। तिमी सच्चा सुन बन्छौ। म सबैको पतित-पावन बाबा हुँ। बाबाले सम्झाउनु र आत्माहरूले (बच्चाहरूले) सम्झाउँदा कति फरक छ। मानौं कोही नयाँ आयो, त्यसमा पनि जो यहाँको फूल होला उसलाई टच हुन्छ । यिनले ठिक भन्छन्। जो यहाँको हुँदैन भने उसले बुझ्दैन। तिमीले पनि सम्झाऊ हामी आत्माहरूलाई बाबा भन्नुहुन्छ तिमी पावन बन। मनुष्यले पावन बन्नको लागि गंगा स्नान गर्छन्, गुरु मान्छन्। तर पतित-पावन त बाबा मात्रै हुनुहुन्छ। बाबाले आत्माहरूलाई भन्नुहुन्छ तिमी कति पतित बनेका छौ। त्यसैले आत्माले याद गर्छ, भन्छ फेरि आएर पावन बनाउनुहोस्। बाबा भन्नुहुन्छ म कल्प-कल्प आउँछु, तिमी बच्चाहरूलाई भन्छु यो अन्तिम जन्म पवित्र बन। यो रावण राज्य समाप्त हुनु छ। मुख्य कुरा हो नै पावन बन्ने। स्वर्गमा विष हुँदैन। कोही आयो भने उसलाई सम्झाऊ, बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर्यौ भने पावन बन्छौ, मैला निस्कन्छ। मनमनाभव शब्द याद छ नि। बाबा निराकार हुनुहुन्छ हामी आत्मा पनि निराकार हौं। जसरी मैले शरीरद्वारा सुन्छु, बाबाले पनि यस शरीरमा आएर सम्झाउनु हुन्छ। नत्र कसरी भन्नुहुन्छ, म एकलाई याद गर, देहका सबै सम्बन्धलाई छोड। अवश्य पनि यहाँ आउनु हुन्छ, ब्रह्मामा प्रवेश गर्नुहुन्छ। प्रजापिता अहिले यथार्थमा हुनुहुन्छ, यिनीद्वारा बाबाले हामीलाई यसो भन्नुहुन्छ, हामीले बेहदका बाबाले भनेकोलाई नै मान्छौं। उहाँले भन्नुहुन्छ पावन बन, पतितपन छोड, पुरानो देहको अभिमानलाई छोड। मलाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ, तिमी लक्ष्मी-नारायण बन्छौ।

बाबाबाट बेमुख पार्ने मुख्य अवगुण हो एक अर्काको परचिन्तन गर्नु। नराम्रा कुरा सुन्नु र सुनाउनु। बाबाको आज्ञा छ तिमीले नराम्रा कुरा सुन्नु हुँदैन। यिनका कुरा उनलाई, उनका कुरा यिनलाई सुनाउनु यो धूर्तपना तिमी बच्चाहरूमा हुनु हुँदैन। यस समय दुनियाँमा सबै विप्रीत बुद्धि छन् नि। रामको सिवाय अरू कसैको कुरा सुनाउनु, त्यसलाई धूर्तपना भनिन्छ। अहिले बाबा भन्नुहुन्छ यो धूर्तपना छोड। तिमीले सबै आत्माहरूलाई बताऊ हे सीताहरू! एक रामसँग योग लगाऔं। तिमी हौ सन्देशवाहक, यो सन्देश देऊ बाबाले भन्नुभएको छ मलाई याद गर, पुग्यो। यो कुरा बाहेक अरू सबै हुन् धूर्तपना। बाबाले सबै बच्चाहरूलाई भन्नुहुन्छ धूर्तपना छोडिदेऊ। सबै सीताहरूको एक रामसँग योग जुटाऊ। तिम्रो धन्दा नै यही हो। यो सन्देश दिइराख, पुग्यो। बाबा आउनु भएको छ, भन्नुहुन्छ तिमी सत्ययुगमा जानु छ। अब यो कलियुगलाई छोड्नु छ। तिमीलाई वनवास मिलेको छ, जंगलमा बसेका छौ नि। वन जंगललाई भनिन्छ। कन्याको विवाह भएपछि वनमा बस्छिन् फेरि महलमा जान्छिन्। तिमी पनि जंगलमा बसेका छौ। अब स्वर्ग जानु छ, यो पुरानो देहलाई छोड्नु छ। एक बाबालाई याद गर। जसको विनाशकालमा प्रीत बुद्धि हुन्छ ऊ त महलमा जान्छ, बाँकी विप्रीतको हुन्छ वनवास। जंगलमा वास हुन्छ। बाबाले तिमी बच्चाहरूलाई विभिन्न रीतिले सम्झाउनु हुन्छ। जो बाबाबाट यति बेहदको बादशाही लिएका छौ, उहाँलाई भुल्यौ भने वनवासमा जान्छौ। वनवास र बगैंचाको वास। बाबाको नामै हो बागवान। तर कसैको बुद्धिमा आए त हो! यहाँ नै हाम्रो राज्य थियो। अहिले छैन। अहिले त वनवास छ। फेरि बगैंचामा जान्छौं। तिमी यहाँ बसेका छौ, बुद्धिमा छ मैले बेहदका बाबाद्वारा आफ्नो राज्य लिइरहेको छु। बाबा भन्नुहुन्छ मसँग प्रीत राख तर फेरि पनि बिर्सिन्छौ। बाबाले उल्हना गर्नुहुन्छ तिमीले म पितालाई कहिलेसम्म भुलिरहन्छौ। फेरि सत्ययुगमा कसरी जान्छौ। आफैसँग सोध मैले कति समय बाबालाई याद गर्छु? हामी मानौं यादको अग्निमा परेका छौं, जसबाट विकर्म विनाश हुन्छ। एक बाबासँग प्रीत बुद्धि हुनु छ। सबैभन्दा फस्टक्लास प्रियतम हुनुहुन्छ जसले तिमीलाई पनि फस्टक्लास बनाउनु हुन्छ। कहाँ थर्ड क्लासमा भेडा बाख्राले जस्तो यात्रा गर्नु, कहाँ एयर कण्डिशनमा, कति फरक छ। यी सबै विचार सागर मन्थन गर्यौ भने तिमीलाई आनन्द आउँछ। यी बाबाले पनि भन्छन् मैले पनि बाबालाई याद गर्नको लागि धेरै मेहनत गर्छु। सारा दिन ख्याल चलिरहन्छ। तिमी बच्चाहरूले पनि यही मेहनत गर्नु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कसैलाई पनि एक बाबाको सिवाय अरू कुनै पनि कुरा सुनाउनु छैन। एकको कुरा अरूलाई सुनाउनु, परचिन्तन गर्नु यो धूर्तपना हो, यसलाई छोडिदिनु छ।

२) एक बाबासँग प्रीत राख्नु छ। पुरानो देहको अभिमान छोडेर एक बाबाको यादबाट स्वयंलाई पावन बनाउनु छ।

वरदान:
अलौकिक नशाको अनुभूतिद्वारा निश्चयको प्रमाण दिने सदा विजयी भव

अलौकिक रूहानी नशा निश्चयको दर्पण हो। निश्चयको प्रमाण हो नशा र नशाको प्रमाण हो खुसी। जो सदा खुसी र नशामा रहन्छन्, उनीहरूको अगाडि मायाले कुनै पनि चाल चल्न सक्दैन। बेफिक्र बादशाहको बादशाही भित्र माया आउन सक्दैन। अलौकिक नशाले सहजै पुरानो संसार वा पुरानो संस्कारलाई बिर्साइदिन्छ, त्यसैले सदा आत्मिक स्वरूपको नशामा, अलौकिक जीवनको नशामा, फरिश्तापनको नशामा वा भविष्यको नशामा रह्यौ भने विजयी बन्छौ।

स्लोगन:
मधुरताको गुण नै ब्राह्मण जीवनको महानता हो, त्यसैले मधुर बन अनि मधुर बनाऊ।