20.06.22          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे देह सहित यी आँखाले जे जति देख्छौ , त्यसलाई भुलेर एक बाबालाई याद गर किनकि अब यो सबै खतम हुँदैछ।

प्रश्न:
सत्ययुगमा राज्य पदको चिट्ठा प्राप्त गर्ने पुरुषार्थ के हो?

उत्तर:
१) सत्ययुगमा राज्य पद लिनु छ भने आफूमाथि पूरा नजर राख। भित्र कुनै पनि भूत नरहोस्। यदि कुनै पनि भूत छ भने लक्ष्मीलाई वरण गर्न सक्दैनौ। राजा बन्नको लागि प्रजा पनि बनाउनु छ। २) यहाँ नै रुनबाट मुक्त बन्नु छ। कुनै देहधारीको यादमा आघात भयौ, शरीर छुट्यो भने पद भ्रष्ट हुनेछ। त्यसैले बाबाको यादमा रहने पुरुषार्थ गर।

गीत:
आज नहीं तो कल...

ओम् शान्ति ।
शिवबाबा भन्नुहुन्छ ओम् शान्ति, फेरि यिनको आत्माले पनि भन्छ ओम् शान्ति। उहाँ हुनुहुन्छ परमात्मा, यी हुन् प्रजापिता। यिनको आत्माले पनि भन्छ ओम् शान्ति। बच्चाहरूले पनि भन्छन् ओम् शान्ति। आफ्नो स्वधर्मलाई जान्नु पर्ने हुन्छ नि। मनुष्यले त आफ्नो स्वधर्मलाई पनि जान्दैनन्। ओम् शान्ति अर्थात् अहम् आत्मा शान्त स्वरूप हुँ। आत्मा मन बुद्धि सहित छ। यो भुलेर मनको नाम लिन्छन्। यदि भन्छन् आत्मालाई शान्ति कसरी मिल्छ भनेमा उनलाई भन, वाह यो पनि प्रश्न हुन्छ र? आत्मा त स्वयं शान्त स्वरूप हो, शान्तिधाममा रहनेवाला हो। शान्ति त त्यहाँ मिल्छ नि। आत्माले शरीर छोडेर जान्छ, अनि शान्तिमा रहन्छ। यो त सारा दुनियाँ हो, यसमा आत्माहरूलाई पार्ट खेल्नु छ। पार्ट खेल्नुपर्ने भएपछि आत्मा शान्त कसरी रहन्छ? काम गर्नुपर्छ। मनुष्य शान्तिको लागि कति भट्किन्छन्। उनलाई यो थाहा छैन हामी आत्माहरूको स्वधर्म शान्ति हो। अहिले तिमीलाई आत्माको धर्मको बारेमा थाहा भएको छ। आत्मा बिन्दु जस्तै हो। बाबाले सम्झाउनु भएको छ। सबैले भन्छन् निराकार परमात्माए नम:। परमपिता उहाँलाई नै भनिन्छ। उहाँ त हुनुहुन्छ निराकार। उहाँलाई शिव परमात्माए नम: भनिन्छ। अब तिम्रो बुद्धियोग उहाँतर्फ छ। मनुष्य त सबै देह-अभिमानी छन्। उनीहरूको योग बाबातिर छैन। तिमी बच्चाहरूलाई हर कुरा सम्झाइन्छ। गायन पनि छ ब्रह्मा देवताए नम:, ब्रह्माको नाम लिएर यस्तो कहिल्यै भनिदैन ब्रह्मा परमात्माए नम:। एकलाई नै परमात्मा भनिन्छ। उहाँ हुनुहुन्छ रचयिता। तिमीलाई थाहा छ हामी हौं शिवबाबाका बच्चाहरू। उहाँले हामीलाई ब्रह्माद्वारा रच्नु भएको छ, आफ्नो बनाउनु भएको छ। ब्रह्माको आत्मालाई पनि आफ्नो बनाउनु भएको छ, वर्सा दिनको लागि। ब्रह्माको आत्मालाई पनि भन्नुहुन्छ मलाई याद गर। बी.के.लाई पनि भन्नुहुन्छ म एकलाई याद गर। देहको अभिमान छोडिदेऊ। यो ज्ञानको कुरा हो। ८४ जन्म लिँदा-लिँदा अब यो शरीर जडसमान भएको छ। रोगी नै रोगी बनेको छ। तिमी बच्चाहरू कति निरोगी थियौ, सत्ययुगमा कुनै पनि रोग थिएन। एभरहेल्दी थियौ। कहिल्यै कंगाल बन्दैनौ। अहिले देखि नै २१ जन्मको लागि आफ्नो वर्सा लिन्छौ, त्यसैले कंगाल बन्न सक्दैनौ। यहाँ त कंगाल बनि नै रहन्छन्। बच्चाहरूलाई सम्झाइएको पनि छ परमपिता परमात्मा शिवाए नम:, ब्रह्मालाई परमात्मा भनिदैन। उनलाई प्रजापिता भनिन्छ। देवताहरू सूक्ष्मवतनमा छन्। यो कसैलाई थाहा छैन यी प्रजापिता नै गएर फरिश्ता बन्छन्। सूक्ष्मवतन निवासी बन्छन् अर्थात् सूक्ष्म देहधारी। अहिले बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ म एकलाई याद गर। तिमी पनि निराकार हौ, म पनि निराकार हुँ। म एकलाई याद गर्नु छ, अरू जति पनि देहधारी छन्, उनीहरूबाट बुद्धियोग हटाउनु छ। देह सहित यी आँखाले जे जति देख्छौ, त्यो सबै खतम हुँदैछ। फेरि तिमी जानु छ शान्तिधाम हुँदै सुखधाम। त्यस सुखधाम अथवा कृष्णपुरीको नै तिमीलाई चाहना हुन्छ। बाबा भन्नुहुन्छ शान्तिधाम सुखधामलाई याद गर। हुन त सत्ययुगमा पनि पवित्रता सुख शान्ति हुन्छ, तर त्यसलाई शान्तिधाम भनिदैन। कर्म त सबैले गर्नु छ। रजाइँ गर्नु छ। सत्ययुगमा पनि कर्म गर्छन् तर त्यो विकर्म बन्दैन किनकि त्यहाँ माया नै हुँदैन। यो त सहज बुझ्नु पर्ने कुरा हो। ब्रह्माको दिन हुन्छ, दिनमा धक्का खाइँदैन। राती अन्धकारमा धक्का खाइन्छ। त्यसैले आधाकल्प भक्ति, ब्रह्माको रात। आधाकल्प ब्रह्माको दिन। बाबाले बताउनु भएको छ एक स्थानमा ६ महिना दिन, ६ महिना रात हुन्छ। तर त्यो कुरा कुनै शास्त्रमा लेखिएको छैन। यो ब्रह्माको दिन, ब्रह्माको रात शास्त्रहरूमा गायन गरिएको छ। अब विष्णुको रात किन भनिदैन! त्यहाँ उनलाई यो ज्ञान नै हुँदैन। ब्राह्मणलाई थाहा छ ब्रह्मा र ब्रह्माकुमार कुमारीहरूको लागि यो बेहदको दिन र रात हो। शिवबाबाको दिन र रात भनिदैन। बच्चाहरूलाई थाहा छ हाम्रो आधाकल्प दिन फेरि आधाकल्प रात हुन्छ। खेल पनि यस्तो छ, प्रवृत्ति मार्गलाई संन्यासीले जान्दैनन्। उनीहरू त निवृत्ति मार्गका हुन्। उनलाई स्वर्ग र नर्कको कुरा थाहा छैन। उनीहरूले त भन्छन् स्वर्ग कहाँबाट आयो? किनकि शास्त्रहरूमा सत्ययुगलाई पनि नर्क बनाइदिएका छन्। अहिले बाबाले धेरै मीठा-मीठा कुरा सुनाउनुहुन्छ। भन्नुहुन्छ प्यारा बच्चाहरू! म निराकार, ज्ञानको सागर हुँ। मेरो ज्ञान दिने पार्ट यस समयमा इमर्ज हुन्छ। बाबाले आफ्नो परिचय दिनुहुन्छ। भक्ति मार्गमा मेरो ज्ञान इमर्ज हुँदैन। त्यतिबेला सारा भक्ति मार्गको रसम-रिवाज चल्छ। ड्रामा अनुसार जुन भक्तले जुन भावनाले पूजा गर्छ, उसलाई साक्षात्कार गराउन म निमित्त बनेको छु। त्यतिबेला मेरो आत्मामा ज्ञानको पार्ट इमर्ज हुँदैन। त्यो अहिले इमर्ज भएको छ। जसरी तिम्रो ८४ जन्मको रील भरिएको छ, मेरो पनि जुन जुन पार्ट ड्रामामा जतिबेला निश्चित छ, त्यो त्यसै समयमा हुन्छ। यसमा संशयको कुरा छैन। यदि ममा ज्ञान इमर्ज भएको भए भक्ति मार्गमा पनि कसैलाई सुनाउँथें। लक्ष्मी-नारायणलाई त्यहाँ यो ज्ञान हुँदैन, ड्रामामा नै छैन। कसैले भन्छन् हामीलाई फलाना गुरुले सद्गति दिनुहुन्छ। तर गुरुहरूले सद्गति कसरी दिन्छन्? उनीहरूको पनि त पार्ट छ। कसैले भन्छन् वास्तवमा दुनियाँ रिपीट भइरहन्छ। यो चक्र घुमिरहन्छ। उनीहरूले फेरि चर्खा राखिदिएका छन्। सृष्टिको चक्र हो। आश्चर्य हेर, चर्खा घुमाएर पेट पूजा हुन्छ। यहाँ यस सृष्टि चक्रलाई जान्नाले २१ जन्मको लागि तिमीलाई प्रारब्ध मिल्छ। बाबा बसेर यथार्थ रूपमा अर्थ बताउनु हुन्छ। बाँकी सबैले अयथार्थ सुनाउँछन्। तिम्रो बुद्धिको ताला खुलेको छ। उच्च भन्दा उच्च हुनुहुन्छ भगवान। फेरि ब्रह्मा, विष्णु, शंकर हुन् सूक्ष्मवतनवासी। फेरि स्थूल वतनमा पहिले लक्ष्मी-नारायण फेरि जगत अम्बा, जगतपिता हुन्। उनीहरू संगमका हुन्। हुन् त मनुष्य नै। त्यतिका हात आदि केही पनि हुँदैनन्। ब्रह्माका पनि दुई भुजा छन्। भक्ति मार्गका चित्रहरूमा कति हातहरू बनाइदिएका छन्। यदि कसैका आठ भुजा भए त आठ खुट्टा पनि हुनुपर्छ। यस्तो त हुँदैन। रावणका दस शिर देखाउँछन्, त्यसैले खुट्टा पनि २० बनाइदिनुपर्छ। यो सबै हो गुडियाको खेल। केही पनि बुझ्दैनन्। रामायण सुनाउँदा धेरै जना रुन्छन्। बाबा सम्झाउनु हुन्छ यो सबै हो भक्ति मार्ग, जब देखि तिमी वाम मार्गमा गयौ, काम चितामाथि बसेर तिमी कालो बनेका छौ। अब एक जन्म ज्ञान चितामाथि बस्यौ भने २१ जन्मको लागि वर्सा मिल्छ। त्यहाँ आत्म-अभिमानी रहन्छन्। एक पुरानो शरीर छोडेर अर्को नयाँ लिन्छन्। रुने आदिको कुरा हुँदैन। यहाँ बच्चा पैदा भयो भने बधाई दिन्छन्। धूमधामसँग मनाउँछन्। भोलि बच्चा मर्यो भने रुने कराउने गर्छन्। दु:खधाम हो नि। जान्दछौ यहाँ नै सारा खेल हुन्छ। भारतवर्ष अविनाशी खण्ड हो। यसैमा सुख दु:ख, नर्क स्वर्गको वर्सा हुन्छ। हेभिनली गड फादरले नै अवश्य स्वर्ग स्थापना गर्नुहुन्छ। लाखौं वर्षको कुरा भए त कसैलाई याद पनि कसरी हुन सक्छ। कसैलाई पनि थाहा छैन स्वर्ग फेरि कहिले हुन्छ! भनिदिन्छन् कलियुगको अवधि अझै चालीस हजार वर्ष छ। अब चालीस हजार वर्षमा कति जन्म लिनु पर्ने हुन्छ! जबकि पाँच हजार वर्षमा ८४ जन्म हुन्छन्। अहिले तिमी बच्चाहरूको समझमा आउँछ। तिमी उज्यालोमा छौ। बाँकी जसलाई ज्ञान छैन, ऊ अज्ञान निद्रामा सुतेको छ। अज्ञान अन्धकार रात हो अर्थात् त्यहाँ सृष्टि चक्रको ज्ञान हुँदैन। हामी कलाकार हौं, यो सृष्टि चक्रका चार भाग छन्। यी कुरालाई मनुष्यले नै जान्दछन्। अहिले तिमी बच्चाहरूले जान्दछौ, बाबा नलेजफुल हुनुहुन्छ। जे जे विशेषता छन्, ती सबै तिमीलाई दान दिनुहुन्छ। ज्ञानको सागरसँग तिमीले वर्सा लिन्छौ। बाबा सदैव भन्नुहुन्छ देहधारीलाई याद नगर। हुन त मैले पनि देहद्वारा सुनाउँछु। तर याद तिमीले म निराकारलाई नै गर। याद गरिरह्यौ भने धारणा पनि हुन्छ, बुद्धिको ताला पनि खुल्छ। १५ मिनट वा आधा घण्टाबाट सुरु गर फेरि बढाउँदै जाऊ। अन्तिम समयमा एक बाबा सिवाय अरू कसैको याद नरहोस्। त्यसैले संन्यासीहरूले सबैथोक छोडिदिन्छन्। तपस्यामा बस्छन्, जब शरीर छोड्छन्, त्यतिबेला आसपासको वायुमण्डल पनि शान्त हुन जान्छ। जस्तै कुनै शहरमा कुनै महापुरुषले शरीर छोड्दा हुन्छ। तिमीलाई त अहिले ज्ञान छ। आत्मा अविनाशी हो, ऊ लीन हुन सक्दैन। उसमा त यो ज्ञान छैन।

बाबाले सम्झाउनु हुन्छ आत्मा कहिल्यै विनाश हुँदैन। उसमा जो ज्ञान छ, त्यो पनि कहिल्यै विनाश हुँदैन। अविनाशी ड्रामा हो। सत्ययुग त्रेता द्वापर कलियुग... यो चक्र घुमिरहन्छ। तिमी फेरि लक्ष्मी-नारायण बन्छौ फेरि नम्बरवार अरू धर्मका पनि आउँछन्। गड फादर इज वन। सत्ययुग देखि कलियुगसम्म वृद्धि भइरहन्छन्, अर्को वृक्ष बन्न सक्दैन। चक्र पनि एउटै हो। याद पनि एकलाई नै गर्छन्। गुरुनानकलाई याद गर्छन् तर उनी फेरि आफ्नो समयमा आउनु पर्छ। जन्म-मरणमा त सबै आउनु पर्छ। मानिसहरूले सम्झन्छन् कृष्ण हाजिर हुनुहुन्छ। कुनैले कसैलाई मान्छन्, कुनैले कसलाई। बाबाले सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! युक्तिसँग सम्झाऊ, सबैका ईश्वर एक निराकार हुनुहुन्छ। गीतामा छ भगवानुवाच। गीता हो सबैको माता-पिता किनकि यसबाट नै सबैलाई सद्गति मिल्छ। बाबा सबैका दु:ख हर्ता, सुख कर्ता हुनुहुन्छ। भारतवर्ष सबैको तीर्थ स्थान हो। सद्गति बाबाद्वारा नै मिल्छ। यो उहाँको बर्थ प्लेस हो, सबैले उहाँलाई याद गर्छन्। फादर नै आएर सबैलाई रावणको राज्यबाट छुटाउनु हुन्छ। अहिले यो रौरव नर्क हो।

अहिले बाबा भन्नुहुन्छ हे देहधारी आत्माहरू! अब फर्केर जानु छ, केवल मलाई याद गर। देहधारीमा लट्कियौ भने रुनुपर्छ। एकलाई याद गर्नु छ, तिमी त्यहाँ आउनु छ। तिम्रो रुवाई २१ जन्मको लागि बन्द हुन्छ। कोही मर्यो र तिमी रुन थाल्यौ भने फेरि रुवाईबाट मुक्त त बन्दैनौ। कसैको यादमा आघात भएर मर्यौ भने दुर्गति हुन्छ। तिमीले याद त शिवबाबालाई गर्नु छ नि। हर्ट फेल पनि हुन्छन्। तिमीले त उठ्दा बस्दा एक बाबालाई याद गर्नु छ। यो पनि बुद्धिमा बसाइन्छ किनकि सारा दिन याद गर्दैनन् त्यसैले संगठनमा बसाइन्छ। सबैको एकैचोटी फोर्स हुन्छ। यदि अरू कसैको याद बुद्धिमा रहन्छ भने फेरि जन्म लिनु पर्छ। जेसुकै होस्, अचल रहनु छ। देहको भान नरहोस्। जति बाबालाई याद गर्छौ, त्यति त्यो याद रिकर्डमा भरिन्छ। तिमीलाई खुशी पनि धेरै हुन्छ। हामी चाँडै नै जान्छौं। गएर तख्तमा बस्नेछौं। बाबा सदैव भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमी कहिल्यै रुनु हुँदैन, रोयौ भने विधवा भयौ। तिमीलाई सर्व गुण सम्पन्न यहाँ नै बन्नु छ, जुन फेरि अविनाशी हुनेछ। मेहनत चाहिन्छ। आफूमाथि नजर राख्नु छ, कुनै पनि भूत छ भने उच्च पद पाउन सक्दैनौ। नारद भक्त थिए, लक्ष्मीलाई वरण गर्न चाहन्थे, तर अनुहार हेर्दा बाँदर जस्तै देखियो...। तिमीले पुरुषार्थ गरिरहेका छौ लक्ष्मीलाई वरण गर्नको लागि। जसमा ५ भूत छन्, उसले कसरी वरण गर्न सक्छ? धेरै मेहनत चाहिन्छ। धेरै ठूलो चिट्ठा जित्छौ। हामी राजा बनेपछि प्रजा पनि अवश्य हुन्छन्। हजारौं लाखौं वृद्धि भइरहन्छन्। पहिला सुरुमा जो आए पनि उनलाई बाबाको परिचय देऊ। पतित-पावन, परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ! अवश्य भन्नु पर्ने हुन्छ उहाँ पिता हुनुहुन्छ। राम्रोसँग लेख्नुहोस्। पतित-पावन, सबैलाई पावन बनाउनेवाला उहाँ एउटै हुनुहुन्छ। लेखाउनाले फेरि कसैले बहस गर्दैनन्। भन, तपाईं यहाँ सुन्न आउनु भएको हो वा सुनाउन? सर्वका सद्गतिदाता त एक निराकार हुनुहुन्छ नि। उहाँ कहिल्यै आकार वा साकारमा आउनुहुन्न। ठीक छ, फेरि प्रजापितासँग के सम्बन्ध छ? उहाँ हुनुहुन्छ साकारी, उहाँ हुनुहुन्छ निराकारी बाबा। हामीले एक बाबालाई याद गर्छौं। हाम्रो लक्ष्य-उद्देश्य यो हो। यहाँद्वारा हामीले रजाइँ पाउँछौं। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कुनै पनि देहधारीमा आफ्नो बुद्धि लट्काउनु हुँदैन। यादको रिकर्ड ठीक राख्नु छ। कहिल्यै पनि रुनु हुँदैन।

२) आफ्नो शान्ति स्वधर्ममा स्थित रहनु छ। शान्तिको लागि भट्किनु छैन। सबैलाई भट्किनबाट छुटाउनु छ। शान्तिधाम र सुखधामलाई याद गर्नु छ।

वरदान:
निर्मानताद्वारा नव निर्माण गर्ने निराशा र अभिमानबाट मुक्त भव

कहिल्यै पनि पुरुषार्थमा निराश नबन। गर्नु नै छ, हुनु नै छ, विजय माला मेरो नै यादगार हो, यस स्मृतिले विजयी बन। एक सेकेन्ड वा मिनेटको लागि पनि निराशालाई आफूभित्र स्थान नदेऊ। अभिमान र निराशा यी दुवैले महाबलवान बन्न दिंदैन। अभिमान भएकालाई अपमानको फिलिंग धेरै आउँछ, त्यसैले यी दुवै कुराबाट मुक्त बनेर निर्मान बनेमा नव निर्माणको कार्य गर्दै रहनेछौ।

स्लोगन:
विश्व सेवाको तख्तनशीन बनेमा राज्य तख्तनशीन बन्छौ।