20.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बन्धनमुक्त बनेर सेवामा तत्पर रहने गर किनकि यो सेवामा धेरै उच्च कमाई छ , २१ जन्मको लागि तिमी वैकुण्ठको मालिक बन्छौ।

प्रश्न:
हरेक बच्चाले कुनचाहिँ बानी बसाल्नुपर्छ?

उत्तर:
मुरलीको प्वाइन्टमा सम्झाउने। ब्राह्मणी (टिचर) कहीँ गएमा आपसमा मिलेर क्लास चलाउनु पर्छ। यदि मुरली चलाउन सिकेनौ भने आफू समान कसरी बनाउँछौ। टिचर विना अलमलिनु हुँदैन। पढाइ त सजिलो छ। क्लास चलाउँदै गर, यो पनि अभ्यास गर्नु पर्छ।

गीत:
मुखडा देख ले प्राणी...

ओम् शान्ति ।
बच्चाहरूले सुन्दा आफूलाई आत्मा निश्चय गरेर बसून् अनि यो निश्चय गरुन् परमात्मा बाबाले हामीलाई सुनाइरहनु भएको छ। यो डाइरेक्सन अथवा मत एक बाबाले नै दिनुहुन्छ। उहाँको मतलाई नै श्रीमत भनिन्छ। श्री अर्थात् श्रेष्ठ भन्दा श्रेष्ठ। उहाँ हुनुहुन्छ बेहदका पिता, जसलाई उच्च भन्दा उच्च भगवान भनिन्छ। धेरै मनुष्य छन् जसले त्यो स्नेहपूर्वक परमात्मालाई पिता हुनुहुन्छ भनेर जानेका पनि छैनन्। शिवको भक्ति गर्छन्, धेरै प्यारले याद गर्छन् तर मानिसहरूले भनिदिएका छन् सबैमा परमात्मा हुनुहुन्छ, त्यसैले त्यो प्यार कोसँग राख्ने? त्यसैले बाबाबाट विपरीत बुद्धि बनेका छन्। भक्तिमा जब कुनै दु:ख वा रोग आदि हुन्छ भने परमात्मासँग प्रीति देखाउँछन्। भन्छन् भगवान रक्षा गर्नुहोस्। बच्चाहरूले जानेका छन् गीता हो श्रीमत भगवानको मुखबाट उच्चारण गरिएको। अरू कुनै यस्तो शास्त्र छैन जसमा भगवानद्वारा राजयोग सिकाइएको होस् वा श्रीमत दिइएको होस्। भारतको गीता एउटै छ, जसको प्रभाव पनि धेरै छ। एक गीता नै भगवानले उच्चारण गर्नुभएको शास्त्र हो, भगवान बोल्दा एक निराकारतर्फ नै दृष्टि जान्छ। औंलाले माथि इसारा गर्छन्। कृष्णको लागि यस्तो कहिल्यै भन्दैनन् किनकि उनी त देहधारी हुन् नि। तिमीलाई अब उनको बारेमा थाहा भएको छ त्यसैले भनिन्छ बाबालाई याद गर, उहाँसँग प्रीति राख। आत्माले आफ्नो पितालाई याद गर्छ। अहिले उहाँ भगवानले बच्चाहरूलाई पढाइरहनु भएको छ। त्यसैले त्यो नशा धेरै चढ्नुपर्छ र नशा पनि स्थायी चढ्नुपर्छ। यस्तो होइन ब्राह्मणी सामुन्ने छन् भने नशा चढोस्, ब्राह्मणी भइनन् भने नशा उडोस्। के ब्राह्मणी विना तिमीले क्लास गर्न सक्दैनौ? कुनै-कुनै सेन्टरको लागि बाबाले सम्झाउनु हुन्छ कहिले ५-६ महिनाको लागि ब्राह्मणी कतै जाँदा आपसमा सेन्टर सम्हाल्छन् किनकि पढाइ त साधारण छ। कति त ब्राह्मणी विना मानौं अन्धा लुला हुन्छन्। ब्राह्मणी कहीं गएमा सेन्टर जानै छोडिदिन्छन्। अरे, धेरै बसेका छौ, क्लास चलाउन सक्दैनौ? गुरु बाहिर जाँदा पछि गएर चेलाहरूले सम्हाल्छन् नि। बच्चाहरूले सेवा गर्नु पर्छ। विद्यार्थीहरूमा नम्बरवार त हुन्छन् नै। बापदादाले जान्नुहुन्छ कहाँ फस्टक्लासलाई पठाउनु छ। बच्चाहरूले यतिका वर्ष सिकेका छन्, केही त धारणा भयो होला जसले गर्दा आपसमा मिलेर सेन्टर चलाउन सकून्। मुरली त मिल्छ नै। प्वाइन्टहरूको आधारमा नै सम्झाउनु हुन्छ। सुन्ने बानी त पर्छ फेरि सुनाउने बानी पर्दैन। यादमा रहे भने धारणा पनि हुन्छ। सेन्टरमा यस्ता त हुनुपर्छ जसले भनून् ठीकै छ ब्राह्मणी गइन् भने पनि हामी सेन्टर सम्हाल्छौं। बाबाले ब्राह्मणीलाई कतै राम्रो सेन्टरमा पठाउनु हुन्छ सेवाको लागि। ब्राह्मणी विना अलमलिनु हुँदैन। ब्राह्मणी जस्तै बनेनौ भने आफू समान कसरी बनाउँछौ, प्रजा कसरी बनाउँछौ? मुरली त सबैलाई मिल्छ। बच्चाहरूलाई खुसी हुनुपर्छ हामीले गद्दीमा बसेर सम्झाउँछौं। अभ्यास गर्यौ भने सेवाधारी बन्न सक्छौ। बाबाले सोध्नुहुन्छ सेवाधारी बनेका छौ? कोही पनि निस्किदैनन्। सेवाको लागि छुट्टी लिनुपर्छ। जहाँबाट पनि सेवाको लागि बोलावट हुन्छ भने त्यहाँ छुट्टी लिएर गइहाल्नुपर्छ। जो बन्धनमुक्त बच्चाहरू छन् उनीहरूले यस्तो सेवा गर्न सक्छन्। त्यस सरकारबाट भन्दा यस सरकारबाट कमाई धेरै उच्च छ। भगवानले पढाउनु हुन्छ, जसबाट तिमी २१ जन्मको लागि वैकुण्ठको मालिक बन्छौ। कति भारी आम्दानी छ, त्यस कमाईबाट के मिल्छ? अल्पकालको सुख। यहाँ त विश्वको मालिक बन्छौ। जसलाई पक्का निश्चय हुन्छ उनीहरूले त भन्छन् हामी यसै सेवामा लाग्छौं। तर पूरा नशा हुनुपर्छ। देख्नु छ, मैले कसैलाई सम्झाउन सक्छु! छ धेरै सहज। कलियुगको अन्त्यमा यति करोड मनुष्य छन्, सत्ययुगमा अवश्य थोरै हुन्छन्। त्यसको स्थापनाको लागि बाबा संगममा नै आउनु हुन्छ। पुरानो दुनियाँको विनाश हुनु छ। महाभारत लडार्इं प्रसिद्ध छ। यो तब लाग्छ जब भगवानले आएर सत्ययुगको लागि राजयोग सिकाएर राजाहरूको राजा बनाउनु हुन्छ। कर्मातीत अवस्थालाई प्राप्त गराउनु हुन्छ। भन्नुहुन्छ देह सहित देहका सबै सम्बन्धहरूलाई छोडेर म एकलाई याद गर्यौ भने पाप काटिदै जान्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु यो नै मेहनत हो। योगको अर्थ एक जनालाई पनि थाहा छैन।

बाबाले सम्झाउनु हुन्छ भक्तिमार्ग पनि ड्रामामा निश्चित छ। भक्तिमार्ग चल्नु नै छ। खेल बनेको छ ज्ञान, भक्ति, वैराग्य। वैराग्य पनि दुई प्रकारको हुन्छ। एउटा हुन्छ हदको वैराग्य, अर्को हुन्छ बेहदको वैराग्य। अहिले तिमी बच्चाहरूले सारा दुनियाँलाई भुल्ने पुरुषार्थ गर्छौ किनकि तिमीलाई थाहा छ हामी अब शिवालय, पावन दुनियाँमा गइरहेका छौं। तिमीहरू सबै ब्रह्माकुमार-कुमारीहरू भाइ-बहिनी हौ। विकारी दृष्टि जान सक्दैन। आजकल त सबैको दृष्टि विकारी बनेको छ। तमोप्रधान छन् नि। यसको नाम नै छ नर्क तर आफूलाई नर्कबासी कहाँ सम्झन्छन्! स्वयंको बारेमा थाहा छैन अनि भनिदिन्छन् स्वर्ग-नर्क यहीं नै छ। जसको मनमा जे आउँछ त्यही भनिदिन्छन्। यो कुनै स्वर्ग होइन। स्वर्गमा त राजधानी थियो। धार्मिक, सदाचारी थिए। कति बल थियो। अहिले फेरि तिमीले पुरुषार्थ गरिरहेका छौ। विश्वको मालिक बन्छौ। यहाँ तिमी आउँछौ नै विश्वको मालिक बन्न। स्वर्ग स्थापना गर्ने बाबा जसलाई शिव परमात्मा भनिन्छ, उहाँले तिमीलाई पढाइरहनु भएको छ। बच्चाहरूमा कति नशा रहनु पर्छ। बिल्कुलै सहज ज्ञान छ। तिमी बच्चाहरूमा जति पनि पुरानो बानी छ त्यो छोडिदिनुपर्छ। ईर्ष्याको बानीले पनि धेरै नोक्सान गर्छ। तिम्रो सारा कुरा मुरलीमा निर्भर छ, तिमीले कसैलाई पनि मुरलीमा सम्झाउन सक्छौ। तर भित्र ईर्ष्या रहन्छ यो कुनै ब्राह्मणी कहाँ हो र, यसले के जान्दछे। अनि दोस्रो दिन आउनै छोडिदिन्छन्। यस्तो पुरानो स्वभाव हुन्छ जसले गर्दा सेवामा विघ्न पनि पर्छ। ज्ञान त धेरै सहज छ। कुमारीहरूको त कुनै धन्दा आदि पनि हुँदैन। यिनलाई सोधिन्छ त्यो पढाइ राम्रो वा यो पढाइ राम्रो? उनीहरूले भन्छन् यो धेरै राम्रो छ। बाबा अब हामीले त्यो पढाइ पढ्दैनौं। दिल लाग्दैन। लौकिक पिता ज्ञानमा छैनन् भने पिटाइ खान्छन्। फेरि कुनै बच्चीहरू कमजोर पनि हुन्छन्। बुझ्नुपर्छ नि यस पढाइबाट हामी महारानी बन्छौं। त्यस पढाइबाट के पाई-पैसाको नोकरी गरुँ? यस पढाइले त भविश्य २१ जन्मको लागि स्वर्गको मालिक बनाउँछ। प्रजा पनि स्वर्गवासी त बन्छन् नि। अहिले सबै नर्कवासी छन्।

अब बाबा भन्नुहुन्छ तिमी सर्वगुण सम्पन्न थियौ। अहिले तिमी नै कति तमोप्रधान बनेका छौ। सिँढी उत्रिदै आएका छौ। भारतवर्ष जसलाई सुनको चरी भन्दथे, अहिले त कौडीको पनि छैन। भारतवर्ष १०० प्रतिशत सम्पन्न थियो। अब शत प्रतिशत विपन्न छ। तिमीले जानेका छौ हामी विश्वको मालिक पारसनाथ थियौं। फेरि ८४ जन्म लिंदा-लिंदा अब पत्थरबुद्धि बनेका छौं। हुन त मनुष्य नै हुन् तर पारसनाथ र पत्थरनाथ भनिन्छ। गीत पनि सुन्यौ आफूभित्र हेर म कहाँसम्म लायक बनेको छु? नारदको उदाहरण छ नि। दिन-प्रतिदिन गिर्दै जान्छन्। गिर्दा-गिर्दा एकदमै दलदलमा गलासम्म फँसेका छन्। अब तिमी ब्राह्मणहरूले सबैलाई चोटीमा समातेर दलदलबाट बाहिर निकाल्छौ। अरू कुनै समात्ने ठाउँ त छैन। त्यसैले चोटीमा समात्न सहज हुन्छ। दलदलबाट निकाल्नको लागि चोटीमा समात्नु पर्ने हुन्छ। दलदलमा यसरी फँसेका छन् जो कुरै नसोध। भक्तिको राज्य छ नि। अहिले तिमीले भन्छौ बाबा हामी कल्प पहिला पनि हजुरको पासमा आएका थियौं, राज्य भाग्य पाउनको लागि। लक्ष्मी-नारायणको मन्दिर बनाइरहन्छन् तर उनीहरूलाई यो थाहा छैन यी विश्वको मालिक कसरी बने? अहिले तिमी कति समझदार बनेका छौ। तिमीले जानेका छौ यिनले राज्य-भाग्य कसरी पाए? फेरि ८४ जन्म कसरी लिए? बिडलाले कति मन्दिर बनाउँछन्। गुडिया बनाए जस्तै। ती साना-साना गुडिया यी फेरि ठूला गुडिया। चित्र बनाएर पूजा गर्छन्। उनीहरूको बारेमा नजान्नु त गुडियाको पूजा भयो नि। अहिले तिमीलाई थाहा छ बाबाले हामीलाई कति धनी बनाउनु भएको थियो, अहिले कति गरिब बनेका छौ। जो पूज्य थिए तिनीहरू अब पुजारी बनेका छन्। भक्तहरूले भगवानको लागि भनिदिन्छन् हामी नै पूज्य हामी नै पुजारी। हजुरले नै सुख दिनुहुन्छ हजुरले नै दु:ख दिनुहुन्छ। सबै कुरा हजुरले नै गर्नुहुन्छ। बस, यसैमा मस्त रहन्छन्। भन्छन् आत्मा निर्लेप छ, जे पनि खाऊ पिऊ मौज गर, शरीरमा लेप-छेप (दाग) लाग्छ, त्यो गंगा स्नानले शुद्ध भइहाल्छ। जे मन लाग्छ त्यो खाऊ। के-के फेशन छ। जसले जे चलायो त्यही चल्दै आउँछ। अहिले बाबाले सम्झाउनु हुन्छ विषय सागरबाट शिवालयमा हिँड। सत्ययुगलाई क्षीर सागर भनिन्छ। यो हो विषय सागर। तिमीलाई थाहा छ हामी ८४ जन्म पतित बनेका छौं, तब त पतित-पावन बाबालाई बोलाउँछौं। चित्रहरूमा सम्झाइन्छ ताकि मानिसहरूले सहज सम्झून्। सिँढीमा पूरा ८४ जन्मको वृत्तान्त छ। यति सजिलो कुरा पनि कसैलाई सम्झाउन सक्दैनौ? तब बाबाले सम्झनुहुन्छ पूरा पढेका छैनौ। उन्नति गरेका छैनौ।

तिमी ब्राह्मणहरूको कर्तव्य हो कुमालकोटीले जस्तै कीराहरूलाई भूँ-भूँ गरेर आफू समान बनाउनु। तिम्रो पुरुषार्थ हो सर्पले जस्तै पुरानो काँचुली फेरेर नयाँ लिने। तिमीले जानेका छौ यो पुरानो सडेको शरीर हो, यसलाई छोड्नु छ। यो दुनियाँ पनि पुरानो छ। शरीर पनि पुरानो छ। यो छोडेर अब नयाँ दुनियाँमा जानु छ। तिम्रो यो पढाइ हो नै नयाँ दुनियाँ स्वर्गको लागि। यो पुरानो दुनियाँ समाप्त हुनु छ। सागरको एउटै लहरबाट सारा डाँवाडोल हुन्छ। विनाश त हुनु नै छ नि। प्राकृतिक प्रकोपले कसैलाई पनि छोड्दैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) भित्र जुन ईर्ष्या आदिको पुरानो बानी छ त्यसलाई छोडेर आपसमा धेरै प्यारले मिलेर रहनु छ। ईर्ष्याको कारणले पढाइ छोड्नु हुँदैन।

२) यस पुरानो सडेको शरीरको भान छोडिदिनु छ। कुमालकोटीले जस्तै ज्ञानको भूँ-भूँ गरेर कीराहरूलाई आफू समान बनाउने सेवा गर्नु छ। यस रूहानी धन्दामा लाग्नु छ।

वरदान:
सर्वशक्तिमान सत्ताको आधारमा आत्माहरूलाई मालामाल बनाउने पुण्य आत्मा भव

जसरी दान पुण्यको सत्ताधारी सकामी राजाहरूमा सत्ताको फुल पावर थियो, जुन पावरको आधारमा कसैलाई जे पनि बनाउन सक्थे। त्यस्तै तिमी महादानी पुण्य आत्माहरूलाई डाइरेक्ट बाबाद्वारा प्रकृतिजित, मायाजितको विशेष सत्ता मिलेको छ। तिमीले आफ्नो शुद्ध संकल्पको आधारबाट कुनै पनि आत्मालाई बाबासँग सम्बन्ध जोडेर मालामाल बनाउन सक्छौ, केवल यस सत्तालाई यथार्थ रीतिले यूज गर।

स्लोगन:
जब तिमीले सम्पूर्णताको बधाई मनाउँछौ तब समय, प्रकृति र मायाले बिदाई लिनेछ।