20.11.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सदा
स्वस्थ , सदा सम्पन्न बन्नको लागि तिमीले अहिले डाइरेक्ट आफ्नो तन-मन-धन बीमा गर ,
यस समयमा नै यो बेहदको बीमा हुन्छ।”
प्रश्न:–
तिमी
बच्चाहरूले आपसमा एक अर्कालाई कुनचाहिँ स्मृति दिलाउँदै उन्नति गर्नु छ?
उत्तर:–
आपसमा स्मृति दिलाऊ– अब नाटक पूरा भयो, फर्केर घर जानु छ। अनेक पटक यो पार्ट खेल्यौ,
८४ जन्म पूरा गर्यौ, अब शरीररूपी वस्त्र उतारेर घर जान्छौ। यही हो तिमी रुहानी
समाजसेवीहरूको सेवा। तिमी रुहानी समाजसेवीहरूले सबैलाई यही सन्देश दिइराख– देह सहित
देहका सबै सम्बन्धलाई भुलेर बाबा अनि घरलाई याद गर।
गीत:–
छोड भी दे
आकाश सिंहासन...
ओम् शान्ति ।
जहाँ गीताका
पाठशालाहरू हुन्छन् त्यहाँ खास गरेर यो गीत गाउँछन्। गीता सुनाउनेले पहिला यो श्लोक
सुनाउँछन्। यो त जानेका छैनन्– कसलाई बोलाइरहेका छौं। यस समयमा धर्मको ग्लानि भएको
छ। पहिला गर्छन् प्रार्थना फेरि त्यसको जवाफ मिल्छ (गीतामा)। उनीहरूले पुकार्छन्–
आउनुहोस्, फेरि आएर गीता सुनाउनुहोस् भनेर किनकि पाप धेरै बढेको छ। उहाँले फेरि
जवाफ दिनुहुन्छ– हो, जब मानिसहरू पाप आत्मा, दु:खी बन्छन्, धर्म ग्लानि हुन्छ तब म
आउँछु। स्वरूप परिवर्तन गर्नुपर्छ, अवश्य पनि मनुष्य तनमा नै आउँछु। रूप त सबै
आत्माहरूले परिवर्तन गर्छन्। वास्तवमा तिमी आत्माहरू निराकारी हौ फेरि यहाँ आएर
साकारी बन्छौ। मनुष्य कहलाउँछौ। अहिले मनुष्यहरू पापात्मा, पतित छन् त्यसैले मैले
पनि आफ्नो रूपको रचना गर्नुपर्छ। जसरी तिमी निराकारबाट साकारी बनेका छौ, मलाई पनि
बन्नुपर्छ। यस पतित दुनियाँमा त श्रीकृष्ण आउन सक्दैनन्। उनी त हुन् स्वर्गको मालिक।
सम्झन्छन्– श्रीकृष्णले गीता सुनाए तर कृष्ण त पतित दुनियाँमा हुन सक्दैनन्। उनको
नाम, रूप, देश, काल, कर्म सबै बिलकुलै अलग हुन्छ। यो कुरा बाबाले बताउनु हुन्छ।
कृष्णका त आफ्ना माता-पिता छन्, उनले आमाको गर्भबाट जन्म लिए। म त गर्भमा जान्न।
मलाई रथ त अवश्य चाहिन्छ। म यिनको धेरै जन्मको अन्त्यको जन्ममा प्रवेश गर्छु। पहिलो
नम्बर त हुन् श्रीकृष्ण। यिनको यो धेरै जन्मको अन्त्यको जन्म ८४ औं जन्म हो। म त
यिनमा नै आउँछु। यिनले आफ्ना जन्महरूको बारेमा जानेका छैनन्। श्रीकृष्णले यस्तो
भन्दैनन्– मैले आफ्ना जन्मका बारेमा जान्दिनँ। भगवान भन्नुहुन्छ– जसमा मैले प्रवेश
गरेको छु, उनले आफ्ना जन्मका बारेमा जानेका छैनन्। मैले जान्दछु, कृष्ण त राजधानीको
मालिक हुन्। सत्ययुगमा हुन्छ सूर्यवंशी राज्य, विष्णुपुरी। विष्णु भनिन्छ
लक्ष्मी-नारायणलाई। जहाँ पनि भाषण गर्दा यो रिकर्ड पर्याप्त छ किनकि यो त भक्तहरू
स्वयंले पनि गायन गर्छन्। जब धर्म प्राय: लोप हुन्छ तब फेरि गीता सुनाउँछु। त्यही
धर्म फेरि स्थापना गर्नु छ। ती धर्मका कुनै मनुष्य नै छैनन् भने फेरि गीताको ज्ञान
कहाँबाट निस्कियो? बाबा सम्झाउनु हुन्छ– सत्ययुग त्रेतामा कुनै शास्त्र आदि हुँदैनन्।
यी सबै हुन् भक्तिमार्गका सामग्री, यीद्वारा मसँग कोही पनि मिल्नसक्दैन। मलाई त आउनु
नै पर्छ, आएर सबैलाई गति पछि सद्गति दिन्छु। सबैलाई फर्केर जानुपर्छ। गतिमा गएर फेरि
स्वर्गमा आउनु छ। मुक्तिमा गएर फेरि जीवनमुक्तिमा आउनु छ। बाबा भन्नुहुन्छ– एक
सेकेन्डमा जीवनमुक्ति प्राप्त हुन सक्छ। गायन गरिएको छ– गृहस्थ व्यवहारमा रहेर पनि
एक सेकेन्डमा जीवनमुक्ति अर्थात् दु:ख रहित। संन्यासीहरूले त जीवनमुक्त बनाउन
सक्दैनन्। उनीहरूले त जीवनमुक्तिलाई मान्दै मान्दैनन्। यी संन्यासीहरूको धर्म
सत्ययुगमा त हुँदैहुँदैन। संन्यास धर्म त पछि हुन्छ। इस्लामी, बौद्धी आदि यी सबै
सत्ययुगमा आउँदैनन्। अहिले अरू सबै धर्महरू छन्, देवता धर्म छैन। उनीहरू सबै अरू
धर्ममा गए। आफ्नो धर्मको बारेमा थाहैछैन। कसैले पनि आफूलाई देवता धर्मको
मान्दैमान्दैनन्। जय हिन्द भन्छन् तर भारतको जय र भारतको हार कहिले हुन्छ– यो कहाँ
कसैले जानेका छन् र! भारतको जय तब हुन्छ, जब पुरानो दुनियाँको विनाश हुन्छ, राज्य
भाग्य प्राप्त हुन्छ। हार गराउँछ रावणले। जय गराउनु हुन्छ रामले। जय भारत भनिन्छ।
जय हिन्द होइन। शब्द परिवर्तन गरिदिएका छन्। गीताका शब्द धेरै राम्रा छन्।
सर्वोच्च हुनुहुन्छ
भगवान, भन्नुहुन्छ– मेरा कोही माता पिता हुनुहुन्न। मैले आफ्नो रूप आफै बनाउनु पर्छ।
म यिनमा प्रवेश गर्छु। कृष्णलाई उनको माताले जन्म दिएकी हुन्। म त रचयिता हुँ।
ड्रामा अनुसार भक्तिमार्गको लागि यी सबै शास्त्र आदि बनेका हुन्। यी गीता, भागवत आदि
सबै देवता धर्मको लागि नै बनेका हुन्। बाबाले देवीदेवता धर्म स्थापना गर्नुभयो, त्यो
बित्यो फेरि भविष्यमा हुन्छ। आदि-मध्य-अन्त्यलाई, भूत, वर्तमान र भविष्य भनिन्छ।
यसमा आदि-मध्य-अन्त्यको अर्थ भिन्नै छ। जो बितेर गयो त्यही फेरि वर्तमान हुन्छ।
विगतको जुन कहानी सुनाउँछन् त्यो फेरि भविष्यमा दोहोरिन्छ। मनुष्यले यी कुरालाई
बुझेका छैनन्। जे बित्छ, त्यसको कहानी बाबाले वर्तमानमा सुनाउनु हुन्छ त्यो फेरि
भविष्यमा दोहोरिन्छ। यो राम्ररी बुझ्नुपर्ने कुरा हो, यसमा धेरै महीन बुद्धि
चाहिन्छ। कहीँ पनि तिमी बच्चाहरूलाई बोलाए भने तिमीहरूले भाषण गर्नु छ। सन सोज फादर।
आफ्ना पिता को हुनुहुन्छ, यो बच्चाहरूले बताउँछन् । पिता त जसरी पनि हुनुपर्छ, नत्र
वर्सा कसरी लिने? तिमी त सबैभन्दा उच्च हौ तापनि यी ठुलाबडालाई पनि मान दिनुपर्छ।
तिमीले सबैलाई बाबाको परिचय दिनु छ। सबैले परमपिता परमात्मालाई हे परमपिता परमात्मा
आउनुहोस्! भनेर पुकार्छन्, प्रार्थना गर्छन्। तर उहाँ को हुनुहुन्छ? तिमीले
शिवबाबाको महिमा गर्नु छ, श्रीकृष्णको पनि महिमा गर्नु छ र भारतवर्षको पनि महिमा
गर्नु छ। भारतवर्ष शिवालय, स्वर्ग थियो। ५ हजार वर्ष पहिला देवी देवताहरूको राज्य
थियो, त्यो कसले स्थापना गर्यो? अवश्य सर्वोच्च भगवानले। सर्वोच्च निराकार परमपिता
परमात्मा शिवाय नम: हुनुभयो। शिवजयन्ती पनि मनाउँछन् शिव कहिले पाल्नु भएको थियो,
यो कसैलाई पनि थाहा छैन। अवश्य स्वर्गभन्दा पहिला सङ्गममा आउनु भएको हुनुपर्छ।
भन्नुहुन्छ– कल्प-कल्पको सङ्गमयुग युगमा आउँछु, हरेक युगमा होइन। यदि हरेक युग भन्ने
हो भने पनि ४ अवतार हुनुपर्यो। उनीहरूले त कति अवतार देखाएका छन्। सबैभन्दा उच्च एक
बाबा हुनुहुन्छ जसले स्वर्गको रचना गर्नुहुन्छ। भारतवर्ष नै स्वर्ग थियो, निर्विकारी
थियो फेरि तिमीले यो प्रश्न उठाउन सक्दैनौ– बच्चा कसरी पैदा हुन्छ? त्यहाँ जे चलन
होला त्यही चल्नेछ। तिमीले किन चिन्ता गर्छौ। पहिला तिमीले बाबालाई त चिन। त्यहाँ
आत्माको ज्ञान हुन्छ। म आत्माले एक शरीर छोडेर अर्को शरीर लिन्छु। रूने कुरा हुँदैन।
कहिल्यै अकालमा मृत्यु हुँदैन। खुशीसँग शरीर छोडिदिन्छन्। त्यसैले बाबाले सम्झाउनु
भएको छ– म कसरी रूप परिवर्तन गरेर आउँछु। कृष्णको लागि भनिदैन। उनले त गर्भबाट जन्म
लिन्छन्। ब्रह्मा, विष्णु, शङ्कर हुन् सूक्ष्मवतनवासी। प्रजापिता त अवश्य यहाँ
हुनुपर्छ, हामी उनका सन्तान हौं। उहाँ निराकार बाबा अविनाशी हुनुहुन्छ, हामी
आत्माहरू पनि अविनाशी छौं। तर हामीलाई पुनर्जन्ममा आउनैपर्छ। ड्रामा यस्तै बनेको छ।
भन्छन्– फेरि आएर गीताको ज्ञान सुनाउनुहोस्, त्यसैले जो पहिला आएर गएका थिए तिनीहरू
अवश्य चक्रमा आउँछन्। बाबा पनि पहिला आएर जानु भएको थियो फेरि आउनु भएको छ।
भन्नुहुन्छ फेरि आएर गीता सुनाउँछु। बोलाउँछन् पनि पतित-पावन आउनुहोस् भनेर। त्यसैले
यो दुनियाँ अवश्य पनि पतित छ। सबै पतित छन् त्यसैले पाप पखाल्नको लागि गङ्गास्नान
गर्न जान्छन्। स्वर्गमा यो भारतवर्ष मात्रै थियो, भारतवर्ष हो उच्च अविनाशी खण्ड,
सबैको तीर्थस्थान। सबै मनुष्य मात्र पतित छन्। सबैलाई जीवनमुक्ति दिने उहाँ बाबा नै
हुनुहुन्छ। जसले यति धेरै सेवा गर्नुहुन्छ, उहाँको महिमा अवश्य गायन गर्नुपर्छ।
अविनाशी बाबाको जन्मस्थान हो भारतवर्ष। उहाँ नै सबैलाई पावन बनाउनेवाला हुनुहुन्छ।
बाबा आफ्नो जन्मस्थानलाई छोडेर अन्त कहीँ जान सक्नुहुन्न। म कसरी रूप धारण गर्छु,
यो कुरा बाबाले बसेर सम्झाउनु हुन्छ।
सारा कुरा धारणामा
आधारित छ। धारणाका आधारमा नै तिमी बच्चाहरूको पद हुन्छ। सबैको मुरली एकै प्रकारको
हुन सक्दैन। हुन त काठको मुरली सबैले बजाउँछन्, एकै तरिकासँग बजाउन सक्दैनन्। हरेकको
पार्ट अलग हुन्छ। यति सानो आत्मामा कति धेरै पार्ट छ। परमात्मा पनि भन्नुहुन्छ म
पार्टधारी हुँ। जब धर्म ग्लानि हुन्छ तब म आउँछु। भक्तिमार्गमा पनि मैले नै दिन्छु।
ईश्वरको लागि दानपुण्य गर्छन् अनि ईश्वरले नै त्यसको फल दिनुहुन्छ। सबैले आफ्नो लागि
बीमा (इन्श्योर) गर्छन्। जान्दछन्– यसको फल अर्को जन्ममा प्राप्त हुन्छ। तिमीले बीमा
गर्छौ २१ जन्मको लागि। त्यो हो हदको बीमा, अप्रत्यक्ष अनि यो हो बेहदको बीमा,
प्रत्यक्ष। तिमीले तन-मन-धनबाट आफ्ना लागि बीमा गर्छौ अनि अथाह धन पाउनेछौ। सदा
स्वस्थ, सम्पन्न बन्छौ। तिमीले डाइरेक्ट बीमा गरिरहेका छौ। मनुष्यले ईश्वरको लागि
दान गर्छन्, सम्झन्छन् ईश्वरले दिनुहुन्छ। त्यो कसरी दिलाउनु हुन्छ त्यो कहाँ
जान्दछन् र! मनुष्यले सम्झन्छन् जे जति मिल्छ त्यो ईश्वरले दिनुहुन्छ। ईश्वरले बच्चा
दिनुभयो, ठिकै छ, दिनुहुन्छ भने फेरि लिनुहुन्छ पनि अवश्य। तिमीहरू सबैले मर्नु
अवश्य पर्छ। साथमा त केही पनि जानेछैन। यो शरीर पनि समाप्त हुनु छ। त्यसैले अब जे
बीमा गर्नु छ त्यो गर, फेरि २१ जन्म सुरक्षित हुनेछ। यस्तो होइन बीमा गरेर सेवा केही
पनि नगर, यहीँ खाइराख। सेवा त गर्नु नै छ। तिम्रो खर्च पनि त हुन्छ हैन? बीमा गरेर
खाइरह्यौ भने केही पनि प्राप्त हुँदैन। प्राप्त हुन्छ तब, जब सेवा गर्नेछौ अनि उच्च
पद पनि पाउनेछौ। जसले जति धेरै सेवा गर्छ त्यति धेरै प्राप्त गर्नेछ। थोरै सेवा भए
थोरै प्राप्त हुन्छ। सरकारका समाजसेवी पनि नम्बरवार हुन्छन्। उनीहरूका ठुला ठुला
हेड्स हुन्छन्। अनेक प्रकारका सामाजिक कार्यकर्ता हुन्छन्। त्यो हो जिस्मानी, तिम्रो
हो रुहानी सेवा। हरेकलाई तिमीले यात्री बनाउँछौ। यो हो बाबासँग पुग्ने रुहानी यात्रा।
बाबा भन्नुहुन्छ– देह सहित देहका सबै सम्बन्ध र गुरु गोसाइ (स्वामी) आदिलाई पनि छोड।
म एकलाई याद गर। परमपिता परमात्मा निराकार हुनुहुन्छ, साकार रूप धारण गरेर सम्झाउनु
हुन्छ। भन्नुहुन्छ– मैले सापटी लिन्छु, प्रकृतिको आधार लिन्छु। तिमी पनि नाङ्गै आएका
थियौ, अब फेरि सबै फर्केर जानु छ। सबै धर्मावलम्बीहरूलाई भन्नुहुन्छ, मृत्यु
सामुन्ने खडा छ। यादव, कौरव समाप्त हुन्छन्। बाँकी पाण्डवहरूले फेरि आएर राज्य
गर्नेछन्। यो गीता एपीसोड (श्रृङ्खला) दोहोरिइरहेको छ। पुरानो दुनियाँको विनाश हुनु
छ, ८४ जन्म लिँदालिँदा अहिले यो पुरानो भएको छ। ८४ जन्म पूरा भए, नाटक पूरा भयो। अब
फर्केर जानु छ, शरीर छोडेर घर जान्छन्। एकले अर्कालाई यही स्मृति गराउँछन् कि अब
फर्केर जानु छ। अनेक पटक यो पार्ट खेलेका हौं, ८४ जन्मको। यो नाटक अनादि बनेको छ,
जो जो जुन धर्मका हुन्, उनलाई आफ्नो समुहमा जानु छ। जुन देवीदेवता धर्म प्राय: लोप
भएको छ, उनीहरूको लागि कलमी लागिरहेको छ। जो फूल होलान् उनीहरू नै आउँछन्। राम्रा
राम्रा फूलहरू आउँछन् अनि मायाको तुफान लाग्नाले गिर्छन् फेरि ज्ञानको सञ्जीवनी बुटी
मिलेपछि उठ्छन्। बाबा पनि भन्नुहुन्छ तिमीले शास्त्र पढ्दै आयौ। अवश्य यिनका गुरु
आदि पनि थिए। बाबा भन्नुहुन्छ– गुरुहरू सहित सबैको सद्गति गर्ने एक हुनुहुन्छ। एक
सेकेन्डमा मुक्ति-जीवनमुक्ति। राजा रानी भएपछि त प्रवृत्तिमार्ग भयो। निर्विकारी
प्रवृत्तिमार्ग थियो। अहिले सम्पूर्ण विकारी छ। त्यहाँ रावणको राज्य हुँदैन। रावणको
राज्य आधाकल्पबाट सुरु हुन्छ। हिन्दुहरूले नै रावणसँग हार खान्छन्। बाँकी अरू
धर्मावलम्बीहरू आ-आफ्नो समयमा सतो, रजो, तमोबाट पास हुन्छन्। पहिला सुखमा पछि दु:खमा
आउँछन्। मुक्तिपछि जीवनमुक्ति हुन्छ नै। यस समयमा सबै तमोप्रधान जीर्ण छन्, हरेक
आत्माले एक शरीर छोडेर फेरि अर्को नयाँ शरीर लिन्छ। बाबा भन्नुहुन्छ–म जन्ममरणमा
आउँदिनँ। मेरो कोही पिता हुन सक्दैन। अरू सबैका त पिता हुन्छन्। कृष्णको जन्म पनि
आमाको गर्भबाट हुन्छ। यी ब्रह्माले नै जब राज्य लिन्छन् तब गर्भबाट जन्म लिन्छन्।
यिनलाई नै पुरानोबाट नयाँ बन्नु छ। ८४ जन्मका पुराना हुन्। मुस्किलले कसैको बुद्धिमा
यथार्थ बस्छ र नसा चढ्छ। यो सुगन्धित ज्ञान कस्तुरी हो । अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) रुहानी समाजसेवी बनेर सबैलाई रुहानी यात्रा सिकाउनु छ। आफ्नो देवीदेवता धर्मको
कलमी लगाउनु छ।
२) आफ्नो महीन
बुद्धिद्वारा बाबाको प्रत्यक्षता (सो) गर्नु छ, पहिला स्वयंले धारणा गरेर अरूलाई
सुनाउनु छ।
वरदान:–
वाचा को साथै
मनसाद्वारा शक्तिशाली सेवा गर्ने सहज सफलतामूर्त भव
जसरी वाचाको सेवामा
सदा व्यस्त रहनमा अनुभवी भएका छौ त्यसैगरी हर समय वाणीको साथसाथै मनसा सेवा स्वत:
हुनुपर्छ। मनसा सेवा अर्थात् हर समय हर आत्माप्रति स्वत: शुभभावना एवं शुभकामनाका
शुद्ध प्रकम्पन (भाइब्रेसन) स्वयंलाई र अरूलाई पनि अनुभव होस्, मनबाट हर समय सर्व
आत्माहरूप्रति आशीर्वाद निस्किरहोस्। मनसा सेवा गर्नाले वाणीको शक्ति जम्मा हुन्छ र
यो मनसाको शक्तिशाली सेवाले सहज सफलतामूर्त बनाइदिन्छ।
स्लोगन:–
आफ्नो हर
चालचलनबाट बाबाको नाम प्रख्यात गर्नेहरू नै सच्चा सच्चा ईश्वरीय सेवाधारी हुन्।