21.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबाको
आशीर्वाद लिनु छ भने हर कदम श्रीमतमा चल , चालचलन राम्रो राख।”
प्रश्न:–
शिवबाबाको
दिलमा को चढ्न सक्छ?
उत्तर:–
जसको ग्यारेण्टी ब्रह्मा बाबाले लिनुहुन्छ– यो बच्चा सेवाधारी हो, यसले सबैलाई सुख
दिन्छ। मनसा, वाचा, कर्मणा कसैलाई दु:ख दिदैनन्। यसरी जब ब्रह्माबाबाले भन्नुहुन्छ
तब शिवबाबाको दिलमा चढ्न सक्छन्।
प्रश्न:–
यस समयमा तिमी
रूहानी सेवाधारीले बाबाको साथमा कुनचाहिँ सेवा गर्छौ?
उत्तर:–
सारा विश्वको त के यी ५ तत्त्वहरूलाई पनि पावन बनाउने सेवा तिमी रूहानी सेवाधारीले
गर्छौ, त्यसैले तिमी हौ सच्चा-सच्चा समाजसेवी।
गीत:–
ले लो दुआयें
माँ बाप की...
ओम् शान्ति ।
बच्चाहरूले
गीत सुन्यौ। त्यसो त लौकिक आमा-बुवाको आशीर्वाद अनेकले लिन्छन्। बच्चाहरू पाउ पर्छन्,
आमा-बुवाले आशीर्वाद दिन्छन्। यहाँ महिमा लौकिक आमा-बुवाको लागि गरिदैन। महिमा
अर्थात् जसलाई धेरैले सुन्छन्। यो त बेहदका बाबाको लागि नै गायन गरिन्छ तिमी
माता-पिता हामी बालक हजुरका... तपाईंका कृपा वा आशीर्वादले धेरै सुख। यहाँ नै यो
महिमाको गायन गरिन्छ। अवश्य यहाँ नै यो भएको छ त्यसैले त गायन गरिएको छ। एकदम बेहदमा
जानु पर्छ। बुद्धिले भन्छ स्वर्गका रचयिता बाबा एक नै हुनुहुन्छ। स्वर्गमा त सबै
सुख छ। त्यहाँ दु:खको नाम-निशान हुन सक्दैन त्यसैले गायन गर्छन्– दु:खमा सबैले
स्मरण गर्छन् सुखमा कसैले गर्दैनन्। आधाकल्प दु:ख हुन्छ त्यसैले सबैले स्मरण गर्छन्।
सत्ययुगमा अथाह सुख हुन्छ, त्यसैले त्यहाँ स्मरण गर्दैनन्। मनुष्यहरू पत्थर बुद्धि
भएको कारणले केही पनि बुझ्दैनन्। कलियुगमा त अथाह दु:ख छ। कति मारपिट हुन्छ। जति
सुकै पढेलेखेका विद्वान् भए पनि यो गीतको अर्थ बिलकुल जान्दैनन्। गायन गर्छन् तिमी
माता-पिता... तर बुझ्दैनन् कुनचाहिँ माता-पिताको महिमा हो। यो त धेरैको कुरा हो नि।
ईश्वरका सन्तान त सबै हुन्, तर यस समयमा त सबै दु:खी छन्। धेरै सुख त कसैलाई छैन।
कृपाले त सुख मिल्नु पर्ने हो। अकृपाले दु:ख हुन्छ। बाबालाई त कृपालु भनेर गायन
गरिएको छ। साधु सन्तहरूलाई पनि कृपालु भन्छन्।
अहिले तिमी
बच्चाहरूलाई थाहा छ– भक्तिमार्गमा गाउँछन् तिमी माता-पिता... त्यो बिलकुल यथार्थ
हो, तर कोही बुद्धिमान् भयो भने सोध्छन्– परमात्मालाई त गड फादर भनिन्छ, उहाँलाई
फेरि मदर कसरी भन्छन्? त्यसैले उनीहरूको बुद्धि जगत् अम्बा तर्फ जान्छ। जगत् अम्बा
तर्फ बुद्धि जान्छ भने फेरि जगत पिता तर्फ पनि बुद्धि जानु पर्छ। अब यी
ब्रह्मा-सरस्वती कुनै भगवान त होइनन्। यो महिमा उनीहरूको हुन सक्दैन। उनीहरूको अगाडि
पनि माता-पिता भन्नु गलत हो। मनुष्यहरूले गायन गर्छन्, परमपिता परमात्माको लागि, तर
उहाँ कसरी माता-पिता बन्नुहुन्छ यो जान्दैनन्। अहिले तिमी बच्चाहरूलाई भनिन्छ–
माता-पिताको आशीर्वाद लेऊ... अर्थात् श्रीमतमा चल। आफ्नो चालचलन राम्रो छ भने
आफूमाथि आफै आशीर्वाद हुन्छ। यदि चालचलन राम्रो हुँदैन, कसैलाई दु:ख दिइरहिन्छ,
माता-पितालाई याद गरिदैन अथवा अरूलाई याद गराइदैन भने आशीर्वाद मिल्न सक्दैन। फेरि
यति सुख पनि पाउन सकिदैन। बाबाको दिलमा चढ्न सकिदैन। यी बाबाको (ब्रह्माको) दिलमा
चढ्नु अर्थात् शिवबाबाको दिलमा चढ्नु हो। यो गायन हो नै उहाँ माता-पिताको। बुद्धि
उहाँ बेहदका माता-पिता तर्फ जानु पर्छ। ब्रह्मा तर्फ पनि कसैको बुद्धि जादैन। जान त
कसैको जगत अम्बा तर्फ जान्छ। उनको पनि मेला लाग्छ तर कर्तव्यलाई कसैले जान्दैनन्।
तिमीलाई थाहा छ हाम्रो सच्चा-सच्चा माता कायदा अनुसार यी ब्रह्मा हुन्। यो पनि
बुझ्नु छ। याद पनि यसरी गर्छन्। यी माता पनि हुन् र ब्रह्मा बाबा पनि हुन्। लेख्छन्
शिवबाबा मार्फत ब्रह्मा। त्यसैले माता पनि हुनुहुन्छ अनि पिता पनि हुनुहुन्छ। अब
बच्चाहरूलाई यी पिताको दिलमा चढ्नु छ किनकि यिनैमा शिवबाबा प्रवेश हुनुहुन्छ। यिनले
जब ग्यारेण्टी दिन्छन्– हो बाबा यी बच्चा धेरै सेवाधारी छन्, सबैलाई सुख दिनेवाला
छन्, मनसा-वाचा-कर्मणा कसैलाई दु:ख दिदैनन् तब नै शिवबाबाको दिलमा चढ्न सक्छन्। मनसा,
वाचा, कर्मणाले जे गर्छौ, जे बोल्छौ त्यसबाट सबैलाई सुख मिलोस्। दु:ख कसैलाई दिनु
छैन। दु:ख दिने विचार पहिला मनसामा आउँछ फेरि कर्मणामा आउँनाले पाप बन्छ। मनसामा
तुफान त अवश्य आउँछन् तर कर्मणामा कहिल्यै नल्याऊ। यदि कोही रिसाउँछ भने बाबासँग
आएर सोध– बाबा यो कुराले यिनी मसँग रिसाइरहन्छन्, अनि बाबाले सम्झाउनुहुन्छ। कुनै
पनि कुरा पहिला मनसामा आउँछ। वाचा पनि कर्मणा नै हुन्छ। यदि बच्चाहरूलाई माता-पिताको
आशीर्वाद लिनु छ भने श्रीमतमा चल्नु छ। यो धेरै गहन कुरा हो जुन एकलाई नै माता-पिता
भनिन्छ। यी ब्रह्मा बाबा पनि हुन् अनि बडी माँ पनि हुन्। अब यी बाबाले कसलाई माता
भन्ने? यी माताले (ब्रह्माले) कसलाई माता भन्ने? यी माताकी माता त कोही हुन सक्दिनन्।
जसरी शिवबाबाका कोही पिता छैनन्, त्यस्तै यिनकी कोही माता छैनन्।
मुख्य कुरा
बच्चाहरूलाई यो सम्झाइन्छ– यदि मनसा, वाचा, कर्मणा कसैलाई दु:ख दिइयो भने दु:ख
पाइन्छ र पद भ्रष्ट भइन्छ। सच्चा बाबाको अगाडि सच्चा रहनु छ, यिनीसँग पनि सच्चा रहनु
छ। यी दादाले नै सर्टिफिकेट दिन्छन्– बाबा यो बच्चा धेरै सपुत छ। बाबाले महिमा त
गर्नुहुन्छ। जो सेवाधारी बच्चा छन् तन-मन-धनद्वारा सेवा गर्छन्, कहिल्यै पनि कसैलाई
दु:ख दिदैनन्, उनै बापदादा र माताको दिलमा चढ्छन्। यिनको दिलमा चढ्नु अर्थात् उहाँको
दिलमा चढ्नु। सदैव सपुत बच्चाहरूको यो विचार हुन्छ– म गद्दीलायक कसरी बनुँ? यही धुन
लागिरहन्छ। गद्दी त नम्बरवार ८ छन्। फेरि १०८ त्यसपछि १६१०८ पनि छन्, तर अहिले
हामीले उच्च पद पाउनको लागि पुरुषार्थ गर्नु छ। यस्तोले त शोभा दिँदैन जुन दुई कला
कम होस् तब गद्दीमा बसौं। सपुत बच्चाहरूले बहुत पुरुषार्थ गर्छन्– हामीले यदि अहिले
प्यारा बाबाद्वारा सूर्यवंशीको पूरा-पूरा वर्सा लिएनौं भने कल्प-कल्प लिदैनौं। अहिले
यदि विजय मालामा उनिएनौं भने कल्प-कल्प उनिदैनौं। यो कल्प-कल्पको रेस हो। यदि अहिले
घाटा भयो भने कल्प-कल्प भइरहन्छ। पक्का व्यापारी त्यो हो जसले श्रीमतमा
माता-पितालाई पूरा अनुसरण गर्छन्, कहिल्यै कसैलाई दु:ख दिँदैनन्। त्यसमा पनि
नम्बरएक दु:ख हो काम कटारी चलाउनु।
बाबा भन्नुहुन्छ अच्छा
कृष्ण भगवानुवाच मान, किनभने उनी पनि नम्बरवन हुन्। उनको कुरा पनि मान्नु पर्छ तब त
स्वर्गको मालिक बन्छौ। सम्झन्छन् कृष्ण भगवानले श्रीमतद्वारा शिक्षा दिएका हुन्।
अच्छा उनको मतमा चल। उनले पनि भनेका छन् काम महाशत्रु हो, यसलाई जित। यी
विकारहरूलाई जित्यौ भने न कृष्णपुरीमा आउन सक्छौ। अहिले कृष्णको त कुरा छैन। कृष्ण
त बच्चा थिए। उनले कसरी मत दिन्छन्? जब ठूला भएर गद्दीमा बस्छन् तब मत दिन्छन्। मत
दिने लायक बन्छन् तब न राज्य चलाउँछन् नि। अहिले शिवबाबा त भन्नुहुन्छ मलाई निराकारी
दुनियाँमा याद गर। कृष्णले फेरि भन्छन्– मलाई स्वर्गमा याद गर। उनले पनि भन्छन् काम
महाशत्रु हो, यसमाथि विजय प्राप्त गर। त्यहाँ विष मिल्दैन, त्यसैले विषलाई छोडेर
पवित्र बन। यहाँ त कृष्णका पिता बसेर सम्झाउनुहुन्छ। अच्छा मान मनुष्यहरूले मेरो
नाम निकालेर बच्चाको नाम राखिदिएका छन्, उनी पनि सर्वगुण सम्पन्न हुन्। उनले पनि
भन्छन्, गीतामा लेखिएको छ– काम महाशत्रु हो। उनलाई पनि कहाँ मान्छन् र। उनको अनुसार
पनि कहाँ चल्छन् र। सम्झन्छन् कृष्ण स्वयं आए भने हामी उनको मतमा चल्छौं तबसम्म गोता
नै खाइरहन्छन्। संन्यासी आदिले भन्न सक्दैनन्– म तिमीलाई राजयोग सिकाउन आएको छु। यो
त बाबाले नै सम्झाउनुहुन्छ र यो सङ्गमको नै कुरा हो। कृष्ण छन् सत्ययुगमा। उनलाई पनि
यस्तो लायक बनाउने कोही त छ नि। त्यसैले शिवबाबाले स्वयं भन्नुहुन्छ कृष्ण र उनको
सारा घरानालाई अहिले मैले स्वर्गमा जाने लायक बनाइरहेको छु। बाबाले कति मेहनत
गर्नुहुन्छ– बच्चाहरू स्वर्गमा गएर उच्च पद पाऊन् भनेर। नत्र पढे लेखेका अगाडि गएर
भारी बोक्छन्। बाबासँग पूरा वर्सा लिनु छ। आफूसँग सोध– म यति सपुत बनेको छु? सपुत
पनि नम्बरवार हुन्छन्। उत्तम, मध्यम, कनिष्ठ। उत्तम त कहिल्यै लुकेर रहँदैनन्।
उनीहरूको दिलमा दया आउँछ हामीले विश्वको सेवा गरौं भनेर। सामाजिक कार्यकर्ता पनि
नम्बरवार हुन्छन्– उत्तम, मध्यम, कनिष्ठ। कतिले त बहुत लुट्छन्, सामान बेचेर खान्छन्।
फेरि उनीहरूलाई सपुत सामाजिक कार्यकर्ता कसरी भन्ने? सामाजिक कार्यकर्ता त आफूलाई
धेरैले भन्छन् किनकि समाजको सेवा गर्छन्। सच्चा सेवा त बाबाले नै गर्नुहुन्छ।
तिमीले भन्छौ हामी पनि
बाबासँग सँगै रूहानी सेवक हौं। सारा सृष्टिलाई त के तत्त्वलाई पनि पवित्र बनाउँछौं।
संन्यासीले त यो जान्दैनन्– तत्त्व पनि यस समयमा तमोप्रधान छ, यसलाई पनि सतोप्रधान
बनाउनु छ। सतोप्रधान तत्त्वले तिम्रो शरीर पनि सतोप्रधान बन्छ। संन्यासीहरूको
कहिल्यै सतोप्रधान शरीर बन्दैन। उनीहरू आउँछन् नै रजोप्रधान समयमा। बाबाले धेरै नै
सम्झाउनुहुन्छ तर बच्चाहरूले फेरि पनि भुल्छन्। याद उनलाई रहन्छ जसले अरूलाई
सुनाइरहन्छन्। दान गरेन भने धारणा पनि हुँदैन। जसले राम्रो सेवा गर्छन्, उनीहरूको
बापदादाले पनि नाम लिनुहुन्छ। यो त बच्चाहरूलाई पनि थाहा छ सेवामा को-को अगाडि छन्।
जो सेवामा छन् उनीहरू दिलमा चढ्छन्। सदैव अनुसरण माता-पितालाई गर्नु छ। उनीहरूको नै
तख्तनशीन बन्नु छ। जो सेवामा हुन्छन् उनीहरूले अरूलाई सुख दिन्छन्। आफ्नो अनुहार
दर्पणमा हेर– बाबाको सपुत बच्चा बनेको छु? स्वयं पनि लेख्न सक्छौ– हाम्रो सेवाको
चार्ट यो हो। मैले यो-यो सेवा गरिरहेको छु, हजुरले जाँच गर्नुहोस्। त्यसैले बाबालाई
पनि थाहा हुन्छ। स्वयं पनि जाँच गर्न सक्छौ– म उत्तम, मध्यम, कनिष्ठ छु?
बच्चाहरूलाई पनि थाहा छ को महारथी छ, को घोडसवार छ। कोही पनि लुकेर रहन सक्दैन।
बाबालाई पोतामेल पठायो भने बाबाले सावधान पनि गर्नुहुन्छ। पोतामेल विना पनि सावधानी
त मिलिरहन्छ। अहिले जति वर्सा लिनु छ पूरा-पूरा लेऊ। फेरि बापदादाबाट पनि
सर्टिफिकेट मिल्छ। यहाँ बडी माँ बस्नु भएको छ, यिनीबाट सर्टिफिकेट मिल्न सक्छ। यी
अचम्मकी मम्मीकी कुनै मम्मी छैनन्। जसरी उहाँ बाबाको कुनै बाबा छैनन्। फेरि मम्मा
स्त्रीहरूमा नम्बरवन हुनुहुन्छ। ड्रामामा जगत अम्बाको गायन छ। सेवा पनि धेरै गर्नु
भएको छ। जसरी बाबा जानुहुन्थ्यो, त्यसैगरी मम्मा पनि जानुहुन्थ्यो। साना-साना गाउँमा
सेवा गर्नुहुन्थ्यो। सबैभन्दा अगाडि जानु भयो। बाबाको साथमा त बडाबाबा हुनुहुन्छ,
त्यसैले बच्चाहरूले उहाँको सम्हाल गर्नु पर्छ। सत्ययुगमा प्रजा धेरै सुखी हुन्छन्।
आफ्ना महल, गाई, गोरु आदि सबैथोक हुन्छन्।
प्यारा बच्चाहरू! खुशी
होऊ, भरपुर बन, नबिर्स। याद गरिराख किनकि याद त शिवबाबालाई गर्नु छ। आफ्नो शरीरलाई
पनि भुल्नु छ त्यसैले अरूलाई किन याद गर्ने? अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कसैलाई पनि दु:ख दिनु हुँदैन। मनसा, वाचा, कर्मणा सबैलाई सुख दिएर बाबाको र
परिवारको आशीर्वाद लिनु छ।
२) सपुत बच्चा बनेर
विश्वको रूहानी सेवा गर्नु छ। दयावान बनेर रूहानी समाजसेवी बन्नु छ। तन-मन-धनले सेवा
गर्नु छ। सच्चा साहेबसँग सच्चा रहनु छ।
वरदान:–
बोलीमाथि डबल
अन्डरलाइन गरी हर बोलीलाई अनमोल बनाउने मास्टर सतगुरु भव
तिमी बच्चाहरूको बोली
यस्तो हुनुपर्छ, जुन सुन्नेहरू चात्रक (काकाकुल) भएर यिनीहरूले केही बोलुन् अनि हामी
सुनौं भन्ने होस्– यसलाई भनिन्छ अनमोल महावाक्य। महावाक्य धेरै हुँदैनन्। जे चाह्यो
त्यही बोलिरहनु, यसलाई महावाक्य भनिदैन। तिमी सतगुरुका बच्चा मास्टर सतगुरु हौ।
त्यसैले तिम्रो एक-एक बोली महावाक्य हुनु पर्छ। जतिखेर,जुन स्थानमा,जे बोली आवश्यक
छ,युक्तियुक्त छ,स्वयं र अन्य आत्माहरूको लागि लाभदायक छ,त्यही बोली बोल। बोलीमा
डबल अन्डरलाइन गर।
स्लोगन:–
शुभचिन्तकमणि
बनेर आफ्नो किरणहरूद्वारा विश्वलाई प्रकाशित गर्दै जाऊ।