21.02.21 Avyakt Bapdada Nepali Murli 06.11.87 Om Shanti Madhuban
निन्तर सेवाधारी बन्ने
साधन – चार प्रकारका सेवा
आज विश्व-कल्याणकारी,
विश्व-सेवाधारी बाबाले आफ्ना विश्व सेवाधारी, सहयोगी सर्व बच्चाहरूलाई देखिरहनु भएको
थियो– हरेक बच्चा निरन्तर सहजयोगीको साथ-साथै निरन्तर सेवाधारी कहाँसम्म बनेका छन्?
किनकि याद र सेवा– दुवैको सन्तुलनले सदा ब्राह्मण जीवनमा, बापदादा र सर्वश्रेष्ठ
ब्राह्मण आत्माहरूद्वारा आशीर्वादको पात्र बनाउँछ। यो संगमयुगमा नै ब्राह्मण जीवनमा
परमात्म-आशीर्वाद र ब्राह्मण परिवारको आशीर्वाद मिल्छ। त्यसैले यो छोटो जीवनमा सर्व
प्राप्ति र सदाकालको प्राप्ति सजिलै मिल्छ। यो संगमयुगलाई विशेष आशीर्वादको युग
भन्न सक्छौ, त्यसैले नै यो युगलाई महान युग भनिन्छ। स्वयं बाबाले हरेक श्रेष्ठ कर्म,
हरेक श्रेष्ठ संकल्पको आधारमा हरेक ब्राह्मण बच्चाहरूलाई हर समय दिलबाट आशीर्वाद
दिइरहनुहुन्छ। यो ब्राह्मण जीवन परमात्म-आशीर्वादको पालनाले वृद्धि प्राप्त हुने
जीवन हो। भोलानाथ बाबाले सर्व आशीर्वादका झोलीहरू खुल्ला दिलले बच्चाहरूलाई दिइरहनु
भएको छ। तर यो सर्व आशीर्वाद लिने आधार याद र सेवाको सन्तुलन हो। यदि निरन्तर योगी
छौ भने साथ-साथै निरन्तर सेवाधारी पनि हुनेछौ। यस्तो सेवाको महत्त्व सदा बुद्धिमा
रहन्छ?
कति बच्चाहरूले सम्झन्छन्– सेवाको जब मौका मिल्छ वा कुनै साधन वा समय मिल्छ तब नै
सेवा गर्ने हो। तर जसरी बापदादाले यादलाई निरन्तर र सहज अनुभव गराउनुहुन्छ, त्यसैगरी
सेवा पनि निरन्तर र सहज हुन सक्छ। त्यसैले आज बापदादाले सेवाधारी बच्चाहरूको सेवाको
चार्ट हेरिरहनु भएको थियो। जबसम्म निरन्तर सेवाधारी बन्दैनौ, तबसम्म सदाको
आशीर्वादको अनुभवी बन्न सक्दैनौ। जसरी समय प्रमाण, सेवाको अवसर प्रमाण, कार्यक्रम
प्रमाण सेवा गरेका हुन्छौ, त्यो समयमा सेवाको फलस्वरूप बाबाको, परिवारको आशीर्वाद
वा सफलता प्राप्त त गर्छौ तर सदाकालको लागि भने गर्दैनौ। त्यसैले कहिले आशीर्वादको
कारणले सजिलै स्व वा सेवामा उन्नति अनुभव गर्छौ र कहिले मेहनत पछि मात्र सफलता
अनुभव गर्छौ किनकि निरन्तर याद र सेवाको सन्तुलन रहेको हुँदैन। निरन्तर सेवाधारी
कसरी बन्न सक्छौ, आज त्यस्तो सेवाको महत्त्व सुनाउँदै छु।
सारा दिनमा भिन्न-भिन्न प्रकारले सेवा गर्न सक्छौ। यसमा पहिलो– स्वको सेवा अर्थात्
स्वमाथि सम्पन्न र सम्पूर्ण बन्न सदा ध्यान राख्नु। तिम्रो यो पढाइका जुन मुख्य
विषय छन्, ती सबैमा तिमीले सम्मान सहित पास हुनु छ। यसमा ज्ञान-स्वरूप, याद-स्वरूप,
धारणा-स्वरूप– सबैमा सम्पन्न बन्नु छ। यो स्व सेवा सदा बुद्धिमा रहोस्। यो स्व
सेवाले स्वत: नै तिम्रो सम्पन्न स्वरूपद्वारा सेवा गराइरहन्छ तर यसको विधि हो–
अटेन्शन र चेकिङ्ग। स्वको चेकिङ्ग गर्नु छ, अरूको गर्नु छैन। दोस्रो– विश्वको सेवा
जुन भिन्न-भिन्न साधनद्वारा, भिन्न-भिन्न विधिले, वाणीद्वारा वा
सम्बन्ध-सम्पर्कद्वारा गर्छौ। यो त सबैले राम्रोसँग जानेका छौ। तेस्रो– यज्ञ सेवा,
जुन तन वा धनद्वारा गरिरहेका छौ।
चौथो– मनसा सेवा, जसद्वारा आफ्नो शुभ भावना, श्रेष्ठ भावना, श्रेष्ठ कामना, श्रेष्ठ
वृत्ति, श्रेष्ठ भाइब्रेशनद्वारा कुनै पनि स्थानमा रहेर अनेक आत्माहरूलाई सेवा गर्न
सक्छौ। यसको विधि हो– लाइट हाउस, माइट हाउस बन्नु। लाइट हाउसले एउटै स्थानमा रहेर
टाढा-टाढासम्म सेवा गर्छ। त्यसैगरी तिमीहरू सबैले एउटै स्थानमा भएर पनि अनेकको सेवा
अर्थ निमित्त बन्न सक्छौ। यतिका शक्तिहरूको खजाना जम्मा छ भने सजिलै गर्न सक्छौ।
यसमा स्थूल साधन वा अवसर वा समयको समस्या हुँदैन। केवल लाइट-माइटले सम्पन्न बन्ने
आवश्यकता छ। सदा मन र बुद्धि व्यर्थ सोच्नबाट मुक्त हुनुपर्छ, ‘मनमनाभव’ को मन्त्रको
सहज स्वरूप हुनुपर्छ। त्यसैले यी चारै प्रकारका सेवाले के निरन्तर सेवाधारी बनाउन
सक्दैन? चारै सेवा मध्येबाट हर समय कुनै न कुनै सेवा गर्दै रह्यौ भने सहजै निरन्तर
सेवाधारी बन्छौ र निरन्तर सेवामा उपस्थित भएको कारणले र सदा व्यस्त भएको कारणले
सजिलै मायाजित पनि बन्छौ। चारै सेवा मध्येबाट जुन समयमा जुन सेवा गर्न सक्छौ त्यो
गर तर सेवाबाट एक सेकेण्ड पनि बञ्चित नरहनु। २४ घण्टा सेवाधारी बन्नु छ। ८ घण्टाको
योगी वा सेवाधारी होइन, निरन्तर सेवाधारी हुनु छ। सजिलो छ नि? अरू नभए पनि स्वको
सेवा त राम्रो हुन्छ। जुन समयमा जस्तो अवसर मिल्छ त्यो सेवा गर्न सक्छौ।
कति बच्चाहरूले शरीरको कारणले अथवा समय नमिल्ने कारणले सम्झन्छन्– मैले त सेवा गर्न
सक्दिनँ। तर यदि चारै मध्येबाट कुनै पनि सेवामा विधिपूर्वक व्यस्त रह्यौ भने सेवाको
विषयमा नम्बर जम्मा हुँदै जान्छ र यसरी मिलेको नम्बर अन्त्यको रिजल्टमा जोडिन्छ।
जसरी वाणीद्वारा सेवा गर्नेहरूको नम्बर जम्मा हुन्छ, त्यसैगरी यज्ञ सेवा वा स्वको
सेवा वा मनसा सेवा छन्, यसको पनि त्यति नै महत्त्व छ, यसको पनि त्यतिनै नम्बर जम्मा
हुन्छ। हरेक प्रकारका सेवाका नम्बर त्यति नै हुन्छ। तर जसले चारै प्रकारका सेवा
गर्छन् त्यसको त्यति नै जम्मा हुन्छ। जसले एक वा दुई प्रकारका सेवा गर्छन् त्यसको
नम्बर त्यस अनुसार नै जम्मा हुन्छ। फेरि पनि यदि चारै प्रकारको गर्न सक्दैनौ, दुई
प्रकारको गर्न सक्छौ भने पनि निरन्तर सेवाधारी हुन्छौ। त्यसैले निरन्तरताको कारणले
नम्बर बढ्छ र ब्राह्मण जीवन अर्थात् निरन्तर सेवाधारी सहजयोगी जीवन बन्छ।
जसरी यादको अटेन्शन राख्छौ निरन्तर रहोस्, सदा यादको लिंक जोडिइरहोस् भनेर, त्यसैगरी
सेवामा पनि सदा लिंक जोडिइरहोस्। जसरी यादमा पनि भिन्न-भिन्न स्थितिको अनुभव गर्छौ–
कहिले बीजरूपको, कहिले फरिश्ता रूपको, कहिले मननको, कहिले रूहरिहानको तर स्थिति
भिन्न-भिन्न भए तापनि यादको विषयमा निरन्तर यादमा नै गणना गर्छौ। त्यसैगरी यो
भिन्न-भिन्न सेवाको रूप हो। तर सेवा विनाको जीवन हुनु हुँदैन। श्वास-श्वासमा याद र
श्वास-श्वासमा सेवा होस्– यसलाई भनिन्छ सन्तुलन। तब मात्रै हर समय आशीर्वाद प्राप्त
भएको अनुभव सदा रहन्छ र दिलबाट सदा र स्वत: यो आवाज निस्कन्छ– आशीर्वादले पालिइरहेका
छौं, आशीर्वादले उड्तीकलाको अनुभवमा उडिरहेका छौं। मेहनतबाट, युद्धबाट छुट्छौ।
‘के’, ‘किन’, ‘कसरी’– यी प्रश्नहरूबाट मुक्त भएर सदा प्रसन्न रहन्छौ। सफलतालाई सदा
जन्म-सिद्ध अधिकारको रूपमा अनुभव गरिरहने छौ। थाहा छैन के हुन्छ! खै सफलता मिल्छ कि
मिल्दैन!, थाहा छैन अगाडि जान सकिन्छ कि सकिँदैन!– यस्तो ‘थाहा छैन, थाहा छैन’ को
संकल्प परिवर्तन भएर मास्टर त्रिकालदर्शी स्थितिको अनुभव गर्ने छौ। ‘विजय त भइ नै
सकेको छ’– यो निश्चय र नशा सदा अनुभव हुन्छ। यही आशीर्वादको निशानी हो। बुझ्यौ?
ब्राह्मण जीवनमा, महान् युगमा बापदादाको अधिकारी बनेर पनि मेहनत गर्नु पर्ने, सदा
युद्धको स्थितिमा नै जीवन बिताउने यस्ता बच्चाहरूको मेहनतको जीवनलाई बापदादाले
देख्न सक्नुहुन्न, त्यसैले निरन्तर योगी, निरन्तर सेवाधारी बन। बुझ्यौ? अच्छा।
पुराना बच्चाहरूको आशा पूरा भयो नि। पानीको सेवा गर्ने सेवाधारी बच्चाहरूलाई
स्याबास छ, जो अनेक बच्चाहरूको आशा पूरा गर्नमा रात-दिन सहयोगी बन्यौ। निद्राजित पनि
बन्यौ अनि प्रकृतिजित पनि बन्यौ। त्यसैले मधुबनका सेवाधारीहरूलाई चाहे योजना
बनाउनेवाला हुन्, चाहे पानी ल्याउने, चाहे आरामले स्वागत गर्ने, बसाउने, भोजन समयमा
तयार गर्ने हुन्– जति पनि भिन्न-भिन्न सेवाका लागि निमित्त छन्, ती सबैलाई धन्यबाद
दिनु। बापदादाले त दिइ नै रहनु भएको छ। दुनियाँले पानी-पानी भनेर कराइरहेका छन् र
बाबाका बच्चाहरूले कति सजिलै काम चलाइरहेका छन्! बापदादाले सबै सेवाधारी बच्चाहरूको
सेवालाई हेरिरहनुहुन्छ। कति आरामले तिमीहरूलाई मधुबन निवासीले निमित्त बनेर अवसर
दिलाइरहेका छन्! तिमीहरू पनि सहयोगी बनेका छौ नि? जसरी तिनीहरू सहयोगी बने जसले
गर्दा तिमीहरूलाई त्यसको फल मिलिरहेको छ, त्यसैगरी तिमीहरू सबै पनि हरेक कार्यमा
जस्तो समय त्यस अनुसार चलिरह्यौ भने तिम्रो सहयोगको फल अरू ब्राह्मणहरूलाई पनि
मिलिरहनेछ।
बापदादा मुस्कुराइरहनु भएको थियो– सत्ययुगमा दुधका नदी बग्छन् तर संगममा पानी घिउ त
बन्यो नि। घिउको नदी धारामा आइरहेको छ। पानी पनि घिउ बन्यो त्यसैले अमूल्य भयो नि।
यही विधिले अनेकलाई अवसर दिइरहने छौ। फेरि पनि हेर, दुनियाँमा र तिमी ब्राह्मणहरूमा
अन्तर छ नि। कति स्थानमा भन्दा तिमीहरूलाई धेरै आराम छ र अभ्यास पनि भइरहेको छ
त्यसैले राजयुक्त बनेर हरेक परिस्थितिमा राजी रहने अभ्यास बढाउँदै जाऊ। अच्छा।
सर्व निरन्तर योगी, निरन्तर सेवाधारी श्रेष्ठ आत्माहरूलाई, सदा त्रिकालदर्शी बनेर
सफलताको अधिकारलाई अनुभव गर्ने, सदा प्रसन्नचित्त, सन्तुष्ट श्रेष्ठ आत्माहरूलाई,
हर सेकेण्ड आशीर्वादको अनुभव गर्ने बच्चाहरूलाई विधाता, वरदाता बापदादाको याद-प्यार
एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
दादीजीसँग:– संकल्प गर्यौ, सबैलाई श्रेष्ठ संकल्पको फल मिल्यो। कति आशीर्वादका
मालाहरू पाएकी छौ! जो निमित्त बन्छन् उनीहरूको पनि बाबाको साथ-साथमा गुण त गाउँछन्
नि त्यसैले त बाबाको साथमा बच्चाहरूको पनि पूजा हुन्छ। एक्लै बाबाको हुँदैन। सबैलाई
कति खुसी प्राप्त भइरहेको छ! यी आशीर्वादका मालाहरूले भक्तिमा मालाका अधिकारी
बनाउँछ!
पार्टीहरूसँग
अव्यक्त-बापदादाको भेटघाट
१) तिमीहरू सबै श्रेष्ठ आत्माहरू सबैको प्यास मेटाउनेवाला हौ नि? त्यो हो स्थूल जल
र तिमीहरूसँग छ– ‘ज्ञान अमृत’। जलले अल्पकालको प्यास मेटाएर तृप्त आत्मा बनाइदिन्छ।
त्यसैले सर्व आत्माहरूलाई अमृतद्वारा तृप्त गर्न निमित्त बनेका छौ नि। यो उमंग सदा
रहन्छ? किनकि प्यास मेटाउनु– यो महान पुण्य हो। प्यासीको प्यास मेटाउनेलाई पुण्य
आत्मा भन्छन्। तिमीहरू पनि महान पुण्य आत्मा बनेर सबैको प्यास मेटाउनेवाला हौ। जसरी
प्यासले मनुष्यहरू तड्पिन्छन्। यदि पानी मिलेन भने प्यासले तड्पिन्छन् नि! त्यसैगरी
ज्ञान अमृत नमिल्नाले आत्माहरू दु:ख अशान्तिमा तड्पिरहेका छन्। तिनीहरूलाई ज्ञान
अमृत दिएर प्यास मेटाउनेवाला तिमीहरू पुण्य आत्मा हौ। त्यसैले पुण्यको खाता अनेक
जन्मको लागि जम्मा गरिरहेका छौ नि? एक जन्ममा नै अनेक जन्मको खाता, अनेक जन्मको लागि
जम्मा गरिरहेका छौ। एक जन्ममा नै अनेक जन्मको खाता जम्मा हुन्छ। त्यसोभए तिमीहरूले
त्यति जम्मा गरेका छौ त? यति मालामाल बन्यौ जुन अरूलाई पनि बाँड्न सक्छौ! आफ्नो लागि
पनि जम्मा गर्यौ र अरूलाई पनि दिने दाता बन्यौ। त्यसैले सदा यो जाँच गर– सारा दिनमा
पुण्य आत्मा बनेर, पुण्यको कार्य गरें वा केवल आफ्नो लागि मात्र खाएँ, पिएँ मोज गरें?
जम्मा गर्नेहरूलाई समझदार भनिन्छ, जसले कमाउँछ र खान्छ मात्रै उसलाई समझदार भनिँदैन।
जसरी भोजन खान फुर्सत निकाल्छौ किनकि आवश्यक छ, त्यसैगरी यो पुण्यको कार्य गर्न पनि
आवश्यक छ। त्यसैले सदैव पुण्य आत्मा बन, कहिलेकाहीं होइन। मौका मिल्यो भने गर्ने,
यस्तो होइन। मौका लिनु छ। समय मिल्दैन, यस्तो नभन, समय निकाल्नु पर्छ, तब जम्मा
गर्न सक्छौ। यो समयमा जति भाग्यको रेखा खिच्न चाहन्छौ त्यति खिच्न सक्छौ किनकि बाबा
भाग्य-विधाता र वरदाता हुनुहुन्छ। श्रेष्ठ ज्ञानको कलम बाबाले आफ्ना बच्चाहरूलाई
दिनुभएको छ। यो कलमले जति लामो रेखा खिच्न चाहन्छौ, खिच्न सक्छौ। अच्छा।
२) सबै राजऋषि हौ नि? राज अर्थात् अधिकारी र ऋषि अर्थात् तपस्वी। तपस्याको बल नै
सजिलै परिवर्तन गर्ने आधार हो। परमात्म-लगनले स्वयंलाई र विश्वलाई सदाको लागि
निर्विघ्न बनाउन सक्छौ। निर्विघ्न बन्ने र निर्विघ्न बनाउने यही सेवा गर्छौ नि?
अनेक प्रकारका विघ्नबाट सर्व आत्माहरूलाई मुक्त गर्नेवाला हौ। त्यसैले जीवनमुक्तको
वरदान बाबाबाट लिएर अरूलाई दिलाउनेवाला हौ। निर्बन्धन अर्थात् जीवनमुक्त।
३) हिम्मते बच्चे मदते बाप। बच्चाहरूको हिम्मतमा सदा बाबाको मदत पदमगुणा मिल्छ। बोझ
त बाबामाथि छ। तर निमित्त बनेर सदा बाबाको यादद्वारा अगाडि बढिराख। बाबाको याद नै
छत्रछायाँ हो। पहिलेको हिसाब भयंकर हुन्छ तर बाबाको मदतले काँडा बन्छ। परिस्थिति
अवश्य आउँछ किनकि सबैथोक यहाँ नै चुक्ता गर्नु छ। तर बाबाको मदतले काँडा बनाइदिन्छ,
ठूलो कुरालाई सानो बनाइदिन्छ किनकि बडा बाबा साथमा हुनुहुन्छ। सदा निश्चयले अगाडि
बढिराख। हर कदममा निमित्त अर्थात् सबैथोक तिम्रो, मेरोपन समाप्त। गृहस्थी अर्थात्
मेरो। तिम्रो भयो भन्नाले ठूलो कुरा पनि सानो हुन्छ र मेरो हो भन्नाले सानो कुरा पनि
ठूलो हुन्छ। तेरोपनले हल्का बनाउँछ र मेरोपनले भारी बनाइदिन्छ। त्यसैले जहिले पनि
भारी अनुभव गर्यौ भने चेक गर– कहीँ मेरोपन त छैन? मेरोलाई तेरोमा परिवर्तन गर्यौ भने
त्यतिबेला नै हल्का हुन्छौ। सारा बोझ एक सेकेण्डमा समाप्त हुन्छ। अच्छा।
वरदान:–
सन्तुष्टताको
विशेषता वा श्रेष्ठताद्वारा सर्वको ईष्ट बन्ने वरदानीमूर्त भव
जो सदा स्वयंसँग र
सबैसँग सन्तुष्ट रहन्छन् तिनीहरू नै अनेक आत्माहरूका ईष्ट वा अष्ट देवता बन्न सक्छन्।
सबैभन्दा ठूलो गुण भन वा दान भन वा विशेषता वा श्रेष्ठता भन– त्यो सन्तुष्टता नै
हो। सन्तुष्ट आत्मा नै प्रभुप्रिय, लोकप्रिय र स्वयं प्रिय हुन्छ। यस्ता सन्तुष्ट
आत्मा नै वरदानी रूपमा प्रसिद्ध हुन्छन्। अब अन्त्यको समयमा महादानी भन्दा पनि बढी
वरदानी रूपद्वारा सेवा हुनु छ।
स्लोगन:–
विजयी रत्न
त्यो हो, जसको मस्तकमा सदा विजयको तिलक चम्किरहन्छ।
सूच ना:–
आज अन्तर्राष्ट्रिय
योग दिवस हो। सबै भाइ बहिनीहरूले साँझ ६.३० देखि ७.३० बजेसम्म विशेष योग अभ्यासमा
आफ्नो पूर्वज स्वरूपलाई इमर्ज गरेर पूरा वृक्षलाई सर्व शक्तिहरूको सकाश दिने सेवा
गर्नु हुनेछ ।