21.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सन सोज फादर , मनमतलाई छोडेर श्रीमतमा चल तब नै बाबाको प्रत्यक्ष गर्न सक्छौ।

प्रश्न:
कुन बच्चाहरूको रक्षा बाबाले अवश्य गर्नु हुन्छ?

उत्तर:
जो बच्चाहरू सच्चा छन्, उनीहरूको रक्षा अवश्य हुन्छ। यदि रक्षा हुँदैन भने अवश्य भित्र केही न केही झुटो हुनुपर्छ। पढाइ मिस गर्नु, संशयमा आउनु अर्थात् भित्र केही न केही झुटो छ। उनीहरूलाई मायाले मुक्का लगाउँछ।

प्रश्न:
कुन बच्चाहरूको लागि माया चुम्बक हुन्छ?

उत्तर:
जो मायाको रूपतर्फ आकर्षित हुन्छन्, उनको लागि माया चुम्बक हो। श्रीमतमा चल्ने बच्चाहरू आकर्षित हुँदैनन्।

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। रूहानी बाबा हामी रूहानी बच्चाहरूलाई पढाउनु हुन्छ, यो त बच्चाहरूले निश्चय गरेका छन्। जसको लागि नै गायन छ आत्मा परमात्मा अलग रहे बहुकाल.... मूल वतनमा अलग रहँदैनन्। त्यहाँ त सबै एकै ठाउँमा रहन्छन्। अलग रहन्छन् भने अवश्य त्यहाँबाट बिछोडिन्छन्, आएर आ-आफ्नो पार्ट खेल्छन्। सतोप्रधानबाट उत्रिँदा-उत्रिँदा तमोप्रधान बन्छन्। बोलाउँछन् पतित-पावन आएर हामीलाई पावन बनाउनुहोस्। बाबाले पनि भन्नुहुन्छ म हर ५ हजार वर्षपछि आउँछु। यो सृष्टिको चक्र नै ५ हजार वर्षको छ। पहिला तिमीले यो जान्दैनथ्यौ। शिवबाबाले सम्झाउनु हुन्छ भने अवश्य पनि कुनै तनद्वारा सम्झाउनु हुन्छ। माथिबाट कुनै आवाज त गर्नुहुन्न। शक्ति वा प्रेरणा आदिको कुनै कुरा छैन। तिमी आत्माले शरीरमा आएर कुराकानी गर्छौ। त्यसैगरी बाबाले पनि भन्नुहुन्छ म पनि शरीरद्वारा निर्देशन दिन्छु। फेरि त्यसमा जो जति चल्छन्, आफ्नै कल्याण गर्छन्। श्रीमतमा चलून् वा नचलून्, टिचरले भनेको सुनून् वा नसुनून्, आफ्नै लागि कल्याण वा अकल्याण गर्छन्। पढ्दैनन् भने अवश्य फेल हुन्छन्। यो पनि सम्झाउनु हुन्छ शिवबाबाबाट सिकेर फेरि अरूलाई सिकाउनु छ। फादर सोज सन। शारीरिक पिताको कुरा होइन। उहाँ हुनुहुन्छ रूहानी पिता। यो पनि तिमीले सम्झन्छौ जति हामी श्रीमतमा चल्छौं त्यति वर्सा पाउँछौं। पूरा चल्नेहरूले उच्च पद पाउने छन्। न चल्नेहरूले उच्च पद पाउने छैनन्। बाबाले त भन्नुहुन्छ मलाई याद गर्यौ भने तिम्रा पापहरू काटिन्छन्। रावण राज्यमा तिमीमाथि धेरै पाप चढेको छ। विकारमा जानाले नै पाप आत्मा बन्छन्। पुण्य आत्मा र पाप आत्मा अवश्य हुन्छन्। पुण्य आत्माको अगाडि पाप आत्माहरू गएर शीर झुकाउँछन्। मनुष्यहरूलाई यो थाहा छैन देवताहरू जो पुण्य आत्मा छन्, उनीहरू नै पुनर्जन्ममा आउँदा-आउँदा पाप आत्मा बन्छन्। उनीहरूले त सम्झन्छन् यिनीहरू त सदैव पुण्य आत्मा हुन्छन्। बाबाले सम्झाउनु हुन्छ पुनर्जन्म लिँदै-लिँदै सतोप्रधानबाट तमोप्रधानसम्म आउँछन्। जब बिलकुलै पाप आत्मा बन्छन् तब फेरि बाबालाई बोलाउँछन्। जब पुण्य आत्मा हुन्छन्, याद गर्ने आवश्यकता रहँदैन। त्यसैले यो तिमी बच्चाहरूले सम्झाउनु छ, सेवा गर्नु छ। सबैलाई बाबाले त गएर सुनाउनुहुन्न। बच्चाहरू सेवा गर्न लायक छन् भने बच्चाहरू नै जानुपर्छ। मनुष्य त दिन-प्रतिदिन असुर बन्दै जान्छन्। पहिचान नहुनाले फाल्तू कुरा गर्न पनि बेर लाउँदैनन्। मनुष्य भन्छन् गीताका भगवान कृष्ण हुन्। तिमीले सम्झाउँछौ उनी त देहधारी हुन्, उनलाई देवता भनिन्छ। कृष्णलाई बाबा भनिदैन। यी सबैले त पितालाई याद गर्छन् नि। आत्माहरूका पिता त अरू कोही छैनन्। प्रजापिता ब्रह्माले पनि भन्छन् निराकार पितालाई याद गर्नु छ। यी शरीरधारी पिता हुन्। सम्झाउन त धेरै सम्झाइन्छ, धेरैले पूरा नबुझेर उल्टो मार्ग हिँडेर जंगलमा पुग्छन्। बाबाले त स्वर्गमा जाने मार्ग बताउनु हुन्छ। फेरि पनि जंगलतर्फ जान्छन्। बाबाले सम्झाउनु हुन्छ तिमीलाई जंगलतिर लैजानेवाला हो रावण। तिमीले मायासँग हार खान्छौ। मार्ग बिर्सेपछि फेरि त्यस जंगलको काँडा बन्न पुग्छौ। उनीहरू फेरि स्वर्गमा ढिलो आउँछन्। यहाँ तिमी आएका हौ नै स्वर्गमा जाने पुरुषार्थ गर्न। त्रेतालाई पनि स्वर्ग भनिदैन। २५ प्रतिशत कम भयो नि। त्यसलाई फेलमा गनिन्छ। यहाँ तिमी आएका हौ नै पुरानो दुनियाँलाई छोडेर नयाँ दुनियाँमा जान। त्रेतालाई नयाँ दुनियाँ भनिदैन। फेल हुनेहरू त्यहाँ जान्छन् किनकि राम्रो मार्ग समात्दैनन्। तल-माथि भइरहन्छन्। तिमी महसुस गर्छौ जुन याद हुनु पर्ने हो त्यो रहँदैन। स्वर्गवासी जुन हुन्छन् उनीहरूलाई राम्ररी पास भएका भनिन्छ। नत्र फेरि (त्रेतावाला) फेलमा गनिन्छन्। त्यस पढाइमा त फेरि दोहोर्याएर पढ्छन्। यसमा अर्को वर्ष पढ्ने कुरा आउँदैन। जन्म-जन्मान्तर, कल्प-कल्पान्तर उही जाँच पास गर्छन् जुन कल्प पहिला गरेका थिए। ड्रामाको यस रहस्यलाई राम्रोसँग सम्झनुपर्छ। धेरैले सम्झन्छन् हामी चल्न सक्दैनौं। वृद्धलाई हात समातेर हिँडायौ भने उनी चल्न सक्छन्, नत्र गिर्नेछन्। तर तकदिरमा छैन भने फूल बनाउन जतिसुकै जोड लगाए पनि बन्दैनन्। आँकको पनि फूल हुन्छ। काँडाले त घोच्छ।

बाबाले कति सम्झाउनु हुन्छ। हिजो तिमीले जुन शिवलाई पुज्दथ्यौ उहाँले आज तिमीलाई पढाइरहनु भएको छ। हरेक कुरामा पुरुषार्थको लागि नै जोड दिइन्छ। देख्नमा आउँछ मायाले राम्रा-राम्रा फूलहरूलाई तल खसालिदिन्छ। हड्डी तोडिदिन्छ, जसलाई फेरि ट्रेटर भनिन्छ। जो एक राजधानीलाई छोडेर अर्कोमा जान्छ उसलाई ट्रेटर भनिन्छ। बाबाले पनि भन्नुहुन्छ मेरो बनेर फेरि मायाको बन्छौ भने उसलाई ट्रेटर भनिन्छ। उसको चालचलन नै अर्कै हुन्छ। अब बाबा मायाबाट छुटाउन आउनु भएको छ। बच्चाहरूले भन्छन् माया ठूलो दुस्मन हो, आफूतिर धेरै नै तान्छ। माया मानौं चुम्बक हो। यस समयमा चुम्बकको रूप धारण गर्छ। दुनियाँमा कति कृत्रिम सुन्दरता बढेको छ। पहिला यी सिनेमा आदि कहाँ थिए र! यी सबै १०० वर्षमा निक्लेका हुन्। बाबा त अनुभवी छन् नि। त्यसैले बच्चाहरूले यस ड्रामाको गहन रहस्यलाई राम्रोसँग सम्झनु छ, हरेक कुरा एक्युरेट निश्चित गरिएको छ। सय वर्षमा यो मानौं स्वर्ग बनेको छ, प्रतिरोधको लागि। त्यसैले बुझिन्छ अब स्वर्ग छिटै हुनु छ। साइन्स पनि धेरै काममा आउँछ। यो त धेरै सुख दिनेवाला पनि छ नि। त्यो सुख स्थायी होस् त्यसको लागि यस पुरानो दुनियाँको विनाश पनि हुनु छ। सत्ययुगको सुख छ नै भारतवर्षको भाग्यमा। उनीहरू त आउँछन् नै पछि, जब भक्तिमार्ग सुरु हुन्छ, जब भारतवासी गिर्छन् तब अरू धर्मका नम्बरवार आउँछन्। भारतवर्ष गिर्दा-गिर्दा एकदमै जमिनमा आइपुग्छ। फेरि चढ्नु छ। यहाँ पनि चढ्छन् फेरि गिर्छन्। कति गिर्छन् कुरै नसोध। कतिले त बाबाले पढाउनु हुन्छ भन्ने कुरा मान्दै मान्दैनन्। राम्रा-राम्रा सेवाधारी जसको बाबाले महिमा गर्नुहुन्छ उनीहरू पनि मायाको पन्जामा आउँछन्। कुस्ती हुन्छ नि। मायाले पनि यसरी लड्छ। एकदमै पूरा गिराइदिन्छ। पछि गएर तिमी बच्चाहरूलाई थाहा हुँदै जान्छ। मायाले पूरा सुताइदिन्छ। फेरि पनि बाबा भन्नुहुन्छ एकचोटि ज्ञान सुनेका छन् भने स्वर्गमा अवश्य आउने छन्। तर पद भने पाउन सक्ने छैनन्। कल्प पहिला जसले जुन पुरुषार्थ गरेका छन् वा पुरुषार्थ गर्दा-गर्दा गिरेका छन्, त्यसरी नै अहिले पनि गिर्छन् र चढ्छन्। हार र जित हुन्छ नि। सारा कुरा बच्चाहरूको यादमा आधारित छ। बच्चाहरूलाई यो अखुट खजाना मिल्छ। उनीहरू त कोही लाखौंको कंगाल हुन्छन्। कोही लाखौंको धनवान बन्छन्, त्यो पनि एक जन्मको लागि। अर्को जन्ममा यति धन कहाँ रहन्छ र! कर्मभोग पनि धेरै हुन्छ। त्यहाँ स्वर्गमा त कर्मभोगको कुरा हुँदैन। यस समयमा तिमीले २१ जन्मको लागि कति जम्मा गर्छौ। जसले पूरा पुरुषार्थ गर्छ, उसले पूरा स्वर्गको वर्सा पाउँछ। बुद्धिमा रहनु पर्छ हामीले वास्तवमा स्वर्गको वर्सा पाउँछौं। फेरि तल गिर्छौं भन्ने ख्याल गर्नु छैन। यी सबैभन्दा बढी गिरे अब फेरि चढ्नु नै छ। स्वत: पुरुषार्थ पनि हुँदै जान्छ। बाबाले सम्झाउनु हुन्छ हेर, माया कति प्रबल छ। मनुष्यहरूमा कति अज्ञान भरिएको छ, अज्ञानताको कारणले पितालाई पनि सर्वव्यापी भनिदिन्छन्। भारतवर्ष कति फस्टक्लास थियो। तिमीले सम्झन्छौ हामी यस्ता थियौं, अब फेरि बनिरहेका छौं। यी देवताहरूको पनि कति महिमा छ, तर तिमी बच्चाहरू बाहेक अरू कसैले जान्दैन। तिमीले नै जानेका छौ बेहदका बाबा, ज्ञानसागर आएर हामीलाई पढाउनु हुन्छ फेरि पनि मायाले धेरैलाई संशयमा ल्याइदिन्छ। झूट-कपट छोड्दैनन्। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! आफ्नो सच्चा-सच्चा चार्ट लेख। तर देह-अभिमानको कारणले सत्य बताउँदैनन्। त्यसैले त्यो पनि विकर्म बन्छ, सत्य बताउनु पर्छ नि। नत्र फेरि धेरै सजाय खानुपर्छ। गर्भजेलमा पनि धेरै सजाय मिल्छ। भन्छन् हाय-हाय... हामी फेरि यस्तो गर्नेछैनौं। जस्तै, कसैलाई पिट्दा पनि यसरी माफी माग्छन्। सजाय मिल्दा पनि यस्तो गर्छन्। अहिले तिमी बच्चाहरूले सम्झन्छौ मायाको राज्य कहिलेदेखि सुरु भएको छ। पाप गरिरहन्छन्। बाबाले देख्नुहुन्छ यो त्यति मीठो र मुलायम बन्दैन। बाबा कति मुलायम बच्चा समान चल्नुहुन्छ किनकि ड्रामामा चलिरहनुहुन्छ। भन्नुहुन्छ जे भयो ड्रामाको भावी। सम्झाउनु हुन्छ अबदेखि यस्तो नगर। यी बापदादा दुवै सँगै छन् नि। दादाको मत आफ्नो, ईश्वरको मत आफ्नो छ। यो मत कसले दिन्छ सम्झनुपर्छ। यी पनि पिता हुन् नि। पिताको कुरा त मान्नुपर्छ। बाबा त बडा बाबा हुनुहुन्छ नि, त्यसैले बाबा भन्नुहुन्छ यस्तो सम्झ शिवबाबाले सम्झाउनु हुन्छ। बुझेनौ भने पद पनि पाउने छैनौ। ड्रामाको योजना अनुसार बाबा पनि हुनुहुन्छ, दादा पनि छन्। बाबाको श्रीमत मिल्छ। माया यस्तो छ जसले महावीर, पहलवानबाट पनि कुनै न कुनै उल्टो काम गराइदिन्छ। बुझिन्छ यो बाबाको मतमा छैन। स्वयं पनि महसुस गर्छन् म आफ्नो आसुरी मतमा छु। श्रीमत दिनेवाला आएर उपस्थित हुनुभएको छ। उहाँको हो श्रीमत। बाबा भन्नुहुन्छ यिनको यदि कुनै त्यस्तै मत मिले पनि म सपार्नेवाला बसेको छु। फेरि पनि मैले रथ लिएको छु नि। मैले रथ लिएपछि नै यिनले गाली खाए। नत्र कहिल्यै गाली खाएनन्। मेरो कारणले कति गाली खान्छन्। त्यसैले यिनको पनि सम्हाल गर्नुपर्छ। बाबाले रक्षा अवश्य गर्नुहुन्छ। जसरी बच्चाहरूको रक्षा पिताले गर्छन् नि। जति सच्चाइमा चल्छौ त्यति रक्षा हुन्छ। झूटाको रक्षा हुँदैन। तिनीहरूको त सजाय कायम हुन्छ। त्यसैले बाबा सम्झाउनु हुन्छ मायाले त एकदम नाकमा समातेर खतम गरिदिन्छ। बच्चाहरूले महसुस गर्छन् मायाले खान्छ अनि फेरि पढाइ छोडिदिन्छन्। बाबा भन्नुहुन्छ पढाइ अवश्य पढ। कहाँ कसको दोष छ र! यसमा जस्तो जसले गर्छ, भविष्यमा त्यही पाउने छ किनकि अहिले दुनियाँ बद्लिइरहेको छ। मायाले यसरी मुक्का लगाउँछ जसकारण त्यो खुशी रहँदैन। फेरि चिल्लाउँछन् बाबा, थाहा छैन के हुन्छ?

युद्धको मैदानमा धेरै खबरदार रहन्छन् कहीं कसैले थप्पड नमारोस्। फेरि पनि बलवान छ भने अर्कोलाई गिराइदिन्छ। फेरि अर्को दिनको लागि राख्छन्। यो मायाको लडाईं त अन्तसम्म चलिरहन्छ। तल-माथि भइरहन्छन्। कति बच्चाहरूले सत्य बताउँदैनन्। इज्जतको धेरै डर हुन्छ बाबाले फेरि के भन्नुहोला। जबसम्म सत्य बताउँदैनौ तबसम्म अगाडि बढ्न सक्दैनौ। भित्र खट्किरहन्छ, फेरि वृद्धि हुन्छ। आफैं सत्य कहिल्यै बताउँदैनन्। कहीं दुई जना छन् भने सम्झन्छन् यसले बाबालाई सुनायो भने म पनि सुनाउँछु। माया ठूलो दुस्मन हो। सम्झिइन्छ यिनको तकदिरमा त्यति उच्च पद छैन, त्यसैले सर्जनसँग लुकाउँछन्। लुकाउनाले बिमारी छुट्दैन। जति लुकाउँछौ त्यति गिर्दै जान्छौ। भूत त सबैमा छन् नि। जबसम्म कर्मातीत अवस्था बन्दैन, तबसम्म क्रिमिनल आईले पनि छोड्दैन। सबैभन्दा कडा दुस्मन हो काम। कति गिर्छन्। बाबाले त घरी-घरी सम्झाउनु हुन्छ शिवबाबा सिवाय कोही देहधारीलाई याद गर्नु छैन। कति त यति पक्का छन्, जसलाई कहिल्यै कसैको याद पनि आउँदैन। पतिव्रता स्त्री हुन्छन् नि, उनको कुबुद्धि हुँदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) हामीलाई पढाउने स्वयं ज्ञानका सागर, बेहदका बाबा हुनुहुन्छ, यसमा कहिल्यै संशय ल्याउनु हुँदैन, झूट-कपट छोडेर आफ्नो सच्चा-सच्चा चार्ट राख्नु छ। देह-अभिमानमा आएर कहिल्यै ट्रेटर बन्नु छैन।

२) ड्रामालाई बुद्धिमा राखेर बाबा समान धेरै मीठो र नम्र भएर रहनु छ। आफ्नो अहंकार देखाउनु छैन। आफ्नो मतलाई छोडेर एक बाबाको श्रेष्ठ मतमा चल्नु छ।

वरदान:
साथीलाई सधैं साथ राखेर सहयोगको अनुभव गर्ने कम्बाइण्ड रूपधारी भव

सधैं स्वयं र बाबा यस्तो कम्बाइन्ड रहनु छ, जसले गर्दा अरू कसैले पनि अलग गर्न नसकून्। कहिल्यै आफूलाई एक्लो नसम्झ। बापदादा अविनाशी साथ दिनेवाला सबैका साथी हुनुहुन्छ। बाबा भन्ने बित्तिकै बाबा हाजिर हुनुहुन्छ। म बाबाको, बाबा मेरा। बाबा तिम्रो हर सेवामा सहयोग दिनुहुन्छ, केवल आफ्नो कम्बाइण्ड स्वरूपको रूहानी नशामा रहने गर।

स्लोगन:
सेवा र स्व-उन्नति दुवैको सन्तुलन भयो भने सधैं सफलता मिलिरहने छ।