21.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सेकेन्डमा मुक्ति र जीवनमुक्ति प्राप्त गर्नको लागि मनमनाभव , मध्याजीभव। बाबालाई यथार्थ चिनेर याद गर अनि सबैलाई बाबाको परिचय देऊ।

प्रश्न:
कुन नसाको आधारमा नै तिमीले बाबाको प्रत्यक्षता (सो) गर्न सक्छौ?

उत्तर:
नसा हुनुपर्छ हामी अहिले भगवानका बच्चा बनेका छौं, उहाँले हामीलाई पढाइरहनु भएको छ। हामीले नै सबै मनुष्य मात्रलाई सच्चा मार्ग बताउनु छ। हामी अहिले सङ्गमयुगमा छौं। हामीले आफ्नो सभ्य (रोयल) चालचलनद्वारा बाबाको नाम प्रख्यात गर्नु छ। बाबा र श्रीकृष्णको महिमा सबैलाई सुनाउनु छ।

गीत:
आने वाले कल की तुम तकदिर हो...

ओम् शान्ति ।
यो गीत त गाइएको हो स्वतन्त्रता सेनानीहरूद्वारा, बाँकी दुनियाँको तकदिर केलाई भनिन्छ, यो दुनियाँलाई थाहा छैन। सारा दुनियाँको प्रश्न हो, सारा दुनियाँको तकदिर परिवर्तन गरेर नर्कबाट स्वर्ग बनाउने कुनै मनुष्य हुन सक्दैन। यो महिमा कुनै मनुष्यको होइन। यदि कृष्णको लागि भनौं भने त उनलाई कसैले गाली गर्न सक्दैन। मनुष्यले यो पनि बुझ्दैनन् कि कृष्णले चौथीको चन्द्रमा कसरी देखे जसले गर्दा कलङ्क लाग्यो। कलङ्क वास्तवमा न कृष्णलाई लाग्छ, न गीताको भगवानलाई लाग्छ। कलङ्क लाग्छ ब्रह्मालाई। कृष्णलाई पनि कलङ्क लगाएका छन् उनले भगाए भनेर। शिवबाबाको बारेमा त कसैलाई पनि थाहा छैन। ईश्वरको पछि भागेका हुन् अवश्य, तर ईश्वरले त गाली खान सक्नुहुन्न। न ईश्वरलाई, न कृष्णलाई गाली गर्न सक्छन्। दुवैको महिमा बेजोड छ। कृष्णको महिमा पनि नम्बरवन छ। लक्ष्मी-नारायणको त्यति महिमा छैन किनकि उनीहरू विवाहित हुन्। कृष्ण त कुमार हुन् त्यसैले उनको महिमा धेरै छ, हुन त लक्ष्मी-नारायणको महिमा पनि त्यस्तै गायन गर्छन् १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी... कृष्णलाई त द्वापरमा देखाएका छन्। सम्झन्छन् यो महिमा परम्परादेखि चलि आएको हो। यी सबै कुरा पनि तिमी बच्चाहरूलाई मात्र थाहा छ। यो त ईश्वरीय ज्ञान हो, ईश्वरले नै रामराज्य स्थापना गर्नु भएको हो। रामराज्यलाई मनुष्यहरूले बुझ्दैनन्। बाबा नै आएर यी सबैको समझ दिनुहुन्छ। सारा आधारित छ गीतामा, गीतामा नै गलत लेखिएको छ। कौरव र पाण्डवहरूको लडाइँ त हुँदै भएन भने अर्जुनको पनि कुरै होइन। यो त बाबा बसेर पाठशालामा पढाउनु हुन्छ। पाठशाला युद्धको मैदानमा कहाँ हुन्छ र! हो, यो युद्ध माया रावणसँग हो। त्यसमाथि विजय प्राप्त गर्नु छ। मायालाई जितेर जगतजित बन्नु छ। तर यी कुरालाई कत्ति पनि बुझ्न सक्दैनन्। ड्रामामा भरिएको नै यस्तै छ। उनीहरूले अन्त्यमा आएर बुझ्नु छ। तिमी बच्चाहरूले नै सम्झाउन सक्छौ। भीष्म पितामह आदिलाई हिंसक बाण आदि मार्ने कुरा नै होइन। शास्त्रमा त धेरै कुरा लेखिदिएका छन्। माताहरूले उनीहरूको पासमा गएर समय लिनुपर्छ। भन, हामी तपाईसँग यस सम्बन्धमा कुरा गर्न चाहन्छौं। यो गीता त भगवानले उच्चारण गर्नुभएको हो। भगवानको महिमा छ। श्रीकृष्ण त अलग हुनुहुन्छ। हामीलाई त यस कुरामा संशय आउँछ। रुद्र भगवानुवाच, यो उहाँको रुद्र ज्ञान यज्ञ हो। यो निराकार परमपिता परमात्माको ज्ञान यज्ञ हो। मनुष्यहरूले फेरि भन्छन् कृष्ण भगवानुवाच। भगवान त वास्तवमा एकलाई नै भनिन्छ, उहाँको फेरि महिमा लेख्नुपर्छ। कृष्णको महिमा यो हो, अब दुईमा गीताको भगवान को हुनुहुन्छ? गीतामा लेखिएको छ सहज राजयोग। बाबा भन्नुहुन्छ बेहदको संन्यास गर। देहसहित देहका सर्व सम्बन्ध छोडेर आफूलाई आत्मा सम्झ, मनमनाभव, मध्याजीभव। बाबाले सम्झाउन त राम्रोसँग सम्झाउनु हुन्छ। गीतामा छ श्रीमद् भगवानुवाच। श्री अर्थात् श्रेष्ठ। त्यसैले परमपिता परमात्मा शिवलाई नै भनिन्छ। कृष्ण त दैवी गुणधारी मनुष्य हुन्। गीताका भगवान त शिव हुनुहुन्छ जसले राजयोग सिकाउनु भयो। वास्तवमा पछि गएर सबै धर्म विनाश भएर एक धर्मको स्थापना भएको हो। सत्ययुगमा एक मात्र आदि सनातन देवी देवता धर्म थियो। त्यो कृष्णले होइन, भगवानले स्थापना गर्नुभयो। उहाँको महिमा यो हो। उहाँलाई त्वमेव माताश्च पिता... भनिन्छ। कृष्णलाई त भनिदैन। तिमीले सत्य बाबाको परिचय दिनु छ। तिमीले सम्झाउन सक्छौ, भगवान नै मुक्तिदाता अनि गाइड हुनुहुन्छ जसले सबैलाई लैजानुहुन्छ, मच्छर सदृश्य सबैलाई लैजानु यो त शिवको काम हो। सुप्रिम शब्द पनि बडो राम्रो छ। त्यसैले शिव परमपिता परमात्माको महिमा अलग, कृष्णको महिमा अलग, दुवै सिद्ध गरेर सम्झाउनु छ। शिव त जन्ममरणमा आउनेवाला हुनुहुन्न। उहाँ पतित-पावन हुनुहुन्छ। कृष्णले त पूरा ८४ जन्म लिन्छन्। अब परमात्मा कसलाई भन्ने? यो पनि लेख्नुपर्छ। बेहदका बाबालाई नजान्नाको कारण नै अनाथ, दु:खी भएका छन्। सत्ययुगमा जब सनाथ बन्छन् तब अवश्य सुखी हुन्छन्। यो कुरा स्पष्ट शब्दमा लेख्नुपर्छ। बाबा भन्नुहुन्छ मलाई याद गरेर वर्सा लेऊ। सेकण्डमा जीवनमुक्ति, अहिले पनि शिवबाबा यस्तो भन्नुहुन्छ। महिमा पूरा लेख्नु छ। शिवाय नम:, उहाँबाट स्वर्गको वर्सा मिल्छ। यस सृष्टिचक्रलाई बुझ्नाले तिमी स्वर्गवासी बन्नेछौ। अब निर्णय गर राइट के हो? तिमी बच्चाहरूले संन्यासीहरूको आश्रममा गएर व्यक्तिगत रूपमा भेट्नुपर्छ। सभामा त उनीहरूलाई धेरै घमण्ड हुन्छ।

तिमी बच्चाहरूको बुद्धिमा यो पनि रहनुपर्छ मनुष्यहरूलाई सच्चा मार्ग कसरी बताउने? भगवानुवाच मैले यी साधु आदिको पनि उद्धार गर्छु। मुक्तिदाता शब्द पनि छ। बेहदका बाबा भन्नुहुन्छ मेरो बन। फादर सोज सन फेरि सन सोज फादर। श्रीकृष्णलाई त पिता भनिदैन। परमपिताका सबै बच्चा हुन सक्छन्। मनुष्यका त सबै बच्चा हुन सक्दैनन्। त्यसैले तिमी बच्चाहरूलाई सम्झाउने बडो नसा हुनुपर्छ। हामी बेहदका बाबाका बच्चा हौं, तिमीले हेर राजाको बच्चा राजकुमारको चालचलन कति सभ्य हुन्छ। तर श्रीकृष्णमाथि त भारतवर्षकाले कलङ्क लगाइदिएका छन्। भारतवर्षका त तिमीहरू पनि हौ। भन हो, हामी पनि हौं तर हामी अहिले सङ्गममा छौं। हामी भगवानका बच्चा बनेका छौं र उहाँसँग पढिरहेका छौं। भगवानुवाच मैले तिमीलाई राजयोग सिकाउँछु। कृष्णको कुरा हुन सक्दैन। पछि गएर बुझ्दै जान्छन्। राजा जनकले पनि इशाराले बुझेका हुन् नि। परमपिता परमात्मालाई याद गरे अनि ध्यानमा गए। ध्यानमा त धेरै गइरहन्छन्। ध्यानमा निराकारी दुनियाँ र वैकुण्ठ देख्छन्। यो त जान्दछौ हामी निराकारी दुनियाँका निवासी हौं। परमधामदेखि यहाँ आएर पार्ट खेल्छौं। विनाश पनि सामुन्ने खडा छ। वैज्ञानिकहरू चन्द्रमाभन्दा माथि जानको लागि प्रयास गर्छन् यो हो साइन्सको अति घमण्डमा जानु जसबाट फेरि आफ्नै विनाश गर्छन्। बाँकी चन्द्रमा आदिमा केही छैन। कुरा त धेरै राम्रा छन्, केवल सम्झाउने युक्ति चाहिन्छ। हामीलाई शिक्षा दिने सर्वोच्च बाबा हुनुहुन्छ। उहाँ तपाईंहरूको पनि पिता हुनुहुन्छ। उहाँको महिमा अलग, कृष्णको महिमा अलग छ। रुद्र अविनाशी ज्ञान यज्ञ हो, जसमा सबै आहुती पर्नु छ। प्वइन्टहरू धेरै राम्रा छन् तर सायद अझै समय आएको छैन।

यो प्वइन्ट पनि राम्रो छ एक छ रुहानी यात्रा, अर्को छ जिस्मानी यात्रा। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। आध्यात्मिक पिता विना अरू कसैले यो कुरा सिकाउन सक्दैन। यस्ता-यस्ता प्वइन्ट लेख्नुपर्छ। मनमनाभव-मध्याजीभव, यो हो मुक्ति-जीवनमुक्तिको यात्रा। यात्रा त बाबाले नै गराउनु हुन्छ, कृष्णले त गराउन सक्दैनन्। याद गर्ने बानी बसाल्नु छ। जति याद गर्नेछौ त्यति खुशी हुन्छ। तर मायाले याद गर्न दिँदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। सेवा त सबैले गर्छन्, तर सेवामा तल माथि त हुन्छ नै। कसैलाई बाबाको परिचय दिन धेरै सहज छ। अच्छा!

रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास:

जसरी पहाडीमा हावा खान, रिफ्रेस हुन पुग्छन्। घर वा अफिसमा रहँदा बुद्धिमा काम नै आउँछ। बाहिर जानाले अफिसको सोचाइदेखि स्वतन्त्र हुन पुग्छन्। यहाँ पनि बच्चाहरू रिफ्रेस हुनको लागि आउँछन्। आधाकल्प भक्ति गर्दागर्दा थाकेका छन्, पुरुषोत्तम सङ्गमयुगमा ज्ञान मिल्छ। ज्ञान र योगबाट तिमी रिफ्रेस हुन्छौ। तिमीलाई थाहा छ अहिले पुरानो दुनियाँको विनाश हुन्छ, नयाँ दुनियाँ स्थापना हुन्छ। प्रलय त हुँदैन। उनीहरूले सम्झन्छन् दुनियाँ एकदम खतम हुन्छ, तर हुँदैन। परिवर्तन हुन्छ। यो हो नै नर्क, पुरानो दुनियाँ। नयाँ दुनियाँ र पुरानो दुनियाँ के हो, यो पनि तिमीलाई थाहा छ। तिमीलाई विस्तारमा सम्झाइएको छ। तिम्रो बुद्धिमा विस्तार छ, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। सम्झाउनमा पनि धेरै शुद्धता चाहिन्छ। कसैलाई यसरी सम्झाऊ जसले गर्दा तुरून्त बुद्धिमा बसोस्। कति बच्चाहरू कच्चा छन् जो चल्दाचल्दै छोडिदिन्छन्। भगवानुवाच पनि छ आश्चर्यवत् सुनन्ती, कथन्ती...। यहाँ छ मायासँग युद्ध। मायाबाट मरेर ईश्वरका बन्छन्, फेरि ईश्वरबाट मरेर मायाको बन्न पुग्छन्। एडप्ट भएर फेरि सम्बन्ध विच्छेद गर्छन्। माया बडो प्रबल छ, धेरैलाई तुफानमा ल्याउँछ। बच्चाहरूले पनि बुझ्छन् हार जित हुन्छ। यो खेल नै हार जितको हो। ५ विकारहरूसँग हारेका छन्। अहिले तिमीले जित्ने पुरुषार्थ गर्छौ। आखिरमा गएर जित तिम्रै हुन्छ। बाबाको बनेका छौ भने पक्का बन्नुपर्छ। तिमीले देख्छौ मायाले कति आश देखाउँछ! कहिले त ध्यान दीदारमा जानाले पनि खेल खलास हुनपुग्छ। तिमी बच्चाहरूको बुद्धिमा छ अब ८४ जन्मको चक्र पूरा गरेका छौं। देवता, क्षत्रिय, वैश्य, शूद्र बन्यौ अहिले शूद्रबाट ब्राह्मण बनेका छौ। ब्राह्मण बनेर फेरि देवता बन्छौ। यो भुल्नु छैन। यदि यो पनि भुल्यौ भने कदम पछि हट्नेछौ अनि बुद्धि सांसारिक कुरामा लाग्छ। मुरली आदि पनि याद रहँदैन। यादको यात्रा पनि कठिन लाग्छ। यो पनि आश्चर्य छ।

कति बच्चाहरूलाई ब्याज लगाउनमा पनि लाज लाग्छ, यो पनि देह अभिमान हो। गाली त खानु नै छ। कृष्णले कति गाली खाए! सबैभन्दा धेरै गाली खाएका छन् शिवले। फेरि कृष्णले। फेरि धेरै गाली खाएका छन् रामले। नम्बरवार छन्। गाली गर्नाले भारतवर्षको कति ग्लानि भएको छ! तिमी बच्चाहरू यसमा डराउनु हुँदैन। अच्छा!

मीठे मीठे सिकीलधे बच्चाहरूप्रति याद-प्यार एवं गुडनाइट।

धारणाको लागि मुख्य सारः
१) बुद्धिबाट बेहदको संन्यास गरेर, रुहानी यात्रामा तत्पर रहनु छ। यादमा रहने बानी बसाल्नु छ।

२) फादर सोज सन, सन सोज फादर सबैलाई बाबाको सत्य परिचय दिनु छ। सेकेन्डमा जीवनमुक्तिको मार्ग बताउनु छ।

वरदान:
मनसा र वाचाको मेलद्वारा जादुमन्त्र गर्ने नवीनता र विशेषता सम्पन्न भव

मनसा र वाचा दुवैको मिलनले जादुमन्त्रको काम गर्छ, यसबाट सङ्गठनका साना साना कुरा यसरी समाप्त हुन्छन् जुन कुरा तिमीले सोच्न पनि सक्दैनौ, यस्तो लाग्छ यो त जादु भयो। मनसा शुभभावना वा शुभ आशीर्वाद दिनमा व्यस्त भयौ भने मनको हलचल समाप्त हुन्छ, पुरुषार्थबाट कहिल्यै पनि दिलसिकिस्त हुने छैनौ। सङ्गठनमा कहिल्यै घबराहट हुनेछैन। मनसा वाचाको कम्बाइन्ड सेवाबाट विहङ्ग मार्गको सेवाको प्रभाव देख्नेछौ। अब सेवामा यसै नवीनता र विशेषताबाट सम्पन्न बन्यौ भने ९ लाख प्रजा सजिलै तयार हुन्छन्।

स्लोगन:
बुद्धिले यथार्थ निर्णय तब दिनेछ, जब पूरा पूरा निर्विकारी बन्छौ।

मातेश्वरीजीका मधुर महावाक्य:

कलियुगी असार संसारबाट सत्ययुगी सार वाला दुनियाँमा लैजाने कसको काम हो ?

यस कलियुगी संसारलाई असार संसार किन भनिन्छ? किनकि यस दुनियाँमा कुनै सार छैन मतलब कुनै पनि वस्तुमा त्यो तागत रहेन अर्थात् सुख शान्ति पवित्रता छैन, जुन यस सृष्टिमा कुनै समयमा सुख शान्ति पवित्रता थियो। अहिले त्यो तागत छैन किनकि यस सृष्टिमा ५ भूतहरूको प्रवेशता छ। त्यसैले नै यस सृष्टिलाई भयको सागर अथवा कर्मबन्धनको सागर भनिन्छ। त्यसैले नै मनुष्य दु:खी भएर परमात्मालाई पुकारिरहेका छन्, हे परमात्मा हामीलाई भव सागरबाट पार गर्नुहोस्! यसबाट सिद्ध छ अवश्य कुनै अभय अर्थात् निर्भयताको पनि संसार छ, जहाँ जान चाहन्छन्। त्यसैले यस संसारलाई पापको सागर भनिन्छ, जसबाट पार गरेर पुण्य आत्मा रहने दुनियाँमा जान चाहन्छन्। दुनियाँ दुई छन् एक सत्ययुगी सार भएको दुनियाँ, अर्को छ कलियुगी असार दुनियाँ। दुवै दुनियाँ यस सृष्टिमा हुन्छन्। अच्छा! ओम् शान्ति।