22.02.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अहिले यो चढ्ती कलाको समय हो , विश्व गरिबबाट धनवान बन्छ , तिमीले बाबाद्वारा सत्ययुगी बादशाहीको वर्सा लेऊ।

प्रश्न:
बाबाको कुनचाहिँ टाइटल श्रीकृष्णलाई दिन सकिँदैन?

उत्तर:
बाबा हुनहुन्छ गरिब-निवाज। श्रीकृष्णलाई यस्तो भनिदैन। उनी त धनवान हुन्छन्, उनको राज्यमा सबै सम्पन्न हुन्छन्। जब बाबा आउनु हुन्छ, सबैभन्दा गरिब भारतखण्ड हुन्छ। भारतखण्डलाई नै धनवान बनाउनु हुन्छ। भारतखण्ड स्वर्ग थियो, अहिले छैन, फेरि बन्दैछ। गरिब-निवाज बाबाले नै भारतखण्डलाई स्वर्ग बनाउनु हुन्छ।

गीत:
आखिर वह दिन आया आज.....

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूले यो गीत सुन्यौ। आत्मा गुप्त छ, शरीर प्रत्यक्ष छ। आत्मालाई यी आँखाबाट देखिँदैन, गुप्त छ। छ अवश्य तर यो शरीरले ढाकिएको छ त्यसैले भनिन्छ आत्मा गुप्त छ। आत्माले स्वयं भन्छ म निराकार छु, यहाँ साकारमा आएर गुप्त बनेको छु। आत्माहरूको निराकारी दुनियाँ छ। त्यसमा त गुप्त हुने कुरा हुँदैन। परमपिता परमात्मा पनि त्यहीँ रहनुहुन्छ। उहाँलाई भनिन्छ सुप्रीम। सबैभन्दा उच्च आत्मा, पर भन्दा पर रहने परम आत्मा। बाबा भन्नुहुन्छ जसरी तिमी गुप्त छौ, त्यसैगरी म पनि गुप्त आउनु पर्छ। म गर्भजेलमा आउँदिनँ। मेरो एउटै नाम शिव चल्दै आउँछ। म यस तनमा आउँछु तैपनि मेरो नाम परिवर्तन हुँदैन। यिनको आत्माको जुन शरीर छ, त्यसको नाम परिवर्तन हुन्छ। मलाई त शिव नै भन्छन् सबै आत्माहरूका पिता। तिमी आत्माहरू यस शरीरमा गुप्त छौ, यस शरीरद्वारा कर्म गर्छौ। म पनि गुप्त छु। बच्चाहरूलाई यो ज्ञान अहिले प्राप्त भइरहेको छ। आत्मा यस शरीरद्वारा ढाकिएको छ। आत्मा छ गुप्त। शरीर छ प्रत्यक्ष। म पनि हुँ अशरीरी। गुप्त बाबाले यो शरीरद्वारा सुनाउनु हुन्छ। तिमी पनि गुप्त छौ, शरीरद्वारा सुन्छौ। तिमीले जानेका छौ बाबा आउनु भएको छ, भारतखण्डलाई फेरि गरिबबाट धनवान बनाउन। तिमीले भन्छौ हाम्रो देश। मानिसहरूले आफ्नो राज्यको लागि भन्छन् मेरो गुजरात, मेरो राजस्थान। मेरो-मेरो भन्नाले त्यसमा मोह हुन्छ। भारतखण्ड गरिब छ। यो सबैले मान्छन् तर यो थाहा छैन, भारतखण्ड धनवान कहिले थियो, कसरी थियो। तिमी बच्चाहरूलाई धेरै नशा छ। भारतखण्ड त धेरै धनवान थियो, दु:खको कुरा थिएन। सत्ययुगमा अरू कुनै धर्म थिएन। एउटै देवी-देवता धर्म थियो, यो कसैलाई पनि थाहा छैन। यो जो विश्वको इतिहास-भूगोल छ, त्यो कसैले जान्दैन। अहिले तिमीले राम्ररी जानेका छौ, भारतखण्ड धेरै धनवान थियो। अहिले धेरै गरिब छ। अहिले फेरि बाबा आउनु भएको छ धनवान बनाउन। भारतखण्ड सत्ययुगमा धेरै धनवान थियो जब देवी-देवताहरूको राज्य थियो फेरि त्यो राज्य कहाँ गयो। यो कसैले जान्दैन। ऋषि-मुनी आदिले पनि भन्दथे हामीले रचयिता र रचनालाई जान्दैनौं। बाबा भन्नुहुन्छ सत्ययुगमा पनि देवी-देवताहरूलाई रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान थिएन। यदि उनीहरूलाई पनि हामी सिँढी झर्दै तल कलियुगमा जान्छौं भन्ने ज्ञान भएका भए बादशाहीको सुख पनि हुने थिएन, चिन्ता हुन्थ्यो। अहिले तिमीलाई चिन्ता लागेको छ हामी सतोप्रधान थियौं फेरि हामी सतोप्रधान कसरी बनौं! हामी आत्माहरू जो निराकारी दुनियाँमा रहन्थ्यौं, त्यहाँबाट फेरि कसरी सुखधाममा आयौं, यो पनि ज्ञान छ। हामी अहिले चढ्ती कलामा छौं। यो ८४ जन्मको सिँढी हो। ड्रामा अनुसार हरेक कलाकारले क्रमैसँग आ-आफ्नो समयमा आएर पार्ट खेल्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ गरिब-निवाज कसलाई भनिन्छ, यो दुनियाँले जान्दैन। गीतमा पनि सुन्यौ आखिर त्यो दिन आयो आज, जुन दिनको मार्ग पर्खर्न्थ्यौं..., सबै हुन् भक्त। भगवान कहिले आएर हामी भक्तहरूलाई यस मार्गबाट छुटाएर सद्गतिमा लैजानुहुन्छ यो अहिले बुझेका छौं। बाबा फेरि पनि आउनु भएको छ, यो शरीरमा। शिव जयन्ती पनि मनाउँछन् त्यसैले अवश्य आउनु हुन्छ। यस्तो पनि भन्नुहुन्नँ म कृष्णको तनमा आउँछु। बाबा भन्नुहुन्छ कृष्णको आत्माले ८४ जन्म लिएको छ। उनको धेरै जन्महरूको अन्त्यको यो अन्तिम जन्म हो। जो पहिलो नम्बरमा थिए, उनै अहिले अन्त्यमा छन्, ततत्वम्। म त आउँछु साधारण तनमा। आएर तिमीलाई बताउँछु तिमीले कसरी ८४ जन्म भोग्यौ। सरदारहरूले पनि सम्झन्छन् एकोअंकार परमपिता परमात्मा बाबा हुनुहुन्छ। उहाँ अवश्य पनि देवताबाट मनुष्य बनाउनेवाला हुनुहुन्छ। त्यसैले किन हामी पनि देवता नबन्ने? जो देवता बनेका थिए, उनीहरू एकदम राम्रोसँग लाग्छन्। आफूलाई देवी-देवता धर्मको त एक जनाले पनि सम्झदैनन्। अरू धर्मको इतिहास धेरै छोटो छ। कसैको ५०० वर्षको, कसैको १२५० वर्षको। तिम्रो इतिहास छ ५ हजार वर्षको। देवता धर्मावलम्बीहरू नै स्वर्गमा आउँछन्। अरू धर्म त आउँछन् नै पछि। देवता धर्मावलम्बीहरू पनि अहिले अरू धर्ममा परिवर्तन भएका छन्, ड्रामा अनुसार। फेरि पनि यसैगरी परिवर्तन हुन्छन्। फेरि आ-आफ्ना धर्ममा फर्केर आउँछन्।

बाबाले सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! तिमी त विश्वको मालिक थियौ। तिमीले पनि सम्झन्छौ बाबा स्वर्गको स्थापना गर्नेवाला हुनुहुन्छ त्यसैले हामी किन स्वर्गमा हुँदैनौ, बाबासँग हामीले अवश्य वर्सा लिन्छौं। यसबाट सिद्ध हुन्छ यो हाम्रो धर्मको हो। जो होइन ऊ आउँदैन। भन्छ पराइ धर्ममा किन जाने। तिमी बच्चाहरूलाई थाहा छ सत्ययुग नयाँ दुनियाँमा देवताहरूलाई धेरै सुख थियो, सुनका महल थिए। सोमनाथको मन्दिरमा कति सुन थियो। अरू यस्तो कुनै धर्म हुँदैन। सोमनाथ मन्दिर जस्तो यति ठूलो मन्दिर कुनै छैन। धेरै हीरा-जुहारत थिए। बुद्ध आदिका कुनै हीरा जुहारतका महल कहाँ हुन्छन् र। तिमी बच्चाहरूलाई जुन बाबाले यति उच्च बनाउनु भयो, उहाँको तिमीले कति इज्जत राखेका छौ! इज्जत राखिन्छ नि। सम्झन्छन् राम्रो कर्म गरेर गएका हुन्। अहिले तिमीले जानेका छौ सबैभन्दा राम्रो कर्म पतित-पावन बाबाले नै गरेर जानुहुन्छ। तिम्रो आत्माले भन्छ सर्वोत्तम सेवा बेहदको बाबा आएर गर्नुहुन्छ। हामीलाई रंकबाट राजा, भिखारीबाट राजकुमार बनाइदिनुहुन्छ। जसले भारतखण्डलाई स्वर्ग बनाउनु हुन्छ, उहाँको अहिले कसैले इज्जत राख्दैनन्। तिमीले जानेका छौ सबैभन्दा उच्च मन्दिर गायन गरिएको छ, जसलाई लुटे। लक्ष्मी-नारायणको मन्दिर कहिल्यै कसैले लुटेन। सोमनाथको मन्दिर लुटे। भक्ति मार्गमा पनि धेरै धनवान हुन्छन्। राजाहरूमा पनि नम्वरवार हुन्छन् नि। जो उच्च पदका हुन्छन्, साना पदकाले उनीहरूको इज्जत राख्छन्। दरबारमा पनि मर्यादा क्रमानुसार बस्छन्। बाबा त अनुभवी छन् नि। यहाँको दरबार हो पतित राजाहरूको। पावन राजाहरूको दरबार कस्तो होला। उनीहरूसँग यति धन छ भने उनीहरूका घर पनि त्यत्तिकै राम्रा हुनुपर्छ। अहिले तिमीले जानेका छौ बाबाले हामीलाई पढाइरहनु भएको छ, स्वर्गको स्थापना गराइरहनु भएको छ। हामी स्वर्गका महाराजा-महारानी बन्छौं फेरि हामी गिर्दा-गिर्दा भक्त बन्छौं अनि सबैभन्दा पहिला शिवबाबाको पुजारी बन्छौं। जसले स्वर्गको मालिक बनाउनु भयो, उहाँको नै पूजा गर्छौं। उहाँले हामीलाई धेरै धनवान बनाउनु हुन्छ। अहिले भारतखण्ड कति गरिब छ, जुन जमिन ५०० रुपियाँमा लिइएको थियो त्यसको मूल्य आज ५ हजार भन्दा पनि धेरै भएको छ। यो सबै बनावटी दाम हो। त्यहाँ त धरतीको मूल्य हुँदैन, जसलाई जति चाहियो त्यति लिन्छ। धेरै जमिन हुन्छ। मीठा नदीहरूका किनारमा तिम्रा महल हुन्छन्। मनुष्य अत्यन्तै थोरै हुन्छन्। प्रकृति दासी हुन्छ। धेरै राम्रा फलफूल पाइन्छन्। अहिले त कति मेहनत गर्नुपर्छ तैपनि अन्न मिल्दैन। मनुष्यहरू धेरै भोक प्यासले मर्छन्। त्यसैले गीत सुन्दा तिम्रो रोमान्च खडा हुनुपर्छ। बाबालाई गरिब-निवाज भनिन्छ। गरिब-निवाजको अर्थ बुझ्यौ नि! कसलाई धनवान बनाउनु हुन्छ? अवश्य जहाँ आउनु हुन्छ र तिनैलाई धनवान बनाउनु हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ हामीलाई पावनबाट पतित बन्नमा ५ हजार वर्ष लाग्छ। अहिले फेरि बाबाले तुरुन्तै पतितबाट पावन बनाउहुन्छ। उच्च भन्दा उच्च बनाउनु हुन्छ, एक सेकेण्डमा जीवनमुक्ति मिल्छ। भन्छन् बाबा म हजुरको हुँ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमी विश्वको मालिक हौ। बच्चा पैदा भयो अनि वारिस बन्यो। कति खुसी हुन्छ। बच्चीलाई देखेर चेहरा उदास हुन्छ। यहाँ त सबै आत्माहरू बच्चा हुन्। अहिले थाहा भएको छ हामी ५ हजार वर्ष पहिला स्वर्गको मालिक थियौं। बाबाले यस्तो बनाउनु भएको थियो। शिवजयन्ती पनि मनाउँछन् तर यो जानेका छैनन् उहाँ कहिले आउनु भएको थियो? लक्ष्मी-नारायणको राज्य थियो, यो पनि कसैले जानेका छैनन्। जयन्ती मनाउँदा केवल लिंगका ठूला-ठूला मन्दिर बनाउँछन्। तर उहाँ कसरी आउनु भयो, आएर के गर्नु भयो, केही पनि जान्दैनन्, यसलाई भनिन्छ ब्लाइण्ड फेथ, अन्धश्रद्धा। उनीहरूलाई यो थाहा छैन हाम्रो धर्म कुन हो, कहिले स्थापना भयो? अरू धर्मकालाई थाहा छ बुद्ध कहिले आए? तिथि मिति पनि छ। शिवबाबाको, लक्ष्मी-नारायणको कुनै तिथि मिति छैन। ५ हजार वर्षको कुरालाई लाखौं वर्ष लेखिदिएका छन्। लाखौं वर्षको कुरा कसैलाई याद आउन सक्छ? भारतवर्षमा देवी-देवता धर्म कहिले थियो, यो जानेका छैनन्। लाखौं वर्षको हिसाबबाट त यहाँको जनसंख्या सबैभन्दा धेरै हुनुपर्छ। भारतखण्डको जमीन पनि सबैभन्दा धेरै हुनुपर्छ। लाखौं वर्षमा कति मानिस पैदा हुन्छन्, अनगिन्ती मनुष्य हुन्छन्। यति त छैनन्, अझै घटेका छन्, यी सबै कुरा बाबा बसेर सम्झाउनु हुन्छ। मनुष्यले सुनेभने भन्छन् यी कुरा त कहिल्यै सुनेका थिएनौं, न कुनै शास्त्रमा पढ्यौं। यी कुरा अचम्मका छन्।

अहिले तिमी बच्चाहरूको बुद्धिमा सारा चक्रको ज्ञान छ। यिनी धेरै जन्मको अन्त्यको अन्त्यमा अहिले पतित आत्मा छन्। जो सतोप्रधान थिए, उनै अहिले तमोप्रधान छन्, फेरि सतोप्रधान बन्नु छ। तिमी आत्माहरूलाई अहिले शिक्षा मिलिरहेको छ। आत्माले कानद्वारा सुन्यो भने शरीर हल्लिन्छ किनकि आत्माले सुन्छ नि। अवश्य पनि हामी आत्माहरूले ८४ जन्म लिन्छौं। ८४ जन्ममा ८४ माता पिता अवश्य पनि थिए। यो पनि हिसाब हो नि। बुद्धिमा आउँछ हामीले ८४ जन्म लिन्छौं, फेरि थोरै जन्म भएका पनि हुन्छन्। कहाँ सबैले ८४ जन्म लिन्छन् र। बाबा बसेर सम्झाउनु हुन्छ शास्त्रमा के के लेखिदिएका छन्। तिम्रा लागि त फेरि पनि ८४ जन्म भन्छन्, मेरा लागि अनगिन्ती, धेरै जन्म भनिदिन्छन्। कण-कणमा ढुंगा-पत्थरमा पुर्याइदिएका छन्। भन्छन् जता देखे पनि तिमी नै तिमी, कृष्णै कृष्ण। मथुरा, वृन्दावनमा यस्तो भनिरहन्छन्। कृष्ण नै सर्वव्यापी छन्। राधा पंथकाले फेरि भन्छन् राधै राधा। तिमी पनि राधा, म पनि राधा।

एक बाबा नै गरिब-निवाज हुनुहुन्छ। भारतवर्ष जो सबैभन्दा धनवान थियो, अहिले सबैभन्दा गरिब बनेको छ त्यसैले मलाई भारतवर्षमा नै आउनु पर्छ। यो बनिबनाऊ ड्रामा हो, यसमा अलिकति पनि फरक हुन सक्दैन। ड्रामा जुन शुट भयो, त्यो हुबहु दोहोरिन्छ, यसमा पाईको पनि फरक हुन सक्दैन। ड्रामाको विषयमा पनि थाहा हुनुपर्छ। ड्रामा अर्थात् ड्रामा। ती हुन् हदका ड्रामा, यो हो बेहदको ड्रामा। यस बेहदको ड्रामाको आदि-मध्य-अन्त्यलाई कसैले पनि जान्दैन। त्यसैले गरिब-निवाज निराकार भगवानलाई नै मान्छन्, कृष्णलाई होइन। कृष्ण त धनवान सत्ययुगका राजकुमार बन्छन्। भगवानको त आफ्नो शरीर छैन। उहाँ आएर तिमी बच्चाहरूलाई धनवान बनाउनु हुन्छ, तिमीलाई राजयोगको शिक्षा दिनुहुन्छ। पढाइबाट वकिल आदि बनेर फेरि कमाइ गर्छन्। बाबाले पनि तिमीलाई अहिले पढाउनु हुन्छ। तिमी भविष्यमा नरबाट नारायण बन्छौ। तिम्रो जन्म त हुन्छ नि। यस्तो त होइन, स्वर्ग कुनै समुद्रबाट निस्केर आउँछ। कृष्णले पनि जन्म लिएका हुन् नि। कंसपुरी आदि त त्यतिबेला थिएन। कृष्णको नाम कति गायन गरिन्छ। उनका पिताको गायनै हुँदैन। उनका पिता कहाँ छन्? अवश्य पनि कृष्ण कसैका बच्चा होलान् नि। कृष्णले जब जन्म लिन्छन्, तब केही आत्माहरू पतित पनि हुन्छन्। जब ती बिल्कुल समाप्त हुन्छन् तब उनी गद्दीमा बस्छन्। आफ्नो राज्य लिन्छन्, त्यसपछि नै उनको संवत सुरु हुन्छ। लक्ष्मी-नारायणबाट नै सम्वत सुरु हुन्छ। तिमीले पूरा हिसाब लेख्छौ। यिनको राज्य यति समय, फेरि यिनको यति समय। मनुष्यले सम्झन्छन् यो कल्पको आयु धेरै हुन सक्दैन। ५ हजार वर्षको पूरा हिसाब हो। तिमी बच्चाहरूको बुद्धिमा आउँछ नि। हामी हिजो स्वर्गको मालिक थियौं। बाबाले बनाउनु भएको थियो त्यसैले त हामीले उहाँको शिव जयन्ती मनाइरहेका छौं। तिमीले सबैलाई जानेका छौ। क्राइस्ट, गुरुनानक आदि फेरि कहिले आउँछन्, यो ज्ञान तिमीलाई छ। विश्वको इतिहास-भूगोल हुबहु दोहोरिन्छ। यो पढाइ कति सहज छ। तिमीले स्वर्गलाई जानेका छौ, अवश्य भारतवर्ष स्वर्ग थियो। भारतवर्ष अविनाशी खण्ड हो। भारतवर्षको जस्तो महिमा अरू कुनै स्थानको हुन सक्दैन। सबैलाई पतितबाट पावन बनाउने एउटै बाबा हुनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) ड्रामाको आदि-मध्य-अन्त्यको ज्ञान बुद्धिमा राखेर सबै चिन्ता छोडिदिनु छ। सतोप्रधान बन्ने एउटै चिन्ता राख्नु छ।

२) गरिब निवाज बाबा गरिबबाट धनवान बनाउन आउनु भएको छ, उहाँको पूरा-पूरा सहयोगी बन्नु छ। आफ्नो नयाँ दुनियाँलाई याद गरेर सदा खुसीमा रहनु छ।

वरदान:
एकैचोटि तीन रूपद्वारा सेवा गर्ने मास्टर त्रिमूर्ति भव

जसरी बाबा सदा तीन स्वरूपद्वारा सेवामा उपस्थित हुनुहुन्छ बाबा, शिक्षक र सतगुरु। त्यस्तै तिमी बच्चाहरूले पनि हर सेकेन्ड मन, वाणी र कर्म तीनैद्वारा साथ-साथै सेवा गर्यौ भने भनिन्छ मास्टर त्रिमूर्ति। मास्टर त्रिमूर्ति बनेर जो हर सेकेन्ड तीनै रूपबाट सेवामा उपस्थित रहन्छन्, उनैले विश्व-कल्याण गर्न सक्छन् किनकि यति ठूलो विश्वको कल्याण गर्नको लागि जब एउटै समयमा तीनै रूपबाट सेवा हुन्छ अनि यो सेवाको कार्य समाप्त हुन्छ।

स्लोगन:
उच्च ब्राह्मण त्यो हो, जसले आफ्नो शक्तिद्वारा नराम्रोलाई राम्रोमा परिवर्तन गरिदिन्छ।