22.03.20    Avyakt Bapdada     Nepali Murli    14.12.85     Om Shanti     Madhuban


वर्तमानको यो जीवन नै भविष्यको दर्पण


( मधुबन निवासीहरूसँग )
आज विश्व रचयिता बाबाले आफ्ना मास्टर रचयिता बच्चाहरूलाई देखिरहनु भएको छ। मास्टर रचयिताहरू आफ्नो रचयितापनको स्मृतिमा कहाँसम्म स्थित रहन्छौ? तिमीहरू सबै रचयिताको विशेष पहिलो रचना यो देह हो। यो देहरूपी रचनाको रचयिता कहाँसम्म बनेका छौ? देहरूपी रचनाले कहिलेकाहीं आफूतर्फ रचयितालाई आकर्षित गरेर रचना-पनलाई विस्मृत त गराउँदैन? मालिक बनेर यो रचनालाई सेवामा लगाइरहन्छौ? जब चाहन्छौ, जे चाहन्छौ मालिक बनेर गर्न सक्छौ? सबैभन्दा पहिला यो देहको मालिकपनको अभ्यासले नै प्रकृतिको मालिक वा विश्वको मालिक बनाउन सक्छ। यदि देहको मालिकपनमा सम्पूर्ण सफलता भएन भने विश्वको मालिकपनमा पनि सम्पन्न बन्न सक्दैनौ। वर्तमान समयको यो जीवन नै भविष्यको दर्पण हो। यही दर्पणद्वारा स्वयंको भविष्य स्पष्ट देख्न सक्छौ। पहिला, यो देहको सम्बन्ध र संस्कारको अधिकारी बनेको आधारमा नै मालिकपनको संस्कार हुन्छ। सम्बन्धमा न्यारा र प्यारापन आउनु यो निशानी हो मालिकपनको। संस्कारमा निर्मान र निर्माण हुनु यी दुवै विशेषता मालिकपनका निशानी हुन्। साथ-साथै सर्व आत्माहरूको सम्पर्कमा आउनु छ, स्नेही बन्नु छ र फेरि दिलको स्नेहको आशीर्वाद अर्थात् शुभ भावना पनि सबैको अन्तरबाट त्यो आत्मा प्रति निक्लनु छ। चाहे चिनेको होस् वा नचिनेको होस्, चाहे दूरको सम्बन्ध वा सम्पर्कको होस् तर जसले देखे पनि उसले स्नेहको कारणले यस्तो अनुभव गरोस् यिनी हाम्रा हुन्, स्नेहको पहिचानले आफ्नोपनको अनुभव गरून्। सम्बन्ध दूरको भए पनि स्नेहले समीपताको अनुभव गरून्। विश्वको मालिक वा देहको मालिकपनको अभ्यासी आत्माको यो विशेषता अनुभवमा आओस्। तिनीहरू जसको सम्पर्कमा आए पनि अरूलाई ती विशेष आत्माबाट दातापनको अनुभूति हुन्छ। यो कसैको संकल्पमा पनि आउँदैन यिनीहरू लिनेवाला हुन्। त्यस्ता आत्माबाट सुखको, दातापनको वा शान्ति, प्रेम, आनन्द, खुशी, सहयोग, हिम्मत, उत्साह, उमंग र कुनै न कुनै विशेषताको दातापनको अनुभूति हुन्छ। सदा विशाल बुद्धि र विशाल दिल, जसलाई तिमीहरूले बडा दिलवाला भन्ने गर्छौ यस्तो अनुभूति हुन्छ। अब यी निशानीहरूले आफूले आफैंलाई जाँच गर कस्तो बन्नेवाला छु? दर्पण त सबैसँग छ नि? जति स्वयंले स्वयंलाई जानेका हुन्छौ त्यति अरूले जानेका हुँदैनन्। त्यसैले स्वयंलाई चिन। अच्छा।

आज त मिल्न आएका छौ। फेरि पनि सबै आएका छौ त्यसैले बापदादालाई पनि सबै बच्चाहरूलाई स्नेहको साथसाथै सम्मान पनि दिनु पर्ने हुन्छ त्यसैले रूहरिहान गरियो। मधुबन निवासीले आफ्नो अधिकार छोड्दैनन् त्यसैले समीप बसेका छन्। धेरै कुराले निश्चिन्त बसेका छौ। जो बाहिर रहन्छन् तिनीहरूलाई फेरि पनि मेहनत गर्नु पर्ने हुन्छ। कमाउनु र खानु यो कम मेहनत होइन। मधुबनमा कमाउने चिन्ता त छैन नि। बापदादालाई थाहा छ प्रवृत्तिमा रहनेहरूलाई सहन पनि पर्छ, सामना पनि गर्न पर्छ, हाँस र बकुल्लाको बीचमा रहेर आफ्नो उन्नति गर्दै अगाडि बढिरहेका छन् तर तिमीहरू कत्ति कुराले स्वत: नै अलग छौ। आरामले रहन्छौ, आरामले खान्छौ र आराम गर्छौ। बाहिर रहनेले काममा गएको दिनमा आराम गर्छन् र? यहाँ त शरीरको पनि आराम र बुद्धिको पनि आराम छ। त्यसैले मधुबन निवासीहरूको स्थिति सबैभन्दा नम्बरवन भयो नि किनकि एउटै मात्र काम छ। पढाइ पढ्नु छ, त्यो पनि बाबाले पढाउनुहुन्छ। सेवा गर्छौ त्यो पनि यज्ञ सेवा हो। बेहद बाबाको बेहदको घर हो। एउटै ताल छ, एउटै सुर छ, बाँकी केही छैन। मेरो सेन्टर हो, यो पनि छैन। केवल मेरो मात्रै जिम्मेवारी हो, यो पनि हुनु हुँदैन। मधुबन निवासीलाई कत्ति कुरामा सहज पुरुषार्थ र सहज प्राप्ति छ। सबै मधुबन निवासी गोल्डन जुबलीको पनि प्रोगाम बनाएका छौ नि। कार्यक्रमको मात्रै होइन। त्यसका त पर्चा आदि पनि छापिएका छन्। त्यो भयो विश्व सेवाको लागि। स्वयंको लागि के प्रोग्राम बनाएका छौ? स्वयंको मञ्चमा के पार्ट खेल्छौ? त्यो मञ्चको लागि त स्पीकर, प्रोग्राम पनि बनाउँछौ। स्वको मञ्चको लागि के प्रोग्राम बनाएका छौ? चेरिटी बिगेन्स एट होम त मधुबन निवासी हौ नि। कुनै पनि प्रोग्राम हुँदा के गर्छौ? (दीप जलाइन्छ) त्यसैले गोल्डन जुबलीको दीप कसले बाल्छौ? हरेक कुराको सुरुवात कसले गर्छ? मधुबन निवासीमा हिम्मत छ, उमंग छ, वायुमण्डल पनि छ, सबैको मदत छ। जहाँ सर्वको सहयोग हुन्छ, त्यहाँ सबै सहज हुन्छ। केवल एउटा कुरा गर्नुपर्छ। त्यो कुनचाहिँ हो?

बापदादाले सबै बच्चाहरूमा यही श्रेष्ठ आशा राख्नुहुन्छ हरेक बाबा समान बनुन्। सन्तुष्ट रहनु र सन्तुष्ट गर्नु यही विशेषता हो। पहिलो मुख्य कुरा हो स्वयंसँग अर्थात् आफ्नो पुरुषार्थसँग आफ्नो स्वभाव संस्कारसँग, बाबाको सामुन्ने राख्दा सन्तुष्ट छु यो जाँच गर्नु छ। हो म सन्तुष्ट छु, यथाशक्तिको आधारमा, त्यो अलग कुरा हो। तर वास्तविक स्वरूपको हिसाबले स्वयंबाट सन्तुष्ट हुनु र अरूलाई पनि सन्तुष्ट गर्नु यस्तो सन्तुष्टता नै महानता हो। अरूले पनि अनुभव गरून् यिनी वास्तवमा सन्तुष्ट आत्मा हुन्। सन्तुष्टतामा सबैथोक आउँछ। न डिस्टर्ब हुनु छ, न डिस्टर्ब गर्नु छ, यसलाई भनिन्छ सन्तुष्टता। डिस्टर्ब गर्नेहरू थुप्रै हुन्छन् तर स्वयं डिस्टर्ब हुनु छैन। आगोको तापबाट स्वयंले स्वयंलाई बचाएर सुरक्षित रहनु छ। अरूलाई हेर्नु छैन। आफूलाई हेर्नु मैले के गर्नु छ? मैले निमित्त बनेर अरूलाई शुभभावना र शुभकामनाको सहयोग दिनु छ। यो हो विशेष धारणा यसमा सबैथोक आउँछ। यसको पनि गोल्डन जुबली मनाउन सक्छौ नि? निमित्त मधुबनलाई भनिन्छ तर हो सबैको लागि। मोहजितको कहानी सुनेका छौ नि? यस्तो सन्तुष्टताको कहानी बनाऊँ। जसको पासमा जो कोही आओस्, जतिसुकै घुमाएर प्रश्न गरोस् तर सबैको मुखबाट, मनबाट सन्तुष्टताको विशेषता अनुभव होस्। यो त यस्तो रहेछ, होइन। म पनि कसरी बनुँ र अरूलाई बनाऊँ। यो सानो कुरा मञ्चमा देखाऊ। अच्छा।

दादीजीहरूसँग:
बापदादाको पासमा तिमीहरू सबैको दिलका संकल्पहरू पुगि नै रहन्छन्। यति धेरै श्रेष्ठ आत्माहरूका श्रेष्ठ संकल्पहरू छन् भने साकार रूपमा हुनु नै छ। योजना त धेरै राम्रा बनाएका छौ र यिनै योजनाहरूले नै सबैलाई समान बनाउने छ। सारा विश्वमा विशेष आत्माहरूको शक्ति एउटै छ, अन्त कहीं पनि यस्तो विशेष आत्माहरूको संगठन छैन। यहाँ संगठनको शक्ति विशेष छ त्यसैले यो संगठन माथि सबैको दृष्टि छ र सबै डगमगाइ रहेका छन्। सिंहासन हल्लिइरहेका छन्। यहाँ राज्य-सिंहासन बनिरहेको छ। यहाँ गुरुको सिंहासन छैन, त्यसैले हल्लिँदैन। स्वराज्यको अथवा विश्व राज्यको सिंहासन छ। सबैले हल्लाउने कोसिस गर्छन् तर संगठनको शक्ति यसको विशेष सुरक्षा हो। अन्त त एक-एकलाई अलग गरेर एकतालाई अनेकतामा ल्याएर हल्लाउँछन् तर यहाँ संगठनको शक्तिको कारणले हल्लाउन सक्दैनन्। त्यसैले यो संगठनको शक्तिको विशेषतालाई सदा अगाडि बढाइराख। यो संगठन नै पर्खाल हो त्यसैले आक्रमण गर्न सक्दैनन्। विजय त भइ नै सकेको छ केवल रिपिट गर्नु छ। जति पनि दोहोर्याउन होसियार हुन्छन्, उनीहरू नै विजयी बनेर मञ्चमा प्रसिद्ध हुन्छन्। संगठनको शक्ति नै विजयको विशेष आधार स्वरूप हो। यो संगठनले नै सेवाको वृद्धिमा सफलता प्राप्त गराएको हो। पालनाको रिटर्न दादीहरूले राम्रो दिएका छन्। संगठनको शक्तिको आधार के हो? केवल यो पाठ पक्का होस् सम्मान दिनु नै सम्मान लिनु हो। दिनु लिनु हो, लिनु लिनु होइन। लिनु अर्थात् गुमाउनु हो। दिनु अर्थात् लिनु। कसैले दियो भने दिने यो कुनै व्यापार होइन। यहाँ त दाता बन्ने कुरा छ। दाताले लिएर फेरि दिँदैनन्। उनीहरूले त दिँदै जान्छन्। त्यसैले यो नै संगठनको सफलता हो। अहिले वातावरण तयार भएको छ। तर माला तयार भएको छैन। वृद्धि भएन भने राज्य को माथि गर्छौ? अहिले त वृद्धिको लिस्टमा कमी छ। ९ लाख नै तयार भएका छैनन्। कुनै पनि विधिले हुनु त छ नै। विधि परिवर्तन भइरहन्छ। वृद्धि भए अनुसार मिल्ने विधि पनि परिवर्तन भइरहने छ। पहिला साकारमा मिल्यौ र अहिले अव्यक्तमा मिलिरहेका छौ। विधि परिवर्तन भयो नि। पछि पनि विधि परिवर्तन भइरहने छ। वृद्धि प्रमाण मिल्ने विधि पनि परिवर्तन भइरहने छ। अच्छा।

पार्टीहरूसँग:-
१) सदा आफ्नो गुणमूर्त स्थितिद्वारा गुणहरूको दान दिइराख। निर्बललाई शक्तिहरूको, गुणहरूको, ज्ञानको दान दियौ भने सदाको लागि महादानी आत्मा बन्ने छौ। दाताका बच्चा दिनेवाला हौ लिनेवाला होइनौ। यदि सोच्दछौ यिनले गरे भने मैले गरौँला। त्यो त लिनेवाला भयो। मैले गर्छु भन्यौ भने दिनेवाला हुन्छौ। त्यसैले लेवता होइन, देवता बन। जे पनि मिलेको छ त्यो दिँदै जाऊ। जति दिँदै जान्छौ त्यति बढ्दै जान्छ। सदा देवी अर्थात् दिनेवाला। अच्छा।

२)सुनेका त धेरै छौ। तर अब हिसाब निकाल, सुन्ने तरिका कस्तो छ? सुन्नु र गर्नु दुवै साथसाथै छ? या सुन्न र गर्नमा अन्तर पर्छ, सुन्छौ किन? गर्नको लागि हो नि। सुन्न र गर्न जब समान हुन्छ तब के हुन्छ? सम्पन्न हुन्छौ। त्यसैले पहिला पहिला सम्पूर्ण स्थितिको नमूना को बन्छ? हरेकले यस्तो किन भन्दैँनौ म बन्छु? यसमा जसले आँट गर्छ उही अर्जुन बन्छ। जसरी बाबाले स्वयंलाई निमित्त बनाउनु भयो त्यसैगरी जो निमित्त बन्छ, उहीँ अर्जुन बन्छ अर्थात् नम्बरवनमा आउँछ। ठीक छ हेरौँला को बन्छ? बापदादाले त बच्चाहरूलाई हेर्न चाहनुहुन्छ। वर्ष बित्दै जान्छन्। जसरी वर्ष बित्दै जान्छन् त्यसैगरी पुराना चाल चलन पनि बित्दै जाऊन्। नयाँ उमंग, नयाँ संकल्प सदा रहुनू यही सम्पूर्णताको निशानी हो। अब पुरारा सबै समाप्त भएर सबै नयाँ होस्।

प्रश्न:
बाबाको समीप आउने आधार के हो?

उत्तर:

विशेषता। कुनै न कुनै विशेषताले नै बाबाको समीप ल्याएको हो। यी विशेषताहरू सेवाद्वारा नै वृद्धि हुँदै जान्छन्। जुन विशेषताहरू बाबाले भर्नु भएको छ ती सबैलाई सेवामा लगाऊ। विशेषतालाई साकारमा ल्याउनाले सेवाको विषयमा पनि नम्बर मिल्छ र आफ्नो अनुभव अरूलाई सुनायौ भने पनि सुन्नेहरूको उमंग-उत्साह बढ्छ।

प्रश्न:
रूहानियतमा कमी आउनाको कारण के हो?

उत्तर:
स्वयंलाई वा जसको सेवा गर्छौ उसलाई नासो सम्झिँदैनौ? नासो सम्झियौ भने अनासक्त रहन्छौ र अनासक्त बन्नाले नै रूहानियत आउने छ।

प्रश्न:
वर्तमान समयमा विश्वका अधिकांश आत्माहरूमा कुनचाहिँ दुई कुरा प्रवेश छन्?

उत्तर:
१) भय र २) चिन्ता। यी दुवै विशेष गरेर सबैमा प्रवेश छन्। तर उनीहरू जति त्रासमा छन्, चिन्तामा छन् त्यति नै तिमीहरू शुभचिन्तक छौ। चिन्तालाई परिवर्तन गरेर शुभचिन्तकको भावना स्वरूप बनेका छौ। भयभित हुनुको सट्टा सुखको गीत गाइरहेका छौ। बापदादाले यस्ता बेफिक्र बादशाहरूलाई देखिरहनु भएको छ।

प्रश्न:
वर्तमान समयमा कुनचाहिँ सीजन चलिरहेको छ? यस्तो समयमा तिमी बच्चाहरूको कर्तव्य के हो?

उत्तर:
वर्तमान समयमा सीजन नै अकाल मृत्युको छ। जसरी वायुको, समुद्रको तुफान अचानक आउँछ, त्यस्तै यो अकाल मृत्युको तुफानले पनि अचानक र तेज गतिले एकै साथ अनेकलाई लिएर जान्छ। यस्तो समयमा अकाल मृत्यु भएका आत्माहरूलाई, अकालमूर्त बनेर शान्ति र शक्तिको सहयोग दिनु तिमी बच्चाहरूको कर्तव्य हो। त्यसैले सदा शुभचिन्तक बनेर शुभ भावना, शुभ कामनाको मानसिक सेवाले सबैलाई सुख-शान्ति देऊ। अच्छा।

वरदान:
दृढताद्वारा बाँझो जमिनमा पनि फल पैदा गर्ने सफलता स्वरूप भव

कुनै पनि कुरामा सफलता स्वरूप बन्नको लागि दृढता र स्नेहको सँगठन चाहिन्छ। दृढताले बाँझो जमिनमा पनि फल पैदा गरिदिन्छ। जसरी आजकल साइन्सले बालुवामा पनि फल पैदा गर्ने प्रयत्न गरिरहेको छ, यस्तै तिमीले साइलेन्सको शक्तिद्वारा स्नेहको पानी दिदै फलिभूत बनाऊ। दृढताद्वारा निराशमा पनि आशाको दीपक जगाउन सक्छौ किनकि हिम्मतद्वारा बाबाको मदत मिल्छ।

स्लोगन:
आफूलाई सदा प्रभुको नासो सम्भेर अगाडि बढ्यौ भने कर्ममा रूहानियत आउँछ।