22.06.22          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबाले स्वर्गको फाउन्डेसन लगाइरहनु भएको छ , तिमी बच्चाहरू सहयोगी बनेर आफ्नो हिस्सा जम्मा गर , ईश्वरीय मतमा चलेर श्रेष्ठ प्रारब्ध बनाऊ।

प्रश्न:
बापदादालाई सदा कस्तो बच्चाको खोजी भइरहन्छ?

उत्तर:
जो धेरै मीठो, शीतल स्वभाव भएको सेवाधारी छ। यस्तो बच्चाको खोजी बाबालाई भइरहन्छ। सेवाधारी बच्चाहरूले नै बाबाको नाम प्रसिद्ध गर्छन्। जति बाबाको सहयोगी बन्छन्, आज्ञाकारी, बफादार बन्छन्, त्यति उनीहरू वर्साको हकदार बन्छन्।

गीत:
ओम् नमो शिवाय

ओम् शान्ति ।
ओम्को अर्थ कसले बतायो? बाबाले। जब बाबा भनिन्छ भने उहाँको नाम अवश्य हुनुपर्छ। साकार होस् वा निराकार नाम अवश्य हुनुपर्छ। अरू जति पनि आत्माहरू छन्, ती आत्माको कहिल्यै नाम रहँदैन। आत्मा जब जीव आत्मा बन्छ तब शरीरको नाम राखिन्छ। ब्रह्मा देवताए नम: भनिन्छ, विष्णुलाई पनि देवता भनिन्छ किनकि आकारी हुन्। त्यसैले आकारी शरीरको नाम रहन्छ। नाम सदैव शरीरको राखिन्छ। केवल एक निराकार परमिपता परमात्मा हुनुहुन्छ, जसको नाम शिव हो। एक आत्माको नै नाम छ, बाँकी सबैको देहको नाम रहन्छ। एक उहाँको मात्र आत्माको नाम छ, बाँकी सबैको देहमा नाम राखिन्छ। शरीर छोडेपछि नाम फेरिन्छ। परमात्माको एउटै नाम चल्छ, कहिल्यै फेरिदैन। यसबाट सिद्ध हुन्छ उहाँ कहिल्यै जन्म मरणमा आउनुहुन्न। यदि स्वयं जन्म-मरणमा आउने हो भने अरूलाई जन्म मरणबाट छुटाउन सक्नु हुँदैनथ्यो। अमरलोकमा कहिल्यै जन्म-मरण भनिदैन। त्यहाँ त सजिलै एउटा शरीर छोडेर अर्को लिन्छन्। मर्नु यहाँ पर्छ। सत्ययुगमा यस्तो भनिदैन फलानो मर्यो। मर्नु शब्द दु:खको हो। त्यहाँ त पुरानो शरीर छोडेर अर्को किशोर अवस्थाको शरीर लिन्छन्। खुशी मनाउँछन्। पुरानो दुनियाँमा कति मनुष्य छन्, ती खतम हुनेवाला छन्। देखाउँछन् यादव र कौरव थिए, लडाइँमा ती खतम भए। त्यसपछि के पाण्डवलाई दु:ख भयो होला? भएन। पाण्डवको त राज्य स्थापना भयो। यस समयमा तिमी हौ ब्रह्मावंशी ब्राह्मण, ब्रह्माकुमार र कुमारीहरू। ब्रह्माका यति बच्चाहरू छन् भने अवश्य प्रजापिता ठहरिए। ब्रह्मा-विष्णु-शंकरका पिता हुनुहुन्छ शिव। उहाँलाई नै भगवान भनिन्छ। यस समयमा तिमीलाई थाहा छ हामी ईश्वरीय कुलका हौं। हामी बाबाको साथमा, बाबाको घर निर्वाणधाममा जाँदैछौं। बाबा आउनु भएको छ, उहाँलाई प्रियतम पनि भनिन्छ। तर एक्युरेट सम्बन्धमा उहाँ बाबा हुनुहुन्छ किनकि वर्सा प्रियतमाहरूलाई मिल्दैन। बच्चाहरूले वर्सा लिन्छन्, त्यसैले बाबा भन्नु सही हो। बाबालाई बिर्सिएका हुनाले नै मनुष्य नास्तिक बनेका छन्। कृष्णको चरित्र गायन गरिन्छ। तर कृष्णको कुनै चरित्र हुँदैन। भागवतमा कृष्णको चरित्र छ तर चरित्र हुनुपर्छ शिवबाबाको। उहाँ बाबा, शिक्षक, सद्गुरु हुनुहुन्छ, यसमा चरित्रको के कुरा! कृष्णको पनि चरित्र छैन। जसरी सानो बच्चा हुन्छ त्यसैगरी उनी पनि बच्चा हुन्। बच्चा सदैव चञ्चल हुन्छन्, त्यसैले मन पर्छ। कृष्णको लागि जे देखाउँछन् घैंटो फोरे, यस्तो त केही पनि होइन। शिवबाबाको चरित्र छ? त्यो त तिमीले देखेका छौ पढाएर पतितबाट पावन बनाउनुहुन्छ। भन्नुहुन्छ मैले तिम्रो भावना पूरा गर्छु। बाँकी यहाँ त मैले पढाउँछु। यस समयमा जो मेरा बच्चा छन्, उनीहरूले नै मेरो याद गर्छन्। अरू सबैको यादलाई भुलेर एक बाबाको यादमा रहने प्रयत्न गर्छन्। यस्तो होइन म सर्वव्यापी छु। मलाई जसले याद गर्छन्, मैले पनि उनीहरूको याद गर्छु। त्यो पनि याद त बच्चाहरूको नै गर्नुहुन्छ। मुख्य कुरा त एउटै छ। कसैलाई बहादुर तब भनिन्छ, जब कुनै ठूलो व्यक्तिलाई सम्झाएर देखाउँछ। सारा आधार गीता हो। गीता निराकार परमपिता परमात्माले गायन गर्नुभएको हो नकि मनुष्यले। भगवानलाई रुद्र पनि भनिन्छ। कृष्णलाई रुद्र भनिदैन। रुद्र ज्ञान यज्ञबाट नै विनाश ज्वाला निस्कन्छ।

कति मानिसले परमात्मालाई मालिक भनेर याद गर्छन्। भन्छन् उहाँ मालिकको नाम छैन। ठीक छ, त्यसोभए ती मालिक कहाँ छन् त? के उहाँ विश्वको, सारा सृष्टिको मालिक हुनुहुन्छ? परमपिता परमात्मा त सृष्टिको मालिक बन्नुहुन्न, सृष्टिको मालिक त देवी-देवता बन्छन्। परमपिता परमात्मा त ब्रह्माण्डको मालिक हुनुहुन्छ। ब्रह्म तत्त्व बाबाको घर हो भने हामी बच्चाहरूको पनि घर हो। ब्रह्माण्ड हो बाबाको घर, जहाँ आत्माहरूलाई अण्डाजस्तै देखाइन्छ। यस्तो केही छैन। हामी ज्योतिर्बिन्दु आत्माहरू त्यहाँ निवास गर्छौं, फेरि ब्रह्माण्डबाट हामी तल उत्रिन्छौं पार्ट खेल्नको लागि, हामी एक पछि अर्को आइरहन्छौं। वृक्षको वृद्धि भइरहन्छ। बाबा बीजरूप हुनुहुन्छ, फाउन्डेसन देवी-देवताको भनौं वा ब्राह्मणहरू। ब्राह्मणले बीज राख्छन्। ब्राह्मण नै फेरि देवता बनेर राज्य गर्छन्। अहिले हामीद्वारा फाउन्डेसन लगाइरहनु भएको छ। दैवी घराना अर्थात् स्वर्गको फाउन्डेसन लागिरहेको छ। जति जो सहयोगी बन्छ, त्यति उसले आफ्नो हिस्सा लिन्छ। नत्र सूर्यवंशी कसरी बन्ने। अहिले तिमीले त्यो उच्च प्रारब्ध बनाइरहेका छौ। हर एक मनुष्यले पुरुषार्थद्वारा प्रारब्ध बनाइरहन्छन्। प्रारब्ध बनाउनको लागि राम्रो काम गरिन्छ। दान-पुण्य गर्नु, धर्मशाला आदि बनाउनु। सबै ईश्वर अर्थ नै गर्छन् किनकि उनीहरूलाई फल दिनेवाला उहाँ हुनुहुन्छ। तिमीले अहिले श्रीमतमा पुरुषार्थ गरिरहेको छौ। बाँकी सारा दुनियाँले मनुष्य मतमा पुरुषार्थ गरिरहेका छन्। त्यो पनि आसुरी मत हो। ईश्वरीय मत पछि हुन्छ दैवी मत, फेरि हुन्छ आसुरी मत। अहिले तिमीले बच्चाहरूलाई ईश्वरीय मत मिल्छ। बाबा मम्मा पनि उहाँको मतद्वारा श्रेष्ठ बन्छन्। कुनै पनि मनुष्य देवता जस्तो श्रेष्ठ हुनै सक्दैन। देवताहरूलाई श्रेष्ठ बनाउने को हुनुहुन्छ? यहाँ त कोही श्रेष्ठ छैन। श्री श्री हुनुहुन्छ नै एक, उहाँ नै सबैभन्दा उच्च बाबा, शिक्षक, सद्गुरु हुनुहुन्छ। उहाँले नै फेरि श्री लक्ष्मी-नारायण बनाउनुहुन्छ। भन्न त रामलाई पनि श्री राम, श्री सीता भन्छन्। तर उहाँका पछाडि एड हुन्छ क्षत्रिय, चन्दवंशी। ती लक्ष्मी-नारायण त १६ कला सम्पूर्ण सूर्यवंशी देवता कुलका हुन् र राम सीता १४ कला चन्द्रवंशी। दुई कला कम भयो नि। त्यो त अवश्य हुनु नै छ। मनुष्यले यो जान्दैनन् सृष्टिको गिर्दो कला हुन्छ। १६ कलाबाट १४ कला भयो भने कम भयो नि। अहिले त बिल्कुलै कम भएको छ। यो हो रावण सम्प्रदाय। रावण राज्य हो नि। रावण मतलाई भनिन्छ आसुरी मत। सबै पतित छन्। पावन यस पतित दुनियाँमा कोही हुन सक्दैन। जो पावन थिए उनीहरू नै फेरि पतित बनेका छन् फेरि उनलाई म नै आएर पावन बनाउँछु। पतित पावन भनेर कृष्णलाई गाइँदैन। न चरित्रको कुरा हो। पतित पावन एक परमात्मालाई नै भनिन्छ। अन्त्यमा सबैले भन्छन् अहो प्रभु! हजुरको गति मत अनौठो छ। हजुरको रचनालाई कसैले जान्दैन। त्यसलाई अहिले तिमीले जानेका छौ। यो ज्ञान हो बिल्कुलै नयाँ। नयाँ चीज जब निस्किन्छ, पहिले थोरै हुन्छन् फेरि बढ्दै जान्छ। तिमी पनि पहिले एउटा कुनामा थियौ। अब देश देशान्तर वृद्धि भइरहन्छ। राजधानी स्थापना अवश्य हुनु छ। मूल कुरा त यो सिद्ध गर्नु छ गीताको भगवान श्रीकृष्ण होइनन्। वर्सा बाबाले दिनुहुन्छ, कृष्णले होइन। लक्ष्मी-नारायणले पनि आफ्ना बच्चाहरूलाई वर्सा दिन्छन्। त्यो पनि यहाँको पुरुषार्थको प्रारब्ध मिल्छ। सत्ययुग, त्रेतामा बेहदको वर्सा छ। गोल्डन, सिल्बर जुब्ली मनाउँछन्। यहाँ त एकदिन मनाउँछन्। हामीले त १२५० वर्ष गोल्डन जुब्ली बनाउँछौं। खुशी मनाउँछौं। मालामाल बन्छौं। भित्र धेरै खुशी हुन्छ। यस्तो होइन केवल बाहिरबाट बत्ती आदि बाल्छौं। स्वर्गमा हामी बिल्कुलै सम्पत्तिवान, धेरै सुखी हुन्छौं। देवता धर्ममा जस्तो खुशी अरू कुनैमा हुँदैन। फेरि सिल्बर जुब्ली आदिलाई पनि पूरै बुझेका छैनन्। अहिले तिमीले आधाकल्पको जुब्ली मनाउनको लागि बाबाबाट वर्सा पाइरहेका छौ। त्यसैले मुख्य कुरा यो बुझ्नु पर्ने छ गीताको भगवान शिव हुनुहुन्छ। उहाँले नै राजयोग सिकाउनु भएको थियो, त्यो फेरि अहिले सिकाइरहनु भएको छ। सिकाउनु हुन्छ पनि तब, जब रजाइँ नै हुँदैन। प्रजाको प्रजामाथि राज्य छ। एक अर्काको टोपी उतार्नमा पछि पर्दैनन्। तिमी बच्चाहरू उहाँको मतमा चलेर सुखधामको मालिक बन्छौ। यस्ता धेरै छन्, जसले ज्ञानलाई पूरा धारण गर्दैनन्, तर सेन्टरमा आइरहन्छन्। भित्र मन भइरहन्छ एउटा बच्चा जन्माऊँ। मायाको आकर्षण हुन्छ विवाह गरेर एउटा बच्चाको सुख लिऊँ। अरे कहाँ ग्यारेन्टी छ र बच्चाले सुख नै दिन्छ। दुई चार वर्षमा बच्चा मर्यो भने अझै दु:ख हुन्छ। आज उत्सव मनायो भोलि चितामा चढ्यो भने रुनु पर्छ। यो हो नै दु:खधाम। हेर, खाना पनि कस्तो खान्छन्! त्यसैले बाबा सम्झाउनुहुन्छ प्यारा बच्चाहरू! यस्तो आशा नराख। मायाले धेरै तुफानमा ल्याउँछ। सबैले भन्छन् कुल कलंकित गरेको छ भने वर्सा कसरी लिने। बाबा मम्मा भन्छौ, फेरि त ब्रह्माकुमार कुमारी आपसमा भाइ बहिनी भयौ। फेरि यदि विकारमा गिर्यौ भने यस्तो कुल कलंकितले अझै सय गुणा कडा सजाय खानेछ अनि पद पनि भ्रष्ट हुन्छ। कोही विकारमा गएर पनि बताउँदैनन् भने धेरै दण्डको भागी बन्छन्। धर्मराज बाबाले त कसैलाई छोड्नुहुन्न। तिनीहरूले त सजाय खाएर जेल भोग्छन्। तर यहाँ हुनेलाई धेरै कडा सजाय मिल्छ। यस्ता पनि सेन्टरमा धेरै आउँछन्। बाबा सम्झाउनुहुन्छ यस्तो काम नगर। भन्छौ हामी ईश्वरीय सन्तान हौं फेरि विकारमा जानु, यो त आफ्नै सत्यानाश गर्नु हो। कुनै पनि भूल भयो भने झट्ट बाबालाई बताइदेऊ। विकार विना रहन सक्दैनौ भने यहाँ नआउनु राम्रो हो। नत्र वायुमण्डल खराब हुन्छ। तिमीहरूको बीचमा कुनै बकुल्ला वा अशुद्ध खानेवाला बस्यो भने कति खराब लाग्छ। बाबा भन्नुहुन्छ यस्तालाई लिएर आउनेमाथि दोष आउँछ। दुनियाँमा यस्ता सत्सङ्ग त धेरै छन्, गएर त्यहाँ भक्ति गरोस्। भक्तिको लागि मनाहि छैन। भगवान आउनुहुन्छ पवित्र बनाउन, पवित्र वैकुण्ठको वर्सा दिनको लागि। बाबा भन्नुहुन्छ केवल बाबा र वर्सालाई याद गर। साथै खान-पानको परहेजको युक्तिहरू पनि बताइन्छ। परहेजको लागि धेरै प्रकारका युक्तिहरू पनि निकाल्न सक्छौ। स्वास्थ्य ठीक छैन, डाक्टरले मनाहि गरेको छ। ठीकै छ, हजुरले भनिहाल्नु भयो म फल लिउँला। आफ्नो बचाउ गर्नको लागि यस्तो भन्नु कुनै झुट हुँदैन। बाबा मनाहि गर्नुहुन्न। यस्तो बच्चाहरूको खोजीमा हुनुहुन्छ बाबा, जो बिल्कुलै मीठो होस्, कुनै पुरानो स्वभाव नहोस्। सेवाधारी, बफादार, फरमानवरदार होस्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यस मायावी दुनियाँमा हर कुरामा दु:ख छ, त्यसैले यस पुरानो दुनियाँमा कुनै पनि आशा राख्नु हुँदैन। मायाको तुफान आए पनि कहिल्यै कुल कलंकित नबन।

२) खान-पानको धेरै परहेज राख्नु छ, पार्टी आदिमा जाँदा धेरै युक्तिले चल्नुपर्छ।

वरदान:
नराम्रोमा पनि नराम्रोलाई नहेरेर राम्रो पाठ पढ्ने अनुभवीमूर्त भव

चाहे सारा कुरा नराम्रो छ तर त्यसमा पनि एक दुई गुण अवश्य हुन्छ। पाठ पढाउने राम्रोपन त हर कुरामा समाहित भएको नै हुन्छ किनकि हरेक कुरा अनुभवी बनाउन निमित्त बन्छ। धैर्यको पाठ पढाइदिन्छ। अर्कोले आवेश देखाइरहेको छ र तिमीले त्यस समयमा धैर्य वा सहनशीलताको पाठ पढिरहेका छौ। त्यसैले भनिन्छ जे भइरहेको छ त्यो राम्रो र जे हुनु छ त्यो अझ राम्रो। गुण लिन केवल बुद्धि हुनु पर्छ। नराम्रोलाई नहेरेर राम्रोलाई लियौ भने नम्बरवन बन्छौ।

स्लोगन:
सदा प्रसन्नचित्त रहनको लागि शान्तिको शक्तिद्वारा नराम्रोलाई राम्रोमा परिवर्तन गर।