22.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी धेरै रोयल विद्यार्थी हौ । तिमी बाबा , टिचर र सद्गुरुको यादमा रहनु छ , अलौकिक सेवा गर्नु छ।

प्रश्न:
जो स्वयं आफूलाई बेहदको पार्टधारी सम्झेर चल्छन्, उनको निशानी सुनाऊ?

उत्तर:
उनको बुद्धिमा कुनै पनि सूक्ष्म वा स्थूल देहधारीको याद रहँदैन। उनले एक बाबा र शान्तिधाम घरको याद गरिरहन्छन् किनकि महानता एकको नै छ। जसरी बाबाले सारा दुनियाँको सेवा गर्नुहुन्छ, पतितहरूलाई पावन बनाउनु हुन्छ, त्यसैगरी बच्चाहरू पनि बाबा समान सेवाधारी बन्छन्।

ओम् शान्ति ।
सबै भन्दा पहिला बाबा बच्चाहरूलाई सावधानी दिनुहुन्छ। जब यहाँ बाबाको अगाडि बस्छौ, आफूलाई आत्मा सम्झेर बसेका छौ? यो पनि बुद्धिमा ल्याऊ, हामी बाबाको अगाडि बसेका छौं, टिचरको अगाडि पनि बसेका छौं। नम्बर वन कुरा हो हामी आत्मा हौं, बाबा पनि आत्मा हुनुहुन्छ, टिचर पनि आत्मा हुनुहुन्छ, गुरु पनि आत्मा हुनुहुन्छ। एउटै हुनुहुन्छ नि। तिमीले यो नयाँ कुरा सुन्छौ। तिमीले भन्छौ, बाबा हामीले त कल्प-कल्प यो कुरा सुन्छौं। बुद्धिमा यो याद रहोस्, बाबाले पढाउनु हुन्छ, हामी आत्माहरूले यी कर्मेन्द्रियहरूद्वारा सुन्छौं। यो ज्ञान अहिले नै तिमी बच्चाहरूलाई मिल्छ, उच्च भन्दा उच्च भगवानद्वारा। उहाँ सबै आत्माहरूका बाबा हुनुहुन्छ, जसले वर्सा दिनुहुन्छ। के ज्ञान दिनुहुन्छ? सबैको सद्गति गर्नुहुन्छ अर्थात् घर लैजानुहुन्छ। कतिलाई लैजानुहुन्छ? यो सबै तिमीलाई थाहा छ। लामखुट्टेहरू जस्तै सबै आत्माहरूलाई जानु छ। सत्ययुगमा एउटै धर्म, पवित्रता-सुख-शान्ति सबै हुन्छ। तिमी बच्चाहरूलाई चित्रद्वारा सम्झाउन धेरै सजिलो छ। बच्चाहरूले पनि नक्सा हेरेर बुझ्छन् नि, यो ईंग्लेण्ड हो, यो हो अनि त्यो याद आउँछ। यो पनि यस्तै हो। एक एक विद्यार्थीलाई सम्झाउनु पर्ने हुन्छ, महिमा पनि एउटैको हो शिवाय नम: उच्च भन्दा उच्च भगवान। रचयिता पिता घरमा ठूला हुन्छन् नि। त्यो हो हदको, उहाँ हुनुहुन्छ सारा बेहदको घरका बाबा। उहाँ फेरि टिचर पनि हुनुहुन्छ। तिमीलाई पढाउनु हुन्छ। त्यसैले तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। तिमी रोयल विद्यार्थी पनि हौ। बाबा भन्नुहुन्छ म साधारण तनमा आउँछु। प्रजापिता ब्रह्मा पनि अवश्य यहाँ हुनुपर्छ। उहाँ नभए कसरी काम चल्न सक्छ? र, अवश्य बुज्रुक नै हुनुपर्छ किनकि एडप्टेड हुन् नि। त्यसैले बुज्रुक चाहिन्छ। कृष्णले त बच्चे बच्चे भन्न सक्दैनन्। बुज्रुकलाई नै शोभा दिन्छ। बच्चालाई पनि कसैले बाबा भन्छ र? त्यसैले बच्चाहरूलाई पनि थाहा हुनुपर्छ, हामी कसको अगाडि बसेका छौं। भित्र खुसी पनि हुनुपर्छ। विद्यार्थी जहाँ बसेको भए पनि उसको बुद्धिमा बाबाको पनि याद आउँछ, टिचरको पनि याद आउँछ। उनीहरूका त बाबा अलग, टिचर अलग हुन्छन्। तिम्रो त एउटै बाबा-टिचर-गुरु हुनुहुन्छ। यी बाबा पनि त विद्यार्थी हुन्। पढ्दै छन्। केवल रथलाई सापटी दिएका हुन् अरू केही फरक छैन। बाँकी तिमी जस्तै हुन्। यिनको आत्माले पनि त्यही बुझ्छ, जे तिमीले बुझ्छौ। महानता छ नै एकको। उहाँलाई नै प्रभु, ईश्वर भनिन्छ। यिनले पनि भन्छन्, आफूलाई आत्मा सम्झेर एक परमात्मालाई याद गर, बाँकी सबै सूक्ष्म वा स्थूल देहधारीहरूलाई बिर्सिदेऊ। तिमी शान्तिधाम निवासी हौ। तिमी हौ बेहदको पार्टधारी। यो कुरा अरू कसैले पनि जानेका छैनन्। सारा दुनियाँमा कसैलाई थाहा छैन, यहाँ जो आउँछन् उनैले बुझ्छन्। अनि बाबाको सेवामा आउँदै गर्छन्। ईश्वरीय सेवाधारी भए नि। बाबा पनि आउनु भएको छ सेवा गर्न। पतितहरूलाई पावन बनाउने सेवा गर्नुहुन्छ। राज्य गुमाएर फेरि जब दु:खी हुन्छन् अनि बाबालाई बोलाउँछन्। जसले राज्य दिनुभएको हो, उहाँलाई नै बोलाउँछन्।

तिमी बच्चाहरूलाई थाहा छ बाबा सुखधामको मालिक बनाउन आउनु भएको छ। दुनियाँमा यो कसैलाई थाहा छैन। हुन् त सबै एकै धर्मका। यो हो नै मुख्य धर्म। अवश्य जब यो हुँदैन तब नै त बाबा आएर स्थापना गर्नुहुन्छ। बच्चाहरूले सम्झन्छन् भगवान जसलाई सारा दुनियाँले अल्लाह, गड भनेर पुकार्छन्, उहाँ नै यहाँ ड्रामा अनुसार कल्प पहिला जस्तै आउनु भएको छ। यो गीताको वृत्तान्त हो, जसमा बाबा आएर स्थापना गर्नुहुन्छ। गायन पनि छ ब्राह्मण र देवी-देवता... क्षत्रिय भनिदैन। ब्राह्मण देवी-देवताय नम: भनिन्छ किनकि क्षत्रिय त फेरि पनि २ कला कम हुन्छन् नि। स्वर्ग भनिन्छ नै नयाँ दुनियाँलाई। त्रेतालाई नयाँ दुनियाँ भनिदैन। पहिला पहिला सत्ययुगमा हुन्छ एकदम नयाँ दुनियाँ। यो हो पुरानो भन्दा पुरानो दुनियाँ। फेरि नयाँ भन्दा नयाँ दुनियाँमा जान्छौं। हामी अब त्यस दुनियाँमा जान्छौं त्यसैले त बच्चाहरूले भन्छन् हामी नरबाट नारायण बन्छौं। कथा पनि हामीले सत्यनारायणको सुन्छौं। राजकुमार बन्ने कथा भनिदैन। सत्यनारायणको कथा हो। उनीहरूले नारायणलाई बेग्लै सम्झन्छन्। तर नारायणको कुनै जीवन कहानी त छैन। ज्ञानका कुरा त धेरै छन् नि त्यसैले त ७ दिन लगाइन्छ। ७ दिनसम्म भट्ठीमा बस्नुपर्छ। तर यस्तो पनि होइन, यहीं भट्ठीमा रहनु छ। यस्तो भए त फेरि भट्ठीको बहाना बनाएर धेरै आउने छन्। पढाइ बिहान र बेलुकी हुन्छ। दिउँसो वातावरण ठीक रहँदैन। राती पनि १० देखि १२ सम्मको समय बिल्कुलै खराब हुन्छ। यहाँ तिमी बच्चाहरूले पनि मेहनत गर्नु पर्छ, यादमा रहेर सतोप्रधान बन्ने। त्यहाँ त सारा दिन काम-धन्दामा नै रहन्छौ। यस्ता पनि धेरै हुन्छन् जो काम-धन्दा गर्दै फेरि पढ्छन्, धेरै राम्रो नोकरी गर्नको लागि। यहाँ पनि तिमीले पढ्छौ भने टिचरलाई याद गर्नुपर्छ जसले पढाउनु हुन्छ। ठीक छ, टिचर सम्झेरै याद गर्छौ भने पनि तीनैवटा सँगसँगै याद हुन्छ बाबा, टिचर, गुरु। तिम्रो लागि धेरै सहज छ त्यसैले तुरुन्तै याद आउनु पर्छ। उहाँ हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर र गुरु पनि हुनुहुन्छ। उच्च भन्दा उच्च बाबा हुनुहुन्छ जसबाट हामीले स्वर्गको वर्सा लिइरहेका छौं। हामी स्वर्गमा अवश्य जान्छौं। स्वर्गको स्थापना अवश्य हुनु छ। तिमीले पुरुषार्थ गर्छौ केवल उच्च पद पाउनको लागि। यो पनि तिमीले जानेका छौ। मानिसहरूले पनि थाहा पाउँछन्, तिम्रो आवाज फैलिदै जान्छ। तिमी ब्राह्मणहरूको अलौकिक धर्म हो श्रीमत अनुसार अलौकिक सेवामा तत्पर रहनु। यो पनि मानिसहरूले थाहा पाउँछन्, तिमीले श्रीमत अनुसार कति उच्च कार्य गरिरहेका छौ। तिम्रो जस्तो अलौकिक सेवा कसैले गर्न सक्दैन। तिमी ब्राह्मण धर्मकाले नै यस्तो कर्म गर्छौ। त्यसैले यस्तो कर्मा लाग्नुपर्छ, यसैमा व्यस्त रहनु पर्छ। बाबा पनि व्यस्त रहनुहुन्छ नि। तिमीले राजधानी स्थापना गरिरहेका छौ। उनीहरूले त पंचायत मिलेर सिर्फ पालना गरिरहन्छन्। यहाँ तिमीले गुप्त भेषमा के गरिरहेका छौ। तिमी हौ गुप्त, अज्ञात योद्धा, अहिंसक। यसको अर्थ पनि कसैले जानेका छैनन्। तिमी हौ डबल अहिंसक सेना। ठूलो हिंसा त यो विकारको हो जसले पतित बनाउँछ। यसलाई नै जित्नु छ। भगवानुवाच काम महाशत्रु हो। यसलाई जितेर नै तिमी जगतजित बन्छौ। यी लक्ष्मी-नारायण पनि जगतजित हुन् नि। भारत जगतजित थियो। यी विश्वको मालिक कसरी बने! यो पनि अरूले बुझ्न सक्दैनन्। यसलाई बुझ्न अति विशाल बुद्धि हुनुपर्छ। ठूला-ठूला परीक्षाको लागि पढ्नेहरूमा विशाल बुद्धि हुन्छ नि। तिमीले श्रीमत अनुसार आफ्नो राज्य स्थापना गर्छौ। तिमीले कसैलाई पनि सम्झाउन सक्छौ, विश्वमा शान्ति थियो, अरू कुनै राज्य थिएन। स्वर्गमा शान्ति मात्रै हुँदैन। स्वर्गलाई भनिन्छ नै गार्डेन अफ अल्लाह। केवल बगैंचा मात्रै हुन्छ र? मनुष्य पनि चाहियो नि। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी स्वर्गको मालिक बनिरहेका छौं। तिमी बच्चाहरूमा कति नशा रहनु पर्छ र उच्च विचार हुनुपर्छ। तिमीले बाहिरको कुनै पनि सुख चाहदैनौ। यतिबेला तिमीलाई बिल्कुलै साधारण रहनु छ। अब तिमी घरमा जाँदैछौ। यो हो माइती घर। यहाँ तिमीलाई डबल पिता मिलेका छन्। एक निराकार उच्च भन्दा उच्च, दोस्रो साकार, उनी पनि उच्च। अब तिमी विष्णुपुरीमा जान्छौ। त्यसलाई कृष्णपुरी भनिंदैन। बच्चाहरूको पुरी हुँदैन। विष्णुपुरी अर्थात् लक्ष्मी-नारायणको पुरी। तिम्रो हो राजयोग। त्यसैले अवश्य नरबाट नारायण बन्छौ।

तिमी बच्चाहरू हौ सच्चा-सच्चा ईश्वरीय सेवाधारी। बाबा सच्चा खुदाइ खिदमतगार उसलाई भन्नुहुन्छ जसले कम-से-कम ८ घण्टा आत्म-अभिमानी रहने पुरुषार्थ गर्छ। कुनै पनि कर्म बन्धन भएन भने खिदमतगार बन्न सक्छौ र कर्मातीत अवस्था पनि हुन सक्छ। नरबाट नारायण बन्नु छ भने कर्मातीत अवस्था अवश्य हुनुपर्छ। कर्म बन्धन भयो भने सजाय भोग्नुपर्छ। बच्चाहरूले स्वयं सम्झन्छन् यादको मेहनत धेरै कडा छ। युक्ति धेरै सहज छ, सिर्फ बाबालाई याद गर्नु छ। भारतको प्राचीन योग प्रसिद्ध छ। योगको लागि नै ज्ञान हो जुन बाबा आएर सिकाउनु हुन्छ। कृष्णले कुनै योग सिकाउँदैनन्। कृष्णलाई फेरि स्व-दर्शन चक्र दिइएको छ। त्यो चित्र पनि कति गलत छ। अहिले तिमीलाई कुनै चित्र आदि पनि याद गर्नु छैन। सबै कुरा बिर्सिदेऊ। कसैमा बुद्धि नजाओस्। लाइन क्लियर हुनुपर्छ। यो हो पढाइको समय। दुनियाँलाई बिर्सेर आफूलाई आत्मा सम्झ अनि बाबालाई याद गर्नु छ, तब नै पाप नाश हुन्छ। बाबा भन्नुहुन्छ पहिला-पहिला तिमी अशरीरी आएका थियौ, फेरि तिमीलाई जानु छ। तिमी आलराउण्डर हौ। उनीहरू हुन् हदका कलाकार, तिमी हौ बेहदका। अहिले तिमीले सम्झन्छौ हामीले अनेकौं पल्ट पार्ट खेलेका छौं। अनेकौं पल्ट तिमी बेहदको मालिक बन्छौ। यस बेहदको नाटकमा फेरि साना-साना नाटक पनि अनेकौं पल्ट चलिरहन्छन्। सत्ययुगदेखि कलियुगसम्म जे जति भएको छ त्यो दोहोरिरहन्छ। माथिदेखि अन्त्यसम्म तिम्रो बुद्धिमा छ। मूल वतन, सूक्ष्म वतन र सृष्टिको चक्र, पुग्यो। अरू कुनै धामसँग तिम्रो कुनै काम छैन। तिम्रो धर्मले धेरै सुख दिन्छ। उनको जहिले समय आउँछ तब आउँछन्। नम्बरवार जसरी आएका हुन् त्यसैगरी फेरि जान्छन्। हामीले अरू धर्मको के वर्णन गर्ने? तिमीलाई केवल एक बाबाको नै याद रहनु छ। चित्र आदि यो सबै बिर्सेर एक बाबालाई याद गर्नु छ। ब्रह्मा-विष्णु-शंकरलाई पनि होइन, सिर्फ एकलाई। उनीहरूले सम्झन्छन् परमात्मा लिङ्ग हुनुहुन्छ। अब लिङ्ग जस्तो कुनै चीज कसरी हुन सक्छ? त्यसले कसरी ज्ञान सुनाउन सक्छ? के प्रेरणाद्वारा कुनै लाउड स्पिकर राखिन्छ जसबाट तिमीले सुन्छौ? प्रेरणाबाट त केही पनि हुन सक्दैन। यस्तो होइन, शंकरलाई प्रेरित गरिन्छ। यो सबै ड्रामामा पहिलादेखि नै निश्चित छ। विनाश त हुनु नै छ। जसरी तिमी आत्माहरूले शरीरद्वारा कुरा गर्छौ, त्यसैगरी परमात्माले पनि तिमी बच्चाहरूसँग कुरा गर्नुहुन्छ। उहाँको पार्ट नै दिव्य अलौकिक छ। पतितहरूलाई पावन बनाउने एक बाबा नै हुनुहुन्छ। भन्नुहुन्छ, मेरो पार्ट सबै भन्दा अलग्गै छ। कल्प पहिला जो आएका थिए, उनीहरू आइरहन्छन्। जे पनि बित्यो त्यो ड्रामा, यसमा कत्ति पनि फरक पर्दैन। पुरुषार्थको ख्याल राख्नु छ। यस्तो होइन ड्रामा अनुसार मेरो कम पुरुषार्थ चल्छ, फेरि त पद पनि धेरै कम हुन्छ। पुरुषार्थलाई तीव्र पार्नुपर्छ। ड्रामा माथि छोडिदिनु हुँदैन। आफ्नो चार्टलाई हेर्दै गर। बढाउँदै गर। नोट गर्दै गर मेरो चार्ट बढ्दै गएको छ? कम त हुँदैन? धेरै खबरदारी हुनुपर्छ। यहाँ तिम्रो छ ब्राह्मणहरूको सङ्गत । बाहिर सबै छ कुसङ्गत । उनीहरू सबैले उल्टै सुनाउँछन्। अहिले बाबाले तिमीलाई कुसङ्गतबाट निकाल्नुहुन्छ।

मानिसहरूले कुसङ्गतमा आएर आफ्नो रहन-सहन, आफ्नो पहिरन आदि सबै बदलेका छन्, देश-भेष नै बदलिदिएका छन्, यो पनि आफ्नो धर्मलाई अपमान गरे जस्तै हो। हेर कपाल पनि कस्तो-कस्तो बनाउँछन्? देह-अभिमान छ। १००-१५० रूपैया दिन्छन् केवल कपाल बनाउनको लागि। यसलाई भनिन्छ अति देह-अभिमान। उनीहरूले फेरि कहिल्यै ज्ञान लिन सक्दैनन्। बाबा भन्नु हुन्छ बिल्कुल साधारण बन। महंगो साह्री लगाउनाले पनि देह-अभिमान आउँछ। देह-अभिमान तोड्नको लागि सबैलाई साधारण बनाइदिनुपर्छ। सुन्दर र महंगा वस्तुहरूले देह-अभिमानमा ल्याउँछ। तिमी यतिबेला वनवाहमा छौ नि। हरेक चीजबाट मोह हटाउनु छ। धेरै साधारण रहनु छ। विवाह आदिमा बरू रङ्गीन कपडा लगाएर जाऊ, कर्तव्य निर्वाह गर्नको लागि लगायौ, फेरि घरमा आएर बदलिदियौ। तिमीलाई त वाणी भन्दा पर जानु छ। वानप्रस्थीले सेतो लुगा लगाउँछन्। तिमीहरू हरेक साना-ठूला सबै वानप्रस्थी हौ। साना बच्चाहरूलाई पनि शिवबाबाको नै याद गराउनु छ। यसैमा कल्याण छ। अब हामीलाई जानु छ शिवबाबाको पासमा। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सदा ध्यान रहोस् हाम्रो कुनै पनि चालचलन देह-अभिमानीको जस्तो नहोस्। धेरै साधारण रहनु छ। कुनै पनि चीजमा ममत्व राख्नु छैन। कुसङ्गतबाट आफूलाई बचाउनु छ।

२) यादको मेहनतद्वारा सबै कर्मबन्धनहरूलाई तोडेर कर्मातीत बन्नु छ। कम से कम ८ घण्टा आत्म-अभिमानी रहेर सच्चा-सच्चा ईश्वरीय सेवाधारी बन्नु छ।

वरदान:
सदा बेहदको स्थितिमा स्थित रहने बन्धनमुक्त , जीवनमुक्त भव

देह-अभिमान हदको स्थिति हो र देही अभिमानी बन्नु यो हो बेहदको स्थिति। देहमा आउनाले अनेक कर्मको बन्धनमा आउनु पर्छ तर जब देही बन्छौ अनि यी सबै बन्धनहरू समाप्त हुन्छन्। जसरी भनिन्छ बन्धनमुक्त नै जीवनमुक्त हो, त्यस्तै जो बेहदको स्थितिमा स्थित रहन्छन् उनीहरू दुनियाँको वातावरण, प्रकम्पन, तमोगुणी वृत्ति, मायाको वार यी सबैबाट मुक्त हुन्छन्। यसलाई नै भनिन्छ जीवनमुक्त स्थिति, जसको अनुभव संगममा नै गर्नु छ।

स्लोगन:
निश्चयबुद्धिको निशानी निश्चित विजयी र निश्चिन्त स्थिति हो, उसको पासमा व्यर्थ आउन सक्दैन।