22.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी ब्राह्मणहरूको यो नयाँ वृक्ष हो , यसको वृद्धि पनि गर्नु छ अनि सम्हाल पनि गर्नु छ किनकि नयाँ बिरुवालाई चराहरूले खाइदिन्छन्।”

प्रश्न:–
ब्राह्मण वृक्षमा निस्किएका पातहरू किन ओइलाउँछन्? यसको कारण एवं निवारण के हो?

उत्तर:–
बाबाले जो ज्ञानको अद्भुत रहस्य सुनाउनु हुन्छ, त्यो नबुझ्नाले संशय उत्पन्न हुन्छ। त्यसैले नयाँ नयाँ पातहरू ओइलाउँछन् अनि पढाइ छोडिदिन्छन्। यसको बारेमा सम्झाउने बच्चाहरू धेरै होसियार हुनुपर्छ। यदि कसैले संशय उठाउँछ भने अग्रजहरूसँग सोध्नुपर्छ। उत्तर मिलेन भने बाबासँग पनि सोध्न सक्छौ।

गीत:–
प्रीतम आन मिलो...

ओम् शान्ति ।
यो गीत त बच्चाहरूले धेरै पटक सुनेका छौ, दु:खमा सबैले भगवानलाई बोलाउँछन्। उहाँ त तिम्रो साथमा बस्नु भएको छ। तिमीलाई सम्पूर्ण दु:खबाट मुक्त गरिरहनु भएको छ। तिमीले जानेका छौं– अवश्य पनि दु:खधामबाट सुखधाममा लैजानेवाला बाबाले यो कुरा बताइरहनु भएको छ। उहाँ आउनु भएको छ, तिम्रो सम्मुख बस्नु भएको छ, राजयोग सिकाइरहनु भएको छ। यो कुनै मनुष्यको काम होइन। तिमीले भन्नेछौ– परमपिता परमात्माले हामीलाई मनुष्यबाट देवता बनाउनको लागि राजयोग सिकाउनु भएको हो। मनुष्यले मनुष्यलाई देवता बनाउन सक्दैनन्। मनुष्यबाट देवता बनाउन समय लाग्दैन... यो कसको महिमा हो? बाबाको। अवश्य पनि देवताहरू नै सत्ययुगमा हुन्छन्। अहिले देवताहरू छैनन्। त्यसैले स्वर्गको स्थापना गर्नेले नै मनुष्यलाई देवता बनाउनु हुन्छ। परमपिता परमात्मा जसलाई शिव पनि भन्छन्, उहाँलाई यहाँ आउनु पर्छ पतितलाई पावन बनाउन। अब उहाँ आउनु हुन्छ कसरी? पतित दुनियाँमा त कृष्णको शरीर जन्मन पनि सक्दैन। मनुष्य त अल्मलिएका छन्। अहिले तिमी बच्चाहरूले परमात्माको सम्मुख यो ज्ञान सुनिरहेका छौ। तिमीले यस दुनियाँको इतिहास भूगोल जान्दछौ। इतिहाससँग भूगोल हुनै पर्छ र इतिहास भूगोल हुन्छ मनुष्य सृष्टिमा। ब्रह्मा-विष्णु-शङ्करको, सूक्ष्मवनतको कहिल्यै इतिहास हुँदैन। त्यो हो सूक्ष्मवतन। त्यहाँ हुन्छ इसारा (मूवी)। आवाज (टकी) त यहाँ हुन्छ। अहिले बाबाले तिमी बच्चाहरूलाई तीन लोक भनिने सारा दुनियाँको इतिहास भूगोल एवं मूल वतनको समाचार सुनाइरहनु भएको छ। अहिले तिमी ब्राह्मणहरूको नयाँ वृक्ष लगाइएको छ। यसलाई वंशवृक्ष भनिन्छ। अरू जुन मठ-पंथ छन् तीनलाई वंशवृक्ष भनिदैन। छन त क्रिस्चियनहरू छन्, उनीहरूले पनि जानेका छन् क्रिस्चियन वृक्ष छुट्टै हो तर उनीहरूका सबै हाँगाबिँगा यही ठुलो वृक्षबाट निस्किएका हुन् भन्ने थाहा छैन। सम्झाउनु पर्छ– मनुष्य सृष्टि कसरी पैदा हुन्छ। मात पिता फिर बालक... त्यो पनि सबै एकैचोटि त निस्किदैनन्। दुईबाट चार, पाँच पात हुन्छन् अनि कसैलाई त चराहरूले खाइदिन्छन्। यहाँ पनि चराचुरूङ्गीहरूले खाइदिन्छन्। यो धेरै सानो वृक्ष छ। जसरी पहिला बढेको थियो त्यसैगरी बिस्तारै बिस्तारै बढ्दै जान्छ। तिमी बच्चाहरूलाई अहिले कति धेरै ज्ञान भएको छ। तिमी त्रिकालदर्शी हौ, तीनै काललाई जान्नेवाला हौ, त्रिलोकीनाथ हौ अर्थात् तीनै लोकलाई जान्नेवाला हौ। लक्ष्मी-नारायणलाई पनि त्रिलोकीनाथ, त्रिकालदर्शी भनिदैन। मनुष्यले त कृष्णलाई त्रिलोकीनाथ भन्छन्। जसले सेवा गर्नेछ उसका प्रजा बन्छन्। आफ्ना वारिस पनि बनाउनु छ प्रजा पनि बनाउनु छ। त्यसैले यो कुरा बुद्धिमा रहनुपर्छ– हामी नै त्रिलोकीनाथ हौं। यो कुरा अत्यन्तै आश्चर्यजनक छ। बच्चाहरूले राम्ररी सम्झाउन सकेनन् भने सिर्जनाको सट्टा विनाश गर्नेछन्। ज्ञानमा निस्किएका पातहरू ओइलाउँछन् अनि पढाइ नै छोडिदिन्छन्। हामीले भन्छौं– कल्प पहिला पनि यस्तै भएको थियो, जे भयो सो भयो भन्ने सम्झ। अहिले तिमी बच्चाहरूले सारा सृष्टिको आदि-मध्य-अन्त्यका बारेमा जानेका छौ, इतिहास भूगोल जान्दछौ। अरू मनुष्यले कुरा त धेरै बनाउँछन् नि, के-के लेख्छन्, कस्ता-कस्ता नाटक बनाउँछन्!

भारतवर्षमा धेरैका अवतार मान्छन्। यसबाट आफ्नै बेडा डुबाएका छन्। अहिले तिमी बच्चाहरूले विश्वलाई उद्धार गर्छौ। यो दुनियाँको चक्र घुमिरहन्छ, हामी माथि हुन्छौं त्यतिबेला नर्क तल हुन्छ। जसरी सूर्य अस्ताएपछि सूर्य समुद्रको तल गएको भन्छन्। तर कहाँ जान्छ र? सम्झन्छन् द्वारिका आदि डुबे। मनुष्यको बुद्धि पनि अचम्मको छ नि। अहिले तिमी कति महान बनेका छौ। कति खुशी हुनुपर्छ। दु:खको समयमा तिमीलाई चिट्ठा परिरहेको छ। देवताहरूलाई त चिट्ठा मिलेको छ। यहाँ अहिले तिमीलाई दु:खबाट फेरि अथाह सुख प्राप्त हुन्छ। कति खुशी हुन्छ, भविष्यमा २१ जन्मको लागि हामी स्वर्गको मालिक बन्नेछौं।

मनुष्यले भन्छन्– गीताको ज्ञान त सतसङ्ग हो। साईबाबा आदिका कति सतसङ्ग हुन्छन्। धेरै दोकानदारी छन्। ब्रह्माकुमारीहरूको त यो एउटै पसल हो । जगत् अम्बा हुन् ब्रह्माकी मुखवंशावली। सरस्वती ब्रह्माकी पुत्रीको रूपमा धेरै प्रख्यात छिन्। तिमीलाई थाहा छ– माता-पिताबाट हामीलाई धेरै सुख प्राप्त भएको थियो। अहिले उनै माता पिता मिल्नु भएको छ। धेरै सुख दिइरहनु भएको छ। ठीक छ, माता-पितालाई जन्म दिने को हुनुहुन्छ? शिवबाबा। हामीलाई ज्ञान रत्न शिवबाबाबाट प्राप्त हुन्छ। तिमी भयौ नाति-नातिना। हामीले अहिले बेहदका बाबाबाट, ब्रह्मा सरस्वती, माता पिताद्वारा धेरै सुख लिइरहेका छौं। दिनेवाला उहाँ बाबा हुनुहुन्छ। कति सहज कुरा छ। बुझाउनु छ– हामीले यस दुनियाँलाई स्वर्ग बनाउँछौं। फेरि गएर बेहद सुख पाउनेछौं। हामी विश्व सेवक हौं। तन, मन, धनबाट हामीले सेवा गर्छौं। गान्धीलाई पनि सहयोग गर्थे नि। तिमीले सम्झाउन सक्छौ– यादव, कौरव, पाण्डवले के गर्थे? पाण्डवहरूको पक्षमा त परमपिता परमात्मा हुनुहुन्छ। पाण्डवहरू हुन् विनाश काले प्रीत बुद्धि, कौरव अनि यादव हुन् विनाश काले विपरीत बुद्धि, जसले परमपितालाई मान्दै मान्दैनन्। परमात्मालाई ढुङ्गा माटोमा लगेर राखिदिन्छन्। तिम्रो उहाँ बाहेक अरू कसैसँग प्रीत छैन। त्यसैले धेरै हर्षित हुनुपर्छ। पाउदेखि शिरसम्म खुशी हुनुपर्छ। बच्चाहरू त धेरै छन् नि। तिमीले माता पिताद्वारा ज्ञानका कुरा सुन्छौ, त्यसैले तिमीलाई खुशी हुन्छ। सारा सृष्टिमा हामी जस्तो सौभाग्यशाली अरू कोही हुन सक्दैन! हामी मध्ये पनि कोही पदमापदम भाग्यशाली, कोही सौभाग्यशाली, कोही भाग्यशाली र कोही दुर्भाग्यशाली पनि छन्। जो आश्चर्यवत् भागन्ती हुन्छन् तिनीहरूलाई भनिन्छ धेरै नै दुर्भाग्यशाली। कसै-कसैले बहाना बनाएर बाबासँग सम्बन्ध विच्छेद गर्छन्। बाबा त धेरै मीठो हुनुहुन्छ। सम्झनु हुन्छ– शिक्षा दिऊँ जसले गर्दा सम्बन्ध विच्छेद नगरुन्। बाबा सम्झाउनु हुन्छ– तिमी विकारमा गएर कुलको नाम बदनाम गर्छौ। यदि नाम बदनाम गर्यौ भने धेरै सजाय खानुपर्छ। त्यस्तालाई भनिन्छ सतगुरुका निन्दक... उनीहरूले फेरि आफ्ना लौकिक गुरुको लागि भनेको सम्झेका छन्। अबलाहरूलाई पुरुषहरूले पनि डर देखाउँछन्। अमरनाथ बाबाले अहिले तिमीलाई अमर कथा सुनाइरहनु भएको छ। बाबा भन्नुहुन्छ– म त टिचर, सेवक हुँ नि। टिचरको पाउ धोएर पानी पिउँछन् र? बच्चाहरू जो मालिक बन्नेवाला हुन् उनलाई मैले कसरी पाउ धुन लगाऊँ? हुँदैन। गायन पनि गरिन्छ– निराकार, निरहङ्कारी। यी ब्रह्मा बाबा पनि उहाँ (शिवबाबा) को सङ्गले निरहङ्कारी बनेका छन्।

अबलाहरूमाथि अत्याचार भएको भनेर पनि गायन गरिएको छ। कल्प पहिला पनि अत्याचार भएको थियो। रगतका नदी बग्नेछन्, पापका घडा भरिन्छन्। अहिले तिमीले योगबलबाट बेहदको बादशाही लिन्छौ। तिमीलाई थाहा छ– हामीले बाबाबाट अटल अखण्ड बादशाही लिन्छौं। हामी नै सूर्यवंशी बन्नेछौं। हो, यसमा हिम्मत पनि चाहिन्छ। आफ्नो अनुहार हेरिराख– म भित्र कुनै विकार त छैन। कुनै कुरा बुझेनौ भने आफूभन्दा अग्रजसँग सोध, आफ्नो शङ्का मेटाऊ। यदि ब्राह्मणी (टिचर) ले शङ्का निवारण गर्न सकिनन् भने बाबासँग सोध। अहिले तिमी बच्चाहरूले त धेरै कुरा बुझ्नुपर्ने हुन्छ। बाँचुञ्जेलसम्म बाबाले सम्झाइरहुनु हुन्छ। अरूलाई भन– अहिले त मैले पढिरहेको छु, बाबासँग सोध्नेछु वा भन– यो कुरा अहिलेसम्म बाबाले बुझाउनु भएको छैन। पछि गएर बुझाउनु हुन्छ, फेरि सोध्नुहोला। धेरै ज्ञानका कुरा निस्किरहन्छन्। कसैले सोध्नेछन् लडाइँ कहिले हुन्छ? बाबा त्रिकालदर्शी हुनुहुन्छ, उहाँले सम्झाउन सक्नुहुन्छ तर अहिलेसम्म बाबाले भन्नु भएको छैन। अर्जी हाम्रो, मर्जी उहाँको। यसरी आफूलाई छुटाउनु पर्छ।

बगैँचामा बाबाले बच्चाहरूलाई प्रश्न सोध्नुभयो– बाबा हुनुहुन्छ ज्ञानका सागर, त्यसैले अवश्य पनि उहाँले ज्ञान डान्स गर्नुहुन्छ। जब भक्तिमार्गमा शिवबाबाले सबैका मनोकामना पूरा गर्ने भूमिका निर्वाह गर्नुहुन्छ, त्यस समयमा उहाँको यो सङ्कल्प हुन्छ– मैले सङ्गममा गएर बच्चाहरूलाई यो राजयोग सिकाउनु छ? स्वर्गको मालिक बनाउनु छ? यो सङ्कल्प उठ्नेछ वा जब आउने समय हुन्छ तब सङ्कल्प उठ्नेछ?

यस्तो सङ्कल्प आउँदैन भन्ने मनमा लाग्छ। हुन त ज्ञान लोप हुन्छ तर प्रकट तब हुन्छ, जब आउने समय हुन्छ। हुन त हामीमा पनि ८४ जन्मको पार्ट समाहित छ नि। गायन पनि गरिन्छ– भगवानलाई नयाँ सृष्टिको रचना गर्ने सङ्कल्प चल्यो, त्यो पनि जब समय हुन्छ तब सङ्कल्प चल्छ। उहाँ बाबा पनि ड्रामामा बाँधिनु भएको छ। यो धेरै गहन कुरा हो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि-क्लास:– १३-०१-६९

बच्चाहरू यहाँ आएर बस्दा बाबाले सोध्नुहुन्छ– प्यारा बच्चाहरू! शिवबाबालाई याद गर्छौ? अनि विश्वको बादशाहीलाई याद गर्छौ? बेहदका बाबाको नाम शिव हो। फेरि भाषाको कारण अलग अलग नाम राखिदिएका छन्। जस्तै मुबम्बईमा बबुलनाथ भन्छन् किनकि उहाँले काँडालाई फूल बनाउनु हुन्छ। सत्ययुगमा हुन्छ फूल, अहिले यहाँ सबै काँडा छन्। त्यसैले बाबाले रुहानी बच्चाहरूलाई सोध्नुहुन्छ– बेहदका बाबाको यादमा कति समय रहन्छौ? उहाँको नाम हो शिव, कल्याणकारी। तिमीले जति याद गर्छौ त्यति जन्मजन्मान्तरको पाप काटिन्छ। सत्ययुगमा पाप हुँदैहुँदैन। त्यो हो पुण्यात्माहरूको दुनियाँ, यो हो पापात्माहरूको दुनियाँ। पाप गराउनेवाला हो ५ विकार। सत्ययुगमा रावण नै हुँदैन। रावण हो सारा दुनियाँको दुस्मन। अहिले सारा दुनियाँमा रावणको राज्य छ। सबै दु:खी, तमोप्रधान छन् तब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! केवल म एकलाई याद गर। यो गीताको महावाक्य हो। बाबा स्वयं भन्नुहुन्छ– देह सहित सबै सम्बन्धलाई छोडेर केवल एक मलाई मात्र याद गर। सबैभन्दा पहिला तिमी सुखको सम्बन्धमा थियौ, पछि रावणको बन्धनमा आएका हौ। फेरि अब सुखको सम्बन्धमा आउनु छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर– यो शिक्षा बाबाले सङ्गमयुगमा नै दिनुहुन्छ। बाबा स्वयं भन्नुहुन्छ– म परमधाम निवासी हुँ, तिमीहरूलाई सम्झाउनको लागि यो शरीरमा प्रवेश गरेको छु। बाबा भन्नुहुन्छ– पवित्र नबनी तिमी मेरो साथमा आउन सक्दैनौ। फेरि पावन कसरी बन्छौ? केवल मलाई याद गर। भक्तिमार्गमा पनि मेरै पूजा गर्थ्यौ, त्यसलाई अव्यभिचारी पूजा भनिन्छ। अहिले म पतित-पावन हुँ। त्यसैले तिमीले मलाई याद गर्यौ भने तिम्रो जन्मजन्मान्तरको पाप काटिन्छ। ६३ जन्मको पाप छ। संन्यासीले कहिल्यै पनि राजयोग सिकाउन सक्दैनन्, बाबाले नै सिकाउनु हुन्छ। वास्तवमा यी शास्त्र, भक्ति आदि प्रवृत्ति मार्गमा रहनेका लागि हुन्। संन्यासीहरू त जङ्गलमा गएर बस्छन् र ब्रह्मलाई याद गर्छन्। अहिले बाबा भन्नुहुन्छ– सबैको सद्गतिदाता म हुँ। त्यसैले मलाई याद गर्यौ भने तिमी यी लक्ष्मी-नारायणजस्तै बन्छौ। लक्ष्य-उद्देश्य सामुन्ने छ। जति पढ्नेछौ, पढाउनेछौ दैवी राजधानीमा गएर त्यत्ति उच्च पद पाउने छौ। अल्फ (भगवान) हुनुहुन्छ एक बाबा। रचनाबाट रचनालाई वर्सा प्राप्त हुँदैन। यहाँ हुनुहुन्छ बेहदका बाबा त्यसैले बेहदको वर्सा दिनुहुन्छ। तिमी स्वर्गमा सद्गतिमा हुनेछौ। अरू सबै आत्माहरू फर्केर घर जान्छन्। मुक्ति-जीवनमुक्ति, गति-सद्गति शब्द हुन् नै शान्तिधाम, सुखधामका। बाबाको याद विना घर जान सकिदैन। आत्मा अवश्य पनि पवित्र बन्नुपर्छ। यहाँ सबै नास्तिक छन्। बाबालाई चिनेका छैनन्। तिमी अहिले आस्तिक बनेका छौ। गायन पनि छ– विनाशकाले विपरीत बुद्धि विनश्यन्ति। अहिले विनाशकाल हो नि! चक्र अवश्य घुम्नु छ। विनाशकालमा जसको प्रीत बुद्धि हुन्छ ऊ विजयी हुन्छ। बाबाले कति सहज बनाएर सुनाउनु हुन्छ तर माया रावणले भुलाइदिन्छ। अहिले यो पुरानो दुनियाँको अन्त्य हो। त्यो हो अमरलोक, त्यहाँ काल हुँदैन। बाबालाई भन्छन्– आउनुहोस् हामी सबैलाई साथमा लिएर जानुहोस्। त्यसैले काल हुनुभयो नि। सत्ययुगमा कति सानो वृक्ष हुन्छ! अहिले यो वृक्ष धेरै ठुलो भएको छ।

ब्रह्मा र विष्णुको कर्तव्य के हो? विष्णुलाई देवता भन्छन्। ब्रह्माको त कुनै जुहारत आदि हुँदैन। त्यहाँ न ब्रह्मा, न विष्णु, न शङ्कर हुन्छन्। प्रजापिता ब्रह्मा त यहाँ छन्। सूक्ष्मवतनको केवल साक्षात्कार हुन्छ। स्थूल, सूक्ष्म, मूल वतन हुन्छन् नि! सूक्ष्मवतनमा हुन्छ इसारा (मूवी)। यो बुझ्नुपर्ने कुरा हो। यो गीता पाठशाला हो, जहाँ तिमीले राजयोग सिक्छौ। शिवबाबाले पढाउनु हुन्छ भने अवश्य पनि शिवबाबाको नै याद आउँछ नि। अच्छा!

रुहानी बच्चाहरूलाई रुहानी बाबाको याद-प्यार एवं गुडनाइट।

धारणाको लागि मुख्य सारः–
१) दु:खको समयमा जुन अपार सुखको चिट्ठा मिलेको छ, एक बाबासँग सच्चा प्रीत भएको छ, यो स्मरण गरेर सदा खुशीमा रहनु छ।

२) बापदादा समान निराकारी एवं निरहङ्कारी बन्नु छ। हिम्मत राखेर विकारहरूमाथि विजय प्राप्त गर्नु छ। योगबलबाट बादशाही लिनु छ।

वरदान:–
कर्म गर्दा शक्तिशाली स्टेजमा स्थित भएर रुहानी व्यक्तित्वको अनुभव गराउने कर्मयोगी भव

तिमी बच्चाहरू केवल कर्मकर्ता होइनौ, बरु योगयुक्त भएर कर्म गर्ने कर्मयोगी हौ। त्यसैले तिमीहरूद्वारा हर एकलाई यस्तो अनुभव हुनुपर्छ– काम त यिनीहरू हातले गरिरहेका छन् तर काम गर्दा पनि आफ्नो शक्तिशाली स्टेजमा स्थित छन्। साधारण तरिकाले हिंडिरहेको, उभिइरहेको भए पनि रुहानी व्यक्तित्वको टाढैबाट अनुभव होस्। जसरी सांसारिक व्यक्तित्वले आकर्षित गर्छ, त्यसरी नै तिम्रो आत्मिक व्यक्तित्व, पवित्रताको व्यक्तित्व, ज्ञानी वा योगी आत्माको व्यक्तित्वले पनि स्वत: आकर्षित गर्नेछ।

स्लोगन:–
सही मार्गमा चलेर सबैलाई सही मार्ग देखाउनेहरू नै सच्चा-सच्चा लाइट हाउस हुन्।