23.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
पवित्रता विना विश्व स्वर्ग बन्न सक्दैन । तिमीलाई श्रीमत मिलेको छ– घर गृहस्थमा रह
ेर पवित्र बन , दुवैतर्फ सम्बन्ध निर्वाह गर । ”
प्रश्न:–
अरू सतङ्ग वा
आश्रमहरू भन्दा यहाँको कुनचाहिँ चलन बिलकुल अनौठो छ?
उत्तर:–
ती आश्रमहरूमा मनुष्य गएर बस्छन्, सम्झन्छन्– सङ्गत राम्रो हुन्छ, घर आदिको होहल्ला
हुँदैन। लक्ष्य-उद्देश्य केही पनि हुँदैन। तर यहाँ त तिमी मरजीवा बन्छौ। तिमीलाई
घरबार छुटाइँदैन। घरमा रहेर तिमीले ज्ञान अमृत पिउनु छ, रूहानी सेवा गर्नु छ। यो
चलन ती सतङ्गहरूमा हुँदैन।
ओम् शान्ति ।
बाबा बसेर
बच्चाहरूलाई सम्झाउनुहुन्छ किनकि बच्चाहरूलाई थाहा छ– यहाँ बाबाले नै सम्झाउनुहुन्छ।
त्यसैले घरी-घरी शिव भगवानुवाच भन्न पनि राम्रो लाग्दैन। ती गीता सुनाउनेहरूले
भन्छन् कृष्ण भगवानुवाच। उनी त यहाँ थिए र गएका हुन्। भन्छन्– कृष्णले गीता सुनाएका
थिए, राजयोग सिकाएका थिए। यहाँ त तिमी बच्चाहरूले सम्झन्छौ शिवबाबाले हामीलाई
राजयोग सिकाइरहनु भएको छ अरू कुनै सतङ्ग छैनन् जहाँ राजयोग सिकाउँछन्। बाबा
भन्नुहुन्छ– मैले तिमीलाई राजाको राजा बनाउँछु। उनीहरूले केवल भन्छन्– कृष्ण
भगवानुवाच मनमनाभव। कहिले भनेका थिए? भन्छन्– ५ हजार वर्ष पहिला वा कसैले भन्छन्
क्राइस्टभन्दा ३ हजार वर्ष पहिला। २ हजार वर्ष भन्दैनन् किनकि एक हजार वर्ष जो बीचमा
छ त्यसमा इस्लामी, बौद्धी आए। त्यसैले क्राइस्टभन्दा ३ हजार वर्ष पहिला सत्ययुग
सिद्ध हुन्छ। हामीले भन्छौं– आजभन्दा ५ हजार वर्ष पहिला गीता सुनाउने भगवान आउनु
भएको थियो र आएर देवी-देवता धर्म स्थापन गर्नु भएको थियो। अब ५ हजार वर्षपछि फेरि
उहाँ आउनु पर्छ। यो हो ५ हजार वर्षको चक्र। बच्चाहरूले जान्दछौ– उहाँ बाबाले
यिनीद्वारा सम्झाइरहनु भएको छ। दुनियाँमा त अनेक प्रकारका सतसङ्ग छन् जहाँ मनुष्य
जान्छन्। कोही गएर आश्रममा बसे भने पनि त्यसलाई यसो भन्दैनन्– माता-पितासँग गएर
जन्म लिए वा उनीहरूबाट कुनै वर्सा मिल्छ, त्यो वर्सा मिल्दैन। केवल त्यो सङ्ग राम्रो
सम्झन्छन्। त्यहाँ घर आदिको कुनै पनि हङ्गामा हुँदैन। बाँकी लक्ष्य-उद्देश्य त केही
पनि हुँदैन। यहाँ त तिमीले भन्छौ– हामी माता-पिताको पासमा आएका छौं। यो हो तिम्रो
मरजीवा जन्म। उनीहरूले बच्चालाई एडप्ट गर्छन् अनि ऊ गएर उनीहरूको घरमा बस्छ। यहाँ
त्यो चलन छैन– घर, ससुरालीलाई छोडेर आएर यहाँ बसौं। यो त हुन सक्दैन। यहाँ त
गृहस्थमा रहेरै कमल फूल समान रहनु छ। कुमारी हुन् वा जोसुकै हुन् उनलाई पनि भनिन्छ–
घरमा रहेर नित्य ज्ञान अमृत पिउन आउनुहोस्। ज्ञान बुझेर फेरि अरूलाई बुझाउनु छ।
दुवैतर्फ कर्तव्य निर्वाह गर। गृहस्थ व्यवहारमा पनि रहनु छ। अन्त्यसम्म दुवैतर्फ
कर्तव्य निर्वाह गर्नु छ। अन्त्यमा यहाँ रहे पनि वा त्यहाँ रहे पनि, मृत्यु त सबैको
आउनु नै छ। भन्छन्– राम गए, रावण गयो... त्यसैले यस्तो होइन– सबै यहाँ आएर बस्नु छ।
यिनीहरू त तब निस्कन्छन् जब विषको लागि सताइन्छन्। कन्याले पनि घरमा रहनु पर्छ।
मित्र सम्बन्धीको सेवा गर्नु छ। समाजसेवी त धेरै छन्। सरकारले यति सबैलाई त आफूसँग
राख्न सक्दैन। उनीहरू आफ्नो गृहस्थ व्यवहारमा रहन्छन्। फेरि कसै न कसैले सेवा पनि
गर्छन्। यहाँ तिमीले रूहानी सेवा गर्नु छ। गृहस्थ व्यवहारमा पनि रहनु छ। हो, जब
विकारको लागि धेरै हैरान पार्छन् तब आएर ईश्वरीय शरण लिन्छन्। यहाँ विषका कारण
बच्चीहरूले धेरै पिटाइ खान्छन् र अन्यत्र कहीँ पनि यो कुरा हुँदैन। यहाँ त पवित्र
रहनु पर्छ। सरकारले पनि पवित्रता चाहन्छन्। तर गृहस्थ व्यवहारमा रहेरै पवित्र बनाउने
तागत ईश्वरमा मात्रै रहन्छ। समय यस्तो छ जुन सरकारले पनि चाहन्छ– बच्चाहरू धेरै पैदा
नहुन् किनकि गरिबी धेरै छ। त्यसैले चाहन्छन्– यहाँ पवित्रता होस्, बच्चाहरू कम होऊन्।
बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ। यो कुरा उनीहरूको
बुद्धिमा छैन। भारतवर्ष पवित्र थियो, अहिले अपवित्र छ। सबै आत्माहरूले स्वयं पनि
चाहन्छन्– पवित्र बनौं। यहाँ दु:ख धेरै छ। तिमी बच्चाहरूले जान्दछौ– पवित्रता विना
भारतवर्ष स्वर्ग बन्न सक्दैन। नर्कमा हुन्छ नै दु:ख। अब नर्क त अरू कुनै चीज होइन।
जसरी गरुड पुराणमा देखाउँछन् वैतरणी नदी हुन्छ, जसमा मनुष्य डुब्छन्। यस्तो त कुनै
नदी छैन जहाँ सजाय खान्छन्। सजाय त गर्भ जेलमा मिल्छ। सत्ययुगमा त गर्भजेल हुदैन,
जहाँ सजाय मिल्छ। त्यहाँ गर्भ महल हुन्छ। यस समयमा सारा दुनियाँ जीवित नर्क हो। जहाँ
मनुष्य दु:खी रोगी छन्। एक अर्कालाई दु:ख दिइरहन्छन्। स्वर्गमा यो केही हुँदैन।
अहिले बाबाले सम्झाउनुहुन्छ– म तिम्रो बेहदको बाबा हुँ। म रचयिता हुँ, त्यसैले
अवश्य स्वर्ग नयाँ दुनियाँ रच्छु। स्वर्गको लागि आदि सनातन देवी-देवता धर्म रच्छु।
भन्छन्– तुम माता-पिता... कल्प-कल्प यो राजयोग सिकाउनु भएको थियो। ब्रह्माद्वारा
बसेर सबै वेद शास्त्रको आदि-मध्य-अन्त्यको सार सम्झाउनुहुन्छ। बिलकुल अनपढलाई बसेर
पढाउनुहुन्छ। तिमीले भन्थ्यौ नि– हे भगवान आउनुहोस्! पतित त त्यहाँ जान सक्दैनन्।
त्यसैले पावन बनाउनको लागि उहाँलाई अवश्य यहाँ आउनु पर्छ। तिमी बच्चाहरूलाई याद
दिलाउनुहुन्छ– कल्प पहिले पनि तिमीलाई राजयोग सिकाएको थिएँ। सोधिन्छ– पहिले कहिल्यै
यो ज्ञान लिएका थियौ? तब भन्छन्– हो, ५ हजार वर्ष पहिले हामीले यो ज्ञान लिएका थियौं।
यी कुरा नयाँ हुन्। नयाँ युग, नयाँ धर्म फेरि स्थापना हुन्छन्। ईश्वरले सिवाय यो
दैवी धर्म अरू कसैले स्थापना गर्न सक्दैन। ब्रह्मा-विष्णु-शङ्करले पनि गर्न सक्दैनन्
किनकि उनी देवताहरू स्वयं रचना हुन्। स्वर्गका रचयिता, माता-पिता हुनुपर्छ। तिमीलाई
पनि यहाँ धेरै सुख हुनुपर्छ। बाबा भन्नुहुन्छ– म पनि रचयिता हुँ। तिमीलाई पनि
ब्रह्मा मुखद्वारा मैले रचेको हुँ। म मनुष्य सृष्टिको बीजरूप हुँ। हुन त कोही जति
नै ठूलो साधु सन्त आदि होस् तर कसैको पनि मुखबाट यस्तो निस्कदैन। यी हुन् गीताका
शब्द। तर जसले भनेको छ उसैले भन्न सक्छ। अरू कसैले भन्न सक्दैन। केवल फरक यो हो कि
निराकारको सट्टा कृष्णलाई भगवान भनिदिएका छन्। बाबा भन्नुहुन्छ– म मनुष्य सृष्टिको
बीज रूप, परमधाममा रहने निराकार परमात्मा हुँ। तिमीले पनि बुझ्न सक्छौ। साकार
मनुष्यले त आफूलाई बीजरूप भन्न सक्दैन। ब्रह्मा, विष्णु, शङ्करले पनि भन्न सक्दैनन्।
यो त जान्दछौ– सबैलाई रच्नेवाला शिवबाबा हुनुहुन्छ। मैले दैवी धर्मको स्थापना
गरिरहेको छु। यसो भन्ने पनि कसैमा तागत छैन। कहलाउन त आफूलाई कृष्ण कहलाउँछन्,
ब्रह्मा कहलाउँछन्, शङ्कर कहलाउँछन्... धेरैले आफूलाई अवतार पनि कहलाउँछन् तर हो सबै
झुटो। यहाँ आएर जब सुन्छन् तब बुझ्नेछन् वास्तवमा बाबा त एक हुनुहुन्छ, अवतार पनि
एउटा हुन्छ। उनीहरूले भन्छन् मैले तिमीलाई साथै लिएर जान्छु। यसो भन्ने पनि कसैमा
तागत छैन। ५ हजार वर्ष पहिला पनि गीताको भगवान शिवबाबाले भन्नु भएको थियो, उहाँले
नै आदि सनातन धर्मको स्थापना गर्नु भएको थियो, उहाँले नै अहिले स्थापना गरिरहनु भएको
छ। गायन गरिएको पनि छ मच्छर जस्तै आत्माहरू गए। त्यसैले बाबा आएर गाइड बनेर सबैलाई
मुक्त गर्नुहुन्छ। अहिले कलियुगको अन्त्य हो, त्यसपछि सत्ययुग आउनु छ त्यसैले अवश्य
उहाँ आएर पवित्र बनाएर पवित्र दुनियाँमा लिएर जानुहुन्छ। गीतामा केही न केही शब्द
छन्। सम्झन्छन् यस धर्मको लागि शास्त्र त चाहिन्छ नि। त्यसैले बसेर गीता शास्त्र
बनाएका हुन्। सर्वशास्त्रमयी शिरोमणि नम्बरवन माता, तर नाम परिवर्तन गरिदिएका छन्।
बाबा जसले यस समयमा कार्य गर्नुहुन्छ त्यो कहाँ द्वापरमा गएर लेख्छन् र। गीता फेरि
पनि त्यही निस्कन्छ। ड्रामामा यही गीता निश्चित भएको छ। जसरी बाबाले फेरि मनुष्यलाई
देवता बनाउनुहुन्छ त्यसैगरी शास्त्र पनि पछि गएर कसैले फेरि बसेर लेख्छन्। सत्ययुगमा
कुनै शास्त्र हुदैनन्। बाबाले सारा चक्रको रहस्य बसेर सम्झाउनुहुन्छ। तिमीले
सम्झन्छौ– हामीले यो ८४ जन्मको चक्र पूरा गर्यौं। आदि सनातन देवी-देवता धर्मवालाले
नै बढीमा ८४ जन्म लिन्छन्। बाँकी मनुष्यको त पछि गएर वृद्धि हुन्छ। उनीहरूले कहाँ
यति जन्म लिन्छन् र? बाबाले यी ब्रह्मा मुखबाट बसेर सम्झाउनुहुन्छ। यी जो दादा हुन्,
जसको मैले तन लोनमा लिएको छु, उनले पनि आफ्नो जन्मलाई जान्दैनथे। यी हुन् व्यक्त
प्रजापिता ब्रह्मा। उनी हुन् अव्यक्त। हुन त दुवै एउटै हुन्। तिमी पनि यस ज्ञानबाट
सूक्ष्मवतनवासी फरिस्ता बनिरहेका छौ। सूक्ष्मवतनवासीलाई फरिस्ता भनिन्छ किनकि हाड
मासु हुँदैन। ब्रह्मा-विष्णु-शङ्करको पनि हाड मासु छैन, फेरि उनीहरूका चित्र कसरी
बनाउँछन्। शिवका पनि चित्र बनाउँछन्। हुन् त ती तारा। उनीहरूको पनि रूप बनाउँछन्।
ब्रह्मा-विष्ण-शङ्कर त सूक्ष्म छन्। जसरी मनुष्यको बनाउँछन् त्यसैगरी शङ्करको त
बनाउन सक्दैनन् किनकि उनको त हाड मासुको शरीर छैन। हामीले त सम्झाउनको लागि यस्तो
स्थूल बनाउँछौं। तर तिमीले पनि देख्छौ– उनी सूक्ष्म छन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते।
रात्रि क्लास –
१३-७-६८
मनुष्यले दुई चीजलाई
अवश्य चाहन्छन्। एउटा शान्ति, अर्को सुख। विश्वमा शान्ति वा आफ्नो लागि शान्ति।
विश्वमा सुख वा आफ्नो लागि सुखको चाहना हुन्छ मनुष्यलाई। त्यसैले सोध्नु पर्छ– अहिले
शान्ति छ भने अवश्य कहिल्यै त शान्ति भएको हुनुपर्छ। तर त्यो कहिले कसरी हुन्छ,
अशान्ति किन भयो, यो कसैलाई थाहा छैन किनकि मानिस अहिले घोर अन्धकारमा छन्। तिमी
बच्चाहरूले जान्दछौ– शान्ति र सुखको लागि तिमीले धेरै राम्रो मार्ग बताउँछौ।
उनीहरूलाई खुशी हुन्छ। फेरि जब सुन्छन्– पावन पनि बन्नु छ तब सेलाउँछन्। यो विकार
हो सबैको दुश्मन र पनि सबैको प्यारो छ। यसलाई छोड्नमा हृदय विदीर्ण हुन्छ। नाम पनि
छ विष। तैपनि छोड्दैनन्। तिमीले कति टाउको दुखाउँछौ फेरि पनि हार खान्छौ। सारा कुरा
पवित्रताको नै छ। यसमा धेरै फेल हुन्छन्। कुनै कन्यालाई देख्यो भने आकर्षण हुन्छ।
क्रोध वा लोभ वा मोहको आकर्षण हुँदैन। काम महाशत्रु हो। यसमाथि विजय पाउनु महावीरको
काम हो। देह अभिमान पछि पहिले काम नै आउँछ। यसमाथि विजय पाउनु छ। जो पवित्र छन्
उनीहरूको अगाडि अपवित्र कामी मनुष्यले नमन गर्छन्। भन्छन्– म विकारी, हजुर
निर्विकारी। यस्तो भन्दैनन्– म क्रोधी लोभी...। सारा कुरा विकारको हो। विवाह गर्छन्
नै विकारको लागि, यो इच्छा रहन्छ माता-पिताको। ठूलो भएपछि पैसा पनि दिन्छन्, विकारमा
पनि जान्छन्। विकारमा गएनन् भने झगडा मच्चिन्छ। तिमी बच्चाहरूले सम्झाउनु पर्छ– यी
देवताहरू सम्पूर्ण निर्विकारी थिए। तिमीसँग लक्ष्य-उद्देश्य सामुन्ने छ। नरबाट
नारायण राजाहरूको पनि राजा बन्नु छ। चित्र सामुन्ने छ। यसलाई सतसङ्ग भनिदैन। पाठशाला,
सतङ्ग त त्यहाँ हुँदैनन्। सच्चा सतङ्ग सच्चासँग तब हुन्छ जब सम्मुख राजयोग
सिकाउनुहुन्छ। सत्यको सङ्गत हुनु पर्छ। उहाँले नै गीता अर्थात् राजयोग सिकाउनुहुन्छ।
बाबाले कुनै गीता सुनाउनुहुन्न। मनुष्यले सम्झन्छन्– नाम छ गीता पाठशाला त्यसैले
गएर गीता सुनौं। यति आकर्षण हुन्छ। यो सच्चा गीता पाठशाला हो जहाँ एक सेकेन्डमा
सदगति, स्वास्थ्य, सम्पत्ति र खुशी मिल्छ। त्यसैले सच्चा गीता पाठशाला किन
लेख्नुहुन्छ भनेर सोध्छन्? केवल गीता पाठशाला लेख्नु सामान्य हुन्छ। सच्चा अक्षर
पढेपछि आकर्षण हुनसक्छ। सायद झुटो पनि छ। त्यसैले सच्चा अक्षर अवश्य लेख्नु पर्छ।
पावन दुनियाँ सत्ययुगलाई, पतित दुनियाँ कलियुगलाई भनिन्छ। सत्ययुगमा यी पावन थिए।
कसरी बने त्यो सिकाउनुहुन्छ। बाबाले ब्रह्माद्वारा पढाउनुहुन्छ। नत्र कसरी पढाउने।
यो यात्रा उनीहरूले नै बुझ्छन् जसले कल्पपहिला बुझेका छन्। भक्तिमार्गको दलदलमा
फसेका छन्। भक्तिको आडम्बर धेरै छ। यो त केही पनि होइन। केवल स्मृतिमा राख– अब
फर्केर जानु छ। पवित्र बनेर जानु छ। यसको लागि यादमा रहनु छ। बाबा जसले स्वर्गको
मालिक बनाउनुहुन्छ उहाँको याद गर्न सक्दैनौ। मुख्य कुरा यो हो। सबैले भन्छन्– यसैमा
मेहनत छ। बच्चाहरूले भाषण त राम्रो गर्छन् तर योगमा रहेर सम्झाउने हो भने असर पनि
राम्रो पर्छ। यादमा तिमीलाई तागत मिल्छ। सतोप्रधान बन्नाले सतोप्रधान विश्वको मालिक
बन्छौ। यादलाई नेष्ठा भनिन्छ र? म आधा घण्टा नेष्ठामा बसुँ, यो गलत हो। बाबाले केवल
भन्नुहुन्छ– यादमा बस। सामुन्ने बसेर सिकाउने आवश्यकता छैन। बेहदको बाबालाई धेरै
प्यारसँग याद गर्नु छ किनकि उहाँले धेरै खजाना दिनुहुन्छ। यादबाट खुशीको पारा चढ्नु
पर्छ। अतीन्द्रिय सुख अनुभव हुन्छ। बाबा भन्नुहुन्छ– तिम्रो यो जीवन धेरै मूल्यवान्
छ, यसलाई स्वस्थ राख्नु छ। जति बाँचिन्छ त्यति खजाना लिन्छौ। खजाना पूरा तब मिल्छ
जब हामी सतोप्रधान बन्छौं। मुरलीमा पनि बल हुन्छ। तरबारमा धार हुन्छ नि। तिमीमा पनि
यादको धार परोस् तब तरबार धारिलो हुन्छ। ज्ञानमा यति धार हुँदैन त्यसैले कसैलाई असर
हुँदैन। फेरि उनीहरूको कल्याणको लागि बाबा आउनु पर्छ। जब तिमीले यादमा धार भर्छौ तब
विद्वान आचार्य आदिलाई राम्रो तीर लाग्छ त्यसैले बाबालाई भन्नुहुन्छ– चार्ट राख।
कसैले भन्छन् बाबालाई धेरै याद गर्छु तर मुख खुल्दैन। तिमी यादमा रह्यौ भने विकर्म
विनाश हुन्छ। अच्छा, बच्चाहरूलाई गुडनाइट।
धारणाको लागि
मुख्य सारः–
१) घरमा रहेर पनि रूहानी सेवा गर। पवित्र बन्नु र बनाउनु छ।
२) यस जीवित नर्कमा
रहँदा-रहँदै पनि बेहदको बाबाबाट स्वर्गको वर्सा लिनु छ। कसैलाई पनि दु:ख दिनु
हुँदैन।
वरदान:–
आफ्न ा सबै
विशेषताहरूलाई कार्यमा लगाएर त्यसको विस्तार गर्ने सिद्धि स्वरूप भव
जति-जति आफ्ना
विशेषताहरूलाई मनसा सेवा वा वाणी र कर्मको सेवामा लगाउँछौ, त्यति विशेषता विस्तार
हुँदै जान्छ। सेवामा लगाउनु अर्थात् एक बीजबाट अनेक फल उत्पन्न गर्नु। यस श्रेष्ठ
जीवनमा जुन जन्मसिद्ध अधिकारको रूपमा यी विशेषताहरू मिलेका छन् तिनलाई केवल बीजको
रूपमा मात्र नराख, सेवाको जमिनमा रोपेपछि मात्र फलस्वरूप अर्थात् सिद्धिस्वरूपको
अनुभव गर्नेछौ।
स्लोगन:–
विस्तारलाई
नदेखेर सारलाई हेर एवं स्वयं भित्र समाहित गर, यही तीव्र पुरुषार्थ हो।