23.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
मीठे बच्चे– बुद्धिमा
एक बाबाको स्थायी रूपमा याद रहन्छ भने यो पनि अहो सौभाग्य हो।”
प्रश्न:–
जुन बच्चालाई
सेवाको सोख हुन्छ उसको लक्षण कस्तो हुन्छ?
उत्तर:–
ऊ ज्ञान नसुनाइ बस्न सक्दैन। उसले रूहानी सेवामा हड्डी-हड्डी स्वाहा गर्छ। उसलाई
रूहानी ज्ञान सुनाउँदा धेरै खुसी हुन्छ। खुसीमा नै नाचिरहन्छ। उसले आफू भन्दा ठूलाको
धेरै सम्मान राख्छ, उनीहरूबाट सिकिरहन्छ।
गीत:–
बदल जाए दुनियाँ.......
ओम् शान्ति ।
बच्चाहरूले
गीतका दुई लाइन सुने। यो प्रतिज्ञाको गीत हो। जस्तै, कसैको विवाहको लागि सगाई गर्दा–
यो प्रतिज्ञा गर्छन् हामी स्त्री-पुरुष कहिल्यै पनि छुटिने छैनौं। कसैको आपसमा मन
मिलेन भने छोडिपनि दिन्छन्। यहाँ तिमी बच्चाहरूले कोसँग प्रतिज्ञा गर्छौ? ईश्वरसँग।
उहाँसँग तिमी बच्चाहरूको वा प्रियतमाहरूको सगाई भएको छ। तर जसले यस्तो विश्वको
मालिक बनाउनु हुन्छ, उहाँलाई पनि छोडिदिन्छन्। यहाँ तिमी बच्चाहरू बसेका छौ, जानेका
छौ– अब बेहदको बापदादा आउँदै हुनुहुन्छ। यो तिम्रो अवस्था यहाँ रहन्छ, बाहिर
सेवाकेन्द्रमा त रहन सक्दैन। यहाँ तिमीले सम्झन्छौ– बापदादा आउनु भएको छ। बाहिर
सेवाकेन्द्रमा सम्झन्छन्– बाबाले चलाउनु भएको मुरली आएको छ। यहाँ र त्यहाँमा धेरै
फरक हुन्छ किनकि यहाँ बेहदको बापदादाको सम्मुख बसेका छौ। त्यहाँ त सम्मुख हुँदैनौ।
चाहन्छन् सम्मुख गएर मुरली सुनौं। यहाँ बच्चाहरूको बुद्धिमा आउँछ– बाबा आउनु भयो।
जसरी अरू सतसङ्ग हुन्छन्, त्यहाँ त सम्झन्छन्– फलाना स्वामी आउनु हुन्छ। तर यो
ख्याल पनि सबैको एकरस हुँदैन। कैंयौको बुद्धियोग त अरूतर्फ भट्किइरहन्छ। कसैलाई पति
याद आउँछ, कसैलाई सम्बन्धी याद आउँछ। बुद्धियोग एक गुरुसँग पनि टिक्दैन। कोही बिरलै
हुन्छ, जो स्वामीको यादमा बसेको हुन्छ। यहाँ पनि यस्तै हो। यस्तो होइन, सबै
शिवबाबाको यादमा रहन्छन्। बुद्धि कहीं न कहीं दौडिरहन्छ। मित्र-सम्बन्धी आदि याद
आउँछन्। पूरा समय एउटै शिवबाबाको यादमा रह्यो भने त अहो सौभाग्य। स्थायी यादमा त
कोही बिरलै रहन्छन्। यहाँ बाबाको सम्मुख रहनाले त धेरै खुसी हुनुपर्छ। अतीन्द्रिय
सुख गोपी वल्लभका गोप, गोपीहरूसँग सोध, यो यहाँको नै गायन हो। यहाँ तिमी बाबाको
यादमा बसेका छौ, जानेका छौ– अहिले हामी ईश्वरको गोदमा छौं फेरि दैवी गोदमा हुन्छौं।
हुन त कसैको बुद्धिमा सेवाका ख्याल पनि चल्छन्। यो चित्रमा यो सुधार गरौं, यो लेखौं।
तर राम्रा बच्चाहरूले सम्झन्छन्– अहिले त बाबाको कुरा सुन्नु छ। अरू कुनै पनि
संकल्प आउन दिदैनन्। बाबा ज्ञान रत्नले झोली भर्न आउनु भएको छ, त्यसैले बाबासँग नै
बुद्धिको योग लगाउनु छ। नम्बरवार धारणा गर्नेहरू त हुन्छन् नै। कोहीले राम्ररी
सुनेर धारणा गर्छन्। कोहीले कम धारणा गर्छन्। बुद्धियोग अरूतर्फ दौडिरहन्छ भने धारणा
हुँदैन। कच्चै रहन्छन्। एक-दुई पटक मुरली सुने, धारणा भएन भने फेरि त्यो बानी पक्का
हुन्छ। फेरि जतिसुकै सुनिरहे पनि धारणा हुँदैन। कसैलाई सुनाउन सक्दैनन्। जसलाई धारणा
हुन्छ, उनलाई सेवाको सोख हुन्छ। उमंग हुन्छ, सोच्छन्– गएर धन दान गरुँ किनकि यो धन
त एक बाबा सिवाय अरू कसैसँग छैन। बाबाले यो पनि जान्नुहुन्छ– सबैलाई धारणा हुन
सक्दैन। सबैले एकरस उच्च पद पाउन सक्दैनन् त्यसैले बुद्धि अरूतर्फ भट्किरहन्छ।
भविष्यमा तकदिर त्यति उच्च बन्दैन। कोहीले फेरि स्थूल सेवामा आफ्नो हड्डी-हड्डी
दिन्छन्। सबैलाई राजी गर्छन्। जसरी भोजन पकाउँछन् खुवाउँछन्। यो पनि विषय हो नि।
जसलाई सेवाको सोख हुन्छ, ऊ मुखले नबोली रहन सक्दैन। फेरि बाबाले देख्नु पनि हुन्छ,
देह-अभिमान त छैन? ठूलाको सम्मान राख्छन् वा राख्दैनन्? ठूला महारथीको सम्मान त
राख्नुपर्छ। हो, कोही-कोही त साना पनि होसियार छन् भने हुन सक्छ, ठूलाले उनको
सम्मान राख्नुपर्छ किनकि उनको बुद्धिले छलाङ्ग लगाउँछ। सेवाको सोख देखेर बाबालाई पनि
खुसी हुन्छ नि, यसले राम्रो सेवा गर्छ। सारा दिन प्रदर्शनीमा सम्झाउने अभ्यास
गर्नुपर्छ। प्रजा त धेरै बन्छन् नि, अरू कुनै उपाय नै छैन। सूर्यवंशी, चन्द्रवंशी,
राजा, रानी, प्रजा सबै यहाँ बन्छन्। कति सेवा गर्नुपर्छ। बच्चाहरूको बुद्धिमा यो त
छ– अहिले हामी ब्राह्मण बनेका छौं। घर गृहस्थमा रहनाले हरेकको अवस्था त आफ्नै रहन्छ
नि। घरबार त छोडनु छैन। बाबा भन्नुहुन्छ– घरमै बस तर बुद्धिमा यो निश्चय राख्नुपर्छ,
पुरानो दुनियाँ त खतम भए जत्तिकै छ। अब बाबासँग हाम्रो काम छ। यो पनि जानेका छौं–
कल्प पहिला जसले ज्ञान लिएका थिए, उनैले लिन्छन्। सेकेण्ड बाई सेकेण्ड हुबहु
दोहोरिइरहेको छ। आत्मामा ज्ञान रहन्छ नि। बाबाको पासमा पनि ज्ञान छ। तिमी बच्चाहरू
पनि बाबा जस्तो बन्नु छ। प्वाइन्ट धारणा गर्नु छ। सबै प्वाइन्ट एउटै समयमा
सम्झाइँदैन। विनाश पनि सामुन्ने खडा छ। यो त्यही विनाश हो। सत्ययुग-त्रेतामा त कुनै
लडाईं हुँदैन। त्यो त पछि जब धेरै धर्म हुन्छन्, सेना आदि आउँछन् अनि लडाईं सुरु
हुन्छ। सबैभन्दा पहिला आत्माहरू सतोप्रधानबाट गिर्छन् अनि सतो, रजो, तमोको स्टेज
हुन्छ। यो सबै बुद्धिमा राख्नुपर्छ– कसरी राजधानी स्थापना भइरहेको छ। यहाँ बसेका
छौ, बुद्धिमा राख्नु छ– शिवबाबा आएर हामीलाई खजाना दिनुहुन्छ, जसलाई बुद्धिमा धारणा
गर्नु छ। राम्रा-राम्रा बच्चाहरूले नोट पनि लेख्छन्। लेख्नु राम्रो हो, तब बुद्धिमा
टपिकहरू आउँछन्। आज यस टपिकमा सम्झाउँछु। बाबा भन्नुहुन्छ– मैले तिमीलाई कति खजाना
दिएको थिएँ। सत्ययुग-त्रेतामा तिमीसँग अथाह धन थियो। फेरि वाम मार्गमा जानाले त्यो
कम हुँदै गयो। खुसी पनि कम हुँदै गयो। केही न केही विकर्म हुन थाल्छ। झर्दा-झर्दा
कला कम हुँदै जान्छ। सतोप्रधान, सतो, रजो, तमोको अवस्थामा हुन्छन्। सतोबाट रजो आउँदा
यस्तो होइन झट्ट आइहाल्छन्। बिस्तार-बिस्तारै झर्छन्। तमोप्रधानमा पनि
बिस्तारै-बिस्तारै सिँढी झर्दै जान्छौ, कला कम हुँदै जान्छ। दिन-प्रतिदिन कम हुँदै
जान्छ। अब छलाङ्ग मार्नुपर्छ। तमोप्रधानबाट सतोप्रधान बन्नु छ, यसको लागि समय
चाहिन्छ। गायन पनि छ– चढे तो चाखे वैकुण्ठ रस.... कामको चोट लाग्यो भने एकदम
चकनाचूर हुन्छन्। हड्डी-हड्डी टुट्छ। कोही मनुष्यले आफ्नो जीवघात गर्छन्, आत्मघात
होइन, जीवघात भनिन्छ। यहाँ त बाबासँग वर्सा प्राप्त गर्नु छ। बाबालाई याद गर्नु छ
किनकि बाबाबाट बादशाही मिल्छ। आफूसँग सोध्नु छ– मैले बाबालाई याद गरेर भविष्यको लागि
कति कमाई गरेँ? कति अन्धाको लठ्ठी बनेँ? घर-घरमा सन्देश दिनुपर्छ– अब यो पुरानो
दुनियाँ परिवर्तन भइरहेको छ। बाबाले नयाँ दुनियाँको लागि राजयोग सिकाइरहनु भएको छ।
सिँढीमा सबै देखाइएको छ। यो बनाउन मेहनत लाग्छ। सारा दिन ख्याल चलिरहन्छ, यस्तो
बनाऔं जुन सबैले बुझ्न सकून्। सारा दुनियाँ त आउँदैन। देवी-देवता धर्मका मात्रै
आउँछन्। तिम्रो सेवा त धेरै चल्छ। तिमीले त जानेका छौ– हाम्रो यो क्लास कहिलेसम्म
चल्छ। उनले त कल्पको आयु लाखौं वर्ष भन्छन्। शास्त्र आदि सुनाइरहन्छन्। सम्झन्छन्–
जब अन्त्य हुन्छ, तब सबैका सदगति दाता आउनु हुन्छ र जो हाम्रा शिष्य छन्, उनको गति
हुन्छ फेरि हामी पनि गएर ज्योतिमा समाहित हुन्छौं। तर यस्तो त हुँदैन। तिमीले अहिले
जानेका छौ– हामीले अमर बाबासँग सच्चा-सच्चा अमरकथा सुनिरहेका छौं। अमर बाबाले जे
भन्नुहुन्छ त्यो मान्नु पनि छ। केवल भन्नुहुन्छ– मलाई याद गर, पवित्र बन। नत्र सजायँ
पनि धेरै खानुपर्छ। पद पनि सानो मिल्छ। सेवामा मेहनत गर्नुपर्छ। जसरी दधीचि ऋषिको
उदाहरण छ। हड्डी पनि सेवामा दिए। आफ्नो शरीरको पनि ख्याल नगरेर सारा दिन सेवामा रहनु,
त्यसलाई भनिन्छ सेवामा हड्डी दिनु। एउटा छ शारीरिक हड्डी सेवा, दोस्रो छ रूहानी
हड्डी सेवा। रूहानी सेवाधारीले रूहानी ज्ञान नै सुनाउँछन्। धन दान गर्दै खुसीमा
नाँचिरहन्छन्। दुनियाँमा मनुष्यले जो सेवा गर्छन्, त्यो सबै हो शारीरिक। शास्त्र
सुनाउँछन्, त्यो कुनै रूहानी सेवा त होइन। रूहानी सेवा त केवल बाबाले आएर सिकाउनु
हुन्छ। रूहानी बाबा आएर रूहानी आत्माहरूलाई पढाउनु हुन्छ।
तिमी बच्चाहरूले अहिले तयारी गरिरहेका छौ, सत्ययुगी नयाँ दुनियाँमा जानको लागि।
त्यहाँ तिमीबाट कुनै विकर्म हुँदैन। त्यो हो नै रामराज्य। त्यहाँ हुन्छन् नै थोरै।
अहिले त रावण राज्यमा सबै दु:खी छन् नि। यो सारा ज्ञान पनि तिम्रो बुद्धिमा छ,
नम्बरवार पुरुषार्थ अनुसार। यस सिँढीको चित्रमा नै सारा ज्ञान आउँछ। बाबा
भन्नुहुन्छ– यो अन्तिम जन्म पवित्र बन, तब पवित्र दुनियाँको मालिक बन्छौ। तिमीले
यस्तो सम्झाउनु पर्छ, जसबाट मनुष्यलाई थाहा होस्– हामी सतोप्रधानबाट तमोप्रधान बनेका
हौं, फेरि यादको यात्राबाट नै सतोप्रधान बन्छौं। देखेपछि बुद्धि चल्छ, यो ज्ञान
कसैसँग छैन। भन्छन्– यस सिँढीमा अरू धर्मको समाचार कहाँ छ? त्यो फेरि यो
सृष्टि-चक्रमा लेखेको छ। उनीहरू नयाँ दुनियाँमा त आउँदैनन्। उनीहरूलाई शान्ति मिल्छ।
हिन्दुहरू नै स्वर्गमा थिए नि। बाबा पनि यहाँ आएर राजयोग सिकाउनु हुन्छ त्यसैले
भारतवर्षको प्राचीन योग सबैले चाहन्छन्। यी चित्रबाट उनीहरूले स्वयं पनि बुझ्छन्।
अवश्य नयाँ दुनियाँमा केवल भारतवर्ष थियो। आफ्नो धर्मलाई पनि बुझ्छन्। हुन त
क्राइष्ट आए, धर्म स्थापना गर्न। यस समयमा उनी पनि तमोप्रधान छन्। रचयिता र रचनाको
यो कति ठूलो ज्ञान छ।
तिमीले भन्न सक्छौ– हामीलाई कसैको पैसाको आवश्यकता छैन। पैसा हामीले के गर्ने?
तिमीले पनि सुन, अरूलाई पनि सुनाऊ। यी चित्र आदि छपाऊ। यी चित्रबाट काम लिनु छ। हल
बनाऊ, जहाँ यो ज्ञान सुनाउन सकियोस्। बाँकी मैले पैसा लिएर के गर्ने? तिम्रै घरको
कल्याण हुन्छ। तिमीले केवल प्रबन्ध गर। धेरै आएर भन्छन्– रचयिता र रचनाको ज्ञान त
धेरै राम्रो छ। यो त मनुष्यहरूले नै बुझ्नु छ। बेलायतीहरूले पनि यो ज्ञान सुनेर धेरै
मन पराउँछन्। धेरै खुसी हुन्छन्। सम्झन्छन्– हामीले पनि बाबाको साथमा योग लगायौं भने
विकर्म विनाश हुन्छ। सबैलाई बाबाको परिचय दिनुपर्छ। बुझ्छन्– यो ज्ञान त ईश्वर
बाहेक अरू कसैले दिन सक्दैन। भन्छन्– खुदाले बहिस्त स्थापना गर्नुभयो तर उहाँ कसरी
आउनु हुन्छ, यो कसैलाई पनि थाहा छैन। तिम्रो कुरा सुनेर खुसी हुन्छन् फेरि
पुरुषार्थ गरेर योग सिक्छन्। तमोप्रधानबाट सतोप्रधान बन्नको लागि पुरुषार्थ गर्नेछन्।
सेवाको लागि धेरै ख्याल गर्नुपर्छ। यहाँ गरेर देखाऊ अनि बाबाले बाहिर पनि पठाउनु
हुन्छ। त्यहाँ यो मिसन जानेछ। अझै समय बाँकी छ नि। नयाँ दुनियाँ बन्न कुनै समय कहाँ
लाग्छ र! कहीं पनि भूकम्प आदि जान्छ भने २-३ वर्षमा नै नयाँ घर भवन आदि बनाउँछन्।
कामदार धेरै छन्, समान सारा तयार छ भने बन्नमा ढिलो कहाँ हुन्छ र! बेलायतमा घर कसरी
बन्छन्–मिनेट मोटर। स्वर्गमा कति छिटो बन्छन् होला। सुन-चाँदी आदि तिमीलाई धेरै
मिल्छ। खानीबाट तिमीले सुन, चाँदी, हीरा लिएर आउँछौ। त्यो सीप सबैले सिकिरहेका छन्।
विज्ञानको कति घमण्ड चलिरहेको छ। यो विज्ञान त्यहाँ काममा आउँछ। यहाँ सिक्नेले, फेरि
अर्को जन्म त्यहाँ लिन्छन् र यसलाई काममा ल्याउँछन्। त्यतिबेला त सारा दुनियाँ नयाँ
हुन्छ, रावण राज्य खतम हुन्छ। ५ तत्त्व पनि नियम अनुसार सेवामा रहन्छन्। स्वर्ग
बन्छ। त्यहाँ कुनै यस्तो उपद्रव हुँदैन, रावण राज्य नै हुँदैन, सबै सतोप्रधान
हुन्छन्।
सबैभन्दा राम्रो कुरा हो तिमी बच्चाहरूको बाबासँग धेरै प्यार हुनुपर्छ। बाबाले खजाना
दिनुहुन्छ। त्यसलाई धारण गरेर अरूलाई दान दिनु छ। जति दान दियो त्यति जम्मा हुँदै
जान्छ। सेवा नै गर्दैनौ भने धारणा कसरी हुन्छ? सेवामा बुद्धि चल्नुपर्छ। सेवा त धेरै
हुन सक्छ। दिन-प्रतिदिन उन्नति हुँदै जान्छ। आफ्नो पनि उन्नति गर्नु छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा रूहानी
सेवामा तत्पर रहनु छ। ज्ञान धन दान गरेर खुसीमा नाँच्नु छ। स्वयंले धारण गरेर
अरूलाई गराउनु छ।
२) बाबाले जुन ज्ञानको खजाना दिनुहुन्छ, त्यसबाट आफ्नो झोली भर्नु छ। नोट गर्नु छ।
फेरि टपिकहरूमा सम्झाउनु छ। ज्ञान धनको दान गर्नको लागि उत्साहित हुनुपर्छ।
वरदान:–
निराकार सो
साकार– यस मन्त्रको स्मृतिद्वारा सेवाको पार्ट खेल्ने रूहानी सेवाधारी भव
जसरी बाबा निराकार सो
साकार बनेर सेवाको पार्ट खेल्नुहुन्छ, त्यसैगरी बच्चाहरूले पनि यस मन्त्रको यन्त्र
स्मृतिमा राखेर सेवाको पार्ट खेल्नु छ। यो साकार सृष्टि, साकार शरीर स्टेज हो।
स्टेज आधार हो, पार्टधारी आधारमूर्त हो, मालिक हो। यस स्मृतिद्वारा न्यारा बनेर
पार्ट खेल्यौ भने सेन्सको साथसाथै इसेन्सफुल (सारस्वरूप), रूहानी सेवाधारी बन्छौ।
स्लोगन:–
साक्षी बनेर
हर खेललाई देख्नेवाला नै साक्षी द्रष्टा हो।