23.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आफ्नो खाता चेक गर, सारा दिनमा बाबालाई कति समय याद गरें? कुनै भूल तगरिनँ? किनकि तिमी हरेक व्यापारी हौ।

प्रश्न:
कुनचाहिँ मेहनत अन्तर्मुखी बनेर गरिरह्यौ भने अपार खुशी रहन्छ?

उत्तर:
जन्म-जन्मान्तर जे गरेका छौ, जे सामुन्ने आइरहन्छ, ती सबैबाट बुद्धियोग निकालेर सतोप्रधान बन्नको लागि बाबालाई याद गर्ने मेहनत गर्दै जाऊ। चारैतिरबाट बुद्धियोग हटाएर, अन्तर्मुखी बनेर बाबालाई याद गर। सेवाको सबुत दियौ भने अपार खुसी रहन्छ।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, रूहानी बाबाले रूहानी बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ, यो त बच्चाहरूले जानेका छन्। रूहानी बाबा हुनुभयो बेहदका पिता। रूहानी बच्चाहरू पनि भए बेहदका बच्चाहरू। बाबाले त सबै बच्चाहरूको सद्गति गर्नु छ। कसद्वारा? यिनै बच्चाहरूद्वारा विश्वको सद्गति गर्नु छ। सारा विश्वको बच्चाहरू त यहाँ आएर पढ्दैनन्। नाम नै छ ईश्वरीय विश्व-विद्यालय। मुक्ति त सबैको हुन्छ नै। मुक्ति भन या जीवन मुक्ति भन। मुक्तिमा गएर फेरि पनि सबैलाई जीवन मुक्तिमा आउनु नै छ। त्यसैले सबै मुक्तिधाम भएर जीवन मुक्तिमा आउँछन्, यो कुरा बुझ्नुपर्छ। पार्ट बजाउन एक पछि अर्को आउनु नै छ। तबसम्म मुक्तिधाममा रोकिनुपर्छ। बच्चाहरूलाई अब रचयिता र रचनाको बारेमा थाहा भइसकेको छ। यो सारा रचना अनादि छ। रचयिता त एक बाबा नै हुनुहुन्छ। यी जति पनि आत्माहरू छन् ती सबै बेहदका बाबाका बच्चाहरू हुन्। जब बच्चाहरूलाई थाहा हुन्छ तब ती नै आएर योग सिक्छन्। यो योग सबैको लागि हो। बाबा आउनुहुन्छ नै भारतखण्डमा। तिमीहरूलाई नै यादको यात्रा सिकाएर पावन बनाउनुहुन्छ। यो सृष्टिको चक्र कसरी घुम्छ? यसको ज्ञान पनि दिनुहुन्छ, यो पनि बच्चाहरूले जानेका छन्। रुद्र माला पनि छ जसको गायन गरिन्छ र पुजिन्छ, स्मरण गरिन्छ। भक्त माला पनि छ। उच्च भन्दा उच्च भक्तहरूको माला छ। भक्त मालाको पछि हुनुपर्छ ज्ञान माला। भक्ति र ज्ञान छ नि। भक्त माला पनि छ भने रुद्र माला पनि छ। पछि फेरि रूण्ड माला भनिन्छ किनकि उच्च भन्दा उच्च मनुष्य सृष्टिमा छन् विष्णु, जसलाई सूक्ष्मवतनमा देखाइन्छ। प्रजापिता ब्रह्मा त यी हुन्, यिनको पनि माला छ। अन्तमा जब यो माला बन्छ तब नै त्यो रुद्र माला र विष्णुको वैजयन्ती माला बन्छ। उच्च भन्दा उच्च हुनुहुन्छ शिवबाबा फेरि उच्चभन्दा उच्च हो विष्णुको राज्य। शोभाको लागि भक्तिमा कति चित्र बनाएका छन्। तर ज्ञान केही पनि छैन। तिमी जुन चित्र बनाउँछौ उनको पहिचान दिनु छ जसले गर्दा मानिसहरूले बुझ्न सकून्। नत्र शिव र शंकरलाई एकै भनिदिन्छन्। बाबाले सम्झाउनु भएको छ सूक्ष्मवतनमा पनि सारा साक्षात्कारका कुरा हुन्छन्। हड्डी माँस त्यहाँ हुँदैन। साक्षात्कार गर्छन्। सम्पूर्ण ब्रह्मा पनि छन् तर उनी सम्पूर्ण अव्यक्त रूपमा छन्। अहिलेका व्यक्त ब्रह्मालाई अव्यक्त बन्नु छ। व्यक्त नै अव्यक्त हुन्छन् जसलाई फरिस्ता पनि भनिन्छ। उनको सूक्ष्मवतनमा चित्र राखिदिएका छन्। सूक्ष्मवतनमा जान्छन्, भन्दछन् बाबाले शूबीरस पिलाउनुभयो। अब वहाँ वृक्ष आदि त हुँदैन। वैकुण्ठमा हुन्छ, तर यस्तो होइन वैकुण्ठबाट ल्याएर पिलाउँछन्। यी सबै सूक्ष्मवतनमा साक्षात्कारका कुरा हुन्। अब तिमी बच्चाहरू जानेका छौ फर्केर घर जानु छ, आत्म-अभिमानी बन्नु छ। म आत्मा अविनाशी हुँ, यो शरीर विनाशी हो। आत्माको ज्ञान पनि तिमी बच्चाहरूमा छ। उनीहरू त आत्मा के हो, यो पनि जान्दैनन्। उनीहरूलाई आत्मामा कसरी ८४ जन्मको पार्ट भरिएको छ भन्ने कुरा पनि थाहा छैन। यो ज्ञान केवल बाबाले नै दिनुहुन्छ। आफ्नो पनि ज्ञान दिनुहुन्छ। तमोप्रधानबाट सतोप्रधान पनि बनाउनुहुन्छ। यही पुरुषार्थ गर्दै जाऊ म आत्मा हुँ, अब परमात्मासँग योग लगाउनु छ। सर्वशक्तिमान् पतित-पावन एक बाबालाई नै भनिन्छ। संन्यासीहरू भन्दछन् पतित-पावन आउनुहोस्। कसैले त ब्रह्मलाई पनि पतित-पावन भनिदिन्छन्। अब तिमी बच्चाहरूलाई भक्तिको पनि ज्ञान मिलेको छ भक्ति कति समय चल्छ, ज्ञान कति समय चल्छ? यो कुरा बाबाले बसेर सम्झाउनुहुन्छ। पहिले केही पनि जानेका थिएनौं। मनुष्य भएर तुच्छ बुद्धि बनेका थियौं। सत्ययुगमा बिल्कुलै स्वच्छ बुद्धि थियौं। कति उनीहरूमा गुणहरू थिए। तिमी बच्चाहरूलाई दैवी गुण पनि अवश्य धारण गर्नु छ। भन्छन् नि यो त मानौं देवता हो। साधु, सन्त, महात्माहरूलाई मानिसहरूले मान्छन् तर पनि उनीहरू दैवी बुद्धिवाला त हुँदैनन्। रजोगुणी बुद्धि हुन्छन्। राजा, रानी, प्रजा हुन्छन् नि। राजधानी कहिले र कसरी स्थापना हुन्छ यो दुनियाँले जान्दैन। यहाँ तिमीले सबै नयाँ कुरा सुन्छौ। त्यसैले मालाको रहस्य पनि सम्झाउनु भएको छ। उच्च भन्दा उच्च हुनुहुन्छ बाबा। उहाँको माला माथि छ, उहाँ रुद्र निराकार हुनुहुन्छ फेरि छन् साकार लक्ष्मी-नारायण उनको पनि माला हुन्छ। ब्राह्मणहरूको माला अहिले बन्दैन। अन्त्यमा तिमी ब्राह्मणहरूको पनि माला बन्छ। यी कुरामा बढी प्रश्न-उत्तर गर्नु पर्ने आवश्यकता छैन। मूल कुरा हो आफूलाई आत्मा सम्झेर परमपिता परमात्मालाई याद गर्नु। यो निश्चय पक्का चाहिन्छ। मूल कुरा हो पतितलाई पावन बनाउनु। सारा दुनियाँ पतित छ फेरि पावन बन्नु छ। मूलवतनमा पनि सबै पावन हुन्छन् भने सुखधाममा पनि सबै पावन हुन्छन्। तिमी पावन बनेर पावन दुनियाँमा जान्छौ अर्थात् अब पावन दुनियाँको स्थापना भइरहेको छ। यो सबै ड्रामामा निश्चित छ। बाबा भन्नुहुन्छ, सारा दिनको हिसाब-किताब हेर कुनै भूल त भएन? व्यापारीहरू हिसाब सम्हाल्छन्, यो पनि कमाई हो। तिमी हरेक व्यापारी हौ। बाबासँग व्यापार गर्छौ। आफ्नो जाँच गर्नु छ ममा कति दैवीगुण छन्? बाबालाई कति याद गर्छु? म कति अशरीरी बन्छु? हामी अशरीरी आएका थियौं र फेरि अशरीरी बनेर जानु छ। अहिलेसम्म आत्माहरू आइ नै रहन्छन्। बीचैमा जानु त कसैलाई पनि छैन। जानु छ सबैलाई एकैचोटी। हुन त सृष्टि खाली रहँदैन, गायन पनि छ राम गयो, रावण गयो... तर रहन त दुवै रहन्छन्। रावण सम्प्रदाय गएपछि फेरि फर्केर आउँदैन। बाँकी यी रहन्छन्। यो पनि पछि गएर सबै साक्षात्कार हुनु छ। नयाँ दुनियाँको स्थापना कसरी भइरहेको छ, पछि गएर के के हुन्छ यी कुरा जान्नु छ। फेरि केवल हाम्रो मात्रै धर्म रहनेछ। सत्ययुगमा तिमी राज्य गर्नेछौ। कलियुग खतम हुन्छ, फेरि सत्ययुगलाई आउनु छ। अहिले रावण सम्प्रदाय र राम सम्प्रदाय दुवै छन्। संगमयुगमा नै यो सबै हुन्छ। अहिले तिमी यी सबै कुरा जानेका छौ। बाबा भन्नुहुन्छ अरू जे जति रहस्य छन् ती सबै पछि गएर बिस्तारै-बिस्तारै बुह्मदै जान्छौ। जे रिकर्डमा भरिएको छ त्यो खुल्दै जान्छ। तिमी बुझ्दै जान्छौ। पहिले नै केही पनि बताउँदिन। यो पनि ड्रामाको प्लान हो, रिकर्ड खुल्दै जान्छ। बाबाले बोल्दै जानुहुन्छ। तिम्रो बुद्धिमा यी सबै कुराको समझ बढ्दै जान्छ। जब-जब रिकर्ड बज्दै जान्छ तब-तब बाबाको मुरली चल्दै जान्छ। ड्रामाको रहस्य सबै भरिएको छ। यस्तो होइन, रिकर्डबाट सुई उठाएर बीचमा राख्न सकेमा त्यो दोहोरिनेछ। होइन, त्यो पनि फेरि त्यसरी दोहोरिने छ। नयाँ कुरा हुँदैन। बाबाको पासमा जे नयाँ कुरा छन् त्यही दोहोरिनेछ। तिमी सुन्दै सुनाउँदै जान्छौ। बाँकी सबै गुप्त छ। यो राजधानी स्थापना भइरहेको छ। सारा माला बनिरहेको छ। अलग-अलग गएर तिमी राजाईमा जन्म लिनेछौ। राजा, रानी, प्रजा सबै चाहिन्छ। यो सबै बुद्धिले काम लिनुपर्छ। यथार्थमा जे जे हुन्छ त्यो देख्दै जान्छौ। जो यहाँबाट जान्छन् उनीहरू उच्च धनीहरूको घरमा गएर जन्म लिन्छन्। अहिले पनि तिम्रो त्यहाँ धेरै खातिरी हुन्छ। यस समयमा पनि रत्न जडित चीजहरू उनको पासमा हुन्छ। तर तिनीहरूमा त्यति शक्ति हुँदैन। शक्ति तिमीहरूमा छ। तिमी जहाँ जान्छौ वहाँ आफ्नो शो गर्नेछौ। तिमी त उच्च बन्छौ त्यसैले तिमी गएर वहाँ दैवी चरित्र देखाउनेछौ। आसुरी बच्चाहरू जन्मदै रोइरहन्छन्। फोहोर पनि हुन्छन्। तिमी त धेरै कायदाले पालिने छौ। फोहर आदिको कुरा हुँदैन। आजकलका बच्चाहरू त गन्दा हुन्छन्। सत्ययुगमा यस्ता कुरा हुँदैनन्। त्यो त स्वर्ग हो नि। वहाँ दुर्गन्ध आदि हुँदैन जसकारण अगरबत्ती जलाउनु परोस्। बगैंचामा धेरै सुगन्धित फूलहरू हुन्छन्। यहाँका फूलहरूमा त्यति सुगन्ध हुँदैन। वहाँ त हरेक चीजमा १०० प्रतिशत सुगन्ध रहन्छ। यहाँ त १ प्रतिशत पनि हुँदैन। वहाँ त फूलहरू पनि फस्टक्लास हुन्छन्। यहाँ त जतिसुकै धनी भए पनि त्यहाँको जस्तो हुँदैन। वहाँ त किसिम-किसिमका चीजहरू हुन्छन्। बर्तन आदि सबै सुनका हुन्छन्। जसरी यहाँका पत्थर, वहाँ फेरि सुन नै सुन। बालुवामा पनि सुन हुन्छ। विचार गर कति सुन होला! जसबाट घर आदि बन्छन्। वहाँ यस्तो मौसम हुन्छ न सर्दी, न गर्मी। वहाँ गर्मीको दु:ख हुँदैन जसले गर्दा पंखा चलाउन परोस्। त्यसको नाम नै हो स्वर्ग। वहाँ अपार सुख हुन्छ। तिमी जस्तो पद्मापद्म भाग्यशाली कोही बन्दैन। लक्ष्मी-नारायणको कति महिमा गाउँछन्। उनलाई जसले यस्तो बनाउनुहुन्छ उहाँको कति महिमा हुनुपर्छ। पहिले हुन्छ अव्यभिचारी भक्ति, फेरि देवताहरूको भक्ति सुरु हुन्छ। त्यो पनि भूत पूजा हो। शरीर त त्यो होइन। ५ तत्त्वहरूको पूजा हुन्छ। शिवबाबाको लागि त यस्तो भनिदैन। पूजा गर्नको लागि कुनै चीजको वा सुन आदिको मूर्ति बनाउँछन्। आत्मालाई सुन कहाँ भनिन्छ र। आत्मा कुन चीजले बनेको छ र? शिवको चित्र कुन चीजले बनेको छ त्यो तुरुन्तै बताउँछन्। तर आत्मा-परमात्मा कुन चीजले बनेको हुन्छ, यो कसैले बताउन सक्दैन। सत्ययुगमा ५ तत्त्व पनि शुद्ध हुन्छन्। यहाँ छन् अशुद्ध। त्यसैले पुरुषार्थी बच्चाहरूले यस्ता-यस्ता ख्याल गरिरहनेछन्। बाबा भन्नुहुन्छ यी सबै कुरालाई पनि छोडिदेऊ। जे हुनु छ त्यो हुन्छ। पहिले बाबालाई याद गर। चारैतिरबाट बुद्धि हटाएर म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। सुनेका कुरा जति छन् ती सबै छोडेर हामीलाई सतोप्रधान बन्नु छ भन्ने पक्का गर। फेरि सत्ययुगमा जे कल्प-कल्प भएको थियो, त्यही हुन्छ। त्यसमा फरक पर्न सक्दैन। मूल कुरा हो बाबालाई याद गर्नु। यो हो मेहनत। त्यो पूरा गर। तूफान त धेरै आउँछन्। जन्म-जन्मान्तर जे गरिएको छ त्यो सबै सामुन्ने आउँछ। त्यसैले सबैतिरबाट बुद्धि हटाएर अन्तर्मुखी भएर मलाई याद गर्ने पुरुषार्थ गर। तिमी बच्चाहरूलाई स्मृति त आयो, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। सेवाबाट पनि थाहा हुन्छ। सेवा गर्नेलाई सेवाको खुशी रहन्छ। जसले राम्रो सेवा गर्छन्, उनले गरेको सेवाको सबुत पनि मिल्छ। पण्डा बनेर आउँछन्। को महारथी, घोडसवार, पैदल सेना हुन् त्यो तुरुन्तै थाहा भइहाल्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) अरू सबै कुरा छोडेर, बुद्धिलाई चारैतिरबाट हटाएर सतोप्रधान बन्नको लागि अशरीरी बन्ने अभ्यास गर्नु छ। दैवीगुण धारण गर्नु छ।

२) बुद्धिमा राम्रा-राम्रा विचार ल्याउनु छ, हाम्रो राज्य (स्वर्ग)मा के-के हुन्छ, त्यसमा विचार गरेर आफूलाई त्यस अनुसार चरित्रवान बनाउनु छ। यहाँबाट बुद्धि निकाल्नु छ।


वरदान:
अल्पकालको सहाराको किनारालाई छोडेर एक बाबालाई सहारा बनाउने यथार्थ पुरुषार्थी भव

पुरुषार्थको अर्थ यो होइन एक पटक गरिएको गल्ती बारम्बार गरिराख्नु र पुरुषार्थलाई आफ्नो सहारा बनाउनु। यथार्थ पुरुषार्थी अर्थात् पुरुष बनेर रथद्वारा कार्य गराउनेवाला। अब अल्पकालको सहाराको किनारालाई छोडिदेऊ। कतिपय बच्चाहरूले बाबाको सट्टा हदको किनारालाई सहारा बनाउँछन्। चाहे आफ्नो स्वभाव संस्कारलाई, चाहे परिस्थितिलाई... यी सबै अल्पकालका सहारा देखावटी मात्र, धोकेबाज हुन्। एक बाबाको सहारा नै छत्रछाया हो।

स्लोगन:
ज्ञानी ऊ हो जसले मायालाई टाढैबाट चिनेर स्वयंलाई समर्थ बनाउँछ।