23.06.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यहाँको
करोड अरब तिम्रो काम मा आउँदैन , सबै माटोमा मिल्नेछ , त्यसैले तिमीले अब सचखण्डको
लागि सच्चा कमाइ गर।”
प्रश्न:–
कुन एक कुराको
कारण तिमी ब्राह्मणहरू देवताहरू भन्दा पनि उच्च मानिन्छौ?
उत्तर:–
तिमी ब्राह्मणहरूले अहिले सबैको रूहानी सेवा गर्छौ। तिमीले सबै आत्माहरूको मिलन
परमात्मा बाबासँग गराउँछौ। यो पब्लिक सेवा देवताहरूले गर्दैनन्। त्यहाँ त राजा-रानी
तथा प्रजा हुन्छन्, जसले यहाँ पुरुषार्थ गरेका छन्, उनले त्यसको प्रारब्ध भोग्छन्।
सेवा गर्दैनन्। त्यसैले तिमी सेवाधारी ब्राह्मणहरू देवताहरू भन्दा पनि उच्च हौ।
ओम् शान्ति ।
यो कसको सभा
लागेको छ? जीव आत्माहरू र परमात्माको। जसको शरीर छ, उनलाई भनिन्छ जीव आत्मा, ती
मनुष्य भए र उहाँलाई परमात्मा भनिन्छ। जीव आत्माहरू र परमात्मा अलग रहे बहुकाल...
यसलाई मंगल मिलन भनिन्छ। बच्चाहरूलाई थाहा छ– परमपिता परमात्मालाई जीव आत्मा भन्न
सकिदैन किनकि उहाँले लोन लिनुहुन्छ। तनको आधार लिनुहुन्छ। स्वयं आएर भन्नुहुन्छ–
प्यारा बच्चाहरू! मलाई पनि यस प्रकृतिको आधार लिनु पर्छ। म गर्भमा त आउँदिनँ। म यसमा
प्रवेश गरेर तिमीलाई सम्झाउँछु। तिमी जीव आत्माहरूको त आ-आफ्नो शरीर छ। मेरो आफ्नो
शरीर छैन। त्यसैले यो भिन्न सभा भयो नि। यस्तो होइन, यहाँ कुनै गुरु चेला वा शिष्य
बसेका छन्। यो त विद्यालय हो। यस्तो होइन, गुरुको पछि गद्दी मिल्नु छ। गद्दीको कुरा
छैन। बच्चाहरूलाई निश्चय छ– हामीलाई कसले पढाउनुहुन्छ! विना निश्चय कोही पनि आउन
सक्दैन। जीव आत्माहरूको वर्ण हो ब्राह्मण वर्ण किनकि ब्रह्माद्वारा परमपिता
परमात्माले रचना रच्नुहुन्छ। तिमीलाई थाहा छ– हामी ब्राह्मण हौं सबैभन्दा सर्वोत्तम,
देवताहरू भन्दा पनि उत्तम। देवताहरूले कुनै पब्लिक सेवा गर्दैनन्। त्यहाँ त यथा राजा
रानी तथा प्रजा हुन्छन्, जे आफ्नो पुरुषार्थ गरिएको छ, त्यस अनुसार आफ्नो प्रारब्ध
भोग्छन्। कुनै सेवा गर्दैनन्। ब्राह्मणले सेवा गर्छन्। बच्चाहरूलाई थाहा छ– हामीले
बेहदका बाबासँगबाट हुबहु ५ हजार वर्ष पहिले जसरी राजयोग सिकिरहेका छौं। तिमी
बच्चाहरू ठहरियौ। यहाँ गुरु-चेलाको कुरा छैन। बाबाले घरी-घरी बच्चे-बच्चे भनेर
सम्झाउनु हुन्छ। तिमी अहिले आत्म-अभिमानी बनेका छौ। आत्मा अविनाशी छ, शरीर विनाशी
छ। शरीरलाई कपडा भनिन्छ। यो विकारी पतित कपडा हो किनकि आत्मा आसुरी मतमा विकारमा
जान्छ। पतित बन्छ। पावन र पतित शब्द निस्कन्छन् नै विकारको कारण। बाबा भन्नुहुन्छ–
अब धेरै पतित नबन। अहिले सबै रावणको बन्धनमा फँसेका छन् किनकि यो हो रावण राज्य।
बाबाले तिमीलाई रावण राज्यबाट मुक्त गरेर राम राज्यमा लैजानु हुन्छ। गड फादर इज
लिबरेटर, भन्नुहुन्छ– मैले सबैलाई दु:खबाट छुटाएर फर्काएर शान्तिधाममा लैजान्छु।
त्यहाँ गएर फेरि यहाँ आएर सुरु देखि बच्चाहरूले आफ्नो पार्ट रिपीट गर्नु छ। पहिला
सुरुमा पार्ट रिपीट गर्नु छ देवताहरूले। उनै पहिले थिए। अहिले ब्रह्माद्वारा आदि
सनातन देवी-देवता धर्मको स्थापना हुन्छ। कलियुगको विनाश सामुन्ने खडा छ। धेरै
अन्धकारमा परेका छन्। हुन त पदमपति, करोडपति बनेका छन्। रावणको पम्प छ, यसमा नै
आकर्षित भएका छन्। बाबा सम्झाउनु हुन्छ– यो झुटो कमाइ हो, जुन सारा माटोमा मिल्नेछ।
उनीहरूलाई हासिल केही पनि हुँदैन। तिमी त भविष्य २१जन्मको लागि बाबाबाट वर्साका लागि
आएका छौ। यो हो सचखण्डको लागि सच्चा कमाइ। सबै फर्केर जानु नै छ। सबैको वानप्रस्थ
अवस्था छ। बाबा भन्नुहुन्छ– सबैको सद्गतिदाता सतगुरु म हुँ। साधुहरूको, पतितहरूको
सबैको उद्धार मैले गर्छु। साना बच्चाहरूलाई पनि सिकाइन्छ– शिवबाबालाई याद गर। बाँकी
अरू सबै चित्र आदि हटाइदेऊ। एक शिवबाबा दोस्रो न कोही।
तिमीलाई थाहा छ– हामी
बाबासँग फेरि बेहद सुखको वर्सा लिन आएका छौं। हदको पितासँग हदको वर्सा त
जन्म-जन्मान्तर लियौ, रावणको आसुरी मतमा पतित बन्दै आयौ। मनुष्यले यी कुरालाई
बुझ्दैनन्। रावणलाई जलाउँछन्, त्यसैले जलेर खतम हुनुपर्छ नि! मनुष्यलाई जलाउँछन्,
उसको नाम रूप सबै खतम हुन्छ। रावणको नाम रूप त गुम हुँदैन, पटक-पटक जलाइरहन्छन्।
बाबा भन्नुहुन्छ– यो ५ विकार रूपी रावण तिम्रो ६३ जन्मको दुस्मन हो। यहाँको दुस्मन
मतलब हाम्रो दुस्मन भयो। जब वाम मार्गमा आयौ, त्यसपछि रावणको जेलमा पर्यौ। आधाकल्प
देखि रावण राज्य हुन्छ। रावण जल्दै जल्दैन, मर्दै मर्दैन। अहिले तिमीलाई थाहा छ–
रावणको राज्यमा हामी धेरै दु:खी भएका छौं। सुख र दु:खको यो खेल हो। गायन पनि गरिन्छ–
माया से हारे हार, माया से जीते जीत... अहिले मायालाई जितेर हामी फेरि राम राज्य
लिन्छौं। राम सीताको राज्य त त्रेतामा हुन्छ। सत्ययुगमा हुन्छ लक्ष्मी-नारायणको
राज्य। त्यहाँ त हुन्छ नै आदि सनातन देवी-देवता धर्म, त्यसलाई ईश्वरीय राज्य भनिन्छ,
जुन बाबाले स्थापना गर्नु भएको हो। पितालाई कहिल्यै सर्वव्यापी भन्न सकिदैन। तिमीहरू
भाइ-भाइ हौ। बाबा एक हुनुहुन्छ, तिमी सबै आपसमा भाइ-भाइ हौ। बाबा बसेर आत्माहरूलाई
पढाउनुहुन्छ। बाबाको आदेश छ– मलाई याद गर। म आएको हुँ भक्तिको फल दिन। कसलाई? जसले
सुरु देखि लिएर अन्त्यसम्म भक्ति गरेका छन्। पहिला सुरुमा तिमीले एक शिवबाबाको भक्ति
गर्थ्यौ। सोमनाथको मन्दिर कति भव्य छ। विचार गर्नुपर्छ– हामी कति धनवान थियौं। अहिले
गरिब कौडी जस्तो बनेका छौं। अहिले तिमीलाई ८४ जन्मको स्मृति आएको छ। अहिले तिमीलाई
थाहा छ– हामी केबाट के बनेका छौं?
अब तिमीलाई स्मृति
आएको छ। स्मृतिर्लब्धा शब्द पनि अहिलेको हो, यसको मतलब यो सम्झनु हुँदैन– भगवानले
आएर संस्कृतमा गीता सुनाउनु भएको हो। संस्कृत भए त तिमी बच्चाहरूले केही बुझ्दैनथ्यौ।
हिन्दी भाषा नै मुख्य हो। जुन यी ब्रह्माको भाषा हो, त्यसै भाषामा नै सम्झाइरहनु
भएको छ। कल्प-कल्प यसै भाषामा सम्झाउनु हुन्छ। तिमीलाई थाहा छ– हामी बापदादाको
सामुन्ने बसेका छौं। यो घर हो– मम्मा, बाबा, बहिनी र भाइ। पुग्यो, अरू कुनै सम्बन्ध
छैन। भाइ बहिनीको सम्बन्ध तब हुन्छ, जब प्रजापिता ब्रह्माको बन्छौ। नत्र आत्माको
सम्बन्धले त भाइ-भाइ हौ। बाबाबाट वर्सा मिलिरहेको छ। आत्माले जान्दछ– हाम्रो बाबा
आउनु भएको छ। तिमी ब्रह्माण्डको मालिक थियौ। बाबा पनि ब्रह्माण्डको मालिक हुनुहुन्छ
नि। जसरी आत्मा निराकार छ, त्यसैगरी परमात्मा पनि निराकार हुनुहुन्छ। नाम नै छ
परमपिता परमात्मा अर्थात् पर भन्दा पर रहने आत्मा। परम आत्माको अर्थ हो परमात्मा।
पिताबाट वर्सा मिल्छ। यहाँ कुनै साधु-सन्त महात्मा छैनन्, बच्चाहरू छन्, बाबासँग
बेहदको वर्सा लिइरहेका छन्, अरू कसैले वर्सा दिन सक्दैन। बाबा हुनुहुन्छ सत्ययुगको
स्थापना गर्नेवाला। बाबाले सदैव सुख नै दिनुहुन्छ। यस्तो होइन सुख दु:ख बाबाले नै
दिनुहुन्छ। यस्तो नियम छैन। बाबा स्वयं बताउनुहुन्छ– मैले तिमी बच्चाहरूलाई
पुरुषार्थ गराउँछु २१ जन्मको लागि, अब देवता बन। सुखदाता हुनुभयो नि, दु:खहर्ता
सुखकर्ता। अहिले तिमीलाई थाहा छ– दु:ख कसले दिन्छ? रावणले। यसलाई भनिन्छ– विकारी
दुनियाँ। स्त्री पुरूष दुवै विकारी छन्। सत्ययुगमा दुवै निर्विकारी थिए।
लक्ष्मी-नारायणको राज्य थियो नि। त्यहाँ काइदापूर्वक राज्य चल्छ। प्रकृति तिम्रो
अर्डरमा चल्छ। त्यहाँ कुनै उपद्रव हुन सक्दैन। तिमी बच्चाहरूले स्थापनाको
साक्षात्कार गरेका छौ। विनाश पनि हुनु छ अवश्य, होलिकामा गीत बनाउँछन् नि। सोध्छन्–
यिनको पेटबाट के निस्कन्छ? भने– मूसल। राइट कुरा त तिमीलाई थाहा छ। विज्ञान कति तेज
छ। बुद्धिको काम हो नि? विज्ञानको कति घमण्ड छ। कति चीजहरू हवाईजहाज आदि बनाउँछन्,
सुखको लागि। फेरि यी चीजद्वारा विनाश पनि गर्नेछन्। अन्तिममा आफ्नो कुलको नै विनाश
गर्नेछन्। तिमी त छौ नै गुप्त। तिमीले कसैसँग लडाइँ लड्दैनौ, कसैलाई दु:ख दिँदैनौ।
बाबा भन्नुहुन्छ– मनसा-वाचा-कर्मणा कसैलाई दु:ख दिनु हुँदैन। बाबाले कहिल्यै कसैलाई
दु:ख दिनुहुन्छ र? सुखधामको मालिक बनाउनुहुन्छ। तिमीले पनि सबैलाई सुख देऊ। बाबाले
सम्झाउनु भएको छ– जसले जे भने पनि, शान्तिपूर्वक हर्षितमुख रहनुपर्छ। योगमा रहेर
मुस्कुराइरहनु पर्छ। तिम्रो योगबलद्वारा ऊ पनि शान्त हुनेछ। खास गरेर टिचरको चालचलन
धेरै राम्रो हुनुपर्छ। कसैसँग पनि घृणा नहोस्। बाबा भन्नुहुन्छ– मलाई कहाँ कसैसँग
घृणा छ र। जान्दछु– सबै पतित छन्, यो ड्रामा बनेको छ। जान्दछु– यिनको चालचलन नै
यस्तो छ। खान-पान कति अशुद्ध छ, जे मन लाग्छ त्यही खाइरहन्छन्। जीवन सबैलाई प्यारो
लाग्छ। जीवन हामीलाई पनि धेरै प्यारो लाग्छ। जान्दछौं– यिनीद्वारा हामीलाई बाबाको
वर्सा मिल्छ। योगमा रहनाले तिम्रो आयु बढ्छ, विकर्म कम हुन्छन्। भविष्य २१ जन्मको
लागि आयु लामो हुन्छ। पुरुषार्थ अहिलेको हो, जसबाट फेरि प्रारब्ध बन्छ। योगबलद्वारा
हामी हेल्दी बन्छौं, ज्ञानद्वारा सम्पत्तिवान। स्वास्थ्य सम्पत्ति भएमा सुख हुन्छ।
केवल सम्पत्ति छ, स्वास्थ्य छैन भने पनि सुख हुन सक्दैन। यस्ता धेरै ठूला-ठूला
राजाहरू, धनवान भएर पनि लंगडा, रोगी छन् उनलाई भनिन्छ यस्तो विकर्म गरेका थिए, जसको
फल मिलेको हो। बाबाले तिमीलाई सुनाउनु त धेरै हुन्छ। यस्तो होइन बाहिर गएपछि जहाँको
त्यहीं रहोस्। यो त हुनु हुँदैन। धारणा गर्नु छ, अरू केही याद नआओस्, केवल
शिवबाबालाई याद गर। भित्र धेरै गुप्त महिमा गर्नुपर्छ। बाबा मन-चित्तमा पनि थिएन–
हजुर आएर पढाउनुहुन्छ! यो कुरा कुनै शास्त्रमा पनि छैन– निराकार परमपिता परमात्मा
आएर पढाउनुहुन्छ। बाबा अब हामीले बुझिसक्यौं। बाबाको सट्टा कृष्णको नाम लेख्नाले
गीता खण्डन भयो। कृष्णको त चरित्र हुन सक्दैन। गीता हो यस संगमको शास्त्र। उनीहरूले
फेरि द्वापरमा देखाएका छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अरू सबै कुरालाई
छोडेर पढाइमा ध्यान लगाऊ। बाबाको यादमा रहेनौ, पढाइमा मस्त रहेनौ भने समय व्यर्थ
जान्छ। तिम्रो समय अति मूल्यवान् छ, त्यसैले खेर फाल्नु हुँदैन। शरीर निर्वाह त गर।
बाँकी फाल्तु चिन्तनमा समय गुमाउनु हुँदैन। तिम्रो सेकेण्ड-सेकेण्ड हीरा जस्तो
मूल्यवान् छ। बाबा भन्नुहुन्छ– मनमनाभव। यही समयमा फाइदा छ, बाँकी समय व्यर्थ जान्छ।
चार्ट राख– मैले कति समय व्यर्थ गुमाएँ? एउटै शब्द छ मनमनाभव। आधाकल्प जीवनमुक्ति
थियो फेरि आधाकल्प जीवनबन्धमा आयौं। सतोप्रधान सतो, रजो, तमोमा आयौं, फेरि हामी
जीवनमुक्त बनिरहेका छौं। बनाउनेवाला बाबा नै हुनुहुन्छ। सबैलाई जीवनमुक्ति मिल्छ।
आ-आफ्नो धर्म अनुसार पहिला सुरुमा सुख देख्छन्, फेरि दु:ख। नयाँ आत्मा जो पहिले
आउँछ, उसले सुख भोग्छ। कसैको महिमा हुन्छ किनकि नयाँ आत्मा हुनाले तागत हुन्छ।
तिम्रो मनमा खुशीको बाजा बज्नुपर्छ। हामी बापदादाको सामुन्ने बसेका छौं। अब नयाँ
रचना भइरहेको छ। तिम्रो यस समयको महिमा सत्ययुगको भन्दा पनि धेरै छ। जगत अम्बा,
देवीहरू सबै संगममा थिए। ब्राह्मण थिए। तिमीलाई थाहा छ– अहिले हामी ब्राह्मण हौं,
फेरि देवता पूज्यनीय लायक बन्छौं। फेरि तिम्रो यादगार मन्दिर बन्छन्। तिमी चैतन्य
देवी बन्छौ। ती त जड हुन्। उनीहरूसँग सोध– यी देवी कसरी बने? यदि कसैले कुरा गरे भने
सम्झाऊ– हामी नै ब्राह्मण थियौं, फेरि हामी नै देवता बन्छौं। तिमी चैतन्यमा छौ।
तिमीले बताउँछौ– यो ज्ञान कति फस्टक्लास छ। वास्तवमा तिमीले स्थापना गरिरहेका छौ।
प्यारा बच्चाहरूले भन्छन्– बाबा हामीले लक्ष्मी-नारायण भन्दा सानो पद लिँदैनौं।
हामीले त पूरा वर्सा लिन्छौं। यो विद्यालय नै यस्तो छ। सबैले भन्छन्– हामी आएका हौं
प्राचीन राजयोग सिक्नको लागि। योगद्वारा देवी-देवता बन्छौं। अहिले त शूद्रबाट
ब्राह्मण बनेका छौं। फेरि ब्राह्मणबाट देवता बन्छौं। मूल कुरा नै हो यादको। यादमा
नै मायाले विघ्न पार्छ। तिमीले धेरै कोसिस गर्छौ, फेरि पनि बुद्धि कहीं न कहीं
गइहाल्छ। यसमा नै सारा मेहनत छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबा समान सुखदाता बन। मनसा-वाचा-कर्मणा कसैलाई पनि दु:ख नदेऊ। सदा शान्तचित्त र
हर्षितमुख रहने गर।
२) फाल्तु चिन्तनमा
समय खेर फाल्नु हुँदैन। बाबाको मनमनै महिमा गर।
वरदान:–
श्रेष्ठ मत
प्रमाण हरेक कर्म कर्मयोगी भएर गर्ने कर्मबन्धन मुक्त भव
जुन बच्चाहरू
श्रेष्ठमत प्रमाण हरेक कर्म गर्दा बेहदको रूहानी नशामा रहन्छन्, उनीहरू कर्म गर्दा
कर्मको बन्धनमा आउँदैनन्। न्यारा र प्यारा रहन्छन्। कर्मयोगी बनेर कर्म गर्ने भएकाले
उनीहरूको पासमा दु:खको लहर आउन सक्दैन। उनीहरू सदैव न्यारा र प्यारा रहन्छन्। कुनै
पनि कर्मको बन्धनले उनीहरूलार्इ आफ्नो तर्फ खिच्न सक्दैन। सदैव मालिक भएर कर्म
गराउँछन्। त्यसैले बन्धनमुक्त स्थितिको अनुभव हुन्छ। यस्ता आत्मा स्वयं पनि सदैव
खुशी रहन्छन् र अरूलार्इ पनि खुशी दिन्छन्।
स्लोगन:–
अनुभवहरूको
अधिकारी बन्यौ भने, कहिल्यै धोका खाँदैनौ।