23.11.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी देही-अभिमानी बन्यौ भने सबै रोगहरू समाप्त हुन्छन् र तिमी डबल श्रीपेचधारी विश्वको मालिक बन्छौ।

प्रश्न:
बाबाको सामुन्ने कुन बच्चाहरू बस्नुपर्छ?

उत्तर:
जसलाई ज्ञान डान्स गर्न आउँछ। ज्ञान डान्स गर्ने बच्चाहरू बाबाको सम्मुख छन् भने बाबाको मुरली पनि त्यस्तै चल्छ। यदि कसैले सामुन्ने बसेर यता-उता हेर्छ भने बाबाले सम्झनुहुन्छ यो बच्चाले केही पनि बुझेको छैन। बाबाले टिचरहरूलाई पनि भन्नुहुन्छ तिमीले यो कसलाई ल्याएका हौ, जसले बाबाको सामुन्ने पनि हाई गरिरहन्छ। बच्चाहरूलाई त यस्तो बाबा मिल्नु भएको छ, त्यसैले खुसीमा डान्स गर्नुपर्छ।

गीत:
दूर देश का रहने वाला......

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूले गीत सुन्यौ। रूहानी बच्चाहरूले बुझेका छन् रूहानी बाबा जसलाई हामीले याद गर्दै आएका छौं, दु:ख-हर्ता, सुख-कर्ता वा तिमी माता-पिता.... फेरि आएर हामीलाई धेरै सुख दिनुहोस्, हामी दु:खी छौं। यो सारा दुनियाँ दु:खी छ किनकि यो हो कलियुगी पुरानो दुनियाँ। पुरानो दुनियाँ अथवा पुरानो घरमा त्यति सुख हुन सक्दैन, जति नयाँ दुनियाँ, नयाँ घरमा हुन्छ। तिमी बच्चाहरूले सम्झन्छौ हामी विश्वको मालिक आदि सनातन देवी-देवता थियौं, हामीले नै ८४ जन्म लिएका छौं। बाबा भन्नुहुन्छ तिमीले आफ्नो जन्मलाई जान्दैनौ कति जन्म पार्ट खेलेका छौ। मनुष्यले सम्झन्छन् ८४ लाख पुनर्जन्म हुन्छन्। एक-एक पुनर्जन्म कति वर्षको हुन्छ। ८४ लाखको हिसाबले त सृष्टि-चक्र धेरै लामो हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ हामी आत्माहरूका पिता हामीलाई पढाउन आउनु भएको छ। हामी पनि दूर देशका निवासी हौं। हामी कोही पनि यहाँका निवासी होइनौ। यहाँ हामी पार्ट खेल्न आएका हौं। बाबालाई पनि हामीले परमधाममा याद गर्छौं। अहिले यो पराइ देशमा आएका छौं। शिवलाई बाबा भनिन्छ। रावणलाई बाबा भनिदैन। भगवानलाई बाबा भनिन्छ। बाबाको महिमा भिन्नै छ, ५ विकारको कसले महिमा गर्छन् र! देह-अभिमान त धेरै ठूलो रोग हो। हामी देही-अभिमानी बन्यौं भने कुनै रोग रहँदैन र हामी विश्वको मालिक बन्छौं। यी कुरा तिम्रो बुद्धिमा छ। तिमीले बुझेका छौ शिवबाबाले हामी आत्माहरूलाई पढाउनु हुन्छ। जति पनि अन्य सतसङ्ग आदि छन्, कहीं पनि यसरी बुझ्दैनन् हामीलाई बाबा आएर राजयोग सिकाउनु हुन्छ, राजाईको लागि पढाउनु हुन्छ। राजा बनाउने त राजा नै हुनु पर्छ नि। सर्जनले पढाएर आफू समान सर्जन बनाउँछ। ठीक छ, डबल श्रीपेचधारी बनाउनेवाला कहाँबाट आउनु हुन्छ, जसले हामीलाई डबल श्रीपेचधारी बनाउनु हुन्छ त्यसैले मनुष्यले फेरि डबल श्रीपेचधारी कृष्णलाई बनाइदिएका छन्। तर कृष्णले कसरी पढाउँछन्! अवश्य पनि बाबा संगममा आउनु भएको हुनुपर्छ, आएर राजाई स्थापना गर्नु भएको हुनुपर्छ। बाबा कसरी आउनु हुन्छ, यो तिमी सिवाय अरू कसैको बुद्धिमा छैन। दूर देशबाट बाबा आएर हामीलाई पढाउनु हुन्छ, राजयोग सिकाउनु हुन्छ। बाबा भन्नुहुन्छ मेरो कुनै लाइट वा रत्नजडित ताज छैन। उहाँले कहिल्यै राजाई पाउनुहुन्न। डबल श्रीपेचधारी बन्नुहुन्न, अरूलाई बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ म यदि राजा बने भने फेरि रंक पनि बन्नुपर्छ। तिमी नै राजा थियौ, अहिले रंक बनेका छौ। तिमी पनि डबल श्रीपेचधारी बन्छौ त्यसैले तिमीलाई बनाउनेवाला पनि डबल श्रीपेचधारी हुनु पर्छ, जससँग फेरि तिम्रो योग लागोस्। जो जस्तो हुन्छ उसले उस्तै आफू समान बनाउँछ। संन्यासीले कोसिस गरेर संन्यासी बनाउँछन्। तिमी गृहस्थी, ती संन्यासी त्यसैले फेरि तिमी अनुयायी त भएनौ। भन्छन् फलानो शिवानन्दको अनुयायी हो। तर ती संन्यासीहरू शिर मुड्नेवाला हुन्, तिमीले त अनुसरण गर्दैनौ! त्यसैले तिमीले फेरि अनुयायी किन भन्छौ! अनुयायी त ऊ हो जसले तुरुन्तै कपडा उतारेर गेरु वस्त्र (कफनी) पहिरिन्छ। तिमी त गृहस्थमा विकार आदिमा रहन्छौ फेरि शिवानन्दका अनुयायी कसरी भन्छौ? गुरुको त काम हो सद्गति गर्नु। गुरुले त यस्तो भन्दैनन् फलानालाई याद गर। फेरि त स्वयं गुरु भएनन्। मुक्तिधाममा जानको लागि पनि युक्ति चाहिन्छ।

तिमी बच्चाहरूलाई सम्झाइएको छ तिम्रो घर हो मुक्तिधाम अथवा निराकारी दुनियाँ। आत्मालाई भनिन्छ निराकारी आत्मा। शरीर ५ तत्त्वले बनेको छ। आत्माहरू कहाँबाट आउँछन्? परमधाम निराकारी दुनियाँबाट। त्यहाँ धेरै आत्माहरू रहन्छन्। त्यसलाई भनिन्छ प्यारो शान्तिधाम। त्यहाँ आत्माहरू दु:ख सुखदेखि अलग रहन्छन्। यो राम्ररी निश्चय गर्नु छ। हामी हौं प्यारो शान्तिधामका निवासी। यहाँ यो नाटकशाला हो, जहाँ हामी पार्ट खेल्न आउँछौं। यस नाटकशालामा यी सूर्य, चन्द्रमा, तारागण आदि बत्तीहरू हुन्। कसैले गणना गर्न सक्दैन यो नाटकशाला कति माइलको छ। हवाइजहाजमा माथि जान्छन् तर त्यसमा पेट्रोल आदि त्यति पर्याप्त राख्न सक्दैनन्, जो गएर फेरि फर्केर पनि आउन सकून्। त्यति टाढा जान सक्दैनन्। उनीहरूलाई थाहा हुन्छ यति माइलसम्मलाई पेट्रोल छ, फर्केनन् भने खस्छन्। समुद्रको वा आकाश तत्त्वको अन्त्य पाउन सक्दैनन्। अहिले बाबाले तिमीलाई आफ्नो अन्त्य दिनुहुन्छ। आत्मा यस आकाश तत्त्व भन्दा पारी जान्छ। कति महान् रकेट हो। तिमी आत्माहरू जब पवित्र बन्छौ अनि फेरि रकेट जस्तै उड्न लाग्छौ। कति सूक्ष्म रकेट हो। आत्मा सूर्य-चन्द्रमा भन्दा पनि टाढा, पारी मूलवतनमा जान्छ। सूर्य-चन्द्रमाको अन्त्य पाउनको लागि धेरै कोसिस गर्छन्। टाढाका तारागण आदि कति साना देखिन्छन्। छन् त धेरै ठूला। जसरी तिमीले चङ्गा उडाउँछौ भने माथि कति सानो-सानो देखिन्छ। बाबा भन्नुहुन्छ तिम्रो आत्मा त सबैभन्दा तीक्ष्ण छ। सेकेण्डमा एक शरीरबाट निस्केर अर्को गर्भमा गएर प्रवेश गर्छ। कसैको कर्मको हिसाब-किताब लण्डनमा छ भने सेकेण्डमा लण्डन गएर जन्म लिन्छ। सेकेण्डमा जीवनमुक्ति पनि गायन गरिएको छ नि। बच्चा गर्भबाट निस्कियो र मालिक बन्यो, वारिस नै भइहाल्यो। तिमी बच्चाहरूले पनि बाबालाई चिन्यौ अर्थात् विश्वको मालिक बन्यौ। बेहदका बाबा नै आएर तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ। विद्यालयमा वकालत पढ्छन् अनि वकिल बन्छन्। यहाँ तिमीले डबल श्रीपेचधारी बन्नको लागि पढ्छौ। यदि पास भयौ भने डबल श्रीपेचधारी अवश्य बन्छौ। फेरि स्वर्गमा त अवश्य आउँछौ। तिमीले बुझेका छौ बाबा त सदैव त्यहाँ नै रहनुहुन्छ। हे परमपिता परमात्मा भन्दा दृष्टि अवश्य पनि माथि जान्छ। परमपिता परमात्मा हुनुहुन्छ त्यसैले अवश्य केही त उहाँको पार्ट छ नि। अहिले पार्ट खेलिरहनु भएको छ। उहाँलाई बागवान पनि भनिन्छ। आएर काँडाबाट फूल बनाउनु हुन्छ। त्यसैले तिमी बच्चाहरूलाई खुसी हुनुपर्छ। बाबा आउनु भएको छ यस पराइ देशमा। दूर देशमा रहनेवाला आउनु भयो पराइ देशमा। दूर देशका निवासी त बाबा नै हुनुहुन्छ। अरू आत्माहरू पनि त्यहाँ रहन्छन्। यहाँ फेरि पार्ट खेल्न आउँछन्। पराई देश यसको अर्थ कसैले बुझेका छैनन्। मनुष्यले त भक्तिमार्गमा जे सुन्छन् त्यो सत्य-सत्य भनिरहन्छन्। तिमी बच्चाहरूलाई बाबाले कति राम्ररी सम्झाउनु हुन्छ। आत्मा अपवित्र भएपछि उड्न सक्दैन। पवित्र नबनी फर्केर जान सक्दैन। पतित-पावन एउटै बाबालाई भनिन्छ। उहाँलाई यसै संगमयुगमा आउनु पर्छ। तिमीलाई कति खुसी हुनुपर्छ। बाबाले हामीलाई डबल श्रीपेचधारी बनाइरहनु भएको छ। यो भन्दा उच्च दर्जा कसैको छैन। बाबा भन्नुहुन्छ म डबल श्रीपेचधारी बन्दिनँ। म आउँछु नै एक पटक। पराई देश, पराई शरीरमा। यी दादाले पनि भन्छन् म शिव कहाँ हुँ र! मलाई त लखिराज भन्थे, फेरि समर्पित भएँ अनि बाबाले ब्रह्मा नाम राख्नु भयो। यिनमा प्रवेश गरेर यिनलाई भनेँ तिमीले आफ्नो जन्मलाई जान्दैनौ। ८४ जन्मको हिसाब हुनु पर्छ नि। उनीहरूले त ८४ लाख भनिदिन्छन्, जुन बिल्कुलै असम्भव छ। ८४ लाख जन्मको रहस्य सम्झाउनमा सयौं वर्ष लाग्छ। याद पनि आउन सक्दैन। ८४ लाख योनिहरूमा त पशु-पंक्षी आदि सबै आउँछन्। मनुष्यको जन्म मात्रै दुर्लभ भनी गायन गरिएको छ। जनावरले कहाँ ज्ञान सम्झाउन सक्छ। तिमीलाई बाबा आएर ज्ञान पढाउनु हुन्छ। स्वयं भन्नुहुन्छ म आउँछु रावण राज्यमा। मायाले तिमीलाई कति पत्थरबुद्धि बनाइदिएको छ। अहिले फेरि बाबाले तिमीलाई पारसबुद्धि बनाउनु हुन्छ। उतरती कलामा तिमी पत्थरबुद्धि बन्यौ। अब फेरि बाबाले चढ्ती कलामा लैजानुहुन्छ, नम्बरवार त हुन्छ नि। हरेकलाई तिमीले आफ्नो पुरुषार्थद्वारा जान्न सक्छौ। मुख्य कुरा हो याद। रातमा सुत्ने बेलामा पनि यो ख्याल गर। बाबा म हजुरको यादमा सुत्छु। मानौं मैले यो शरीरलाई छोडिदिन्छु। हजुरको पासमा आउँछु। यसरी बाबालाई याद गर्दै गर्दै सुत्यौ भने हेर कति आनन्द आउँछ। साक्षात्कार पनि हुन सक्छ। तर यो साक्षात्कार आदिमा खुसी हुनु छैन। बाबा मैले त हजुरलाई नै याद गर्छु। हजुरको पासमा आउन चाहन्छु। तिमीले बाबालाई याद गर्दै गर्दै धेरै आरामसँग जान्छौ। हुन सक्छ सूक्ष्मवतनमा पनि जान सक्छौ। मूलवतनमा त जान सक्दैनौ। अहिले फर्केर जाने समय कहाँ आएको छ र। हो, बिन्दुको साक्षात्कार भयो फेरि साना-साना आत्माहरूको वृक्ष देखिन्छ। जसरी तिमीलाई बैकुण्ठको साक्षात्कार हुन्छ नि। यस्तो होइन, साक्षात्कार हुँदैमा तिमी वैकुण्ठमा जान्छौ। होइन, त्यसको लागि त फेरि मेहनत गर्नुपर्छ। तिमीलाई सम्झाइन्छ तिमीहरू सबैभन्दा पहिला प्यारो शान्तिधाम जान्छौ। सबै आत्माहरू पार्ट खेल्नबाट मुक्त हुन्छन्। आत्मा पवित्र नबनेसम्म जान सक्दैन। बाँकी साक्षात्कारबाट केही पनि मिल्दैन। मीरालाई साक्षात्कार भयो, वैकुण्ठमा कहाँ गइन्। वैकुण्ठ त सत्ययुगमा नै हुन्छ। अहिले तिमीले वैकुण्ठको मालिक बन्नको लागि तयारी गरिरहेका छौ। बाबाले ध्यान आदिमा जान त्यति दिनुहुन्न किनकि तिमीले त पढ्नु छ नि। बाबा आएर पढाउनु हुन्छ, सबैको सद्गति गर्नुहुन्छ। विनाश पनि सामुन्ने छ। तर असुरहरू र देवताहरूको लडाईं त हुँदैन। उनीहरू आपसमा लड्छन् किनकि तिम्रो लागि नयाँ दुनियाँ हुनुपर्छ। तिम्रो लडाईं हो मायासँग। तिमी धेरै प्रसिद्ध योद्धा हौ। तर कसैले जान्दैन देवीहरूको यति गायन किन गरिन्छ? अहिले तिमीले विश्वलाई योगबलद्वारा स्वर्ग बनाउँछौ। अहिले तिमीलाई बाबा मिल्नु भएको छ। तिमीलाई सम्झाइरहनु हुन्छ ज्ञानद्वारा नयाँ दुनियाँ जिन्दाबाद हुन्छ। यी लक्ष्मी-नारायण नयाँ दुनियाँको मालिक थिए नि। अहिले पुरानो दुनियाँ हो। पुरानो दुनियाँको विनाश पहिला पनि मिसाइलद्वारा भएको थियो। महाभारत लडाईं भएको थियो। त्यतिबेला बाबाले राजयोग पनि सिकाउनु भएको थियो। अहिले पनि यथार्थमा बाबाले राजयोग सिकाइरहनु भएको छ। बाबाले नै तिमीलाई सत्य बताउनु हुन्छ। सच्चा बाबा आउनु हुन्छ त्यसैले तिमी सदैव खुसीमा डान्स गर्छौ। यो हो ज्ञान डान्स। जो ज्ञान डान्सका सौखिन हुन्छन् उनीहरू नै सामुन्ने बस्नुपर्छ। जसले बुझ्दैनन्, उनीहरूलाई हाई आउँछ। बुझिन्छ, यसले केही पनि बुझ्दैन। ज्ञानलाई केही पनि बुझेन भने यता-उता हेरिरहन्छन्। बाबाले पनि टिचरहरूलाई भन्नुहुन्छ तिमीले कसलाई ल्याएकी हौ? जसले सिक्छन् र सिकाउँछन् उनीहरू सामुन्ने बस्नुपर्छ। उनीहरूलाई खुसी भइरहन्छ। मैले पनि डान्स गर्नु छ। यो हो ज्ञान डान्स। कृष्णले त न ज्ञान सुनाए, न डान्स गरे। मुरली त यो ज्ञानको हो नि। बाबाले सम्झाउनु भएको छ राती सुत्नेबेलामा बाबालाई याद गर्दै, चक्रलाई बुद्धिमा याद गरिराख। बाबा म अब यो शरीर छोडेर हजुरको पासमा आउँछु। यसरी याद गर्दै गर्दै सुत अनि हेर के हुन्छ। पहिला कब्रिस्तान बनाएको थिएँ फेरि कोही शान्तिमा जान्थे, कोही रास गर्न लाग्थे। जसले बाबालाई चिन्दै चिन्दैनन्, उनीहरूले याद कसरी गर्न सक्छन्। मनुष्यले बाबालाई चिन्दैनन् भने बाबालाई याद कसरी गरुन्, त्यसैले बाबा भन्नुहुन्छ म जो हुँ, जस्तो हुँ, मलाई कसैले पनि जानेका छैनन्।

अहिले तिमीलाई कति समझ आएको छ। तिमी हौ गुप्त योद्धा। योद्धाको नाम सुनेर देवीहरूका तरबार, वाण आदि बनाइदिएका छन्। तिमी योद्धा हौ योगबलका। योगबलद्वारा विश्वको मालिक बन्छौ। जसले जतिसुकै कोसिस गरे पनि बाहुबलद्वारा जित्न सक्दैनन्। भारतवर्षको योग प्रसिद्ध छ। यो बाबाले नै आएर सिकाउनु हुन्छ। यो पनि कसैलाई थाहा छैन। उठ्दा-बस्दा बाबालाई नै याद गरिराख। भन्छन् योग लाग्दैन। योग शब्द उडाइदेऊ। बच्चाहरूले त बाबालाई याद गर्छन् नि। शिवबाबा भन्नुहुन्छ म एकलाई याद गर। म नै सर्वशक्तिमान् हुँ, मलाई याद गर्नाले तिमी सतोप्रधान बन्छौ। सतोप्रधान बनेपछि फेरि आत्माहरूको बरियाँत निस्किन्छ। जसरी मौरीहरूको बरियाँत हुन्छ नि। यो हो शिवबाबाको बरियाँत। शिवबाबाको पछाडि सबै आत्माहरू लामखुट्टे जस्तै जान्छन्। बाँकी शरीर सबै समाप्त हुन्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) राती सुत्नु भन्दा पहिला बाबासँग मीठा-मीठा कुरा गर्नु छ। बाबा म यो शरीरलाई छोडेर हजुरको पासमा आउँदै छु, यसरी याद गरेर सुत्नु छ। याद नै मुख्य हो, यादद्वारा नै पारसबुद्धि बन्छौ।

२) ५ विकारहरूको रोगबाट बच्नको लागि देही-अभिमानी रहने पुरुषार्थ गर्नु छ। अथाह खुसीमा रहनु छ, ज्ञान डान्स गर्नु छ। क्लासमा आलस्य फैलाउनु हुँदैन।

वरदान:
त्रिकालदर्शी स्टेजद्वारा व्यर्थको खाता समाप्त गर्ने सदा सफलतामूर्त भव

त्रिकालदर्शी स्टेजमा स्थित हुनु अर्थात् हर संकल्प, बोली र कर्म गर्नुभन्दा पहिला चेक गर्नु छ यो व्यर्थ हो वा समर्थ हो! व्यर्थले एक सेकेन्डमा पदमौंको नोक्सान गर्छ, समर्थले सेकेन्डमा पदमौंको कमाई गराउँछ। सेकेन्डको व्यर्थले पनि कमाईमा धेरै घाटा पार्छ, जसबाट गरेको कमाई गुम हुन पुग्छ। त्यसैले एक कालदर्शी भएर कर्म गर्नुको सट्टा त्रिकालदर्शी स्थितिमा स्थित भएर कर्म गर्यौ भने व्यर्थ समाप्त हुन्छ र सदा सफलता मूर्त बन्छौ।

स्लोगन:
मान, शान र साधनको त्याग नै महान् त्याग हो।