24.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यही स
ङ् गमयुग हो जतिबेला आत्मा र परमात्माको सङ्गम (मिलन) हुन्छ‚ सतगुरु ए कै पटक आएर
बच्चाहरूलाई सत्य ज्ञान दिएर सत्य बोल्न सिकाउनु हुन्छ।”
प्रश्न:–
कुन बच्चाहरूको
अवस्था धेरै राम्रो हुन्छ?
उत्तर:–
जुन बच्चाहरूको बुद्धिमा हुन्छ– यो सबै कुरा बाबाको हो। हरेक कदममा श्रीमत लिने‚
पूरा त्याग गर्ने बच्चाहरूको अवस्था धेरै राम्रो हुन्छ। यात्रा लामो छ, त्यसैले
उच्च बाबाको उच्च मत लिइरहनु पर्छ।
प्रश्न:–
मुरली सुन्ने
समयमा कुन बच्चाहरूलाई अपार सुख अनुभव हुन्छ?
उत्तर:–
जसले सम्झन्छन् हामीले शिवबाबाको मुरली सुनिरहेका छौं। यो मुरली शिवबाबाले ब्रह्मा
तनद्वारा सुनाउनु भएको हो। परम प्रिय बाबाले हामीलाई सदा सुखी मनुष्यबाट देवता
बनाउनको लागि यो मुरली सुनाइरहनु भएको छ। मुरली सुन्दा यो स्मृति रह्यो भने सुख
अनुभव हुन्छ।
गीत:–
प्रीतम आन मिलो...
ओम् शान्ति ।
यो दु:खी जीवन
त दु:खधाममा मात्रै हुन्छ। सुखी जीव आत्माहरू सुखधाममा हुन्छन्। सबै भक्तहरूको
प्रियतम एक हुनुहुन्छ‚ जसको नै याद गरिन्छ। उहाँलाई प्रियतम भनिन्छ। दु:ख परेपछि
याद गर्छन्। यो कुरा कसले बसेर सम्झाउनुहुन्छ? सच्चा-सच्चा प्रियतमले। सच्चा बाबा‚
सच्चा शिक्षक‚ सच्चा सतगुरु... सबैका प्रियतम उहाँ एक हुनुहुन्छ। तर प्रियतम
आउनुहुन्छ कहिले‚ यो कसैले जान्दैन। प्रियतम स्वयं आएर आफ्ना भक्तहरूलाई‚ आफ्ना
बच्चाहरूलाई बताउनुहुन्छ– म आउँछु नै केवल सङ्गमयुगमा एक पटक। मेरो आउनु र जानु
त्यसको जुन बीच छ, त्यसलाई सङ्गम भनिन्छ। अरू सबै आत्माहरू त धेरै पटक जन्म-मरणमा
आउँछन्‚ म एकैपटक आउँछु। म सतगुरु पनि एउटै हुँ। बाँकी गुरु त अनेक छन्। उनीहरूलाई
सतगुरु भनिदैन किनकि उनीहरूले कुनै सत्य बोल्दैनन्‚ उनीहरूले सत्य परमात्मालाई
चिनेकै छैनन्। जसले सत्यलाई जान्दछन् उनीहरू सदैव सत्य बोल्छन्। उहाँ सतगुरु
हुनुहुन्छ नै सत्य बोल्ने सच्चा सतगुरु। सच्चा बाबा‚ सच्चा शिक्षक स्वयं आएर
बताउनुहुन्छ‚ म सङ्गमयुगमा आउँछु। मेरो आयु यति नै हो‚ जति समय म आउँछु। पतितहरूलाई
पावन बनाएर मात्रै जान्छु। मेरो जन्म भएको समयदेखि नै मैले सहज राजयोग सिकाउन आरम्भ
गर्छु फेरि जब सिकाएर पूरा गर्छु अनि पतित दुनियाँ विनाश हुन्छ र म जान्छु। म
यतिबेला नै आउँछु। शास्त्रहरूमा त कुनै समय छँदैछैन। शिवबाबाले कहिले जन्म
लिनुहुन्छ‚ कति दिन विश्वमा रहनुहुन्छ‚ यो कुरा बाबा बसेर स्वयंले नै बताउनुहुन्छ‚
म आउँछु नै सङ्गममा। सङ्गमयुगको आदि‚ सङ्गमयुगको अन्त्य अर्थात् म आउने आदि र जाने
अन्त्य। बाँकी मध्यमा बसेर मैले राजयोग सिकाउँछु। बाबा स्वयं बसेर बताउनुहुन्छ– म
यिनैको वानप्रस्थ अवस्थामा आउँछु पराई देश पराई तनमा‚ त्यसैले पाहुना भएँ नि। म यस
रावणको दुनियाँमा पाहुना ठहरिएँ। यस सङ्गमयुगको महिमा धेरै बेजोडको छ। बाबा
आउनुहुन्छ नै रावण राज्यको विनाश गरेर रामराज्यको स्थापना गर्न। शास्त्रहरूमा
दन्त्य कथाहरू धेरै लेखिदिएका छन्। रावणलाई जलाउँदै आउँछन्। सारा सृष्टि यतिबेला
लङ्का जस्तै छ। केवल सिलोनलाई मात्र लङ्का भनिदैन। यो सारा सृष्टि रावण रहने स्थान
हो वा शोकवाटिका हो। सबै दु:खी छन्। बाबा भन्नुहुन्छ– यसलाई अशोकवाटिका अथवा स्वर्ग
बनाउन आउँछु। स्वर्गमा सबै धर्म त हुँदैनन्। त्यहाँ थियो एउटै धर्म‚ जुन अहिले छैन।
अहिले फेरि देवता बनाउन राजयोग सिकाइरहेको छु। सबैले त सिक्दैनन्। म यहाँ नै आउँछु।
यहाँ नै स्वर्ग हुन्छ। क्रिश्चियनहरूले पनि स्वर्गलाई मान्छन्। भन्छन् स्वर्गवासी
भयो। परमपिता परमात्माको पासमा गयो। तर स्वर्गलाई कहाँ जान्दछन् र। स्वर्ग भिन्नै
चीज हो। बाबा सम्झाउनुहुन्छ– म कहिले र कसरी आउँछु। आएर त्रिकालदर्शी बनाउँछु।
त्रिकालदर्शी अरू कोही छैन। सृष्टिको आदि-मध्य-अन्त्यलाई मैले मात्रै जान्दछु। अब
कलियुगको विनाश हुन्छ। लक्षण पनि देखिन लागिरहेको छ। समय त्यही सङ्गमको हो।
एक्युरेट समय कसैले भन्न सक्दैन। बाँकी हो‚ राजधानी पूरा स्थापना हुनेछ, बच्चाहरूको
कर्मातीत अवस्था भएपछि ज्ञान समाप्त हुनेछ। लडाइँ सुरु हुनेछ। म पनि आफ्नो पावन
बनाउने पार्ट पूरा गरेर जानेछु। देवी-देवता धर्म स्थापना गर्नु− यो मेरै पार्ट हो।
यहाँ रहनेले यो कुरा केही पनि जानेका छैनन्। शिवरात्रि मनाउँछन् भने अवश्य शिवबाबाले
कुनै कार्य गर्नु भएको हुनुपर्छ। उनीहरूले फेरि कृष्णको नाम राखिदिएका छन्। यो त
साधारण भुल देखिन आउँछ। शिवपुराण आदि कुनै शास्त्रमा पनि यो कुरा छैन− शिवबाबा आएर
राजयोग सिकाउनु हुन्छ। वास्तवमा हरेक धर्मको एक-एक शास्त्र छ। देवता धर्मको पनि एक
शास्त्र हुनु पर्छ। तर त्यसका रचयिता को हुनुहुन्छ? यसैमा अल्मलिएका छन्।
बाबा सम्झाउनु हुन्छ–
वास्तवमा मैले ब्रह्माद्वारा ब्राह्मण धर्म रचना गर्नु पर्छ। ब्रह्मा मुखवंशावली
ब्रह्माकुमार कुमारीहरू ठहरिए। धेरैका नाम फेरिए‚ ती मध्ये धेरै भागन्ती भए। साथै
विस्थापित पनि हुन्छन्। बाँकी हेरियो नामबाट कुनै फाइदा छैन। उनीहरूले त बिर्सिन्छन्
पनि। वास्तवमा तिमीले योग लगाउनु छ बाबासँग। नाम शरीरको हुन्छ। आत्माको त नाम
हुँदैन। आत्माले ८४ जन्म लिन्छ। हरेक जन्ममा नाम-रूप-देश-काल सबै फेरिन्छ। ड्रामामा
कसैलाई पनि जुन एकपटक पार्ट मिलेको छ‚ त्यसै रूपमा फेरि कहिल्यै पार्ट खेल्न सक्दैन।
त्यही पार्ट फेरि ५ हजार वर्ष पछि खेल्छ। यस्तो होइन कृष्ण त्यसै नाम रूपबाट फेरि
कहीँ आउन सक्छन्। आउँदैनन्। यो त जान्दछौ– आत्माले एक शरीर छोडेर अर्को लिन्छ अनि
अनुहार आदि एउटा अर्कोसँग मिल्दैन। ५ तत्त्व अनुसार अनुहार फेरिदै जान्छ। कति
अनुहार छन्। तर यो पहिले देखि नै सबै ड्रामामा निश्चित छ। नयाँ केही बन्दैन। अहिले
शिवरात्रि मनाइन्छ। वास्तवमा शिव आउनु भएको हुनुपर्छ। उहाँ नै सारा दुनियाँका
प्रियतम हुनुहुन्छ। लक्ष्मी-नारायण वा राधा-कृष्ण वा ब्रह्मा-विष्णु आदि कोही
प्रियतम होइनन्। परमपिता परमात्मा नै प्रियतम हुनुहुन्छ। वास्तवमा बाबाले त वर्सा
दिनुहुन्छ‚ त्यसैले बाबा प्रिय लाग्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर किनकि मद्वारा
तिमीले वर्सा पाउनु छ। बच्चाहरूलाई थाहा छ– यस पढाइ अनुसार गएर सूर्यवंशी देवता वा
चन्द्रवंशी क्षत्रिय बन्छौं। वास्तवमा यहाँको एउटै धर्म हुनु पर्छ। तर देवता धर्मको
नाम फेरेर हिन्दु नाम राखिदिएका छन् किनकि आत्माहरूमा त्यो दैवी गुण छैन। अहिले बाबा
बसेर धारण गराउनुहुन्छ। भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर अशरीरी होऊ। तिमी कुनै
परमात्मा होइनौ। परमात्मा त एक शिव हुनुहुन्छ। उहाँ सबैका प्रियतम एकैपटक सङ्गमयुगमा
आउनुहुन्छ। यो सङ्गमयुग धेरै छोटो छ। सबै धर्मको विनाश हुनुछ। ब्राह्मण कुलका पनि
फर्केर जान्छन् किनकि उनीहरू फेरि दैवी कुलमा परिवर्तन हुनु छ। वास्तवमा यो पढाइ
हो। केवल तुलना गरिन्छ– त्यो विषय विकार हो जहर। यो ज्ञान हो अमृत। यो त मनुष्यलाई
देवता बनाउने पाठशाला हो। आत्मामा जुन मैला परेको छ‚ त्यसबाट एकदमै मुलम्मा बनेको
छ। त्यसलाई बाबा आएर हीरा जस्तो बनाउनुहुन्छ। शिवरात्रि भन्छन्। रातमा शिव आउनुभयो।
तर कसरी आउनुभयो‚ कसको गर्भमा आउनुभयो? वा कुन शरीरमा प्रवेश गर्नुभयो? गर्भमा त
आउनुहुन्न। उहाँले शरीर सापटी लिनु पर्छ। वास्तवमा उहाँ आएर नर्कलाई स्वर्ग
बनाउनुहुन्छ। तर कहिले र कसरी आउनुहुन्छ‚ यो कसैलाई थाहा छैन। शास्त्र त धेरै पढ्छन्
तर मुक्ति-जीवन मुक्ति त कसैलाई मिल्दैन अझै तमोप्रधान बनेका छन्। त्यो त वास्तवमा
सबै बन्नुपर्छ। सबै मनुष्य रङ्गमञ्चमा अवश्य उपस्थित हुनु पर्छ। बाबा आउनुहुन्छ नै
अन्त्यमा। उहाँको नै सबैले महिमा गाउँछन्− हजुरको गति र मत हजुरलै नै जान्नुहोस्।
हजुर भित्र के ज्ञान छ‚ कसरी हजुरले सदगति गर्नुहुन्छ त्यो त हजुरले नै जान्नुहोस्।
त्यसैले उहाँले अवश्य श्रीमत दिन आउनुहुन्छ नि! तर कसरी आउनुहुन्छ‚ कुन शरीरमा
आउनुहुन्छ? त्यो कसैलाई थाहा छैन। बाबा स्वयं भन्नुहुन्छ– म साधारण तनमा आउनु पर्छ।
मैले ब्रह्मा नाम पनि अवश्य राख्नुपर्छ। नत्र ब्राह्मण कसरी पैदा हुन्छन्! ब्रह्मा
कहाँ बाट आउँछन्? माथिबाट त आउँदैनन्! उनी हुन् सूक्ष्मवतनवासी अव्यक्त‚ सम्पूर्ण
ब्रह्मा। यहाँ त वास्तवमा व्यक्तमा आएर रचना रच्नुपर्छ। मैले अनुभवद्वारा बताउन
सक्छु। यतिबेला आउनुहुन्छ र जानुहुन्छ। बाबा भन्नुहुन्छ– म पनि ड्रामामा बाँधिएको
छु‚ अनि मेरो पनि केवल एक पटक आउने पार्ट छ। हुन त दुनियाँमा धेरै उपद्रव भइरहन्छन्।
त्यतिबेला ईश्वरलाई कति पुकार्छन्। तर मलाई त आफ्नो समयमा आउनुपर्छ र आउँछु पनि
वानप्रस्थ अवस्थामा। यो ज्ञान त धेरै सहज छ। तर अवस्था राम्रो बनाउन मेहनत छ त्यसैले
भनिन्छ गन्तव्य धेरै उच्च छ। बाबा ज्ञानका सागर हुनुहुन्छ, वास्तवमा उहाँले
बच्चाहरूलाई ज्ञान दिनु भएको हो त्यसैले त उहाँको गायन छ− हजुरको मत हजुरले नै
जान्नुहोस्।
बाबा भन्नुहुन्छ–
मसँग जुन सुख-शान्तिको खजाना छ, त्यो आएर बच्चाहरूलाई नै दिन्छु। यहाँ त माताहरू
माथि अत्याचार आदि हुन्छन्‚ यो पनि ड्रामामा निश्चित छ‚ त्यसैले त पापको घडा भरिन्छ।
कल्प-कल्प यसरी नै दोहोरिन्छ। यी कुरा पनि तिमीले अहिले जान्दछौ फेरि बिर्सिन्छौ।
यो ज्ञान सत्ययुगमा हुँदैन। यदि हुने हो भने परम्परा चल्थ्यो। त्यहाँ त प्रारब्ध
हुन्छ जुन अहिलेको पुरुषार्थबाट मिल्छ। यहाँका पुरुषार्थ गर्ने आत्माहरू त्यहाँ हुने
छन्‚ अरू आत्माहरू त्यहाँ हुँदैनन्‚ जसलाई ज्ञानको आवश्यकता हुन्छ। यो पनि जानेका
छौ विरलै कोही निस्किन्छन्। धेरै राम्रो-राम्रो पनि भन्छन्। मानौं बेलायतका कुनै
ठूला मानिस निस्कन्छन्‚ बुझ्छन्। तर कहाँ भट्ठीमा रहन्छन् र‚ त्यसैले के बुझ्लान्!
भन्छन् कुरा त ठीकै हो तर पवित्र रहन सक्दिनँ‚ अरे यतिका सबै पवित्र रहन्छन्। विवाह
गरेर सँगै बसेर पनि पवित्र रहे भने उनीहरूलाई इनाम पनि धेरै मिल्छ। यो पनि दौड हो।
त्यस दौडमा पहिलो नम्बरमा आउनाले ४-५ लाख मिल्छ। यहाँ त २१ जन्मको लागि पूरा रजाइँ
मिल्छ। कम कुरा हो! यो मुरली त सबै बच्चाहरूको पासमा जान्छ। टेपमा पनि सुन्नेछन्।
भन्नेछन्– शिवबाबाले ब्रह्मा तनद्वारा मुरली सुनाइरहनु भएको छ अथवा बच्चीहरूले
सुनाए भने भन्नेछन्– शिवबाबाको मुरली सुनाउँछौं त्यसैले बुद्धि एकदम त्यहाँ जानु
पर्छ। त्यो सुख भित्र अनुभव हुनुपर्छ। परमप्रिय बाबाले हामीलाई सदा सुखी, मनुष्यबाट
देवता बनाउनुहुन्छ‚ त्यसैले उहाँको धेरै याद हुनुपर्छ। तर मायाले याद टिक्न दिदैन।
त्याग पनि पूरा चाहिन्छ। यो सबै कुरा बाबाको हो‚ यो अवस्था धेरै राम्रो हुनुपर्छ।
धेरै बच्चाहरू छन्, जसले श्रीमत लिइरहन्छन्। श्रीमतमा वास्तवमा कल्याण नै हुन्छ। मत
पनि उच्च छ‚ यात्रा पनि लामो छ फेरि तिमी यस मृत्युलोकमा आउँदैनौ। सत्ययुग हो नै
अमरलोक।
त्यस दिन बाबाले धेरै
राम्ररी बुझाउनु भएको थियो‚ त्यहाँ तिमी मर्दैनौ। खुशीसँग पुरानो चोला छोडेर नयाँ
लिन्छौ। सर्पको उदाहरण तिम्रो लागि हो। कुमालकोटीको उदाहरण पनि तिम्रो हो। कछुवाको
उदाहरण पनि तिम्रो हो। संन्यासीहरूले त नक्कल गरेका हुन्। कुमालकोटिको उदाहरण राम्रो
छ। विष्टाका कीरालाई ज्ञान भुँभुँ गरेर परिस्तानकी परी बनाउँछौ। अब पुरुषार्थ
राम्रोसँग गर्नु पर्छ। उच्च पद अथवा राम्रो नम्बर लिने हो भने मेहनत गर्नु पर्छ।
धन्दा आदि पनि गर त्यो समय छुट छ। फेरि पनि समय धेरै मिल्छ। आफ्नो योगको चार्ट
हेर्नु पर्छ किनकि मायाले धेरै विघ्न पार्छ।
बाबाले बच्चाहरूलाई
बारम्बार सम्झाउनुहुन्छ– मीठे बच्चे‚ भूलचूक भए पनि यस्ता परमप्रिय बाबा वा
प्रियतमलाई छोडपत्र कहिल्यै नदेऊ‚ यति महामूर्ख नबन। तर मायाले बनाइदिन्छ। अब पछि
गएर तिमीले देख्नेछौ– जो धेरै बलिहार हुन्थे‚ धेरै सेवा गर्थे उनीहरूलाई पनि मायाले
के हालत बनाइदिन्छ किनकि श्रीमत छोडिदिन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– यति ठूलो
महामूर्ख नबन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाद्वारा जुन सुख शान्तिको खजाना मिलेको छ त्यो सबैलाई दिनु छ। ज्ञानद्वारा
आफ्नो अवस्था राम्रो बनाउने मेहनत गर्नु छ।
२) दैवीगुण धारण
गर्नको लागि देहभानलाई भुलेर आफूलाई आत्मा सम्झेर अशरीरी बनेर एक प्रियतमलाई याद
गर्नु छ।
वरदान:–
विशेषताको
बीजद्वारा सन्तुष्टता रूपी फल प्राप्त गर्ने विशेष आत्मा भव
यस विशेष युगमा
विशेषताको बीजको सबैभन्दा श्रेष्ठ फल हो “सन्तुष्टता”। सन्तुष्ट रहनु र सर्वलाई
सन्तुष्ट पार्नु, यही नै विशेष आत्माको लक्षण हो, त्यसैले विशेषताहरूको बीज अथवा
वरदानलाई सर्व शक्तिहरूको जलद्वारा सिञ्चित गर्यौ भने बीज फलदायक हुन्छ। नत्र
विस्तार भएको वृक्ष पनि समय प्रति समय आउने तुफानहरूमा हल्लिदा-हल्लिदै टुट्छ
अर्थात् अघि बढ्ने उमङ्ग, उत्साह, खुशी वा आत्मिक नशा रहदैन। त्यसैले शक्तिशाली
बीजलाई विधिपूर्वक फलदायक बनाऊ।
स्लोगन:–
अनुभूतिहरूको
प्रसाद बाडेर असमर्थलाई समर्थ बनाइदिनु नै सबैभन्दा ठूलो पुण्य हो।