24.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
शिव भगवानुवाच– मीठे
बच्चे , मलाई प्रेमपूर्वक याद गर किनकि म तिमीलाई सदा सुखी बनाउन आएको छु।”
प्रश्न:–
जुन
बच्चाहरूबाट लापर्बाही भइरहन्छ, उनीहरूको मुखबाट कुनचाहिँ बोली स्वत: निस्किन्छ?
उत्तर:–
तकदिरमा जे छ, त्यो मिल्छ। स्वर्गमा त गइ नै हाल्छौं। बाबा भन्नुहुन्छ– यो बोली
पुरुषार्थी बच्चाहरूको होइन। उच्च पद पाउने पुरुषार्थ गर्नु छ। जब बाबा आउनु भएको छ
उच्च पद दिलाउन भने लापर्बाही नगर।
गीत:–
बचपन के दिन
भुला न देना......
ओम् शान्ति ।
मीठे-मीठे
रूहानी बच्चाहरूले गीतको लाइनको अर्थ बुझ्यौ। अहिले जीवन छँदै तिमी बेहदको बाबाको
बनेका छौ। सारा कल्प त हदको पिताका बन्यौ। अहिले तिमी केवल ब्राह्मण बच्चाहरू बेहदका
बाबाको बनेका छौ। तिमीले जानेका छौ– हामीले बेहदको बाबाबाट बेहदको वर्सा लिइरहेका
छौं। यदि बाबालाई छोड्यौ भने बेहदको वर्सा मिल्न सक्दैन। सम्झाउन त तिमीले सम्झाउँछौ
तर थोरैले त कोही खुसी हुँदैन। मनुष्यले धन चाहन्छन्। धन विना सुख हुन सक्दैन। धन
पनि चाहिन्छ, शान्ति पनि चाहिन्छ, निरोगी काया पनि चाहिन्छ। तिमी बच्चाहरूले नै
जानेका छौ– दुनियाँमा आज के छ, भोलि के हुनु छ। विनाश त सामुन्ने खडा छ। अरू कसैको
बुद्धिमा यी कुरा छैनन्। विनाश सामुन्ने खडा छ, यदि यो सम्झे पनि अब के गर्नु छ, यो
बुझ्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ– लडाई जहिले पनि लाग्न सक्छ, सानो झिल्कोले पनि
उत्पात मच्चाउन बेर लाग्दैन। बच्चाहरूले जानेका छन्– यो पुरानो दुनियाँ खतम हुनै
लाग्यो त्यसैले अब छिटै बाबाबाट वर्सा लिनु छ। बाबालाई सधैं याद गरिराख्यौ भने सदा
हर्षित रहन्छौ। देह-अभिमानमा आउनाले बाबालाई भुलेर दु:खी हुन्छौ। जति बाबालाई याद
गर्छौ, त्यति बेहदको बाबाबाट सुख पाउँछौ। यहाँ तिमी आएका नै हौ लक्ष्मी-नारायण बन्न।
राजा-रानीको र प्रजाको नोकर-चाकर बन्नु– यसमा धेरै फरक छ नि। अहिले गरेको पुरुषार्थ
फेरि कल्प-कल्पान्तरको लागि कायम हुन्छ। पछि गएर सबैलाई साक्षात्कार हुन्छ– मैले कति
पुरुषार्थ गरेको छु? अहिले पनि बाबा भन्नुहुन्छ– आफ्नो अवस्थालाई हेर्दै गर। प्यारो
भन्दा प्यारो बाबा, जसबाट स्वर्गको वर्सा मिल्छ, उहाँलाई हामी कति याद गर्छौं?
तिम्रो सारा कुरा यादमा आधारित छ। जति याद गर्छौ, त्यति खुसी पनि हुन्छ। यस्तो
लाग्छ– अब नजिकै आइपुगेका छौं। कोही थाक्छन् पनि, थाहा छैन गन्तव्य कति टाढा छ। पुगे
भने मेहनत पनि सफल हुन्छ। अहिले जुन गन्तव्यमा तिमी गइरहेका छौ, दुनियाँले जान्दैन।
दुनियाँलाई यो पनि थाहा छैन– भगवान कसलाई भनिन्छ। भगवान भन्छन् फेरि भनिदिन्छन्
ढुंगा-पत्थरमा हुनुहुन्छ।
अब तिमी बच्चाहरूलाई थाहा छ– हामी बाबाको बनिसकेका छौं। अब बाबाको नै मतमा चल्नु छ।
चाहे बेलायतमा छौ, त्यहाँ रहँदा पनि केवल बाबालाई याद गर्नु छ। तिमीलाई श्रीमत
मिल्छ। याद विना आत्मा तमोप्रधानबाट सतोप्रधान हुन सक्दैन। तिमीले भन्छौ– बाबा
हामीले हजुरसँग पूरा वर्सा लिन्छौं। जसरी हाम्रा मम्मा बाबाले वर्सा लिनुहुन्छ, हामी
पनि पुरुषार्थ गरेर उनको गद्दीमा अवश्य बस्छौं। मम्मा बाबा राज-राजेश्वरी
बन्नुहुन्छ, हामी पनि बन्छौं। परीक्षा त सबैको लागि एउटै हो। तिमीलाई यति मात्र
सिकाइन्छ केवल बाबालाई याद गर। यसलाई भनिन्छ सहज राजयोग बल। तिमीले बुझेका छौ–
योगबाट धेरै बल मिल्छ। जानेका छौ– हामीले कुनै विकर्म गर्यौं भने धेरै सजाय खाछौं।
पद भ्रष्ट हुन्छौं। यादमा नै मायाले विघ्न पार्छ। गायन गरिएको छ– सद्गुरुका निन्दक
ठौर न पाये। उनीहरूले त भन्छन्– गुरुको निन्दक.... निराकारको बारेमा कसैलाई थाहा
छैन। गायन गरिएको पनि छ– भक्तहरूलाई फल दिने भगवान हुनुहुन्छ। साधु-सन्त आदि सबै
भक्त हुन्। भक्तहरू नै गंगा स्नान गर्न जान्छन्। भक्तले भक्तलाई कहाँ फल दिन्छ र।
भक्तले भक्तलाई फल दिने भए भगवानलाई किन याद गर्नुपर्थ्यो? यो हो नै भक्ति मार्ग।
सबै भक्त हुन्। भक्तहरूलाई फल दिने भगवान हुनुहुन्छ। यस्तो होइन– बढी भक्ति गर्नेले
कम भक्ति गर्नेलाई फल दिन्छन्। होइन। भक्ति भनेको भक्ति नै हो। रचनाले रचनालाई कसरी
वर्सा दिने! वर्सा रचयिताबाट नै मिल्छ। यस समयमा सबै छन् भक्त। जब ज्ञान मिल्छ, अनि
भक्ति स्वत: छुट्छ। ज्ञान जिन्दाबाद हुन्छ। ज्ञान विना सद्गति कसरी हुन्छ। सबै आफ्नो
हिसाब-किताब चुक्ता गरेर जान्छन्। अब तिमी बच्चाहरूलाई थाहा छ– विनाश सामुन्ने खडा
छ। त्यस भन्दा पहिला पुरुषार्थ गरेर बाबाबाट पूरा वर्सा लिनु छ।
तिमीलाई थाहा छ– हामी पावन दुनियाँमा गइरहेका छौं। जो ब्राह्मण छन् उनीहरू नै
निमित्त बन्छन्। ब्रह्मा मुख वंशावली ब्राह्मण नबनी तिमीले बाबाबाट वर्सा लिन
सक्दैनौ। बाबाले बच्चाहरूलाई रच्नुहुन्छ नै वर्सा दिनको लागि। शिवबाबाका त हामी हौं
नै। सृष्टि रच्नुहुन्छ नै बच्चाहरूलाई वर्सा दिनको लागि। शरीरधारीलाई नै वर्सा
दिनुहुन्छ नि। आत्माहरू त माथि रहन्छन्। त्यहाँ त वर्साको वा प्रारब्धको कुरा नै
हुँदैन। तिमीले अहिले पुरुषार्थ गरेर प्रारब्ध लिइरहेका छौ, यो दुनियाँलाई थाहा छैन।
अब समय नजिक आइरहेको छ। बमहरू कुनै राख्नको लागि होइनन्। तयारी धेरै भइरहेको छ।
अहिले बाबाले आज्ञा गर्नुहुन्छ– मलाई याद गर। नत्र पछि गएर धेरै रुनु पर्छ।
राज-विद्याको परीक्षामा कोही फेल भए भने रिसाएर डुबेर मर्छन्। यहाँ रिसाउनु पर्ने
कुरा छैन। पछि गएर तिमीलाई धेरै साक्षात्कार हुन्छ। हामी के-के बन्छौं, यो पनि थाहा
हुन्छ। बाबाको काम हो पुरुषार्थ गराउने। बच्चाहरूले भन्छन्– बाबा, हामीले कर्म गर्दा
याद गर्न बिर्सिन्छौं। कसैले फेरि भन्छन्– याद गर्ने फुर्सत नै हुँदैन। त्यसैले बाबा
भन्नुहुन्छ– ठीक छ, समय निकालेर यादमा बस। बाबालाई याद गर। आपसमा भेट्दा पनि यही
कोसिस गर– हामीले बाबालाई याद गरौं। मिलेर बस्नाले तिमीलाई राम्रो याद आउँछ, मदत
मिल्छ। मुख्य कुरा हो बाबालाई याद गर्नु। कोही बेलायत जान्छन् भने त्यहाँ पनि केवल
यही एक कुरा याद राख। बाबाको यादबाट नै तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। बाबा
भन्नुहुन्छ– केवल एक कुरा याद राख, बाबालाई याद गर्नु छ। योगबलले सबै पाप भस्म
हुन्छन्। बाबा भन्नुहुन्छ– मनमनाभव। मलाई याद गर्यौ भने विश्वको मालिक बन्छौ। मुख्य
कुरा हो नै यादको। कहीं जानु पर्ने कुरा छैन। घरमै बस, केवल बाबालाई याद गर। पवित्र
बनेनौ भने याद गर्न सक्दैनौ। त्यसै सबै आएर क्लासमा कहाँ बस्छन् र। मन्त्र मिले पछि
फेरि जहाँ पनि जान सक्छौ। सतोप्रधान बन्ने मार्ग त बाबाले बताउनु भएको नै छ। हुन त
सेन्टरमा आयौ भने नयाँ-नयाँ प्वाइन्टहरू सुन्न पाउँछौ। यदि कुनै कारणले आउन सक्दैनौ,
झरी पर्छ, कर्फ्यू लाग्छ, कोही बाहिर निस्किन सक्दैन भने के गर्छौ? बाबा भन्नुहुन्छ–
कुनै हर्जा छैन। यस्तो होइन, शिवको मन्दिरमा पानी चढाउनै पर्छ। जहाँ रहे पनि तिमी
यादमा रहने गर। हिँड्दा-डुल्दा याद गर, अरूलाई पनि यही भन– बाबालाई याद गर्यौं भने
विकर्म विनाश हुन्छ र देवता बन्छौं। शब्द नै दुईवटा छन्– बाबा रचयिताबाट नै वर्सा
लिनु छ। रचयिता एउटै हुनुहुन्छ। उहाँले कति सहज मार्ग बताउनु हुन्छ। बाबालाई याद
गर्ने मन्त्र मिल्यो। बाबा भन्नुहुन्छ– यो बचपन नबिर्स। यदि बाबालाई बिर्सियौ भने
आज हाँस्छौ, भोलि रुनु पर्नेछ। बाबाबाट पूरा वर्सा लिनुपर्छ। यस्ता धेरै छन् जसले
भन्छन्– स्वर्गमा त जाने नै छौं, जे तकदिरमा होला.... उनलाई कुनै पुरुषार्थी भनिदैन।
मनुष्यले पुरुषार्थ गर्छन् नै उच्च पद पाउन। अब बाबाबाट जब उच्च पद मिल्छ भने
लापर्बाही किन गर्ने? विद्यालयमा जसले पढ्दैन, उसले पढेकाको अगाडि भारी बोक्नुपर्छ।
बाबालाई पूरा याद गर्दैनन् भने प्रजामा गएर नोकर-चाकर बन्छन्, यसैमा खुसी हुनु छैन।
बच्चाहरू सम्मुखमा रिफ्रेस भएर जान्छन्। कति बांधेलीहरू छन्, हर्जा छैन, घरमै बसेर
याद गरिराख। कति सम्झाउनु हुन्छ– मृत्यु सामुन्ने खडा छ, अचानक नै लडाई सुरु हुन्छ।
देखिनमा आउँछ मानौं लडाई भयो कि भयो। रेडियोबाट पनि सारा कुरा थाहा हुन्छ। भन्छन्–
अलिकति पनि गडबड गर्यौ भने हामीले यसो गर्छौं। पहिलादेखि नै भनिदिन्छन्। बमको
अहंकार धेरै छ। बाबाले पनि भन्नुहुन्छ– बच्चाहरू अझै योगबलमा त होसियार भएका छैनन्।
अहिले नै लडाईं सुरु होस्, ड्रामा अनुसार यस्तो हुन सक्दैन। बच्चाहरूले पूरा वर्सा
नै लिएका छैनन्। अहिले पूरा राजधानी स्थापना भएको छैन। थोरै समय लाग्छ। पुरुषार्थ
गराइरहनु हुन्छ। थाहा छैन कुनै समयमा पनि केही हुन सक्छ, एरोप्लेन खस्छन्, ट्रेन
पल्टन्छन्। मृत्यु कति सहज खडा छ। धरती हल्लिइरहन्छ। सबैभन्दा बढी काम गर्ने छ
भूकम्पले। यो हल्लिन्छ अनि त सारा घर आदि ढल्छन्। मृत्यु हुनु भन्दा पहिला नै
बाबाबाट पूरा वर्सा लिनु छ। त्यसैले धेरै प्रेमले बाबालाई याद गर्नु छ। बाबा हजुर
बाहेक मेरो अरू कोही छैन। केवल बाबालाई याद गरिराख। बाबाले साना-साना बच्चाहरूलाई
जस्तै कति सहज रीतिले सम्झाउनु हुन्छ। अरू कुनै मेहनत गराउँदिन, केवल बाबालाई याद
गर र जुन तिमी काम चितामा बसेर जलेका छौ, अब ज्ञान चितामा बसेर पवित्र बन। तिमीसँग
सोध्छन्– तपाईंको उद्देश्य के हो? भन, शिवबाबा जो सबैका पिता हुनुहुन्छ, उहाँले
भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन् र तिमी
तमोप्रधानबाट सतोप्रधान बन्छौ। कलियुगमा सबै तमोप्रधान छन्। सर्वका सद्गति दाता एक
बाबा हुनुहुन्छ
अब बाबा भन्नुहुन्छ– केवल मलाई याद गर्यौ भने कट निस्किन्छ। यति सन्देश त दिन सक्छौ
नि। स्वयंले याद गर्छौ भने अरूलाई पनि याद गराउन सक्छौ। स्वयंले याद गर्छौ भने
अरूलाई रूचिसँग भन्न सक्छौ, नत्र दिलदेखि निस्किदैन। बाबाले सम्झाउनु हुन्छ– जहाँ
भए पनि जति हुन सक्छ केवल बाबालाई याद गर। जो भेटिन्छ, उनीहरूलाई यही शिक्षा देऊ–
मृत्यु सामुन्ने खडा छ। बाबा भन्नुहुन्छ– तिमीहरू सबै तमोप्रधान पतित बनेका छौ। अब
मलाई याद गर, पवित्र बन। आत्मा नै पतित बनेको छ। सत्ययुगमा हुन्छ पावन आत्मा। बाबा
भन्नुहुन्छ– यादले नै आत्मा पावन बन्छ, अरू कुनै उपाय छैन। यो सन्देश सबैलाई दियौ
भने धेरैको कल्याण हुन्छ, अरू कुनै मेहनत दिनुहुन्न। सबै आत्माहरूलाई पावन बनाउने
पतित-पावन बाबा नै हुनुहुन्छ। उत्तम भन्दा उत्तम बनाउने एक बाबा नै हुनुहुन्छ। जो
पूज्य थिए, उनै पुजारी बनेका छन्। रावण राज्यमा हामी पुजारी बनेका छौं, रामराज्यमा
पूज्य थियौं। अब रावण राज्यको अन्त्य समय भएको छ। बाबालाई याद गर्नाले हामी
पुजारीबाट पूज्य बन्छौं। अरूलाई पनि मार्ग बताउनु छ, वृद्धहरूले पनि सेवा गर्नुपर्छ।
मित्र सम्बन्धीहरूलाई पनि सन्देश देऊ। सतसङ्ग, मन्दिर आदि पनि अनेक प्रकारका छन्।
तिम्रो त एकै प्रकारको छ। केवल बाबाको परिचय दिनु छ। शिवबाबा भन्नुहुन्छ– मलाई याद
गर्यौ भने तिमी स्वर्गको मालिक बन्छौ। सर्वका सद्गति दाता निराकार शिवबाबाले
आत्माहरूलाई भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो
सम्झाउन त सहज छ नि। वृद्धहरूले पनि सेवा गर्न सक्छन्। मुख्य कुरा नै यो हो। विवाह
आदिमा जहाँ गए पनि कानमा यो कुरा सुनाऊ। गीताका भगवानले भन्नुहुन्छ– मलाई याद गर।
यो कुरालाई सबैले मन पराउँछन्। बढी बोल्नु पर्ने आवश्यकता छैन। केवल बाबाको सन्देश
दिनु छ, बाबा भन्नुहुन्छ– मलाई याद गर। यस्तो सम्झ– भगवानले प्रेरणा दिनुहुन्छ।
सपनामा साक्षात्कार हुन्छ। आवाज सुन्नमा आउँछ, बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने
तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। तिमी स्वयंले पनि यो चिन्तन गरिरह्यौ भने बेडा
पार हुछ। हामी प्राक्टिकलमा बेहदको बाबाको बनेका छौं र बाबाबाट २१ जन्मको वर्सा
लिइरहेका छौं त्यसैले खुसी हुनु पर्छ। बाबालाई भुल्नाले नै मेहनत हुन्छ। बाबाले कति
सहज बताउनु हुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने आत्मा सतोप्रधान बन्छ।
सबैले बुझ्छन्– यिनीहरूलाई मार्ग त एकदम सही मिलेको छ। यो मार्ग कहिल्यै कसैले
बताउन सक्दैन। यदि साधु आदिले शिव बाबालाई याद गर भनेमा फेरि उनीहरूको पासमा को जाने?
समय यस्तो आउँछ, तिमी घरबाट बाहिर निस्कन पनि सक्ने छैनौ। बाबालाई याद गर्दै गर्दै
शरीर छोडिदिन्छौ। अन्त्य कालमा जसले शिवबाबालाई याद गर्छ.... फेरि नारायण कुलमा
जान्छ। लक्ष्मी-नारायणको कुलमा आउँछौ नि। घरी-घरी राजाई पद पाउँछौ। त्यसैले केवल
बाबालाई याद गर अनि प्यार गर। याद विना प्यार कसरी गर्छौ! सुख मिल्छ अनि प्यार
गरिन्छ। दु:ख दिनेलाई प्यार गरिदैन। बाबा भन्नुहुन्छ– म तिमीलाई स्वर्गको मालिक
बनाउँछु त्यसैले मलाई याद गर। बाबाको मतमा चल्नुपर्छ नि। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) खुसीमा
रहनको लागि यादको मेहनत गर्नु छ। यादको बलले आत्मालाई सतोप्रधान बनाउँछ। प्यारसँग
एक बाबालाई याद गर्नु छ।
२) उच्च पद पाउनको लागि पढाइमा पूरा-पूरा ध्यान दिनु छ। यस्तो होइन, जे तकदिरमा होला।
लापर्बाही गर्न छोडेर पूरा वर्साको अधिकारी बन्नु छ।
वरदान:–
सोचाइ र गराइको
अन्तरलाई मेटाउने स्व-परिवर्तक सो विश्व परिवर्तक भव
कुनै पनि संस्कार,
स्वभाव, बोली र सम्पर्क जुन यथार्थ छैन, त्यो व्यर्थ हो। त्यस व्यर्थलाई परिवर्तन
गर्ने मेशिनरीलाई तीव्र बनाऊ। सोच्यो अनि गर्यो, तब नै विश्व परिवर्तनको मेशिनरी
तीव्र हुन्छ। अहिले स्थापनाको निमित्त बनेका आत्माहरूको सोचाइ र गराइमा फरक देखिन्छ।
यस अन्तरलाई मेटाऊ। स्व परिवर्तक नै विश्व परिवर्तक बन्न सक्छ।
स्लोगन:–
सबैभन्दा
भाग्यशाली ऊ नै हो, जसले आफ्नो जीवनमा अनुभूतिको गिफ्ट प्राप्त गरेको छ।