24.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो यो जीवन देवताहरूको भन्दा पनि उत्तम छ किनकि तिमी अहिले रचयिता ररचनालाई यथार्थ जानेर आस्तिक बनेका छौ।

प्रश्न:
संगमयुगी ईश्वरीय परिवारको विशेषता के हो, जुन सारा कल्पमा हुँदैन?

उत्तर:
यस समय स्वयं ईश्वर पिता बनेर बच्चाहरूलाई सम्हाल्नु हुन्छ, शिक्षक बनेर पढाउनु हुन्छ अनि सतगुरु बनेर तिमीलाई फूल बनाएर साथमा लैजानु हुन्छ। सत्ययुगमा दैवी परिवार हुन्छ तर यस्तो ईश्वरीय परिवार हुन सक्दैन। तिमी बच्चाहरू अहिले बेहदको संन्यासी पनि हौ, राजयोगी पनि हौ। राजाईको लागि पढिरहेका छौ।

ओम् शान्ति ।
यो स्कुल वा पाठशाला हो। कसको पाठशाला? आत्माहरूको पाठशाला। निश्चय नै आत्माले शरीर विना केही पनि सुन्न सक्दैन। जब भनिन्छ आत्माहरूको पाठशाला भनिन्छ भने सम्झनुपर्छ आत्माले शरीर विना त बुझ्न सक्दैन। फेरि भन्नुपर्ने हुन्छ, जीव आत्मा। जीव आत्माहरूको पाठशाला त सबै हुन्, त्यसैले भनिन्छ यो हो आत्माहरूको पाठशाला जहाँ परमपिता परमात्मा आएर पढाउनुहुन्छ। त्यो हो शारीरिक पढाइ, यो हो रूहानी पढाइ, जुन बेहदका बाबाले पढाउनुहुन्छ। त्यसैले यो भयो परमपिताको विश्व विद्यालय। भगवानुवाच हो नि। यो भक्ति मार्ग होइन, यो पढाइ हो। स्कुलमा पढाइ हुन्छ। भक्ति त मन्दिर आदिमा हुन्छ। यसमा कसले पढाउँछ? भगवानुवाच। अरू कुनै पनि पाठशालामा भगवानुवाच छँदै छैन। केवल यो एकै स्थान हो जहाँ भगवानुवाच छ। उँच भन्दा उँच भगवानलाई नै ज्ञान सागर भनिन्छ, उहाँले नै ज्ञान दिनुहुन्छ। बाँकी सबै हो भक्ति। भक्तिको लागि बाबाले सम्झाउनु भएको छ त्यसबाट कुनै सद्गति हुँदैन। सबैको सद्गति दाता एक परमात्मा हुनुहुन्छ, उहाँ आएर राजयोग सिकाउनुहुन्छ। आत्माले सुन्छ शरीरद्वारा। अरू कुनै पनि ज्ञान आदिमा भगवानुवाच छँदै छैन। भारतवर्ष नै हो जहाँ शिवजयन्ती पनि मनाइन्छ। भगवान् त निराकार हुनुहुन्छ, फेरि शिवजयन्ती कसरी मनाउने? जयन्ती त तब हुन्छ, जब शरीरमा प्रवेश हुन्छ। बाबा भन्नुहुन्छ म त कहिल्यै गर्भमा प्रवेश गर्दिनँ। तिमी सबै गर्भमा प्रवेश गर्छौ। ८४ जन्म लिन्छौ। सबैभन्दा धेरै जन्म यी लक्ष्मी-नारायणले लिन्छन्। ८४ जन्म लिएर फेरि कालो, गाउँले छोरा बन्छन्। लक्ष्मी-नारायण भन या राधे-कृष्ण भन। राधे-कृष्ण हुन् बचपनको। उनले जब जन्म लिन्छन् भने स्वर्गमा लिन्छन्, जसलाई वैकुण्ठ पनि भनिन्छ। पहिलो नम्बर जन्म यिनको हो। त्यसैले ८४ जन्म पनि यिनैले लिन्छन्। श्याम अनि सुन्दर, सुन्दर अनि फेरि श्याम। कृष्ण सबैलाई प्यारो लाग्छ। कृष्णको जन्म त हुन्छ नै नयाँ दुनियाँमा। फेरि पुनर्जन्म लिँदा लिँदा पुरानो दुनियाँमा आइपुग्छन्, त्यसपछि श्याम बन्न पुग्छन्। यो खेल नै यस्तै छ। दुनियाँ पहिला सतोप्रधान सुन्दर थियो, अहिले श्याम बनेको छ। बाबा भन्नुहुन्छ यति सबै आत्माहरू मेरो सन्तान हुन्। अहिले सबै काम चितामा जलेर काला भएका छन्। म आएर सबैलाई फर्काएर लैजान्छु। यो सृष्टिको चक्र नै यस्तै छ। त्यो फूलहरूको बगैंचा फेरि काँडाको जङ्गल बन्न पुग्छ। बाबा सम्झाउनुहुन्छ तिमी बच्चाहरू कति सुन्दर विश्वको मालिक थियौ, अब फेरि बनिरहेका छौ। यी लक्ष्मी-नारायण विश्वको मालिक थिए। यो ८४ जन्म भोगेर फेरि यस्तै बनिरहेका छन् अर्थात् उनका आत्माहरूले अहिले पढिरहेका छन्। तिमी जानेका छौ सत्ययुगमा अपार सुख हुन्छ, त्यसैले कहिल्यै बाबालाई याद गर्नुपर्ने आवश्यकता रहँदैन। गायन पनि छ दु:खमा स्मरण सबैले गर्छन्..... कसको स्मरण? बाबाको। यति सबैको स्मरण गर्नु छैन। भक्तिमा कति स्मरण गर्छन्, जान्न चाहिँ केही पनि जान्दैनन्। कृष्ण कहिले आए, उनी को हुन् केही पनि जान्दैनन्। कृष्ण र नारायणको भिन्नतालाई पनि जान्दैनन्। शिवबाबा हुनुहुन्छ सबैभन्दा उँच। फेरि उहाँ भन्दा तल छन् ब्रह्मा, विष्णु, शंकर.....। उनीहरूलाई फेरि देवता भनिन्छ। मानिसहरूले सबैलाई भगवान् भनिरहन्छन्। सर्वव्यापी पनि भन्ने गर्छन्। बाबा भन्नुहुन्छ सर्वव्यापी त माया ५ विकार छ जुन एक एकको भित्र छ। सत्ययुगमा कुनै विकार हुँदैन। मुक्तिधाममा पनि आत्माहरू पवित्र रहन्छन्। अपवित्रताको कुनै कुरा हुँदैन। यो रचयिता बाबाले नै आएर आफ्नो परिचय दिनुहुन्छ, आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ, जसबाट तिमी आस्तिक बन्छौ। तिमी एकै पटक आस्तिक बन्छौ। तिम्रो यो जीवन देवताहरूको भन्दा पनि उत्तम छ। गायन गरिन्छ मनुष्य जीवन दुर्लभ छ। जब पुरुषोत्तम संगमयुग हुन्छ तब हीरा समान जीवन बन्छ। लक्ष्मी-नारायणलाई हीरा समान भनिदैन। तिम्रो हीरा जस्तो जन्म हो। तिमी हौ ईश्वरीय सन्तान, यो हो दैवी सन्तान। यहाँ तिमीले भन्छौ हामी ईश्वरीय सन्तान हौं, ईश्वर हाम्रो बुवा हुनुहुन्छ, उहाँले हामीलाई पढाउनुहुन्छ किनकि ज्ञान सागर हुनुहुन्छ नि, राजयोग सिकाउनुहुन्छ। यो ज्ञान एकै पटक पुरुषोत्तम संगमयुगमा मिल्छ। यो हो उत्तम पुरुष बन्ने युग, जसलाई दुनियाँले जान्दैनन्। सबै कुम्भकर्णको अज्ञान निद्रामा सुतिरहेका छन्। सबैको विनाश सामुन्ने खडा छ, त्यसैले अब कसैसँग पनि तिमी बच्चाहरूले सम्बन्ध राख्नु छैन। भनिन्छ अन्तकाल जो स्त्री सिमरे....। अन्त्य समयमा शिवबाबालाई स्मरण गरेमा नारायण योनिमा आउँछौ। यो सिँढी धेरै राम्रो छ। लेखिएको छ हामी नै देवता, फेरि हामी नै क्षत्रिय, आदि। यस समय हो रावण राज्य, जबकि आफ्नो आदि सनातन देवी-देवता धर्मलाई भुलेर अन्य धर्महरूमा फँसेका छन्। यो सारा दुनियाँ लंका हो। बाँकी कुनै सुनको लंका थिएन। बाबा भन्नुहुन्छ तिमीले आफू भन्दा पनि धेरै मेरो ग्लानि गरेका छौ, आफ्नो ८४ लाख अनि मेरो चाहिँ कण-कणमा भनिदिएका छौ। यस्ता अपकारीहरूमाथि पनि मैले उपकार गर्छु। बाबा भन्नुहुन्छ तिम्रो पनि दोष छैन, यो ड्रामाको खेल हो। सत्ययुग सुरुदेखि लिएर कलियुग अन्त्यसम्मको यो खेल हो, जसलाई दोहोरिनु नै छ। यसलाई बाबा सिवाय अरू कसैले सम्झाउन सक्दैन। तिमी सबै ब्रह्माकुमार-कुमारीहरू हौ। तिमी ब्राह्मण हौ ईश्वरीय सन्तान। तिमी ईश्वरीय परिवारमा बसेका छौ। सत्ययुगमा हुन्छ दैवी परिवार। यस ईश्वरीय परिवारमा बाबाले तिमीलाई सम्हाल्नु पनि हुन्छ, पढाउनु पनि हुन्छ फेरि फूल बनाएर साथमा पनि लैजानुहुन्छ। तिमी पढ्छौ मनुष्यबाट देवता बन्नको लागि। ग्रन्थमा पनि छ मनुष्यबाट देवता बनाउन समय लाग्दैन.... त्यसैले परमात्मालाई जादुगर पनि भनिन्छ। नर्कलाई स्वर्ग बनाउनु, जादुको खेल भयो नि। स्वर्गबाट नर्क बन्न ८४ जन्म, फेरि नर्कबाट स्वर्ग सेकेन्डमा बन्छ। एक सेकेन्डमा जीवन मुक्ति। म आत्मा हुँ, आत्मालाई जानेपछि बाबालाई पनि जान्यौ। अरू कुनै मानिसहरूले यो जानेका छैनन् आत्मा के हो? गुरु अनेक छन्, सतगुरु एक हुनुहुन्छ। भन्दछन् सतगुरु अकाल। परमपिता परमात्मा एकै सतगुरु हुनुहुन्छ। तर गुरु चाहिँ धेरै छन्। निर्विकारी कोही छैनन्। सबै विकारबाटै जन्म लिन्छन्। अहिले राजधानी स्थापना भइरहेको छ। तिमी सबै यहाँ राजाईको लागि पढिरहेका छौ। राजयोगी हौ, बेहदका संन्यासी हौ। ती हठयोगी हुन् हदका संन्यासी। बाबा आएर सबैको सद्गति गरेर सुखी बनाउनुहुन्छ। मलाई नै सतगुरु अकाल मूर्त भन्दछन्। वहाँ हामीले घरी-घरी शरीर छोड्दै लिँदै गर्दैनौं। कालले खाँदैन। तिम्रो आत्मा पनि अविनाशी छ, तर पतित अनि पावन बन्छ। निर्लेप छैन। ड्रामाको रहस्य पनि बाबाले नै सम्झाउनुहुन्छ। रचयिताले नै रचनाको आदि-मध्य अन्तको रहस्य सम्झाउनुहुन्छ नि। ज्ञानका सागर उहाँ एक बाबा नै हुनुहुन्छ। उहाँले नै मनुष्यबाट देवता डबल सिरताज बनाउनुहुन्छ। तिम्रो जन्म कौडी जस्तो थियो। अब तिमी हीरा जस्तो बनिरहेका छौ। बाबाले हम सो, सो हम को मन्त्र पनि सम्झाउनु भएको छ। उनीहरूले भन्ने गर्छन् आत्मा सो परमात्मा, परमात्मा सो आत्मा। हम सो, सो हम। बाबा भन्नुहुन्छ आत्मा नै परमात्मा कसरी बन्न सक्छ! बाबाले तिमीलाई सम्झाउनुहुन्छ तिमी आत्मा यस समय ब्राह्मण हौ, फेरि तिमी आत्मा ब्राह्मण सो देवता बन्छौ, फेरि क्षत्रिय बन्छौ, फेरि शूद्र सो ब्राह्मण। सबैभन्दा उँचा जन्म तिम्रो हो। यो हो ईश्वरीय घर। तिमी कसको पासमा बसेका छौ? माता पिताको पासमा। सबै भाइ-बहिनी हुन्। बाबा आत्माहरूलाई शिक्षा दिनुहुन्छ। तिमी सबै मेरो सन्तान हौ, वर्साको हकदार हौ, त्यसैले परमात्मा बाबासँग हर एकले वर्सा लिन सक्छ। वृद्ध, सानो, ठूलो सबैलाई हक छ बाबासँग वर्सा लिने। त्यसैले साना बच्चाहरूलाई पनि सम्झाऊ आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा पाप काटिन्छ। भक्तहरूले यी कुरालाई केही पनि बुझ्दैनन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास:
प्यारा बच्चाहरूले बाबालाई चिनेका पनि छन्, सम्झन्छन् बाबा पढाइरहनु भएको छ, उहाँबाट बेहदको वर्सा मिल्छ। तर मायाले भुलाइदिने भएकोले मुश्किल छ। बच्चाहरू डराऊन् भनेर कुनै न कुनै विघ्न पार्छ। त्यसमा पनि पहिलो नम्बरमा विकारमा गिर्छन्। आँखाले धोका दिन्छ। आँखा कुनै निकाल्ने कुरा होइन। बाबाले ज्ञानको नेत्र दिनुहुन्छ। ज्ञान र अज्ञानको लडाईं चल्छ। ज्ञान हो बाबा, अज्ञान हो माया। यिनीहरूको लडाईं तीव्र छ। गिरेपछि समझमा आउँदैन। फेरि पछि सम्झन्छन् म गिरें, मैले आफ्नो धेरै अकल्याण गरें। मायाले एक पटक हराएपछि फेरि चढ्न मुश्किल हुन्छ। धेरै बच्चाहरूले भन्छन् हामी ध्यानमा जान्छौं, तर त्यसमा पनि माया प्रवेश गर्छ। थाहै हुँदैन। मायाले चोरी गराउँछ, झुटो बोल्न लगाउँछ। मायाले के के गर्दैन! कुरै नसोध। गन्दा (विकारी) बनाइदिन्छ। फूल जस्तो बन्दाबन्दै फेरि छि-छि बन्न पुग्छन्। माया यस्तो जबरदस्त छ जसले घरी-घरी गिराइदिन्छ। बच्चाहरूले भन्छन् बाबा हामी घरी-घरी भुल्छौं। पुरुषार्थ गराउनेवाला त एकै बाबा हुनुहुन्छ। तर कसैको भाग्यमा छैन भने पुरुषार्थ पनि गर्न सक्दैनन्। यसमा कसैले केही खातिरी गर्न सक्दैन। न एक्स्ट्रा पढाउनुहुन्छ। त्यस पढाइमा त एक्स्ट्रा पढ्नको लागि शिक्षकलाई बोलाउँछन्। यहाँ त तकदिर बनाउनको लागि सबैलाई एकरस पढाउनुहुन्छ। एक-एकलाई अलग कहाँसम्म पढाउने? कति धेरै बच्चाहरू छन्! त्यस पढाइमा त कुनै ठूलो मान्छेको बच्चा हुन्छन्, धेरै खर्च गर्न सक्छन् भने उनलाई एक्स्ट्रा पनि पढाउँछन्। शिक्षकले जानेका छन् यो बुद्धू छ त्यसैले पढाएर यसलाई स्कलरशिप लायक बनाउँछु। बाबा यहाँ यस्तो गर्नुहुन्न। यहाँ त सबैलाई एकरस पढाउनुहुन्छ। त्यो भयो टिचरलाई एक्स्ट्रा पुरुषार्थ गराउनु। यहाँ बाबाले त एक्स्ट्रा पुरुषार्थ कसैलाई अलग गराउनु हुन्न। एक्स्ट्रा पुरुषार्थको मतलब नै हो शिक्षकले केही कृपा गर्छन्। हुन त केही पैसा लिन्छन्। खास टाइम दिएर पढाउँछन्, जसबाट ऊ बढी पढेर होशियार बन्न सक्छ। यहाँ धेरै पढ्ने कुरा केही छैन। बाबाको त एउटै कुरा छ, एकै महामन्त्र दिनुहुन्छ मनमनाभवको। यादबाट के मिल्छ, यो त तिमी बच्चाहरू सम्झन्छौ। बाबा नै पतित पावन हुनुहुन्छ, जानेका छौ उहाँलाई याद गरियो भने नै हामी पावन बन्नेछौं। अच्छा गुडनाइट।

धारणाको लागि मुख्य सारः
१) सारा दुनियाँ अब चिहान हुनु छ। विनाश सामुन्ने छ, त्यसैले कसैसँग पनि सम्बन्ध राख्नु छैन। अन्तकालमा एक बाबा नै याद रहोस्।

२) यो पुरुषोत्तम संगमयुग श्यामबाट सुन्दर, पतितबाट पावन बन्ने युग हो। यही समय हो उत्तम पुरुष बन्ने सधैं यसै स्मृति राखेर स्वयंलाई कौडीबाट हीरा जस्तो बनाउनु छ।


वरदान:
कसैको व्यर्थ समाचारलाई सुनेर रूचि बढाउनुको सट्टा फुलस्टप लगाउने परमतबाट मुक्त भव

कतिपय बच्चाहरू चल्दा-चल्दै श्रीमतको साथमा आत्माहरूको परमत मिसाउँछन्। जब कुनै ब्राह्मणले संसारको समाचार सुनायो भने त्यसलाई धेरै रूचिले सुन्छन्। गर्न केही सक्दैनन् तर सुन्छन् भने त्यो समाचार बुद्धिमा जान्छ, समय व्यर्थ जान्छ। त्यसैले बाबाको आज्ञा छ सुनेर पनि नसुन। यदि कसैले सुनाए पनि तिमीले फुलस्टप लगाऊ, जुन व्यक्तिको बारेमा सुन्यौ उसप्रति दृष्टि वा संकल्पमा पनि घृणाभाव नहोस् तब भनिन्छ परमतबाट मुक्त।

स्लोगन:
जसको दिल विशाल छ उसको हदको संस्कार सपनामा पनि प्रकट हुन सक्दैन।