24.06.22 Avyakt Bapdada Nepali Murli 15.12.63 Om Shanti Madhuban
( मम्माको पुण्य
स्मृति दिवसमा प्रात : क्लासमा सुनाउनको लागि मातेश्वरीजीका मधुर महावाक्य )
कर्म नै सुख र दु : खको कारण हो
यो त सबै मनुष्यले
बुझेका छन्– जीवनमा दु:ख र सुख कर्मको आधारमा प्रारब्धको रूपमा चल्छन्। अवश्य पहिला
यस्तो कर्म गरेका थियौं जसको प्रारब्ध दु:ख या सुखको रूपमा भोग्नुपर्ने हुन्छ।
त्यसैले सुख र दु:खको सम्बन्ध हुने भयो कर्मसँग। कर्मलाई भाग्य भनिदैन। कतिले यस्तो
सम्झन्छन्– जे भाग्यमा होला, त्यसैले दु:ख र सुखलाई भाग्य सम्झन्छन्, यो त यस्तो भयो
मानौं यो भाग्य कुनै भगवानले बनाउनुभएको हो या अरू कसैले बनाएको हो त्यसैले
भनिदिन्छन्– जे भाग्यमा होला तर यो बुझ्नु पनि धेरै आवश्यक छ– भाग्य पनि कसले बनायो?
भाग्य कुनै परमात्माले बनाउनु भएको होइन। यस्तो पनि होइन भाग्य कुनै पहिला देखि नै
बनेको हो। होइन। यो दु:ख र सुख जुन मनुष्यले भोग्छ, त्यस दु:ख सुखलाई बनाउने पनि
मनुष्य नै हो किनकि कर्म गर्ने त मनुष्य हो, त्यसैले यो जिम्मेवारी आफ्नो भयो। जे
गरिन्छ, त्यही भरिन्छ, यो त सामान्य भनाइ हो। त्यस्तै जे गरिन्छ, त्यही पाइन्छ।
गीतामा पनि वर्णन छ– जीवात्मा आफ्नै मित्र हो र आफ्नै शत्रु हो। यस्तो भनिएको छैन–
म तिम्रो शत्रु हुँ, म तिम्रो मित्र हुँ। होइन। जीवात्मा आफ्नो शत्रु र आफ्नो मित्र
हो, त्यसैले आफैंसँग मित्रता र आफैंसँग शत्रुता, दु:ख र सुख गर्ने स्वयं मनुष्य भयो।
त्यसैले यो कुरा यति स्पष्ट हो– दु:ख सुखको जिम्मेवार मनुष्य स्वयं आफै हो। त्यसैले
जब कुनै पनि रूपमा दु:ख आउँछ भने त्यसलाई हटाउने कोसिस गर्छ। कुनै लडाइँ-झगडा
उत्पन्न भएमा त्यसलाई खतम गर्ने कोसिस गर्छ, यसमा कसै कसैको अकालमा मृत्यु पनि
हुन्छ अनि दु:ख हुन्छ। सम्झन्छन्– थाहा छैन ममाथि नै यस्तो किन भयो? फेरि त्यसै
वेगमा (जोशमा) आएर भगवानलाई पनि गाली गर्न थाल्छन्। अहिले तिम्रो अगाडि यो जुन कुरा
आयो, यो कसले गर्यो? यो अकाल मृत्यु जुन आयो, यो जुन रोगको रूपमा दु:ख आयो, के यो
भगवानले गर्नुभयो? यो जुन लडाइँ-झगडा संसारको जति पनि दु:खका कारण छन्, के ती सबै
भगवानले गर्नुभयो? अरे! भगवान जसलाई भनिन्छ दु:खहर्ता, सुखकर्ता, त्यसैले त जब कुनै
पनि दु:ख आउँछ त्यतिबेला उहाँलाई याद गरिन्छ। शरीरलाई रोग लाग्दा पनि भनिन्छ– हे
भगवान! दु:खमा उहाँलाई नै याद गरिन्छ, यदि उहाँले नै दिनुभएको हो भने जसले दु:ख
दिन्छ, उसलाई के गर्नुपर्छ? बताऊ। यो पनि त सोच्नु पर्छ नि– दु:खको समय जे याद आउँछ,
उहाँको लागि त भन्न पनि सकिदैन– यो दु:ख उहाँले दिनु भएको हो। यो पनि त बुझ्नु पर्ने
कुरा हो। जब याद गर्छौं भने अवश्य उहाँको हामीसँगको सम्बन्ध कुनै अर्कै कुराको लागि
हो, नकि दु:ख दिनको लागि हो। यसबाट सिद्ध हुन्छ– दु:खको कारण अथवा यसको जिम्मेवार
कुनै अरू छ! त्यसमा पनि कुनै तेस्रो त छँदै छैन। एक म र दोस्रो मेरो रचयिता, बस्।
दुइटै चीज छन् नि। एक म उहाँको रचना या उहाँको सन्तान भन र दोस्रो हुनुहुन्छ बाबा।
त्यसैले कि त बाबा जिम्मेवार हुनुहुन्छ कि म जिम्मेवार हुँ! तर जब मेरो पासमा दु:ख
आउँछ भने मलाई यस्तो लाग्छ, मानौं उहाँ रचयिताले नै मलाई दु:ख दिनुभएको हो। भित्र
लाग्छ पनि– उहाँ त मेरो सुखदाता हुनुहुन्छ। जस्तै सुखको लागि सहारा माग्छन्– हे
भगवान! यो दु:ख मेटाउनुहोस्, भगवान मेरो आयु लामो बनाइदिनुहोस् । हेर, आयुको लागि
पनि माग्छन्। आयुको लागि पनि, दु:खको लागि पनि, शरीरको रोगको लागि पनि र जति पनि
लडाइँ-झगडा कुनै पनि यस्तो अशान्तिको कारण आउँछ, त्यतिबेला भगवानसँग माग्छन्। कुनै
बच्चा यस्तो छ भने पनि भन्छन् भगवान यसलाई सुमत दिनुहोस्, मत पनि उहाँसँग माग्छन्।
कुनै पनि कुराले जब केही दु:ख या कष्ट हुन्छ भने कष्टमा याद पनि उहाँलाई गर्छन् र
त्यसको माँग पनि उहाँसँग गर्छन्। जब उहाँसँग नै माँग गर्छन् भने अवश्य उहाँ त्यसको
दाता हुनुहुन्छ र उहाँ नै हामीलाई सुख दिनेवाला हुनुहुन्छ, मतलब यी सबै कुराको इलाज
केवल उहाँको पासमा नै छ। त्यसै त याद गरिदैन, उहाँको पासमा इलाज छ। यो सबै हाम्रो
जुन हेबिट बनेको छ, हुन त जानेका छन् या छैनन् तर भगवानलाई दु:खको समयमा याद अवश्य
गर्छन्। कुनै पनि कुरा भएमा मुखबाट निस्किन्छ “ओ माई गड!”। उहाँ गडको हुनुहुन्छ, के
हुनुहुन्छ, यो कसैले जाने पनि नजाने पनि मुखबाट निस्किन्छ अवश्य। त्यसैले यो पनि
बुझ्नु पर्ने कुरा हो– आखिर हामीले जसलाई याद गरिन्छ, के उहाँको हाम्रा यी सबै
दु:खसित कुनै कनेक्शन छ! के उहाँ दु:खको दाता हुनुहुन्छ या उहाँको कनेक्शन सुख
दिनेसँग मात्र छ! यो त हाम्रो यादबाट पनि सिद्ध हुन्छ– उहाँको कुनै दु:ख दिने काम
हुँदै होइन। यदि दिने भए याद किन गर्छन्? दु:ख दिनेप्रति त भित्र रिस उठ्छ, सोच्छन्–
यसको लागि थाहा छैन के गरौं... तर भगवान प्रति त सदा खास दु:खको समयमा त प्रेम आउँछ।
भित्रैदेखि आउँछ– मानौं उहाँ हाम्रो कुनै ठूलो मित्र हुनुहुन्छ। भित्र त्यो खुशी
आउँछ। अवश्य उहाँको हामीसँग सुखको सम्बन्ध छ। त्यसैले दु:खको कारण अवश्य कुनै अरू
छ! अब अरू कुनै तेस्रो त छँदै छैन, एक म दोस्रो उहाँ, अवश्य म जिम्मेवार भएँ।
जुन चीजको लागि म
निमित्त हुँ, म नै दु:खमा दु:खी हुन्छु र पैदा पनि म स्वयं आफैंले नै गर्छु भने यो
हेर कति अज्ञान छ। जुन चीजबाट छुट्न चाहन्छन्, त्यो चीज मैले आफ्नो लागि स्वयं नै
बनाउँछु, आश्चर्यको कुरा छ नि। मनुष्यले चाहँदैन फेरि पनि दु:ख बन्दै जान्छ,
त्यसकारण अवश्य ऊ कुनै कुरासित अन्जान छ, बेसमझ छ। जुन कुरा थाहा छैन, त्यसको बारेमा
पहिला खोज गर्नुपर्छ नि। अवश्य मलाई त्यसको केही ज्ञान (समझ) हुनुपर्छ। यसै समझको
पहिला खोज गर्नुपर्छ। तर आश्चर्य छ– आज त यस्तो कुरा बुझ्नको लागि पनि हेर कति
बिचराहरूले कति बहाना बनाउँछन्। भन्छन् फुर्सत छैन, समय छैन। के गर्ने गृहस्थ धन्दा
आदि सम्हाल्ने कि यो गर्ने, त्यो गर्ने, के गरौं... त्यसैले उनीहरू सम्हालेर पनि
त्यसमा दु:खी नै छन्। अब जबकि मैले नै मेरो मेरो भनेर यो दु:खको रूप बनाइदिएको छु,
त्यसलाई दु:खको रूपमा ल्याएको छु। त्यसैले पहिला त्यसको खोजी हुनुपर्छ। बनाउनु पहिला
त्यसको जानकारी राख्नुपर्छ– यो जुन चीज बनाएर म दु:खी हुन्छु, त्यसको कारण के हो!
पहिला मलाई यो समझ त हुनुपर्छ– म दु:खी किन छु! के सुख हाम्रो लागि नै हुँदै होइन!
यसको पनि त खोज गर्नुपर्छ।
यसै जानकारीको लागि
यहाँ बताइन्छ– जुन चीजलाई तिमीले मेरो सम्झेका छौ, यही दु:खको कारण हो। दु:ख मेटाउने
इलाज के हो, त्यो पनि जीवनको लागि बुझ्न धेरै आवश्यक छ तर बुझेर पनि भन्छन् के गर्ने,
कसरी गर्ने, के आफ्नो गृहस्थ-व्यवहार छोडिदिउँ! आश्चर्य लाग्छ– हेर, मनुष्यको बुद्धि,
जुन कुराको ज्ञान भएर पनि त्यसलाई धारण गर्दैनन्। हामीले अनुभवद्वारा त्यसै कुरालाई
बुझेर धारण गरेर बताउँछौं– यो अनुभवको चीज हो। अवश्य अनुभव भएको छ, त्यसैले त भन्छौं–
यथार्थमा कुन विधिले सुखको प्राप्ति हुन सक्छ। जुन धेरै समयदेखि आशा गर्दै आएका छौ,
अहिले उहाँ जो सुखदाता हुनुहुन्छ, उहाँ स्वयंले हामीलाई आफ्नो यो परिचय दिइरहनु भएको
छ– हे प्यारा बच्चाहरू! तिमी किन दु:खी भएका हौ? कारण त तिम्रै हो तर तिमीहरूमा
यस्तो कुचाहिँ कुरा छ, जुन तिमी स्ययंलाई थाहा हुँदैन, जसकारण दु:ख भोगिरहेका छौ?
के तिम्रो कर्म नै दु:खको कारण बन्दै गइरहेको छ! त्यो कुरा आएर बुझ, हामी यति अफर
गर्छौं। तापनि आश्चर्य छ हेर, यो सुनेर पनि बिचराहरूले भन्छन्, सायद ठीकै छ हामी
यसरी नै चल्नु छ। यसलाई नै भनिन्छ अहो मम माया! एकदम मायाले पक्रेर बसेको छ। र, जुन
चाहेको चीजको लागि सारा दिन टाउको दुखाउँछन्, त्यही कुरा बाबाले सम्मुखमा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिम्रो सुखको कारण र दु:खको कारण के हो?
बाबा स्वयं
भन्नुहुन्छ– म तिम्रा सबै दु:ख हर्न र तिमीलाई सुख दिन आएको छु, त्यसैले त गाउँछौ
दु:खहर्ता, सुखकर्ता। कहिल्यै यस्तो भन्नुहुन्न– आज दु:खकर्ता सुखहर्ता। होइन। हर
दु:खको उहाँ हर्ता हुनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म आएको नै हुँ
तिम्रो दु:ख हर्न। तर त्यसको लागि तिमीलाई यस्तो कर्म गर्न सिकाउँछु, जसबाट तिम्रो
दु:ख नष्ट हुन्छ। केवल म जे सिकाउँछु, बुझाउँछु त्यसलाई बुझेर त्यो पुरुषार्थ गर,
जसबाट दु:ख नष्ट होस्। तिम्रो नै दु:ख नष्ट गर्ने म शिक्षा दिन्छु, जसलाई धारण गर
किनकि तिम्रो चीज हो नि। तर कति त बिचराहरू यस्तो कारण दिन्छन्, मानौं मैले
भगवानमाथि मेहरबानी (निगाहा) गरेको छु। कतिले फेरि भन्छन्– समय मिल्यो भने गरौंला!
अरे! खुवाउनु-पियाउनु यो सबै जुन कुरा छन्, त्यसै कर्मबाट बनाएका खातामा नै त तिमी
पछि लागेका छौ, त्यसैमा त दु:खी भएका छौ जबकि एकातिर भन्छौ दु:खबाट छुटौं र
अर्कातिर यी सबै दु:खहरूबाट छुट्ने बाटो स्वयं बाबाले सम्झाइरहनु भएको छ तैपनि हेर,
कसैको बुद्धिमा मुश्किलले बस्छ। यसै प्रकार माया यी ५ विकारहरूलाई भनिन्छ, तर
मनुष्य बिचराहरूले फेरि धन सम्पत्तिलाई माया सम्झन्छन्। कतिले फेरि शरीरलाई पनि माया
भनिदिन्छन्। त्यसबाट बच्ने उपाय गरिरहनु हुन्छ, तर बाबा भन्नुहुन्छ– तिम्रो दु:खको
कारण अरू कुनै छ। यो प्रकृति त मेरो रचना हो, जुन अनादि हो, त्यो कुनै दु:खको कारण
होइन। तिमीहरूमा एक्स्ट्रा अलग कुनै चीज आएको छ, जुन दु:खको कारण हो, त्यसलाई नै ५
विकार (माया) भनिन्छ। विकार कुनै शरीर होइन, संसार विकार होइन, धन सम्पत्ति विकार
होइन। विकार एक अलग चीज हो, जो आएपछि फेरि यी सबै चीजहरू दु:खका कारण बनेका छन्।
नत्र यी सबै पदार्थ आत्माको सुखको कारण हुन्। उनको लागि यी सम्पत्ति, धन आदि जे छन्,
ती सबै सुखका कारण हुन्। तर यी सबै कुराको पूर्ण ज्ञान नहुनाले यी सबै चीजहरू दु:खमा
आएका छन्। यस्तो पनि होइन– मैले यो जुन अनादि रचना रचेको छु, ती कुनै दु:खका कारण
हुन्, होइन। दु:खको कारण तिमी बनेका छौ, तिमीहरूमा कुनै अरू अलग चीज आएको छ। त्यो
अलग चीज हो यो माया ५ विकार, अब त्यसैललाई तिमीले निकाल्नु छ। मनुष्यले फेरि
भनिदिन्छन्– यो सबै भगवानले दिनुभएको हो, यदि भगवानले दिएको भए त उहाँले सुखका चीज
दिनुहुन्छ नि। यसमा तिमीले विकार राखेर यी सबै चीजलाई बिगारिदिएका हौ। त्यसैले बाबा
भन्नुहुन्छ– तिमीले यी विकारहरूलाई निकालिदियौ भने सदाको लागि सुखी हुन्छौ। यी सारा
बुझ्नु पर्ने कुरा हुन्। यसको लागि थोरै समय त दिनु पर्छ। दु:खलाई नाश गर्ने विधि
सिक्नुपर्छ। यसको लागि भनिन्छ पटक-पटक आऊ, केही बुझ। तर यस्तो होइन यहाँ सुन्यौ,
बाहिर गयो फेरि खतम। कतिले फेरि भनिदिन्छन् यो त पाको या वृद्धको काम हो। के जीवन
बनाउने, यो वृद्धलाई मात्र आवश्यक छ! वृद्ध त उल्टो सिँढी चढेर फेरि झर्छन्, त्यो
भन्दा त किन सिँढी चढ्नु पहिला नै नसम्हालिने, मैले जीवन कसरी चलाउनु छ। त्यसैले
उनीहरूलाई राय दिइन्छ– यी कुरालाई बुझेर आफ्नो जीवनमा दु:खको जुन जड छ, दु:खको जुन
कारण छ, त्यसलाई मेटाउने पूरा पूरा यत्न (पुरुषार्थ) गर्नुपर्छ।
भगवान बाबा जो सबैका
पिता हुनुहुन्छ, उहाँमा जुन हाम्रो हक छ, त्यसलाई पनि बुझ्नु र त्यो हक लिनु छ। खाली
यसै कहाँ उहाँलाई बाबा भन्नु छ, उहाँबाट हामीले के प्राप्ति गर्नु छ, त्यसको लागि
पनि त होही आएर सुनोस् बुझोस्। हामीले सबैलाई अफर त गरि नै रहन्छौं। पहिला पनि
निमन्त्रण र सन्देश दिइ नै रहेका छौं। फेरि करोडौंमा कोही जाग्छन्। पहिला पनि यस्तो
भएको थियो, त्यसैले त भगवानले स्वयं भन्नुभएको छ– करोडौंमा कसैले मलाई चिन्नेछ।
त्यसैले यहाँ आएर यस कुरालाई बुझेर केही धारण गर्ने कुरा गर। एकै दिनमा यी सबै कुरा
सम्झाउन सकिदैन। अच्छा!
मीठा प्यारा
बच्चाहरूप्रति यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग,
नमस्ते।
वरदान:–
आफ्नो पूज्य
स्वरूपको स्मृतिद्वारा सदा रूहानी नशामा रहने जीवनमुक्त भव
ब्राह्मण जीवनको
आनन्द जीवनमुक्त स्थितिमा छ। जसलाई आफ्नो पूज्य स्वरूपको सदा स्मृति रहन्छ, उसको
आँखा बाबा सिवाय अन्त कहीँ पनि डुब्न सक्दैन। पूज्य आत्माहरूको अगाडि स्वयं सबै
व्यक्ति र वैभव झुक्छन्। पूज्य कसैको पछाडि आकर्षित हुन सक्दैन। देह, सम्बन्ध,
पदार्थ वा संस्कारमा पनि उसको मन-बुद्धिको झुकाव रहँदैन। ऊ कहिल्यै कुनै बन्धनमा
बाँधिन सक्दैन। सदा जीवनमुक्त स्थितिको अनुभव गर्छ।
स्लोगन:–
सच्चा सेवाधारी
उही हो, जो निमित्त र निर्माण छ।