25.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
बाबालाई याद गर्ने धेरै मेहनत गर किनकि तिमी सच्चा सुन बन्नु छ।”
प्रश्न:–
असल
पुरुषार्थीको निशानी के हुन्छ?
उत्तर:–
जो असल पुरुषार्थी हुन्छन्, उनीहरू कदम-कदम श्रीमतमा चल्छन्। सदा श्रीमतमा
चल्नेहरूले नै उच्च पद पाउँछन्। बाबाले बच्चाहरूलाई सदा श्रीमतमा चल्नको लागि
भन्नुहुन्छ किनकि उहाँ नै एक सच्चा-सच्चा प्रियतम हुनुहुन्छ। बाँकी सबै उहाँका
प्रियतमा हुन्।
ओम् शान्ति ।
ओम् शान्तिको
अर्थ त नयाँ वा पुराना बच्चाहरूले बुझेका छौ। तिमी बच्चाहरूले जानिसकेका छौ– हामी
सबै आत्माहरू परमात्माका सन्तान हौं। परमात्मा हुनुहुन्छ उच्चभन्दा उच्च र प्यारा
भन्दा प्यारा प्रियतम सबैका। बच्चाहरूलाई ज्ञान र भक्तिको रहस्य त सम्झाउनु भएको छ।
ज्ञान अर्थात् दिन, सत्ययुग-त्रेता, भक्ति अर्थात् रात, द्वापर र कलियुग। यहाँको नै
कुरा हो। अरू धर्मसँग तिम्रो धेरै सम्बन्ध छैन, ८४ जन्म पनि तिमीले नै भोग्छौ।
सबैभन्दा पहिला तिमीहरू नै आएका हौ। ८४ जन्मको चक्र तिमीहरूको लागि हो। यस्तो कसैले
भन्दैन– इस्लामी, बौद्धि आदिले ८४ जन्म लिन्छन्। हिन्दुहरूले नै लिन्छन्। भारतवर्ष
नै अविनाशी खण्ड हो, यो कहिल्यै विनाश हुँदैन अरू सबै खण्डको विनाश हुन्छ। भारतवर्ष
धेरै उच्चभन्दा उच्च छ। अविनाशी छ। भारतखण्ड नै स्वर्ग बन्छ, अरू कुनै खण्ड स्वर्ग
बन्दैन। बच्चाहरूलाई सम्झाइएको छ– नयाँ दुनियाँ सत्ययुगमा भारतवर्ष नै हुन्छ। यसलाई
नै स्वर्ग भनिन्छ। उनैले फेरि ८४ जन्म लिन्छन्। आखिरमा नर्कवासी बन्छन्, फेरि उनै
स्वर्गवासी बन्छन्। यतिबेला सबै नर्कवासी छन्। फेरि अरू सबै खण्ड विनाश हुन्छन्,
बाँकी भारतखण्ड नै रहन्छ। भारतखण्डको महिमा अपरम्पार छ। त्यस्तै परमपिता परमात्माको
महिमा र गीताको महिमा पनि अपरम्पार छ। तर सच्चा गीताको। झुटो गीता त सुन्दा-सुन्दा,
पढ्दा-पढ्दा तल गिर्दै आए। अहिले बाबाले तिमीलाई राजयोग सिकाउनु हुन्छ। यो गीताको
पुरुषोत्तम सङ्गमयुग हो। भारतवर्ष नै फेरि पुरुषोत्तम बन्दै छ। अहिले त्यो आदि
सनातन देवी-देवता धर्म छैन। राज्य पनि छैन। त्यसैले त्यो युग पनि छैन। बाबाले
सम्झाउनु भएको छ– ड्रामामा यो भूल पनि छ। गीतामा फेरि कृष्णको नाम राख्छन्। जब
भक्तिमार्ग सुरु हुन्छ, तब सबैभन्दा पहिला गीता नै हुन्छ। अहिले यी गीता आदि सबै
शास्त्र खतम हुदैछन्। बाँकी केवल देवी-देवता धर्म नै रहन्छ। यस्तो होइन उनको साथमा
गीता भागवत आदि पनि रहन्छन्। प्रारब्ध मिल्यो सदगति भयो अनि फेरि कुनै शास्त्रको
आवश्यकता नै छैन। सत्ययुगमा कुनै पनि गुरु शास्त्र आदि हुदैन। यतिबेला त अनेक गुरु
छन् भक्ति सिकाउने। सदगति दिने त एउटै रूहानी बाबा हुनुहुन्छ, जसको अपरम्पार महिमा
छ। उहाँलाई नै सर्वशक्तिमान् विश्व राज्य अधिकारी भनिन्छ। धेरैले यो भूल गर्छन्,
जसले भन्छन् उहाँ अन्तर्यामी हुनुहुन्छ। सबैको मन भित्रको कुरा जान्नुहुन्छ। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! मैले कसैको मन भित्रको कुरा जान्दिनँ। मेरो त काम नै
हो पतितहरूलाई पावन बनाउनु। तर म अन्तर्यामी होइन। यो भक्तिमार्गको उल्टो महिमा हो।
मलाई त बोलाउँछन् नै पतित दुनियाँमा। म एकैपटक आउँछु, जब पुरानो दुनियाँलाई नयाँ
बनाउनु पर्छ। मनुष्यलाई यो थाहा छैन– यो जुन दुनियाँ छ यो नयाँबाट पुरानो,
पुरानोबाट नयाँ कहिले बन्छ। हरेक चीज सतो, रजो, तमोमा अवश्य आउँछ। मनुष्य पनि
त्यस्तै हुन्छन्। बालक पहिला सतोप्रधान हुन्छ फेरि युवा, वृद्ध हुन्छ अर्थात् रजो,
तमोमा आउँछ। शरीर बुढो हुन्छ, त्यो छोडेर गएर बच्चा बन्छ। दुनियाँ पनि नयाँबाट
पुरानो हुन्छ। बच्चाहरूलाई थाहा छ– नयाँ दुनियाँमा भारतवर्ष कति उच्च थियो।
भारतवर्षको महिमा अपरम्पार छ। यति धनवान, सुखी, पवित्र अरू कुनै खण्ड छैन। अब
सतोप्रधान दुनियाँ स्थापना भइरहेको छ। त्रिमूर्तिमा पनि ब्रह्मा, विष्णु, शङ्कर
देखाइएको छ। त्यसको अर्थ कसैले पनि बुझेका छैनन्। वास्तवमा भन्नु पर्छ– त्रिमूर्ति
शिव नकि ब्रह्मा। ब्रह्मा, विष्णु, शङ्करलाई कसले रचना गर्यो... सबैभन्दा उच्च
शिवबाबा हुनुहुन्छ। भन्छन् ब्रह्मा देवताय नम:, विष्णु देवताय नम:, शङ्कर देवताय नम:,
शिव परमात्माय नम:। त्यसैले उहाँ उच्च हुनुहुन्छ नि। उहाँ हुनुहुन्छ रचयिता। गायन
पनि गर्छन्– परमपिता परमात्माले ब्रह्माद्वारा ब्राह्मणको स्थापना गर्नुहुन्छ
त्यसपछि परमात्मा बाबाद्वारा वर्सा पनि मिल्छ। फेरि स्वयं बसेर ब्राह्मणहरूलाई
पढाउनुहुन्छ किनकि उहाँ बाबा पनि हुनुहुन्छ, परम शिक्षक पनि हुनुहुन्छ। विश्वको
इतिहास-भूगोलले कसरी चक्कर लगाउँछ, त्यो बसेर सम्झाउनुहुन्छ। उहाँ नै ज्ञानका सागर
हुनुहुन्छ। बाँकी यस्तो होइन उहाँ जानिजाननहार हुनुहुन्छ। यो पनि भूल हो।
भक्तिमार्गमा कुनै जीवनी, कर्तव्यलाई जान्दैनन्। त्यसैले यो गुडियाको पूजा जस्तै
हुन जान्छ। कलकत्तामा गुडियाको कति पूजा हुन्छ, फेरि उनको पूजा गरेर खुवाइ-पियाइ
गरेर समुद्रमा डुबाइदिन्छन्। शिवबाबा धेरै प्यारो हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो
पनि माटोको लिङ्ग बनाएर पूजा आदि गरेर फेरि तोडफोड गर्छन्। बिहान बनाउँछन् साँझ
तोडिदिन्छन्। यो सबै हो भक्तिमार्ग, अन्धश्रद्धाको पूजा। मनुष्यले गायन पनि गर्छन्–
आफैं पूज्य आफैं पुजारी। बाबा भन्नुहुन्छ– म त सदैव पूज्य हुँ। मैले त आएर केवल
पतितलाई पावन बनाउछु। २१ जन्मको लागि राज्यभाग्य दिन्छु। भक्तिमा छ अल्पकालको सुख,
जसलाई संन्यासीहरूले काग विष्टा समान सुख भन्छन्। संन्यासीले घरबार छोड्छन्। त्यो
हो हदको संन्यास, हठयोगी हुन् नि। भगवानलाई त जान्दैनन्। ब्रह्मलाई याद गर्छन्।
ब्रह्म त भगवान होइन। भगवान त एउटै निराकार शिव हुनुहुन्छ, जो सर्व आत्माका पिता
हुनुहुछ। ब्रह्म हो हामी आत्माहरूको निवास स्थान। त्यो ब्रह्माण्ड, स्वीट होम हो।
त्यहाँबाट हामी आत्माहरू पार्ट खेल्न आउँछौं। आत्माले भन्छ– मैले एक शरीर छोडेर
अर्को लिन्छु, ८४ जन्म पनि हिन्दुहरूको हुन्छ। जसले धेरै भक्ति गरेका छन्, उनीहरूले
फेरि ज्ञान पनि धेरै लिन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! ठीकै छ गृहस्थ
व्यवहारमा बस, तर श्रीमतमा चल। तिमी सबै आत्माहरू प्रियतमा हौ, एक प्रियतमका।
द्वापरदेखि लिएर तिमीले याद गर्दै आएका छौ। दु:खमा आत्माले बाबालाई याद गर्छ। यो हो
नै दु:खधाम। आत्माहरू वास्तवमा शान्तिधामका निवासी हुन्। पछि आए सुखधाममा। फेरि
हामीले ८४ जन्म लियौं। “हम सो, सो हम” को अर्थ पनि सम्झाइएको छ। उनीहरूले भन्छन्
आत्मा सो परमात्मा, परमात्मा सो आत्मा। अब बाबा सम्झाउनुहुन्छ– आत्मा नै परमात्मा
कसरी हुन सक्छ! परमात्मा त एक हुनुहुन्छ। सबै उहाँका बच्चाहरू हुन्। साधु सन्त आदिले
पनि हम सो को गलत अर्थ गर्छन्। अब बाबाले सम्झाउनु भएको छ “हम सो” को अर्थ नै हो–
हामी आत्मा सत्ययुगमा देवी-देवता थियौं, फेरि हामी नै क्षत्रिय, हामी नै वैश्य, हामी
नै शूद्र बन्यौं। अब फेरि हामी नै ब्राह्मण बनेका छौं, हामी नै देवता बन्नको लागि।
यो हो यथार्थ अर्थ। त्यो हो बिलकुल गलत। बाबा भन्नुहुन्छ– मनुष्य रावणको मतमा चलेर
कति झुटा भएका छन् त्यसैले भनिन्छ– झूठी माया, झूठी काया... सत्ययुगमा यस्तो भनिदैन।
त्यो हो सत्यखण्ड। त्यहाँ झुटोको नाम निशान हुँदैन। यहाँ फेरि सत्यको नाम छैन। फेरि
पनि पीठोमा नुन भनिन्छ। सत्ययुगमा हुन्छन् दैवीगुण भएका मानिस। उनीहरूको हो देवता
धर्म। पछि अरू-अरू धर्म भए। त्यसैले द्वैत भयो। द्वापरदेखि आसुरी रावण राज्य सुरु
हुन्छ। सत्ययुगमा रावण राज्य पनि हुँदैन भने ५ विकार पनि हुन सक्दैन। त्यो हो
सम्पूर्ण निर्विकारी। राम-सीतालाई १४ कला सम्पूर्ण भनिन्छ। रामलाई बाण किन दिइएको
हो? यो पनि कसैले जान्दैनन्। हिंसाको त कुरा होइन। तिमी त हौ ईश्वरीय विद्यार्थी,
त्यसैले उहाँ पिता पनि हुनुभयो। विद्यार्थी हौ त्यसैले उहाँ शिक्षक हुनुहुन्छ। फेरि
तिमी बच्चाहरूलाई सदगति दिएर स्वर्गमा लिएर जानुहुन्छ त्यसैले सतगुरु हुनुभयो। बाबा,
शिक्षक, सतगुरु तीनै हुनुभयो। उहाँका तिमी बच्चा बनेका छौ भने तिमीलाई कति खुशी हुनु
पर्छ। तिमी बच्चाहरूलाई थाहा छ– अहिले हो रावण राज्य। रावण भारतवर्षको सबैभन्दा ठूलो
दुश्मन हो। यो ज्ञान पनि तिमी बच्चाहरूलाई ज्ञानका सागर बाबाबाट मिल्छ। उहाँ बाबा
नै ज्ञानका सागर, आनन्दका सागर हुनुहुन्छ। ज्ञानसागरबाट तिमीले बादल भरेर फेरि गएर
वर्षा गर्छौ। तिमी ज्ञान गङ्गा हौ, तिम्रो नै महिमा हो। बाँकी पानीको गङ्गामा स्नान
गर्नाले कोही पावन त बन्दैन। मैलो फोहर पानीमा स्नान गर्दा पनि सम्झन्छन्– हामी
पावन बन्छौं। झरनाको पानीलाई पनि धेरै महत्त्व दिन्छन्। यो सबै हो भक्तिमार्ग।
सत्ययुग-त्रेतामा भक्ति हुँदैन। त्यो हो सम्पूर्ण निर्विकारी दुनियाँ।
बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! म तिमीलाई अहिले पावन बनाउन आएको छु। यो एक जन्म मलाई याद गर्यौ,
पावन बन्यौ भने तिमी सतोप्रधान बन्छौ। म नै पतित-पावन हुँ। जति हुन सक्छ यादको
यात्रालाई बढाऊ। मुखबाट शिवबाबा, शिवबाबा भन्नु छैन। जसरी प्रियतमले प्रियतमालाई
याद गर्छन्। एकपटक देखे पुग्यो, बुद्धिमा उनको याद रहन्छ। भक्तिमा जसलाई याद गर्छन्,
जसको पूजा गर्छन् उनको साक्षात्कार हुन्छ। तर त्यो सबै हो अल्पकालको लागि। भक्तिबाट
तल उत्रिदै आए। अब त मृत्यु सामुन्ने खडा छ। हाय-हाय भए पछि नै जयजयकार हुन्छ। यहाँ
नै रगतको नदी बग्छ। अहिले सबै तमोप्रधान बनेका छन् फेरि सबै सतोप्रधान बन्नु छ। तर
बन्छन् तिनै जो कल्प पहिला देवता बनेका थिए। उनै आएर बाबाबाट पूरा-पूरा वर्सा
लिन्छन्। यदि भक्ति कम गरेको छ भने ज्ञान पनि पूरा धारण गर्दैनन्। फेरि प्रजामा
नम्बरवार पद पाउँछन्। राम्रा पुरुषार्थीले कदम-कदम श्रीमतमा चलेर राम्रो पद पाउँछन्।
चालचलन पनि राम्रो चाहिन्छ। दैवी गुण पनि धारण गर्नु छ। उनीहरू फेरि २१ जन्म चल्छन्।
अहिले सबैका आसुरी अवगुण छन् किनकि पतित दुनियाँ हो नि। तिमी बच्चाहरूलाई विश्वको
इतिहास-भूगोल पनि सम्झाइएको छ। यतिबेला बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यादको
धेरै मेहनत गर, तिमी सच्चा सुन बन्ने छौ। सत्ययुग हो गोल्डन एज, सच्चा सुन। फेरि
त्रेतामा चाँदीको मिसावट पर्छ त्यसैले कला कम हुँदै जान्छ। अहिले त कुनै कला छैन।
जब यस्तो हालत हुन्छ, तब बाबा आउनु हुन्छ। यो पनि ड्रामामा निश्चित छ। तिमी कलाकार
हौ नि। तिमीलाई थाहा छ– हामी यहाँ पार्ट खेल्नको लागि आएका हौं। पार्टधारीले यदि
ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दैनन् भने उनलाई अज्ञानी नै भनिन्छ। बेहदका बाबा
भन्नुहुन्छ– सबै कति अज्ञानी बनेका छन्। अब मैले तिमीलाई समझदार हीरा जस्तो बनाउँछु।
फेरि रावण आएर कौडी जस्तो बनाउँछ, अब यस पुरानो दुनियाँको विनाश हुनु छ। सबैलाई
मच्छर सदृष्य लिएर जान्छु। तिम्रो लक्ष्य-उद्देश्य सामुन्नेमा खडा छ। यस्तो बन्नु
छ, तब तिमी स्वर्गवासी बन्ने छौ। तिमी बी. के. ले यो पुरुषार्थ गरिरहेका छौ। तर
मनुष्यको बुद्धि तमोप्रधान हुनाले यति पनि बुझ्दैनन्– यति सबै बी. के. छन् भने
अवश्य प्रजापिता ब्रह्मा पनि हुनु पर्छ। ब्राह्मण हुन् चोटी। ब्राह्मण फेरि देवता,
चित्रमा ब्राह्मणलाई, शिवलाई गुम गरिदिएका छन्। ब्राह्मणले अब दुनियाँलाई स्वर्ग
बनाइरहेका छन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको नम्बरवार पुरुषार्थ अनुसार याद-प्यार एवं
गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) ज्ञान सागरसँग बादल भरेर ज्ञान वर्षा गर्नु छ। जति हुन सक्छ यादको यात्रालाई
बढाउनु छ। यादबाट सच्चा सुन बन्नु छ।
२) श्रीमतमा चलेर
राम्रो चालचलन र दैवी गुण धारण गर्नु छ। सत्यखण्डमा जानको लागि एकदम सच्चा बन्नु छ।
वरदान:–
विशेषतालाई
देख्ने चश्मा लगाएर सम्बन्ध सम्पर्कमा आउने विश्व परिवर्तक भव
एक अर्काको सम्बन्ध
सम्पर्कमा आउँदा हरेकको विशेषतालाई हेर। विशेषतालाई मात्र देख्ने दृष्टि बनाऊ। जसरी
आजकाल चश्मा लगाउने फेशन एवं बाध्यता छ। त्यस्तै तिमीले पनि विशेषता देख्ने चश्मा
लगाऊ। अरू केही देखिदै नदेखियोस्। जसरी रातो चश्मा लगायो भने हरियो पनि रातो
देखिन्छ। त्यस्तै विशेषताको चश्माद्वारा कङ्कडलाई नदेखि कमलपुष्पलाई देख्नाले विश्व
परिवर्तनको विशेष कार्यको निमित्त बन्छौ।
स्लोगन:–
परचिन्तन एवं
परदर्शनको धुलोबाट सदा टाढा रह्यौ भने बेदाग अमूल्य हीरा बन्छौ।