25.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे देह-अभिमान छोडेर देही-अभिमानी बन , देही-अभिमानीलाई नै ईश्वरीय सम्प्रदाय भनिन्छ।

प्रश्न:
तिमी बच्चाहरूले अहिले जुन सतसङ्ग गर्छौ यो अरू सतसङ्ग भन्दा भिन्न (निराला) छ, कसरी?

उत्तर:
यही एउटा सतसङ्ग हो जसमा तिमीले आत्मा र परमात्माको ज्ञान सुन्छौ। यहाँ पढाइ हुन्छ। लक्ष्य-उद्देश्य पनि सामुन्ने छ। अरू सतसङ्गमा न पढाइ हुन्छ, न कुनै लक्ष्य-उद्देश्य हुन्छ।

ओम् शान्ति ।
रूहानी बच्चाहरूलाई रूहानी बाबाले सम्झाइरहनु भएको छ। रूहानी बच्चाहरूले सुनिरहेका छौ। पहिला-पहिला बाबाले सम्झाउनु हुन्छ, जहिले पनि बस्दा आफूलाई आत्मा सम्झेर बस। देह नसम्झ। देह-अभिमानीलाई आसुरी सम्प्रदाय भनिन्छ। देही-अभिमानीलाई ईश्वरीय सम्प्रदाय भनिन्छ। ईश्वरको देह हुँदैन। उहाँ सधैं आत्म-अभिमानी हुनुहुन्छ। उहाँ हुनुहुन्छ परमआत्मा, सबै आत्माहरूका बाबा। परम आत्मा अर्थात् उच्च भन्दा उच्च। जब उच्च भन्दा उच्च भगवान भन्छन् भने बुद्धिमा आउँछ उहाँ निराकार लिङ्ग रूप हुनुहुन्छ। निराकार लिङ्गको पूजा पनि हुन्छ। उहाँ हुनुहुन्छ परमात्मा अर्थात् सबै आत्माहरू भन्दा उच्च। हुनुहुन्छ उहाँ पनि आत्मा तर उच्च आत्मा। उहाँ जन्म-मरणमा आउनु हुन्न। बाँकी सबैले पुनर्जन्म लिन्छन्, अरू सबै हुन् रचना। रचयिता त एउटै बाबा हुनुहुन्छ। ब्रह्मा-विष्णु-शंकर पनि रचना हुन्। मनुष्य सृष्टि पनि सारा हो रचना। रचयितालाई बाबा भनिन्छ। पुरुषलाई पनि रचयिता भनिन्छ। स्त्रीलाई एडप्ट गर्छन् फेरि उनीबाट रचना रच्छन्, पालना गर्छन्। बाँकी विनाश गर्दैनन्, अरू जति पनि धर्म स्थापक छन् उनीहरूले पनि रचना रच्छन्, फेरि उनको पालना गर्छन्। तर विनाश कसैले पनि गर्दैनन्। बेहदका बाबा जसलाई परम आत्मा भनिन्छ, जसरी आत्माको रूप बिन्दु छ त्यस्तै परमपिता परमात्माको रूप पनि बिन्दु छ। बाँकी यति ठूलो लिङ्ग जुन बनाउँछन् त्यो सबै भक्तिमार्गको पूजाको कारण बनाउँछन्। बिन्दुको पूजा कसरी हुन सक्छ? भारतवर्षमा रुद्र यज्ञ रच्दा माटोको शिवलिङ्ग र शालिग्राम बनाएर फेरि तिनको पूजा गर्छन्। त्यसलाई रुद्र यज्ञ भनिन्छ। वास्तवमा यथार्थ नाम हो राजस्व अश्वमेध अविनाशी रुद्र गीता ज्ञान यज्ञ, जुन शास्त्रमा पनि लेखिएको छ। अहिले बाबाले बच्चाहरूलाई भन्नुहुन्छ आफूलाई आत्मा सम्झ। अरू जति पनि सत्सङ्ग छन् तिनमा आत्मा वा परमात्माको ज्ञान न कुनैमा छ, न दिन सक्छन्। त्यहाँ त कुनै लक्ष्य-उद्देश्य हुँदैन। तिमी बच्चाहरूले त अहिले पढाइ पढिरहेका छौ। तिमीलाई थाहा छ आत्मा शरीरमा प्रवेश गर्छ। आत्मा अविनाशी छ, शरीर विनाशी छ। शरीरद्वारा पार्ट खेल्छ। आत्मा त अशरीरी हो नि। भनिन्छ पनि नाङ्गै आएको हो, नाङ्गै जानु छ। शरीर धारण गरेको छ फेरि शरीर छोडेर नाङ्गै जानु छ। यो कुरा बाबाले तिमी बच्चाहरूलाई नै बसेर सम्झाउनु हुन्छ। यो पनि बच्चाहरूले जानेका छन् भारतवर्षमा जतिबेला सत्ययुग थियो त्यतिबेला देवी-देवताहरूको राज्य थियो, एउटै धर्म थियो। यो पनि हिन्दुहरूले जानेका छैनन्। जसले बाबालाई जानेन, उसले केही पनि जानेन। प्राचीन ऋषि-मुनिले पनि भन्दथे हामीले रचयिता र रचनालाई जान्दैनौं। रचयिता हुनुहुन्छ बेहदका बाबा, उहाँले नै रचनाको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। आदि भनिन्छ सुरुलाई, मध्य बीचलाई। आदि हो सत्ययुग, जसलाई दिन भनिन्छ, फेरि मध्यदेखि अन्त्यसम्म हुन्छ रात। दिन हो सत्ययुग-त्रेता, स्वर्ग हो वन्डर अफ वर्ल्ड। भारतवर्ष नै स्वर्ग थियो, जसमा लक्ष्मी-नारायणले राज्य गर्थे, यो कसैले जानेका छैनन्। बाबाले अहिले स्वर्गको स्थापना गरिरहनु भएको छ।

बाबा भन्नुहुन्छ तिमीले आफूलाई आत्मा सम्झ। हामी फस्टक्लास आत्मा हौं। यस समयमा मानिसहरू सबै देह-अभिमानी छन्। बाबाले आत्म-अभिमानी बनाउनु हुन्छ। आत्मा के चीज हो, यो पनि बाबाले बताउनु हुन्छ। मनुष्यले केही पनि जानेका छैनन्। भन्न त भन्छन् भृकुटीको बीच चम्कन्छ अजब सितारा तर त्यो के हो, कसरी त्यसमा पार्ट भरिएको छ, त्यो केही पनि जानेका छैनन्। अहिले तिमीलाई बाबाले सम्झाउनु भएको छ, तिमीहरूले ८४ जन्मको पार्ट खेल्नु पर्छ। भारतखण्ड नै उच्च खण्ड हो, जति पनि मनुष्य मात्र छन्, उनीहरूको यो तीर्थ हो। सबैको सद्गति गर्न बाबा यहाँ आउनु हुन्छ। रावण राज्यबाट लिबरेट गरेर, गाइड बनेर लिएर जानुहुन्छ। मनुष्यले त त्यसै भन्छन्, अर्थ केही पनि जानेका छैनन्। यहाँ पहिला देवी-देवता थिए। उनीहरूले नै फेरि पुनर्जन्म लिनुपर्छ। ब्राह्मण सो देवता फेरि क्षत्रिय, वैश्य, शूद्र बन्छन्। पुनर्जन्म लिन्छन् नि। यस ज्ञानलाई पूर्ण रूपले बुझ्न ७ दिन लाग्छ। पतित बुद्धिलाई पावन बनाउनु छ। यी लक्ष्मी-नारायणले पावन दुनियाँमा राज्य गर्थे नि। यहाँ उनीहरूको नै राज्य थियो। त्यतिबेला अरू कुनै धर्म थिएन। एउटै राज्य थियो। भारतवर्ष कति सम्पन्न थियो। हीरा-जुहारतका महल थिए, पछि रावण राज्यमा पुजारी बने। फेरि भक्तिमार्गमा यी मन्दिर आदि बनाएका हुन्। सोमनाथको मन्दिर थियो नि। एउटा मात्र मन्दिर त होइन। यहाँ पनि शिवको मन्दिरमा यति धेरै हीरा-जुहारत थिए जुन मुहम्मद गजनवीले ऊँटमा भरेर लगे। यति धेरै माल थियो, उँट त के कुनै लाखौं ऊँट लिएर आए पनि भर्न सक्दैनन्। सत्ययुगमा सुन, हीरा-जुहारतका अनेक महल थिए। मुहम्मद गजनवी त अहिले आएका हुन्। द्वापरमा पनि कति महल आदि हुन्छन्। ती फेरि भूकम्पमा भित्र जान्छन्। रावणको कुनै सुनको लङ्का हुँदैन। रावण राज्यमा त भारतको यो हाल हुन जान्छ। १०० प्रतिशत इरिलीजस, अनराइटियस, इनसालभेन्ट, पतित। नयाँ दुनियाँलाई भनिन्छ निर्विकारी। भारतवर्ष शिवालय थियो, जसलाई वन्डर अर्फ वर्ल्ड भनिन्छ। धेरै कम मनुष्य थिए। अहिले त करोडौं मनुष्य छन्। विचार गर्नुपर्छ नि। अहिले तिमी बच्चाहरूको लागि यो पुरुषोत्तम संगमयुग हो, जबकि बाबाले तिमीलाई पुरुषोत्तम, पारसबुद्धि बनाइरहनु भएको छ। बाबाले तिमीलाई मनुष्यबाट देवता बन्ने सुमत दिनुहुन्छ। बाबाको मतको लागि नै गायन छ तुम्हारी गत-मत न्यारी ... यसको पनि अर्थ कसैले जानेका छैनन्। बाबाले सम्झाउनु हुन्छ म यस्तो श्रेष्ठ मत दिन्छु जसबाट तिमी देवता बन्छौ। अब कलियुग पूरा हुन्छ, पुरानो दुनियाँको विनाश सामुन्ने खडा छ। मनुष्य बिलकुलै घोर अन्धकारमा कुम्भकर्णको निद्रामा सुतेका छन् किनकि भन्छन् शास्त्रमा लेखिएको छ कलियुग त अहिले बच्चा छ, ४० हजार वर्ष बाँकी छ। ८४ लाख योनि सम्झिनाले कल्पको आयु पनि लम्बा-चौडा बनाएका छन्। वास्तवमा हो ५ हजार वर्ष। बाबाले सम्झाउनु हुन्छ तिमीले ८४ जन्म लिन्छौ, नकि ८४ लाख। बेहदका बाबाले त यी सबै शास्त्र आदिलाई जान्नुहुन्छ तब त भन्नुहुन्छ यी सबै हुन् भक्तिमार्गका, जो आधा कल्प चल्छ, यसबाट कोही मसँग मिल्दैन। यो पनि विचार गर्नु पर्ने कुरा हो यदि कल्पको आयु लाखौं वर्ष भनिदियौं भने संख्या धेरै हुनुपर्थ्यो। जबकि क्रिश्चियनको संख्या २ हजार वर्षमा यति भएको छ। भारत वर्षको विशेष धर्म देवी-देवता धर्म हो, त्यो चल्दै आउनु पर्थ्यो तर आदि सनातन देवी-देवता धर्मलाई भुल्नाले भन्छन् हाम्रो धर्म हिन्दु हो। हिन्दु धर्म त हुँदैन। भारतवर्ष कति उच्च थियो। आदि सनातन देवी-देवता धर्म थियो तब विष्णुपुरी थियो। अहिले छ रावण पुरी। तिनै देवी-देवताहरू ८४ जन्मपछि के बनेका छन्। देवताहरूलाई निर्विकारी र आफूलाई विकारी सम्झेर उनीहरूको पूजा गर्छन्। सत्ययुगमा भारतवर्ष निर्विकारी थियो, नयाँ दुनियाँ थियो, जसलाई नयाँ भारत भनिन्छ। यो हो पुरानो भारत। नयाँ भारत के थियो, पुरानो भारत के छ, नयाँ दुनियाँमा भारत नै नयाँ थियो, अब पुरानो दुनियाँमा भारत पनि पुरानो बनेको छ। के गति भइसकेको छ। भारत नै स्वर्ग थियो अहिले नर्क छ। भारत धेरै धनवान थियो भारत नै धेरै निर्धन छ, सबैसँग भीख मागिरहेको छ। प्रजासँग पनि भीख माग्छ। यो त समझको कुरा हो नि। आजका देह-अभिमानी मानिसहरूलाई अलिकति पैसा मिल्यो भने सम्झन्छन् हामी त स्वर्गमा बसेका छौं। सुखधामलाई बिलकुल जानेका छैनन् किनकि पत्थरबुद्धि छन्। अब तिनलाई पारसबुद्धि बनाउनको लागि ७ दिनको भट्ठीमा बसाऊ। किनकि पतित छन् नि। पतितलाई यहाँ त बसाउन सकिँदैन। यहाँ पावन मात्रै रहन सक्छन्। पतितलाई अनुमति दिन सकिँदैन।

तिमी अहिले पुरुषोत्तम संगमयुगमा बसेका छौ। जानेका छौ बाबाले हामीलाई यस्तो पुरुषोत्तम बनाउनु हुन्छ। यो सच्चा सत्य-नारायणको कथा हो। सत्य बाबाले तिमीलाई नरबाट नारायण बन्ने राजयोग सिकाइरहनु भएको छ। ज्ञान केवल एक बाबासँग छ, जसलाई ज्ञानका सागर भनिन्छ। शान्तिका सागर, पवित्रताका सागर, यो उहाँ एकको नै महिमा हो। अरू कुनैको महिमा हुन सक्दैन। देवताहरूको महिमा बेग्लै छ, परमपिता परमात्मा शिवको महिमा बेग्लै छ। उहाँ हुनुहुन्छ बाबा, कृष्णलाई बाबा भनिदैन। अब भगवान को हुनु भयो त? अहिले पनि यहाँका मानिसहरूलाई थाहा छैन। कृष्ण भगवानुवाच भन्छन्। उनीहरूले पूरा ८४ जन्म लिन्छन्। सूर्यवंशी सो चन्द्रवंशी सो वैश्य वंशी... मनुष्यले हम सो को अर्थ पनि बुझ्दैनन्। हामी आत्मा सो परमात्मा भन्छन्, कति गलत छ। अहिले तिमीले सम्झाउँछौ दुनियाँको चढ्ती कला र उतरती कला कसरी हुन्छ। यो हो ज्ञान, त्यो सबै हो भक्ति। सत्ययुगमा सबै पावन थिए, राजा-रानीको राज्य चल्थ्यो। त्यहाँ मन्त्री पनि हुँदैनन् किनकि राजा-रानी स्वयं नै मालिक हुन्छन्। बाबाबाट वर्सा लिएका थिए। उनीहरूमा समझदारी हुन्छ, लक्ष्मी-नारायणलाई कसैको राय लिनु पर्ने आवश्यकता पर्दैन। त्यहाँ मन्त्री हुँदैनन्। भारतवर्ष जस्तो पवित्र देश अरू कुनै थिएन। महान् पवित्र स्थान थियो। नाम नै थियो स्वर्ग, अहिले छ नर्क। नर्कबाट स्वर्ग फेरि बाबाले नै बनाउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एक बाबाको सुमतमा चलेर मनुष्यबाट देवता बन्नु छ। यस सुनौलो संगमयुगमा स्वयंलाई पुरुषोत्तम पारसबुद्धि बनाउनु छ।

२) ७ दिनको भट्ठीमा बसेर पतित बुद्धिलाई पावन बुद्धि बनाउनु छ। सत्य बाबाबाट सत्य-नारायणको सच्चा कथा सुनेर नरबाट नारायण बन्नु छ।

वरदान:
फरिश्तापनको स्थितिद्वारा बाबाको स्नेहको रिटर्न दिने समाधान स्वरूप भव

फरिश्तापनको स्थितिमा स्थित हुनु यही बाबाको स्नेहको रिटर्न हो, यस्तो रिटर्न दिनेवाला समाधान स्वरूप बन्छ। समाधान स्वरूप बन्नाले स्वयंका र अन्य आत्माहरूका समस्याहरू स्वत: समाप्त भएर जान्छन्। त्यसैले अब यस्तो सेवा गर्ने समय हो, लिनुको साथै दिनु पर्ने समय हो। अब बाबा समान उपकारी बन। पुकार सुनेर आफ्नो फरिश्ता रूपद्वारा ती आत्माहरूको पासमा पुग र समस्याहरूबाट थाकेका आत्माहरूको थकावट उतार।

स्लोगन:
व्यर्थसँग बेपर्बाह बन, मर्यादामा होइन।