25.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आ फ्नो कमजोरीलाई निकाल्नको लागि सच्चा दिलले बाबालाई सुनाऊ , बाबाले तिम्रो कमीलाई निकाल्ने युक्ति बताउनु हुन्छ।

प्रश्न:
बाबाको करेन्ट कुन बच्चालाई मिल्छ?

उत्तर:
जो बच्चाले इमानदारीसँग सर्जनलाई आफ्नो बिमारी सुनाउँछ, बाबाले उसलाई दृष्टि दिनुहुन्छ। बाबालाई त्यो बच्चामाथि धेरै दया आउँछ। भित्र आउँछ यस बच्चाको यो भूत निस्कियोस्। बाबाले उसलाई करेन्ट दिनुहुन्छ।

ओम् शान्ति ।
बाबा बच्चाहरूसँग सोधिरहनुहुन्छ। हरेक बच्चाले आफूसँग सोध्नु छ बाबाबाट केही मिल्यो? कुन-कुन चीजमा कमी छ? हरेकले आफूभित्र झाँक्नु छ। जसरी नारदको उदाहरण छ, उनलाई भनियो तिमीले आफ्नो अनुहार ऐनामा हेर लक्ष्मीलाई वरण गर्न लायक छौ? त्यसैले बाबा पनि तिमी बच्चाहरूलाई सोध्नुहुन्छ के सम्झन्छौ, लक्ष्मीलाई वरण गर्न लायक बनेका छौ? यदि छैनौ भने के-के कमी छ? जसलाई निकाल्नको लागि बच्चाहरूले पुरुषार्थ गरिरहन्छन्। नयाँ नयाँ बच्चाहरूलाई यो सम्झाइन्छ आफूभित्र हेर कुनै कमी त छैन? किनकि तिमीहरू सबैलाई पूर्ण बन्नु छ। बाबा आउनु हुन्छ नै पूर्ण बनाउनको लागि। त्यसैले लक्ष्य-उद्देश्यको चित्र पनि सामुन्ने राखिएको छ। आफूभित्रै सोध म उनीहरू समान पूर्ण बनेको छु? त्यो लौकिक विद्या पढाउने टिचर आदि त यस समयमा सबै विकारी छन्। यी (लक्ष्मी-नारायण) सम्पूर्ण निर्विकारीहरूका नमूना हुन्। आधाकल्प तिमीले यिनीहरूको महिमा गरेका छौ। त्यसैले आफैंसँग सोध ममा के-के कमी छन्, जसलाई निकालेर मैले आफ्नो उन्नति गरुँ? र बाबालाई बताऊँ बाबा यो कमी छ, जो मबाट निस्कँदैन, कुनै उपाय बताउनुहोस्। बिमारी सर्जनद्वारा नै छुट्न सक्छ। कुनै-कुनै नायब सर्जन पनि होसियार हुन्छन्। डाक्टरबाट कम्पाउन्डरले सिक्छन्। होसियार डाक्टर बन्छन्। त्यसैले इमान्दारीसँग आफ्नो जाँच गर ममा के-के कमी छन्? जसकारण मैले सम्झन्छु यो पद पाउन सक्दिनँ। बाबा भन्नुहुन्छ नि तिमी यिनीहरूजस्तै बन्न सक्छौ। कमीहरू बतायौ भने बाबाले राय दिनुहुन्छ। बिमारी त धेरै छन्। कसैमा धेरै क्रोध छ, लोभ छ... उनलाई ज्ञानको धारणा हुन सक्दैन, जसले गर्दा कसैलाई धारणा गराउन सक्दैनन्। बाबाले नित्य धेरै सम्झाउनु हुन्छ। वास्तवमा यति सम्झाउने आवश्यकता नै देखिँदैन। मन्त्रको अर्थ बाबा सम्झाउनु हुन्छ। बाबा त एउटै हुनुहुन्छ। बेहदका बाबालाई याद गर्नु छ र उहाँबाट वर्सा पाएर हामीले यस्तो बन्नु छ। अरू स्कुलमा ५ विकारलाई जित्ने कुरै हुँदैन। यो कुरा अहिले नै हुन्छ जुन बाबा आएर सम्झाउनु हुन्छ। तिमीमा जो भूत छ, जसले दु:ख दिन्छ, त्यसको वर्णन गर्यौ भने बाबाले त्यसलाई निकाल्ने युक्ति बताउनु हुन्छ। बाबा यो-यो भूतले मलाई हैरान गर्छ। भूत निकाल्नेका अगाडि वर्णन गरिन्छ नि। तिमीहरूमा ती कुनै भूत छैनन्। तिमीलाई थाहा छ यी ५ विकाररूपी भूत जन्म-जन्मान्तरका हुन्। हेर्नुपर्छ ममा कुन भूत छ? त्यसलाई निकाल्नलाई फेरि राय लिनुपर्छ। आँखाले पनि धेरै धोका दिन्छन्, त्यसैले बाबा सम्झाउनु हुन्छ आफूलाई आत्मा सम्झिएर अरूलाई पनि आत्मा सम्झिने अभ्यास गर। यस युक्तिले तिम्रो यो बिमारी निस्कन्छ। हामी सबै आत्माहरू त आत्मा भाइ-भाइ ठहरियौं। शरीर त होइनौं। यो पनि जानेका छौ हामी आत्मा सबै फर्केर जान्छौं। त्यसैले आफूलाई हेर्नु छ, म सर्वगुण सम्पन्न बनेको छु? छैन भने ममा के अवगुण छ? त्यसैले बाबा पनि त्यो आत्मालाई बसेर हेर्नुहुन्छ, यसमा यो कमजोरी छ, त्यसैले उसलाई करेन्ट दिन्छु। यस बच्चाको यो विघ्न निस्कियोस्। यदि सर्जनसँग नै लुकाइरहे भने त के नै गर्न सक्नुहुन्छ र? तिमीले आफ्ना अवगुण बताउँदै रह्यौ भने बाबाले पनि राय दिनुहुन्छ। जसरी तिमी आत्माहरूले बाबालाई याद गर्छौ बाबा, हजुर कति मीठा हुनुहुन्छ! हामीलाई केबाट के बनाइदिनुहुन्छ! बाबालाई याद गरिरह्यौ भने भूत भाग्दै जान्छन्। कुनै न कुनै भूत अवश्य छ। बाबा सर्जनलाई बताऊ, बाबा मलाई यसको युक्ति बताउनुहोस्। नत्र त धेरै घाटा पर्नेछ, सुनाएपछि बाबालाई पनि दया आउँछ, यो मायाको भूतले यसलाई हैरान गर्छ। भूतलाई भगाउने त एउटै बाबा हुनुहुन्छ। युक्तिले भगाउनु हुन्छ। सम्झाइन्छ यी ५ भूतलाई भगाऊ। फेरि पनि सबै भूत भाग्दैनन्। कसैमा विशेष धेरै हुन्छ, कसैमा कम। तर छ अवश्य। बाबा हेर्नुहुन्छ यसमा यो भूत छ। दृष्टि दिने समयमा मनमा चल्छ नि। यो त धेरै राम्रो बच्चा छ, अरू त सबै राम्रा-राम्रा गुण छन् तर बोल्न केही सक्दैन, कसैलाई सम्झाउन सक्दैन। मायाले गला नै बन्द गरिदिएजस्तो छ, यसको गला खुल्ने हो भने अरूको पनि सेवामा लाग्ने थियो। अरू-अरूको सेवामा आफ्नो सेवा, शिवबाबाको सेवा गर्दैनन्। शिवबाबा स्वयं सेवा गर्न आउनु भएको छ, भन्नुहुन्छ यी जन्म-जन्मान्तरका भूतलाई भगाउनु छ।

बाबा बसेर सम्झाउनु हुन्छ यो पनि जानेका छौ, वृक्ष विस्तारै-विस्तारै वृद्धि हुन्छ। पात झर्दै रहन्छन्। मायाले विघ्न पार्छ। बसी-बसी विचार बदलिन्छ। जसरी संन्यासीहरूलाई घृणा आयो भने एकदम गुम हुन्छन्। न कुनै कारण, न कुनै कुराकानी। सम्बन्ध त सबैको बाबासँग छ। बच्चाहरू नम्बरवार छन्। त्यसमा पनि बाबालाई सत्य बताइयो भने त्यो कमी निस्कन सक्छ र उच्च पद पाउन सकिन्छ। बाबालाई थाहा छ कसैले नबताउनाले आफूलाई घाटा पार्छन्। जति सम्झाए पनि त्यही काम गर्न लाग्छन्। मायाले पक्डिन्छ। मायारूपी अजिंगर छ, सबैलाई पेटमा हालेर बस्छ। दलदलमा गलासम्म फँसेका छन्। बाबाले कति सम्झाउनु हुन्छ। अरू कुनै कुरा छैन, केवल भन दुई बाबा हुनुहुन्छ। लौकिक बाबा त सदैव मिल्नुहुन्छ नै, सत्ययुगमा पनि मिल्नुहुन्छ भने कलियुगमा पनि मिल्नुहुन्छ। यस्तो होइन कि सत्ययुगमा फेरि पारलौकिक बाबा मिल्नुहुन्छ। पारलौकिक बाबा त एकै पटक आउनु हुन्छ। पारलौकिक बाबा आएर नर्कलाई स्वर्ग बनाउनु हुन्छ। उहाँको भक्तिमार्गमा कति पूजा गर्छन्। याद गर्छन्। शिवका मन्दिर त धेरै छन्। बच्चाहरू भन्छन्, सेवा छैन। अरे, शिवका मन्दिर त जहाँ-तहाँ छन्, त्यहाँ गएर तिमीले सोध्न सक्छौ, यिनलाई किन पुज्नुहुन्छ? उहाँ शरीरधारी हुनुहुन्न। उहाँ को हुनुहुन्छ? भन्छन् परमात्मा। उहाँ भन्दा अरू कसैलाई भन्दैनन्। तब भन, उहाँ परमात्मा बाबा हुनुहुन्छ नि। उहाँलाई खुदा पनि भनिन्छ, अल्लाह पनि भनिन्छ। अक्सर गरेर परमपिता परमात्मा भनिन्छ, उहाँबाट के मिल्नेवाला छ, यो केही थाहा छ? भारतमा शिवको नाम त धेरै लिन्छन्, शिवजयन्ती पर्व पनि मनाउँछन्। कसैलाई पनि सम्झाउन धेरै सहज छ। बाबा भिन्न-भिन्न प्रकारले सम्झाउन त धेरै सम्झाइरहनुहुन्छ। तिमी कसैको पासमा पनि जान सक्छौ। तर धेरै शीतलतासँग, नम्रतासँग कुरा गर्नुपर्छ। तिम्रो नाम त भारतमा धेरै फैलिएको छ। थोरै मात्रै कुरा गर्यौ भने झट्ट बुझ्छन्, यी बी.के. हुन्। गाउँमा त धेरै निर्दोष हुन्छन्। त्यसैले मन्दिरमा गएर सेवा गर्न धेरै सजिलो छ। आउनु भयो भने हामी तपाईंलाई शिवबाबाको जीवन कहानी सुनाउने छौं। तपाईं शिवको पूजा गर्नुहुन्छ, उहाँसँग के माग्नुहुन्छ? हामीले त तपाईंलाई उहाँको पूरै जीवन कहानी बताउन सक्छौं। अर्को दिन फेरि लक्ष्मी नारायणको मन्दिरमा जाऊ। तिमीभित्र खुशी रहन्छ। बच्चाहरू चाहन्छन् गाउँमा सेवा गरौं। सबैको आ-आफ्नो समझ छ नि। बाबा भन्नुहुन्छ पहिला-पहिला शिवबाबाको मन्दिरमा जाऊ। फेरि लक्ष्मी-नारायणको मन्दिरमा गएर सोध यिनीहरूलाई यो वर्सा कसरी मिलेको हो? आउनु भयो भने हामी तपाईंलाई यी देवी-देवताको ८४ जन्मको कहानी सुनाउँछौं। गाउँलेलाई पनि जगाउनु छ। तिमी गएर प्यारसँग सम्झाउँछौ। तपाईं आत्मा हुनुहुन्छ, आत्माले नै कुरा गर्छ, यो शरीर त खत्तम हुनेवाला छ। अब हामी आत्माहरूलाई पावन बनेर बाबाको पासमा जानु छ। बाबा भन्नुहुन्छ मलाई याद गर। सुन्ने बित्तिकै उनीहरूलाई आकर्षण हुन्छ। जति तिमी देही-अभिमानी बन्छौ त्यति तिमीहरूमा आकर्षण आउने छ। अहिले यस देह आदिबाट, पुरानो दुनियाँबाट पूरा वैराग्य आएको छैन। यो त जानेका छौ यो पुरानो चोला छोड्नु छ, यिनीहरूमा के ममत्व राख्नु छ? शरीर हुँदा-हुँदै शरीरमा कुनै ममत्व हुनु हुँदैन। भित्र यही धून रहोस् अब हामी आत्माहरू पावन बनेर आफ्नो घर जानु छ। फेरि यो पनि दिल हुन्छ यस्ता बाबालाई कसरी छोडूँ? यस्ता बाबा त फेरि कहिल्यै मिल्नुहुन्न। यस्तो-यस्तो विचार गर्नाले बाबा पनि याद आउँछ, घर पनि याद आउँछ। अब हामी घर जान्छौं। ८४ जन्म पूरा भए। हुन त दिनमा आफ्नो धन्धा आदि गर। गृहस्थ व्यवहारमा त रहनु नै छ । त्यसमा रहँदा-रहँदै पनि तिमीले बुद्धिमा राख यो त सबै कुरा खत्तम हुनु छ। अहिले हामीलाई फर्केर आफ्नो घर जानु छ। बाबाले भन्नुभएको छ गृहस्थ व्यवहारमा पनि अवश्य रहनु छ। नत्र त कहाँ जान्छौ? धन्धा आदि गर, बुद्धिमा यो याद रहोस्। यो त सबै कुरा विनाश हुनु छ। पहिला हामी घर जान्छौं फेरि सुखधाममा आउने छौं। जति पनि समय मिल्छ आफूसँग कुरा गर्नुपर्छ। धेरै समय छ, ८ घण्टा धन्धा आदि गर। ८ घण्टा आराम पनि गर। बाँकी ८ घण्टा बाबासँग कुराकानी गरेर फेरि गएर रूहानी सेवा गर्नु छ। जति पनि समय मिल्छ शिवबाबाको मन्दिरमा, लक्ष्मी-नारायणको मन्दिरमा गएर सेवा गर। मन्दिरमा तिमीलाई धेरै मिल्छन्। तिमी जहाँ गए पनि त्यहाँ शिवको मन्दिर अवश्य छन्। तिमी बच्चाहरूको लागि मुख्य हो यादको यात्रा। यादमा राम्रोसँग रह्यौ भने तिमीले जे मागे पनि मिल्न सक्छ। प्रकृति दासी बन्छ। उनीहरूको अनुहार आदि पनि यसरी आकर्षक हुन्छ, केही पनि माग्ने आवश्यकता हुँदैन। संन्यासीमा पनि कोही-कोही पक्का हुन्छन्। यही निश्चयसँग बस्छन् हामी ब्रह्ममा गएर लीन हुन्छौं। यस निश्चयमा धेरै पक्का रहन्छन्। उनीहरूको अभ्यास हुन्छ, हामी यस शरीरलाई छोडेर जान्छौं। तर उनीहरू त छन् गलत मार्गमा। धेरै मेहनत गर्छन् ब्रह्ममा लीन हुनको लागि। भक्तिमा साक्षात्कारको लागि कति मेहनत गर्छन्। ज्यान पनि दिन्छन्। आत्मघात हुँदैन, जीवघात हुन्छ। आत्मा त हुन्छ नै, ऊ गएर अर्को जीवन अर्थात् शरीर लिन्छ।

तिमी बच्चाहरूले सेवाको राम्रोसँग सोख राख्यौ भने बाबाको पनि याद आउँछ। यहाँ पनि मन्दिर आदि धेरै छन्। तिमी योगमा पूरा रहेर कसैलाई केही पनि भन्छौ भने कुनै विचार आउने छैन। योगीको पूरा तीर लाग्छ। तिमीले धेरै सेवा गर्न सक्छौ। कोसिस गरेर हेर, तर पहिला आफूभित्र हेर्नु छ, हामीमा कुनै मायाको भूत त छैन? मायाको भूत हुनेहरू कहाँ सफल हुन सक्छन् र! सेवा धेरै छ। बाबा त जान सक्नुहुन्न नि किनकि बाबा साथमा हुनुहुन्छ। बाबालाई हामी कहाँ फोहरमा लिएर जाने! कोसँग बोल्ने! बाबा त बच्चाहरूसँग नै बोल्न चाहनुहुन्छ। त्यसैले बच्चाहरूले सेवा गर्नु छ। गायन पनि छ सन सोज फादर। बाबाले त बच्चाहरूलाई होसियार बनाउनु भएको छ नि। राम्रा-राम्रा बच्चा छन् जसलाई सेवाको सोख हुन्छ। भन्छन् हामी गाउँमा गएर सेवा गरौं। बाबा भन्नुहुन्छ गर्न त गर। केवल फोल्डिङ्ग चित्र साथमा होस्। चित्र विना कसैलाई सम्झाउन मुश्किल हुन्छ। रात-दिन यही विचार रहन्छ अरूको जीवन कसरी बनाऊँ? ममा जो कमी छ त्यसलाई कसरी निकालेर उन्नति गर्ने? तिमीलाई खुशी पनि हुन्छ। बाबा यो ८-९ महिनाको बच्चा हो। यस्ता धेरै निस्कन्छन्। छिट्टै नै सेवा लायक बन्छन्। हरेकलाई यो पनि विचार रहन्छ हामी आफ्नो गाउँलाई उठाऊँ, साथी-भाइहरूको सेवा गरौं। चेरिटी बिगिन्स एट होम। सेवाको सोख धेरै चाहिन्छ। एकै ठाउँमा ठहरिनु हुँदैन। चक्कर लगाइराख। समय त धेरै कम छ नि। उनीहरूका कति ठूला-ठूला अखाडा बन्छन्। यस्तो आत्मा आएर प्रवेश गर्छ जसले बसेर केही न केही शिक्षा दिन्छ अनि नाम हुन्छ। यो त बेहदका बाबा बसेर शिक्षा दिनुहुन्छ, कल्प पहिला जस्तै। यो रूहानी कल्पवृक्ष बढ्छ। निराकारी वृक्षबाट नम्बरवार आत्मा आउँछन्। शिवबाबाको धेरै लामो माला वा वृक्ष बनेको छ। यी सबै कुरालाई याद गर्दा पनि बाबा नै याद आउने छ। उन्नति छिटै हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कम्तीमा ८ घण्टा बाबासँग कुराकानी गर्दै धेरै शीतलता वा नम्रतासँग रूहानी सेवा गर्नु छ। सेवामा सफल हुनको लागि भित्र कुनै पनि मायाको भूत नहोस्।

२) आफूले आफैंसँग कुरा गर्नु छ यी जे जति हामीले देखिरहेका छौं, ती सबै विनाश हुनु छ, हामी आफ्नो घर जान्छौं फेरि सुखधाममा आउने छौं।

वरदान:
विश्वमा ईश्वरीय परिवारको स्नेहको बीज रोप्ने विश्व सेवाधारी भव

तिमी विश्व सेवाधारी बच्चाहरूले विश्वमा ईश्वरीय परिवारको स्नेहको बीज रोपिरहेका छौ। चाहे कोही नास्तिक होस् वा आस्तिक... सबैलाई अलौकिक वा ईश्वरीय स्नेहको, नि:स्वार्थ स्नेहको अनुभूति गराउनु नै बीज रोप्नु हो। यो बीजले सहयोगी बन्ने वृक्ष स्वत: नै पैदा गर्छ र समयमा सहजयोगी बन्ने फल देखाउनेछ। केवल कुनै फल छिट्टै निस्कन्छ भने कुनै फल समय भएपछि निस्कन्छ।

स्लोगन:
भाग्यविधाता बाबालाई जान्नु, चिन्नु र उहाँको डाइरेक्ट बच्चा बन्नु यो सबैभन्दा ठूलो भाग्य हो।