26.01.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अमृतबेलाको शान्त , शुद्ध वायुमण्डलमा तिमी ले देह सहित सबैथोक भुलेर मलाई याद गर , त्यतिबेला याद धेरै राम्रो हुन्छ।

प्रश्न:
बाबाको शक्ति प्राप्त गर्नको लागि तिमी बच्चाहरूले सबैभन्दा राम्रो कर्म कुनचाहिँ गर्छौ?

उत्तर:
सबैभन्दा राम्रो कर्म हो बाबा माथि आफ्नो सबैथोक (तन-मन-धन सहित) अर्पण गर्नु। तिमीले सबैथोक अर्पित गर्यौ भने बाबाले तिमीलाई रिटर्नमा यति तागत दिनुहुन्छ, जसबाट तिमीले सारा विश्व माथि सुख शान्तिको अटल अखण्ड राज्य गर्न सक्छौ।

प्रश्न:
बाबाले बच्चाहरूलाई कुनचाहिँ सेवा सिकाउनु भएको छ, जुन कुनै मनुष्यले सिकाउन सक्दैन?

उत्तर:
रूहानी सेवा। तिमीले आत्माहरूलाई विकारहरूको बिमारीबाट छुटाउनको लागि ज्ञानको इन्जेक्शन लगाउँछौ। तिमी हौ रूहानी समाजसेवी। मनुष्यले जिस्मानी सेवा गर्छन् तर ज्ञान इन्जेक्शन दिएर आत्मालाई जागृत गर्न सक्दैनन्। यो सेवा बाबाले नै बच्चाहरूलाई सिकाउनहुन्छ।

ओम् शान्ति ।
भगवानुवाच। यो त सम्झाइएको छ मनुष्यलाई कहिल्यै पनि भगवान भन्न सकिदैन। यो हो मनुष्य सृष्टि। ब्रह्मा, विष्णु, शङ्कर छन् सूक्ष्मवतनमा। शिवबाबा हुनुहुन्छ आत्माहरूको अविनाशी पिता। विनाशी शरीरका पिता त विनाशी हुन्छन्। यो त सबैले जान्दछन्। सोधिन्छ तिम्रो यस विनाशी शरीरको पिता को हुनुहुन्छ? आत्माको पिता को हुनुहुन्छ? आत्माले जान्दछ उहाँ परमधाममा रहनुहुन्छ। अहिले तिमी बच्चाहरूलाई देह-अभिमानी कसले बनायो? देहलाई रच्ने पिताले। अब देही-अभिमानी कसले बनाउँछ? जो आत्माहरूको अविनाशी बाबा हुनुहुन्छ। अविनाशी अर्थात् जसको आदि-मध्य-अन्त्य छैन। यदि आत्माको र परम आत्माको आदि, मध्य, अन्त्य भन्यो भने फेरि रचनाको पनि प्रश्न उठ्छ। उनलाई भनिन्छ अविनाशी आत्मा, अविनाशी परमात्मा। आत्माको नाम आत्मा हो। निश्चय नै आत्माले आफूलाई जान्दछ म आत्मा हुँ। मेरो आत्मालाई दु:खी नबनाऊ। म पापात्मा हुँ यो आत्माले भन्छ। स्वर्गमा कहिल्यै पनि यो आत्मा शब्द भनिदैन। यतिबेला नै आत्मा पतित छ, जुन फेरि पावन बन्छ। पतित आत्माले नै पावन आत्माको महिमा गर्छ। जति पनि मनुष्य आत्माहरू छन्, तिनले पुनर्जन्म त अवश्य लिनु नै छ। यी सबै कुरा हुन् नयाँ। बाबा आदेश दिनुहुन्छ उठ्दा-बस्दा मलाई याद गर। पहिला तिमी पुजारी थियौ। शिवाय नम: भन्थ्यौ। अब बाबा भन्नुहुन्छ तिमी पुजारीहरूले नम: त धेरै पटक गर्यौ। अब तिमीलाई मालिक, पूज्य बनाउँछु। पूज्यले कहिल्यै नम: गर्नु पर्दैन। पुजारीले नम: अथवा नमस्ते भन्छन्। नमस्तेको अर्थ नै हो नमन गर्नु। शिर अलिकति अवश्य झुकाउँछन्। अब तिमी बच्चाहरूले नम: भन्ने आवश्यकता छैन। न लक्ष्मी-नारायण नम:, न विष्णु देवताय नम:, न शङ्कर देवताय नम:। यी शब्द नै पुजारीपनका हुन्। अब त तिमी सारा सृष्टिको मालिक बन्नु छ। बाबालाई नै याद गर्नु छ। भन्छन् पनि उहाँ सर्व समर्थ हुनुहुन्छ। कालको पनि काल, अकालमूर्त हुनुहुन्छ। सृष्टिको रचयिता हुनुहुन्छ। ज्योतिर्बिन्दु स्वरूप हुनुहुन्छ। पहिले उहाँको धेरै महिमा गर्थ्यौं, फेरि भनिदिन्थ्यौं सर्वव्यापी, कुकुर बिरालोमा पनि हुनुहुन्छ, त्यसपछि सबै महिमा खतम हुन जान्छ। यतिबेलाका सबै मनुष्य नै पाप आत्माहरू छन् भने फेरि जनावरको के महिमा हुन्छ। सारा कुरा मनुष्यको नै हो। आत्माले भन्छ म आत्मा हुँ, यो मेरो शरीर हो। जसरी आत्मा बिन्दु हो, त्यसैगरी परमपिता परमात्मा पनि बिन्दु हुनुहुन्छ। उहाँले पनि भन्नुहुन्छ म पतितहरूलाई पावन बनाउन साधारण तनमा आउँछु। आएर बच्चाहरूको आज्ञाकारी सेवक बनेर सेवा गर्छु। म रूहानी समाजसेवी हुँ। तिमी बच्चाहरूलाई पनि रूहानी सेवा गर्न सिकाउँछु। अरू सबैले जिस्मानी हदको सेवा गर्न सिकाउँछन्। तिम्रो हो रूहानी सेवा, तब भनिन्छ ज्ञान अन्जन सदगुरु दिया... सच्चा सदगुरु उहाँ एक नै हुनुहुन्छ। उहाँ नै अधिकारी हुनुहुन्छ। सबै आत्माहरूलाई आएर इन्जेक्शन लगाउनुहुन्छ। आत्माहरूमा नै विकारहरूको बिमारी छ। यो ज्ञानको इन्जेक्शन अरू कसैसँग छैन। पतित आत्मा बनेको छ न कि शरीर, जसलाई इन्जेक्शन लगाउनु पर्छ। पाँच विकारहरूको कडा बिमारी छ। यसको लागि इन्जेक्शन ज्ञानसागर बाबा बाहेक अरू कसैसँग पनि छैन। बाबा आएर आत्माहरूसँग कुरा गर्नुहुन्छ हे आत्माहरू! तिमीहरू बलेको दिपक थियौ, फेरि मायाले छायाँमा पार्यो। विकारमा पार्दापार्दा तिमीलाई धुन्धकारी बुद्धि बनाइ दिएको छ। बाँकी कुनै युद्धिष्ठिर वा धृतराष्ट्रको कुरा होइन। यो रावणको कुरा हो।

बाबा भन्नुहुन्छ म आउँछु नै साधारण रीतिले। मलाई विरलै कसैले जान्न सक्छ। शिवजयन्ती अलग हो, कृष्णजयन्ती अलग हो। परमपिता परमात्मा शिवलाई कृष्णसँग दाँज्न सक्दैनौ। उहाँ निराकार, उनी साकार। बाबा भन्नुहुन्छ म हुँ निराकार, मेरो महिमा पनि गाउँछन् हे पतित-पावन! आएर यस दुनियाँलाई फेरि सत्ययुगी दैवी राजस्थान बनाउनुहोस्। कुनै समय दैवी राजस्थान थियो। अहिले छैन। फेरि कसले स्थापना गर्छ? परमपिता परमात्माले नै ब्रह्माद्वारा नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ। अहिले छ पतित प्रजाको प्रजा माथि राज्य, यसको नाम हो नै कब्रिस्थान। मायाले खतम गरिदिएको छ। अब तिमीले देह सहित देहका सबै सम्बन्धीहरूलाई भुलेर म बाबालाई याद गर्नु छ। शरीर निर्वाहको लागि ठीकै छ कर्म पनि गर। जे जति समय मिल्छ मलाई याद गर्ने पुरुषार्थ गर। तिमीलाई यो एउटै युक्ति बताउँछु। सबैभन्दा बढी मेरो याद तिमीलाई अमृतबेला हुन्छ किनकि त्यतिबेला शान्त, शुद्ध समय हुन्छ। त्यतिबेला न चोरले चोरी गर्छन्, न कसैले पाप गर्छन्, न कोही विकारमा जान्छन्। सुत्ने समयमा सबैले पतित बन्न सुरु गर्छन्। त्यसलाई भनिन्छ घोर तमोप्रधान रात। अब बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! बितेको कुरा बित्यो। भक्तिमार्गको खेल पूरा भयो, अब तिमीलाई सम्झाइन्छ यो तिम्रो अन्तिम जन्म हो। यो प्रश्न उठ्न सक्दैन सृष्टिको वृद्धि कसरी हुन्छ। वृद्धि त भइ नै रहन्छ। जुन आत्माहरू माथि छन्, उनीहरूलाई तल आउनु नै छ। सबै आइसकेपछि मात्र विनाश सुरु हुन्छ। फेरि नम्बरवार सबैलाई जानु नै छ। गाइड सबैभन्दा अगाडि हुन्छ नि।

बाबालाई भनिन्छ मुक्तिदाता, पतित-पावन। पावन दुनियाँ हो नै स्वर्ग। त्यो स्वर्ग बाबा बाहेक अरू कसैले बनाउन सक्दैन। अब तिमीले बाबाको श्रीमतमा विश्वको तन मन धनबाट सेवा गर्छौ। गान्धीजीले चाहन्थे, तर गर्न सकेनन्। ड्रामाको भावी यस्तै थियो। जो पास्ट भयो। पतित राजाहरूको राज्य खतम हुनु थियो, उनीहरूको नाम-निशान खतम भयो। उनीहरूको सम्पत्तिको पनि नाम निशान छैन। स्वयं पनि सम्झन्थे लक्ष्मी-नारायण नै स्वर्गका मालिक थिए। तर यो कसैलाई थाहा छैन उनीहरूलाई यस्तो कसले बनायो? अवश्य स्वर्गको रचयिता बाबाबाट वर्सा मिलेको हुनुपर्छ। अरू कसैले यति धेरै वर्सा दिन सक्दैन। यी कुरा कुनै शास्त्रमा छैन। गीतामा छ तर नाम परिवर्तन गरिदिएका छन्। कौरव र पाण्डव दुवैको रजाइँ देखाउँछन्। तर यहाँ दुवैलाई रजाइँ छैन। अहिले बाबाले फेरि स्थापना गर्नुहुन्छ। तिमी बच्चाहरूलाई खुशीको पारा चढ्नु पर्छ। अब नाटक पूरा हुन्छ। हामी अब जाँदैछौं। हामी स्वीट होमका निवासी हौं। उनीहरूले भन्छन् फलानो पार निर्वाण गयो वा ज्योति ज्योतिमा समाहित भयो अथवा मोक्ष पायो। हिन्दुहरूलाई स्वर्ग मीठो लाग्छ। उनीहरूले भनिदिन्छन् स्वर्ग जानुभयो। बाबा सम्झाउनुहुन्छ मोक्ष त कसैले पाउँदैन। सबैको सदगतिदाता बाबा नै हुनुहुन्छ। उहाँले अवश्य सबैलाई सुख नै दिनुहुन्छ। एक निर्वाणधाममा बस्ने र अर्को दु:ख भोग्ने, यो बाबाले सहन गर्न सक्नु हुन्न। बाबा हुनुहुन्छ पतित-पावन। एक छ मुक्तिधाम पावन, दोस्रो छ जीवन मुक्तिधाम पावन। फेरि द्वापर पछि सबै पतित बन्छन्। पाँच तत्त्व आदि सबै तमोप्रधान बन्छन् फेरि बाबा आएर पावन बनाउनुहुन्छ त्यसपछि त्यहाँ पवित्र तत्त्वहरूले तिम्रो शरीर गोरो बन्छ। स्वाभाविक सुन्दरता हुन्छ। त्यसमा आकर्षण हुन्छ। कृष्णमा कति आकर्षण हुन्छ। नाम नै छ स्वर्ग फेरि के कुरा? परमात्माको महिमा धेरैले गर्छन्। अकालमूर्त... फेरि उनीहरूले ढुङ्गा माटोमा राखिदिएका छन्। बाबालाई कसैले पनि चिनेका छैनन्। जब बाबा आउनुहुन्छ, तब आएर सम्झाउनु हुन्छ। लौकिक पिताले पनि जब बच्चा रच्छन्, तब बाबाको जीवनीको विषयमा उनीहरूलाई थाहा हुन्छ। पिता बिना बच्चाहरूले पिताको जीवनी थाहा कसरी पाउने। अब बाबा भन्नुहुन्छ लक्ष्मी-नारायणलाई वरण गर्नु छ भने मेहनत गर्नु पर्छ। लक्ष्य महान् छ। यो धेरै ठूलो आम्दानी हो। सत्ययुगमा पवित्र प्रवृत्ति मार्ग थियो। पवित्र राजस्थान थियो सो अब अपवित्र भएको छ। सबै विकारी बनेका छन्। यो हो नै आसुरी दुनियाँ। धेरै भ्रष्टाचार भएको छ। रजाइँमा त तागत चाहिन्छ। ईश्वरीय तागत त छँदैछैन। प्रजाको प्रजा माथि राज्य छ। जसले दान-पुण्य राम्रो कर्म गर्छन्, उनीहरूलाई रजाइँ घरमा जन्म मिल्छ। त्यो कर्मको तागत हुन्छ। अहिले तिमीले त धेरै उच्च कर्म गर्छौ। तिमीले आफ्नो सबैथोक (तन-मन-धन) शिवबाबालाई अर्पण गर्छौ। शिवबाबाले पनि बच्चाहरूको अगाडि सबैथोक अर्पण गर्नु पर्छ। तिमीले उहाँबाट तागत धारण गरेर सुख शान्तिको अखण्ड अटल राज्य गर्छौ। प्रजामा त केही पनि तागत छैन। यस्तो भनिदैन धन दान गरे तब प्रदेश साँसद (एम.एल.ए.) आदि बने। धन दान गर्नाले धनवान घरमा जन्म मिल्छ। अहिले त रजाइँ कहीँ छँदैछैन। अब बाबाले तिमीलाई कति तागत दिनुहुन्छ। तिमीले भन्छौ हामीले नारायणलाई वरण गर्छौं। हामी मनुष्यबाट देवता बनिरहेका छौं। यी हुन् सबै नयाँ-नयाँ कुरा। नारदको कुरा अहिलेको हो। रामायण आदि पनि अहिलेको हो। सत्ययुग त्रेतामा कुनै शास्त्र हुँदैन। सबै शास्त्रहरूको अहिले देखि सम्बन्ध छ। कल्प वृक्षमा देख्छौ मठ पन्थ सबै पछि आउँछन्। मुख्य हो ब्राह्मण वर्ण, देवता वर्ण, क्षत्रिय वर्ण... ब्राह्मणहरूको चोटी प्रख्यात छ। यो ब्राह्मण वर्ण सबैभन्दा उच्च छ, जसको फेरि शास्त्रहरूमा वर्णन छैन। विराट रूपमा पनि ब्राह्मणहरूलाई उडाइदिएका छन्। ड्रामामा यस्तै भरिएको छ। दुनियाँका व्यक्तिले यो सम्झदैनन् भक्तिबाट तल झरिन्छ। भनिदिन्छन् भक्तिबाट भगवान मिल्नुहुन्छ। धेरैले पुकार्छन्, दु:खमा स्मरण गर्छन्। सो त तिमी अनुभवी छौ। त्यहाँ दु:खको कुरा हुँदैन। यहाँ सबैमा क्रोध छ। एक अर्कोलाई गाली गरिरहन्छन्।

अहिले तिमीले शिवाय नम: भन्दैनौ। शिव त तिम्रो बाबा हुनुहुन्छ नि। बाबालाई सर्वव्यापी भन्नाले भातृत्वभाव उड्न जान्छ। यहाँ भनेमा धेरै राम्रो हुन्छ हिन्दु चिनी भाइ-भाइ, चिनी मुस्लिम भाइ-भाइ। भाइ-भाइ त हुन् नि। एउटै बाबाका बच्चा हुन्। यतिबेला तिमीलाई थाहा छ हामी एउटै बाबाका बच्चा हौं। यो ब्राह्मणहरूको वंशवृक्ष फेरि स्थापना भइरहेको छ। यस ब्राह्मण धर्मबाट देवी-देवता धर्म निस्कन्छ। देवी-देवता धर्मबाट क्षत्रिय धर्म। क्षत्रिय धर्मबाट फेरि इस्लामी धर्म निस्कन्छ वंशवृक्ष हो नि। फेरि बौद्धी, क्रिश्चियन निस्कन्छन्। यसरी वृद्धि हुँदा-हुँदा यति ठूलो वृक्ष भएको छ। यो हो बेहदको वंशवृक्ष, त्यो हुन्छ हदको। यी विस्तारका कुरा जसलाई धारणा हुन सक्दैन, उसको लागि बाबाले सहज युक्ति बताउनुहुन्छ बाबा र वर्सालाई याद गर्यौ भने स्वर्गमा अवश्य आउँछौ। बाँकी उच्च पद प्राप्त गर्नु छ भने त्यसको लागि पुरुषार्थ गर। यो त तिमी बच्चाहरूलाई थाहा छ शिवबाबाले पनि तिमीलाई सम्झाउनु हुन्छ, यी बाबाले पनि सम्झाउँछन्। त्यही तिम्रो बुद्धिमा छ। हुन त हामीले शास्त्र आदि पढेका छौं तर जान्दछौं यी सबैबाट कुनै भगवान मिल्नुहुन्न। बाबा सम्झाउनुहुन्छ मीठे-मीठे बच्चे! शिवबाबालाई र वर्सालाई याद गरिराख। बाबा हजुर धेरै मीठो हुनुहुन्छ, कमाल छ हजुरको यसरी-यसरी महिमा गर्नु पर्छ बाबाको। तिमी बच्चाहरूलाई ईश्वरीय चिट्ठा मिलेको छ। अब मेहनत गर्नु छ ज्ञान र योगको। यसमा ठूलो पुरस्कार मिल्छ त्यसैले पुरुषार्थ गर्नु पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) अमृतबेलाको शुद्ध र शान्त समयमा उठेर बाबालाई याद गर्नु छ। देह सहित सबैथोक भुल्ने अभ्यास गर्नु छ।

२) बितेको कुरा बित्यो सम्झेर यस अन्तिम जन्ममा बाबालाई पवित्रताको मदत गर्नु छ। तन-मन-धनबाट विश्वलाई स्वर्ग बनाउने सेवामा लाग्नु छ।

वरदान:
सबै पुरानो खातालाई सङ्कल्प एवं संस्कार रू पबाट पनि समाप्त गर्ने अन्तर्मुखी भव

बापदादाले बच्चाहरूको सबै खाता स्वच्छ भएको देख्न चाहनुहुन्छ। अलिकति पनि पुरानो खाता अर्थात् बहिर्मुखताको खाता सङ्कल्प वा संस्कार रूपमा पनि नरहोस्। सदा सर्व बन्धनमुक्त एवं योगयुक्त, यसलाई नै अन्तर्मुखी भनिन्छ। सेवा खुब गर तर बहिर्मुखीबाट अन्तर्मुखी भएर गर। अन्तर्मुखताको चेहराद्वारा बाबाको नाम प्रसिद्ध गर, आत्माहरू बाबाको बनुन् यस्तो प्रसन्नचित्त बनाऊ।

स्लोगन:
स्वयंको परिवर्तनद्वारा सङ्कल्प, बोली, सम्बन्ध, सम्पर्कमा सफलता प्राप्त गर्नु नै सफलतामूर्त बन्नु हो।