27.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबाको दृष्टि हद र बेहदबाट पनि पर जान्छ। तिमी पनि हद ( सत्ययुग ) र बेहद (कलियुग) बाट पार जानु छ।

प्रश्न:
सर्वश्रेष्ठ ज्ञान रत्नको धारणा कुन बच्चाहरूलाई राम्ररी हुन्छ?

उत्तर:
जसको बुद्धियोग एक बाबाको साथमा छ, पवित्र बनेका छन्, उनलाई यी रत्नहरूको धारणा राम्ररी हुन्छ। यस ज्ञानको लागि शुद्ध पात्र चाहिन्छ। उल्टो-सुल्टो संकल्प पनि बन्द हुनुपर्छ। बाबाको साथमा योग लगाउँदा-लगाउँदा पात्र सुन समान बन्छ, तब रत्न अडिन सक्छ।

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूलाई रूहानी बाबा बसेर दिनहुँ सम्झाउनु हुन्छ। यो त बच्चाहरूलाई सम्झाइएको छ ज्ञान, भक्ति र वैराग्यको यो सृष्टि-चक्र बनेको छ। बुद्धिमा यो ज्ञान रत्न रहनु पर्छ। तिमी बच्चाहरूलाई हद र बेहदबाट पर जानु छ। बाबा त हद र बेहदबाट पर हुनुहुन्छ। त्यसको पनि अर्थ बुझ्नुपर्छ। रूहानी बाबा बसेर सम्झाउनु हुन्छ। यो टपिकमा पनि सम्झाउनु पर्छ ज्ञान, भक्ति र त्यसपछि हुन्छ वैराग्य। ज्ञानलाई भनिन्छ दिन, जबकि नयाँ दुनियाँ हुन्छ। त्यसमा यो भक्ति अज्ञान हुँदैन। त्यो हो हदको दुनियाँ किनकि त्यहाँ धेरै कम हुन्छन्। फेरि विस्तारै-विस्तारै वृद्धि हुँदै जान्छ। आधा समयपछि भक्ति सुरु हुन्छ। त्यहाँ संन्यास धर्म हुँदैन। संन्यास वा त्याग हुँदैन। फेरिपछि सृष्टिको वृद्धि हुन्छ। माथिबाट आत्माहरू आउँदै जान्छन्। यहाँ वृद्धि भइरहन्छ। हदबाट सुरु हुन्छ, बेहदमा जान्छ। बाबाको त हद र बेहदबाट पर दृष्टि जान्छ। जान्नुहुन्छ हदमा कति थोरै बच्चाहरू हुन्छन् फेरि रावण राज्यमा कति वृद्धि हुन्छ। अब तिमीलाई हद र बेहदबाट पनि पर जानु छ। सत्ययुगमा कति सानो दुनियाँ हुन्छ। त्यहाँ संन्यास वा वैराग्य आदि हुँदैन। पछि द्वापरदेखि लिएर फेरि अरू धर्म सुरु हुन्छ। संन्यास धर्म पनि हुन्छ जसमा घरबारको संन्यास गर्छन्। सबैले जान्नु त पर्छ नि। त्यसलाई भनिन्छ हठयोग, हदको संन्यास। केवल घरबार छोडेर जंगलमा जान्छन्। द्वापरबाट भक्ति सुरु हुन्छ। ज्ञान त हुँदैन। ज्ञान अर्थात् सत्ययुग, त्रेता सुख। भक्ति अर्थात् अज्ञान, दु:ख। यो राम्ररी सम्झाउनु पर्छ फेरि दु:ख र सुखबाट पर जानु छ। हद, बेहद भन्दा पर। मनुष्य जाँच गर्छन् नि। कहाँसम्म समुद्र छ, आकाश छ। धेरै कोसिस गर्छन् तर अन्त्य पाउन सक्दैनन्। हवाइजहाजमा जान्छन्। त्यसमा पनि त्यति तेल चाहियो जो फेरि फर्केर आउन सकियोस्। धेरै टाढासम्म जान्छन् तर बेहदमा जान सक्दैनन्। हदसम्म नै जान्छन्। तिमी त हद, बेहद भन्दा पर जान्छौ। अहिले तिमीलाई थाहा छ पहिला नयाँ दुनियाँमा हद हुन्छ। धेरै कम मनुष्य हुन्छन्। त्यसलाई सत्ययुग भनिन्छ। तिमी बच्चाहरूलाई रचनाको आदि-मध्य-अन्त्यको ज्ञान हुनुपर्छ नि। यो ज्ञान अरू कसैमा छैन। तिमीलाई सम्झाउनेवाला बाबा हुनुहुन्छ जो बाबा हद र बेहद भन्दा पर हुनुहुन्छ। उहाँ सिवाय अरू कसैले सम्झाउन सक्दैनन्। रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ अनि फेरि भन्नुहुन्छ यस भन्दा पनि पर जाऊ। त्यहाँ त केही पनि रहँदैन। जतिसुकै टाढा गए पनि त्यहाँ आकाशै आकाश छ। यसलाई भनिन्छ हद बेहद भन्दा पर। कसैले अन्त्य पाउन सक्दैनन्। भन्छन् बेअन्त। बेअन्त भन्न त सहज छ तर अन्तको अर्थ बुझ्नुपर्छ। अहिले तिमीलाई बाबाले समझ दिनुहुन्छ। बाबा भन्नुहुन्छ मैले हदलाई पनि जान्दछु, बेहदलाई पनि जान्दछु। फलाना फलाना धर्म फलानो फलानो समयमा स्थापना भएका हुन्! दृष्टि जान्छ सत्ययुगको हदतर्फ अनि कलियुगको बेहदतर्फ। फेरि हामी त्यस भन्दा पर जान्छौं जहाँ केही छैन। सूर्य, चन्द्रमा भन्दा पनि माथि हामी जान्छौं, जहाँ हाम्रो शान्तिधाम, स्वीट होम छ। हुन त सत्ययुग पनि स्वीट होम हो। त्यहाँ शान्ति पनि छ भने राज्य-भाग्य सुख पनि छ दुवै छ। घर गयौ भने त्यहाँ केवल शान्ति छ। सुखको नाम लिँदैनन्। अहिले तिमीले शान्ति पनि स्थापना गरिरहेका छौ र सुख-शान्ति पनि स्थापना गरिरहेका छौ। त्यहाँ त शान्ति पनि हुन्छ, सुखको राज्य पनि हुन्छ। मूल वतनमा त सुखको कुरा हुँदैन।

आधा कल्प तिम्रो राज्य चल्छ फेरि आधा कल्पपछि रावणको राज्य आउँछ। अशान्ति हुन्छ नै ५ विकारबाट। २५०० वर्ष तिमीले राज्य गर्छौ फेरि २५०० वर्षपछि रावण राज्य हुन्छ। उनीहरूले त लाखौं वर्ष लेखेका छन्। एकदम बुद्धु बनाएका छन्। पाँच हजार वर्षको कल्पलाई लाखौं वर्ष भन्नु बुद्धुपना भनिन्छ नि। अलिकति पनि सभ्यता छैन। देवताहरूमा कति दैवी सभ्यता थियो। त्यो अहिले असभ्यता भइसकेको छ । केही जानेका छैनन्। आसुरी गुण आएको छ। पहिला तिमीले पनि केही जान्दैनथ्यौ। काम कटारी चलाएर आदि-मध्य-अन्त्य दु:खी बनाइदिन्छन् त्यसैले तिनीहरूलाई भनिन्छ रावण सम्प्रदाय। देखाइएको छ रामले बाँदर सेना लिए। अब रामचन्द्र त्रेताका त्यहाँ फेरि बाँदर कहाँबाट आए? अनि फेरि भनिन्छ रामकी सीतालाई चोरियो। यस्त कुरा त त्यहाँ हुँदैनन्। जीव, जनावर आदि ८४ लाख योनीहरू जति यहाँ छन् त्यति सत्ययुग, त्रेतामा कहाँ हुन्छन् र! यो बेहदको सारा ड्रामा बाबा बसेर सम्झाउनु हुन्छ। बच्चाहरू धेरै दूरदर्शी बन्नुपर्छ। पहिला तिमीलाई केही पनि थाहा थिएन। मनुष्य भएर पनि नाटकलाई जानेका छैनन्। अब तिमीलाई थाहा छ सबैभन्दा ठूला को हुन्? उच्च भन्दा उच्च भगवान। श्लोकमा गायन छ उँचा तेरा नाम...। यो तिमी बाहेक अरू कसैको बुद्धिमा छैन। तिमीहरू मध्ये पनि नम्बरवार छन्। बाबाले हद र बेहदको दुवै रहस्य सम्झाउनु हुन्छ। त्यो भन्दा पर केही पनि छैन। त्यो हो तिम्रो निवासस्थान, जसलाई ब्रह्माण्ड पनि भनिन्छ। जसरी यहाँ तिमी आकाश तत्त्वमा बसेका छौ, यसमा केही देखिन्छ र? रेडियोमा भनिन्छ आकाशवाणी। अब यो आकाश त बेअन्त छ। अन्त्य पाउन सकिंदैन। त्यस्तै आकाशवाणी भन्नाले मनुष्यले के बुझ्छन् र! यो जुन मुख छ त्यो हो पोलार (आकाश)। मुखबाट आवाज निस्किन्छ। यो त साधारण कुरा हो। मुखबाट आवाज निस्किनु जसलाई अकाशवाणी भनिन्छ। बाबाले पनि आकाशद्वारा वाणी चलाउनु पर्छ। तिमी बच्चाहरूलाई आफ्नो सारा रहस्य पनि बताउनु भएको छ। तिमीलाई निश्चय हुन्छ। धेरै सहज छ। जसरी हामी आत्मा हौं त्यस्तै बाबा पनि परम आत्मा हुनुहुन्छ। सबैभन्दा उच्च आत्मा हुनुहुन्छ नि। सबैलाई आ-आफ्नो पार्ट मिलेको छ। सबैभन्दा उच्च भगवान फेरि प्रवृत्ति मार्गका युगल मेरू। फेरि नम्बरवार माला हेर कति सानो छ फेरि सृष्टि वृद्धि हुँदा-हुँदा कति ठूलो हुन्छ। कति करोड दानाहरू अर्थात् आत्माहरूको माला हुन्छ। यो सबै हो पढाइ। बाबाले जे सम्झाउनु हुन्छ त्यसलाई राम्ररी बुद्धिमा धारण गर। वृक्षको विस्तार त तिमीले सुनिरहन्छौ, बीज माथि छ। यो भेराइटी वृक्ष हो। यसको आयु कति छ। वृक्ष वृद्धि हुँदै जान्छ। सारा दिन बुद्धिमा यो रहोस्। यस सृष्टिरूपी कल्प-वृक्षको आयु बिल्कुल एक्युरेट छ। ५ हजार वर्ष भन्दा एक सेकेण्ड पनि फरक हुन सक्दैन। तिमी बच्चाहरूको बुद्धिमा अहिले कति धेरै ज्ञान छ, जो धेरै मजबुत छन्। मजबुत तब हुन्छन् जब पवित्र हुन्छन्। यस ज्ञानलाई धारण गर्नको लागि सुनको बर्तन चाहिन्छ। फेरि यति सहज हुन्छ जति बाबालाई सहज छ। फेरि तिमीलाई पनि भनिन्छ मास्टर नलेजफुल। फेरि नम्बरवार पुरुषार्थ अनुसार मालाका दाना बन्छौ। यस्ता-यस्ता कुरा बाबा सिवाय कसैले पनि सम्झाउन सक्दैन। यो आत्माले पनि सम्झाइरहेको छ। बाबाले पनि यस तनद्वारा सम्झाउनु हुन्छ, नकि देवताहरूको शरीरद्वारा। बाबा एकै पटक आएर गुरु बन्नुहुन्छ, फेरि बाबालाई नै पार्ट खेल्नुपर्छ। ५ हजार वर्षपछि आएर पार्ट खेल्नुहुन्छ।

बाबाले सम्झाउनु हुन्छ उच्च भन्दा उच्च म हुँ। फेरि छन् मेरू। जो आदिमा महाराजा-महारानी हुन्छन्, तिनै फेरि गएर अन्त्यमा आदि देव, आदि देवी बन्छन्। यो सारा ज्ञान तिम्रो बुद्धिमा छ। तिमीले जहाँ गएर सम्झाए पनि आश्चर्य मान्छन्। यिनले त ठीक भन्छन्। मनुष्य सृष्टिका बीजरूप नै ज्ञानका सागर हुनुहुन्छ। उहाँ सिवाय अरू कसैले पनि ज्ञान दिन सक्दैन। यी सबै कुरा धारण गर्नुपर्छ तर बच्चाहरूलाई धारणा हुँदैन। छ त धेरै सहज। कुनै कठिन छैन। एक त यसमा यादको यात्रा चाहिन्छ, जुन फेरि पवित्र बर्तनमा रत्न टिक्न सकोस्। यो सबैभन्दा श्रेष्ठ रत्न हो। बाबा त जौहारी थिए। धेरै राम्रा हीरा मणिक आदि आयो भने चाँदीको डब्बामा कपास आदिमा राम्रोसँग राख्थे। जो कसैले देखे पनि भन्छन् यो त धेरै फस्टक्लास चीज छ। यो पनि त्यस्तै हो। राम्रो चीज राम्रो पात्रमा शोभायमान हुन्छ। तिम्रो कानले सुन्छ। उसमा धारणा हुन्छ। पवित्र छ, बुद्धियोग बाबासँग छ भने धारणा राम्रो हुन्छ। नत्र सबै निस्किन्छ। आत्मा पनि कति सानो छ। उसमा कति ज्ञान भरिएको छ। कति राम्रो शुद्ध पात्र चाहिन्छ। कुनै संकल्प पनि नउठोस्। उल्टो-सुल्टो संकल्प सबै बन्द हुनुपर्छ। सबैतर्फबाट बुद्धियोग हटाउनु छ। मसँग योग लगाउँदै-लगाउँदै पात्र सुन समान बनाऊ जसमा रत्न अडिन सकोस्। फेरि अरूलाई दान गरिरहन्छौ। भारतवर्षलाई महादानी भनिन्छ, उनीहरूले धन दान त धेरै गर्छन्। तर यो हो अविनाशी ज्ञान रत्नको दान। देह सहित जति कुरा छन् ती सबै कुरा छोडेर एकको साथमा बुद्धियोग रहोस्। हामी त एक बाबाका हौं, यसमा नै मेहनत लाग्छ। लक्ष्य-उद्देश्य त बाबाले बताउनु हुन्छ। पुरुषार्थ गर्नु बच्चाहरूको काम हो। अहिले नै यति उच्च पद पाउन सक्छौ। कुनै पनि उल्टो-सुल्टो संकल्प वा विकल्प नआओस्। बाबा नै ज्ञानका सागर, हद बेहद भन्दा पर हुनुहुन्छ। सबै कुरा बसेर सम्झाउनु हुन्छ। तिमीलाई थाहा छ बाबाले हामीलाई देख्नुहुन्छ। तर म त हद-बेहद भन्दा पर, माथि जान्छु। म हुँ पनि त्यहीँको निवासी। तिमी पनि हद बेहदबाट पार जाऊ। संकल्प-विकल्प केही नआओस्। यसमा मेहनत चाहिन्छ। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन्नु छ। हातले कर्म गर दिल बाबामा लगाऊ। गृहस्थी त धेरै छन्। गृहस्थीले जति धारण गर्छन् त्यति घरमा रहने बच्चाहरूले गर्दैनन्। सेन्टर चलाउने, मुरली सुनाउने पनि फेल हुन्छन् तर पढ्नेहरू उच्च जान्छन्। पछि गएर तिमीलाई सबै कुरा थाहा हुन्छ। बाबा बिल्कुल ठीक बताउनु हुन्छ। हामीलाई जसले पढाउँथे उनलाई मायाले खायो। महारथीलाई मायाले एकदम हप गरिदियो। छैनन्। मायावी ट्रेटर बन्छन्। बेलायतमा पनि ट्रेटर बन्छन्। कहाँ-कहाँ गएर शरण लिन्छन्। जो शक्तिशाली हुन्छन् त्यसतर्फ जान्छन्। यस समय त विनाश सामुन्ने छ। त्यसैले धेरै शक्तिशालीको साथमा जान्छन्। अहिले तिमीले जानेका छौ बाबा नै शक्तिशाली हुनुहुन्छ। बाबा हुनुहुन्छ सर्वशक्तिमान। हामीलाई सिकाउँदा-सिकाउँदा सारा विश्वको मालिक बनाइदिनुहुन्छ। त्यहाँ सबै कुरा मिल्छ। कुनै अप्राप्त वस्तु हुँदैन, जसको प्राप्तिको लागि हामीले पुरुषार्थ गर्नपरोस्। त्यहाँ कुनै यस्तो चीज हुँदैन जो तिम्रो पासमा नहोस्। त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार पद पाउँछन्। बाबा सिवाय यस्ता कुरा कसैले जानेका छैनन्। सबै छन् पुजारी। छन त ठूला-ठूला शंकराचार्य आदि छन्, बाबा उनीहरूको महिमा पनि सुनाउनु हुन्छ। पहिला पवित्रताको तागतबाट भारतवर्षलाई राम्रोसँग थमाउनको लागि निमित्त बन्छन्। त्यो पनि जब सतोप्रधान हुन्छन्। अहिले त तमोप्रधान छन्। उनमा के तागत छ र! तिमी जुन पुजारी थियौ तिमीले नै अहिले फेरि पूज्य बन्ने पुरुषार्थ गरिरहेका छौ। अहिले तिम्रो बुद्धिमा सारा ज्ञान छ। बुद्धिमा धारणा गर अनि अरूलाई सम्झाउँदै गर। बाबालाई पनि याद गर। बाबाले नै सारा वृक्षको रहस्य सम्झाउनु हुन्छ। बच्चाहरू यस्ता मीठा पनि बन्नुपर्छ। युद्ध हो नि। मायाको तुफान पनि धेरै आउँछ। सबै सहन गर्नुपर्छ। बाबाको यादमा रह्यौ भने तुफान पनि सबै जान्छन्। हातमताईको खेल बताउँछन् नि। मुहलरा राख्थे अनि माया गइहाल्थ्यो। मुहलरा निकाल्यो भने माया आउँथ्यो। लज्जावती झार हुन्छ नि। हात लगायो भने ओइलाउँछ। माया धेरै बलवान छ, यति उच्च पढाइ पढ्दा-पढ्दै बस्दा-बस्दै गिराइदिन्छ। त्यसैले बाबाले सम्झाइरहनु हुन्छ आफूलाई भाइ-भाइ सम्झ तब हद बेहदबाट पार जान्छौ। शरीर नै नभएपछि फेरि दृष्टि कहाँ जान्छ। यति मेहनत गर्नु छ, सुनेर निराश हुनु हुँदैन। कल्प-कल्प तिम्रो पुरुषार्थ चल्छ र तिमीले आफ्नो भाग्य प्राप्त गर्छौ। बाबा भन्नुहुन्छ पढेको सबै बिर्स, बाँकी जुन कहिल्यै पढेका छैनौ त्यो सुन र याद गर। उसलाई भनिन्छ भक्तिमार्ग। तिमी राजऋषि हौ नि। जटा खुल्ला होस् अनि मुरली चलाऊ। साधु-सन्त आदिले जे सुनाउँछन् त्यो सबै हो मनुष्यको मुरली। यो हो बेहदका बाबाको मुरली। सत्ययुग-त्रेतामा त ज्ञान मुरलीको आवश्यकता हुँदैन। त्यहाँ न ज्ञानको न भक्तिको आवश्यकता हुन्छ। यो ज्ञान तिमीलाई मिलेको छ यस संगम युगमा, जुन बाबा नै दिनेवाला हुनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बुद्धिमा ज्ञान रत्न धारण गरेर दान गर्नु छ। हद बेहदबाट पार यस्तो स्थितिमा रहनु छ, जसले गर्दा कहिल्यै पनि उल्टो-सुल्टो संकल्प वा विकल्प नआओस्। हामी आत्मा भाइ-भाइ हौं, यही स्मृति रहोस्।

२) मायाको तुफानबाट बच्नको लागि मुखमा बाबाको यादको मुहलरा राख्नुपर्छ। सबै कुरा सहन गर्नुपर्छ। लज्जावती जस्तो बन्नु हुँदैन। मायाबाट हार खानु छैन।

वरदान:
सर्व सत्ताहरूलाई सहयोगी बनाएर प्रत्यक्षताको पर्दा खोल्ने सच्चा सेवाधारी भव

प्रत्यक्षताको पर्दा तब खुल्नेछ जब सबै सत्तावालाहरूले मिलेर भन्नेछन् श्रेष्ठ सत्ता, ईश्वरीय सत्ता, आध्यात्मिक सत्ता छ भने यो नै एक परमात्मा सत्ता हो। सबै एकै मञ्चमा जम्मा भएर यस्तो स्नेह-मिलन गरून्। यसको लागि सबैलाई स्नेहको सूत्रमा बाँधेर समीप ल्याऊ, सहयोगी बनाऊ। यो स्नेह नै चुम्बक बन्छ, जसबाट सबै एकसाथ संगठित रूपमा बाबाको स्टेजमा पुग्नेछन्। त्यसैले अब अन्तिम प्रत्यक्षताको हिरो पार्टमा निमित्त बन्ने सेवा गर तब भनिन्छ सच्चा सेवाधारी।

स्लोगन:
सेवाद्वारा सबैको आशीर्वाद प्राप्त गर्नु यो नै अगाडि बढ्ने लिफ्ट हो।