29.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे पहिला-पहिला सबैलाई बाबाको सही परिचय दिएर गीताको भगवान सिद्ध गर अनि तिम्रो नाम प्रसिद्ध हुन्छ।

प्रश्न:
तिमी बच्चाहरूले चारै युगमा चक्कर लगाएका छौ, त्यसको चलन भक्तिमा चलिरहेको छ, त्यो कुन हो?

उत्तर:
तिमीले चारै युगमा चक्कर लगायौ उनीहरूले फेरि सबै शास्त्र, चित्र आदिलाई गाडीमा राखेर चारैतिर परिक्रमा लगाउँछन्। फेरि घरमा ल्याएर थन्क्याइदिन्छन्। तिमी ब्राह्मण, देवता, क्षत्रिय... बन्छौ। यस चक्रको बदलामा उनीहरूले परिक्रमा लगाउन सुरु गरेका हुन्। यस्तो पनि चलन छ।

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ, जब कसैलाई सम्झाउँछौ भने पहिला यो स्पष्ट गरिदेऊ बाबा एउटै हुनुहुन्छ। बाबा एउटै हुनुहुन्छ वा अनेक हुनुहुन्छ भनेर सोध्ने होइन। फेरि त धेरै हुनुहुन्छ भनी देलान्। स्पष्ट भनी दिनु छ बाबा रचयिता गड फादर एउटै हुनुहुन्छ। उहाँ सबै आत्माहरूका बाबा हुनुहुन्छ। सुरुमै यसो पनि भन्नुहुन्न उहाँ बिन्दु हुनुहुन्छ, यसमा फेरि अल्मलिन्छन्। सुरु-सुरुमा त यो राम्रोसँग सम्झाऊ लौकिक र पारलौकिक दुई पिता हुनुहुन्छ। लौकिक पिता त हरेकका छन् नै। पारलौकिक पितालाई कसैले खुदा, कसैले गड भन्छन्। हुनुहुन्छ त एउटै मात्र। सबैले एउटैलाई याद गर्छन्। सुरु-सुरुमा यो पक्का निश्चय गराउनु पर्छ बाबा हुनुहुन्छ स्वर्गका रचयिता। उहाँ यहाँ आउनु हुन्छ स्वर्गको मालिक बनाउन, जसलाई शिवजयन्ती पनि भनिन्छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ स्वर्गका रचयिताले यहाँ नै स्वर्ग रच्नुहुन्छ, जसमा देवी-देवताहरूको राज्य हुन्छ। त्यसैले सुरु-सुरुमा बाबाको नै परिचय दिनु छ। उहाँको नाम हो शिव। गीतामा भगवानुवाच छ नि। सुरु-सुरुमा त यो निश्चय गराएर लेखाउनु पर्छ। गीतामा छ भगवानुवाच म तिमीलाई राजयोग सिकाउँछु अर्थात् नरबाट नारायण बनाउँछु। यो कसले बनाउन सक्छ? अवश्य सम्झाउनु पर्छ। भगवान को हुनुहुन्छ? यो पनि सम्झाउनु पर्छ। सत्ययुगमा पहिलो नम्बरमा जो लक्ष्मी-नारायण हुन्छन्, अवश्य उनैले ८४ जन्म लिन्छन्। पछि फेरि अरू-अरू धर्मका आउँछन्। उनीहरूको यति जन्म हुन सक्दैन। पहिला आउनेहरूको नै ८४ जन्म हुन्छ। सत्ययुगमा त केही पनि सिक्दैनन्। अवश्य संगममा नै सिक्छन्। त्यसैले सुरु-सुरुमा बाबाको परिचय दिनु छ। जसरी आत्मालाई देख्न सकिंदैन, जान्न सकिन्छ, त्यसैगरी परमात्मालाई पनि देख्न सकिंदैन। बुद्धिले जान्दछौं उहाँ हामी आत्माहरूका पिता बाबा हुनुहुन्छ। उहाँलाई भनिन्छ परम आत्मा। उहाँ सधैं पावन हुनुहुन्छ। उहाँले आएर पतित दुनियाँलाई पावन बनाउनु पर्ने हुन्छ। त्यसैले बाबा एउटै हुनुहुन्छ, पहिला यो सिद्ध गरेर बताउनाले गीताको भगवान कृष्ण होइनन्, त्यो पनि सिद्ध हुन जान्छ। तिमी बच्चाहरूले सिद्ध गरेर बताउनु छ, एक बाबालाई नै सत्य भनिन्छ। बाँकी कर्मकाण्ड वा तीर्थ आदिका कुरा सबै भक्तिका शास्त्रहरूमा छन्। ज्ञानमा त यसको कुनै वर्णन नै छैन। यहाँ कुनै शास्त्र छैन। बाबा आएर सारा रहस्य सम्झाउनु हुन्छ। सुरु-सुरुमा तिमी बच्चाहरूले यस कुरामा विजय प्राप्त गर्छौ भगवान एक निराकार हुनुहुन्छ नकि साकार। परमपिता परमात्मा शिव भगवानुवाच, ज्ञानका सागर सबैका पिता उहाँ नै हुनुहुन्छ। श्रीकृष्ण त सबैका पिता हुन सक्दैनन्, उनले कसैलाई भन्न सक्दैनन्, देहका सबै धर्म छोडेर एक मलाई मात्र याद गर। कुरा धेरै सजिलो छ। तर मानिसहरू शास्त्र आदि पढेर भक्तिमा पक्का भइसकेका छन्। आजकल शास्त्र आदिलाई गाडीमा राखेर परिक्रमा गराइन्छ। चित्रहरू, ग्रन्थहरूलाई पनि परिक्रमा गराउँछन् फेरि घरमा ल्याएर थन्क्याउँछन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी देवताबाट क्षत्रिय, वैश्य, शूद्र बन्छौं, यही चक्कर लगाउँछौं। चक्रको बदलामा उनीहरूले फेरि परिक्रमा लगाएर घरमै लगेर थन्क्याउँछन्। उनीहरूको एक निश्चित दिन हुन्छ, तब परिक्रमा गराउँछन्। त्यसैले सुरु-सुरुमा यो सिद्ध गरेर बताउनु छ, श्रीकृष्ण भगवानुवाच होइन, बरु शिव भगवानुवाच हो। शिव नै पुनर्जन्म रहित हुनुहुन्छ। उहाँ अवश्य आउनु हुन्छ, तर उहाँको दिव्य जन्म छ। भागीरथमा आएर सवारी हुन्छ। आएर पतितहरूलाई पावन बनाउनु हुन्छ। रचयिता र रचनाको आदि मध्य अन्त्यको रहस्य सम्झाउनु हुन्छ, जुन ज्ञान अरू कसैले जान्दैन। बाबाले स्वयं आएर आफ्नो परिचय दिनुपर्छ। मुख्य कुरा हो नै बाबाको परिचयको। उहाँ नै गीताका भगवान हुनुहुन्छ, यो तिमीले सिद्ध गरेर बतायौ भने तिम्रो नाम धेरै प्रख्यात हुन्छ। त्यसैले यस्तो पर्चा बनाएर त्यसमा चित्र आदि पनि राखेर फेरि हवाइजहाजबाट खसाल्नुपर्छ। बाबाले मुख्य-मुख्य कुरा सम्झाइरहनुहुन्छ। मुख्य एउटा कुरामा तिमीले जित्यौ भने बस् तिमीले जित्यौ। यसमा तिम्रो नाम प्रसिद्ध हुन्छ, यसमा कसैले कचकच गर्ने छैन। यो कुरा एकदम स्पष्ट हुन्छ। बाबा भन्नुहुन्छ म सर्वव्यापी कसरी हुन सक्छु? म त आएर बच्चाहरूलाई ज्ञान सुनाउँछु। पुकार्छन् पनि, आएर पावन बनाउनुहोस्। रचयिता र रचनाको ज्ञान सुनाउनुहोस्। महिमा पनि बाबाको अलग, कृष्णको अलग छ। यस्तो होइन, शिवबाबा आएर कृष्ण वा नारायण बन्नुहुन्छ वा ८४ जन्म लिनुहुन्छ। होइन। तिम्रो बुद्धि यिनै सारा कुरा सम्झाउनमा लागिरहनु पर्छ। मुख्य हो नै गीता। भगवानुवाच छ, त्यसैले अवश्य भगवानको मुख हुनु पर्छ नि। भगवान त निराकार हुनुहुन्छ। आत्माले मुख विना कसरी बोल्न सक्छ? त्यसैले भन्नुहुन्छ, मैले साधारण तनको आधार लिन्छु। जो सुरुमा लक्ष्मी-नारायण बन्छन्, उनै ८४ जन्म लिंदा-लिंदा अन्तिममा आइपुग्छन् अनि उनकै तनमा आउनु हुन्छ। कृष्णको धेरै जन्महरूको अन्त्यमा आउनु हुन्छ। यसरी-यसरी विचार सागर मन्थन गर, कसलाई कसरी सम्झाउने? एउटै कुराले तिम्रो नाम प्रख्यात हुन्छ। रचयिता बाबाको बारेमा सबैलाई थाहा हुन्छ। अनि तिम्रो पासमा धेरै आउँछन्। तिमीलाई बोलाउँछन्, यहाँ आएर भाषण गर्नुहोस्। त्यसैले सुरुमा नै अल्फलाई सिद्ध गरेर सम्झाऊ। तिमी बच्चाहरूलाई थाहा छ बाबाबाट हामीले स्वर्गको वर्सा लिइरहेका छौं। बाबा हरेक ५ हजार वर्षपछि भारतमा नै भाग्यशाली रथमा आउनु हुन्छ। यिनी हुन् सौभाग्यशाली, जसको रथमा भगवान आएर बस्नुहुन्छ। कुनै कम कुरा हो र? भगवान यिनमा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ म धेरै जन्महरूको अन्त्यमा यिनमा प्रवेश गर्छु। श्रीकृष्णको आत्माको रथ हो नि। उनी स्वयं कृष्ण त होइनन्। धेरै जन्महरूको अन्तिमको हो। हरेक जन्ममा अनुहार र कर्तव्य आदि बद्लिइ नै रहन्छ। धेरै जन्महरूको अन्त्यमा जसमा प्रवेश गर्छु उनै फेरि कृष्ण बन्छन्। आउँछन् नै सत्ययुगमा। हामी पनि बाबाको बनेर बाबाबाट वर्सा लिन्छौं। बाबाले पढाएर साथमा लैजानु हुन्छ, अरू कुनै मेहनतको कुरा छैन। बाबा केवल भन्नुहुन्छ म एकलाई याद गर। त्यसैले यो राम्रोसँग विचार गर्नुपर्छ, कसरी कसरी लेखौं। यही मुख्य भूल हो जसले गर्दा नै भारतवर्ष भ्रष्टाचारी, अधार्मिक, विपन्न बनेको छ। बाबा फेरि आएर राजयोग सिकाउनु हुन्छ। सदाचारी, सम्पन्न बनाउनु हुन्छ। सारा दुनियाँलाई सदाचारी बनाउनु हुन्छ। त्यतिबेला सारा विश्वको मालिक तिमी नै हौ। भन्छन् नि तपाईंको दीर्घ जीवन र समुन्नतिको कामना गर्छु। बाबाले आशीर्बाद दिनुहुन्न अमर होऊ भनेर। यो त साधुहरूले भन्छन् अमर होऊ। तिमी बच्चाहरूलाई थाहा छ, अमर त अवश्य अमरपुरीमा नै बनिन्छ। मृत्युलोकमा फेरि अमर कसरी भन्न सकिन्छ। त्यसैले बच्चाहरूले जब मिटिङ् आदि गर्छन् भने बाबासँग सल्लाह माग्छन्। बाबा पहिला नै राय दिनुहुन्छ, सबैले आ-आफ्नो राय लेखेर पठाउनु, एकै ठाउँमा भए पनि हुन्छ। राय त मुरलीमा लेखिदिनाले सबैको पासमा पुग्न सक्छ। २-३ हजार खर्च बच्छ। यो २-३ हजारले त २-३ वटा सेन्टर खोल्न सकिन्छ। गाउँ-गाउँमा जानुपर्छ, चित्र आदि लिएर।

तिमी बच्चाहरूको धेरै रूचि सूक्ष्म वतनका कुरामा हुनु हुँदैन। ब्रह्मा, विष्णु, शंकर आदिको चित्र छ भने यस बारेमा थोरै सम्झाउन सकिन्छ। यिनीहरूको बीचमा थोरै पार्ट छ। तिमी जान्छौ, भेट्छौ बाँकी अरू केही पनि छैन। त्यसैले यसमा धेरै रूचि लिइँदैन। यहाँ आत्मालाई बोलाइन्छ, उनलाई देखाइन्छ। कोही-कोही आएर रून्छन् पनि। कुनै प्रेमले मिल्छन् पनि। कसैले दु:खको आँसु बहाउँछन् पनि। यो सबै ड्रामामा पार्ट छ, जसलाई बातचित भनिन्छ। उनीहरूले त ब्राह्मणमा कसैको आत्मा बोलाउँछन् फेरि उनलाई लुगा आदि लगाइदिन्छन्। अब शरीर त उसको समाप्त भइसक्यो, बाँकी लगाउँछ कसले? तिम्रो पासमा त्यस्तो चलन छैन। रुने आदिको त कुरै छैन। त्यसैले उच्च भन्दा उच्च बन्नु छ, त्यो कसरी बन्ने? अवश्य बीचमा संगमयुग छ, जुन समयमा पवित्र बन्छन्। तिमीले एउटा कुरा सिद्ध गर्यौ भने भन्छन् यिनीहरूले यो त बिल्कुलै ठीक बताउँछन्। भगवानले कहिल्यै कुनै झुटो कुरा बताउनु हुन्छ र? फेरि धेरैलाई प्यार पनि हुन्छ, धेरै आउँछन्। समयमा बच्चाहरूलाई सबै प्वाइन्टहरू पनि मिलिरहन्छ। पछि के के हुन्छ, त्यो पनि देख्छौ, लडाईं हुन्छ, बमहरू खस्छन्। पहिला मृत्यु हुन्छ त्यसतर्फ । यहाँ त रगतको नदी बग्नु छ, त्यसपछि घिउ दूधको नदी। पहिला-पहिला धुवाँ बेलायतबाट निस्किन्छ। डर पनि त्यहाँ छ। कति ठूला-ठूला बमहरू बनाउँछन्। के के त्यसमा राख्छन्, जसले एकदमै सहरलाई समाप्त गरिदिन्छन्। यो पनि बताउनु छ, कसले स्वर्गको राज्य स्थापना गर्यो? स्वर्ग स्थापना गर्ने परमपिता परमात्मा अवश्य संगममा नै आउनु हुन्छ। तिमीलाई थाहा छ अहिले संगम हो। तिमीलाई मुख्य कुरा सम्झाइन्छ बाबाको याद, जसबाट नै पाप काटिन्छ। भगवान जब आउनु भयो, तब भन्नुभएको थियो म एकलाई याद गर्यौ भने तिमी सतोप्रधान बन्छौ। मुक्तिधाममा जान्छौ। फेरि सुरुबाट नै चक्र दोहोरिन्छ डिटिज्म, इस्लामिज्म, बुद्धिज्म... तिमी विद्यार्थीहरूको बुद्धिमा यी सारा ज्ञान हुनुपर्छ नि। खुशी हुन्छ, हामीले कति कमाई गर्छौं, यो अमरकथा अमरबाबाले तिमीलाई सुनाउनु हुन्छ। तिम्रा अनेकौं नामहरू राखिएका छन्। मुख्य पहिला-पहिला डिटिज्म अनि सबैको वृद्धि हुँदाहुँदै वृक्ष बढ्दै जान्छ। अनेकानेक धर्म, अनेकौं मत हुन जान्छन्। यो एक धर्म एक श्रीमतबाट स्थापना हुन्छ। द्वैतको कुरै छैन। यो रूहानी ज्ञान रूहानी बाबा बसेर सम्झाउनु हुन्छ। तिमी बच्चाहरू खुशीमा पनि रहनु पर्छ।

तिमीलाई थाहा छ बाबाले हामीलाई पढाउनु हुन्छ, तिमी अनुभवले भन्छौ। यो शुद्ध अहंकार रहनु पर्छ भगवानले हामीलाई पढाउँदै हुनुहुन्छ, बाँकी के चाहियो? हामी विश्वको मालिक बन्छौं भने किन खुशी नरहने, निश्चयमा कहाँ संशय हुन्छ र? बाबामा संशय गर्नु हुँदैन। मायाले संशयमा ल्याएर भुलाइदिन्छ। बाबाले सम्झाउनु भएको छ, मायाले आँखाद्वारा धेरै धोका दिन्छ। राम्रो कुरा देख्यो भने मनले खाउँ-खाउँ गर्छ, आँखाले देख्यो भने रीस उठ्छ, पिट्न मन लाग्छ। देख्दै नदेखेपछि त पिट्ने कसरी? आँखाले देखेपछि नै लोभ, मोह हुन्छ। मुख्य धोका दिने आँखा हो। यसमाथि पूरा नजर राख्नुपर्छ। आत्मालाई ज्ञान मिलेपछि फेरि पाप कर्म छुट्छ। यस्तो पनि होइन आँखालाई नै निकालि दिनुपर्छ। तिमीले त क्रिमिनल आँखालाई सिभिल बनाउनु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सदा यही नशा वा खुशीमा रहनु छ हामीलाई भगवानले पढाउनु हुन्छ। कुनै पनि कुरामा संशयबुद्धि हुनु छैन। शुद्ध अहंकार राख्नु छ।

२) सूक्ष्म वतनका कुरामा धेरै रूचि राख्नु हुँदैन। आत्मालाई सतोप्रधान बनाउन पूरा पूरा पुरुषार्थ गर्नु छ। आपसमा सल्लाह गरेर सबैलाई बाबाको सही परिचय दिनु छ।

वरदान:
संगमयुगको महत्त्व लाई जानेर एकको बदलामा अनगिन्ति फल प्राप्त गर्ने सर्व प्राप्ति सम्पन्न भव

संगमयुगमा बापदादाको प्रतिज्ञा छ एक देऊ लाख लेऊ। जसरी सर्व श्रेष्ठ समय, सर्व श्रेष्ठ जन्म, सर्व श्रेष्ठ स्वमान यस समयको हो। त्यसैगरी सर्व प्राप्तिको अनुभव पनि अहिले नै हुन्छ। अहिले एकको केवल लाख गुणा मिल्दैन। जब चाह्यो जसरी चाह्यो, जे चाह्यो बाबा सेवाधारीका रूपमा बाँधिनु भएको छ। एकको अनगिन्ती गुणा फल मिल्छ किनकि वर्तमान समय वरदाता नै तिमीहरूको हुनुहुन्छ। जब बीज तिम्रो हातमा छ भने बीजद्वारा जे चाह्यो त्यो सेकेन्डमा लिएर सर्व प्राप्तिहरूबाट सम्पन्न बन्न सक्छौ।

स्लोगन:
सफलता सम्पन्न बन्न चाहन्छौ भने एक-अर्काको कुरालाई स्वीकार गर र सत्कार देऊ।