29.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी ले यो राजयोगको पढाइ पढ्छौ राजाईको लागि। यो हो तिम्रो नयाँ पढाइ।

प्रश्न:
यस पढाइमा कति बच्चाहरू चल्दा-चल्दै फेल किन हुन्छन्?

उत्तर:
किनकि यस पढाइमा मायासँग बक्सिङ्ग हुन्छ। मायाको बक्सिङ्गमा बुद्धिलाई धेरै कडा चोट लाग्छ। चोट लाग्नाले बाबासँग सच्चा हुँदैनन्। सच्चा बच्चाहरू सधैं सुरक्षित रहन्छन्।

ओम् शान्ति ।
हामी आत्माहरूलाई परमात्मा बाबाले पढाउनु हुन्छ, यो त सबै बच्चाहरूलाई निश्चय छ। ५ हजार वर्षपछि एकैपटक बेहदका बाबा आएर बेहदका बच्चाहरूलाई पढाउनु हुन्छ। कोही नयाँ व्यक्तिले यो आएर सुने भने बुझ्न सक्दैनन्। रूहानी बाबा, रूहानी बच्चा भनेका के हुन् , यो पनि बुझ्न सक्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ हामी सबै भाइ-भाइ हौं। उहाँ हाम्रो पिता हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, परम गुरु पनि हुनुहुन्छ। तिमी बच्चाहरूलाई यो अवश्य स्वत: याद रहन्छ, यहाँ बसेर जानेका छन् सबै आत्माहरूका एउटै रूहानी पिता हुनुहुन्छ। सबै आत्माहरूले उहाँलाई नै याद गर्छन्। चाहे कुनै पनि धर्मको होस्। सबैले याद अवश्य गर्छन्। बाबाले सम्झाउनु भएको छ आत्मा त सबैमा छ नि। बाबा भन्नुहुन्छ देहका सबै धर्मलाई छोडेर आफूलाई आत्मा सम्झ। अहिले तिमी आत्माले यहाँ पार्ट खेलिरहेका छौ। कस्तो पार्ट खेल्छौ, त्यो पनि सम्झाइएको छ। बच्चाहरूले पनि नम्बरवार पुरुषार्थ अनुसार नै सम्झन्छन्। तिमी राजयोगी हौ नि। पढ्नेवाला सबै योगी नै हुन्छन्। पढाउने टिचरसँग योग अवश्य राख्नुपर्छ। लक्ष्य-उद्देश्यको पनि जानकारी हुन्छ यस पढाइबाट हामी फलानो बन्छौं। यो पढाइ त एउटै हो, यसलाई भनिन्छ राजाहरूका राजा बन्ने पढाइ। राजयोग हो नि, राजाई प्राप्त गर्नको लागि बाबासँग योग। अरू कुनै मानिसले यो राजयोग कहिल्यै सिकाउन सक्दैन। तिमीलाई कोही मनुष्यले सिकाउँदैन। परमात्माले तिमी आत्माहरूलाई सिकाउनु हुन्छ। तिमीले फेरि अरूलाई सिकाउँछौ। तिमीले पनि आफूलाई आत्मा सम्झ। हामी आत्माहरूलाई बाबाले सिकाउनु हुन्छ। यो याद नरहनाले धार बन्दैन, त्यसैले धेरैको बुद्धिमा बस्दैन। त्यसैले बाबा सदैव भन्नुहुन्छ, योगयुक्त बन, यादको यात्रामा रहेर सम्झाऊ। हामी भाइले भाइलाई सिकाउँछौं। तिमी पनि आत्मा हौ, उहाँ सबैका पिता, टिचर, गुरु हुनुहुन्छ। आत्मालाई देख्नु छ। गायन पनि छ सेकेण्डमा जीवनमुक्ति तर यसमा मेहनत धेरै छ। आत्म-अभिमानी नबन्नाले तिम्रो वचनमा तागत रहँदैन किनकि जसरी बाबाले सम्झाउनु हुन्छ, त्यसैगरी कसैले सम्झाउँदैन। कसै-कसैले त धेरै राम्ररी सम्झाउँछन्। को काँडा हुन् र को फूल हुन् थाहा त सबै हुन्छ। स्कुलमा बच्चाहरू ५-६ कक्षा पढेर फेरि ट्रान्सफर हुन्छन्। राम्रा-राम्रा बच्चाहरू जब ट्रान्सफर हुन्छन् भने अर्को क्लासको टिचरलाई तुरुन्तै थाहा हुन्छ। यो बच्चा तीव्र पुरुषार्थी हो, यसले राम्रोसँग पढेको छ, त्यसैले बढी नम्बरमा आएको हो। टिचरले त अवश्य चिन्छन् होला नि। त्यो हो लौकिक पढाइ, यहाँ त त्यो कुरा छैन। यो हो पारलौकिक पढाइ। यहाँ त यस्तो भनिदैन यसले पहिला धेरै राम्रोसँग पढेर आएको हुनुपर्छ, त्यसैले राम्रो पढ्छ। यस्तो भनिदैन। त्यस पढाइमा त ट्रान्सफर हुन्छन् भने टिचरले सम्झन्छन् यसले पढाइमा मेहनत गरेको छ, त्यसैले पहिलो नम्बर लिएको हो। यहाँ त छ नै नयाँ पढाइ, जुन पहिलादेखि कसैले पढेको छैन। नयाँ पढाइ हो, नयाँ पढाउनेवाला। सबै नयाँ छन्। नयाँलाई पढाइन्छ। उनीहरू मध्ये जसले राम्ररी पढ्छन्, उनलाई भनिन्छ यो राम्रो पुरुषार्थी हो। यो हो नयाँ दुनियाँको लागि नयाँ ज्ञान, अरू पढाउनेवाला त छँदै छैन। जति जति जसले ध्यान दिन्छ, त्यति उच्च नम्बरमा जान्छ। कोही त धेरै मीठा आज्ञाकारी हुन्छन्। देख्नासाथ थाहा हुन्छ, यसलाई पढाउने धेरै राम्रो हुनुपर्छ। यसमा कुनै अवगुण छैन। चाल-चलनबाट, कुरा गराइबाट थाहा हुन्छ। बाबा सबैलाई सोध्नुहुन्छ यसलाई कसरी पढाउँछन्, यसमा कुनै कमजोरी त छैन। यस्तो धेरैले भन्छन् मलाई नसोधी कहिल्यै समाचार नदेऊ। कसैले राम्रो पढाउँछ, कोही तीक्ष्ण बुद्धिको हुँदैन। मायाको युद्ध हुन्छ। यो बाबाले जान्नुहुन्छ, मायाले यिनलाई धोका धेरै दिन्छ। हुन त १० वर्ष पढाएका छन्, तर माया यस्तो शक्तिशाली छ देह-अहंकार आयो कि फँस्यो। बाबा सम्झाउनु हुन्छ जति पनि पहलवान छन्, उनलाई मायाको चोट लाग्छ। माया पनि बलवानसँग बलवान भएर लड्छ।

तिमीले जानेका छौ बाबाले जसमा प्रवेश गर्नुभएको छ, उनी नन्बरवन हुन्। फेरि नम्बरवार त धेरै हुन्छन्। बाबा उदाहरण एक, दुईको दिनुहुन्छ। हुन त नम्बरवार धेरै हुन्छन्। जस्तै दिल्लीमा गीता बच्ची धेरै होसियार छन्। बच्ची धेरै मीठी छन्। बाबा सदैव भन्नुहुन्छ गीता त सच्चा गीता हुन्। मनुष्यहरू त्यो गीता पढ्छन्, तर यो बुझेका छैनन् भगवानले कसरी राजयोग सिकाएर राजाहरूका राजा बनाउनु भएको थियो। वास्तवमा सत्ययुग थियो, त्यसबेला एउटै धर्म थियो, हिजोको कुरा हो। बाबा भन्नुहुन्छ हिजो तिमीलाई यति धनवान बनाएर गएँ। तिमी पद्मापद्म भाग्यशाली थियौ, अहिले तिमी के बन्यौ। तिमीले फील गर्छौ नि। त्यो गीता सुनाउनेद्वारा कसैलाई फिलिंग कहाँ आउँछ र, अलिकति पनि बुझ्दैनन्। सबैभन्दा श्रेष्ठ श्रीमत भगवत् गीता नै गायन गरिन्छ। उनले त गीताको किताब बसेर पढ्छन् वा सुनाउँछन्। बाबाले त किताब पढ्नुहुन्न। फरक त छ नि। उनीहरूको यादको यात्रा त छँदै छैन। उनीहरू त तल झरिरहन्छन्। सर्वव्यापीको ज्ञानबाट सबै हेर कस्ता बनेका छन्। तिमीलाई थाहा छ कल्प-कल्प यस्तै हुन्छ। बाबा भन्नुहुन्छ तिमीलाई सिकाएर विषय सागरबाट पार गरिदिन्छु। कति फरक छ। शास्त्र पढ्नु त भक्तिमार्ग भयो नि। बाबा भन्नुहुन्छ यो पढेर मसँग कोही मिल्दैन। उनले सम्झन्छन् जताबाट गए पनि सबै पुग्ने एकै ठाउँमा हो। कहिले भन्छन् भगवान कुनै न कुनै रूपमा आएर पढाउनु हुन्छ। जब बाबाले आएर पढाउनु छ भने फेरि उनले के पढाउँछन्? बाबाले सम्झाउनु हुन्छ गीतामा आँटामा नुन जति ठीक अक्षर छन्, तिनलाई तिमीले लिन सक्छौ। सत्ययुगमा त कुनै पनि शास्त्र आदि हुँदैनन्। यी हुन् नै भक्तिमार्गका शास्त्र। यस्तो भनिदैन, यो अनादि हो। सुरुबाट चल्दै आएको हो, होइन। अनादिको अर्थ बुझ्दैनन्। बाबा सम्झाउनु हुन्छ यो ड्रामा त अनादि छ। तिमीलाई बाबाले राजयोग सिकाउनु हुन्छ। बाबा भन्नुहुन्छ अहिले तिमीलाई सिकाउँछु, फेरि गुम हुन्छु। तिमीले भन्छौ हाम्रो राज्य अनादि थियो। राज्य त्यही हो, केवल पावनबाट बदलिएर पतित हुनाले नाम बदलिन्छ। देवताको सट्टा हिन्दु कहलाउँछन्। हुन् त आदि सनातन देवी-देवता धर्मका नै। जसरी अरू सतोप्रधानबाट सतो, रजो, तमोमा आउँछन्, तिमी पनि यसरी उत्रिन्छौ। रजोमा आउँछौ, अनि अपवित्रताको कारण देवताको सट्टा हिन्दु कहलाउँछौ। नत्र हिन्दु हिन्दुस्तानको नाम हो। तिमी वास्तवमा देवी-देवता थियौ नि। देवताहरू सदैव पावन हुन्छन्। अहिले त मनुष्य, पतित बनेका छन्। त्यसैले नाम पनि हिन्दु राखिदिएका छन्। सोध हिन्दु धर्म कहिले, कसले रच्यो? उनले बताउन सक्ने छैनन्। आदि सनातन देवी-देवता धर्मका थिए, जसलाई प्याराडाइज आदि धेरै राम्रो राम्रो नाम दिन्छन्। जे भयो, त्यो फेरि दोहोरिनु छ। यस समयमा तिमी सुरुदेखि लिएर अन्त्यसम्मको सबै जानेका छौ। ज्ञान लिइरह्यौ भने अमर रहन्छौ। कोही त मरि पनि हाल्छन्। बाबाको बनेपछि मायाको युद्ध चल्छ। युद्ध हुनाले विश्वासघाती बन्न पुग्छन्। रावणका थिए, रामका बने। फेरि रावण, रामको बच्चाहरूमाथि जितेर आफूतर्फ लैजान्छ। कोही बिमारी हुन्छन्। फेरि न उहाँको रहन्छन्, न यहाँको रहन्छन्। न खुशी, न रंज (दु:खी)। बीचमा परिरहन्छन्। तिम्रो पासमा पनि धेरै छन्, जो बीचमा छन्। बाबाको पनि पूरा बन्दैनन्, रावणको पनि पूरा बन्दैनन्।

अहिले तिमी छौ पुरुषोत्तम संगमयुगमा। उत्तम पुरुष बन्ने पुरुषार्थ गरिरहेका छौ। यो धेरै बुझ्नु पर्ने कुरा हो। बाबाले सोध्दा हात त धेरै बच्चाहरूले उठाउँछन्। तर सम्झिइन्छ बुद्धि छैन। भन्न त बाबा भन्नुहुन्छ शुभ बोल। सबैले भन्छन् हामी नरबाट नारायण बन्छौं। कथा नै नरबाट नारायण बन्ने छ। अज्ञान कालमा पनि सत्य नारायणको कथा सुनाउँछन् नि। त्यहाँ त कसैले सोध्न सक्दैन। यो त बाबाले नै सोध्नुहुन्छ। तिमीले के सम्झन्छौ यति हिम्मत छ? तिमीलाई पावन पनि अवश्य बन्नु छ। कोही आउँछन् भने सोधिन्छ यस जन्ममा कुनै पाप कर्म त गरेका छैनौ? जन्म-जन्मान्तरका पापी त हौ नै। यस जन्मको पाप बतायौ भने हल्का हुन्छौ। नत्र दिल भित्र खाइरहन्छ। सत्य बताएपछि हल्का हुन्छौ। कोही बच्चाहरूले सत्य बताउँछन् अनि मायाले एकदम जोडले थप्पड लगाइदिन्छ। तिम्रो बक्सिङ्ग धेरै कडा छ। त्यस बक्सिङ्गमा त शरीरलाई चोट लाग्छ, यसमा बुद्धिलाई धेरै चोट लाग्छ। यो बाबाले पनि जान्नुहुन्छ। यी ब्रह्माले भन्छन् म धेरै जन्मको अन्तिमको हुँ। सबैभन्दा पावन थिएँ, अहिले सबैभन्दा पतित हुँ। फेरि पावन बन्छु। म महात्मा हुँ, यस्तो त भन्दिनँ। बाबाले पनि पालना दिनुहुन्छ, यो सबैभन्दा धेरै पतित हो। बाबा भन्नुहुन्छ म पराइ देश, पराइ शरीरमा आउँछु। यिनको धेरै जन्महरूको अन्त्यमा म यिनमा प्रवेश गर्छु, जसले पूरा ८४ जन्म लिएका छन्। अहिले यी पनि पावन बन्ने पुरुषार्थ गर्छन्, होसियार पनि धेरै रहनु पर्ने हुन्छ। बाबाले त जान्नुहुन्छ नि। यो बच्चा बाबाको धेरै नजिक छ। यी त बाबासँग कहिल्यै अलग हुन सक्दैनन्। छोडेर जाऊँ भन्ने ख्याल पनि आउन सक्दैन। एकदम मेरो छेउमा बस्नु भएको छ। मेरा बाबा हुनुहुन्छ नि। मेरो घरमा बस्नुभएको छ। बाबाले जानेका छन् हाँसो ठठ्ठा पनि गर्नुहुन्छ। बाबा आज मलाई स्नान गराउनुहोस्, भोजन खुवाउनुहोस्। म सानो बच्चा हुँ, धेरै प्रकारले बाबालाई याद गर्छु। तिमी बच्चाहरूलाई सम्झाउँछु यसरी यसरी गर। बाबा हजुर त धेरै प्यारा हुनुहुन्छ। एकदम हामीलाई विश्वको मालिक बनाइदिनुहुन्छ। यो कुरा अरू कसैको बुद्धिमा हुन सक्दैन। बाबाले सबैलाई रिफ्रेश गरिरहनुहुन्छ। सबैले पुरुषार्थ त गर्छन्, तर चालचलन पनि त्यस्तो हुनुपर्छ नि। गल्ती भयो भने तुरुन्त लेख्नुपर्छ बाबा, मबाट यो गल्ती हुन्छ। कसै-कसैले लेख्छन् पनि, बाबा मबाट यो गल्ती भयो, माफ गरिदिनुहोला। मेरो बच्चा बनेर फेरि गल्ती गर्यौ भने १०० गुणा वृद्धि हुन्छ। मायासँग हारे भने फेरि जस्ताको तस्तै बन्छन्। धेरैले हार्छन्। यो ठूलो बक्सिङ्ग हो। राम र रावणको लडाईं हो। देखाउँछन् पनि, बाँदरहरूको सेना लिनु भयो। यो सबै बच्चाहरूको खेल बनेको हो। जसरी साना बच्चा बेसमझ हुन्छन् नि। बाबा पनि भन्नुहुन्छ यो त उनीहरूको पाई-पैसाको बुद्धि हो। भन्ने गर्छन् हरेक ईश्वरको रूप हो। त्यसो भए त हरेक ईश्वर बनेर रचना पनि गर्छन्, पालना पनि गर्छन्, अनि फेरि विनाश पनि गरदिन्छन्। अब ईश्वरले कसैको विनाश कहाँ गर्नुहुन्छ र। यो त कति अज्ञानता हो, त्यसैले भनिन्छ गुडियाको पूजा गरिरहन्छन्। आश्चर्य छ। मानिसहरूको बुद्धि के हुन्छ। कति खर्च गर्छन्। बाबा सिकायत गर्नुहुन्छ मैले तिमीलाई यति महान् बनाएर गएँ, तिमीले के गर्यौ! तिमीले पनि जानेका छौ हम सो देवता थियौं, फेरि चक्कर लगाउँछौ, अहिले हामी ब्राह्मण बनेका छौं। फेरि हम सो देवता.... बन्छौं। यो त बुद्धिमा बसेको छ नि। यहाँ बस्दा बुद्धिमा यो ज्ञान रहनु पर्छ। बाबा पनि नलेजफुल हुनुहुन्छ नि। रहन त शान्तिधाममा रहनुहुन्छ, फेरि पनि उहाँलाई नलेजफुल भनिन्छ। तिम्रो आत्मामा पनि सारा ज्ञान रहन्छ नि। भन्ने गर्छन्, यस ज्ञानबाट त मेरो आँखा खुल्यो। बाबाले तिमीलाई ज्ञानको चक्षु दिनुहुन्छ। आत्मालाई सृष्टिको आदि, मध्य, अन्त्यको बारेमा थाहा भएको छ। चक्र घुमिरहन्छ। ब्राह्मणहरूलाई नै स्वदर्शन चक्र मिल्छ। देवताहरूलाई पढाउने कोही हुँदैन। उनलाई शिक्षाको आवश्यकता पर्दैन। पढ्नु त तिमीलाई छ, जसले तिमी देवता बन्छौ। अहिले बाबा बसेर यो नयाँ-नयाँ कुरा सम्झाउनु हुन्छ। यो नयाँ पढाइ पढेर तिमी उच्च बन्छौ। फस्ट सो लास्ट। लास्ट सो फस्ट। यो पढाइ हो नि। अहिले तिमीलाई थाहा छ बाबा हर कल्प आएर पतितबाट पावन बनाउनु हुन्छ, फेरि यो ज्ञान समाप्त हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एकदम आज्ञाकारी, मीठो भएर चल्नु छ। देह-अहंकारमा आउनु हुँदैन। बाबाको बच्चा बनेर फेरि कुनै पनि भूल गर्नु हुँदैन। मायाको बक्सिङ्गमा धेरै होसियार रहनु छ।

२) आफ्नो वचनमा तागत भर्नको लागि आत्म-अभिमानी रहने अभ्यास गर्नु छ। स्मृति रहोस् बाबाले सिकाउनु भएको कुरा हामीले सुनाइरहेका छौं, अनि त्यसमा धार लाग्छ।

वरदान:
अपवित्रताको अंश आलस्य र अलबेलापनको त्याग गर्ने सम्पूर्ण निर्विकारी भव

दिनचर्याको कुनै पनि कर्ममा तल-माथि हुनु, आलस्यमा आउनु या लापर्बाही हुनु यो विकारको अंश हो, जसको प्रभाव पूज्यनीय बन्नमा पर्छ। यदि तिमीले अमृतबेला स्वयंलाई जागृत स्थितिमा अनुभव गर्दैनौ, बाध्यताले वा अल्छी गरेर बस्छौ भने पुजारीले पनि मजबुरी वा अल्छीसँग पूजा गर्नेछ। त्यसैले आलस्य वा लापर्बाहीपनलाई पनि त्याग गरिदेऊ तब सम्पूर्ण निर्विकारी बन्न सक्नेछौ।

स्लोगन:
सेवा त गर, तर व्यर्थ खर्च नगर।