30.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले रूहानी पण्डा बनेर सबै धर्मकालाई शान्तिधाम र सुखधामको मार्ग बताउनु छ , तिमी सच्चा पण्डा हौ।

प्रश्न:
बाबाको यादद्वारा कुन बच्चाहरूलाई पूरा बल मिल्छ?

उत्तर:
जो यादको साथ-साथै बाबासँग पूरा इमान्दार रहन्छन्, केही पनि छिपाउँदैनन्, सच्चा बाबासँग सच्चा रहन्छन्, कुनै पाप गर्दैनन्, उनीहरूलाई नै यादद्वारा बल मिल्छ। कोही बच्चाहरूले भूल गरिरहन्छन्, फेरि भन्छन् क्षमा गर्नुहोस्, बाबा भन्नुहुन्छ क्षमा हुँदैन। हरेक कर्मको हिसाब-किताब हुन्छ।

गीत:
हमारे तीर्थ न्यारे हैं.....

ओम् शान्ति ।
बच्चाहरूले यो गीत सुन्यौ, बच्चाहरूले कसरी अर्थ लगाउँछन्, उनीहरूको ज्ञानको अवस्था जान्नको लागि यस्ता-यस्ता गीत बजाएर फेरि एक-एकसँग अर्थ सोध्नुपर्छ किनकि यी गीतहरूलाई पनि करेक्सन गरिन्छ नि। बाबाले सम्झाउनु भएको छ कुनै यस्ता राम्रा गीत छन् जब कोही कुनै चिन्तामा बसेको छ भने यो गीतले खुशीमा ल्याउन धेरै मदत गर्छ। यो धेरै कामको चीज हो। गीत सुन्दा झट्ट स्मृतिमा आउँछ। तिमी बच्चाहरूलाई थाहा छ वास्तवमा हामी यस धरतीका भाग्यमानी सितारा हौं। हाम्रो यो तीर्थ भक्तहरूको भन्दा बिलकुल फरक छ। तिमी हौ पाण्डव सेना। ती तीर्थहरूमा हुन्छन् पण्डाहरूको सेना। हरेक ग्रुपका अलग अलग पण्डा हुन्छन् जसले लिएर जान्छन्। उनीहरूका पासमा खाता हुन्छ। सोध्छन् कुन कुलका हौ? हरेकले आफ्नो कुललाई नै लिन्छन्। कति पण्डाहरूले लिएर जान्छन्। तिमी पनि रूहानी पण्डा हौ। तिम्रो नाम हो नै पाण्डव सेना। पाण्डवहरूको राजधानी छैन। पाण्डव पण्डाहरूलाई भनिन्छ। बाबा पनि बेहदका पण्डा हुनुहुन्छ। गाइडलाई पण्डा भनिन्छ। पण्डाले तीर्थमा लिएर जान्छन्। पुजारीहरूले जानेका हुन्छन् यो पण्डाले तीर्थ यात्रीलाई लिएर आएको हो। ज्ञानमार्गमा पनि तिमी पण्डा बन्छौ। यसमा कहीं लिएर जाने कुरा छैन। घरमा बसी-बसी पनि तिमीले कसैलाई मार्ग बताउँछौ फेरि जसलाई बताउँछौ ऊ पनि पण्डा बन्छ। एक अर्कालाई मार्ग बताउनु छ मनमनाभव। तिमीमा पनि धेरै होलान् जसले तीर्थ गरेका छन्। बुद्धिमा आउँछ होला बद्रीनाथ, अमरनाथ कसरी गइन्छ। पण्डाहरूले पनि जानेका छन्, तिमी हौ रूहानी पण्डा। यो तिमीले नभुल हामी पुरुषोत्तम संगमयुगी हौं। तिमी बच्चाहरूलाई एउटै कुरा बुद्धिमा हुन्छ हामी मुक्ति-जीवनमुक्तिका पण्डा हौं। यस्तो होइन स्वर्गका कुनै अलग पण्डा हुन्छन्, मुक्तिको लागि अलग। तिमीलाई यो निश्चय छ हामी मुक्तिधाममा गएर फेरि नयाँ दुनियाँमा आउँछौं। तिमी नम्बरवार पुरुषार्थ अनुसार पण्डा हौ। पण्डा पनि अनेक प्रकारका हुन्छन्। तिमी फस्टक्लास पण्डा हौ, सबैलाई पवित्रताको नै मार्ग बताउँछौ। सबैले पवित्र रहनु छ। दृष्टि बदलिन्छ। तिमीले प्रतिज्ञा गरेका छौ मैले एकलाई सिवाय अरू कसैलाई याद गर्दिनँ। बाबा म हजुरलाई मात्र याद गर्छु। हजुरको बनेपछि मेरो बेडा पार हुन्छ। भविष्यमा त सुख नै सुख हुन्छ। बाबाले हामीलाई सुखको सम्बन्धमा लिएर जानुहुन्छ। यहाँ त दु:ख नै दु:ख छ। सुख पनि काग विष्टा समान छ। तिमी पढ्छौ नयाँ दुनियाँको लागि। तिमीले जानेका छौ मुक्तिधाम गएर फेरि यहाँ आउँछौं। घरमा त अवश्य गइन्छ। यो यात्रा हो याद बलको। शान्तिधामलाई पनि याद गर्नुपर्छ। बाबालाई याद गर्नुपर्छ। बाबासँग इमान्दार पनि हुनुपर्छ। बाबा भन्नुहुन्छ यस्तो होइन, मैले तिम्रो मन भित्रको कुरा जान्दछु। होइन, तिमीले जे कर्म गर्छौ त्यसमा बाबाले सम्झाउनु हुन्छ। पुरुषार्थ गराउनु हुन्छ। बाँकी तिमीले कुनै अवज्ञा अथवा पाप गर्छौ भने यहाँ सोधिन्छ कुनै पाप त गरेका छैनौ? बाबाले सम्झाउनु भएको छ आँखाले धेरै धोका दिन्छ। यो पनि बताउनु पर्छ बाबा आज आँखाले मलाई धेरै धोका दियो। यहाँ त डर हुन्छ, घरमा गएपछि मेरो बुद्धि चलायमान हुन्छ। बाबा यो मेरो ठूलो भूल हो, क्षमा गर्नुहोला। बाबा भन्नुहुन्छ यसमा क्षमाको कुरै छैन, यो त दुनियाँमा मनुष्यले गर्छन्। कसैले थप्पड मार्यो, अनि माफी माग्यो, काम सकियो। यस्तो माफी माग्नमा धेरै समय कहाँ लाग्छ र! खराब कर्म गरिराख अनि भनिदेऊ आइ एम सरी यसरी कहाँ चल्न सक्छ। यो त सबै जम्मा हुन जान्छ। कुनै पनि उल्टो-सुल्टो कर्म गर्छौ, जम्मा हुन्छ, जसको राम्रो-नराम्रो फल अर्को जन्ममा अवश्य मिल्छ। क्षमाको कुरा छैन। जसले जस्तो गर्छ त्यस्तै पाउँछ।

बाबा बारम्बार सम्झाउनु हुन्छ, एक त भन्नुहुन्छ काम महाशत्रु हो, यसले तिमीलाई आदि-मध्य-अन्त्य दु:ख दिन्छ। बाबालाई भन्छन् नै पतित-पावन। पतित विकारमा जानेलाई नै भनिन्छ। यहाँ बाबा सम्झाउनु हुन्छ यहाँबाट फेरि जब बाहिर जान्छौ तब त्यति परहेजमा रहन सक्दैनौ फेरि उच्च पद पनि पाउन सक्दैनौ। बाबाले समाचार त सुन्नुहुन्छ नि। यहाँ त धेरैले राम्रो-राम्रो भन्छन् फेरि बाहिर गएपछि धारणा रहँदैन। सत्ययुगमा त विकारको कुरै हुँदैन। अहिले त यहाँको यो हाल छ। त्यहाँ त ठूला-ठूला महलमा रहन्छन्, अथाह सुख हुन्छ। बाबा बच्चाहरूसँग पनि सबै सोधपुछ गर्नुहुन्छ बाबालाई समाचार त दिनु छ नि। कोही त झुटो पनि बोल्छन्। विचार गर्नुपर्छ मैले कति झुटो बोलें? उहाँसँग बिलकुल झुटो बोल्नु हुँदैन। बाबा त सत्य बनाउनेवाला हुनुहुन्छ। त्यहाँ झुटो हुँदैहुँदैन। नाम-निशान हुँदैन। यहाँ फेरि सत्यको नाम-निशान छैन। फरक त रहन्छ नि। बाबा भन्नुहुन्छ यो काँडाको जंगल हो। तर आफूलाई कहाँ काँडा सम्झन्छन् र! बाबा भन्नुहुन्छ काम कटारी चलाउनु सबै भन्दा ठूलो काँडा हो, यसबाट नै तिमी दु:खी भएका हौ। बाबा अहिले तिमीलाई अथाह सुख दिन आउनु भएको छ। तिमीलाई थाहा छ वास्तवमा धेरै सुख थियो। सत्ययुगलाई भनिन्छ नै सुखधाम। त्यहाँ बिमारी आदि हुँदैन। हस्पिटल, जेल आदि हुँदैनन्। सत्ययुगमा दु:खको नाम हुँदैन। त्रेतामा दुई कला कम हुन्छ त्यसैले केही थोरै हुन्छ, फेरि पनि स्वर्ग भनिन्छ नि। बाबा भन्नुहुन्छ तिमी बच्चाहरूलाई अथाह अतीन्द्रिय सुखमा रहनु पर्छ। पढाउनेलाई पनि याद गर्नु छ, भगवान हाम्रो शिक्षक हुनुहुन्छ, शिक्षकलाई त सबैले याद गर्छन्। यहाँ रहने बच्चाहरूको लागि त धेरै सहज छ। यहाँ कुनै बन्धन त छैन। बिलकुलै बन्धनमुक्त छन्। सुरुमा भट्टी बन्यो तब बन्धनमुक्त भइहाले। उमंग उत्साह केवल सेवाको नै छ। सेवा कसरी बढाउने? बाबा धेरै सम्झाइरहनु हुन्छ। बाबाको पासमा आउँछन्, एक दुई महिना धेरै उमंग रहन्छ फेरि हेर सेलाउँदै जान्छन्। आउँदै-आउँदैनन् सेन्टरमा। ठीक छ, फेरि के गर्नुपर्छ? लेखेर सोध्न सक्छौ किन आउनुहुन्न? हामीले सम्झन्छौं सायद मायाले तपाईंमाथि युद्ध गर्यो वा कसैको संगतमा फँस्नुभयो वा कुनै विकर्म गर्नुभयो, गिर्नुभयो। फेरि पनि उठाउनु त पर्यो नि। पुरुषार्थ गर्नुपर्छ। दिल जित्नु पर्ने हुन्छ। तिमीले चिठी लेख्न सक्छौ। धेरैलाई लाज लाग्छ त्यसैले फेरि निराश हुन्छन्। यहाँ आएर जान्छन्, फेरि समाचार आउँछ घरमै बस्यो। भन्छन् मेरो दिल हट्यो। कसैले चिठीमा पनि लेख्छन् तपाईंको ज्ञान त धेरै राम्रो छ तर म पवित्र रहन सक्दिनँ त्यसैले छोडिदिएँ। ममा यति तागत छैन। केवल लेखिदिन्छन्। विकारले हेर कसरी गिराइदिन्छ। यहाँ हात पनि उठाउँछन् म सूर्यवंशी नरबाट नारायण बन्छु। यो ज्ञान हो नरबाट नारायण, नारीबाट लक्ष्मी बन्ने। बाबा भन्नुहुन्छ गुड जानोस्, गुडको गोथरी जानोस्। यी बाबाको गोथरी हुन् नि। यिनले राम्रोसँग सोध्छन्, यिनको पासमा समाचार पनि आउँछन्, उहाँ शिवबाबा त भन्नुहुन्छ, म पढाउन आउँछु, जसले पढ्छ लेख्छ, ऊ बन्छ नबाव । बाबा भन्नुहुन्छ दृष्टिलाई धेरै बदल्नुपर्छ। कदम-कदममा खबरदारी चाहिन्छ। यादद्वारा नै कदम-कदममा पद्म छ। धेरै बच्चाहरू फेल हुन्छन्। सेवाधारी पण्डा पनि फेल हुन्छन्। तिमी जबसम्म यात्रामा छौ, पवित्र रहन्छौ। कोही त यात्रामा पनि यस्ता सोखिन हुन्छन्, जो रक्सी आदि पनि आफ्नो साथमा त्यहाँ लिएर जान्छन्। लुकाएर राखिदिन्छन्। ठूला-ठूला मानिसहरू यो बिना रहन सक्दैनन्। अब ती तीर्थ के कामका रहन्छन्। लडाईं गर्नेहरूले पनि धेरै रक्सी पिउँछन्। रक्सी पिएर, गएर हवाइजहाज सहित स्टिमरमाथि गिर्छन्। स्टिमर पनि खत्तम, स्वयं पनि खत्तम।

अहिले तिमीलाई ज्ञान अमृत मिल्छ। बाँकी यादको कुरा मुख्य हो। जसद्वारा नै तिमी २१ जन्मको लागि एवरहेल्दी-एवरवेल्दी बन्छौ। बाबाले भन्नुभएको थियो यो पनि लेखिदेऊ २१ जन्मको लागि एवरहेल्दी, वेल्दी कसरी बन्न सकिन्छ आएर बुझ्नुहोस्। हिन्दुहरूले जानेका छन् वास्तवमा यहाँ धेरै आयु हुन्थ्यो । स्वर्गमा कहिल्यै कोही बिमारी हुँदैनन्। स्वर्गमा देवी-देवताहरूको आयु १५० वर्षको थियो। १६ कला सम्पूर्ण थिए। भन्छन् यो कसरी हुन सक्छ? भन, त्यहाँ ५ विकार हुँदै-हुँदैन। त्यहाँ पनि यो विकार हुने हो भने फेरि रामराज्य कसरी हुन्छ। देवताहरू जब बाम मार्गमा जान्छन्, ती चित्रहरू पनि तिमीले देखेका छौ। धेरै नराम्रा चित्र छन्। यी बाबाले भन्छन् मैले जुन चित्र देखें त्यो बताउँछु। शिवबाबा भन्नुहुन्छ मैले त केवल ज्ञान दिन्छु। शिवबाबाले ज्ञानका कुरा सुनाउनु हुन्छ, यिनले आफ्नो अनुभवको कुरा सुनाइरहन्छन्। दुई हुनुहुन्छ नि। यिनले पनि आफ्नो अनुभव सुनाइरहन्छन्। हरेकलाई आफ्नो जीवनको बारेमा थाहा हुन्छ। तिमीलाई थाहा छ आधाकल्पदेखि पाप गर्दै आएका छौं। त्यहाँ फेरि कुनै पाप गर्दैनौं। यहाँ पावन कोही छैन।

तिमी बच्चाहरूलाई थाहा छ अहिले सच्चा भागवत चलिरहेको छ। भगवान बसेर बच्चाहरूलाई ज्ञान सुनाउनु हुन्छ। वास्तवमा हुनु पर्ने एउटै गीता हो। बाँकी शिवबाबाको जीवनी के लेख्ने। यो पनि तिमीलाई थाहा छ। कुनै पनि किताब आदि केही पनि रहँदैनन् किनकि विनाश सामुन्ने खडा छ। फेरि यो पुरुषार्थको ज्ञान पनि खत्तम हुन्छ। फेरि प्रारब्ध सुरु हुन्छ। जसरी ड्रामामा जुन पार्ट भयो, रील घुम्दै जान्छ फेरि नयाँबाट प्रारब्ध सुरु हुन्छ। यति सबै आत्माहरूमा आ-आफ्नो ड्रामाको पार्ट निश्चित छ। यी कुरा बुझ्नेले बुझून्। यो हो बेहदको नाटक। तिमीले भन्छौ हामीले तपाईंलाई बेहदको नाटकको आदि-मध्य-अन्त्यको रहस्य बताउँछौं। त्यो हो निराकारी दुनियाँ, यो हो साकारी दुनियाँ। मैले तिमीलाई सारा रहस्य सम्झाउँछु। यो चक्र कसरी घुम्छ, जसलाई तिमीले सम्झाउँछौ उनीहरूलाई धेरै आनन्द आउँछ। यस्तो नसम्झ कसैले सुन्दैन। प्रजा धेरै बन्नु छ। हर्ट फेल हुनु छैन, सेवामा। तिमीले सम्झाइराख। व्यापारीहरूको पासमा ग्राहक त धेरै आउँछन्, आउनुहोस् हामी हजुरलाई बेहदको व्यापार गराउँछौं। भारतवर्षमा यी देवताहरूको राज्य थियो, फेरि कहाँ गए? कसरी ८४ जन्म लिए, हामीले हजुरलाई सम्झाउँछौं। भगवानुवाच तिमीले आफ्नो जन्मलाई जान्दैनौ। सेवा धेरै गर्न सक्छौ। जब फुर्सद मिल्छ, भन हामी हजुरलाई विश्वको इतिहास भूगोल सम्झाउँछौं। बाबा सिवाय कसैले सम्झाउन सक्दैन। आउनु भयो भने हजुरलाई रचयिता र रचनाको रहस्य सम्झाउँछौं। अहिले हजुरको यो अन्तिम जन्म हो। भविष्यको लागि अहिले कमाई गर्नुहोस्। बाबा सम्झाउनु हुन्छ नि प्यारा बच्चाहरू! तिमीले यसरी-यसरी सेवा गर। तिम्रा ग्राहक यी कुरा सुनेर धेरै खुशी हुन्छन्। तिमीलाई पनि शिर झुकाउँछन्। धन्यवाद दिन्छन्। व्यापारीहरूले अझ धेरै सेवा गर्न सक्छन्। व्यापारीहरूले धर्माउ पनि निकाल्छन्। तिमी त ठूलो धर्मात्मा बन्छौ। बाबा आएर तिम्रो झोली भर्नुहुन्छ, अविनाशी ज्ञान रत्नहरूले। बाबाले अनेक प्रकारका राय दिनुहुन्छ, यसरी-यसरी गर, सन्देश दिइराख, नथाक। धेरैको कल्याण गर्न लाग। नसेलाऊ। आफ्नो दृष्टिलाई पनि ठीक राख। क्रोध पनि गर्नु छैन। युक्तिसँग चल्नु छ। बाबा अनेक प्रकारका युक्तिहरू सम्झाइरहनु हुन्छ। दोकानदारको लागि त धेरै सहज छ। त्यो पनि सौदा, यो पनि सौदा। भन्छन् यो त धेरै राम्रो सौदा हो। छिट्टै ग्राहक जम्मा हुन्छन्। भन्छन् यस्तो सौदा दिने महापुरुषलाई त धेरै मदत गर्नुपर्छ। भन, यो तपाईंको अन्तिम जन्म हो, तपाईं फेरि मनुष्यबाट देवता बन्न सक्नुहुन्छ। जसले जति गर्छ त्यति पाउँछ। आफ्नो जाँच गर मेरो दृष्टिले खराब काम त गरेन? स्त्रीतर्फ झुकाव त भएन? लाज लाग्यो भने त छोडिदिन्छन्। विश्वको मालिक बन्नु कम कुरा हो र! जति पुराना भक्त हुन्छन् त्यति धेरै खुशी हुन्छन्। थोरै भक्ति गरेको छ भने ऊ कम खुशी हुन्छ। यो हिसाब हो बुझ्नुपर्ने। बुद्धिले भन्छ अब हामी जान्छौं घर, फेरि नयाँ दुनियाँमा नयाँ कपडा लगाएर पार्ट खेल्छौं। यो शरीर छोड्छौं त्यसपछि गोल्डन स्पून इन माउथ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) दृष्टिबाट कुनै पनि खराब काम गर्नु छैन, आफ्नो दृष्टिलाई नै पहिला परिवर्तन गर्नु छ। कदम-कदममा सावधानी राख्दै पद्मको कमाई जमा गर्नु छ।

२) जब-जब फुर्सद मिल्छ तब बेहदको सौदा गर्नु छ, सेवामा निराश हुनु हुँदैन, सबैलाई बाबाको सन्देश दिनु छ, थाक्नु हुँदैन।

वरदान:
स्नेहको गोदमा आन्तरिक सुख र सर्व शक्तिहरूको अनुभव गर्ने यथार्थ पुरुषार्थी भव

जो यथार्थ पुरुषार्थी छन् उनले कहिल्यै मेहनत वा थकावटको अनुभव गर्दैनन्, सदा स्नेहमा मस्त रहन्छन्। उनीहरू संकल्पबाट पनि समर्पित हुनाले अनुभव गर्छन् हामीलाई बापदादाले चलाइरहनु भएको छ। मेहनतको पाउबाट होइन, स्नेहको गोदमा चलिरहेका छौं। स्नेहको गोदमा सर्व प्राप्तिहरूको अनुभूति हुनाले उनीहरू चल्दैनन्, सदा खुशीमा, आन्तरिक सुखमा, सर्व शक्तिहरूको अनुभवमा उडिरहन्छन्।

स्लोगन:
निश्चयको जग पक्का छ भने श्रेष्ठ जीवनको अनुभव स्वत: हुन्छ।