31.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यो अद्भुत पाठशाला हो जसमा तिमी पढ्नेवाला आत्मा पनि देखिदै न भने पढाउनेलाई पनि देखिदैन , यो हो नयाँ कुरा।

प्रश्न:
यस पाठशालामा तिमीलाई कुनचाहिँ मुख्य शिक्षा मिल्छ, जुन अरू कुनै पाठशालामा दिइँदैन?

उत्तर:
यहाँ बाबाले आफ्ना बच्चाहरूलाई शिक्षा दिनुहुन्छ प्यारा बच्चाहरू! आफ्ना कर्मेन्द्रियहरूलाई वशमा राख। कहिल्यै पनि कुनै बहिनीमा खराब दृष्टि नहोस्। तिमी आत्मा रूपमा भाइ-भाइ हौ र प्रजापिता ब्रह्माका सन्तान भाइ-बहिनी हौ। तिम्रो कहिल्यै खराब ख्याल आउनु हुँदैन। यस्तो शिक्षा यस विश्व-विद्यालय सिवाय कहीं पनि दिइँदैन।

गीत:
दूर देश का रहने वाला....

ओम् शान्ति ।
न त दूर देशमा रहने आत्मालाई देखिन्छ न दूरदेशमा रहने परमात्मालाई देख्न सकिन्छ। परमात्मा र आत्माहरू उस्तै छन्, जसलाई यी आँखाद्वारा देखिदैन। अरू सबै चीजहरू देखिन्छन्। यो जानिन्छ म आत्मा हुँ। मनुष्यहरूले यो सम्झन्छन् आत्मा अलग हो, शरीर अलग हो। आत्मा दूर देशबाट आएर शरीरमा प्रवेश गर्छ। तिमीले हरेक कुरालाई राम्ररी बुझिरहेका छौ। हामी आत्माहरू कसरी दूर देशबाट आउँछौं। आत्मालाई पनि देखिदैन, पढाउने पिता परमात्मालाई पनि देखिदैन। यस्तो त कहिल्यै कुनै सतसङ्गमा अथवा शास्त्रहरूमा सुनिएको छैन। न कहिल्यै सुन्यौ, न कहिल्यै देख्यौ। अहिले तिमीले जानेका छौ हामी आत्मा देखिदैन। आत्माले नै पढ्नु पर्छ। आत्माले नै सबै कुरा गर्छ नि। यो नयाँ कुरा हो नि जो अरू कसैले सम्झाउन सक्दैन। परमपिता परमात्मा जो ज्ञानका सागर हुनुहुन्छ, उहाँ पनि देखिनुहुन्न। निराकारले पढाउने कसरी? आत्मा पनि शरीरमा आउँछ नि। हुन त परमपिता परमात्मा पनि भाग्यशाली रथ अथवा भागीरथमा आउनु हुन्छ। यस रथको पनि आफ्नो आत्मा छ। उनले पनि आफ्नो आत्मालाई कहाँ देख्न सक्छन् र? बाबा आएर यस रथको आधारबाट बच्चाहरूलाई पढाउनु हुन्छ। आत्माले पनि एक शरीर छोडेर फेरि अर्को लिन्छ। आत्माको पहिचान छ, तर देखिदैन। उहाँ बाबा जसलाई देखिदैन, उहाँले तिमीलाई पढाइरहनु भएको छ। यो हो बिल्कुलै नयाँ कुरा। बाबा भन्नुहुन्छ म पनि ड्रामा योजना अनुसार आफ्नो समयमा आएर शरीर धारण गर्छु। नत्र तिमी प्यारा बच्चाहरूलाई दु:खबाट कसरी छुटाऊँ। अहिले तिमी बच्चाहरू जागेका छौ। दुनियाँका मनुष्य सबै सुतेका छन्। जब तिम्रो पासमा आएर बुझ्छन् अनि ब्राह्मण बन्छन्। अरू सत्सङ्गमा कोही पनि गएर बस्न सक्छन्। यहाँ त्यस्तो कोही पनि आउन सक्दैन किनकि यो पाठशाला हो नि। वकिलको परीक्षामा तिमी गएर बस्यौ भने केही पनि बुझ्न सक्दैनौ। यो हो बिल्कुलै नयाँ कुरा। पढाउनेलाई पनि देखिदैन। पढ्नेलाई पनि देखिदैन। भित्र आत्माले सुन्छ, धारण गर्छ। मनमा निश्चय हुँदै जान्छ। यो कुरा त अवश्य पनि ठीक हो। परमात्मा र आत्मा दुवैलाई देखिदैन। बुद्धिद्वारा जानिन्छ म आत्मा हुँ। कतिले त यो पनि जानेका छैनन्, भनिदिन्छन् प्रकृति हो। फेरि त्यसको वर्णन पनि गर्छन्। अनेक मत छन् नि। तिमी बच्चाहरू यस ज्ञानमा व्यस्त रहनु छ। कर्मेन्द्रियहरू, जसले धोका दिन्छन्, तिनीहरूलाई वशमा राख्नुपर्छ। मुख्य हो आँखा जसले सबै कुरा देख्छ। आँखाले नै बच्चालाई देख्छ अनि भन्छ यो मेरो बच्चा हो। नत्र जान्ने कसरी! कोही जन्मैदेखि अन्धो हुन्छ भने फेरि उसलाई सम्झाइन्छ यो तिम्रो भाइ हो, देख्न सक्दैन। बुद्धिद्वारा सम्झन्छ। वास्तवमा कोही अन्धो सूरदास भए पनि ज्ञान राम्ररी ग्रहण गर्न सक्छ किनकि धोका दिने आँखा हुँदैनन्। अरू कुनै काम गर्न नसके पनि ज्ञान राम्ररी लिन सक्छ। स्त्रीलाई पनि देख्दैन। अरूलाई देखे पो बुद्धि जान्छ। त्यसलाई समात्न सक्छ। देख्दै देख्दैन भने समात्ने कसरी? त्यसैले बाबा भन्नुहुन्छ कर्मेन्द्रियहरूलाई पक्का बनाउनु पर्छ। क्रिमिनल अर्थात् नराम्रो दृष्टिद्वारा कुनै पनि बहिनीलाई हेर्नु हुँदैन। तिमी पनि भाइ-बहिनी हौ नि। नराम्रो दृष्टिको अलिकति पनि ख्याल नआओस्। हुन त अहिले कलियुग हो, भाइ-बहिनी पनि बिग्रिन्छन्। तर नियम अनुसार भाइ-बहिनीको नराम्रो विचार हुँदैन।

हामी एक बाबाका सन्तान हौं। बाबाले निर्देशन दिनुहुन्छ तिमी ब्रह्माकुमार-कुमारी हौ त्यसैले यो ज्ञानमा निश्चय हुनुपर्छ हामी भाइ-बहिनी हौं। हामी आत्माहरू भगवानका सन्तान भाइ-भाइ हौं फेरि शरीरमा प्रजापिता ब्रह्माद्वारा भाइ-बहिनी बन्छौं किनकि गोदमा लिइन्छौं नि। नराम्रो दृष्टि जान नसकोस्। यो पक्का निश्चय गर हामी आत्मा हौं। बाबाले हामीलाई पढाउनु हुन्छ, हामी आत्माले पढ्छौं, यस शरीरद्वारा। यी इन्द्रिय हुन्। म आत्मा यी भन्दा भिन्नै छु, यी कर्मेन्द्रियहरूद्वारा मैले कर्म गर्छु। म कर्मेन्द्रिय कहाँ हुँ र? म यी भन्दा भिन्नै आत्मा हुँ। यो शरीरद्वारा पार्ट खेल्छु, त्यो पनि अलौकिक। अरू कुनै मनुष्यले यो पार्ट खेल्दैनन्। तिमीले खेल्छौ। घरी-घरी आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। फेरि उहाँ नै हाम्रो टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। ती साकार बाबा, टिचर, गुरु भिन्दा-भिन्दै हुन्छन्। यहाँ निराकारी एउटै बाबा-टिचर-गुरु हुनुहुन्छ। यहाँ बच्चाहरूलाई अब नयाँ शिक्षा मिलिरहेको छ। बाबा-टिचर-गुरु तीनवटै निराकारी हुनुहुन्छ। हामी निराकार आत्माले पनि पढ्छौं तब त जानिन्छ आत्मा-परमात्मा अलग रहे बहुकाल। मिलन यहाँ नै हुन्छ। जब बाबाले आएर पावन बनाउनु पर्छ। मूलवतनमा आत्माहरू गएर मिलन मनाउँछन्। त्यहाँ त कुनै खेल हुँदैन, त्यो त हो आफ्नो घर। त्यहाँ सबै आत्माहरू रहन्छन्। अन्त्यमा सबै आत्माहरू त्यहाँ जान्छन्। आत्माहरू जो पार्ट खेल्न आउँछन्, ती बीचमा फर्केर जान सक्दैनन्। अन्त्यसम्म पार्ट खेल्नुपर्छ। पुनर्जन्म लिइरहनु छ, ताकि सबै आऊन्। सतोप्रधानबाट सतो-रजो-तमोमा आऊन्। फेरि अन्त्यमा नाटक पूरा हुन्छ अनि तमोप्रधानबाट सतोप्रधान बन्नु छ। बाबाले सबै कुरा त ठीक सम्झाउनु हुन्छ नि। ज्ञानमार्ग हो नै सत्य। सत्यम् शिवम् सुन्दरम् भनिन्छ नि। सत्य बोल्ने एक बाबा हुनुहुन्छ, यस संगममा पुरुषार्थी बन्नको लागि यो एउटै सतको सङ्ग हुन्छ। जब बाबा आउनु हुन्छ, बच्चाहरूसँग मिलन मनाउनु हुन्छ, यसलाई नै सतसङ्ग भनिन्छ। अरू सबै हुन् कुसङ्ग। गायन गरिन्छ सत्यको सङ्गले तार्छ कुसङ्गले डुबाउँछ.... कुसङ्ग हो रावणको। बाबा भन्नुहुन्छ मैले त तिमीलाई पार लैजान्छु। फेरि तिमीलाई डुबाउँछ कसले? तमोप्रधान कसरी बन्छौ, त्यो पनि बताउनु पर्छ। सामुन्ने माया दुस्मन छ। शिवबाबा हुनुहुन्छ मित्र। उहाँलाई भनिन्छ पतिहरूका पति। यो महिमा कुनै रावणको होइन। केवल भन्छन् रावण छ, पुग्यो अरू केही छैन। रावणलाई किन जलाउँछन्? त्यहाँ पनि तिमीले धेरै सेवा गर्न सक्छौ। कुनै पनि मनुष्य मात्रले जान्दैन रावण को हो? कहिले आउँछ किन जलाइन्छ? अन्धविश्वास छ नि। तिमी बच्चाहरूलाई सम्झाउने अधिकार छ। जसरी त्यो शास्त्र अधिकारसँग सुनाउँछन् नि। सुन्नेहरू पनि धेरै मस्त हुन्छन्। पैसा दिइरहन्छन्। संस्कृत सिकाऊ, गीता सिकाऊ यसको लागि पनि धेरै पैसा दिन्छन्। बाबाले सम्झाउनु हुन्छ प्यारा बच्चाहरू तिमीले कति समय, पैसा गुमाउँदै आएका छौ।

तिमीसँग जो यस ब्राह्मण कुलका होलान् उनीहरू आइरहन्छन्। त्यसैले तिमीले प्रदर्शनी आदि गर्छौ। यहाँको फूल भए अवश्य आउँछ। यो वृक्ष बढिरहन्छ। बाबाले बीउ लगाउनु भएको छ एक ब्रह्मा फेरि उनीद्वारा ब्राह्मण कुल हुन्छ। एकबाट वृद्धि हुँदै गयो। पहिला घरका फेरि मित्र-सम्बन्धी वरपरका आउन लागे। फेरि सुन्दा-सुन्दा कति आउँछन्। सम्झन्छन् यो पनि सत्सङ्ग हो। तर यसमा छ पवित्रताको मेहनत, जसबाट नै हंगामा भयो। अहिले पनि भइरहन्छ त्यसैले गाली गरिरहन्छन्। भन्छन् भगाउँथे, पटरानी बनाउँथे। पटरानी त स्वर्गमा बन्छन् नि। अवश्य यहाँ पवित्र बनाउनु भएको हुनुपर्छ। तिमीले सबैलाई सुनाउँछौ यो महाराजा-महारानी बन्ने ज्ञान हो। नरबाट नारायण बन्ने सच्चा-सच्चा कथा तिमीले सच्चा भगवानद्वारा सुन्छौ। यी लक्ष्मी-नारायणलाई कुनै भगवान-भगवती भन्न सकिँदैन। तर पुजारीहरूले नारायणको चित्रलाई त्यति मान्दैनन् जति कृष्णलाई। कृष्णका चित्र धेरै किन्छन्। कृष्णको यति मान किन छ? किनकि साना बच्चा हुन् नि। महात्मा भन्दा पनि बच्चालाई उच्च मान्छन् किनकि महात्माहरूले त घरबार आदि सबै बनाएर फेरि छोड्छन्। कोही बालब्रह्मचारी पनि हुन्छन्। तर काम-क्रोध के हो, उनीहरूलाई थाहा हुन्छ। साना बच्चालाई थाहा नहुने हुँदा महात्मा भन्दा पनि उच्च भनिन्छ। त्यसैले कृष्णलाई धेरै सम्मान दिन्छन्। कृष्णलाई देखेर धेरै खुशी हुन्छन्। भारतका भगवान (लर्ड) कृष्ण हुन्। बच्चीहरूले पनि कृष्णलाई धेरै प्यार गर्छन्। कृष्ण जस्तै पति मिलोस्, कृष्ण जस्तै बच्चा मिलोस्। कृष्णमा धेरै आकर्षण छ। सतोप्रधान हुन्छन् नि। बाबाले भनिरहनुहुन्छ, जति यादमा रहन्छौ त्यति तमोप्रधानबाट तमो, रजोमा आउँदै जान्छौ र खुशी पनि हुन्छ। पहिला तिमी सतोप्रधान थियौ त्यसैले धेरै खुशी हुन्थ्यौ फेरि कला कम हुँदै जान्छ। तिमीले जति याद गरिरहन्छौ त्यति सुख पनि महसुस हुन्छ र तिमी ट्रान्सफर हुँदै जान्छौ। तमोबाट रजो सतोमा आउँदै गएमा तागत, खुशी, धारणा बढ्दै जान्छ। यतिबेला तिम्रो चढ्ती कला हुन्छ। सिक्खहरूले गायन पनि गर्छन् तेरे भाने सर्व का भला। तिमीले जानेका छौ अहिले हाम्रो चढ्ती कला हुन्छ यादद्वारा। जति याद गर्छौ त्यति उच्च, चढ्ती कला हुन्छ। सम्पूर्ण बन्नु छ नि। चन्द्रमाको पनि सानो रेखा रहन्छ फेरि कला बढ्दा-बढ्दा सम्पूर्ण बन्छ। तिम्रो पनि त्यस्तै हो। चन्द्रमामा पनि ग्रहण लाग्यो भने भन्छन् दे दान तो छुटे ग्रहण। तिमीले तुरुन्तै ५ विकारहरू दान दिन सक्दैनौ। आँखाले पनि कति धोका दिन्छ। मेरो नराम्रो दृष्टि जान्छ भन्ने सम्झदैनन्। हामी ब्रह्माकुमार-कुमारी बन्यौं त्यसैले भाइ-बहिनी भयौं। फेरि यदि मन हुन्छ यिनलाई हात लगाऊँ, तब त्यो भाइ-भाइको प्यार निस्केर स्त्रीपनको क्रिमिनल प्यार हुन्छ। कोहीको भित्र मन खान्छ म बाबाको बनेपछि मलाई कसैले पनि नराम्रो दृष्टिले हात लगाउन सक्दैन। फेरि भन्छन् बाबा यसले मलाई हात लगाउँछ, मलाई राम्रो लाग्दैन। बाबाले फेरि मुरली चलाउनु हुन्छ यसबाट तिम्रो अवस्था ठीक रहँदैन। हुन त मुरली धेरै राम्रो सुनाउँछौ, धेरैलाई सम्झाउँछौ तर अवस्था हुँदैन। नराम्रो दृष्टि हुन्छ। दुनियाँ यति फोहोरी छ। बच्चाहरूले सम्झन्छन् मंजील धेरै उच्च छ। बाबाको यादमा होसियार भएर रहनु छ। हामी ब्रह्माकुमार-कुमारी हौं। हाम्रो रूहानी सम्बन्ध छ, रगतको नाता होइन। हुन त सबै रगतबाट पैदा हुन्छौं, सत्ययुगमा पनि रगतको नाता हुन्छ तर त्यो शरीर योगबलबाट मिल्छ। भन्छन् विकार विना बच्चा कसरी पैदा हुन्छ! बाबा भन्नुहुन्छ त्यो हो निर्विकारी दुनियाँ, त्यहाँ विकार हुँदैन। त्यहाँ पनि यदि नंगन हुने भए त्यो पनि रावण राज्य हुन्छ। फेरि यहाँ र त्यहाँमा अन्तर नै के रह्यो! यो बुझ्नु पर्ने कुरा हो। नराम्रो दृष्टि मेटिन धेरै मेहनत लाग्छ। कलेजमा केटा-केटीहरू सँगै पढ्छन्, त्यसैले धेरैको विकारी दृष्टि हुन्छ। बच्चाहरूले सम्झाउनु छ हामी परमपिता परमात्माका सन्तान हौं त्यसैले आपसमा भाइ-बहिनी भयौं। फेरि नराम्रो दृष्टि किन राख्ने? सबैले भन्छन् पनि हामी ईश्वरका सन्तान हौं। आत्माहरू त हुन् निराकारी सन्तान। फेरि बाबाले रचना गर्नुहुन्छ, त्यसैले अवश्य पनि साकारी ब्राह्मण रचना गर्नुहुन्छ। प्रजापिता ब्रह्मा त साकार भए नि। त्यो भयो एडप्शन। गोदका बच्चा। मनुष्यको बुद्धिमा यो बिल्कुलै आउँदैन प्रजापिता ब्रह्माद्वारा सृष्टि कसरी रचियो।

तिमी प्रजापिता ब्रह्माका सन्तान ब्रह्माकुमार-कुमारी भाइ-बहिनी भयौ। नराम्रो दृष्टिको लागि धेरै सावधानी चाहिन्छ। यसमा धेरैलाई समस्या हुन्छ। उच्च भन्दा उच्च पद पाउने हो भने मेहनत गर्नुपर्छ। बाबा भन्नुहुन्छ पवित्र बन। यसलाई पनि कसैले मान्छन्, कसैले मान्दैनन्। धेरै मेहनत छ। मेहनत नगरी श्रेष्ठ कसरी बन्छौ? बच्चाहरू सावधान रहनु पर्छ। भाइ-बहिनीको अर्थ नै हो एक बाबाको बच्चा, फेरि नराम्रो दृष्टि किन जान्छ? बच्चाहरूले सम्झन्छन् बाबाले ठीक भन्नुहुन्छ मेरो विकारी दृष्टि छ। स्त्रीको पनि हुन्छ, अनि पुरुषको पनि हुन्छ। मंजील हो नि। ज्ञान त धेरैलाई सुनाउँछन् तर चालचलन पवित्रताको होस्, त्यसैले बाबा भन्नुहुन्छ सबै भन्दा धेरै धोका दिने यी आँखा हुन्। मुख पनि म्याउँ-म्याउँ तब गर्छ जब आँखाद्वारा चीज देखिन्छ अनि मन हुन्छ यो खाऊँ। त्यसैले कर्मेन्द्रियमाथि विजय पाउनु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) पवित्रताको चालचलन अपनाउनु पर्छ। नराम्रो दृष्टि, नराम्रो ख्याल समाप्त गर्नको लागि आफूलाई यी कर्मेन्द्रियहरूदेखि न्यारा आत्मा सम्झिनु पर्छ।

२) आपसमा रूहानी सम्बन्ध राख्नु छ, रगतको सम्बन्ध होइन। आफ्नो अमूल्य समय र धन खेर फाल्नु हुँदैन। सङ्गदोषबाट आफ्नो धेरै-धेरै सम्हाल गर्नु छ।

वरदान:
ब्रह्म - मुहूर्तको समय वरदान लिने र दान दिने वाला बाबा समान वरदानी , महादानी भव

ब्रह्म मुहूर्तको समयमा विशेष ब्रह्मलोक निवासी बाबा ज्ञान सूर्यको लाइट र माइटका किरणहरू बच्चाहरूलाई वरदानको रूपमा दिनुहुन्छ। साथ-साथै ब्रह्मा बाबाले भाग्य विधाताको रूपमा भाग्य रूपी अमृत बाँड्नुहुन्छ। केवल बुद्धिरूपी कलश अमृत धारण गर्न योग्य होस्। कुनै पनि प्रकारको विघ्न वा रोकावट नहोस्। तब सारा दिनको लागि श्रेष्ठ स्थिति वा कर्मको मुहूर्त निकाल्न सक्छौ किनकि अमृतबेलाको वातावरण नै वृत्तिलाई परिवर्तन गर्ने खालको हुन्छ। त्यसैले यस समय वरदान लिंदै दान देऊ अर्थात् वरदानी र महादानी बन।

स्लोगन:
क्रोधीको काम हो क्रोध गर्नु र तिम्रो काम हो स्नेह दिनु।