01.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
रावणको मतमा बाबाको ग्लानि गर ेका हुना ले भारत वर्ष कौडीतुल्य बन्यो , अब उहाँ लाई
चिनेर याद गरेमा धनवान बन्छौ।”
प्रश्न:–
सिँढीको
चित्रमा कुन अनौठो रहस्य समाहित छ?
उत्तर:–
आधाकल्प हुन्छ
भक्तिको डान्स अनि आधाकल्प हुन्छ ज्ञानको डान्स। भक्तिको डान्स हुँदा ज्ञानको डान्स
हुँदैन अनि ज्ञानको डान्स हुँदा भक्तिको डान्स हुँदैन। आधाकल्प रावणको प्रारब्ध
चल्छ अनि आधाकल्प तिमी बच्चाहरूले प्रारब्ध भोग्छौ। यो गुह्य रहस्य सिँढीको चित्रमा
समाहित छ।
गीत:–
ओम् नमः शिवाय...
ओम् शान्ति ।
बाबा बसेर
सम्झाउनुहुन्छ– भक्तिमार्गमा धेरै नै भक्तिको डान्स गरेका छौ, ज्ञानको डान्स गरेनौ।
भक्तिको डान्स हुँदा ज्ञानको डान्स हुँदैन। ज्ञानको डान्स हुँदा भक्तिको डान्स
हुँदैन किनकि भक्तिको डान्सले गिरती कलामा लैजान्छ। सत्ययुग-त्रेतामा भक्ति हुँदैन।
भक्ति सुरु हुन्छ द्वापरबाट। भक्ति सुरु भएपछि ज्ञानको प्रारब्ध पूरा हुन्छ फेरि
गिरतीकला हुन्छ। कसरी गिर्छन्, त्यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। म कल्प कल्प आएर
बच्चाहरूलाई भन्छु– तिमी बच्चाहरूले मेरो धेरै नै ग्लानि गरिदिएका छौ। जब जब यहाँ
यस आदि सनातन देवीदेवता धर्मको धेरै ग्लानि हुन्छ तब म आउँछु। ग्लानि केलाई भनिन्छ,
त्यो पनि सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म आएर विकारी नर्कवासी संसारलाई कल्प
कल्प स्वर्गवासी बनाउँछु। आसुरी मतमा तिमीले मेरो ग्लानि गरेका हुनाले कति कङ्गाल
बनेका छौ। पहिला रामराज्य थियो, अहिले रावण राज्य छ, जसलाई हार र जित, दिन र रात
भनिन्छ। अब विचार गर म कहिले आऊँ! जसलाई राज्य दिएँ, उनीहरूले नै राज्य गुमाएका छन्।
सारा हिसाब-किताब त सम्झाइएको नै छ। म आएर वर्सा दिन्छु फेरि रावण आएर तिमीलाई
श्राप दिन्छ पुरै विश्वलाई। भारतवर्षको महिमाको विषयमा पनि कसैलाई थाहा छैन। पहिला
सुरुमा भारतवर्ष नै थियो, कहिले थियो, कसरी थियो, कसले राज्य गर्थे, कसैलाई पनि केही
थाहा छैन। केही पनि बुझ्दैनन्। जुन देवताहरू थिए, तिनीहरूको अनुहार मानिसको, स्वभाव
देवताहरूको थियो। अब हुन त अनुहार मानिसको छ, तर स्वभाव आसुरी छ, जसलाई सम्झाइन्छ
उनीहरूले बुझ्दैनन् किनकि पारलौकिक बाबालाई नै चिन्दैनन्। झन् बसेर गाली गर्छन्।
बाबाको ग्लानि गर्दागर्दा बिल्कुलै कौडीतुल्य बनेका छन्। भारतवर्षको पतन भएको छ।
बाबा भन्नुहुन्छ– यस्तो हालत भइसकेपछि मात्र म आउँछु। अहिले तिमी बच्चाहरूलाई
सामुन्ने सम्झाइरहेको छु। कल्प पहिला पनि यसरी नै सम्झाएको थिएँ। यहाँ दैवी
सम्प्रदायको स्थापना भइरहेको छ, मानिसबाट देवता बनिरहेका छन्। मानिसहरूलाई यो थाहा
नै छैन, बाबा कहिले आउनुहुन्छ, सत्ययुग, त्रेतामा तिमीले धेरै खुसीले प्रारब्ध
भोग्छौ। फेरि द्वापरदेखि रावणबाट श्राप खाँदाखाँदा बिल्कुलै खतम हुन्छौ। जसरी
देवताहरू प्रारब्ध भोग्दाभोग्दै त्रेताको अन्त्यमा खतम हुन्छन् फेरि रावणको आसुरी
प्रारब्ध सुरु हुन्छ। भक्ति पनि पहिला अव्यभिचारी हुन्छ फेरि व्यभिचारी हुन्छ। सिँढी
ठिक बनेको छ। हरेक चिज सतोप्रधान, सतो-रजो-तमो बन्छ। खाद पर्दै जान्छ। तिमी
बच्चाहरूलाई सम्झाउन त धेरै राम्रोसँग सम्झाइन्छ तर धारणा कम हुन्छ। कसैमा त
सम्झाउने बिल्कुल अक्कलै हुँदैन। कोही राम्रा अनुभवी पनि छन्, जसको धारणा धेरै
राम्रो हुन्छ। नम्बरवार त हुन्छन् नि। विद्यार्थीहरू एकसमान हुँदैनन्। केही न केही
नम्बर अवश्य दिन्छन्। जसलाई पनि सम्झाउन धेरै सहज छ। बाबा भन्नुहुन्छ– मलाई याद गर।
म तिम्रो बेहदको बाबा, सृष्टिको रचयिता हुँ। मलाई याद गरेमा तिमीलाई बेहदको वर्सा
मिल्छ। यादबाट नै खाद निस्कन्छ। केवल यो सम्झाऊ, तिमी बच्चाहरू सत्ययुगमा सतोप्रधान
थियौ, अहिले कलियुगमा तमोप्रधान बनेका छौ। आत्मामा खाद पर्छ। पवित्र नबनीकन कोही
त्यहाँ जान सक्दैन। नयाँ दुनियाँमा हुन्छन् नै सतोप्रधान। कपडा नयाँ छ भने भन्छन्
सतोप्रधान, फेरि पुरानो तमोप्रधान हुन्छ। अहिले सबैको कपडा च्यातिन लागेको छ। सबै
जीर्ण अवस्थामा पुगेका छन्। जो विश्वका मालिक थिए, उनीहरू नै बिल्कुल गरिब बनेका छन्।
फेरि उनीहरू नै धनवान बन्नुछ। यी कुरा मानिसहरूले जान्दैनन्। भारतवर्ष स्वर्ग थियो,
यी लक्ष्मीनारायणको राज्य थियो, अरू सबै धर्म पछि आएका हुन्। बाबा बसेर तिमीलाई
वास्तविक कुरा सम्झाउनुहुन्छ। हेर गीताको कति मान छ। पढ्दापढ्दै बिल्कुलै तल गिरेका
छन्, त्यसैले त पुकार्छन्– हे पतित-पावन आउनुहोस्! हामी भ्रष्टाचारी बनेका छौँ।
सद्गति त भगवानले नै दिन सक्नुहुन्छ। बाँकी शास्त्रहरूमा त सबै भक्तिमार्ग छ। तिम्रो
बुद्धिमा बसेको छ– हामी बाबाको ज्ञानबाट देवता बन्छौँ। अहिले सारा दुनियाँदेखि
वैराग्य छ। संन्यासीले पनि भक्ति गर्छन्, गङ्गा स्नान आदि गर्छन् नि। भक्ति पनि
सतोप्रधान, फेरि रजो, तमो हुन्छ। यो पनि यस्तै हो। आधाकल्प ब्रह्माको दिन अनि
आधाकल्प रात भनिन्छ। ब्रह्माको साथै अवश्य ब्राह्मणहरूको पनि यो दिन र रात हुन्छ।
तिमी अहिले दिनमा जान्छौ, भक्तिको रात पूरा हुन्छ। भक्तिमा त धेरै दुःख छ, त्यसलाई
रात भनिन्छ। भगवानसँग मिल्नको लागि अँध्यारोमा धक्का खाइरहन्छन्। भक्तिमार्गमा
सद्गति दिने कोही हुँदैन। तिमी बाहेक अरू कसैले पनि यथार्थ रीतिले भगवानलाई
चिन्दैनन्। आत्मा पनि बिन्दु, परमात्मा पनि बिन्दु हुनुहुन्छ, यो कुरा कसैले पनि
बुझ्न सक्दैनन्। यो कुरा परमात्मा नै स्वयम् आएर ब्रह्माको तनबाट सम्झाउनुहुन्छ।
उनीहरूले फेरि भागीरथलाई साँढेका रूपमा देखाएका छन्। तर साँढेको त कुरा नै होइन।
बाबाले सबै कुरा राम्रोसँग सम्झाउनुहुन्छ तर कसैको बुद्धिमा पूरा रीतिले बस्दैन।
बाबा बसेर
सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! म तिमी आत्माहरूको पिता हुँ। तिमीले मलाई र
वर्सालाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। फेरि पनि तिमीले भन्छौ, हामीले
भुल्छौँ। वाह! यस्तो साजन वा बाबालाई भुल्नहुन्छ र? स्त्रीले, पतिलाई अथवा
बच्चाहरूले कहिल्यै पितालाई भुल्छन् र? यहाँ तिमीले किन भुल्छौ? भन्छौ पनि बाबा
हजुरले हामीलाई स्वर्गको मालिक बनाइरहनुभएको छ फेरि पनि भुल्छौँ। बाबा भन्नुहुन्छ–
याद गरेनौ भने भित्र जुन खिया लागेको छ, त्यो कसरी निस्कन्छ? मुख्य कुरा हो नै याद।
तिम्रो कुनै अर्को धर्मसँग सम्बन्ध छैन। स्कुलमा त इतिहास भूगोल पढाउँछन्। कसैले त
बिल्कुल बुझ्दैनन्। बाबाले पढाउनुहुन्छ, यो बुद्धिमा बस्दैन। अच्छा बाबा अनि वर्सा
त याद गर कि यो पनि भुल्छौ! जसको लागि आधाकल्पदेखि भक्ति गर्दै आयौ, उहाँ बाबालाई
याद गर्दैनौ। तिमी बच्चाहरूको बुद्धिमा छ, अब हामी यो शरीर छोडेर राजधानीमा जान्छौँ,
यो अन्तिम जन्म हो। सूक्ष्मवतनमा उनीहरूका अनुहार त तिनै देख्छौ, वैकुण्ठमा पनि
देख्छौ। जान्दछौ यी मम्मा-बाबा नै लक्ष्मीनारायण बन्छन्, तिमी सत्ययुगमा हुँदा यो
एक शरीर छोडेर अर्को लिनुछ भन्ने सम्झन्छौ। त्यहाँ उनीहरूलाई यो थाहा हुँदैन,
सत्ययुगपछि त्रेता आउँछ, द्वापर आउँछ, हामी ओर्लंदै जान्छौँ। ज्ञानको कुरा हुँदैन।
पुनर्जन्म लिइरहन्छन्। त्यहाँ आत्म अभिमानी हुन्छन् फेरि आत्म अभिमानीबाट देह
अभिमानी बन्छन्। यो ज्ञान केवल तिमी ब्राह्मणहरूलाई छ अनि अरू कसैसँग छैन। उहाँ
ज्ञानज्ञानेश्वर, जो ज्ञानको सागर बाबा हुनुहुन्छ, उहाँले नै ज्ञान सुनाउनुहुन्छ।
अवश्य ब्रह्माका बच्चा ब्राह्मणहरूलाई नै सुनाउनुहुन्छ। ब्रह्माका बच्चाहरू हुन्–
ब्राह्मण सम्प्रदाय। रातदिनको फरक छ। तिमी पुरुषार्थ गरेर सम्पूर्ण गुणवान्,
सम्पूर्ण निर्विकारी बन्छौ। गृहस्थ व्यवहारमा रहेर पनि तिमीले बाबालाई याद गर, कर्म
त गर्नु नै छ। बुद्धिको योग बाबासँग लागिरहोस्। कर्म जुनसुकै पनि गर, सिकर्मीको काम
गर वा राजकीय कार्य गर। राजा जनकको पनि गायन छ नि। राज्य गरिरख तर बुद्धिको योग
बाबासँग लगायौ भने वर्सा मिल्छ। बाबा भन्नुहुन्छ मनमनाभव, मामेकम् याद गर। शिवबाबा
भन्नुहुन्छ केवल शिव भन्दा लिङ्ग याद आउँछ। अरू सबैको त शरीरको नाम लिइन्छ, पार्ट
शरीरबाट खेल्छन्। अहिले तिमीलाई आत्म अभिमानी बनाइन्छ, जुन आधाकल्प चल्छ। यस समयमा
सबै छन् देह अभिमानमा। त्यहाँ आत्म अभिमानी हुन्छन् यथा राजा रानी तथा प्रजा। आयु त
सबैको लामो हुन्छ। यहाँ सबैको आयु छोटो छ। त्यसैले बाबा सामुन्ने बसेर बच्चाहरूलाई
हे आत्माहरू! भन्दै कति राम्रोसँग सम्झाउनुहुन्छ। किनकि आत्माले ज्ञान लिन्छ, धारणा
आत्मामा हुन्छ। बाबाको त शरीर छैन। आत्मामा सारा ज्ञान छ। आत्मा पनि स्टार हो, बाबा
पनि स्टार हुनुहुन्छ। उहाँले पुनर्जन्म लिनुहुन्न, आत्माहरूले पुनर्जन्म लिन्छन्
त्यसैले बाबाले काम दिनुभएको थियो, परमात्माको महिमा अनि बच्चाको महिमा लेखेर ल्याऊ।
दुवैको महिमा भिन्नाभिन्नै छ। श्रीकृष्णको महिमा भिन्नै छ। उनी साकार, उहाँ निराकार।
यति गुणवान् कसले बनाउनुभयो? अवश्य भन्छन् परमात्माले बनाउनुभयो।
यस समयमा तिमी
ईश्वरीय सम्प्रदाय हौ। तिमीलाई बाबाले ज्ञान सिकाइरहनुभएको छ। पछि फेरि प्रारब्ध
भोग्छौ। सत्ययुगमा त कसैले सिकाउँदैनन्। भक्तिमार्गको सामग्री नै खतम हुन्छ। यस
दुनियाँदेखि वैराग्य पनि हुनुपर्छ अर्थात् देहसहित देहका सबै सम्बन्ध छोडेर आफूलाई
अशरीरी आत्मा सम्झनुछ। नाङ्गै आएका थियौँ, नाङ्गै जानुछ। यो पुरानो दुनियाँ खलास
हुनुछ, हामी सबै नयाँ दुनियाँमा जानेछौँ। बस्, यही यादको मेहनत गरिराख, यसमा नै फेल
हुन्छन्। याद गर्दैनन्। जति पनि बुझ्नको लागि आउँछन् उनीहरूलाई पनि यही सम्झाउनुछ–
शिवबाबाले ब्रह्माद्वारा भन्नुहुन्छ, मलाई याद गरेमा यादबाट तिम्रो खाद निस्कन्छ,
तिमी विष्णुपुरीको मालिक बन्छौ। विष्णुपुरी नै स्वर्गपुरी हो। त्यसैले जति सकिन्छ
बाबालाई याद गर, जुन बाबालाई आधाकल्प याद गरेका छौ अब उहाँ सामुन्ने आउनुभएको छ।
भन्नुहुन्छ– मलाई याद गर, तर उहाँलाई कसैले पनि चिन्दैनन्। आफै आएर आफ्नो परिचय
दिनुहुन्छ। म जो हुँ,जस्तो छु, यस्तो कुनै विरलैले जान्दछन् अनि निश्चय गर्छन्।
निश्चय गरिहाले भने पुरुषार्थ गरेर वर्सा पाउँछन्। शिवबाबा भन्नुहुन्छ– मलाई याद
गरेमा नै तिम्रा विकर्म विनाश हुन्छन् अनि तिमी पवित्र बनेर पवित्र दुनियाँको मालिक
बन्छौ। कुनै पनि विकर्म गर्नुहुँदैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) पुरुषार्थ गरेर सम्पूर्ण गुणवान् बन्नुछ। कर्म कुनै पनि होस् तर बाबाको यादमा
रहेर गर्नुछ। कुनै पनि विकर्म गर्नुछैन।
२) यो पुरानो कपडा (शरीर)
जीर्ण छ, यसबाट ममत्व निकाल्नुछ। आत्मालाई सतोप्रधान बनाउने पूरा-पूरा पुरुषार्थ
गर्नुछ।
वरदान:–
सदा
अतीन्द्रिय सुखको अनुभूति गर्ने अटल अखण्ड स्वराज्य अधिकारी भव
जुन बच्चाहरूले
सङ्गमयुगमा अतीन्द्रिय सुखको वर्सा सदाकालको लागि प्राप्त गर्छन् अर्थात् जसको
बाबाको खजानामा पूरा अधिकार हुन्छ उनीहरूमा इच्छाशक्ति हुन्छ। उनीहरूलाई अटुट अटल
अतीन्द्रिय सुखको अनुभूति हुन्छ। यस्ता वारिस अर्थात् सम्पूर्ण वर्साका अधिकारीले
नै भविष्यमा अटल-अखण्ड स्वराज्यका अधिकार प्राप्त गर्छन्।
स्लोगन:–
जहाँ मेरोपन
आउँछ त्यहाँ बुद्धिको फेरो हुन्छ।
मातेश्वरीजीका अनमोल
महावाक्य :–
“ चढ्ती कला र गिरती
कलाको मुख्य आधार के हो ?”
धेरै मानिसहरूले यो
प्रश्न सोध्छन्, यति पुरुषार्थ गरेर जीवनमुक्ति पद पाउँछौँ भने फेरि त्यहाँ के कारण
हुन्छ जसले हामी तल गिर्छौं? भन्न त हामीले भन्छौँ, यो हार र जितको खेल हो, यसमा
चढ्तीकला र गिरतीकला हुनुको पनि कुनै कारण अवश्य छ। जुन कारणको आधारमा यो खेल चल्छ,
जसरी पुरुषार्थबाट हामी चढिरहेका छौँ त्यसरी नै गिर्ने कारण पनि अवश्य छ। अब कारण
पनि कुनै ठुलो होइन अलिकति भुल हो जस्तै परमात्मा भन्नुहुन्छ मलाई याद गरेमा म
तिमीलाई मुक्ति जीवनमुक्ति पद दिन्छु त्यसरी नै जब देह अभिमानी भएर परमात्मालाई
भुल्छन् अनि गिर्छन्। फेरि वाममार्गमा जान्छन् फेरि ५ विकारहरूमा फसेपछि दुःख
पाउँछन् त्यसैले यो भयो आफ्नो दोष, न कि रचयिताको। जुन मानिसहरूले भन्छन् दुःखसुख
परमात्माले नै दिनुहुन्छ यो भन्नु बिल्कुल गलत हो। बाबा सुखका रचयिता हुनुहुन्छ न
कि दुःखका रचयिता। बाँकी हामीले श्रेष्ठ कर्मबाट सुख पाउँछौँ अनि भ्रष्टकर्मबाट
दुःख भोग्छौं, बाँकी राम्रो कर्मको फल अनि नराम्रो कर्मको दण्ड परमात्माद्वारा
अवश्य मिल्छ। तर यस्तो भनिँदैन, सुखदुःख दुवै परमात्माले दिनुहुन्छ, होइन। परमात्मा
त चढ्तीकलामा हाम्रो साथमा हुनुहुन्छ, बाँकी गिराउने मायाले हो। साधारण रीतिले पनि
कसैको साथ अथवा मदत लिन्छन् सुखको लागि। बाँकी दुःख पाउनको लागि कसैले कसैको साथ
लिँदैनन्। बाँकी त जस्तो जस्तो कर्म त्यस्तै त्यस्तै फलको रिजल्ट हुन्छ। त्यसैले यस
ड्रामा भित्र आफ्नो कर्म अनुसार नै दुःखसुखको खेल बनेको छ, तर तुच्छ बुद्धि
मानिसहरूले यस रहस्यलाई जान्दैनन्। अच्छा, ओम् शान्ति।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
समय अनुसार अब सदा
अचल, अडोल सर्व खजानाहरूबाट सम्पन्न होऊ। अलिकति पनि डगमगायौ भने सर्व खजानाहरूको
अनुभव हुँदैन। बाबाद्वारा मिलेका खजानाहरूलाई सदा कायम राख्ने साधन हो सदा अचल अडोल
रहनु। अचल रहेमा सदैव खुसीको अनुभूति भइरहन्छ। जसरी विनाशी धन, नाम-मान-सान, कुर्सी
आदि मिल्यो भने खुसी हुन्छ नि। यो त अविनाशी खुसी हो तर यो खुसी उनलाई हुन्छ जो अचल,
अडोल, एकरस स्थितिमा रहन्छन्।