01.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीहरू सबै आपसमा रुहानी भाइ भाइ हौ। तिम्रो रुहानी प्यार हुनुपर्छ , आत्माको प्यार आत्मासँग होस् , शरीरसँग होइन।

प्रश्न:
बाबाले आफ्नो घरको कुनचाहिँ आश्चर्यजनक कुरा सुनाउनु भएको छ?

उत्तर:
जति पनि आत्माहरू मेरो घरमा आउँछन्, उनीहरू आ-आफ्नो सेक्सनमा आफ्नो नम्बरमा फिक्स हुन्छन्। उनीहरू कहिल्यै पनि चल्दैनन्। त्यहाँ सबै धर्मका आत्माहरू मेरो नजिकै रहन्छन्। त्यहाँबाट नम्बरवार आ-आफ्नो समयमा पार्ट खेल्न आउँछन्, यो आश्चर्यजनक ज्ञान यही समयमा कल्पमा एकैपटक तिमीहरूलाई मिल्छ। अरू कसैले यो ज्ञान दिन सक्दैन।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूले जानेका छौ हामी आत्माहरूलाई बाबाले सम्झाउनु हुन्छ र बाबाले आफूलाई आत्माहरूको बाबा सम्झनु हुन्छ। यस्तो कसैले जान्दैनन्। न त कसैले आफूलाई आत्मा सम्झ भनेर कहिल्यै कसैलाई सम्झाउँछन्। उहाँ बाबा नै बसेर आत्माहरूलाई सम्झाउनु हुन्छ। यस ज्ञानको प्रारब्ध तिमीहरूले नम्बरवार पुरुषार्थ अनुसार नयाँ दुनियाँमा लिने छौ। यो दुनियाँ परिवर्तन हुँदैछ र परिवर्तन गर्ने बाबा हुनुहुन्छ, यो सबैलाई याद हुँदैन। यहाँ त सम्मुख बसेका छौ, घरमा गएपछि सारा दिन आफ्नो धन्धा आदिमा नै लाग्छौ। बाबाको श्रीमत छ प्यारा बच्चाहरू! जहाँ बसे पनि तिमीले मलाई याद गर। जसरी कन्यालाई थाहा हुँदैन मलाई कुन पति मिल्नेछ, चित्र देखेपछि उसको याद रहन्छ। जहाँ बसे पनि एक अर्कालाई दुवैले याद गर्छन्, यसलाई भनिन्छ जिस्मानी प्यार। यो हो रुहानी प्यार। रुहानी प्यार कोसँग? बच्चाहरूको रुहानी बाबासँग र बच्चाहरूको बच्चाहरूसँग। तिमी बच्चाहरूको पनि आपसमा धेरै प्यार हुनुपर्छ मतलब आत्माहरूको आत्माहरूसँग पनि प्यार हुनुपर्छ। यो शिक्षा पनि अहिले तिमी बच्चाहरूलाई मिल्छ। दुनियाँका मनुष्यलाई केही पनि थाहा छैन। तिमीहरू सबै भाइ भाइ हौ त्यसैले आपसमा अवश्य प्यार हुनुपर्छ किनकि एक बाबाका बच्चा हौ। यसलाई भनिन्छ रुहानी प्यार। ड्रामा प्लान अनुसार केवल पुरुषोत्तम सङ्गमयुगमा नै रुहानी बाबा आएर रुहानी बच्चाहरूलाई सम्मुखमा सम्झाउनु हुन्छ र बच्चाहरूले जानेका छौ बाबा यहाँ आउनु भएको छ हामी बच्चाहरूलाई फूलसमान, पवित्र, पतितबाट पावन बनाएर साथमा लिएर जान। यस्तो होइन हातमा समातेर लिएर जानुहुन्छ। सबै आत्माहरू यसरी उड्नेछन् जसरी सलहहरूको बथान जान्छ। उनीहरूको पनि कोही गाइड हुन्छ। गाइडसँग अरू पनि गाइड हुन्छन् जो अगाडि बस्छन्। जब सारा बथान सँगसँगै जान्छ तब धेरै आवाज हुन्छ। सूर्यको प्रकाशलाई पनि ढाक्छ, यति ठुलो बथान हुन्छ। तिमी आत्माहरूको त कति ठुलो अनगिन्ती बथान छ। कहिल्यै गणना गर्न सकिँदैन। यहाँ मनुष्यको गणना गर्न सकिँदैन। निकाल्न त जनसङ्ख्या निकाल्छन्। त्यो पनि एक्युरेट निकाल्दैनन्। आत्माहरू कति छन्, त्यो हिसाब कहिल्यै निकाल्न सक्दैनन्। अन्दाज लगाउन सक्छन् सत्ययुगमा कति मनुष्य हुन्छन् किनकि केवल भारतखण्ड मात्र रहन्छ। तिमीहरूको बुद्धिमा छ हामी विश्वको मालिक बनिरहेका छौं। आत्मा जब शरीरमा हुन्छ तब जीवात्मा हुन्छ, त्यसैले दुवैले सँगसँगै सुख अथवा दु:ख भोग्छन्। धेरै मानिसले यस्तो सम्झन्छन् आत्मा नै परमात्मा हो, उसले कहिल्यै दु:ख भोग्दैन, निर्लेप छ। धेरै बच्चाहरू यस कुरामा पनि अलमलिन्छन् मैले आफूलाई आत्मा त निश्चय गरेँ तर बाबालाई कहाँ याद गर्ने? यो त जानेका छौ बाबा परमधाम निवाशी हुनुहुन्छ। बाबाले आफ्नो परिचय दिनु भएको छ। कहीँ पनि हिंड्दा डुल्दा बाबालाई याद गर। बाबा निवास गर्नु हुन्छ परमधाममा। तिमीहरूको आत्मा पनि त्यहाँ निवास गर्छ फेरि यहाँ पार्ट खेल्न आउँछ। यो ज्ञान पनि अहिले मिलेको छ।

तिमी देवता हुँदा तिमीहरूलाई त्यहाँ यो याद हुँदैन, फलाना फलाना धर्मका आत्माहरू माथि हुन्छन्। माथिबाट आएर यहाँ शरीर धारण गरेर पार्ट खेल्छन्, यो चिन्तन त्यहाँ चल्दैन। पहिला यो थाहा थिएन, बाबा पनि परमधाममा रहनुहुन्छ, त्यहाँबाट यहाँ आएर शरीरमा प्रवेश गर्नुहुन्छ। अब उहाँ कुन शरीरमा प्रवेश गर्नुहुन्छ, उहाँले आफ्नो ठेगाना त बताउनु हुन्छ। तिमीले यदि शिवबाबा केयर अफ परमधाम लेख्यौ भने परमधाममा त चिठी जान सक्दैन त्यसैले लेख्छौ शिवबाबा केयर अफ ब्रह्मा, फेरि यहाँको ठेगाना राख्छौ किनकि तिमीहरूले जानेका छौ बाबा यहाँ नै आउनुहुन्छ, यस रथमा प्रवेश गर्नुहुन्छ। हुन त आत्माहरू पनि माथि निवास गर्छन्। तिमीहरू भाइ भाइ हौ। सदैव यही सम्झ ऊ आत्मा हो, उसको नाम फलानो हो। आत्मालाई यहाँ देख्छन् तर मनुष्य देह अभिमानमा आउँछन्। बाबाले देहीअभिमानी बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ तिमीले आफूलाई आत्मा सम्झ अनि मलाई याद गर। अहिले बाबा सम्झाउनु हुन्छ म यहाँ आउँछु र आएर बच्चाहरूलाई ज्ञान पनि दिन्छु। पुरानो अङ्ग लिनु भएको छ, जसमा मुख्य छ यो मुख। आँखा पनि छन्, ज्ञान अमृत मुखबाट मिल्छ। गोमुख भन्छन् हैन अर्थात् माताको यो मुख हो। बडी माताद्वारा तिमीहरूलाई गोदमा लिनुहुन्छ। कसले? शिवबाबाले। उहाँ त यहाँ हुनुहुन्छ। यो सारा ज्ञान बुद्धिमा रहनु पर्छ। मैले तिमीहरूलाई प्रजापिता ब्रह्माद्वारा गोदमा लिन्छु। त्यसैले त यी माता भए। गायन पनि छ तुम माता-पिता हम बालक तेरे... त्यसैले उहाँ सबै आत्माहरूका बाबा हुनुहुन्छ। उहाँलाई माता भनिदैन। उहाँ त बाबा नै हुनुहुन्छ। बाबाबाट वर्सा मिल्छ फेरि माता चाहिन्छ। उहाँ यहाँ आउनुहुन्छ। अहिले तिमीहरूलाई थाहा भएको छ बाबा माथि रहनुहुन्छ। हामी आत्माहरू पनि माथि रहन्छौं। फेरि यहाँ आउँछौं पार्ट खेल्न। दुनियाँलाई यी कुराको विषयमा केही पनि थाहा छैन। उनीहरूले त ढुङ्गा माटोमा परमात्मा हुनुहुन्छ भन्ने गर्छन्, त्यसो भए त अनगिन्ती परमात्मा हुने भए। यसलाई भनिन्छ घोर अन्धकार। गायन पनि छ, ज्ञान सूर्य प्रगटा, अज्ञान अंधेर विनाश। अहिले तिमीहरूलाई ज्ञान छ यो रावण राज्य हो, जसकारण अँध्यारो छ। त्यहाँ त रावण राज्य हुँदैन त्यसैले कुनै विकार हुँदैन। देह अभिमानी पनि हुँदैनन्। त्यहाँ आत्म अभिमानी रहन्छन्। आत्मालाई ज्ञान हुन्छ अहिले साना बच्चा छौं, अहिले हामी जवान बनेका छौं, अहिले शरीर वृद्ध भएको छ, त्यसैले अब यो शरीर छोडेर अर्को लिनु छ। त्यहाँ यस्तो भनिँदैन फलानो मर्यो। त्यो त हो नै अमरलोक। खुसीसँग एउटा शरीर छोडेर अर्को लिन्छन्। अहिले आयु पूरा भएको छ, यो छोडेर नयाँ लिनु छ त्यसैले संन्यासीहरू सर्पको दृष्टान्त दिन्छन्। दृष्टान्त वास्तवमा बाबाले दिनुभएको हो। त्यसलाई फेरि संन्यासीहरूले लिन्छन्। त्यसैले बाबा भन्नुहुन्छ, यो जुन ज्ञान तिमीहरूलाई दिन्छु, यो प्राय:लोप हुन्छ। बाबा शब्द पनि छ, चित्र पनि छ तर आँटामा नुन जस्तै। त्यसैले बाबा बसेर अर्थ सम्झाउनु हुन्छ, जसरी सर्पले पुरानो काँचुली छोडिदिन्छ र नयाँ काँचुली आउँछ, उहाँको लागि यस्तो भनिदैन, एउटा शरीर छोडेर अर्कोमा प्रवेश गर्नुहुन्छ। होइन। काँचुली फेर्ने एक सर्पको नै दृष्टान्त छ। त्यो काँचुलीलाई सर्पले देख्छ पनि। जसरी कपडा उतारिन्छ त्यसैगरी सर्पले पनि काँचुली छोड्छ, अर्को मिल्छ। सर्प त जिउँदै हुन्छ, यस्तो पनि होइन सदैव अमर रहन्छ। २-३ काँचुली फेरेर फेरि मर्छ। त्यहाँ पनि तिमीले समयमा एउटा काँचुली छोडेर अर्को लिन्छौ। जानेका छौ अहिले हामी गर्भमा जानु छ। त्यहाँ त छ नै योगबलको कुरा। योगबलबाट तिमी जन्मन्छौ, त्यसैले अमर भनिन्छ। आत्माले भन्छ, अब म बुढो भएँ, शरीर पुरानो भएको छ। साक्षात्कार हुन्छ। अब म गएर सानो बच्चा बन्छु। आफै शरीर छोडेर आत्मा गएर सानो बच्चामा प्रवेश गर्छ। त्यस गर्भलाई जेल होइन, महल भनिन्छ। पाप त हुँदैन जसकारण भोग्नु परोस्। गर्भ महलमा आरामसँग रहन्छ, दु:खको कुनै कुरा हुँदैन। यस्तो कुनै नराम्रो चीज खुवाउँदैनन् जसबाट बिरामी हुन जान्छन्।

अब बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमीहरू निर्वाणधाममा जानु छ, यो दुनियाँ परिवर्तन हुने छ। पुरानोबाट फेरि नयाँ हुन्छ। हरेक चीज परिवर्तन हुन्छ। वृक्षबाट बीउ निस्कन्छ, फेरि बीउ रोपेपछि कति फल निस्कन्छन्। एक बीजबाट कति धेरै दाना निस्किन्छन्। सत्ययुगमा योगबलबाट एउटा मात्र बच्चा पैदा हुन्छ। यहाँ विकारबाट ४-५ बच्चा पैदा गर्छन्। सत्ययुग र कलियुगमा धेरै फरक छ जुन कुरा बाबाले बताउनु हुन्छ। नयाँ दुनियाँ फेरि पुरानो कसरी हुन्छ, त्यसमा आत्माले कसरी ८४ जन्म लिन्छ, यो पनि सम्झाउनु भएको छ। हरेक आत्माले आ-आफ्नो पार्ट खेलेर जब फेरि जान्छन्, आ-आफ्नो ठाउँमा बस्छन्। ठाउँ फेरिँदैन। आ-आफ्नो धर्ममा आफ्नो ठाउँमा नम्बरवार रहन्छन्, फेरि नम्बरवार नै तल आउँछन् त्यसैले मूलवतनको साना-साना नमुना बनाएर राख्छन्। सबै धर्महरूको आ-आफ्नो सेक्सन छ। देवी-देवता हो पहिलो धर्म, फेरि नम्बरवार आउँछन्। नम्बरवार नै गएर बस्छन्। तिमी पनि नम्बरवार पास हुन्छौ, त्यही अङ्कको हिसाब अनुसार ठाउँ लिन्छौ। यो बाबाको पढाइ कल्पमा एकैपटक हुन्छ। तिमी आत्माहरूको कति सानो वंशवृक्ष हुन्छ। जसरी यहाँ तिमीहरूको (देहको) यति ठुलो वृक्ष छ। तिमी बच्चाहरूले दिव्य दृष्टिले देखेर फेरि यहाँ बसेर चित्र आदि बनाएका छौ। आत्मा कति सानो छ, शरीर कति ठुलो छ। सबै आत्माहरू त्यहाँ गएर बस्नेछन्। धेरै सानो ठाउँमा नजिकै बस्छन्। मनुष्यहरूको वृक्ष कति ठुलो छ। मनुष्यहरूलाई त ठाउँ चाहिन्छ चल्न, फिर्न, खेल्न, पढ्न, नोकरी गर्न। सबै कुरा गर्न ठाउँ चाहिन्छ। निराकारी दुनियाँमा आत्माहरूको सानो ठाउँ हुन्छ त्यसैले यी चित्रमा पनि देखाइन्छ। नाटक बनिबनाउ छ, शरीर छोडेर आत्माहरू त्यहाँ जानु छ। तिमी बच्चाहरूको बुद्धिमा छ हामी त्यहाँ कसरी रहन्छौं र अन्य धर्मावलम्बीहरू कसरी रहन्छन्। फेरि कसरी नम्बरवार अलग-अलग हुन्छन्। यी सबै कुराहरू तिमीहरूलाई कल्प-कल्प एउटै बाबा आएर सुनाउनु हुन्छ। अरू त सबै हुन् जिस्मानी पढाइ। त्यसलाई रुहानी पढाइ भन्न सकिँदैन।

अहिले तिमीहरूले बुझेका छौ हामी आत्मा हौं। आई मतलब आत्मा, माई मतलब मेरो यो शरीर हो। मनुष्यले यो जानेका छैनन्। उनीहरूको त सदैव दैहिक सम्बन्ध हुन्छ। सत्ययुगमा पनि दैहिक सम्बन्ध हुन्छ। तर त्यहाँ तिमीहरू आत्म अभिमानी रहन्छौ। यो थाहा हुन्छ म आत्मा हुँ, यो हाम्रो शरीर अब वृद्ध भएको छ, त्यसैले म आत्माले एउटा शरीर छोडेर अर्को लिन्छु। यसमा अलमलिने कुनै पनि कुरा छैन। तिमी बच्चाहरूले त बाबाबाट रजाइँ लिनु छ। अवश्य बेहदका बाबा हुनुहुन्छ। मनुष्यले जबसम्म ज्ञानलाई पूरा बुझ्दैनन् तबसम्म अनेक प्रश्न सोधिरहन्छन्। ज्ञान हो तिमी ब्राह्मणहरूको। वास्तवमा तिमी ब्राह्मणहरूको मन्दिर पनि अजमेरमा छ। एउटा हुन्छ पुष्करणी ब्राह्मण, अर्को सारसिद्ध। अजमेरमा ब्रह्माको मन्दिर हेर्न जान्छन्। ब्रह्मा बसेका छन्, दार्ही आदि देखाइदिएका छन्। उनलाई मनुष्यको रूपमा देखाइएको छ। तिमी ब्राह्मणहरू पनि मनुष्यको रूपमा छौ। ब्राह्मणहरूलाई देवता भनिदैन। सच्चा सच्चा ब्राह्मण तिमी ब्रह्माका सन्तानहरू हौ। उनीहरू कुनै ब्रह्माका सन्तान होइनन्, अन्तिममा आउनेलाई यो थाहा हुँदैन। तिमीहरूको यो विराट् रूप हो। यो बुद्धिमा याद रहनुपर्छ। यो सारा ज्ञान हो जुन तिमीले कसैलाई पनि राम्ररी सम्झाउन सक्छौ। हामी आत्मा हौं, बाबाका बच्चा हौं, यो यथार्थ रूपमा सम्झिएर, यो निश्चय पक्का-पक्का हुनुपर्छ। यो यथार्थ कुरा हो, सबै आत्माहरूको बाबा एक परमात्मा हुनुहुन्छ। सबैले उहाँलाई याद गर्छन्। हे भगवान! मनुष्यहरूको मुखबाट अवश्य निस्कन्छ। परमात्मा को हुनुहुन्छ, यो कुरा बाबा आएर नसम्झाएसम्म कसैले पनि जान्दैनन्। बाबाले सम्झाउनु भएको छ यी लक्ष्मी-नारायण जो विश्वका मालिक थिए, उनीहरूले नै जान्दैनथे भने ऋषिमुनिले फेरि कसरी जान्न सक्छन्! अहिले तिमीहरूले बाबाद्वारा जानेका छौ। तिमीहरू हौ आस्तिक किनकि तिमीहरूले रचयिता र रचनाको आदि, मध्य, अन्त्यलाई जानेका छौ। कसैले राम्रोसँग जानेका छन्, कसैले कम। बाबा सम्मुख आएर पढाउनु हुन्छ फेरि कसैले राम्ररी धारण गर्छन्, कसैले कम धारण गर्छन्। पढाइ एकदम साधारण पनि छ, श्रेष्ठ पनि छ। बाबामा यति ज्ञान छ जो सागरलाई मसी बनायौ भने पनि अन्त्य हुँदैन। बाबा सहज बनाएर सम्झाउनु हुन्छ। बाबालाई चिन्नु पर्छ, स्वदर्शन चक्रधारी बन्नु पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सदा याद सहज भइरहोस्, यसको लागि हिँड्दा डुल्दा यो चिन्तन गर्नु छ हामी आत्मा हौं, परमधाम निवासी आत्मा यहाँ पार्ट खेल्न आएका हौं। बाबा पनि परमधाममा रहनु हुन्छ। उहाँ ब्रह्मा तनमा आउनु भएको छ।

२) जसरी रुहानी बाबासँग आत्माको प्यार छ त्यसैगरी आपसमा पनि रुहानी प्यारसँग रहनु छ। आत्माको आत्मासँग प्यार होस्, शरीरसँग होइन। आत्म अभिमानी बन्ने पूरा-पूरा अभ्यास गर्नु छ।

वरदान:
हदको कामनाबाट मुक्त बनेर सर्व प्रश्नहरूबाट पर रहने सदा प्रसन्नचित्त भव

जुन बच्चाहरू हदको कामनाहरूबाट मुक्त रहन्छन् उनको अनुहारमा प्रसन्नताको झलक देखिन आउँछ। प्रसन्नचित्त कुनै पनि कुरामा प्रश्नचित्त हुँदैनन्। तिनले सदा निःस्वार्थी र सदा सबैलाई निर्दोष अनुभव गर्नेछन्, कसैमाथि दोष राख्दैनन्। चाहे जस्तोसुकै परिस्थिति आओस्, चाहे कुनै आत्मा हिसाब किताब चुक्ता गर्ने सामना गर्न आइरहोस्, चाहे शरीरको कर्मभोग सामना गर्न आइरहोस् तर सन्तुष्टताको कारण ती सदा प्रसन्नचित्त रहन्छन्।

स्लोगन:
व्यर्थको चेकिङ्ग ध्यानपूर्वक गर, लापरबाहीसँग होइन।