01.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
बाबालाई तिमी बच्चाहरू नै प्यारा छौ , बाबाले तिमीलाई नै सुधार्नका लागि श्रीमत
दिनुहुन्छ , सदैव ईश्वरीय मतमा चलेर स्वयंलाई पवित्र बनाऊ। ”
प्रश्न:–
विश्वमा
शान्तिको स्थापना कहिले र कुन विधिले हुन्छ?
उत्तर:–
तिमीलाई थाहा
छ– विश्वमा शान्ति त महाभारत लडाइँपछि नै हुन्छ। तर त्यसको लागि तिमी पहिलादेखि नै
तयार हुनुछ। आफ्नो कर्मातीत अवस्था बनाउने मेहनत गर्नुछ। सृष्टिको आदि-मध्य-अन्त्यको
ज्ञान स्मरण गरेर बाबाको यादले सम्पूर्ण पावन बन्नुछ, त्यसपछि यो सृष्टिको परिवर्तन
हुन्छ।
गीत:–
आज अन्धेरे
में है इंसान ........
ओम् शान्ति ।
यो
भक्तिमार्गको गीत हो। भन्छन्– हामी अन्धकारमा छौँ, अब ज्ञानको तेस्रो नेत्र दिनुहोस्।
ज्ञान माग्छन् ज्ञान सागरसँग। तर हो अज्ञान। भनिन्छ– कलियुगमा सबै अज्ञानको आसुरी
निद्रामा सुतेका कुम्भकर्ण हुन्छन्। बाबा भन्नुहुन्छ– ज्ञान त धेरै नै साधारण छ।
भक्तिमार्गमा कति वेद-शास्त्र आदि पढ्छन्, हठयोग गर्छन्, गुरु आदि बनाउँछन्। अब ती
सबैलाई छोड्नुपर्छ किनकि उनीहरूले कहिल्यै राजयोग सिकाउन सक्दैनन्। बाबाले नै त
राज्य भाग्य दिनुहुन्छ। मनुष्यले मनुष्यलाई राज्य भाग्य दिन सक्दैनन्। तर त्यसको
लागि नै संन्यासीहरूले भन्छन्– सुख काग विष्टासमान हो किनकि स्वयं घरबार छोडेर
भाग्छन्। यो ज्ञान ज्ञान सागर बाबा बाहेक अरू कसैले दिन सक्दैन। यो राजयोग भगवानले
नै सिकाउनुहुन्छ। मनुष्यले मनुष्यलाई पावन बनाउन सक्दैन। पतित-पावन एउटै बाबा
हुनुहुन्छ। मानिसहरू भक्तिमार्गमा कति फसेका छन्। जन्मजन्मान्तरदेखि भक्ति गर्दै
आएका छन्। स्नान गर्न जान्छन्। यस्तो पनि होइन केवल गङ्गामा स्नान गर्छन्। जहाँसुकै
पनि पानीको तलाउ आदि देखे भने त्यसलाई पनि पतित-पावन सम्झन्छन्। यहाँ पनि गोमुख छ।
झरनाबाट पानी आउँछ। जसरी इनारमा पानी छ भने त्यसलाई पतित-पावनी गङ्गा कहाँ भनिन्छ
र। मानिसहरूले सम्झन्छन्– यो पनि तीर्थ हो। धेरै मानिसहरू भावनाले त्यहाँ गएर स्नान
आदि गर्छन्। तिमी बच्चाहरूलाई अहिले ज्ञान मिलेको छ। तिमीले बताउँछौ, तैपनि
मान्दैनन्। आफ्नो देह-अहङ्कार धेरै हुन्छ। हामीले यति शास्त्र पढेका छौँ...! बाबा
भन्नुहुन्छ– यो पढेको सबै भुल। अब यी सबै कुराहरू मानिसहरूलाई कसरी थाहा हुन्छ,
त्यसैले बाबा भन्नुहुन्छ– यस्ता यस्ता प्वाइन्टहरू लेखेर हवाईजहाजद्वारा खसाल। जसरी
आजकाल भन्छन्– विश्वमा शान्ति कसरी हुन्छ? कसैले राय दियो भने उसलाई इनाम मिलिरहन्छ।
तर उनीहरूले शान्तिको स्थापना त गर्न सक्दैनन्। शान्ति छ कहाँ? झुटो पुरस्कार
दिइरहन्छन्।
अहिले तिमीलाई थाहा
भएको छ– विश्वमा शान्ति त हुन्छ लडाइँपछि। यो लडाइँ त कुनै पनि समयमा लाग्न सक्छ।
यस्तो तयारी छ। केवल तिमी बच्चाहरूले नै ढिलाइ गरेका छौ। तिमी बच्चाहरूले कर्मातीत
अवस्था प्राप्त गर्नुछ, यसमा नै मेहनत छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर र गृहस्थ
व्यवहारमा रहेर कमल फूलसमान पवित्र बन र सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान स्मरण
गरिराख। तिमीले लेख्न पनि सक्छौ– ड्रामा अनुसार कल्प पहिलाजस्तै विश्वमा शान्ति
स्थापना हुन्छ। तिमीले यो पनि सम्झाउन सक्छौ– विश्वमा शान्ति त सत्ययुगमा नै हुन्छ।
यहाँ अवश्य अशान्ति हुन्छ। तर कयौँ छन् जसले तिम्रो कुरामा विश्वास गर्दैनन् किनकि
उनीहरूलाई स्वर्गमा आउनु नै छैन त्यसैले श्रीमतमा चल्दैनन्। यहाँ पनि धेरै छन् जो
श्रीमतमा पवित्र रहन सक्दैनन्। तिमीलाई उच्चभन्दा उच्च भगवानको मत मिल्छ। कसैको
चालचलन राम्रो रहेनछ भने भनिन्छ नि– उसलाई ईश्वरले राम्रो मत दिऊन्। अहिले तिमी
ईश्वरीय मतमा चल्नुपर्छ। बाबा भन्नुहुन्छ– ६३ जन्म तिमीले विषय सागरमा गोता खायौ।
बच्चाहरूसँग कुरा गर्नुहुन्छ। बच्चाहरूलाई नै बाबाले सुधार्नुहुन्छ नि। सारा
दुनियाँलाई कसरी सुधार्नुहुन्छ। बाहिरकाहरूलाई भन्नुहुन्छ– बच्चाहरूबाट बुझ। बाबाले
बाहिरकाहरूसँग कुरा गर्न सक्नुहुन्न। बाबालाई बच्चाहरू नै प्रिय लाग्छ। सौतेनी
बच्चाहरू कहाँ प्रिय लाग्छन् र। लौकिक पिताले पनि सपुत बच्चाहरूलाई धन दिन्छन्। सबै
बच्चाहरू समान त हुँदैनन्। बाबाले पनि भन्नुहुन्छ– जो मेरा बन्छन्, उनीहरूलाई नै
मैले वर्सा दिन्छु। जो मेरा बन्दैनन्, उनीहरूले पचाउन सक्दैनन्। श्रीमतमा चल्न
सक्दैनन्। उनीहरू हुन् भक्त। बाबाले धेरै देखेका छन्। कुनै ठुला संन्यासी आए भने
उनीहरूका धेरै अनुयायीहरू हुन्छन्। कोष (चन्दा) जम्मा गर्छन्। आ-आफ्नो शक्ति अनुसार
कोष बनाउँछन्। यहाँ बाबाले त यस्तो भन्नुहुन्न– कोष जम्मा गर। होइन, यहाँ जे बीउ
रोप्छौ, २१ जन्म त्यसको फल पाउँछौ। मानिसहरूले दान गरे भने सम्झन्छन्– ईश्वर-अर्थ
हामीले दान गर्छौँ। ईश्वर समर्पणम् भन्छन् कि त भन्छन् श्रीकृष्ण समर्पणम्।
श्रीकृष्णको नाम किन लिन्छन्? किनकि उनलाई गीताको भगवान सम्झन्छन्। श्री राधे
अर्पणम् कहिल्यै भन्दैनन्। ईश्वर वा श्रीकृष्ण अर्पणम् भन्छन्। जान्दछन्– फल
दिनेवाला ईश्वर नै हुनुहुन्छ। कसैले धनवानको घरमा जन्म लिए भने भनिन्छ नि– अघिल्लो
जन्ममा धेरै दान-पुण्य गरेका रहेछन् त्यसैले यहाँ जन्मेका हुन्। राजा पनि बन्न
सक्छन्। तर त्यो हो अल्पकालको काग विष्टासमान सुख। राजाहरूलाई पनि संन्यासीहरूले
संन्यास गराए भने उनीहरूलाई भन्छन्– स्त्री त सर्पिणी हो, तर द्रौपदीले त पुकारेकी
छिन्, दु:शासनले मलाई नग्न गर्दैछन्। अहिले पनि अबलाहरूले कति पुकार्छन्– हाम्रो
लाज राख। बाबा, यिनीहरूले हामीलाई धेरै पिट्छन्। भन्छन्– विष देऊ नत्र मारिदिन्छु।
बाबा, यी बन्धनहरूबाट छुटाउनुहोस्। बाबा भन्नुहुन्छ– बन्धन त खतम हुनु नै छ, फेरि
२१ जन्म कहिल्यै नग्न हुँदैनौ। त्यहाँ विकार हुँदैन। यो मृत्युलोकमा यो अन्तिम जन्म
हो। यो हो नै विकारी दुनियाँ।
अर्को कुरा, बाबा
सम्झाउनुहुन्छ– यस समयमा मानिसहरू कति बेसमझ बनेका छन्। कोही मरे पछि भन्छन्–
स्वर्ग पधार्नुभयो। तर स्वर्ग छ कहाँ। यो त नर्क हो। स्वर्गवासी भयो भने अवश्य
नर्कमा थियो। तर कसैलाई सीधा तिमी नर्कवासी हौ भन्ने हो भने क्रोधमा आएर जोसमा
आउँछन्। यस्ता यस्तालाई तिमीले लेख्नुपर्छ। फलाना स्वर्गवासी भयो भने यसको मतलब तिमी
नर्कवासी हौ नि। हामीले तिमीलाई यस्तो युक्ति बताउँछौँ, जसबाट तिमी साँच्चिकै
स्वर्गमा जान्छौ। यो पुरानो दुनियाँ त अब खतम हुनुछ। अखबारमा निकाल– यो लडाइँपछि
विश्वमा शान्ति हुनेछ, ५ हजार वर्ष पहिलाजस्तै। त्यहाँ एउटै आदि सनातन देवी-देवता
धर्म थियो। उनीहरूले फेरि भन्छन्– त्यहाँ पनि कंस, जरासन्ध आदि असुर थिए, त्रेतामा
रावण थियो। अब उनीहरूसँग कसले टाउको दुखाउने। ज्ञान र भक्तिमा रात-दिनको फरक छ। यति
सहज कुरा पनि मुस्किलले कसैको बुद्धिमा बस्छ। त्यसैले यस्ता यस्ता स्लोगन
बनाउनुपर्छ। यो लडाइँपछि विश्वमा शान्ति हुनुछ ड्रामा अनुसार। कल्प कल्प विश्वमा
शान्ति हुन्छ, फेरि कलियुग अन्त्यमा अशान्ति हुन्छ। सत्ययुगमा नै शान्ति हुन्छ। यो
पनि तिमीले लेख्न सक्छौ, गीतामा भुल गर्नाले नै भारतवर्षको यो हालत भएको हो। पूरा
८४ जन्म लिने श्रीकृष्णको नाम राखिदिएका छन्। श्री नारायणको पनि राखेका छैनन्। उनका
फेरि पनि ८४ जन्महरूमध्ये केही दिन कम भनिन्छ नि। श्रीकृष्णको पूरा ८४ जन्म हुन्छ।
शिवबाबा आउनुहुन्छ बच्चाहरूलाई हीरा जस्तो बनाउन, त्यसैले उहाँको लागि फेरि डिब्बा
पनि यस्तो सुनको चाहिन्छ, जसमा बाबा आएर प्रवेश गर्नुहुन्छ। तर यो सुनको कसरी बन्छ,
त्यसको तुरुन्तै उहाँलाई साक्षात्कार गराउनुभयो– तिमी त विश्वको मालिक बन्छौ। अब म
एकलाई याद गर, पवित्र बन, त्यसपछि तुरुन्तै पवित्र हुन थाले। पवित्र नबनी त ज्ञानको
धारणा हुन सक्दैन। सिंहिनीको दुधको लागि सुनको बर्तन चाहिन्छ। यो ज्ञान त हो परमपिता
परमात्माको। यसलाई धारण गर्नका लागि पनि सुनको बर्तन चाहिन्छ। पवित्र हुनुपर्छ तब
धारणा हुन्छ। पवित्रताको प्रतिज्ञा गरेर फेरि गिरे भने योगको यात्रा नै खतम हुन्छ।
ज्ञान पनि खतम हुन्छ। कसैलाई भन्न सक्दैनन्– भगवानुवाच, काम महाशत्रु हो। उनीहरूको
तीर लाग्दैन। उनीहरू फेरि कुक्कड ज्ञानी बन्छन्। कुनै पनि विकार हुनुहुँदैन। दिनहुँ
पोतामेल राख। जसरी बाबा सर्वशक्तिमान् हुनुहुन्छ, त्यसैगरी माया पनि सर्वशक्तिमान्
छ। आधाकल्प रावणको राज्य चल्छ। यसमाथि विजय बाबा सिवाए अरू कसैले दिलाउन सक्दैन।
ड्रामा अनुसार रावण राज्य पनि हुनु नै छ। भारतवर्षको नै हार र जितमा यो ड्रामा बनेको
छ। यो कुरा बाबाले तिमी बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। मुख्य हो पवित्र हुने कुरा।
बाबा भन्नुहुन्छ– म आउँछु नै पतितहरूलाई पावन बनाउन। बाँकी बसेर शास्त्रहरूमा
पाण्डव र कौरवहरूको लडाइँ, जुवा आदि देखाएका छन्। यस्तो कुरा कसरी हुन सक्छ।
राजयोगको पढाइ यस्तो हुन्छ र? युद्धको मैदानमा गीता पाठशाला हुन्छ र? कहाँ
जन्म-मरणरहित शिवबाबा, कहाँ पूरा ८४ जन्म लिने श्रीकृष्ण। उहाँको नै अन्तिम जन्ममा
बाबा आएर प्रवेश गर्नुहुन्छ। कति क्लियर छ। गृहस्थ व्यवहारमा रहेर पवित्र पनि
बन्नुछ। संन्यासीहरूले त भन्छन्– दुवै सँगै रहेर पवित्र रहन सकिदैन। भन– तपाईहरूलाई
त कुनै प्राप्ति हुँदैन, त्यसैले कसरी पवित्र रहन सक्नुहुन्छ। यहाँ त विश्वको
बादसाही मिल्छ। बाबा भन्नुहुन्छ– मेरो खातिर कुलको लाज राख। शिवबाबा भन्नुहुन्छ–
यिनको दाह्रीको लाज राख। यो एक अन्तिम जन्म पवित्र रह्यौ भने स्वर्गको मालिक बन्छौ।
आफ्नो लागि नै मेहनत गर्छौ। अरू कोही स्वर्गमा आउन सक्दैन। यहाँ तिम्रो राजधानी
स्थापना भइरहेको छ। यसमा सबै चाहिन्छन् नि। त्यहाँ मन्त्री त हुँदैनन्। राजाहरूलाई
राय सल्लाहको आवश्यकता नै पर्दैन। पतित राजाहरूको पनि एउटा मन्त्री हुन्छ। यहाँ त
हेर कति मन्त्रीहरू छन्। आपसमा लडिरहन्छन्। बाबाले सबै झन्झटहरूबाट छुटाउनुहुन्छ। ३
हजार वर्ष फेरि कुनै लडाइँ हुँदैन। जेल आदि हुँदैन। अदालत आदि केही हुँदैन। त्यहाँ
त सुखै सुख हुन्छ। यसको लागि पुरुषार्थ गर्नुछ। मृत्यु शिरमा उभिएको छ। यादको
यात्राले विकर्माजित बन्नुछ। तिमी नै सन्देशवाहक हौ जसले सबैलाई बाबाको सन्देश
दिन्छौ– मनमनाभव। अच्छा!
धारणाको लागि
मुख्य सारः–
१) ज्ञानको धारणा गर्नका लागि पवित्र बनेर बुद्धिरूपी भाँडोलाई स्वच्छ बनाउनुछ।
केवल कुक्कड ज्ञानी बन्नुछैन।
२) डाइरेक्ट बाबाको
अगाडि आफ्नो सबैथोक अर्पण गर्दै श्रीमतमा चलेर २१ जन्महरूको लागि राज्य पद लिनुछ।
वरदान:–
हर शक्तिलाई
कार्यमा लगाएर वृद्धि गर्ने श्रेष्ठ धनवान वा समझदार भव
समझदार बच्चाहरूले हर
शक्तिलाई कार्यमा लगाउने विधि जान्दछन्। जसले जति शक्तिहरूलाई कार्यमा लगाउँछन्,
त्यति उनीहरूका ती शक्तिहरू वृद्धि हुन्छन्। त्यसैले यस्तो ईश्वरीय बजेट बनाऊ,
जसबाट विश्वका हरेक आत्माले तिमीद्वारा केही न केही प्राप्ति गरेर तिम्रो गुणगान
गरोस्। सबैलाई केही न केही दिनु नै छ। चाहे मुक्ति देऊ, चाहे जीवनमुक्ति देऊ।
ईश्वरीय बजेट बनाऊ र सर्व शक्तिहरूको बचत गरेर जम्मा गर अनि जम्मा भएको शक्तिद्वारा
सर्व आत्माहरूलाई भिखारीपनबाट, दु:ख अशान्तिबाट मुक्त गर।
स्लोगन:–
शुद्ध
सङ्कल्पहरूलाई आफ्नो जीवनको अनमोल खजाना बनायौ भने मालामाल बन्छौ।
मातेश्वरीजीका अनमोल
महावाक्य – “ अब विकर्म बनाउने प्रतिस्पर्धा गर्नुछै न”
सबैभन्दा पहिला त
आफूले यो लक्ष्य अवश्य राख्नुछ- हामीले कुनै पनि रीतिले आफ्ना विकारहरूलाई वश
गर्नुछ, अनि मात्रै ईश्वरीय सुख शान्तिमा रहन सक्छौँ। हाम्रो मुख्य पुरुषार्थ हो–
स्वयं शान्तिमा रहेर अरूलाई शान्तिमा ल्याउनु, यसमा सहनशक्ति अवश्य चाहिन्छ। सारा
कुरा आफैमाथि आधारित छ, यस्तो होइन कसैले केही भन्यो भने अशान्तिमा आउनुपर्छ, होइन।
ज्ञानको पहिलो गुण हो सहनशक्ति धारण गर्नु। हेर, अज्ञानकालमा भनिन्छ– हुन त कसैले
कति नै गाली गरोस्, यस्तो सम्झ कि मलाई त्यो गाली कहाँ लागेको छ र? हुन त जसले गाली
गर्छ, ऊ आफैँ त अशान्तिमा आउँछ, उनीहरूको हिसाबकिताब आफ्नो बन्छ। तर हामी पनि
अशान्तिमा आयौँ, केही भनिदियौँ भने फेरि हाम्रो विकर्म बन्छ, त्यसैले विकर्म बनाउने
प्रतिस्पर्धा गर्नुछैन। हामीले त विकर्महरूलाई भस्म गर्नुछ, न कि बनाउनुछ, यस्ता
विकर्म त जन्मजन्मान्तर बनाउँदै आयौँ र दु:ख भोग्दै आयौँ। अहिले त नलेज मिलिरहेको
छ– यी पाँच विकारहरूलाई जित। विकारहरूको पनि ठुलो विस्तार छ, धेरै सूक्ष्म रीतिले
आउँछन्। कहिले ईर्ष्या आउँछ अनि सोच्छन्– यसले यस्तो गर्यो भने मैले किन नगरूँ? यो
ठुलो भुल हो। आफूलाई त अभुल बनाउनुछ, यदि कसैले केही भन्यो भने यस्तो सम्झ– यो पनि
मेरो परीक्षा हो, कतिसम्म म भित्र सहनशक्ति छ? यदि कसैले भन्यो– मैले धेरै सहन गरेँ,
एक पटक पनि जोश आयो भने अन्त्यमा फेल भयो। जसले भन्छ, उसले आफ्नो कुरा बिगार्छ तर
आफूलाई त बनाउनुछ, न कि बिगार्नुछ, त्यसैले राम्रो पुरुषार्थ गरेर जन्मजन्मान्तरको
लागि राम्रो प्रारब्ध बनाउनुछ। बाँकी जो विकारहरूको वशमा छन्, अर्थात् उनीहरूमा भूत
प्रवेश छ, भूतहरूको भाषा नै यस्तो निस्किन्छ तर जो दैवी आत्माहरू छन्, उनीहरूको भाषा
दैवी नै निस्किन्छ। त्यसैले आफूलाई दैवी बनाउनुछ, न कि आसुरी। अच्छा, ओम् शान्ति।
अव्यक्त इसारा –
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
परमात्म-प्यारको
अनुभवी बन्यौ भने यही अनुभवले सहजयोगी बनेर उडिरहन्छौ। परमात्म-प्यार उडाउने साधन
हो। उड्नेवाला कहिल्यै धरतीको आकर्षणमा आउन सक्दैन। मायाको कति नै आकर्षित रूप भए
पनि त्यो आकर्षण उड्ती कला हुनेहरूकहाँ पुग्न सक्दैन।