01.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी यस पुरुषोत्तम सङ्गमयुगमा नै उत्तम भन्दा उत्तम पुरुष बन्नुछ , सबैभन्दा उत्तम पुरुष हुन् यी लक्ष्मी-नारायण।”

प्रश्न:–
तिमी बच्चाहरूले बाबाको साथमा कुन एउटा गुप्त कार्य गरिरहेका छौ?

उत्तर:–
आदि सनातन देवी-देवता धर्म र दैवी राजधानीको स्थापना, तिमीले बाबाको साथमा गुप्त रूपमा यो कार्य गरिरहेका छौ। बाबा बागवान हुनुहुन्छ जसले आएर काँडाको जङ्गललाई फूलको बगैँचा बगैंचा बनाइरहनुभएको छ। त्यो बगैँचामा कुनै पनि डरलाग्दा दु:ख दिने चीजहरू हुँदैनन्।

गीत:–
आखिर वह दिन आया आज.....

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। सम्झाउनुहुन्छ भने अवश्य शरीरद्वारा। आत्माले शरीरबिना कुनै पनि कार्य गर्न सक्दैन। रुहानी बाबाले पनि एकैपटक पुरुषोत्तम सङ्गमयुगमा शरीर लिनुपर्छ। यो सङ्गमयुग पनि हो, यसलाई पुरुषोत्तम युग पनि भनिन्छ किनकि यस सङ्गमयुगपछि फेरि सत्ययुग आउँछ। सत्ययुगलाई पनि पुरुषोत्तम युग भनिन्छ। बाबा आएर स्थापना पनि पुरुषोत्तम युगको गर्नुहुन्छ। सङ्गमयुगमा आउनुहुन्छ, त्यसैले अवश्य त्यो पनि पुरुषोत्तम युग भयो। यहाँ नै बच्चाहरूलाई पुरुषोत्तम बनाउनुहुन्छ। फेरि तिमी नयाँ दुनियाँमा पुरुषोत्तम हुन्छौ। पुरुषोत्तम अर्थात् उत्तमभन्दा उत्तम पुरुष यी राधा-कृष्ण अथवा लक्ष्मी-नारायण हुन्। यो ज्ञान पनि तिमीलाई छ। अरू धर्मकाले पनि मान्नेछन्– अवश्य यिनीहरू स्वर्गका मालिक हुन्। भारतवर्षको धेरै ठुलो महिमा छ। तर भारतवर्षका मानिसहरू आफैलाई थाहा छैन। भनिन्छ पनि– फलाना स्वर्गवासी भयो तर स्वर्ग के चीज हो, यो बुझ्दैनन्। आफै सिद्ध गर्छन् स्वर्ग गयो, यसको मतलब नर्कमा थियो। स्वर्ग त बाबाले स्थापना गरेपछि मात्र हुन्छ। त्यो त नयाँ दुनियाँलाई नै भनिन्छ। दुई कुरा छन् नि– स्वर्ग र नर्क। मानिसहरूले त स्वर्गको अवधि लाखौँ वर्ष भनिदिन्छन्। तिमी बच्चाहरूले बुझेका छौ– हिजो स्वर्ग थियो, यिनीहरूको राज्य थियो, फेरि बाबाबाट वर्सा लिइरहेका छौ।

बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! तिम्रो आत्मा पतित छ त्यसैले नर्कमा नै छ। भनिन्छ पनि– अब कलियुगको अवधि ४० हजार वर्ष बाँकी छ, त्यसैले अवश्य कलियुगवासी भनिन्छ नि। पुरानो दुनियाँ त छ नि। मानिसहरू बिचरा घोर अन्धकारमा छन्। अन्त्यमा आगो लागेपछि यी सबै खतम हुनेछन्। तिम्रो प्रीत बुद्धि छ, नम्बरवार पुरुषार्थ अनुसार। जति प्रीत बुद्धि हुन्छ त्यति उच्च पद पाउनेछौ। बिहान उठेर धेरै प्यारले बाबालाई याद गर्नुछ। प्रेमको आँसु नै आए पनि आओस् किनकि धेरै समयपछि बाबा आएर मिल्नुभएको छ। बाबा हजुर आएर हामीलाई दु:खबाट छुटाउनुहुन्छ। हामी विषय सागरमा डुबुल्की लगाउँदै कति दु:खी हुँदै आएका छौँ। अहिले यो हो रौरव नर्क। अहिले तिमीलाई बाबाले सारा चक्रको रहस्य सम्झाउनुभएको छ। मूलवतन के हो– त्यो पनि आएर बताउनुभएको छ। पहिला तिमीलाई थाहा थिएन, यसलाई भनिन्छ नै काँडाको जङ्गल। स्वर्गलाई भनिन्छ गार्डन अफ अल्लाह, फूलको बगैँचा। बाबालाई बागवान पनि भनिन्छ नि। तिमीलाई फूलबाट फेरि काँडा कसले बनाउँछ? रावणले। तिमी बच्चाहरूले बुझेका छौ– भारतवर्ष फूलको बगैँचा थियो, अहिले जङ्गल छ। जङ्गलमा जनावर, बिच्छी आदि हुन्छन्। सत्ययुगमा कुनै डरलाग्दा जनावर आदि हुँदैनन्। शास्त्रहरूमा त धेरै कुरा लेखिदिएका छन्। श्रीकृष्णलाई सर्पले डस्यो, यो भयो। श्रीकृष्णलाई फेरि द्वापरमा लगेका छन्। बाबाले सम्झाउनुभएको छ– भक्ति बिल्कुल अलग चीज हो, ज्ञान सागर एउटै बाबा हुनुहुन्छ। यस्तो होइन कि ब्रह्मा-विष्णु-शङ्कर ज्ञानका सागर हुन्। होइन, पतित-पावन एउटै ज्ञान सागरलाई भनिन्छ। ज्ञानबाट नै मनुष्यको सद्गति हुन्छ। सद्गतिका स्थान छन् दुई– मुक्तिधाम र जीवनमुक्तिधाम। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यो राजधानी स्थापना भइरहेको छ, तर गुप्त। बाबा नै आएर आदि सनातन देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ, त्यसपछि सबै आ-आफ्नो मनुष्य चोलामा आउँछन्। बाबाको त आफ्नो चोला छैन, त्यसैले उहाँलाई निराकार परमपिता भनिन्छ। बाँकी सबै साकार छन्। उहाँलाई भनिन्छ निराकार आत्माहरूका पिता निराकार भगवान। तिमी आत्माहरू पनि त्यहाँ रहन्छौ। बाबा पनि त्यहाँ रहनुहुन्छ। तर गुप्त हुनुहुन्छ। बाबा नै आएर आदि सनातन देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ। मूलवतनमा कुनै दु:ख हुँदैन। बाबा भन्नुहुन्छ– तिम्रो कल्याण छ नै एक कुरामा– बाबालाई याद गर, मनमनाभव। बस्, बाबाको बच्चा बन्यौ, बच्चालाई वर्सा स्वत: प्राप्त हुने कुरा हो। अल्फलाई याद गऱ्यौ भने सत्ययुगी नयाँ दुनियाँको वर्सा अवश्य प्राप्त हुन्छ। यस पतित दुनियाँको विनाश पनि अवश्य हुनु नै छ। अमरपुरीमा जानु नै छ। अमरनाथले तिमी पार्वतीहरूलाई अमरकथा सुनाइरहनुभएको छ। तीर्थहरूमा कति मानिसहरू जान्छन्, अमरनाथमा कति जान्छन्। त्यहाँ केही पनि छैन। सबै ठगी हो। सत्यको रत्ति पनि छैन। गायन पनि छ– झुठी काया झुठी माया... यसको पनि अर्थ हुनुपर्छ। यहाँ छ नै झुट। यो पनि ज्ञानको कुरा हो। यस्तो होइन– गिलासलाई गिलास भन्नु झुटो हो। बाँकी बाबाको बारेमा जे जति भन्छन् त्यो झुटै भन्छन्। सत्य बोल्ने एउटै बाबा हुनुहुन्छ। अहिले तिमीलाई थाहा छ– बाबा आएर सच्चा सच्चा सत्य नारायणको कथा सुनाउनुहुन्छ। झुटा हीरा मोती पनि हुन्छन् नि। आजकाल झुटोको धेरै सो छ। त्यसको चमक यस्तो हुन्छ– सक्कलीभन्दा पनि राम्रो। यी नक्कली पत्थर पहिला थिएनन्। पछि बेलायतबाट आएका हुन्। नककली र सक्कली सँगै मिसाइदिन्छन्, थाहै हुँदैन। फेरि यस्ता चीजहरू पनि निस्किए जसबाट जाँच्छन्। मोती पनि यस्ता नक्कली निस्किएका छन् जुन अलिकति पनि पत्ता लाग्न सक्दैन। अहिले तिमी बच्चाहरूलाई कुनै संशय हुँदैन। संशय भएका फेरि आउँदै आउँदैनन्। प्रदर्शनीमा कति धेरै आउँछन्। बाबा भन्नुहुन्छ– अब ठुला ठुला दोकान खोल, यो एउटै तिम्रो सक्कली दोकान हो। तिमीले सक्कली दोकान खोल्छौ। ठुला ठुला संन्यासीहरूका ठुला ठुला दोकान हुन्छन्, जहाँ ठुला ठुला मानिसहरू जान्छन्। तिमीले पनि ठुला ठुला सेन्टर खोल। भक्तिमार्गको सामग्री बिल्कुल अलग हुन्छ। यस्तो भनिँदैन– भक्ति सुरुदेखि नै चल्दै आएको हो। होइन। ज्ञानबाट हुन्छ सद्गति अर्थात् दिन। त्यहाँ तिमी सम्पूर्ण निर्विकारी विश्वका मालिक थियौ। मानिसहरूलाई यो पनि थाहा छैन– यी लक्ष्मी-नारायण विश्वका मालिक थिए। सूर्यवंशी र चन्द्रवंशी, त्यहाँ अरू कुनै धर्म हुँदैन। बच्चाहरूले गीत पनि सुन्यौ। तिमीले बुझेका छौ– आखिर त्यो सङ्गमको दिन आयो आज, जुन दिनमा हामी आएर आफ्नो बेहदका बाबासँग मिल्यौँ। बेहदको वर्सा पाउनको लागि पुरुषार्थ गर्छौँ। सत्ययुगमा त यस्तो भनिँदैन– आखिर त्यो दिन आयो आज। उनीहरूले सम्झन्छन्– धेरै अन्न हुनेछ, यो हुनेछ। सम्झन्छन्– स्वर्गको स्थापना हामीले गर्छौँ। सम्झन्छन्– विद्यार्थीको नयाँ ब्लड (पिँढी) हो, यिनीहरूले धेरै मद्दत गर्नेछन् भनेर सरकारले पनि उनीहरूमाथि धेरै मेहनत गर्छ। अनि फेरि ढुङ्गामुढा आदिले पनि उनीहरूले नै हान्छन्। होहल्ला मच्चाउनमा सबैभन्दा पहिला विद्यार्थी नै अगाडि हुन्छन्। उनीहरू धेरै होसियार हुन्छन्। तिनीहरूलाई न्यु ब्लड (नयाँ पिँढी) भनिन्छ। अब न्यु ब्लडको त कुरा छैन। त्यो हो ब्लड कनेक्सन (रगतको सम्बन्ध), अहिले तिम्रो यो हो रुहानी कनेक्सन। भनिन्छ नि– बाबा म हजुरको दुई महिनाको बच्चा हुँ। कयौँ बच्चाहरूले रुहानी बर्थ डे मनाउँछन्। ईश्वरीय बर्थ डे नै मनाउनुपर्छ। त्यो जिस्मानी बर्थ डे क्यान्सिल गरिदिनुपर्छ। हामीले ब्राह्मणहरूलाई नै खुवाउनेछौँ। मनाउनु त यो पर्छ नि। त्यो हो आसुरी जन्म, यो हो ईश्वरीय जन्म। रातदिनको फरक छ, तर जब निश्चयमा बस्छन्। यस्तो होइन, ईश्वरीय जन्म मनाएर फेरि गएर आसुरी जन्ममा जाउन्। यस्तो पनि हुन्छ। ईश्वरीय जन्म मनाउँदा मनाउँदै फेरि गायब हुन्छन्। आजकाल त म्यारिज डे (विवाहको वर्षगाँठ) पनि मनाउँछन्, मानौँ विवाहलाई राम्रो शुभ कार्य सम्झन्छन्। जहन्नुम (नर्क) मा जाने दिन पनि मनाउँछन्। आश्चर्य छ नि। बाबा बसेर यी सबै कुरा सम्झाउनुहुन्छ। अब तिमीले त ईश्वरीय ब्राह्मणहरूसँग नै बर्थ डे मनाउनुछ, हामी शिवबाबाका बच्चा हौँ, हामीले ईश्वरीय बर्थ डे मनायौँ भने शिवबाबाको नै याद रहनेछ। जुन बच्चाहरू निश्चयबुद्धि छन् उनीहरूले ईश्वरीय जन्मदिन मनाउनुपर्छ। त्यो आसुरी जन्म नै बिर्सियोस्। यो पनि बाबाले राय दिनुहुन्छ। यदि पक्का निश्चय बुद्धि छ भने। बस् हामी त बाबाका बन्यौँ, एक बाबा दोस्रो न कोही, फेरि अन्त मति सो गति हुनेछ। बाबाको यादमा मरियो भने अर्को जन्म पनि त्यस्तै मिल्नेछ। होइन भने अन्तकाल जो स्त्री सिमरे... यो पनि ग्रन्थमा छ। यहाँ फेरि भन्छन्– अन्त्य समयमा गङ्गाको तट होस्। यी सबै भक्तिमार्गका कुरा हुन्। तिमीलाई बाबा भन्नुहुन्छ– शरीर छुट्दा पनि स्वदर्शन चक्रधारी होऊ। बुद्धिमा बाबा र चक्र याद रहोस्। त्यो त अवश्य पुरुषार्थ गरिराख्छौ भने मात्र अन्त्यकालमा बाबाको याद आउनेछ। आफूलाई आत्मा सम्झ र बाबालाई याद गर किनकि तिमी बच्चाहरू अब अशरीरी भएर फर्केर जानुछ। यहाँ पार्ट खेल्दाखेल्दै सतोप्रधानबाट तमोप्रधान बनेका छौ। अब फेरि सतोप्रधान बन्नुछ। यस समयमा आत्मा नै अपवित्र छ, अनि शरीर फेरि पवित्र कसरी मिल्न सक्छ? बाबाले धेरै उदाहरण दिएर सम्झाउनुभएको छ फेरि पनि जौहरी हुनुहुन्छ नि। मिसावट गहनामा होइन, सुनमा मिसिन्छ। २४ क्यारेटबाट २२ क्यारेट बनाउनुछ भने चाँदी हाल्छन्। अहिले त सुन छैन। सबैसँग लिइरहन्छन्। आजकाल नोट पनि हेर कसरी बनाउँछन्। कागज पनि हुँदैन। बच्चाहरूले बुझेका छौ– कल्प कल्प यस्तो हुँदै आएको छ। पूरा जाँच गर्छन्। बैङ्कमा लकर आदि खोल्छन्। जसरी कसैको तलासी आदि लिइन्छ नि। गायन पनि छ– किनकी दबी रही धुलमें...। आगो पनि जोडले लाग्छ। तिमी बच्चाहरूलाई थाहा छ– यो सबै हुनुछ त्यसैले तिमीले भविष्यको लागि ब्याग ब्यागेज (झिटिगुन्टा) तयार गरिरहेका छौ। अरू कसैलाई कहाँ थाहा छ र, तिमीलाई नै वर्सा मिल्छ २१ जन्मको लागि। तिम्रै पैसाले विश्वलाई स्वर्ग बनाइरहनुभएको छ, जसमा फेरि तिमी नै निवास गर्नेछौ।

तिमी बच्चाहरूले आफ्नै पुरुषार्थले आफैले राजतिलक लिन्छौ। गरिब निवाज बाबा स्वर्गको मालिक बनाउन आउनुभएको छ तर बन्छौ त आफ्नो पढाइले। कृपा वा आशीर्वादले होइन। टिचरको त पढाउनु धर्म हो। कृपाको कुरा छैन। टिचरलाई सरकारबाट तलब मिल्छ। त्यसैले अवश्य पढाउँछन्। यति ठुलो पुरस्कार मिल्छ। पदमापदमपति बन्छौ। श्रीकृष्णको पाउमा पदमको निसानी देखाउँछन्। तिमी यहाँ आएका छौ भविष्यमा पदमपति बन्न। तिमी धेरै सुखी, धनवान, अमर बन्छौ। कालमाथि विजय पाउँछौ। यी कुराहरू मानिसहरूले बुझ्न सक्दैनन्। तिम्रो आयु पूरा हुन्छ, अमर बन्छौ। उनीहरूले फेरि पाण्डवहरूको चित्र लम्बाचौडा बनाइदिएका छन्। सम्झन्छन्– पाण्डवहरू यति अग्ला थिए। तर पाण्डव त तिमी हौ। कति रातदिनको फरक छ। मानिस कुनै धेरै अग्लो त हुँदैन। ६ फुट जतिको हुन्छ। भक्तिमार्गमा पहिला सुरुमा शिवबाबाको भक्ति हुन्छ। उहाँको मूर्ति त ठुलो बनाउँछन् नि। पहिला शिवबाबाको अव्यभिचारी भक्ति चल्छ। फेरि देवताहरूको मूर्ति बनाउँछन्। उनीहरूका फेरि ठुला ठुला चित्र बनाउँछन्। फेरि पाण्डवहरूका ठुला ठुला चित्र बनाउँछन्। यी सबै चित्र पूजाको लागि बनाउँछन्। लक्ष्मीको पूजा १२ महिनामा एकपटक गर्छन्। जगत अम्बाको पूजा दिनहुँ गरिरहन्छन्। यो पनि बाबाले सम्झाउनुभएको छ– तिम्रो डबल पूजा हुन्छ। मेरो त केवल आत्मा अर्थात् लिङ्गको नै हुन्छ। तिम्रो सालिग्रामको रूपमा पनि पूजा हुन्छ र फेरि देवताहरूको रूपमा पनि पूजा हुन्छ। रुद्र यज्ञ रच्छन् त्यतिबेला कति सालिग्राम बनाउँछन्, त्यसोभए को ठुलो भयो? त्यसैले बाबाले बच्चाहरूलाई नमस्ते गर्नुहुन्छ। कति उच्च पद प्राप्त गराउनुहुन्छ।

बाबाले कति गुह्य-गुह्य कुरा सुनाउनुहुन्छ, त्यसैले बच्चाहरूलाई कति खुसी हुनुपर्छ। हामीलाई भगवानले पढाउनुहुन्छ भगवान-भगवती बनाउनको लागि। कति आभारी हुनुपर्छ। बाबाको यादमा रहँदा सपना पनि राम्रो देखिनेछ। साक्षात्कार पनि हुनेछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफ्नो ईश्वरीय रुहानी बर्थ डे मनाउनुछ, रुहानी कनेक्सन राख्नुछ, ब्लड कनेक्सन होइन। आसुरी जिस्मानी बर्थ डे पनि क्यान्सिल। त्यो फेरि याद पनि नआओस्।

२) आफ्नो ब्याग ब्यागेज भविष्यको लागि तयार गर्नुछ। आफ्नो पैसा विश्वलाई स्वर्ग बनाउने सेवामा सफल गर्नुछ। आफ्नो पुरुषार्थले आफूलाई राजतिलक दिनुछ।

वरदान:–
स्नेह र सहयोगको विधिद्वारा सहज योगी भव

बापदादालाई बच्चाहरूको स्नेह नै मन पर्छ, जो यज्ञ स्नेही र सहयोगी बन्छन् उनीहरू सहजयोगी स्वत: बन्छन्। सहयोग सहजयोग हो। दिलवाला बाबालाई दिलको स्नेह र दिलको सहयोग नै प्रिय हुन्छ। सानो मन भएकाले सानो सौदा गरेर खुसी हुन्छन् र ठुलो मन भएकाले बेहदको सौदा गर्छन्। मूल्य स्नेहको हो, चीजको होइन त्यसैले सुदामाको काँचो चामलको गायन छ। कसैले जतिसुकै दिए पनि यदि स्नेह छैन भने जम्मा हुँदैन। स्नेहले अलिकति पनि जम्मा गऱ्यो भने त्यो पदम हुन्छ।

स्लोगन:–
समय र शक्ति व्यर्थ नजाओस्, यसको लागि पहिला सोच अनि पछि गर।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ

बापदादाले बच्चाहरूलाई विशेष इसारा दिइरहनुभएको छ– प्यारा बच्चाहरू! अब तीव्र पुरुषार्थको लगनलाई अग्निरूपमा ल्याऊ, ज्वालामुखी बन। जेजति मनको, सम्बन्ध-सम्पर्कको हिसाबकिताब रहेका छन्– तिनलाई ज्वालास्वरूपको यादले भस्म गर।