01.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
यस रुहानी विश्व विद्यालय का विद्यार्थी हौ , तिम्रो काम हो सारा युनिभर्सलाई बाबाको
सन्देश दिनु।”
प्रश्न:–
अहिले तिमी
बच्चाहरूले कुन ढोल पिट्छौ र कुन कुरा सम्झाउँछौ?
उत्तर:–
तिमीले ढोल
पिट्छौ– यो नयाँ दैवी राजधानी फेरि स्थापना भइरहेको छ। अनेक धर्मको अब विनाश हुनुछ।
तिमीले सबैलाई सम्झाउँछौ– सबै बेफिक्र रहनु, यो अन्तर्राष्ट्रिय समस्या हो। लडाइँ
अवश्य लाग्नुछ, यसपछि दैवी राजधानी आउँछ।
ओम् शान्ति ।
यो हो रुहानी
विश्व विद्यालय। सारा युनिभर्सका जे जति आत्माहरू छन्, विश्व विद्यालयमा ती
आत्माहरूले नै पढ्छन्। युनिभर्स अर्थात् विश्व। अब काइदा अनुसार विश्व विद्यालय
शब्द तिमी बच्चाहरूको हो। यो हो रुहानी विश्व विद्यालय। जिस्मानी विश्व विद्यालय
हुँदैन नै। यो एउटै ईश्वरीय विश्व विद्यालय हो। सबै आत्माहरूलाई पाठ (लेसन) मिल्छ।
तिम्रो यो सन्देश कुनै न कुनै प्रकारले सबैलाई अवश्य पुग्नुपर्छ, सन्देश दिनुछ नि र
यो सन्देश बिल्कुल सिम्पल छ। बच्चाहरूलाई थाहा छ– उहाँ हाम्रो बेहदका बाबा
हुनुहुन्छ, जसलाई सबैले याद गर्छन्। यसो पनि भनौँ– उहाँ हाम्रो बेहदका माशुक
हुनुहुन्छ, जति पनि विश्वमा जीव आत्माहरू छन् उनीहरूले उहाँ माशुकलाई अवश्य याद
गर्छन्। यी प्वइन्टहरू राम्रोसँग धारण गर्नुछ। जो फ्रेस बुद्धि हुन्छन् उनीहरूले
राम्रोसँग धारण गर्न सक्छन्। युनिभर्समा जे जति आत्माहरू छन् ती सबैका बाबा एउटै
हुनुहुन्छ। विश्व विद्यालयमा त मानिसहरूले नै पढ्छन् नि। अहिले तिमी बच्चाहरूलाई यो
पनि थाहा छ– हामीले नै ८४ जन्म लिन्छौँ। ८४ लाखको त कुरा नै छैन। युनिभर्समा जे जति
आत्माहरू छन्, यस समयमा ती सबै पतित छन्। यो हो नै फोहोरी दुनियाँ, दु:खधाम।
त्यसलाई सुखधाममा लैजानेवाला एक बाबा नै हुनुहुन्छ, उहाँलाई मुक्तिदाता पनि भनिन्छ।
तिमी सारा युनिभर्स वा विश्वको मालिक बन्छौ नि। बाबाले सबैको लागि भन्नुहुन्छ– यो
सन्देश पहुँचाएर आऊ। बाबालाई सबैले याद गर्छन्, उहाँलाई गाइड, लिबरेटर, मर्सिफुल (रहमदिल)
पनि भनिन्छ। अनेक भाषाहरू छन् नि। सबै आत्माहरूले एकलाई पुकार्छन् त्यसैले उहाँ एउटै
सारा युनिभर्सको टिचर पनि हुनुभयो नि। बाबा त हुनुहुन्छ नै तर यो कसैलाई थाहा छैन–
उहाँ हामी सबै आत्माहरूका टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। सबैलाई गाइड पनि
गर्नुहुन्छ। यहाँ बेहदका गाइडलाई केवल तिमी बच्चाहरूले नै चिन्दछौ। तिमी
ब्राह्मणहरूबाहेक अरू कसैले चिन्दैनन्। आत्मालाई पनि तिमीले जानेका छौ– आत्मा के
चीज हो। दुनियाँमा त एक पनि मनुष्य छैन, सारा विश्वमा कसैलाई पनि थाहा छैन– आत्मा
के चीज हो। ठीकै छ भन्छन्– भृकुटीको बीचमा चम्किन्छ अजब सितारा। तर समझ केही पनि
हुँदैन। अहिले तिमीलाई थाहा छ– आत्मा त अविनाशी छ। त्यो कहिल्यै ठुलो वा सानो
हुँदैन। जस्तो तिम्रो आत्मा छ, बाबा पनि त्यस्तै बिन्दु हुनुहुन्छ। ठुलो सानो
हुनुहुन्न। उहाँ पनि आत्मा हुनुहुन्छ केवल परम आत्मा हुनुहुन्छ, सुप्रिम हुनुहुन्छ।
अवश्य सबै आत्माहरू परमधाममा रहन्छन्। यहाँ आउँछन् पार्ट खेल्न। फेरि आफ्नो परमधाम
जाने कोसिस गर्छन्। परमपिता परमात्मालाई सबैले याद गर्छन् किनकि आत्माहरूलाई
परमपिताले नै मुक्तिमा पठाउनुभएको थियो त्यसैले उहाँलाई नै याद गर्छन्। आत्मा नै
तमोप्रधान बनेको छ। याद किन गर्छन्? यति पनि थाहा छैन। जसरी बच्चाले भन्छ– “बाबा”,
बस्। उसलाई केही पनि थाहा नै हुँदैन। तिमीले पनि बाबा मम्मा भन्छौ, जान्न केही पनि
जान्दैनौ। भारतवर्षमा एउटा राष्ट्रियता (नेसनालिटी) थियो, त्यसलाई डिटि नेसनालिटी
भनिन्छ। फेरि पछि अरू पनि त्यसमा प्रवेश भएका छन्। अहिले कति धेरै भएका छन्, त्यसैले
यति झगडा आदि हुन्छन्। जहाँ जहाँ धेरै घुसेका छन्, उनीहरूलाई त्यहाँबाट निकाल्ने
कोसिस गरिरहन्छन्। धेरै झगडा भएका छन्। अन्धकार पनि धेरै भएको छ। केही त सीमा पनि
हुनुपर्छ नि। कलाकारहरूको सीमित सङ्ख्या हुन्छ। यो पनि बनिबनाउ खेल हो। यसमा जति पनि
कलाकारहरू छन्, त्यसमा घटिबढी हुन सक्दैन। सबै कलाकारहरू स्टेजमा आइसकेपछि फेरि
उनीहरूलाई फर्किनु पनि छ। जे जति कलाकारहरू रहेका हुन्छन्, ती आइरहन्छन्। ठीकै छ
जतिसुकै नियन्त्रण आदि गर्नको लागि मेहनत गरिरहन्छन्, तर गर्न सक्दैनन्। भन, हामी
बि.के. ले यस्तो बर्थ कन्ट्रोल गरिदिन्छौँ जसबाट गएर बाँकी ९ लाख रहन्छन्। फेरि सारा
जनसङ्ख्या नै कम हुन्छ। हामीले तपाईंलाई सत्य बताउँछौँ, अब स्थापना गरिरहेका छौँ।
नयाँ दुनियाँ, नयाँ वृक्ष अवश्य सानो नै हुन्छ। यहाँ त यो नियन्त्रण गर्न सक्दैनन्
किनकि झन् झन् तमोप्रधान हुँदै जान्छ। वृद्धि हुँदै जान्छ। कलाकारहरू जति पनि आउने
छन्, यहाँ नै आएर शरीर धारण गर्छन्। यी कुराहरू कसैले बुझ्दैनन्। तीक्ष्ण बुद्धिले
सम्झन्छन्– राजधानीमा त हरेक प्रकारका पार्टधारी हुन्छन्। सत्ययुगमा जुन राजधानी
थियो त्यो फेरि स्थापना भइरहेको छ। ट्रान्सफर हुन्छन्। तिमी अहिले तमोप्रधानबाट
सतोप्रधान क्लासमा ट्रान्सफर हुन्छौ। पुरानो दुनियाँबाट नयाँ दुनियाँमा जान्छौ।
तिम्रो पढाइ यस दुनियाँको लागि होइन। यस्तो विश्व विद्यालय अरू कुनै हुन सक्दैन।
परमात्मा पिताले नै भन्नुहुन्छ– मैले तिमीलाई अमरलोकको लागि पढाउँछु। यो मृत्युलोक
समाप्त हुनुछ। सत्ययुगमा यी लक्ष्मी-नारायणको राजधानी थियो। यो स्थापना कसरी भयो,
यो कसैलाई थाहा छैन।
बाबा सदैव भन्नुहुन्छ–
जहाँ तिमीले भाषण गर्छौ त्यहाँ यो लक्ष्मी-नारायणको चित्र अवश्य राख। यसमा मिति पनि
अवश्य लेखिएको होस्। तिमीले सम्झाउन सक्छौ– नयाँ विश्वको सुरुवातदेखि १२५० वर्षसम्म
यस राजवंशको राज्य थियो। जसरी भनिन्छ नि– क्रिस्चियन राजवंशको राज्य थियो। एकअर्काको
पछाडि थपिँदै आउँछन्। त्यसैले यो देवता राजवंश हुँदा अर्को कोही थिएन। अब फेरि यो
राजवंश स्थापना भइरहेको छ। बाँकी सबैको विनाश हुनुछ। लडाइँ पनि सामुन्ने उपस्थित छ।
भागवत आदिमा यसमाथि पनि कहानी लेखिदिएका छन्। सानैमा यी कहानी आदि सुनिरहन्थेँ।
अहिले तिमीलाई थाहा छ– यो राज्य भाग्य कसरी स्थापना हुन्छ। अवश्य बाबाले नै राजयोग
सिकाउनुभएको हो। जो पास हुन्छन् उनीहरू विजय मालाको दाना बन्छन् र अरू कसैले यस
मालालाई जान्दैनन्। तिमीले नै जान्दछौ। तिम्रो प्रवृत्ति मार्ग हो। माथि बाबा खडा
हुनुहुन्छ, उहाँको आफ्नो शरीर छैन। फेरि ब्रह्मा सरस्वती नै लक्ष्मी-नारायण बन्छन्।
पहिला चाहिन्छ बाबा त्यसपछि जोडी। रुद्राक्षका दाना हुन्छन् नि। नेपालमा एउटा वृक्ष
हुन्छ, जहाँबाट यी रुद्राक्षका दाना आउँछन्। त्यसमा सच्चा पनि हुन्छन्। जति सानो
त्यति दाम धेरै। अहिले तिमीले अर्थ बुझिसकेका छौ। यो विष्णुको विजय माला अथवा रुण्ड
माला बन्छ। उनीहरू त केवल माला जप्दै जप्दै राम राम गरिरहन्छन्, अर्थ केही पनि छैन।
माला जप्छन्। यहाँ बाबाले त भन्नुहुन्छ– मलाई याद गर। यो हो अजपाजाप। मुखबाट केही
बोल्नुछैन। गीत पनि स्थूल हुन्छ। बच्चाहरूले त केवल बाबालाई याद गर्नुछ। नत्र फेरि
गीत आदि याद आइरहन्छन्। यहाँ मूल कुरा हो नै यादको। तिमी आवाजभन्दा पर जानुछ। बाबाको
निर्देशन हो नै मनमनाभव। बाबाले कहाँ भन्नुहुन्छ र– गीत गाऊ, चिच्याऊ। मेरो महिमा
गायन गर्ने पनि आवश्यकता छैन। यो त तिमीलाई थाहा छ– उहाँ ज्ञानको सागर, सुखशान्तिको
सागर हुनुहुन्छ। मानिसहरूले जान्दैनन्। त्यसै नाम राखिदिएका छन्। तिमीबाहेक अरू
कसैले पनि जान्दैनन्। बाबा नै आएर आफ्नो नाम रूप आदि बताउनुहुन्छ– म कस्तो छु, तिमी
आत्मा कस्ता छौ! तिमीले धेरै मेहनत गर्छौ– पार्ट खेल्न। आधाकल्प भक्ति गरेका छौ, म
त यस्तो पार्टमा आउन्नँ। म दु:खसुखबाट न्यारा छु। तिमीले दु:ख भोग्छौ फेरि तिमीले
नै सुख भोग्छौ– सत्ययुगमा। तिम्रो पार्ट मेरोभन्दा पनि उच्च छ। म त आधाकल्प त्यहीँ
आरामले बसिरहन्छु वानप्रस्थमा। तिमीले मलाई पुकार्दै आउँछौ। यस्तो होइन– म त्यहाँ
बसेर तिम्रो पुकार सुन्छु। मेरो पार्ट नै यस समयको हो। ड्रामाको पार्टलाई मैले
जान्दछु। अब ड्रामा पूरा भएको छ, म गएर पतितहरूलाई पावन बनाउने पार्ट खेल्नुछ र अरू
कुनै कुरा हुँदैन। मानिसहरूले सम्झन्छन्– परमात्मा सर्वशक्तिमान् हुनुहुन्छ,
अन्त्यर्यामी हुनुहुन्छ। सबैको भित्र के के चल्छ, त्यो जान्नुहुन्छ। बाबा
भन्नुहुन्छ– यस्तो होइन। तिमी बिल्कुल तमोप्रधान बनिसकेपछि एक्युरेट टाइममा म
आउनुपर्छ। साधारण तनमा नै आउँछु। तिमी बच्चाहरूलाई आएर दु:खबाट छुटाउँछु। एक धर्मको
स्थापना ब्रह्माद्वारा, अनेक धर्महरूको विनाश शङ्करद्वारा... हाहाकारपछि जयजयकार
हुन्छ। कति हाहाकार हुनेछ। धेरै आपदरूमा मरिरहन्छन्। प्राकृतिक प्रकोपको पनि धेरै
मद्दत हुन्छ। नत्र मानिसहरू धेरै रोगी, दु:खी हुन्छन्। बाबा भन्नुहुन्छ– बच्चाहरू
दु:खमा नपरिरहुन् त्यसैले प्राकृतिक प्रकोप पनि यति जोडले आउँछन् जसले सबैलाई खतम
गरिदिन्छन्। बमहरू त केही होइनन्, प्राकृतिक प्रकोपले धेरै मद्दत गर्छन्। भूकम्पमा
धेरै खतम हुन्छन्। पानीको एक-दुई विघ्न आयो यो खतम। समुद्रमा पनि अवश्य छाल उठ्छन्।
धरतीलाई निल्छ, १०० फुट माथिसम्म पानीको छाल आयो भने के गर्छ। यो हो हाहाकारको
दृश्य। यस्तो दृश्य देख्नको लागि हिम्मत चाहिन्छ। मेहनत पनि गर्नुछ, निर्भय पनि
बन्नुछ। तिमी बच्चाहरूमा अहङ्कार बिल्कुल हुनुहुँदैन। देहीअभिमानी बन। देहीअभिमानी
हुनेहरू धेरै मीठा हुन्छन्। बाबा भन्नुहुन्छ– म त हुँ निराकार र विचित्र। यहाँ आउँछु–
सेवा गर्नको लागि। हेर मेरो कति प्रशंसा गर्छन्। ज्ञानको सागर... हे बाबा! फेरि
भन्छन्– पतित दुनियाँमा आउनुहोस्। तिमीले निमन्त्रणा त धेरै राम्रो दिन्छौ। यसो पनि
भन्दैनौ– स्वर्गमा आएर सुख त हेर्नुहोस्। भन्छन्– हे पतित-पावन हामी पतित छौँ,
हामीलाई पावन बनाउन आउनुहोस्! निमन्त्रणा हेर कस्तो छ। एकदम तमोप्रधान पतित दुनियाँ
र फेरि पतित शरीरमा बोलाउँछन्। धेरै राम्रो निमन्त्रणा दिन्छन् भारतवर्ष निवासीहरूले!
ड्रामामा रहस्य नै यस्तो छ। यिनलाई पनि कहाँ थाहा थियो र– यो मेरो धेरै जन्महरूको
अन्त्यको जन्म हो। बाबाले प्रवेश गर्नुभएको छ त्यसपछि बताउनुहुन्छ। बाबाले हरेक
कुराको रहस्य सम्झाउनुभएको छ। ब्रह्मा नै बन्नी (पत्नी) बन्नुछ। बाबा आफैले
भन्नुहुन्छ– मेरो यी बन्नी हुन्। म यिनमा प्रवेश गरेर यिनीद्वारा तिमीलाई आफ्नो
बनाउँछु। यी सच्चा सच्चा ठुली आमा भइन् र ती एडप्टेड आमा ठहरिइन्। तिमीले यिनलाई
माता पिता भन्न सक्छौ। शिवबाबालाई केवल फादर नै भनिन्छ। यी हुन् ब्रह्माबाबा। मम्मा
गुप्त छिन्। ब्रह्मा आमा हुन् तर तन पुरुषको छ। यिनले त सम्हाल्न सक्दैनन् त्यसैले
एडप्ट गरिएको छ बच्चीलाई। नाम राखिएको छ मातेश्वरी। यिनी प्रमुख भइन्। ड्रामा
अनुसार हुन् नै एक सरस्वती। बाँकी दुर्गा, काली आदि सबै अनेक नाम हुन्। माता पिता त
एक मात्रै हुन्छन् नि। तिमीहरू सबै हौ बच्चा। गायन पनि छ– ब्रह्माकी छोरी सरस्वती।
तिमी ब्रह्माकुमार कुमारीहरू हौ नि। तिम्रा नाम धेरै छन्। यी सबै कुराहरू तिमीहरू
मध्ये पनि नम्बरवारले बुझ्छौ। पढाइमा पनि नम्बरवार त हुन्छन् नि। एक अर्कासँग
मिल्दैन। यो राजधानी स्थापना भइरहेको छ। यो बनिबनाउ ड्रामा हो। यसलाई विस्तारले
बुझ्नुछ। धेरै प्वइन्टहरू छन्। कानुन पढे फेरि त्यसमा पनि नम्बरवार हुन्छन्। कुनै
वकिलले त २-३ लाख कमाउँछन्। कसैलाई त हेर कपडा पनि फाटेको लगाउँछन्। यसमा पनि यस्तै
छन्।
त्यसैले बच्चाहरूलाई
सम्झाइएको छ– यो अन्तर्राष्ट्रिय झमेला हो। अहिले तिमीले सम्झाउँछौ– सबै बेफिक्र
रहनुछ। लडाइँ त अवश्य लाग्नु नै छ। तिमीले ढोल पिट्छौ– नयाँ दैवी राजधानी फेरि
स्थापना भइरहेको छ। अनेक धर्महरूको विनाश हुन्छ। कति क्लियर छ। प्रजापिता
ब्रह्माबाट यी प्रजा रचिन्छ। भन्नुहुन्छ– यो हो मेरो मुख वंशावली। तिमी मुख वंशावली
ब्राह्मण हौ। उनीहरू कोख वंशावली ब्राह्मण हुन्। उनीहरू हुन् पुजारी, तिमी अहिले
पूज्य बनिरहेका छौ। तिमीलाई थाहा छ– हामी पूज्य देवता बनिरहेका छौँ। अहिले तिम्रो
लाइटको ताज छैन। तिम्रो आत्मा पवित्र बनिसकेपछि यो शरीर छोडिदिन्छ। यस शरीरमा
तिमीलाई लाइटको ताज दिन सकिँदैन, सुहाउँदैन। यस समयमा तिमी हौ गायनलायक। यस समयमा
कसैको पनि आत्मा पवित्र छैन, त्यसैले कसैको पनि यस समयमा लाइटको ताज हुन सक्दैन।
लाइट सत्ययुगमा हुन्छ। दुई कला कम हुनेलाई पनि यो लाइट दिनुहुँदैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो स्थिति यस्तो अचल र निर्भय बनाउनुछ जसबाट अन्तिम विनाशको दृश्यलाई देख्न
सकियोस्। देहीअभिमानी बन्ने मेहनत गर्नुछ।
२) नयाँ राजधानीमा
उच्च पद पाउनको लागि पढाइमा पूरा पूरा ध्यान दिनुछ। पास भएर विजय मालाको दाना
बन्नुछ।
वरदान:–
सदा भगवान र
भाग्यको स्मृतिमा रहने सर्वश्रेष्ठ भाग्यवान् भव
सङ्गमयुगमा
चैतन्यस्वरूपमा भगवानले बच्चाहरूको सेवा गरिरहनुभएको छ। भक्तिमार्गमा सबैले भगवानको
सेवा गर्छन् तर यहाँ चैतन्य ठाकुरहरूको सेवा स्वयं भगवानले गर्नुहुन्छ। अमृतवेला
उठाउनुहुन्छ, भोग लगाउनुहुन्छ, सुताउनुहुन्छ। गीतका रेकर्डमा सुत्ने र बाबाको आदरले
उठ्ने, यस्ता लाडला वा सर्वश्रेष्ठ भाग्यवान् हामी ब्राह्मण हौँ– यही भाग्यको खुसीमा
सदा झुलिराख। केवल बाबाको लाडला बन, मायाको होइन। जो मायाको लाडला बन्छन् उनीहरूले
धेरै चञ्चलता देखाउँछन्।
स्लोगन:–
आफ्नो
हर्षितमुख चेहराबाट सर्व प्राप्तिहरूको अनुभूति गराउनु– यही सच्चा सेवा हो।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
अशरीरी बन्नु अर्थात्
आवाजभन्दा पर हुनु। शरीर छ भने आवाज हुन्छ। शरीरभन्दा पर भयौ भने साइलेन्स हुन्छ।
एक सेकेन्डमा सेवाको सङ्कल्पमा आयौ र एक सेकेन्डमा सङ्कल्पभन्दा परको स्वरूपमा
स्थित भयौ। कार्यप्रति शारीरिक भानमा आयौ फेरि सेकेन्डमा अशरीरी भयौ, यो ड्रिल पक्का
भइसकेपछि मात्र सबै परिस्थितिहरूको सामना गर्न सक्छौ।