02.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी आपसमा धेरै धेरै रुहानी स्नेहले रहनुपर्छ , कहिल्यै पनि मतभेदमा आउनुहुँदैन।”

प्रश्न:–
हरेक ब्राह्मण बच्चाले आफ्नो मनलाई कुनचाहिँ कुरा सोध्नुपर्छ?

उत्तर:–
आफ्नो मनलाई सोध– १. म ईश्वरको दिलमा चढेको छु! २. ममा कहाँसम्म दैवी गुणहरूको धारणा भएको छ? ३. म ब्राह्मणले ईश्वरीय सेवामा बाधा त पार्दिन! ४. सदा क्षीरखण्ड (मिलनसार) रहन्छु! हाम्रो आपसमा एकमत छ? ५. मैले सदा श्रीमतको पालन गरेको छु?

गीत:–
भोलेनाथ से निराला...

ओम् शान्ति ।
तिमी बच्चाहरू हौ ईश्वरीय सम्प्रदाय। पहिला थियौ आसुरी सम्प्रदाय। आसुरी सम्प्रदायलाई यो थाहा छैन– भोलानाथ कसलाई भनिन्छ। यो पनि जान्दैनन्– शिव शङ्कर भिन्ना भिन्नै हुन्। उनी शङ्कर देवता हुन्, शिव बाबा हुनुहुन्छ। केही पनि जान्दैनन्। अब तिमी हौ ईश्वरीय सम्प्रदाय अथवा ईश्वरीय परिवार। त्यो हो रावणको आसुरी परिवार। कति फरक छ। अहिले तिमीले ईश्वरीय परिवारमा ईश्वरद्वारा एकअर्कामा रुहानी प्यार कस्तो हुनुपर्छ, यो सिकिरहेका छौ। एकअर्कामा ब्राह्मण कुलमा यो रुहानी प्यार यहाँबाट भर्नुछ। जसको पूरा प्यार हुँदैन, उसले पूरा पद पनि पाउँदैन। त्यहाँ त हुन्छ नै एक धर्म, एक राज्य। आपसमा कुनै झगडा हुँदैन। यहाँ त राजधानी छैन। ब्राह्मणहरूमा पनि देह अभिमान हुनाले मतभेदमा आउँछन्। यस्तो मतभेदमा आउनेहरूले सजाय खाएर फेरि पास हुन्छन्। फेरि त्यहाँ एक धर्ममा रहन्छन्, त्यसैले त्यहाँ शान्ति हुन्छ। अब त्यतातिर छ आसुरी सम्प्रदाय वा आसुरी परिवार (फ्यामिली-टाइप)। यहाँ छ ईश्वरीय परिवार। भविष्यको लागि दैवीगुण धारण गरिरहेका छन्। बाबाले सर्वगुण सम्पन्न बनाउनुहुन्छ। सबै त बन्दैनन्। जो श्रीमतमा चल्छन्, उनीहरू नै विजयमालाका दाना बन्छन्। जो बन्दैनन्, उनीहरू प्रजामा आउँछन्। त्यहाँ त ईश्वरीय सरकार (डिटी गभर्मेन्ट) छ। त्यहाँ १०० पर्सेन्ट पवित्रता, शान्ति, समृद्धि हुन्छ। अब यो ब्राह्मण कुलमा दैवीगुण धारण गर्नुछ। कसैले त राम्रोसँग दैवीगुण धारण गर्छन्, अरूलाई गराइरहन्छन्। ईश्वरीय कुलको आपसमा रुहानी स्नेह पनि सबै देहीअभिमानी भएपछि मात्रै हुन्छ, त्यसैले पुरुषार्थ गरिरहन्छन्। अन्त्यमा पनि सबैको अवस्था एकरस, एकैनासको त हुन सक्दैन। फेरि सजाय खाएर पदभ्रष्ट हुन्छन्। सानो पद पाउँछन्। ब्राह्मणहरूमा पनि कोही आपसमा क्षीरखण्ड भएर रहँदैनन्, आपसमा नुनपानी (मनमुटाव) भएर रहन्छन्, दैवीगुण धारण गरेनन् भने उच्च पद कसरी पाउन सक्छन्! नुनपानी भए भने कहीँ ईश्वरीय सेवामा पनि बाधा पारिरहन्छन्। जसको नतिजा के हुन्छ– उनीहरूले त्यति उच्च पद पाउन सक्दैनन्। एकातर्फ पुरुषार्थ गर्छन् क्षीरखण्ड हुने, अर्कोतर्फ मायाले नुनपानी बनाइदिन्छ, जसले गर्दा सर्भिसको सट्टा डिससर्भिस गर्छन्। बाबा बसेर सम्झाउनुहुन्छ– तिमी हौ ईश्वरीय परिवारका। बस्छौ पनि ईश्वरसँगै। कोही साथमा बस्छन्, कोही अर्को अर्को गाउँमा बस्छन् तर छौ त सँगै नि! बाबा पनि भारतखण्डमा आउनुहुन्छ। मानिसहरूले यो जान्दैनन्, शिवबाबा कहिले आउनुहुन्छ, आएर के गर्नुहुन्छ? तिमीलाई बाबाद्वारा अहिले परिचय मिलेको छ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई अब तिमीले जान्दछौ। दुनियाँलाई थाहा छैन– यो चक्र कसरी घुम्छ, अहिले कुन समय हो, बिल्कुल घोर अन्धकारमा छन्।

तिमी बच्चाहरूलाई रचयिता बाबाले आएर सारा समाचार सुनाउनुभएको छ। साथसाथै सम्झाउनुहुन्छ– हे सालिग्रामहरू! मलाई याद गर। यो कुरा शिवबाबाले भन्नुहुन्छ आफ्ना बच्चाहरूलाई। तिमी पावन बन्न चाहन्छौ नि! पुकार्दै आएका छौ। अहिले म आएको छु। शिवबाबा आउनुहुन्छ नै– भारतवर्षलाई फेरि शिवालय बनाउन, रावणले वेश्यालय बनाएको छ। आफै गाउँछन्– हामी पतित विकारी छौँ। भारतवर्ष सत्ययुगमा सम्पूर्ण निर्विकारी थियो। निर्विकारी देवताहरूलाई विकारी मनुष्यले पूजा गर्छन्। फेरि निर्विकारी नै विकारी बन्छन्। यो कसैलाई थाहा छैन। पूज्य त निर्विकारी थिए, फेरि पुजारी विकारी बनेका छन्, त्यसैले त बोलाउँछन्– हे पतितपावन आउनुहोस्, आएर निर्विकारी बनाउनुहोस्! बाबा भन्नुहुन्छ– यो अन्तिम जन्म तिमी पवित्र बन। म एकलाई याद गर, त्यसबाट तिम्रो पाप काटिन्छ र तिमी तमोप्रधानबाट सतोप्रधान देवता बन्छौ, फेरि चन्द्रवंशी क्षत्रिय परिवार आउँछौ। यस समयमा तिमी हौ ईश्वरीय परिवार, फेरि दैवी परिवारमा २१ जन्म रहन्छौ। यो ईश्वरीय परिवारमा तिमीले अन्तिम जन्म बिताउँछौ। यसमा तिमीले पुरुषार्थ गरेर फेरि सर्वगुण सम्पन्न बन्नुछ। तिमी पूज्य थियौ– अवश्य राज्य गर्थ्यौ, फेरि पुजारी बनेका छौ। यो सम्झाउनुपर्छ नि! भगवान् बाबा हुनुहुन्छ। हामी उहाँका बच्चा हौँ, त्यसैले उहाँका परिवार भयौँ नि! गाउँछन् पनि– तिमी मातापिता हामी बालक तिम्रा... त्यसैले उहाँका परिवार ठहरियौँ नि! अब बाबाबाट अपार सुख मिल्छ। बाबा भन्नुहुन्छ– तिमी अवश्य परिवार हौ। तर ड्रामा प्लान अनुसार रावण राज्यमा आएपछि फेरि तिमी दुःखमा आउँछौ, अनि बोलाउँछौ। यस समयमा तिमी वास्तविक परिवार हौ। फेरि तिमीलाई भविष्य २१ जन्मको लागि वर्सा दिन्छु। यो वर्सा फेरि दैवी परिवारमा २१ जन्म कायम रहन्छ। दैवी परिवार सत्ययुग त्रेतासम्म चल्छ। फेरि रावण राज्य आएपछि यो कुरा बिर्सिन्छन्– हामी दैवी परिवारका हौँ। वाममार्गमा गएपछि आसुरी परिवार हुन्छ। तिमी ६३ जन्म सिँढी गिर्दै आएका छौ। यो सारा ज्ञान तिम्रो बुद्धिमा छ। कसैलाई पनि तिमीले सम्झाउन सक्छौ। वास्तवमा तिमी देवीदेवता धर्मका हौ। सत्ययुगभन्दा पहिला थियो कलियुग। सङ्गममा तिमीलाई मनुष्यबाट देवता बनाइन्छ। बीचमा छ यो सङ्गम। तिमीलाई ब्राह्मण धर्मबाट फेरि दैवी धर्ममा ल्याउनुहुन्छ। सम्झाइन्छ– लक्ष्मीनारायणले यो राज्य कसरी लिए। उनीहरूभन्दा पहिला आसुरीराज्य थियो, फेरि दैवीराज्य कहिले र कसरी भयो। बाबा भन्नुहुन्छ– कल्प कल्प सङ्गममा आएर तिमीलाई ब्राह्मण, देवता, क्षत्रिय धर्ममा ल्याउँछु। यो हो भगवानको परिवार। सबैले भन्छन्– परमात्मा पिता। तर बाबालाई नजानेका हुनाले अनाथ बनेका छन्, त्यसैले बाबा आउनुहुन्छ घोर अन्धकारबाट उज्यालो बनाउन। अहिले स्वर्ग स्थापना भइरहेको छ। तिमी बच्चाहरूले पढिरहेका छौ, दैवीगुण धारण गरिरहेका छौ। यो पनि थाहा हुनुपर्छ– शिवजयन्ती मनाउँछन्, शिवजयन्तीपछि फेरि के हुन्छ? अवश्य दैवीराज्यको जयन्ती भएको होला नि! स्वर्ग स्थापक बाबाले स्वर्गको स्थापना गर्न स्वर्गमा त आउनुहुन्न। भन्नुहुन्छ– म नर्क र स्वर्गको बीचमा सङ्गममा आउँछु। शिवरात्रि भन्छन् नि! त्यसैले म रातमा आउँछु। यो तिमी बच्चाहरूले बुझ्न सक्छौ। जसले बुझ्छन्, उनीहरूले अरूलाई पनि धारण गराउँछन्। मनमा पनि उनै चढ्छन् जो मनसा-वाचा-कर्मणा सेवामा तत्पर रहन्छन्। जस्तो जस्तो सेवा, त्यति मनमा चढ्छन्। कोही अलराउन्डर सेवाधारी हुन्छन्। सबै काम सिक्नुपर्छ। खाना पकाउनु, रोटी पकाउनु, भाँडा माझ्नु... यो पनि सेवा हो नि! बाबाको याद हो फस्ट। उहाँको यादले नै विकर्म विनाश हुन्छन्। यहाँको वर्सा मिलेको छ। त्यहाँ सर्वगुण सम्पन्न रहन्छन्। यथा राजा रानी तथा प्रजा। दुःखको कुरा हुँदैन। यस समयमा सबै नर्कवासी छन्। सबैको उतरतीकला छ। फेरि अहिले चढ्तीकला हुन्छ। बाबाले सबैलाई दुःखबाट छुटाएर सुखमा लैजानुहुन्छ, त्यसैले बाबालाई मुक्तिदाता भनिन्छ। यहाँ तिमीलाई नसा छ– हामीले बाबाबाट वर्सा लिइरहेका छौँ, लायक बनिरहेका छौँ। लायक त उसलाई भनिन्छ, जसले अरूलाई राजकीय पद पाउनलायक बनाउँछ। यो पनि बाबाले सम्झाउनुभएको छ– पढ्नेहरू त धेरै आउँछन्। यस्तो होइन– सबैले ८४ जन्म लिन्छन्। जसले थोरै पढ्छन्, उनीहरू ढिलो आउँछन्, त्यसैले जन्म पनि कम हुन्छ नि! कसैको ८०, कसैको ८२, कोही छिटो आउँछन्, कोही पछि आउँछन्... सारा पढाइमा आधारित छ। साधारण प्रजा पछि आउँछन्। उनीहरूको ८४ जन्म हुन सक्दैन। पछि आइरहन्छन्। जो बिल्कुल लास्टमा हुन्छ, उसले त्रेताको अन्त्यमा आएर जन्म लिन्छ। फेरि वाममार्गमा जान्छन्। ओर्लन सुरुहुन्छ। भारतवर्षका मानिसहरूले कसरी ८४ जन्म लिए, उनीहरूको यो सिँढी हो। यो गोला हो ड्रामाको रूपमा। जो पावन थिए, उनीहरू नै अब पतित बनेका छन्, फेरि पावन देवता बन्छन्। बाबा आउनुहुन्छ त्यसपछि सबैको कल्याण हुन्छ, त्यसैले यसलाई कल्याणकारी युग भनिन्छ। बलिहारी बाबाको हो, जसले सबैको कल्याण गर्नुहुन्छ। सत्ययुगमा सबैको कल्याण थियो, कुनै दुःख थिएन, यो त सम्झाउनुपर्छ– हामी ईश्वरीय परिवारका हौँ। ईश्वर सबैका पिता हुनुहुन्छ। यहाँ नै तिमीले मातापिता गायन गर्छौ। त्यहाँ त केवल पिता भनिन्छ। यहाँ तिमी बच्चाहरूलाई आमाबुबा मिल्छन्। यहाँ तिमी बच्चाहरूलाई एडप्ट गरिन्छ। पिता रचयिता हुनुहुन्छ भने माता पनि हुनुपर्छ। नत्र रचना कसरी हुन्छ! स्वर्ग स्थापक बाबाले कसरी स्वर्ग स्थापना गर्नुहुन्छ, यो न भारतर्वषका मानिसले जान्दछन्, न बेलायतका मानिसले नै जान्दछन्। अहिले तिमीलाई थाहा छ– नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश, त्यो अवश्य सङ्गममा नै हुन्छ। अहिले तिमी सङ्गममा छौ। अहिले बाबा सम्झाउनुहुन्छ– म एकलाई याद गर। आत्माले याद गर्नुछ– परमपिता परमात्मालाई। आत्मा र परमात्मा अलग रहे धेरै काल... सुन्दर मेला कहाँ हुन्छ! सुन्दर मेला अवश्य यहीँ हुन्छ। परमात्मा बाबा यहाँ आउनुहुन्छ, यसलाई भनिन्छ कल्याणकारी सुन्दर मेला। जीवनमुक्तिको वर्सा सबैलाई दिनुहुन्छ। जीवनबन्धनबाट छुट्छन्। शान्तिधाम त सबै जान्छन्– फेरि आउँदा सतोप्रधान हुन्छन्। धर्म स्थापनाको लागि आउँछन्। तल उनीहरूको जनसङ्ख्या बढेपछि राज्य भाग्यको लागि पुरुषार्थ गर्छन्, त्यतिबेलासम्म कुनै झगडा आदि हुँदैन। सतोप्रधानबाट रजोमा आउँछन् र लडाइँ-झगडा सुरु गर्छन्। पहिला सुख, फेरि दुःख। अहिले बिल्कुल दुर्गति पाएका छन्। यो कलियुगी दुनियाँको विनाश, फेरि सत्ययुगी दुनियाँको स्थापना हुनुछ। विष्णुपुरीको स्थापना गरिरहनुभएको छ ब्रह्माद्वारा। जसले जस्तो पुरुषार्थ गर्छ, त्यस अनुसार विष्णुपुरीमा आएर प्रारब्ध पाउँछ। यी बुझ्नुपर्ने धेरै राम्रा राम्रा कुरा हुन्। यस समयमा तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ– हामीले ईश्वरबाट भविष्य २१ जन्मको वर्सा पाइरहेका छौँ। जति पुरुषार्थ गरेर आफूलाई एक्युरेट बनाउँछौ... तिमी एक्युरेट बन्नुछ। घडी पनि लिभर र सिलेन्डर हुन्छ नि! लिभर धेरै एक्युरेट हुन्छ। बच्चाहरूमा कैयौँ एक्युरेट बन्छन्। कैयौँ एक्युरेट हुँदैनन्, त्यसैले सानो पद हुन्छ। पुरुषार्थ गरेर एक्युरेट बन्नुपर्छ। अहिले सबै एक्युरेट चल्दैनन्। सेवा गराउने त एउटै बाबा हुनुहुन्छ। तकदिर बनाउन पुरुषार्थमा कमी छ, त्यसैले पद सानो पाउँछन्। श्रीमतमा नचलेका हुनाले, आसुरीअवगुण नछोडेका हुनाले, योगमा नरहेकाले यो सबै हुन्छ। योगमा रहँदैनन् भने फेरि मानौँ पण्डित। योग कम छ, त्यसैले शिवबाबातर्फ प्रेम हुँदैन। धारणा पनि कम हुन्छ, त्यो खुसी हुँदैन। अनुहार नै मानौँ मुर्दाजस्तो हुन्छ। तिम्रो अनुहार त सदैव हर्षित हुनुपर्छ। जसरी देवताहरूको हुन्छ। बाबाले तिमीलाई कति वर्सा दिनुहुन्छ। कुनै गरिबको बच्चा धनवानकहाँ गयो भने उसलाई कति खुसी हुन्छ। तिमी धेरै गरिब थियौ। अब बाबाले एडप्ट गर्नुभएको छ, त्यसैले खुसी हुनुपर्छ। हामी ईश्वरीय सम्प्रदायका बनेका छौँ। तर तकदिरमा छैन भने के गर्न सकिन्छ र! पदभ्रष्ट हुन्छ। पटरानी बन्दैनन्। बाबा आउनुहुन्छ नै पटरानी बनाउन। तिमी बच्चाहरूले कसैलाई पनि सम्झाउन सक्छौ– ब्रह्मा, विष्णु, शङ्कर तीनै शिवका बच्चा हुन्। शिवबाबाले भारतवर्षलाई फेरि स्वर्ग बनाउनुहुन्छ ब्रह्माद्वारा। शङ्करद्वारा पुरानो दुनियाँको विनाश हुन्छ, भारतवर्षमा नै बाँकी थोरै बच्छन्। प्रलय त हुँदैन, तर धेरै खतम हुन्छन्, त्यसैले मानौँ प्रलय हुन्छ। रातदिनको फरक पर्छ। ती सबै मुक्तिधाममा जान्छन्। यो पतितपावन बाबाकै काम हो। बाबा भन्नुहुन्छ– देहीअभिमानी बन। नत्र पुराना सम्बन्धी याद आइरहन्छन्। छोडेका पनि छन्, फेरि पनि बुद्धि गइरहन्छ। नष्टोमोहा छैनन्, यसलाई व्यभिचारी याद भनिन्छ। सदगति पाउन सक्दैनन् किनकि दुर्गतिवालाहरूलाई याद गरिरहन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बापदादाको दिलमा चढ्नको लागि मनसा-वाचा-कर्मणा सेवा गर्नुछ। एक्युरेट र अलराउन्डर बन्नुछ।

२) यस्तो देहीअभिमानी बन्नुछ, जसबाट कुनै पनि पुराना सम्बन्धी याद नआऊन्। आपसमा धेरै धेरै रुहानी प्यारले रहनुछ, नुनपानी हुनुछैन।

वरदान:–
विश्व परिवर्तनको श्रेष्ठ कार्यमा आफ्नो अङ्गु ल ी दिने महान् एवम् निर्माण भव

जसरी कुनै स्थूल चीज बनाउँदा त्यसमा सबै चीजहरू राखिन्छ, कुनै साधारण गुलियो वा नुन पनि कम भयो भने राम्रो चीज पनि खान योग्य बन्न सक्दैन। त्यसरी नै विश्व परिवर्तनको यो श्रेष्ठ कार्यको लागि हरेक रत्नको आवश्यकता छ। सबैको अङ्गुली चाहिन्छ। सबै आआफ्नो रीतिले धेरै धेरै आवश्यक श्रेष्ठ महारथी हौ, त्यसैले आफ्नो कार्यको श्रेष्ठताको मूल्यलाई पहिचन गर, सबै महान् आत्माहरू हौ। तर जति महान् छौ, त्यति निर्माण पनि बन।

स्लोगन:–
आफ्नो स्वभावलाई इजी (सरल) बनायौ भने सबै कार्य इजी हुन्छन्।

अव्यक्त इसारा :– यस अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

जीवित हुँदै, समय नाजुक भएको बेलामा, परिस्थितिहरू, समस्याहरू, वायुमण्डल डबल दुषित हुँदै गए पनि त्यसको प्रभावबाट मुक्त हुनुछ, जीवित हुँदै यी सबै भिन्न भिन्न बन्धनहरूबाट मुक्त रहनुछ। एउटा पनि सूक्ष्म बन्धन नरहोस्। हरेक ब्राह्मण बच्चा यस्तो बन्धनमुक्त, जीवनमुक्त बन्नुछ। सङ्गमयुगमा नै यो जीवनमुक्त स्थितिको प्रारब्धको अनुभव गर्नुछ।