02.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ शिव भगवानुवाच– मीठे बच्चे , तिमी ले मलाई याद गर र प्यार गर किनकि म नै तिमीलाई सदा सुखी बनाउन आएको छु।”

प्रश्न:–
जुन बच्चाहरूबाट लापरबाही भइरहन्छ उनीहरूको मुखबाट कुन वचन स्वतः निस्कन्छ?

उत्तर:–
तकदिरमा जे हुन्छ त्यो मिल्छ। स्वर्गमा त गइहालिन्छ नि। बाबा भन्नुहुन्छ– यस्ता बोली पुरुषार्थी बच्चाहरूका हुँदैनन्। उच्च पद पाउनको लागि नै पुरुषार्थ गर्नुछ, बाबा आउनुभएको छ उच्च पद दिन, त्यसैले लापरबाही नगर।

गीत:–
बचपन के दिन भुला न देना...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीतको लाइनको अर्थ बुझ्यौ। अहिले जीवन छँदै तिमी बेहदका बाबाका बनेका छौ। सारा कल्प त हदका बाबाका बनेका छौ। अहिले केवल तिमी ब्राह्मण बच्चाहरू बेहद बाबाका बनेका छौ। तिमीलाई थाहा छ– बेहदका बाबाबाट हामीले बेहदको वर्सा लिइरहेका छौँ। बाबालाई छोड्यौँ भने बेहदको वर्सा मिल्न सक्दैन। हुन त तिमीले सम्झाउँछौ तर थोरैमा त कोही राजी हुँदैनन्। मानिसहरूले धन चाहन्छन्। धन बिना सुख हुन सक्दैन। धन पनि हुनुपर्छ, शान्ति पनि हुनुपर्छ, निरोगी काया पनि हुनुपर्छ। तिमी बच्चाहरूलाई मात्र थाहा छ– दुनियाँमा आज के छ, भोलि के हुनेछ। विनाश त सामुन्ने उभिएको छ। अरू कसैको बुद्धिमा यी कुराहरू छैनन्। बुझे पनि विनाश सामुन्ने छ, तैपनि के गर्नुछ, यो बुझ्दैनन्। तिमी बच्चाहरूले बुझेका छौ– कुनै पनि बेला लडाइँ लाग्न सक्छ, सानो झिल्को निस्कियो भने हिँसात्मक विष्फोट मच्चिन बेर लाग्दैन। बच्चाहरूलाई थाहा छ– यो पुरानो दुनियाँ खतम भएरै छाड्छ, त्यसैले अब छिट्टै बाबाबाट वर्सा लिनुछ। बाबालाई सदैव याद गरेमा धेरै हर्षित हुन्छौ। देह अभिमानमा आएमा बाबालाई भुलेर दुःखी हुन्छौ। जति बाबालाई याद गर्छौ, त्यति बेहदका बाबाबाट सुख पाउँछौ। यहाँ तिमी आएकै हौ यस्ता लक्ष्मीनारायण बन्न। राजारानी बन्नु र प्रजाको नोकरचाकर बन्नु– यसमा धेरै फरक छ नि। अहिलेको पुरुषार्थ फेरि कल्प कल्पान्तरको लागि कायम हुन्छ। अन्त्यमा सबैलाई साक्षात्कार हुनेछ– मैले कति पुरुषार्थ गरेको छु? अहिले पनि बाबा भन्नुहुन्छ– आफ्नो अवस्थालाई हेरिराख। मीठाभन्दा मीठा बाबा, जसबाट स्वर्गको वर्सा मिल्छ, उहाँलाई मैले कति याद गर्छु। तिम्रो सबै पुरुषार्थ यादमा नै आधारित छ। जति याद गर्छौ, त्यति खुसी पनि हुन्छ। बुझेका छौ– अब नजिक आइपुगेका छौँ। कोही थाक्छन् पनि र सोच्छन् थाहा छैन लक्ष्य कति टाढा छ। पुगियो भने मेहनत पनि सफल हुन्छ। अहिले तिमी जुन लक्ष्यमा गइरहेका छौ, यो कुरा दुनियाँलाई थाहा छैन। दुनियाँलाई यो पनि थाहा छैन– भगवान कसलाई भनिन्छ। भन्न त भगवान भन्छन् पनि। फेरि भनिदिन्छन्– भगवान ढुङ्गामाटोमा हुनुहुन्छ।

अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी बाबाका बनिसकेका छौँ। अब बाबाको मतमा नै चल्नुछ। चाहे बेलायतमा छौ, त्यहाँ बस्दा पनि केवल बाबालाई याद गर्नुछ, तिमीलाई यही श्रीमत मिल्छ। आत्मा याद बिना तमोप्रधानबाट सतोप्रधान हुन सक्दैन। तिमीले भन्छौ– बाबा, हामीले हजुरबाट पूरा वर्सा लिन्छौँ। जसरी हाम्रा मम्माबाबाले वर्सा लिनुहुन्छ, हामी पनि पुरुषार्थ गरेर उहाँहरूको गद्दीमा अवश्य बस्नेछौँ। मम्माबाबा राजराजेश्वरी बन्नुहुन्छ भने हामी पनि बन्नेछौँ। परीक्षा त सबैको लागि एउटै हो। तिमीलाई धेरै कम सिकाइन्छ– केवल बाबालाई याद गर। यसलाई भनिन्छ सहज राजयोग बल। तिमीले बुझेका छौ– योगबाट धेरै बल मिल्छ। जान्दछौ– हामीले कुनै विकर्म गरेमा धेरै सजाय खानुपर्छ। पद भ्रष्ट हुन्छ। यादमा नै मायाले विघ्न पार्छ, गायन गरिन्छ– सदगुरुको निन्दकले कहीँ ठाउँ पाउँदैन। उनीहरूले त भन्छन् गुरुको निन्दक... निराकारको विषयमा कसैलाई थाहा छैन। यो पनि गायन गरिन्छ– भक्तहरूलाई फल दिनेवाला भगवान हुनुहुन्छ। साधुसन्त आदि सबै भक्त हुन्। भक्त नै गङ्गा स्नान गर्न जान्छन्। भक्तले भक्तलाई फल कहाँ दिन्छन् र! भक्तले भक्तलाई फल दिने हो भने फेरि भगवानलाई किन याद गर्ने! यो हो नै भक्तिमार्ग । सबै भक्त हुन्। भक्तहरूलाई फल दिनेवाला भगवान हुनुहुन्छ। यस्तो होइन– धेरै भक्ति गर्नेले थोरै भक्ति गर्नेलाई फल दिन्छन्। होइन। भक्ति भनेको भक्ति। रचनाले रचनालाई कसरी वर्सा दिन्छ! वर्सा रचयिताबाट नै मिल्छ। यस समयमा सबै भक्त छन्। ज्ञान मिलेपछि फेरि भक्ति आफै छुट्छ। ज्ञान जिन्दावाद हुन्छ। ज्ञान बिना सदगति कसरी हुन्छ! सबै आफ्नो हिसाबकिताब चुक्ता गरेर जान्छन्। अब तिमी बच्चाहरूलाई थाहा भएको छ– विनाश सामुन्ने उभिएको छ। त्यसभन्दा पहिला पुरुषार्थ गरेर बाबाबाट पूरा वर्सा लिनुछ।

तिमीलाई थाहा छ– हामी पावन दुनियाँमा गइरहेका छौँ, जो ब्राह्मण बन्छन् उनीहरू नै निमित्त बन्छन्। ब्रह्मा मुखवंशावली ब्राह्मण नबनी तिमीले बाबाबाट वर्सा लिन सक्दैनौ। बाबाले बच्चाहरूलाई रच्नु नै हुन्छ वर्सा दिनको लागि। शिवबाबाका त हामी हौँ नै। सृष्टि रच्नुहुन्छ बच्चाहरूलाई वर्सा दिनको लागि। शरीरधारीलाई नै वर्सा दिनुहुन्छ नि। आत्माहरू त माथि बस्छन्। त्यहाँ त वर्सा वा प्रारब्धको कुरै हुँदैन। तिमीले अहिले पुरुषार्थ गरेर प्रारब्ध लिइरहेका छौ, जुन कुरा दुनियाँलाई थाहा छैन। अब समय नजिक आउँदैगइरहेको छ। बमहरू कुनै राख्नको लागि बनाएका होइनन्। तयारीहरू धेरै भइरहेका छन्। अहिले बाबाले हामीलाई आदेश दिनुहुन्छ– मलाई याद गर। नत्र अन्त्यमा धेरै रुनुपर्छ। राजविद्याको परीक्षामा कोही फेल भए भने गएर रिसमा डुबेर मर्छन्। यहाँ रिसको त कुरै छैन। अन्त्यमा तिमीलाई धेरै साक्षात्कार हुनेछन्। तिमी के के बन्नेछौ त्यो पनि थाहा हुन्छ। बाबाको काम हो पुरुषार्थ गराउनु। बच्चाहरूले भन्छन्– बाबा, हामीले कर्म गर्दा याद गर्न भुल्छौँ, कसैले फेरि भन्छन्– याद गर्ने फुर्सद मिल्दैन, यसमा बाबा भन्नुहुन्छ– ठीक छ, समय निकालेर यादमा बस। बाबालाई याद गर। आपसमा भेट्दा पनि यही कोसिस गर– हामीले बाबालाई याद गरौँ। मिलेर बसेमा तिमीले राम्रो याद गर्न सक्छौ, मद्दत मिल्नेछ। मूल कुरा हो बाबालाई याद गर्नु। कोही बेलायत जाँदा त्यहाँ पनि केवल एक कुरा याद राख। बाबाको यादबाट नै तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। बाबा भन्नुहुन्छ– केवल एक कुरा याद गर, बाबालाई याद गर्नुछ। योगबलले सबै पाप भस्म हुन्छन्। बाबा भन्नुहुन्छ– मनमनाभव। मलाई याद गरेमा विश्वको मालिक बन्नेछौ। मूल कुरा यादको हो। कहीँ पनि जाने कुरा छैन। घरमा बस, केवल बाबालाई याद गर। पवित्र बनेनौ भने याद गर्न सक्दैनौ। यस्तो कहाँ हो र सबै आएर क्लासमा पढ्छन्। मन्त्र लियौ फेरि चाहे कहीँ पनि जाऊ। सतोप्रधान बन्ने बाटो त बाबाले बताउनुभएकै छ। त्यसो त सेन्टरमा आएमा नयाँ नयाँ प्वइन्टहरू सुनिरहन्छौ। यदि कुनै कारणले आउन सकेनौ, पानी परेछ, कर्फ्यु लागेछ भने कोही बाहिर निस्कन सकेनन् भने के गर्छौ? बाबा भन्नुहुन्छ– कुनै फरक पर्दैन। यस्तो होइन– शिवको मन्दिरमा जल चढाउनैपर्छ। जहाँ बसे पनि तिमी यादमा बस। हिँड्दाडुल्दा याद गर, अरूलाई पनि यही भन– बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ र देवता बनिन्छ। शब्द नै दुई छन्– बाबा रचयिताबाट नै वर्सा लिनुछ। रचयिता एक मात्रै हुनुहुन्छ। उहाँले कति सहज बाटो बताउनुहुन्छ। बाबालाई याद गर्ने मन्त्र मिल्यो। बाबा भन्नुहुन्छ– यो बाल्यकाल नभुल। आज हाँस्छौ, भोलि रुनुपर्नेछ, यदि बाबालाई भुल्यौ भने। बाबाबाट वर्सा पूरा लिनुपर्छ। यस्ता धेरै छन्, भन्छन्– स्वर्गमा त गइहालिन्छ नि, जे तकदिरमा हुन्छ... उनीहरूलाई कुनै पुरुषार्थी भनिँदैन। मानिसले पुरुषार्थ गर्छन् नै उच्च पद पाउनको लागि। अहिले जुनबेला बाबाबाट उच्च पद मिल्छ भने किन गल्ती गर्ने। जसले स्कुलमा पढ्दैनन्, उनीहरूले पढेकाको अगाडि भारी बोक्नुपर्छ। बाबालाई पूरा याद गरेनौ भने गएर प्रजामा नोकरचाकर बन्छौ, यसमा खुसी कहाँ हुनुछ र। बच्चाहरू सम्मुख आएर रिफ्रेस भएर जान्छन्। कैयौँ बन्धनमा छन्, त्यसले केही फरक पर्दैन, घरैमा बसेर बाबालाई याद गरिराख। कति सम्झाउनुहुन्छ– मृत्यु सामुन्ने उभिएको छ, अचानक नै लडाइँ सुरु हुनेछ। देखिन्छ– लडाइँ अब सुरुभइ नै हाल्नेछ। रेडियोबाट पनि सबै थाहा हुन्छ। भन्छन्– अलिकति पनि गडबड गरेमा हामीले यस्तो गर्नेछौँ। पहिल्यै भनिदिन्छन्। बमहरूको धेरै घमन्ड छ। बाबा पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! अझैसम्म योगबलमा होसियार भएका छैनौ। लडाइँ भइ हाल्ने, ड्रामा अनुसार यस्तो हुँदैन। बच्चाहरूले पूरा वर्सा नै लिएका छैनन्। अहिले पूरा राजधानी स्थापना भएको छैन। अझै केही टाइम चाहिन्छ। पुरुषार्थ गराइरहनुहुन्छ। थाहा छैन कुन समयमा केही भइहाल्छ, प्लेन, ट्रेन खस्छन्। मृत्यु कति सहजै सामुन्ने उभिएको छ। धरती हल्लिरहन्छ। सबैभन्दा धेरै काम गर्नेछ भूकम्पले। यो भूकम्प भयो भने त सबै घर आदि खस्छन्। मृत्यु हुनुभन्दा पहिला बाबाबाट पूरा वर्सा लिनुछ। त्यसैले धेरै प्रेमले बाबालाई याद गर्नुछ बाबा, हजुर बाहेक हाम्रो अरू कोही छैन। केवल बाबालाई याद गरिराख। कति सहज रीतिले, जस्तै साना साना बच्चाहरूलाई राखेर सम्झाउनुहुन्छ। अरू कुनै तकलिफ दिन्न, केवल याद गर र काम चितामा बसेर जो तिमी जलेर मरेका छौ, अब ज्ञान चितामा बसेर पवित्र बन। तिमीलाई सोध्छन्– तिम्रो उद्देश्य के हो? भन– शिवबाबा जो सबैका पिता हुनुहुन्छ, उहाँले भन्नुहुन्छ– म एकलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन् र तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। कलियुगमा सबै तमोप्रधान छन्। सबैका सदगतिदाता एक बाबा हुनुहुन्छ।

अब बाबा भन्नुहुन्छ– केवल मलाई याद गरेमा खिया निस्कन्छ। यो यति सन्देश त दिन सक्छौ नि। आफैले याद गरेमा अरूलाई याद गराउन सक्छौ। आफैले याद गर्छौ भने अरूलाई रुचिसाथ भन्न सक्छौ, नत्र दिलबाट निस्कँदैन। बाबा सम्झाउनुहुन्छ– जहाँसुकै भए पनि जति हुन सक्छ, केवल बाबालाई याद गर। जो भेटिन्छन् उनीहरूलाई यही शिक्षा देऊ– मृत्यु सामुन्ने उभिएको छ। बाबा भन्नुहुन्छ– तिमी सबै तमोप्रधान पतित बनेका छौ। अब मलाई याद गर, पवित्र बन। आत्मा नै पतित बनेको छ। सत्ययुगमा आत्मा पावन हुन्छ। बाबा भन्नुहुन्छ– यादबाट नै आत्मा पावन बन्छ, अरू कुनै उपाय छैन। यो सन्देश सबैलाई दिँदै गयौ भने पनि धेरैको कल्याण गर्छौ र कुनै तकलिफ दिँदैनौ। सबै आत्माहरूलाई पावन बनाउने पतितपावन बाबा नै हुनुहुन्छ। सबैभन्दा उत्तम पुरुष बनाउने बाबा हुनुहुन्छ। जो पूज्य थिए उनीहरू नै फेरि पुजारी बनेका छन्। रावण राज्यमा हामी पुजारी बनेका छौँ, रामराज्यमा पूज्य थियौँ। अब रावण राज्यको अन्त्य हुन्छ, हामी पुजारीबाट फेरि पूज्य बन्छौँ– बाबालाई याद गरेमा। अरूलाई पनि बाटो बताउनुछ, वृद्ध माताहरूले पनि सेवा गर्नुपर्छ। मित्र सम्बन्धीहरूलाई पनि सन्देश देऊ। सतसङ्ग, मन्दिर आदि पनि अनेक प्रकारका छन्। तिम्रो त हो एक प्रकार। केवल बाबाको परिचय दिनुछ। शिवबाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा तिमी स्वर्गको मालिक बन्नेछौ। निराकार शिवबाबा सबैका सदगतिदाता बाबाले आत्माहरूलाई भन्नुहुन्छ– मलाई याद गर, अनि तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो त सम्झाउन सहज छ नि। वृद्ध माताहरूले पनि सेवा गर्न सक्छन्। मूल कुरा नै यही हो। बिहाबारी आदिमा कहीँ पनि जाऊ, कानमा यो कुरा सुनाऊ। गीताका भगवानले भन्नुहुन्छ– मलाई याद गर। यस कुरालाई सबैले मन पराउँछन्। धेरै बोल्ने आवश्यक नै छैन। केवल बाबाको सन्देश दिनुछ– बाबा भन्नुहुन्छ मलाई याद गर। ठीक छ, यस्तो सम्झ– भगवानले प्रेरणा दिनुहुन्छ। सपनामा साक्षात्कार हुन्छ। आवाज सुनिन्छ– बाबा भन्नुहुन्छ मलाई याद गर, अनि तिमी तमोप्रधानबाट सतोप्रधान बन्नेछौ। तिमी आफैले पनि केवल यो चिन्तन गरिरह्यौ भने बेडा पार हुन्छ। हामी यथार्थमा बेहदका बाबाका बनेका छौँ र बाबाबाट २१ जन्मको वर्सा लिइरहेका छौँ भने खुसी हुनुपर्छ। बाबालाई भुलेमा नै तकलिफ हुन्छ। बाबाले कति सहजै बताउनुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा आत्मा सतोप्रधान बन्छ। सबैले बुझ्नेछन्– यिनीहरूलाई मार्ग त अवश्य सही मिलेको छ। यो मार्ग कहिल्यै कसैले बताउन सक्दैन। उनीहरूले शिवबाबालाई याद गर भन्ने हो भने फेरि साधु आदिकहाँ को जान्छन्। समय यस्तो हुनेछ– तिमी घरबाट बाहिर पनि निस्कन सक्दैनौ। बाबालाई याद गर्दागर्दै शरीर छोड्छौ। अन्त्यकालमा जसले शिवबाबालाई याद गर्छ... ऊ फेरि नारायण योनिमा बारम्बार आउँछ, लक्ष्मीनारायणको राजवंशमा आउँछ नि। घरी घरी राजकीय पद पाउँछौ। बस केवल बाबालाई याद गर र प्यार गर। याद नगरी कसरी प्यार गर्छौ। सुख मिलेपछि नै प्यार गरिन्छ। दुःख दिनेलाई प्यार गरिँदैन। बाबा भन्नुहुन्छ– मैले तिमीलाई स्वर्गको मालिक बनाउँछु, त्यसैले मलाई प्यार गर। बाबाको मतमा चल्नुपर्छ नि। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) खुसीमा रहनको लागि याद गर्ने मेहनत गर्नुछ। यादको बलले आत्मालाई सतोप्रधान बनाउँछ। प्यारले एक बाबालाई याद गर्नुछ।

२) उच्च पद पाउनको लागि पढाइमा पूरा पूरा ध्यान दिनुछ। यस्तो होइन– जे तकदिरमा हुन्छ, गल्ती गर्न छोडेर पूरा वर्साको अधिकारी बन्नुछ।

वरदान:–
हदको जिम्मेवारीलाई बेहदमा परिवर्तन गर्ने स्मृति स्वरूप नष्टोमोहा भव

नष्टोमोहा बन्नको लागि केवल आफ्नो स्मृतिस्वरूपलाई परिवर्तन गर। हामी गृहस्थी हौँ, हाम्रो घर, हाम्रो सम्बन्ध छ, यो कुरा याद भएमा मोह हुन्छ। अब यो हदको जिम्मेवारीलाई बेहदको जिम्मेवारीमा परिवर्तन गरिदेऊ। बेहदको जिम्मेवारी निभायौ भने हदको जिम्मेवारी स्वतः पूरा हुन्छ। तर बेहदको जिम्मेवारीलाई भुलेर केवल हदको जिम्मेवारी निभायौ भने त्यसलाई झन् बिगार्छौ किनकि त्यो कर्तव्यमा मोह मर्ज हुन्छ, त्यसैले आफ्नो स्मृतिस्वरूपलाई परिवर्तन गरेर नष्टोमोहा बन।

स्लोगन:–
यस्तो तीव्र उडान गर जसले गर्दा कुरारूपी बादल सेकेन्डमा पार हुन्छ ।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन

कुनै पनि कार्यको सफलताका दुई श्रेष्ठ भुजाहरू छन्: १- आपसी विश्वास र २- एकता, जहाँ सङ्गठितरूपमा सबैको एकमत छ, आपसमा एकअर्काप्रति विश्वास छ, त्यहाँ सफलता गलाको हार हुन्छ। संस्कार भिन्न भिन्न हुन्छन् र रहन्छन् पनि तर यदि कसैको संस्कार झगडालु खालको छ भने अर्कोले ताली बजाउनु हुँदैन। हरेकले आफूलाई परिवर्तन गरेमा एकता कायम हुन सक्छ।