02.03.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यादमा रहेर अरूलाई यादको अभ्यास गराऊ , योग गराउनेको बुद्धियोग यताउता भ ट् कि नु हुँदैन।”

प्रश्न:–
कुन बच्चाहरूमाथि धेरै ठुलो जिम्मेवारी छ? उनीहरूले कुन कुरामा अवश्य ध्यान दिनुपर्छ?

उत्तर:–
जुन बच्चाहरू निमित्त टिचर बनेर अरूलाई योग गराउँछन्, उनीहरूमाथि धेरै ठुलो जिम्मेवारी छ। योग गराउने समयमा बुद्धि बाहिर भट्कियो भने सर्भिसको सट्टा डिससर्भिस गर्छौ त्यसैले यो ध्यान राख्नुछ– मद्वारा पुण्यको काम भइरहोस्।

गीत:–
ओम् नमः शिवाय...

ओम् शान्ति ।
बाबाले सबै बच्चाहरूलाई पहिला सुरुमा त यहाँ बसेर लक्ष्यमा टिक्नको लागि दृष्टि दिनुहुन्छ– जसरी म शिवबाबाको यादमा बसेको छु, तिमी पनि शिवबाबाको यादमा बस। प्रश्न उठ्छ, जो निष्ठा गराउनको लागि सामुन्ने बसेका छन्, के उनीहरू सारा समय शिवबाबाको यादमा रहन्छन्? जसले गर्दा अरूलाई पनि आकर्षण हुन्छ। यादमा रहेमा धेरै शान्तिमा रहनेछौ। अशरीरी भएर शिवबाबाको यादमा रह्यौ भने अरूलाई पनि शान्तिमा लैजानेछौ किनकि टिचर भएर बस्छौ नि। टिचर नै ठीक रीतिले यादमा छैनन् भने अरू रहन सक्दैनन्। पहिला त यो ख्याल गर्नुछ, म मासुक बाबाको आसिक हुँ, के उहाँको यादमा बसेको छु? हरेकले यसरी आफैलाई सोध। यदि बुद्धि अरूतिर जान्छ, देह अभिमानमा आयौ भने मानौँ त्यहाँ सर्भिस होइन डिससर्भिस गर्न बसेका छौ। यो कुरा बुझ्नुपर्ने हो नि। केही सेवा त गरेनौ, यत्तिकै बसेका छौ भने नोक्सान नै पार्छौ। टिचरकै बुद्धियोग भट्किन्छ भने उनीहरूले के मद्दत गर्छन्! जो टिचर भएर बस्छन्, उनीहरूले आफैलाई सोध्नुछ– के मैले पुण्यको काम गरिरहेको छु? यदि पाप कर्म गरियो भने दुर्गति पाउँछन्। पद भ्रष्ट हुन्छ। यदि यस्तालाई गद्दीमा बसाउँछौ भने तिमी पनि जिम्मेवार छौ। शिवबाबाले त सबैलाई जान्नुहुन्छ। यहाँ बाबाले पनि सबैको अवस्थालाई जान्नुहुन्छ। शिवबाबाले भन्नुहुन्छ– यिनीहरू टिचर बनेर बसेका छन् र यिनको बुद्धियोग त भट्किरहन्छ। यिनले अरूलाई के मद्दत गर्छन्! तिमी ब्राह्मण बच्चाहरू निमित्त बनेका छौ, शिवबाबाका बनेर उहाँबाट वर्सा लिन। बाबा भन्नुहुन्छ– हे आत्माहरू! म एकलाई याद गर। टिचर बनेर बस्छौ भने झन् राम्रोसँग त्यो अवस्थामा बस। हुन त हरेकले बाबालाई याद गर्नुछ। विद्यार्थीले आफ्नो अवस्थालाई जान्न सक्छन्। थाहा हुन्छ, हामी पास हुन्छौँ वा हुँदैनौँ। टिचरले पनि जान्दछन्। प्राइभेट टिचर राखे भने ती प्राइभेट टिचरहरूले पनि जान्दछन्। त्यो पढाइमा त कोही खास टिचर राख्न चाहे भने राख्न सक्छन्। यहाँ कसैले हामीलाई निष्ठा (योग) मा बसाओस् भन्छन् भने यसरी निष्ठामा बस्नेले बाबाको यादमा बस्नुपर्छ। बाबाको आदेश नै छ– म एकलाई याद गर। तिमी आसिक हौ, हिँड्दाडुल्दा आफ्नो मासुकलाई याद गर। संन्यासीले ब्रह्मलाई याद गर्छन्। बुझेका हुन्छन्– हामी गएर ब्रह्ममा लीन हुन्छौँ। जसले धेरै याद गर्छन्, उनीहरूको अवस्था राम्रो हुन्छ। हरेकमा कुनै न कुनै खुबी त हुन्छ नि। भन्नुहुन्छ– यादको यात्रामा बस। आफू पनि यादमा रहनुछ। बाबासँग कोही त सच्चा पनि छन्, कोही झुटा पनि छन्। स्वयं निरन्तर यादमा रहन धेरै मुस्किल छ। कोही त बाबासँग बिल्कुल सच्चा रहन्छन्। यी बाबाले पनि आफ्नो अनुभव तिमी बच्चाहरूलाई बताउँछन्– केही समय यादमा रहन्छु फेरि बिर्सन्छु किनकि यिनीमाथि त धेरै बोझ छ। कति धेरै बच्चाहरू छन्। तिमी बच्चाहरूलाई यो पनि थाहा हुँदैन, यो मुरली शिवबाबाले चलाउनुभयो वा ब्रह्माले चलाए किनकि दुवै सँगसँगै हुनुहुन्छ नि। यिनले भन्छन्– मैले पनि शिवबाबालाई याद गर्छु। यिनी बाबाले पनि बच्चाहरूलाई निष्ठा गराउँछन्। यिनी बस्दा देख्छौ, राम्रो सन्नाटा हुन्छ। धेरैलाई खिच्छन्। बाबा हुनुहुन्छ नि। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यादको यात्रामा बस। आफू पनि रहनुछ, केवल पण्डित बन्नुछैन। यादमा रहेनौ भने अन्त्यमा फेल हुनेछौ। बाबा मम्माको त उच्च पद हुन्छ, अरूको त अहिले माला बनेको छैन। एउटा पनि दाना बनेर कम्प्लिट भएको छैन। पहिला माला बनाउँथे बच्चाहरूलाई उत्साह दिनको लागि। तर देखियो, मायाले धेरैलाई खतम गरिदियो। सारा सेवामा आधारित छ। त्यसैले जो सामुन्ने निष्ठा गराउन बस्छन्, उनीहरूले बुझ्नुछ– म सच्चा टिचर भएर बस्नुछ। नत्र भन्नुपर्छ, मेरो बुद्धि यताउता जान्छ। म यहाँ बस्नलायक छैन। स्वयं बताउनुपर्छ। यस्तो होइन, आफै जो कोही आएर बसोस्। कोही छन् जसले मुखले मुरली चलाउँदैनन्, तर यादमा रहन्छन्। तर यहाँ त दुवैमा तीक्ष्ण हुनुपर्छ। साजन धेरै प्यारा हुनुहुन्छ, उहाँलाई त धेरै याद गर्नुपर्छ। मेहनत छ यसमा। बाँकी प्रजा बन्न त सहज छ। दासदासी बन्नु ठुलो कुरा होइन। ज्ञान लिन सक्दैनन्। जसरी हेर, यज्ञकी भण्डारी (भोली दादी) छिन्, सबैलाई धेरै खुसी पार्छिन्, कसैलाई दुःख दिन्नन्, सबैले यिनको महिमा गर्छन्। वाह, शिवबाबाकी भण्डारी त नम्बरवन छिन्! धेरैको दिललाई खुसी पार्छिन्। बाबाले पनि बच्चाहरूको दिललाई खुसी पार्दै आउनुभएको छ। बाबा भन्नुहुन्छ– मलाई याद गर र यो चक्र बुद्धिमा राख। अब हरेकले आफ्नो कल्याण गर्नुछ। हड्डी सेवा गर्नुपर्छ। तिमी धेरै रहमदिल बन्नुपर्छ। मानिसहरूले मुक्ति जीवनमुक्तिको लागि धेरै ठक्कर खान्छन्। कसैलाई पनि सदगतिको बिषयमा थाहा नै छैन। बुझेकाछन्– जहाँबाट आएका हौँ, त्यहाँ फर्केर जानुछ। नाटक हो भन्ने पनि जान्दछन् तर त्यस अनुसार चल्दैनन्। हेर, क्लासमा विभिन्न ठाउँबाट मुसलमान पनि आउँछन्। भन्छन्– हामी वास्तवमा देवीदेवता धर्मका हौँ फेरि गएर हामी मुसलमान धर्ममा परिवर्तन भएका हौँ। हामीले ८४ जन्म भोगेका छौँ। सिन्धमा पनि ५-६ जना मुसलमान आउँथे। अहिले पनि आउँछन्, अब पछि गएर चल्न सक्छन् वा सक्दैनन्, त्यो त हेरौँला किनकि मायाले पनि त परीक्षा लिन्छ। कोही त पक्का टिक्छन्, कोही टिक्न सक्दैनन्। जो वास्तवमा ब्राह्मण धर्मका हुन्छन्, जसले ८४ जन्म लिएका हुन्छन्, उनीहरू त कहिल्यै विचलित हुँदैनन्। बाँकी कुनै न कुनै कारणले, अकारण जान्छन्। देह अभिमान पनि धेरै आउँछ। तिमी बच्चाहरूले त धेरैको कल्याण गर्नुछ। नत्र के पद पाउँछौ! घरबार छोडेका छौ, आफ्नो कल्याणको लागि। कुनै बाबामाथि मेहरबानी (निगाह) गर्दैनन्। बाबाको बनेका छौ भने फेरि सेवा पनि त्यस्तै गर्नुपर्छ। तिमीलाई त राजकीय पदक मिल्छ, २१ जन्म सदा सुखको राज्य भाग्य मिल्छ। केवल मायामाथि विजय प्राप्त गर्नुछ र अरूलाई पनि सिकाउनुछ। कति फेल पनि हुन्छन्। सम्झन्छन्– बादसाही लिन त मुस्किल छ। बाबा भन्नुहुन्छ– यस्तो सम्झनु कमजोरी हो। बाबा र वर्सालाई याद गर्न त धेरै सहज छ। बच्चाहरूमा राज्य भाग्य लिने हिम्मत आउँदैन, त्यसैले कायर भएर बस्छन्। न स्वयं लिन्छन्, न अरूलाई लिन दिन्छन्। अनि परिणाम के हुन्छ? बाबा सम्झाउनुहुन्छ– रातदिन सेवा गर। कांग्रेसीहरूले पनि मेहनत गरे। कति धेरै मेहनत गरे त्यसैले त विदेशीबाट राज्य लिए। तिमीहरूले रावणबाट राज्य लिनुछ। ऊ त सबैको दुस्मन हो। दुनियाँलाई थाहा छैन, हामी रावणको मतमा चलिरहेका छौँ त्यसैले दुःखी छौँ। कसैलाई पनि सच्चा स्थायी दिलको सुख कहाँ छ र! शिवबाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूलाई सदा सुखी बनाउन आएको छु। अब श्रीमतमा चलेर श्रेष्ठ बन्नुछ। जति पनि यहाँका मानिसहरू छन्, उनीहरूले आफ्नो धर्मलाई बिर्सिएका छन्। यथा राजारानी तथा प्रजा। अब तिमी बच्चाहरूलाई ज्ञान मिल्छ– सृष्टिको चक्र कसरी चल्छ। त्यो पनि बारम्बार बिर्सन्छन्। बुद्धिमा बस्दैबस्दैन। ब्राह्मण त धेरै बन्छन् तर कति त कच्चा हुने भएकाले विकारमा पनि गइरहन्छन्। भन्छन्– हामी बी.के. हौँ, तर ती बी.के. हुँदैनन्। बाँकी जो पूर्ण रूपले निर्देशनमा चल्छन्, आफूसमान बनाइरहन्छन्, उनीहरूले नै उच्च पद पाउन सक्छन्। विघ्न त पर्छन्। अमृत पिउँदापिउँदै फेरि गएर विघ्न पार्छन्। यो पनि गायन छ, उनीहरूको पद के हुन्छ? कति बच्चीहरूले त विकारको कारणले कुटाइ पनि खान्छन्, भन्छन्– बाबा यो अलिकति दुःख सहन गर्छौँ। हाम्रो मासुक त बाबा हुनुहुन्छ नि। कुटाइ खाँदा पनि हामी शिवबाबालाई याद गर्छौँ। उनीहरू धेरै खुसीमा रहन्छन्। यो अपार खुसीमा रहनुपर्छ। बाबाबाट हामीले वर्सा लिइरहेका छौँ, हामीले अरूलाई पनि आफूसमान बनाइरहेका छौँ।

बाबाको बुद्धिमा त यही सिँढीको चित्र धेरै घुमिरहन्छ। बाबाले यसलाई धेरै महत्त्व दिनुहुन्छ। बच्चाहरू जसले विचार सागर मन्थन गरेर यस्ता यस्ता चित्र बनाउँछन्, यसमा बाबाले पनि तिनीहरूलाई धन्यवाद दिनुहुन्छ वा यस्तो भन्नुहुन्छ– बाबाले त्यो बच्चालाई टच गर्नुभएको छ। सिँढी धेरै राम्रो बनाएका छन्। ८४ जन्मलाई जानेका हुनाले सारा सृष्टिको आदि-मध्य-अन्त्यलाई जानेका छौ। यो सर्वश्रेष्ठ चित्र हो। त्रिमूर्ति र गोलाको चित्रभन्दा पनि यसमा राम्रो ज्ञान छ। अहिले हामी चढिरहेका छौँ। कति सहज छ। बाबा आएर लिफ्ट दिनुहुन्छ। शान्तिसँग बाबाबाट वर्सा लिइरहेका छौँ। सिँढीको ज्ञान धेरै राम्रो छ। सम्झाउनुछ– तिमी हिन्दु कहाँ हौ र, तिमी त देवीदेवता धर्मका हौ। यदि भन्छन्– हामीले ८४ जन्म कहाँ लिएका छौँ र! अरे किन बुझ्दैनौ, हामीले ८४ जन्म लिएका छौँ। फेरि याद गरेमा तिमी फेरि पहिलो नम्बरमा आउँछौ। आफ्नो कुलको रहेछ भने यस्तो प्रश्न गर्दैन– सबैले कहाँ ८४ जन्म लिन्छन् र! अरे तिमीले किन सम्झन्छौ, हामी ढिलो आयौँ। बाबाले सबै बच्चाहरूलाई भन्नुहुन्छ– तिमीहरूले ८४ जन्म लिएका छौ। अब फेरि आफ्नो वर्सा लेऊ, स्वर्गमा हिँड। तिमी बच्चाहरू योगमा बस्छौ। सिँढीलाई याद गरेमा धेरै मोजमा रहन्छौ। हामीले ८४ जन्म पूरा गरेका छौँ। अब हामी फर्केर जान्छौँ। कति खुसी लाग्छ। सेवा गर्ने उल्लास पनि हुनुपर्छ। सम्झाउने तरिका पनि धेरै मिलिरहेका छन्। सिँढीमा सम्झाऊ। चित्र त सबै हुनुपर्छ नि। त्रिमूर्ति पनि हुनुपर्छ। बाबाले भन्नु पनि हुन्छ– तिमीहरू जाऊ मेरा भक्तहरूकहाँ, उनीहरूलाई यो ज्ञान सुनाऊ। उनीहरू मन्दिरहरूमा नै भेटिन्छन्। मन्दिरहरूमा पनि यो सिँढीको चित्रमा सम्झाउन सक्छौ। सारा दिन बुद्धिमा यो रहोस्– हामीले बाबाको परिचय दिऊँ, कसैको कल्याण गरौँ। दिनप्रतिदिन बुद्धिको ताला खुल्दै जान्छ। जसलाई वर्सा पाउनुछ– उनीहरू आउँछन्। दिनप्रतिदिन सिक्दै पनि जान्छन्। कतिमाथि ग्रहदशा लाग्छ त्यसैले बाबाले सम्झाउनुपर्छ। उनीहरूले बुझ्दैनन्– हामीमाथि ग्रहदशा छ त्यसैले हामीबाट सेवा हुँदैन। सारा जिम्मेवारी तिमी बच्चाहरूमाथि छ। आफूसमान ब्राह्मण बनाइराख। सेवामा रहँदा धेरै खुसी लाग्छ। धेरैको कल्याण हुन्छ। बाबालाई मुम्बईमा सेवा गर्न धेरै मजा आउँथ्यो। धेरै नयाँ, नयाँ आत्माहरू आउँथे। बाबाको त धेरै इच्छा हुन्छ, सेवा गरूँ। बच्चाहरू पनि यस्तै रहमदिल बन्नुपर्छ। सेवामा लाग्नुपर्छ। दिलमा यो हुनुपर्छ– हामीले कसैलाई आफूसमान नबनाउँदासम्म भोजन खानुछैन। पहिला पुण्य त गरूँ। पाप आत्मालाई पुण्य आत्मा बनाऊँ अनि रोटी खाऊँ। त्यसैले सेवामा जुटिरहनुपर्छ। कसैको जीवन सफल बनाऊँ त्यसपछि रोटी खाऊँ। आफूसमान ब्राह्मण बनाउने कोसिस गर्नुपर्छ।

बच्चाहरूको लागि पत्रिका निस्कन्छ तर बी.के.हरूले त्यति पढ्दैनन्। सम्झन्छन्– हामीले कहाँ पढ्नुछ र, यो त बाहिरकाहरूको लागि हो। बाबा भन्नुहुन्छ– बाहिरकाहरूले त टिचर बिना केही बुझ्दैनन्। यो हो ब्रह्माकुमार कुमारीहरूको लागि, जुन पढेर रिफ्रेस हुन्। तर उनीहरूले पढ्दैनन्। सबै सेन्टरका भाइ-बहिनीहरूलाई सोध्नुहुन्छ– सारा पत्रिका कसले पढ्छन्? पत्रिकाबाट के बुझ्छन्? कहाँसम्म ठीक छ? पत्रिका निकाल्नेलाई पनि स्याबासी दिनुपर्छ– तपाईंले धेरै राम्रो पत्रिका निकाल्नुभएको छ, तपाईंलाई धन्यवाद दिन्छौँ। मेहनत गर्नुछ, पत्रिका पढ्नुछ। यो हो बच्चाहरू रिफ्रेस हुनको लागि। तर बच्चाहरूले पढ्दैनन्। जसको नाम प्रसिद्ध छ, उनीहरूलाई सबैले बोलाउँछन्– बाबा भाषण गर्नको लागि हामीकहाँ फलानालाई पठाइदिनुहोस्। बाबाले फेरि बुझ्नुहुन्छ– आफैले भाषण गर्न जान्दैनन् त्यसैले त माग्छन्। त्यसैले सेवाधारीलाई कति सम्मान दिनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) राज्य भाग्यको पदक लिनको लागि सबैको दिललाई खुसी पार्नुछ। धेरै धेरै रहमदिल बनेर आफ्नो र सर्वको कल्याण गर्नुछ। हड्डी सेवा गर्नुछ।

२) देह अभिमानमा आएर डिससर्भिस गर्नुछैन। सदा पुण्यको काम गर्नुछ। आफूसमान ब्राह्मण बनाउने सेवा गर्नुछ। सेवाधारीको सम्मान गर्नुछ।

वरदान:–
मनन शक्तिद्वारा व्यर्थको बोझलाई समाप्त गर्ने सदा शक्तिशाली भव

आत्मामाथि व्यर्थको नै बोझ हुन्छ। व्यर्थ सङ्कल्प, व्यर्थ वाणी, व्यर्थ कर्म, यसबाट आत्मा भारी हुन्छ। अब यो बोझलाई खतम गर। यो बोझलाई समाप्त गर्नको लागि सदा सेवामा व्यस्त होऊ, मनन शक्तिलाई बढाऊ। मनन शक्तिले आत्मा शक्तिशाली बन्छ। जसरी भोजन पचाएपछि रगत बन्छ, फेरि त्यसले शक्तिको काम गर्छ, त्यसैगरी मनन गर्नाले आत्माको शक्ति बढ्छ।

स्लोगन:–
जसले आफ्नो स्वभावलाई सरल बनाउँछन्, उनीहरूको समय व्यर्थ जाँदैन।

अव्यक्त इसारा:– “निश्चयको जगलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त ह ोऊ ।”

जो निश्चयबुद्धि हुन्छ, ऊ निश्चिन्त हुन्छ, उसलाई कुनै पनि प्रकारको चिन्तन वा चिन्ता हुँदैन। के भयो? किन भयो? यस्तो प्रश्न उठ्दैन– यो व्यर्थ चिन्तन हो। निश्चयबुद्धि निश्चिन्त, उसले कहिल्यै व्यर्थ चिन्तन गर्दैन। सदा स्व-चिन्तनमा रहनेले, स्वस्थितिद्वारा परिस्थितिमाथि विजय प्राप्त गर्छ।