02.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यस
ड्रामाभित्र महा विनाश को योजना पहिल्यै निश्चित छ , तिमी विनाशभन्दा पहिला
कर्मातीत ब न्नुछ ।”
प्रश्न:–
बाबाका कुन
शब्दहरूको आकर्षण सामुन्नेमा धेरै हुन्छ?
उत्तर:–
बाबाले जुनबेला
सामुन्नेमा तिमी मेरा बच्चाहरू हौ भन्नुहुन्छ, त्यतिबेला यी शब्दहरूको धेरै आकर्षण
हुन्छ। सामुन्ने सुन्दा धेरै राम्रो लाग्छ। मधुबनले सबै बच्चाहरूलाई आकर्षित गर्छ
किनकि यहाँ ईश्वरीय परिवार छ। यहाँ ब्राह्मणहरूको सङ्गठन छ। ब्राह्मणहरूले आपसमा
ज्ञानको मात्रै लेनदेन गर्छन्।
गीत:–
हमारे तीर्थ
न्यारे हैं...
ओम् शान्ति ।
तिमी
बच्चाहरूलाई थाहा छ, हामी अविनाशी यात्रा अथवा रुहानी यात्रामा गइरहेका छौँ, जुन
यात्राबाट हामी फर्केर मृत्युलोकमा आउँदैनौँ। मानिसहरूलाई त यो कुरा थाहा नै छैन,
कुनै यस्तो यात्रा पनि हुन्छ, जहाँबाट कहिल्यै फर्केर आउनु पर्दैन। तिमी भाग्यमानी
सिताराहरूलाई अहिले थाहा भएको छ। यो पक्का याद गर्नुछ। हामी आत्माहरूले पार्ट खेल्छौँ।
त्यस नाटकमा यस्तो भन्दैनन्, म आत्माले यो वस्त्र पहिरिएर पार्ट खेलेँ, अब घर जान्छु।
उनीहरूले त आफूलाई शरीर नै सम्झन्छन्। यहाँ तिमी बच्चाहरूलाई ज्ञान छ– हामी आत्मा
हौँ, यो शरीररूपी कपडा छोडेर गएर फेरि अर्को लिन्छौँ। यी ८४ जन्मका पुराना कपडा हुन्,
यो छोडेर नयाँ दुनियाँमा फेरि नयाँ कपडा लिन्छौँ। यी लक्ष्मीनारायणले नयाँ कपडा
पहिरिएका छन् नि! तिनीहरू तिम्रै राजधानीका हुन्। तिमी पनि गएर यस्ता नयाँ दैवी कपडा
पहिरिन्छौ। यहाँ त भन्छन्– मुझ निर्गुण हारे में कोई गुण नाहीं। बाबाले नै फेरि
यस्तो गुणवान् बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो पनि पार्ट छ, आएर फेरि तिमीलाई
निर्विकारी बनाउँछु। यहाँ यो जीवनबन्धधाम हो, रावणराज्य हो। यो तिम्रो बुद्धिमा छ,
हामी पतितबाट पावन फेरि पावनबाट पतित कसरी बन्छौँ। तिमी बच्चाहरूलाई थाहा छ– कलियुग
हो अन्धकार। रावणराज्यको अब अन्त्य हुन्छ, रामराज्यको अब आदि हुनुछ। अहिले सङ्गम
हो। कल्पको सङ्गमयुगमा नै बाबा आउनुपर्छ। दुनियाँका मानिसहरूले पनि अब यो बुझिरहेका
छन्, अहिले विनाशको समय हो अनि स्थापनाको लागि भगवान कहीँ गुप्त भेषमा हुनुहुन्छ।
अब गुप्त भेषमा त तिमी आत्माहरू पनि छौ। आत्मा अलग छ, शरीर अलग छ। यो मनुष्य चोला
गुप्त भेष हो। बाबा पनि यसैमा आउनुछ। तिम्रो शरीरको नाम राखिन्छ, उहाँको त आफ्नो
शरीर छैन। तिमी पनि आत्मा हौ, उहाँ पनि आत्मा हुनुहुन्छ। अहिले आत्माको आत्मासँग
मोह भएको छ। गाउँछन् पनि– अरू सङ्ग तोडेर, तिमीसँग जोड्छु। जसरी हजुर मोहजित
हुनुहुन्छ, त्यसरी नै हामी पनि मोहजित बन्छौँ। बाबा धेरै मोहजित हुनुहुन्छ। कति धेरै
बच्चाहरू छन्, जो काम चितामा बसेर जलेका छन्। परमपिता परमात्मा आउनु नै हुन्छ–
पुरानो दुनियाँको विनाश गराउन, फेरि मोह कसरी हुन्छ? पतितहरूको विनाश भएपछि मात्रै
शान्तिको राज्य हुन्छ। यस समयमा सुख त कसैलाई पनि छैन। सबै तमोप्रधान दुःखी बनेका
छन्। यो हो नै पतित दुनियाँ। शिवबाबा नै आएर स्वर्गको स्थापना गर्नुहुन्छ, जसको नाम
शिवालय राखिएको छ। शिवबाबाले देवताहरूको राजधानी स्थापन गर्नुभयो। यो हो चैतन्य
शिवालय अनि त्यो शिवालय जसमा शिवको चित्र हुन्छ, त्यो त जड भयो।
अहिले तिमीले बुझेका
छौ, लक्ष्मीनारायण अवश्य स्वर्गका मालिक थिए। पूज्य थिए, अब फेरि पूज्य बनिरहेका छन्।
तिमीलाई अहिले यसको ज्ञान छ। तिमी लक्ष्मीनारायणको मन्दिरमा गएर उनीहरूलाई ढोग्दैनौ।
तिमी त उनीहरूको राजधानीमा चैतन्यमा जान्छौ। जान्दछौ हामी देवता थियौँ, अहिले छैनौँ।
जो बितेर गएका छन् उनीहरूका चित्र बन्छन्। लक्ष्मीनारायणका मन्दिर सबैभन्दा धेरै
बिडलाले बनाउँछन्। त्यसैले उनीहरूको पनि सेवा गर्नुपर्छ। तपाईंले जुन यो
लक्ष्मीनारायणको मन्दिर बनाउनुहुन्छ, हामीले यिनीहरूको ८४ जन्महरूको कथा सुनाउँछौँ।
युक्तिले यो सौगात दिनुपर्छ। बाबाले सेवाका युक्तिहरू त बताउनुहुन्छ। माताहरू गएर
भन्नुछ तपाईंले तिनीहरूका मन्दिर त बनाउनुहुन्छ तर तिनीहरूको जीवनीलाई जान्नुहुन्न।
हामीले जान्दछौँ र सम्झाउन पनि सक्छौँ। सम्झाउने धेरै रसिलो हुनुपर्छ। बाबा पनि
बसेर सम्झाउनुहुन्छ नि। बाबा भन्नुहुन्छ– यदि छुट्टी मिल्दैन भने घरैमा बसेर याद गर।
यो त जान्दछौ हामी शिवबाबाका सन्तान हौँ। मुरली त मिल्छ। यस्तो होइन यहाँ आएपछि
यादको यात्रा राम्रो हुन्छ, घरमा बसेमा यादको यात्रा कम हुन्छ। बादल आउँछन् रिफ्रेस
हुन। तिमी पनि आउँछौ, रिफ्रेस हुन। बाबाको पासमा सामुन्ने जाऊ। आत्मालाई ज्ञान छ,
सामुन्ने सुनेमा राम्रो लाग्छ। कुरा त त्यही हो, देख्छौ– शिवबाबा, कसरी बसेर
बच्चाहरूलाई सम्झाउनुहुन्छ। “प्यारा बच्चाहरू तिमीहरू मेरा हौ!’, तिमीले ८४ जन्मको
पार्ट खेलेका छौ। तिमी जन्ममरणमा आउँछौ, म आउँदिनँ, मैले पुनर्जन्म लिन्नँ। म अजन्मा
पनि होइन। आउँछु तर वृद्ध तनमा प्रवेश गर्छु। तिमी आत्मा सानो बच्चाको शरीरमा
प्रवेश गर्छौ, म परमधामबाट आउँछु, तल पार्ट खेल्न। म विकारीको गर्भमा आउन्नँ। मलाई
भन्छौ– त्वमेव माता च पिता... मेरा कुनै आमाबुबा हुन सक्दैनन्। मैले केवल शरीरको
आधार लिएर पार्ट खेल्छु। तिमीले मलाई बोलाउँछौ दुःख हरेर, सुख दिनको लागि। अब
सामुन्ने आएको छु, आत्माहरूसँग कुरा गरिरहेको छु। यहाँ त सबै ब्राह्मण मात्रै छन्।
तिमी बाहिर गयौ भने हाँस र बकुल्ला हुन्छौ, यहाँ (मधुबनमा) तिम्रो सङ्गत
ब्राह्मणहरूको मात्रै छ। आपसमा ज्ञानको कुराकानी मात्रै गर्छौ। हामीले आफ्नो राजधानी
स्थापन गरिरहेका छौँ।
बाबा आउनुभएको छ,
एकअर्कालाई बाबालाई याद गर्ने यो युक्ति बताइराख। भोजनमा पनि एकअर्कालाई बाबालाई
याद गर्ने इसारा दिइराख। धेरै ठुलो सङ्गठन छ नि। त्यहाँ त विकारीहरू साथमा रहन्छन्,
त्यसैले उनीहरूको आकर्षण हुन्छ। यहाँ त कसैको आकर्षण हुँदैन। योद्धाहरू योद्धाहरूको
साथमा रहन्छन्। तिम्रो यो कुटुम्ब (परिवार) हो। बुद्धिमा यही रहन्छ, जो कोही मिल्छन्
उनीहरूलाई बाबाको परिचय दिऊँ, भगवानलाई याद गरिराख। दुई बाबा हुनुहुन्छ नि। लौकिक
पिता हुँदाहुँदै पनि भगवानलाई याद गर्छौ नि। उनी लौकिक पिता हुन्। लौकिक पितालाई
परमपिता परमात्मा भनिँदैन। उहाँ हुनुहुन्छ पारलौकिक पिता, अवश्य परमपिता
परमात्माबाट वर्सा मिल्छ होला। यसरी यसरी भुँ भुँ गरिरख। तिमी ब्राह्मण हौ नि।
संन्यासीले पनि भुँ भुँ गर्छन् नि। यस दुनियाँको सुख कागविष्टासमान छ, यहाँ कति
दुःख छ। उनीहरू त हुन् हठयोगी, निवृत्तिमार्गका, उनीहरूको धर्म नै भिन्नै छ।
तिमीलाई थाहा छ– सत्ययुगमा हामी कति सुखी पवित्र रहन्छौँ। भारतवर्षमा
प्रवृत्तिमार्ग थियो, देवीदेवताहरूको राज्य थियो। जो पवित्र थिए उनीहरू नै पतित
बनेका छन्। पुकारिरहन्छन् पनि– हे पतित-पावन आउनुहोस्! अनि फेरि भनिदिन्छन् परमात्मा
सर्वव्यापी हुनुहुन्छ। हामी गएर ज्योति ज्योतिमा समाहित हुन्छौँ। पुनर्जन्मलाई पनि
मान्दैनन्। अनेक मत छन् नि। दिनप्रतिदिन वृद्धि भइरहन्छ। यो पनि बताउनुछ,
संन्यासीहरूको वृद्धि कसरी हुन्छ। नाङ्गा (दिगम्बर संन्यासी) हरूको पनि वृद्धि
हुन्छ, जसको जुन धर्म छ, त्यसमा नै रहेमा फेरि अन्त्य मति सो गति हुन्छ। जसले जुन
बढी अभ्यास गर्छन् जस्तै कसैले शास्त्र आदि पढ्छन् भने अन्त्य मति सो गति, फेरि
सानैमा नै शास्त्र कण्ठ हुन्छन्। अहिले बाबा भन्नुहुन्छ– म फलानो हुँ, यो हुँ, यी
सबै देह अभिमानका कुरा छोडिदेऊ। आफूलाई अशरीरी आत्मा सम्झ अनि बाबालाई याद गर। यस
शरीरलाई देख्दादेख्दै पनि नदेख। देहसहित देहका जुन सम्बन्ध आदि छन्, ती सबैलाई छोड।
आफूलाई आत्मा निश्चय गर, परमात्मालाई याद गर। यसमा टाइम धेरै लाग्छ। मायाले याद
गर्न दिँदैन। नत्र वानप्रस्थीको लागि धेरै सहज छ। बाबा आफै भन्नुहुन्छ अहिले तिमी
सानाठुला सबैको वानप्रस्थ अवस्था हो। एकातिर विनाश पनि भइरहन्छ अर्कातिर जन्म पनि
लिइरहन्छन्। पुनर्जन्म लिनुछ भने आउँछन्। बच्चाहरू पनि पैदा हुन्छन्। फेरि विनाश पनि
हुन्छ। यो त तिमीलाई थाहा छ– कोही गर्भमा होलान्, कोही कहाँ, सबै खतम हुनेछन्। सबैले
आफ्नो हिसाब-किताब चुक्ता गरेर फर्केर जान्छन्। हिसाब-किताब बाँकी रहेको छ भने
राम्रोसँग सजाय खानुपर्छ। फेरि त्यो पनि हल्का हुन्छ। यस्तो होइन योगमा पनि बस अनि
पाप पनि गरिराख। कति बच्चाहरूले एकातिर चार्ट पनि लेखिरहन्छन् अनि फेरि भन्छन्
मायाले मुख कालो पारिदियो। मायाले हरायो त्यसैले कच्चा भनिन्छ नि। बाबा
सम्झाउनुहुन्छ, तिमीले यस्तो सम्झ हामी थोरै दिन यहाँ रहन्छौँ फेरि जान्छौँ। यी
सबैको विनाश भइरहेको छ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा विकर्म विनाश हुन्छन्,
आफ्नो चार्ट हेरिरख– हामीले कतिलाई मार्ग बताउँछौँ अनि पुरुषार्थ गराउँछौँ।
तन-मन-धनले रुहानी सेवामा मदतगार बन्नुपर्छ। भन्छन् मनलाई अमन गर्न सक्दैनौँ। आत्मा
त हुन्छ नै शान्त। हामी आत्मा हाम्रो परमधाममा गएर बस्छौँ। त्यहाँ कुनै दुनियाँको
सङ्कल्प आउँदैन। यस्तो होइन आँखा बन्द गरेर बेहोस हुनुछ। यस्तो धेरैले सिक्छन् पनि।
१०-१५ दिन बेहोस पनि हुन्छन्। यो अभ्यास गर्छन् फेरि यति समयपछि जाग्छन्। जसरी टाइम
बम हुन्छन् तिनीहरूको पनि टाइम हुन्छ, यो यति घण्टापछि पड्कन्छ।
तिमी बच्चाहरूलाई थाहा
छ– हामीले योग लगाइरहेका छौँ। तमोप्रधान फोहोर निस्कन्छ हामी सतोप्रधान बन्छौँ
त्यसपछि फेरि यस शरीरलाई छोडिदिन्छौँ। हामी अहिले योगको यात्रामा छौँ। टाइम मिलेको
छ फेरि यो शरीर छोड्नु नै छ फेरि सबै खतम हुन्छ। टाइम पहिल्यै निश्चित छ फेरि पछाडि
लामखुट्टे सदृश्य शरीर छोड्छन्। विनाश हुन्छ, तिमी कर्मातीत अवस्थामा पुग्छौ फेरि
विनाश सुरु हुन्छ। विनाशको धेरै कठिन दृश्य देखिन्छ। ड्रामामा यो कठिन दृश्य पहिल्यै
निश्चित छ। तिमीलाई थाहा छ– हाम्रो अवस्था एकरस रहन्छ। खुसीमा सदैव हर्षित रहन्छौँ।
यो दुनियाँ त खलास हुनु नै छ। जान्दछन्, कल्प कल्प सङ्गमयुग हुन्छ, तब विनाश हुन्छ।
केवल बम होइन, प्राकृतिक प्रकोपहरूले पनि मदत गर्छन्। त्यसैले बच्चाहरूको बुद्धिमा
यो रहनुपर्छ– अब हामी जानुछ। जति बाबालाई याद गर्छौ त्यति विकर्म विनाश हुन्छन्,
उच्च पद पाउँछौ। च्यारिटी बिगिन्स एट होम (परिवर्तन आफैबाट सुरु गर्नुपर्छ)। कोसिस
गर्नुपर्छ। कन्या तिनै हुन् जसले माइतीघर र पराईघरको उद्धार गर्छिन्। त्यसैले
च्यारिटी बिगिन्स एट होम भयो नि। सेवामा लागिरहनुपर्छ भन, शिवबाबा भन्नुहुन्छ– मलाई
याद गरेमा वर्सा मिल्छ। सिधा कुरा छ। म अल्फलाई याद गरेमा स्वर्गको वर्सा तिम्रो
हो। तिमी विश्वको मालिक बन्छौ। अब वर्सा पाउनुछ भने मलाई याद गर। बच्चाहरूको
कर्तव्य हो, यो सन्देश दिनु। पहिला पनि सन्देश दिएका थियौ। बताउनुछ विनाश सामुन्ने
उभिएको छ। कलियुगपछि सत्ययुग आउँछ। बाबा नै आएर वर्सा दिनुहुन्छ। रावणले नर्कवासी
बनाउँछन्। बाबा आएर स्वर्गवासी बनाउनुहुन्छ। कथा भारतवर्षको हो। दुनियाँका
मानिसहरूलाई जगाउनु पर्छ। पहिला शिवको मन्दिरमा गएर सम्झाउनुछ। यहाँ बाबा नयाँ
सृष्टिका रचयीता हुनुहुन्छ। भन्नुहुन्छ– मलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्।
उहाँ निराकार बाबा आउनुभएको छ। ब्रह्माद्वारा स्वर्गको स्थापना गरिरहनुभएको छ। अब
बाबा अनि वर्सालाई याद गर। ८४ जन्म पूरा भएका छन्। अब हामीले तपाईंलाई बताउँछौँ। अब
मान वा नमान, तिम्रो मर्जी। कुरा त धेरै राम्रा छन्। बाबा नै दुःखहर्ता, सुखकर्ता
हुनुहुन्छ। अलिकति सम्झायौ, बाबाको बन्यो। यो हो तिम्रो काम। मेहनत त केही छैन।
केवल मुखबाट बोल्नुछ– बाबा भन्नुहुन्छ मलाई याद गर। देहीअभिमानी बन। शिवका
पुजारीहरूकहाँ जाऊ फेरि लक्ष्मीनारायणका पुजारीहरूकहाँ जाऊ। उनीहरूलाई उनीहरूको
जीवनी सुनाऊ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) तन, मन, धनले रुहानी सेवामा मदतगार बन्नुछ। सबैलाई बाबाको परिचय दिएर वर्साको
अधिकारी बनाउनुछ। विनाशभन्दा पहिला कर्मातीत बन्नको लागि बाबाको यादमा रहनुछ।
२) बाबासमान मोहजित
बन्नुछ। आत्माको आत्मासँग जुन मोह भएको छ त्यसलाई निकालेर एक बाबासँग लगन लगाउनुछ।
वरदान:–
सर्वशक्तिमानको
साथको स्मृतिद्वारा समस्याहरूलाई टाढ ै भगाउने परमात्म स्नेही भव
जुन बच्चाहरू परमात्म
स्नेही छन् उनीहरूले स्नेही बाबालाई सदा साथमा राख्छन् त्यसैले कुनै पनि समस्या
सामुन्ने आउँदैन। जसको साथमा स्वयं सर्वशक्तिमान् बाबा हुनुहुन्छ उनीहरूको सामुन्ने
समस्या टिक्न सक्दैन। समस्या पैदा भयो भने त्यहीँ खतम गरिदियौ भने वृद्धि हुँदैन।
अब समस्याहरूको नियन्त्रण (बर्थ कन्ट्रोल) गर। सदा याद राख, सम्पूर्णतालाई समीप
ल्याउनुछ अनि समस्याहरूलाई टाढै भगाउनुछ।
स्लोगन:–
प्यारा बन्ने
पुरुषार्थ होइन, न्यारा बन्ने पुरुषार्थ गरेमा स्वतः प्रिय बन्नेछौ।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
समय समयमा अनेक
प्रकारका विघ्न आउँछन्, कोही राम्रा अनन्य विद्यार्थी मायाको वशीभूत भएर विरोधी
हुन्छन् अनि सेवामा विघ्न पार्छन्। यस्तो समयमा आत्तिँदैनौ नि! एउटा हुन्छ
उनीहरूप्रति कल्याणको भावले दया राख्नु, तर त्यसको कारण हलचलमा आउनु अथवा व्यर्थ
सङ्कल्प चलाउनु, यो हो विचलित हुनु। जसले हरेक आत्माको पार्टलाई साक्षीदृष्टा
स्थितिमा रहेर हेर्छन्, उनीहरू अचल अडोल एकरस रहन्छन्।