02.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी रुहानी पण्डा हौ , तिमीले गृहस्थ व्यवहार सम्हाल्द ा कमल फूल समान बनेर यादको यात्रा गर्नु र गराउनु छ।”

प्रश्न:–
बाबाले बच्चाहरूको कुन शृङ्गार गर्नुहुन्छ? कुन शृङ्गारको लागि मनाही गर्नुहुन्छ?

उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिम्रो रुहानी शृङ्गार गर्न आएको हुँ, तिमीले कहिल्यै पनि जिस्मानी शृङ्गार गर्नुछैन। तिमी बेगर (भिखारी) हौ, तिमीलाई फेसनको सोख हुनुहुँदैन। दुनियाँ धेरै खराब छ त्यसैले अलिकति पनि शारीरिक फेसन नगर।

गीत:–
आखिर वह दिन आया आज...

ओम् शान्ति ।
बेहदका बाबा बसेर बेहदका बच्चाहरूलाई सम्झाउनुहुन्छ। बेहद अर्थात् कुनै हद नभएको। बच्चाहरू कति धेरै छन्। यति अनगिन्ती बच्चाहरूका एउटै बाबा हुनुहुन्छ जसलाई रचयिता भनिन्छ। उनीहरू हुन् हदका पिताहरू, उहाँ हुनुहुन्छ बेहदका रुहहरूका बाबा। उनीहरू हुन् हदका जिस्मानी पिता, उहाँ हुनुहुन्छ बेहदका रुहहरूका एउटै बाबा। जसलाई भक्तिमार्गमा सबै रुहहरूले याद गर्छन्। तिमी बच्चाहरूलाई थाहा छ– यहाँ भक्तिमार्ग पनि छ, साथसाथै रावण राज्य पनि छ। अब मानिसहरूले पुकार्छन्– हामीलाई रावण राज्यबाट रामराज्यमा लैजानुहोस्! बाबा सम्झाउनुहुन्छ– हेर देवीदेवताहरू जो भारतवर्षका मालिक थिए, अहिले छैनन्। उनीहरू को थिए, यो पनि अहिले तिमीलाई थाहा छ। हामी नै सत्ययुगी सूर्यवंशी घरानाका मालिक थियौँ। राजा, रानी त हुन्छन् नि। तिमी बच्चाहरूलाई अहिले स्मृति भएको छ। बाबा आउनुभएको छ– हामी बच्चाहरूलाई राज्य भाग्यको वर्सा दिन, विश्वको मालिक बनाउन। बाबा भन्नुहुन्छ– अहिले सबै भक्तिमार्गमा छन्, भक्तिमार्गलाई नै रावण राज्य भनिन्छ। ज्ञानमार्ग केवल एक बाबाले नै सिकाउनुहुन्छ तिमी बच्चाहरूलाई। ती बेहदका बाबालाई भक्तिमार्गमा सबैले याद गर्छन्। अहिले तिमीलाई २१ जन्मको लागि ज्ञानको राजधानी मिल्छ। फेरि आधाकल्प तिमीले पुकार्नेछैनौ। हाय राम... हाय प्रभु भन्ने आवश्यकता नै हुनेछैन। दुःखी भएपछि मात्रै हाय राम भन्छन्। तिमीलाई त्यहाँ दुःख हुँदैहुँदैन। अहिले तिमीलाई थाहा छ– यो पनि खेल बनेको छ। आधाकल्प हुन्छ ज्ञानको दिन, आधाकल्प हुन्छ भक्तिको रात। भक्तिले हामीलाई तल झार्छ। तिमी बच्चाहरूको बुद्धिमा सिँढीको ज्ञान अवश्य हुनुपर्छ। बाबा सम्झाउनुहुन्छ– यो ८४ जन्मको चक्र हो, यस चक्रलाई जानेमा तिमी चक्रवर्ती राजा बन्छौ, त्यसैले बाबाले चित्र पनि बनाइरहनुभएको छ जसबाट सिद्ध हुन्छ– हामीले यस चक्रलाई जान्नाले २१ जन्मको लागि राज्य भाग्य लिन्छौँ।

अहिले तिमीहरू धेरै भएका छौ। ठुलो रुहानी शक्ति सेना बनेको छ। तिमी सबै पण्डा हौ। बाबा पनि पण्डा हुनुहुन्छ। उहाँलाई भनिन्छ– गाइड। पण्डा शब्द शुभ शब्द हो। पण्डाहरूले यात्रामा लैजान्छन्। यात्रीहरू गए भने उनीहरूलाई एक गाइड मिल्छ– यिनीहरूलाई यो सबै देखाऊ। तीर्थ यात्रामा पनि पण्डाहरू भेटिन्छन्। बाबा भन्नुहुन्छ– तिमीहरूले जन्मजन्मान्तर तीर्थ यात्रा गर्दै आएका छौ। अमरनाथमा जान्छन्, तीर्थहरूमा जान्छन्। परिक्रमा लगाउँछन्। त्यहाँ जाने समयमा फेरि त्यही याद हुन्छ। घरबार कामधन्दा सबैबाट दिल हट्छ। यहाँ तिमीलाई सम्झाइन्छ– आफ्नो घर-गृहस्थमा रहेर कामधन्दा पनि गरिराख र फेरि गुप्त यात्रामा जाऊ। यो कति राम्रो छ। जति ठुलो धन्दा गर्नुछ त्यति गर। कसैलाई पनि मनाही छैन। सम्हाल्न त आफ्नो राज्य पनि सम्हाल। राजा जनकलाई पनि सेकेन्डमा जीवनमुक्ति मिल्यो। तिमीले कुनै बाहिरको यात्रा आदितिर धक्का खान आवश्यक छैन। आफ्नो घरबारको पनि पूरा सम्हाल्नुपर्छ। जो समझदार राम्रा बच्चाहरू छन्, उनीहरूले सम्झन्छन्– हामी घरगृहस्थमा रहेर कमल फूलसमान रहनुछ। गृहस्थ व्यवहारमा हैरान हुनुहुँदैन। कुमार, कुमारीहरू त संन्यासीजस्तै हुन्, उनीहरूमा विकार हुँदैन। ५ विकारबाट टाढा हुन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हाम्रो शृङ्गार नै अर्कै प्रकारको छ, उनीहरूको अर्कै छ। उनीहरूको हो तमोप्रधान शृङ्गार, तिम्रो हो सतोप्रधान शृङ्गार, जसबाट तिमी सतोप्रधान सूर्यवंशी राज्य भाग्यमा जानुछ। बाबा तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– तमोप्रधान जिस्मानी शृङ्गार अलिकति पनि नगर। दुनियाँ धेरै नराम्रो छ। गृहस्थ व्यवहारमा रहँदा फेसनेबल नबन। फेसनले आकर्षण गर्छ। यस समयमा सुन्दरता राम्रो छैन। कालै छौ भने पनि राम्रो हो। कसैले थप्पड हान्दैन। सुन्दरको पछाडि त घुमिरहन्छन्। श्रीकृष्णलाई पनि कालै देखाउँछन्। तिमीहरू गोरा बन्नु छ शिवबाबाबाट। उनीहरू गोरा बन्छन् पाउडर आदिबाट। कति फेसन छ, कुरै नसोध। धनवान्हरूको त सत्यानाश हुन्छ। गरिब राम्रा छन्। गाउँमा गएर गरिबहरूको कल्याण गर्नुछ, तर आवाज फैलाउने ठुला मानिस पनि चाहिन्छन्। तिमी सबै गरिब हौ नि। कोही धनवान् छ र? तिमी हेर कति साधारण रूपमा बसेका छौ। हेर मुम्बईमा त फेसनको कति लहर चलिरहेको छ। बाबाकहाँ मिल्न आए भने मैले भन्छु– तिमीले यो जिस्मानी शृङ्गार गरेका छौ, अब आयौ भने तिमीलाई ज्ञान शृङ्गार गराउँछु, जसबाट तिमी २१ जन्मको लागि स्वर्गकी परी बन्नेछौ। सदा सुखी बन्नेछौ। न कहिल्यै रुनेछौ, न दुःख हुनेछ। तिमीले अब यो जिस्मानी शृङ्गार छोडिदेऊ। तिमीलाई हामी ज्ञान रत्नहरूले यस्तो पहिलो दर्जाको शृङ्गार गराउँछौँ, कुरै नसोध। मेरो मतमा चल्यौ भने तिमीलाई पटरानी बनाउनेछु। यो त राम्रो हो नि! तिमी सबै बच्चाहरूलाई यस तमोप्रधान आसुरी दुनियाँ नर्कबाट निकालेर स्वर्गकी महारानी बनाउनेछु। तिमी बच्चाहरूले जान्दछौ– आज हामी सेतो पोसाकमा छौँ, अर्को जन्ममा स्वर्गमा सुनको चम्चाले दुध पिउनेछौँ। यो त धेरै फोहोरी दुनियाँ हो। स्वर्ग त स्वर्ग नै हो, कुरै नसोध। यहाँ तिमी बेगर (भिखारी) हौ। भारतवर्ष बेगर छ। बेगर टु प्रिन्स भनिन्छ। तिमीले यसै खण्डमा नै फेरि जन्म लिनेछौ। बाबाले हामीलाई स्वर्गको मालिक बनाउनुभएको थियो, यसमा रातदिनको फरक हुन्छ। धेरै गरिब जोसँग केही खाने कुरा पनि हुँदैन, उनीहरूलाई नै दान दिइन्छ। भारतवर्ष नै महागरिब छ। बिचराहरूलाई यो पनि थाहा छैन– यस समयमा सबै तमोप्रधान छन्। दिनप्रतिदिन सिँढी तल नै ओर्लिरहन्छन्। अहिले कोही सिँढी चढ्न सक्दैनन्। १६ कलाबाट १४ कला फेरि १२ कला... तल ओर्लंदै आउँछन्। यी लक्ष्मी-नारायण पनि पहिला १६ कला सम्पूर्ण थिए फेरि १४ कलामा ओर्लन्छन् नि! यो पनि राम्रोसँग याद गर्नु छ। सिँढी ओर्लंदा ओर्लंदा बिल्कुलै पतित बनेका छन्। फेरि स्वर्गका मालिक कसले बनाउनुहुन्छ? यो विश्वको इतिहास-भूगोल दोहोरिन्छ। यो पनि सबैले भन्छन् तर अब कुन इतिहास दोहोरिन्छ, यो कसैलाई थाहा छैन। शास्त्रहरूमा त लेखिदिएका छन्– सत्ययुगको अवधि लाखौँ करोडौं वर्ष छ। उनीहरूलाई सोध– सत्ययुग कहिले आउनेछ? भन्छन्– अझै ४० हजार वर्ष बाँकी छ। तिमीले सिद्ध गरेर बताउँछौ– कल्पको अवधि नै ५ हजार वर्ष हो। उनीहरूले फेरि केवल सत्ययुगलाई नै लाखौँ वर्ष दिइदिन्छन्। घोर अन्धकार छ नि। त्यसैले भगवान् आउनुभएको छ भन्ने कुरा मानिसहरूले कसरी मान्छन्। उनीहरूले सम्झन्छन्– कलियुगको अन्त्य भएपछि मात्र भगवान् आउनुहुन्छ। अहिले तिमी बच्चाहरूले यी सबै कुरालाई बुझेका छौ। विनाश सामुन्ने उभिएको छ। बच्चाहरूलाई सम्झाइन्छ– विनाशभन्दा पहिला बाबाबाट वर्सा लेऊ, तर कुम्भकर्णको निद्रामा सुतिरहेका छन्। बिचराहरू हाय हाय गरेर मर्छन्। तिम्रो जयजयकार हुनेछ। विनाशमा हुन्छ नै– हाय हाय। विपरीत बुद्धि भएकाहरूले हाय हाय नै गर्छन्। अहिले तिमी हौ सत्य बाबाका सत्य सन्तान। नर्कको विनाश नभई स्वर्ग कसरी बन्छ। तिमीले भन्छौ– यो त महाभारत लडाइँ हो। यसबाट नै स्वर्गको द्वार खुल्नेछ। मानिसहरूलाई त केही पनि थाहा छैन। तिम्रो बुद्धिमा छ– हामीलाई अहिले दैवी स्वराज्यको नौनी मिल्छ। उनीहरू आपसमा लडिरहन्छन्। हुन् उनीहरू पनि मानिस, तिमी पनि मानिस तर उनीहरू हुन् आसुरी सम्प्रदाय, तिमी हौ दैवी सम्प्रदाय। बाबाले बच्चाहरूलाई सम्मुख सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई भित्रैदेखि खुसी हुन्छ। अनेक पटक तिमीले यस्तो राजधानी लिएका छौ, जसरी अहिले तिमीले लिइरहेका छौ। ती दुई बिराला आपसमा लड्छन्। सारा विश्वको बादसाहीको मख्खन तिमीलाई मिल्छ। तिमी यहाँ आउँछौ नै विश्वको मालिक बन्न। तिमीलाई थाहा छ– हामीले बाबासँग योग लगाएर कर्मातीत अवस्था प्राप्त गर्छौँ। उनीहरू आपसमा लड्छन्, हामीले नै विश्वको बादसाही पाउँछौँ। यो त सामान्य कुरा हो। ती बाहुबल भएकाहरूले विश्वको बादसाही लिन सक्दैनन्। तिमीहरू योगबलले विश्वका मालिक बन्छौ। तिम्रो हो नै अहिंसा परमो देवधर्म:। दुवै हिंसा त्यहाँ हुँदैन। काम कटारीको हिंसा सबैभन्दा नराम्रो हो जसले तिमीलाई आदि-मध्य-अन्त्य दुःख दिन्छ। यो कुरा कसैलाई थाहा छैन– रावण राज्य कहिले हुन्छ। अहिले पुकार्छन्– आएर हामीलाई पावन बनाउनुहोस्! त्यसैले अवश्य कुनै बेला पावन थिए नि। यहाँका बच्चाहरूले नै पुकार्छन्– दुःखबाट मुक्त गर्नुहोस्, शान्तिधाम लैजानुहोस्, दुःख हरेर सुख दिनुहोस्! श्रीकृष्णलाई हरि पनि भन्छन्। भन्छन् बाबा, हामीलाई हरिको द्वारमा लैजानुहोस्! हरिको द्वार हो कृष्णपुरी। यो हो कंसपुरी। यो कंसपुरी हामीलाई मन पर्दैन। माया मच्छन्दरको खेल देखाउँछन्। यो त तिमीलाई थाहा छ– रावणको राज्य द्वापरबाट सुरुहुन्छ। देवताहरू जो पावन थिए उनीहरू पतित हुन सुरु गर्छन्, यसका निसानीहरू पनि जगन्नाथ पुरीमा छन्। दुनियाँमा धेरै फोहोर भरिएको छ। अब त हामी ती सबै कुराबाट निस्केर परिस्तानमा जानेछौँ। यसमा धेरै हिम्मत, महावीरपन चाहिन्छ। बाबाको बनेर पतित कहाँ बन्न हुन्छ र! उनीहरूले सम्झन्छन्– स्त्री-पुरुष सँगै रहेर पनि आगो नलाग्ने, यो हुन सक्दैन, त्यसैले नै यहाँ स्त्री-पुरुषलाई भाइबहिनी बनाइन्छ भनेर हङ्गामा गर्छन्। यस्तो त अन्यत्र कहीँ लेखिएको छैन। थाहा छैन– यहाँ कुन जादु छ। अरे तिमी ब्रह्माकुमारीहरूकहाँ गयौ भने त उनीहरूले तिमीलाई त्यहाँ बाँधेर राख्छन्। यस्ता यस्ता कुरा गरेर त्यहाँ बहकाइरहन्छन्। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। जसको पार्ट छ उनीहरू जसरी पनि आउँछन्, यसमा डराउने कुरै छैन। शिवबाबा त ज्ञानको सागर, पतितपावन सर्वको सद्गतिदाता हुनुहुन्छ। ब्रह्माद्वारा पतितबाट पावन बनाउनुहुन्छ। यी शब्दहरू यति ठुला लेखिएका हुन् जुन कसैले पनि आएर पढ्न सक्छ। पवित्रतामा नै कति विघ्न पार्छन्।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कुनै पनि देहधारीमा मोहको अंश हुनुहुँदैन। यदि कहीँ मोहको अंश भयो भने फस्छौ। यहाँ त आमा मरे पनि हलुवा खानु...। बाबा सामुन्ने बसाएर सोध्नुहुन्छ– भोलि तिम्रा कोही मरे भने रुँदैनौ नि! आँसु आयो भने फेल भयौ। एक शरीर छोडेर अर्को लियो यसमा रुने कुरा के छ। अरू कसैले सुन्यो भने भन्छ– मुखबाट त राम्रो बचन बोल। अरे राम्रो नै बोल्छौँ। सत्ययुगमा रुवाबासी हुँदैहुँदैन, यो जीवन तिम्रो त्यो जीवनभन्दा पनि उच्च छ। तिमी हौ सबैलाई रुनबाट बचाउने फेरि तिमी कसरी रुन्छौ? हामीलाई पतिहरूको पति मिल्नुभएको छ जसले हामीलाई स्वर्गमा लैजानुहुन्छ। फेरि नर्कमा खसाल्नेको लागि हामी किन रुने! वर्सा लिनको लागि बाबाले कति मीठा मीठा कुरा सुनाउनुहुन्छ। यस समयमा भारतवर्षको कति अकल्याण भएको छ। बाबा आएर कल्याण गर्नुहुन्छ। भारतवर्षलाई मगध देश भन्छन्। सिन्धजस्तो फेसनेबल कुनै स्थान हुँदैन। बेलायतबाट फेसन सिकेर आउँछन्। कपाल बनाउनमा आजकालका युवतीहरूले कति खर्च गर्छन्। उनीहरूलाई भनिन्छ– नर्कका परीहरू। बाबाले तिमीलाई स्वर्गका परीहरू बनाउनुहुन्छ। भन्छन्– हाम्रो लागि त यहाँ नै स्वर्ग छ, यो सुख त लिइहालौँ। भोलि के हुन्छ– हामीलाई के थाहा। यस्ता अनेक विचार हुनेकाहरू आउँछन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सच्चा सच्चा रुहानी पण्डा बनेर सबैलाई घरको बाटो बताउनुछ। शरीर निर्वाह अर्थ कामधन्दा गर्दा यादको यात्रामा रहनुछ। कार्य व्यवहारमा हैरान हुनुछैन।

२) ज्ञान शृङ्गार गरेर स्वयंलाई स्वर्गका परी बनाउनुछ। यस तमोप्रधान दुनियाँमा जिस्मानी शृङ्गार गर्नुछैन। कलियुगी फेसन छोडिदिनुछ।

वरदान:–
बालक र मालिकपनको सन्तुलन द्वारा युक्तियुक्त चल्ने सफलतामूर्त भव

जति सकिन्छ सेवाको सम्बन्धमा बालकपन, आफ्नो पुरुषार्थको स्थितिमा मालिकपन, सम्पर्क र सेवामा बालकपन, यादको यात्रा र मन्थन गर्दा मालिकपन, साथीहरू र सङ्गठनमा बालकपन र व्यक्तिगत रूपमा मालिकपन– यस सन्तुलनबाट चल्नु नै युक्तियुक्त चल्नु हो। यसबाट सहजै हरेक कार्यमा सफलता प्राप्त हुन्छ, स्थिति एकरस रहन्छ र सहज नै सबैको स्नेही बन्छौ।

स्लोगन:–
सोचाइ र गराइ समान भयो भने भनिन्छ इच्छाशक्ति (विल पावर) भएको शक्तिशाली आत्मा।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।

हर्षित रहने गुण पुरुषार्थमा धेरै मदतगार बन्न सक्छ, तर जसरी अनुहार हर्षित हुन्छ त्यसरी नै आत्मा पनि सदैव हर्षित होस्, यस स्वाभाविक गुणलाई आत्मामा ल्याउनुछ। सदा हर्षित रह्यौ भने फेरि मायाको कुनै आकर्षणले आकर्षित गर्दैन, यसमा बाबाले ग्यारेन्टी गर्नुहुन्छ। तर सदा हर्षित रहनको लागि आफ्नो रुहानी शानमा रहनुछ र सहनशील बनेर साक्षीदृष्टा भएर मायाको खेललाई हेर्नुछ।