02.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– कहिल्यै
थाकेर यादको यात्रालाई छोड्नुहुँदैन , सदैव देहीअभिमानी रहने प्रयत्न गर , बाबाको
प्यार खिच्न वा मीठो बन्नका लागि यादमा रहने गर। ”
प्रश्न:–
१६ कला
सम्पूर्ण अथवा परफेक्ट बन्नका लागि कुन पुरुषार्थ अवश्य गर्नुछ?
उत्तर:–
जति हुन सक्छ
स्वयंलाई आत्मा सम्झ। प्यारको सागर बाबालाई याद गर्यौ भने परफेक्ट बन्छौ। ज्ञान धेरै
सहज छ तर १६ कला सम्पूर्ण बन्नका लागि यादले आत्मालाई परफेक्ट बनाउनुछ। आत्मा
सम्झनाले मीठो बन्छौ। सबै विघ्न समाप्त हुन्छ।
गीत:–
तू प्यार का
सागर है........
ओम् शान्ति ।
प्यारको सागरले
आफ्ना बच्चाहरूलाई पनि त्यस्तै प्यारको सागर बनाउनुहुन्छ। बच्चाहरूको
लक्ष्य-उद्देश्य नै हो कि हामी यस्ता लक्ष्मी-नारायण बनौँ। यिनीहरूलाई सबैले कति
प्यार गर्छन्। बच्चाहरूलाई थाहा भएको छ– बाबाले हामीलाई यिनीहरूजस्तै मीठो
बनाउनुहुन्छ। मीठो यहीँ बन्नुछ र बनिन्छ यादले। भारतवर्षको योगको गायन गरिएको छ, यो
हो याद। यही यादले तिमी यिनीहरूजस्तै विश्वको मालिक बन्छौ। तिमी बच्चाहरूले यही
मेहनत गर्नुछ। तिमी यो घमण्डमा नआऊ– मलाई धेरै ज्ञान छ। मूल कुरा हो याद। यादले नै
प्यार दिन्छ। धेरै मीठो, धेरै प्यारो बन्न चाहन्छौ, उच्च पद पाउन चाहन्छौ भने मेहनत
गर। नत्र धेरै पछुताउनेछौ किनकि धेरै बच्चाहरू छन् जो यादमा कमी छ, थाके भने
छोडिदिन्छन्। एक त देहीअभिमानी बन्नका लागि धेरै प्रयत्न गर्नुछ। नत्र धेरै सानो पद
पाउँछौ। त्यति मीठो कहिल्यै हुँदैनौ। धेरै कम बच्चाहरू छन् जसले बाबालाई खिच्छन्
किनकि यादमा रहन्छन्। केवल बाबाको याद चाहिन्छ। जति याद गर्छौ, त्यति धेरै मीठो
बन्छौ। यी लक्ष्मी-नारायणले पनि अघिल्लो जन्ममा धेरै याद गरेका रहेछन्। यादले मीठो
बनेका हुन्। सत्ययुगका सूर्यवंशी पहिलो नम्बरमा हुन्छन्, चन्द्रवंशी दोस्रो नम्बर
भए। यी लक्ष्मी-नारायण धेरै प्रिय लाग्छन्। यी लक्ष्मी-नारायणको अनुहार र राम-सीताको
अनुहारमा धेरै फरक छ। यी लक्ष्मी-नारायणमाथि कहिल्यै कुनै कलङ्क लगाइएको छैन।
श्रीकृष्णमाथि भुलले कलङ्क लगाएका छन्, राम-सीतामाथि पनि लगाएका छन्।
बाबा भन्नुहुन्छ– धेरै
मीठो तब बन्छौ, जब सम्झन्छौ हामी आत्मा हौँ। आत्मा सम्झेर बाबालाई याद गर्नमा धेरै
मजा छ। जति याद गर्छौ, त्यति सतोप्रधान, १६ कला सम्पूर्ण बन्छौ। १४ कला त फेरि पनि
कमी भयो नि, फेरि अरू त्रुटि हुँदै जान्छ। १६ कला परफेक्ट बन्नुछ। ज्ञान त बिल्कुल
सहज छ। जो कोहीले पनि सिक्छन्। ८४ जन्म कल्प कल्प लिँदै आएका छन्। तर फर्केर त कोही
जान सक्दैनन्, जबसम्म पूरा पवित्र बन्दैनन्। नत्र सजाय भोग्नुपर्छ। बाबा बारम्बार
सम्झाउनुहुन्छ, जति हुन सक्छ पहिला सुरुमा यो एउटा कुरा पक्का गर– म आत्मा हुँ। हामी
आत्मा आफ्नो घरमा रहन्छौँ त्यसैले हामी सतोप्रधान छौँ, फेरि यहीँ जन्म लिन्छौँ।
कसैले कति जन्म, कसैले कति जन्म लिन्छन्। अन्त्यमा तमोप्रधान बन्छन्। दुनियाँको त्यो
इज्जत कम हुँदै जान्छ। नयाँ घर रहेछ भने त्यसमा कति आराम आउँछ। फेरि कमी हुन्छ,
कलाहरू कम हुँदै जान्छन्। यदि तिमी बच्चाहरू परफेक्ट दुनियाँमा जाऊँ भन्ने चाहन्छौ
भने परफेक्ट बन्नुछ। केवल नलेजलाई परफेक्ट भनिँदैन। आत्मा परफेक्ट बन्नुछ। जति हुन
सक्छ कोसिस गर– म आत्मा हुँ, बाबाको बच्चा हुँ। भित्र धेरै खुसी हुनुपर्छ। मानिसहरू
आफूलाई देहधारी सम्झेर खुसी हुन्छन्। म फलानाको बच्चा हुँ... त्यो हो अल्पकालको नशा।
अब तिमी बच्चाहरूले बाबासँग पूरा बुद्धियोग लगाउनुछ, यसमा अलमलिनुछैन। हुन त
बेलायतमा जहाँसुकै जाऊ, केवल एक कुरा पक्का निश्चय गर– बाबालाई याद गर्नुछ। बाबा
प्यारको सागर हुनुहुन्छ। यो महिमा कुनै मानिसको होइन। आत्माले आफ्नो बाबाको महिमा
गर्छ। आत्माहरू सबै आपसमा भाइ भाइ हुन्। सबैका पिता एक हुनुहुन्छ। बाबाले सबैलाई
भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी सतोप्रधान थियौ, सो अब तमोप्रधान बन्यौ।
तमोप्रधान बन्नाले तिमी दु:खी बनेका हौ। अब म आत्मालाई परमात्मा बाबा भन्नुहुन्छ–
तिमी पहिला परफेक्ट थियौ। सबै आत्माहरू त्यहाँ परफेक्ट नै हुन्छन्। हुन त पार्ट
अलग-अलग छ, तर परफेक्ट त हुन्छन् नि। पवित्रता विना त त्यहाँ कोही जान सक्दैन।
सुखधाममा तिमीलाई सुख पनि हुन्छ, शान्ति पनि हुन्छ, त्यसैले तिम्रो धर्म उच्चभन्दा
उच्च हो। त्यहाँ अथाह सुख हुन्छ। विचार गर– हामी के बन्छौँ। स्वर्गको मालिक बन्छौँ।
त्यो हो हीराजस्तो जन्म। अहिले त कौडीजस्तो जन्म छ। अब बाबाले यादमा रहन इसारा
दिनुहुन्छ। तिमीले बोलाउँछौ नै हामीलाई आएर पतितबाट पावन बनाउनुहोस् भनेर। सत्ययुगमा
हुन्छन् सम्पूर्ण निर्विकारी। राम-सीतालाई पनि सम्पूर्ण भनिँदैन। उनीहरू दोस्रो
ग्रेडमा गए। यादको यात्रामा पास भएनन्। नलेजमा जति नै तीक्ष्ण हुन्, कहिल्यै पनि
बाबालाई मीठो लाग्दैन। यादमा रह्यौ भने नै मीठो बन्छौ। फेरि बाबा पनि तिमीलाई मीठो
लाग्छ। पढाइ त बिल्कुल साधारण छ, पवित्र बन्नुछ, यादमा रहनुछ। यो राम्रोसँग नोट गर,
फेरि यो जुन कहीँ कहीँ विघ्न पर्छ, अहङ्कार आउँछ, त्यो कहिल्यै हुँदैन– यादको
यात्रामा रहनाले। मूल कुरा आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। दुनियाँमा मानिसहरू
कति लडाइँ झगडा गर्छन्। जीवन नै जहरजस्तै बनाइदिन्छन्। यी शब्द सत्ययुगमा हुँदैनन्।
पछि गएर यहाँ त मानिसहरूको जीवन झन् जहर हुँदै जान्छ। यो हो नै विषय सागर। सबै रौरव
नर्कमा परेका छन्, धेरै गन्दा छ। दिनप्रतिदिन गन्दा वृद्धि हुँदै जान्छ। यसलाई
भनिन्छ फोहोरी दुनियाँ। एकअर्कालाई दु:ख नै दिइरहन्छन् किनकि देह अभिमानको भूत
हुन्छ। कामको भूत हुन्छ। बाबा भन्नुहुन्छ– यी भूतहरूलाई भगाऊ। यिनै भूतले नै तिम्रो
कालो मुख पार्छन्। काम चितामा बसेर कालो बन्छन्, बाबा भन्नुहुन्छ– फेरि म आएर ज्ञान
अमृतको वर्षा गर्छु। अहिले तिमी के बन्छौ! त्यहाँ त हीराका महल हुन्छन्, सबै
प्रकारका वैभव हुन्छन्। यहाँ त सबै मिसावटी चीजहरू छन्। गाईहरूको आहार हेर, सबैबाट
सार निकालेर बाँकी रहेको दिन्छन्। गाईलाई आहारा पनि ठीकसँग मिल्दैन। श्रीकृष्णका
गाईहरू हेर, कस्ता फस्टक्लास गाई देखाउँछन्। सत्ययुगमा गाईहरू यस्ता हुन्छन्, कुरै
नगर। हेर्नासाथ नै आनन्द आउँछ। यहाँ त हरेक चीजबाट सार निकालिदिन्छन्। यो धेरै
फोहोरी गन्दा दुनियाँ हो। तिमीले यसमा दिल लगाउनुहुँदैन। बाबा भन्नुहुन्छ– तिमी कति
विकारी बनेका छौ। लडाइँमा कसरी एक अर्कालाई मारिरहन्छन्। एटमिक बम बनाउनेहरूको पनि
कति मान छ, यसबाट सबैको विनाश हुन्छ। बाबा बसेर बताउनुहुन्छ– आजका मानिसहरू के हुन्,
भोलिका के हुन्छन्। अहिले तिमी बीचमा छौ। सङ्गले तार्छ, कुसङ्गले डुबाउँछ। तिमीले
पुरुषोत्तम बन्नका लागि बाबाको हात समात्छौ। कसैले पौडी सिक्ने हो भने सिकाउनेवालाको
हात समात्नुपर्छ। नत्र डुब्न सकिन्छ, यसमा पनि हात समात्नुछ। नत्र मायाले तान्छ।
तिमीले यो सारा विश्वलाई स्वर्ग बनाउँछौ। आफूलाई नशामा ल्याउनुपर्छ। हामीले श्रीमत
अनुसार आफ्नो राज्य भाग्य स्थापना गरिरहेका छौँ। सबै मनुष्य मात्रले दान त गर्छन्
नै। फकिरहरूलाई दिन्छन्। तीर्थ यात्रामा पण्डाहरूलाई दान दिन्छन्, चामल मुठी पनि
अवश्य दान गर्छन्। त्यो सबै भक्ति मार्गमा चलिआएको छ। अहिले बाबाले हामीलाई डबल दानी
बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– तीन पाउ जमिनमा तिमीले यो ईश्वरीय विश्व विद्यालय,
ईश्वरीय अस्पताल खोल, जसमा मानिसहरू २१ जन्मको लागि आएर तन्दुरुस्ती पाउँछन्। यहाँ
त कस्ता कस्ता बिमारीहरू हुन्छन्। बिमारीमा कति दुर्गन्ध हुन्छ। अस्पतालमा हेर्यौ
भने घृणा आउँछ। कर्मभोग कति छ। यी सबै दु:खबाट छुट्नका लागि बाबा भन्नुहुन्छ– केवल
याद गर, तिमीलाई अरू कुनै तकलिफ दिन्नँ। बाबालाई थाहा छ– बच्चाहरूले धेरै तकलिफ
देखेका छन्। विकारी मानिसहरूको अनुहार नै परिवर्तन हुन्छ। एकदमै मुर्दाजस्तै बन्छन्।
जसरी अम्मली मदिरा बिना रहन सक्दैनन्। मदिराले धेरै नशा चढ्छ तर अल्पकालको लागि।
यसले विकारी मानिसहरूको आयु पनि कति छोटो हुन्छ। निर्विकारी देवताहरूको आयु औसत
१२५-१५० वर्ष हुन्छ। सदा स्वस्थ बन्यौ भने आयु पनि त बढ्छ नि। निरोगी काया हुन्छ।
बाबालाई अविनाशी सर्जन पनि भनिन्छ। ज्ञान इन्जेक्सन सद्गुरुले दिनुभयो, अज्ञान
अन्धकार विनाश। बाबालाई चिन्दैनन्, त्यसैले अज्ञान अन्धकार भनिन्छ, भारतवर्षको कुरा
हो। क्राइस्टलाई त चिन्दछन्– फलाना संवत्मा आए। उनीहरूको सारा सूची छ। कसरी
नम्बरवार पोप गद्दीमा बस्छन्। एउटै भारतखण्ड हो जसले कसैको जीवनी जान्दैन। बोलाउँछन्
पनि– हे दु:खहर्ता सुखकर्ता परमात्मा, हे माता-पिता...! अच्छा, माता-पिताको जीवनी त
बताऊ। केही पनि थाहा छैन।
तिमीलाई थाहा छ– यो
हो पुरुषोत्तम सङ्गमयुग। हामी अहिले पुरुषोत्तम बनिरहेका छौँ, त्यसैले पूरा
पढ्नुपर्छ। लोकलाज कुलको मर्यादामा पनि धेरै फसेका हुन्छन्। यी बाबाले त कसैको पनि
परवाह गरेनन्। कति गाली आदि खाए, न मन न चित्तमा थियो। रास्ते चलते-चलते ब्राह्मण
फँस गया। बाबाले ब्राह्मण बनाउनुभयो अनि गाली खान थाले। सारा पञ्चायत थियो एकातर्फ,
दादा अर्कातर्फ। सारा सिन्धी पञ्चायतले भन्छ–- यो के गर्नुहुन्छ! अरे गीतामा
भगवानुवाच छ नि– काम महाशत्रु हो, यसमाथि विजय पाएपछि विश्वको मालिक बन्छौ। यो त
गीताको शब्द हो। मद्वारा पनि कसैले भन्नुहुन्छ– काम विकारलाई जितेमा तिमी जगतजित
बन्छौ। यी लक्ष्मी-नारायणले पनि काममाथि विजय पाएका छन् नि। यसमा लडाइँ आदिको कुनै
कुरा छैन। तिमीलाई स्वर्गको बादसाही दिन आएको छु। अब पवित्र बन र बाबालाई याद गर।
स्त्रीले भन्छिन्– हामी पावन बनौँ, पतिले भन्छ– म बन्दिनँ। एक हंस, अर्को बकुल्ला
हुन्छ। बाबा आएर ज्ञान रत्न लिने हंस बनाउनुहुन्छ। तर एक बन्यो अर्को बनेन भने झगडा
हुन्छ। सुरुवातमा त धेरै तागत थियो। अहिले यति हिम्मत कसैमा छैन। हुन त भन्छन्– हामी
वारिस हौँ, तर वारिस बन्ने कुरा अर्कै हो। सुरुमा त कमाल थियो। ठुला ठुला
घरवालाहरूले तुरुन्तै छोडेर आए वर्सा पाउन। त्यसैले उनीहरू लायक बने। पहिला सुरुमा
आउनेहरूले त कमाल गरे। अहिले यस्ता कोही विरलै निस्किन्छन्। लोकलाज धेरै छ। पहिला
जो आए, उनीहरूले धेरै हिम्मत देखाए। अहिले कसैले यति साहस गर्न धेरै मुस्किल छ। हो,
गरिबले साहस गर्न सक्छन्। मालाको दाना बन्नुछ भने पुरुषार्थ गर्नुपर्छ। माला त धेरै
ठुलो हुन्छ। ८ को पनि हुन्छ, १०८ को पनि हुन्छ, फेरि १६१०८ को पनि हुन्छ। बाबा स्वयं
भन्नुहुन्छ– धेरै धेरै मेहनत गर। आफूलाई आत्मा सम्झ। सत्य बताउँदैनन्। जसले आफूलाई
राम्रा राम्रा सम्झन्छन्, उनीहरूबाट पनि विकर्म हुन्छ। हुन त ज्ञानी आत्मा हुन्।
सम्झाउने तरिका राम्रो छ तर योग छैन, दिलमा चढ्दैनन्। यादमा नै रहेनन् भने दिलमा पनि
चढ्दैनन्। यादले नै याद मिल्छ नि। सुरुमा तुरुन्तै कुर्बान भए। तर कुर्बान हुनु
साधारण कुरा होइन। मूल कुरा हो याद, अनि मात्रै खुसीको पारा चढ्छ। जति कलाहरू कम
हुँदै गए, त्यति दु:ख बढ्दै गयो। अब फेरि जति कला बढ्छन्, त्यति खुसीको पारा चढ्छ।
पछाडि तिमीलाई सबै साक्षात्कार हुन्छ। धेरै याद गर्नेहरूलाई के पद मिल्छ। धेरै पछाडि
साक्षात्कार हुनेछ। विनाशको समयमा तिमीले स्वर्गको साक्षात्कारको हलुवा खान्छौ। बाबा
बारम्बार सम्झाउनुहुन्छ– यादलाई बढाऊ। कसैलाई अलिकति सम्झायो भने यसमा बाबा खुसी
हुनुहुन्न। एक पण्डितको पनि कथा छ नि। भन्यो– राम राम भन्नाले सागर पार हुन्छ। यो
देखाउँछन्– निश्चयमा नै विजय छ। बाबामा संशय आउनाले विनशन्ती हुन्छन्। बाबाको यादले
नै पाप काटिन्छन्, रातदिन कोसिस गर्नुपर्छ। फेरि कर्मेन्द्रियहरूको चञ्चलता बन्द
हुन्छ। यसमा धेरै मेहनत छ। धेरै छन् जसको यादको चार्ट छैन। अर्थात् फाउन्डेसन छैन।
जति हुन सक्छ, जसरी पनि याद गर्नुछ, तब नै सतोप्रधान, १६ कला बन्छौ। पवित्रताको साथै
यादको यात्रा पनि चाहिन्छ। पवित्र रहनाले नै यादमा रहन सक्छौ। यो प्वाइन्ट
राम्रोसँग धारण गर। बाबा कति निरहङ्कारी हुनुहुन्छ। पछि गएर तिम्रो पाउमा सबै
झुक्छन्। भन्छन्– अवश्य यी माताहरूले स्वर्गको द्वार खोल्छन्। यादको धार अहिले कम
छ। कुनै पनि देहधारीलाई याद गर्नुछैन। तमोप्रधानबाट सतोप्रधान बन्नमा नै मेहनत छ।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यो पतित फोहोरी दु:खदायी दुनियाँसँग दिल लगाउनुछैन। एक बाबाको हात समातेर यसबाट
पार जानुछ।
२) मालाको दाना बन्नका
लागि धेरै साहस गरेर पुरुषार्थ गर्नुछ। ज्ञान रत्न लिने हंस बन्नुछ। कुनै पनि
विकर्म गर्नुछैन।
वरदान:–
निमित्त
भावद्वारा सेवामा सफलता प्राप्त गर्ने श्रेष्ठ सेवाधारी भव
निमित्त भावले सेवामा
स्वतः सफलता दिलाउँछ। निमित्त भाव छैन भने सफलता हुँदैन। श्रेष्ठ सेवाधारी अर्थात्
हर कदम बाबाको कदममा राख्नेवाला। हर कदम श्रेष्ठ मतमा श्रेष्ठ बनाउनेवाला। जति
सेवामा, स्वमा व्यर्थ समाप्त हुन्छ, त्यति नै समर्थ बन्छन् र समर्थ आत्माले हर कदममा
सफलता प्राप्त गर्छ। श्रेष्ठ सेवाधारी त्यो हो जो स्वयं पनि सदैव उमङ्ग-उत्साहमा
रहन्छ र अरूलाई पनि उमङ्ग-उत्साह दिलाउँछ।
स्लोगन:–
ईश्वरीय सेवामा
स्वयंलाई अफर (समर्पण) गर्यौ भने अफरिन (स्याबासी) मिलिरहन्छ।
अव्यक्त इसारा –
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
यो परमात्म प्यारको
डोरीले टाढा टाढाबाट खिचेर ल्याउँछ। यो यस्तो सुखदायी प्यार हो, जुन यो प्यारमा एक
सेकेन्ड पनि हरायौ भने अनेक दु:ख भुल्छौ र सदाको लागि सुखको झुलामा झुल्न थाल्छौ।
बाबाको तिमी बच्चाहरूसँग यति प्यार छ, जसले जीवनको सुख-शान्तिका सबै कामनाहरू पूर्ण
गरिदिनुहुन्छ। बाबाले सुख मात्र दिनुहुन्न तर सुखको भण्डारको मालिक बनाइदिनुहुन्छ।