02.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
विश्वमा शान्ति स्थापना गर्न का लागि निमित्त हौ , त्यसैले तिमी कहिल्यै अशान्त
हुनुहुँदैन।”
प्रश्न:–
बाबाले कुन
बच्चाहरूलाई फरमानबरदार बच्चा भन्नुहुन्छ?
उत्तर:–
बाबाको जुन
मुख्य आदेश छ, प्यारा बच्चाहरू! अमृतवेला (सबेरै) उठेर बाबालाई याद गर, जसले यो
मुख्य आदेशको पालन गर्छन्, बिहान सबेरै स्नान आदि गरेर फ्रेस भएर निश्चित समयमा
यादको यात्रामा रहन्छन्, बाबा उनीहरूलाई सपुत वा फरमानबरदार भन्नुहुन्छ, उनीहरू नै
गएर राजा बन्छन्। कपुत बच्चाहरूले त कुचो लगाउँछन्।
ओम् शान्ति ।
यसको अर्थ त
बच्चाहरूलाई सम्झाइएको छ। ओम् अर्थात् म आत्मा हुँ। यसरी सबैले भन्छन्– जीव आत्मा
हुन्छन् अवश्य र सबै आत्माहरूका पिता एक हुनुहुन्छ। शरीरका पिता अलग अलग हुन्छन्।
यो पनि बच्चाहरूको बुद्धिमा छ, हदका पिताबाट हदको र बेहदका पिताबाट बेहदको वर्सा
मिल्छ। अहिले यस समयमा मानिसहरूले चाहन्छन्– विश्वमा शान्ति होस्। चित्रहरूमा
सम्झाइयो भने शान्तिको लागि कलियुग अन्त्य सत्ययुग आदिको सङ्गममा ल्याउनुपर्छ। यो
हो सत्ययुग नयाँ दुनियाँ, यसमा एक धर्म हुन्छ त्यसैले पवित्रता-शान्ति-सुख हुन्छ।
त्यसलाई भनिन्छ नै हेभेन। यो त सबैले मान्नेछन्। नयाँ दुनियाँमा सुख हुन्छ, दु:ख
हुन सक्दैन। कसैलाई पनि सम्झाउन धेरै सहज छ। शान्ति र अशान्तिको कुरा यहाँ विश्वमा
नै हुन्छ। त्यो त हो नै निर्वाणधाम, जहाँ शान्ति-अशान्तिको प्रश्न नै उठ्न सक्दैन।
बच्चाहरूले भाषण गर्दा सबैभन्दा पहिला विश्वमा शान्तिको कुरा नै उठाउनुपर्छ।
मानिसहरूले शान्तिको लागि धेरै प्रयास गर्छन्, उनीहरूलाई पुरस्कार पनि मिलिरहन्छ।
वास्तवमा यसमा दौडधुप गर्ने कुरा छैन। बाबा भन्नुहुन्छ– केवल आफ्नो स्वधर्ममा टिक
त्यसबाट विकर्म विनाश हुनेछन्। स्वधर्ममा टिक्यौ भने शान्ति हुनेछ। तिमी हौ नै सदा
शान्त बाबाका बच्चा। यो वर्सा उहाँबाट मिल्छ। त्यसलाई कुनै मोक्ष भनिँदैन। मोक्ष त
भगवानलाई पनि मिल्न सक्दैन। भगवानलाई पनि पार्टमा अवश्य आउनुछ, बाबा भन्नुहुन्छ– म
कल्प, कल्प, कल्पको सङ्गमयुगमा आउँछु। भगवानलाई पनि मोक्ष हुँदैन भने बच्चाहरूले
फेरि मोक्षलाई कसरी पाउन सक्छन्। यी कुराहरू सारा दिन विचार सागर मन्थन गर्नका लागि
हुन्। बाबाले त तिमी बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। तिमी बच्चाहरूको सम्झाउने
अभ्यास धेरै छ। शिवबाबाले सम्झाउनुहुन्छ त्यसपछि तिमी सबै ब्राह्मणहरूले मात्रै
बुझ्छौ। विचार सागर मन्थन तिमीले गर्नुछ। सेवामा तिमी बच्चाहरू हुन्छौ। तिमीले त
धेरै सम्झाउनुपर्छ। दिनरात सेवामा रहन्छौ। म्युजियममा सारा दिन मानिसहरू आइरहन्छन्।
कतै राति १०-११ बजेसम्म पनि आउँछन्। कतै कतै सबेरै ४ बजेदेखि पनि सेवा गर्न थाल्छन्।
यहाँ त यो घर हो, जहिले चाह्यो त्यहिले बस्न सक्छन्। सेन्टरहरूमा त बाहिर टाढा
टाढाबाट आउँछन् त्यसैले टाइम निश्चित गर्नुपर्छ। यहाँ त कुनै पनि टाइममा बच्चाहरू
उठ्न सक्छन्। तर यस्तो टाइममा त पढ्नुछैन जुन बेला बच्चाहरू उठ्छन् र झुल्न थाल्छन्
त्यसैले बिहानको टाइम राखिन्छ। जसले गर्दा स्नान आदि गरेर फ्रेस भएर आउन्, तैपनि
टाइममा आउँदैनन् भने उनीहरूलाई फरमानबरदार भन्न सकिँदैन। लौकिक पिताका पनि सपुत र
कपुत बच्चा हुन्छन् नि। बेहदका बाबाका पनि हुन्छन्। सपुत गएर राजा बन्छन्, कपुत गएर
कुचो लगाउँछन्। थाहा त सबै हुन्छ नि।
श्रीकृष्ण
जन्माष्टमीमा पनि सम्झाइएको छ। श्रीकृष्णको जन्म भइसकेपछि मात्रै स्वर्ग हुन्छ। एउटै
राज्य हुन्छ। विश्वमा शान्ति हुन्छ। स्वर्गमा धेरै कम मानिसहरू हुनेछन्। त्यो हो नै
नयाँ दुनियाँ। त्यहाँ अशान्ति हुन सक्दैन। एक धर्म हुँदा मात्र शान्ति हुन्छ। जुन
एक धर्म बाबाले स्थापना गर्नुहुन्छ। पछि जब अरू अरू धर्म आइसकेपछि अशान्ति हुन्छ।
त्यहाँ हुन्छ नै शान्ति, १६ कला सम्पूर्ण हुन्छन् नि। चन्द्रमा पनि सम्पूर्ण हुँदा
कति शोभायमान हुन्छ, त्यसलाई फुल मुन (पूर्णिमा) भनिन्छ। त्रेतामा ३/४ (तीन चौथाइ)
भनिन्छ, खण्डित भयो नि। दुई कला कम भयो। सम्पूर्ण शान्ति सत्ययुगमा हुन्छ। सृष्टि
२५ पर्सेन्ट पुरानो हुनेछ त्यसैले केही न केही कमी हुनेछ। दुई कला कम हुँदा शोभा कम
भयो। स्वर्गमा बिल्कुल शान्ति, नर्कमा छ बिल्कुल अशान्ति। यही समय हो जब मानिसहरूले
विश्वमा शान्ति चाहन्छन्, यसभन्दा अगाडि यो आवाज उठेको थिएन– विश्वमा शान्ति होस्।
अहिले आवाज उठेको छ किनकि अहिले विश्वमा शान्ति भइरहेको छ। आत्माले चाहन्छ– विश्वमा
शान्ति हुनुपर्छ। मानिसहरू त देह अभिमानमा भएकाले केवल भनिरहन्छन्– विश्वमा शान्ति
होस्। ८४ जन्म अब पूरा भएका छन्। यो कुरा बाबा नै आएर सम्झाउनुहुन्छ। बाबालाई नै
याद गर्छन्। उहाँ कहिले कुन रूपमा आएर स्वर्गको स्थापना गर्नुहुन्छ, उहाँको नाम नै
हो हेभेनली गड फादर। यो कसैलाई पनि थाहा छैन– हेभेन कसरी रच्नुहुन्छ। श्रीकृष्णले त
रच्न सक्दैनन्। उनीहरूलाई भनिन्छ देवता। मनुष्यले देवताहरूलाई नमन गर्छन्। उनीहरूमा
दैवीगुण हुन्छन् त्यसैले देवता भनिन्छ। राम्रो गुण भएकोलाई भनिन्छ नि– यो त
देवताजस्तै छ। लड्ने झगडा गर्नेलाई भनिन्छ– यो त असुरजस्तै छ। बच्चाहरूलाई थाहा छ–
हामी बेहदका बाबाको अगाडि बसेका छौँ। त्यसोभए बच्चाहरूको चालचलन कति राम्रो
हुनुपर्छ। अज्ञान कालमा पनि बाबाले देख्नुभएको छ– ६-७ कुटुम्ब सँगै रहन्छन्, एकदम
क्षीरखण्ड भएर चल्छन्। कतै त घरमा केवल दुई जना हुन्छन् तैपनि लडिरहन्छन्, झगडा
गरिरहन्छन्। तिमी त हौ ईश्वरीय सन्तान। धेरै धेरै क्षीरखण्ड भएर रहनुपर्छ। सत्ययुगमा
क्षीरखण्ड हुन्छन्, यहाँ तिमीले क्षीरखण्ड हुन सिक्छौ त्यसैले धेरै प्यारले
रहनुपर्छ। बाबा भन्नुहुन्छ– मनले जाँच गर– मैले कुनै विकर्म त गरिनँ? कसैलाई दु:ख त
दिइनँ? यस्तो कुरामा कोही बसेर आफूलाई जाँच्दैनन्। यो ठुलो समझको कुरा हो। तिमी
बच्चाहरू हौ विश्वमा शान्ति स्थापना गर्नेवाला। यदि घरमा नै अशान्ति गर्नेवाला हौ
भने विश्वमा शान्ति फेरि कसरी स्थापना गर्छौ। लौकिक पिताको बच्चाले हैरान पारे भने
भन्छन्– यो त मरे हुन्थ्यो। कुनै बानी बस्यो भने त्यो पक्का हुन्छ। यो समझ रहँदैन–
हामी त बेहदका बाबाका बच्चा हौँ, हामीले त विश्वमा शान्ति स्थापना गर्नुछ। शिवबाबाका
बच्चा हौ, यदि अशान्त भयौ भने शिवबाबाको पासमा आऊ। उहाँ बाबा त हीरा हुनुहुन्छ,
उहाँले तुरुन्त तिमीलाई युक्ति बताउनुहुन्छ– यसरी शान्ति हुन सक्छ। शान्तिको
प्रबन्ध गरिदिनुहुन्छ। यस्ता धेरै छन् जसको चालचलन दैवी घरानाकाको जस्तो हुँदैन।
तिमी अब तयार भएका छौ फुलै फुलको दुनियाँमा जान। यो हो नै विकारी दुनियाँ वेश्यालय,
यसबाट त घृणा आउँछ। विश्वमा शान्ति हुनेछ भने नयाँ दुनियाँमा। सङ्गममा हुन सक्दैन।
यहाँ शान्त बन्ने पुरुषार्थ गर्छन्। पूरा पुरुषार्थ गरेनन् भने फेरि सजाय
खानुपर्नेछ। मेरो साथमा त धर्मराज हुनुहुन्छ नि। हिसाबकिताब चुक्ता हुने समय आएपछि
खुब चोट खानेछन्। कर्मको भोग अवश्य हुन्छ। बिरामी हुन्छन्, त्यो पनि कर्मभोग हो नि।
बाबाभन्दा माथि त कोही छैन। सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! गुल गुल बन्यौ भने
उच्च पद पाउनेछौ। होइन भने कुनै फाइदा छैन। भगवान बाबा जसलाई आधाकल्प याद गऱ्यौ
उहाँबाट वर्सा लिएनौ भने बच्चा के कामका भयौ । तर ड्रामा अनुसार यो पनि अवश्य हुनुछ।
त्यसैले सम्झाउने युक्तिहरू धेरै छन्। विश्वमा शान्ति त सत्ययुगमा थियो, जहाँ यी
लक्ष्मी-नारायणको राज्य थियो। लडाइँ पनि अवश्य हुनेछ किनकि अशान्ति छ नि। श्रीकृष्ण
फेरि आउनेछन् सत्ययुगमा। भनिन्छ– कलियुगमा देवताहरूको छाया पर्न सक्दैन। यी कुराहरू
तिमी बच्चाहरूले नै अहिले सुनिरहेका छौ। तिमीलाई थाहा छ– शिवबाबाले हामीलाई
पढाउनुहुन्छ। त्यसलाई धारणा गर्नुछ, सारा जिन्दगी नै लाग्छ। भनिन्छ नि– सारा
जिन्दगीभरी सम्झाइयो तैपनि बुझ्दैनन्।
बेहदका बाबा
भन्नुहुन्छ– सबैभन्दा पहिला मुख्य चीज त सम्झाऊ– ज्ञान अलग र भक्ति अलग चीज हो।
आधाकल्प हो दिन, आधाकल्प हो रात। शास्त्रहरूमा कल्पको अवधि नै उल्टो लेखिदिएका छन्।
त्यसोभएपछि आधा आधा पनि हुन सक्दैनन्। तिमीमध्ये कोही शास्त्र आदि पढेका छैनौ भने
राम्रो हो। पढेका छौ भने संशय उठाउनेछौ, प्रश्न सोधिरहनेछौ। वास्तवमा वानप्रस्थ
अवस्था भइसकेपछि मात्र भगवानलाई याद गर्छन्। कसै न कसैको मतले। फेरि जस्तो गुरुले
सिकाउँछन्। भक्ति पनि सिकाउँछन्। यस्ता कोही छैनन् जसले भक्ति सिकाउँदैनन्। उनीहरूमा
भक्तिको तागत हुन्छ त्यसैले त यति धेरै फलोअर (भक्त) हरू बन्छन्। फलोअरहरूलाई भक्त
पुजारी भनिन्छ। यहाँ सबै पुजारी छन्। त्यहाँ पुजारी कोही हुँदैन। भगवान कहिल्यै
पुजारी बन्नुहुन्न। अनेक प्वाइन्टहरू सम्झाइन्छ, बिस्तारै बिस्तारै तिमी बच्चाहरूमा
पनि सम्झाउने तागत आउँदै जानेछ।
अहिले तिमीले भन्छौ–
श्रीकृष्ण आइरहनुभएको छ। सत्ययुगमा अवश्य श्रीकृष्ण हुनुहुन्छ। होइन भने विश्वको
इतिहास भूगोल कसरी दोहोरिन्छ। केवल एक श्रीकृष्ण त हुनुहुन्न, यथा राजा-रानी तथा
प्रजा हुन्छन् नि। यसमा पनि समझको कुरा छ। तिमी बच्चाहरूले बुझेका छौ– हामी त बाबाका
बच्चा हौँ। बाबा वर्सा दिन आउनुभएको छ। स्वर्गमा त सबै आउने छैनन्। न त्रेतामा सबै
आउन सक्छन्। वृक्ष बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छ। यो मनुष्य सृष्टिरूपी
वृक्ष हो। त्यहाँ हुन्छ आत्माहरूको वृक्ष। यहाँ ब्रह्माद्वारा स्थापना, फेरि
शङ्करद्वारा विनाश फेरि पालना... शब्द पनि यी काइदापूर्वक भन्नुपर्छ। बच्चाहरूको
बुद्धिमा यो नशा छ, यो सृष्टिको चक्र कसरी चल्छ। रचना कसरी हुन्छ। अहिले नयाँ सानो
रचना हुन्छ नि। यो बाजोलीजस्तै हो। पहिला शूद्र अनेक हुन्छन्, फेरि बाबा आएर रचना
रच्नुहुन्छ– ब्रह्माद्वारा ब्राह्मणहरूको। ब्राह्मणहरू हुन् टुप्पी। टुप्पी र पाउ
आपसमा मिल्छन्। पहिला ब्राह्मण हुनुपर्छ। ब्राह्मणहरूको युग धेरै छोटो हुन्छ। पछि
हुन्छन् देवताहरू। यो वर्णको चित्र पनि कामको छ। यो चित्र सम्झाउन धेरै सहज छ।
विभिन्न मानिसहरूका विभिन्न रूप छन्। सम्झाउनमा कति मजा आउँछ। ब्राह्मण हुँदा सबै
धर्म हुन्छन्। शूद्रहरूबाट ब्राह्मणहरूको कलमी लाग्छ। मानिसहरूले त वृक्षको कलमी
लगाउँछन्। बाबाले पनि कलमी लगाउनुहुन्छ जहाँ विश्वमा शान्ति हुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदैव स्मृतिमा राख्नुछ– हामी ईश्वरीय सन्तान हौँ। हामी क्षीरखण्ड भएर रहनुछ।
कसैलाई पनि दु:ख दिनुछैन।
२) मनभित्र आफ्नो
जाँच गर्नुछ– मबाट कुनै विकर्म त भएको छैन! अशान्त हुने तथा अशान्ति फैलाउने बानी त
छैन?
वरदान:–
पवित्रताको
शक्तिद्वारा सदैव सुखको संसारमा रहने बेगमपुर को बादसाह भव
सुख-शान्तिको
फाउन्डेसन पवित्रता हो। जुन बच्चाहरू मन-वचन-कर्म तीनैबाट पवित्र बन्छन् उनीहरू नै
हाइनेस (महान) र होलिनेस (परम पवित्र) हुन्। जहाँ पवित्रताको शक्ति छ त्यहाँ सुख
शान्ति स्वत: हुन्छ। पवित्रता सुख-शान्तिकी जननी हो। पवित्र आत्माहरू कहिल्यै पनि
उदास हुन सक्दैनन्। उनीहरू बेगमपुरका बादसाह हुन्, उनीहरूको ताज पनि भिन्न र तख्त
पनि भिन्न हुन्छ। लाइटको ताज पवित्रताको नै निसानी हो।
स्लोगन:–
म आत्मा हुँ,
शरीर होइन– यो चिन्तन गर्नु नै स्वचिन्तन हो।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ
पावरफुल योग अर्थात्
लगनको अग्नि, ज्वालारूपको यादले नै भ्रष्टाचार, अत्याचारको अग्निलाई समाप्त गर्नेछ
र सर्व आत्माहरूलाई सहयोग दिनेछ, यसबाट नै बेहदको वैराग्य वृत्ति प्रज्वलित हुनेछ।
यादको अग्निले एकातिर त्यो अग्निलाई समाप्त गर्नेछ, अर्कातिर आत्माहरूलाई परमात्म
सन्देशको, शीतल स्वरूपको अनुभूति गराउनेछ, यसबाट नै आत्माहरू पापको आगोबाट मुक्त
हुन सक्नेछन्।