02.11.25 Avyakt Bapdada Nepali Murli 31.10.2007 Om Shanti Madhuban
आफ्नो श्रेष्ठ
स्वमानको नशा मा रहेर असम्भवलाई सम्भव बनाउँदै बेफिक्र बादशाह बन
आज बापदादाले आफ्ना
चारैतिरका श्रेष्ठ स्वमानधारी विशेष बच्चाहरूलाई देखिरहनुभएको छ। हरेक बच्चाको
स्वमान यति विशेष छ जुन विश्वमा कुनै पनि आत्माको छैन। तिमीहरू सबै विश्वका
आत्माहरूका पूर्वज पनि हौ र पूज्य पनि हौ। सारा सृष्टिको वृक्षको जरामा बस्ने
तिमीहरू आधारमूर्त हौ। सारा विश्वका पूर्वज पहिलो रचना हौ। बापदादा हरेक बच्चाको
विशेषतालाई देखेर खुसी हुनुहुन्छ, चाहे सानो बच्चा होस्, चाहे बुज्रुग माताहरू हुन्,
चाहे प्रवृत्तिवाला हुन्। हरेकका अलग अलग विशेषताहरू छन्। आजकाल जतिसुकै ठुलाभन्दा
ठुला वैज्ञानिकहरू छन्, दुनियाँको हिसाबले विशेष छन् जो प्रकृतिजित त बने,
चन्द्रमासम्म पनि पुगे तर यति सानो ज्योतिस्वरूप आत्मालाई चिन्न सक्दैनन्! यहाँ सानो
बच्चाले पनि भन्छ म आत्मा हुँ, उसले ज्योति बिन्दुलाई जान्दछ। नशासँग भन्छ “म आत्मा
हुँ।” जतिसुकै ठुला महात्माहरू छन् र ब्राह्मण माताहरू छन्, माताहरूले गर्वले भन्छन्–
हामीले परमात्मालाई पायौँ। पायौ नि! र, महात्माहरूले के भन्छन्? परमात्मालाई पाउन
धेरै मुस्किल छ। प्रवृत्तिवालाहरूले चुनौती दिन्छन्– हामी सबै प्रवृत्तिमा रहेरै,
सँगै रहेरै पवित्र रहन्छौँ किनकि हाम्रो बीचमा बाबा हुनुहुन्छ त्यसैले दुवै सँगै
रहेर पनि सहजै पवित्र रहन सक्छौँ किनकि पवित्रता हाम्रो स्वधर्म हो। पर धर्म
मुस्किल हुन्छ, स्वधर्म सहज हुन्छ। मानिसहरूले के भन्छन्? आगो र कपास सँगै रहन
सक्दैनन्। धेरै मुस्किल छ र तिमीहरू सबैले के भन्छौ? धेरै सहज छ। तिमीहरू सबैको सुरु
सुरुको एउटा गीत थियो– जतिसुकै सेठ, स्वामी छन् तर एक अल्फलाई चिनेका छैनन्। सानो
बिन्दु आत्मालाई चिनेका छैनन् तर तिमीहरू सबै बच्चाहरूले चिन्यौ, पायौ। यति निश्चय
र नशासँग भन्छौ, असम्भव सम्भव छ। बापदादा पनि हरेक बच्चालाई विजयी रत्न देखेर
हर्षित हुनुहुन्छ किनकि हिम्मते बच्चे मददे बाप हो त्यसैले दुनियाँको लागि जुन
असम्भव कुराहरू छन् ती तिम्रो लागि सहज र सम्भव भएका छन्। नशा हुन्छ– हामी
परमात्माका डाइरेक्ट बच्चा हौँ! यस नशाको कारण, निश्चयको कारण परमात्म बच्चा हुनाले
मायाबाट पनि बचेका छौ। बच्चा बन्नु अर्थात् सहजै बच्नु। त्यसैले बच्चा हौ र सबै
विघ्नहरूबाट, समस्याहरूबाट बचेका छौ।
त्यसोभए आफ्ना यति
श्रेष्ठ स्वमानलाई जान्दछौ नि! किन सहज छ? किनकि तिमीले साइलेन्सको शक्तिद्वारा,
परिवर्तन शक्तिलाई कार्यमा लगाउँछौ। नेगेटिभलाई पोजेटिभमा परिवर्तन गरिदिन्छौ। माया
जतिसुकै समस्याको रूपमा आउँछ तर तिमीले परिवर्तनको शक्तिले, साइलेन्सको शक्तिले
समस्यालाई समाधानस्वरूप बनाइदिन्छौ। कारणलाई निवारण रूपमा परिवर्तन गरिदिन्छौ। छ नि
यति तागत? कोर्स पनि गराउँछौ नि! नेगेटिभलाई पोजेटिभ बनाउने विधि सिकाउँछौ। यो
परिवर्तन शक्ति बाबाद्वारा वर्सामा मिलेको छ। एउटै शक्ति होइन, सर्वशक्तिहरूको
परमात्म वर्सा मिलेको छ, त्यसैले बापदादा हरेक दिन भन्नुहुन्छ, हरेक दिन मुरली
सुन्छौ नि! त्यसैले हरेक दिन बापदादा यही भन्नुहुन्छ– बाबालाई याद गर र वर्सालाई
याद गर। बाबाको याद पनि सहजै किन आउँछ? वर्साको प्राप्तिलाई याद गरेमा प्राप्तिको
कारणले बाबाको याद सहजै आउँछ। हरेक बच्चालाई यो रुहानी नशा छ, दिलमा गीत गाउँछन्–
पाउनु थियो त्यो पाइयो। सबैको दिलमा यो गीत स्वत: नै बज्छ नि! नशा छ नि! जति यस नशा
रहन्छौ त्यति शुद्ध गर्वको निसानी, बेफिक्र हुन्छौ। कुनै पनि प्रकारको सङ्कल्पमा,
बोलीमा वा सम्बन्ध-सम्पर्कमा फिक्र छ भने नशा हुँदैन। बापदादाले बेफिक्र बादसाह
बनाउनुभएको छ। भन, बेफिक्र बादसाह हौ? हौ भने हात उठाऊ जो बेफिक्र बादसाह छौ?
बेफिक्र छौ वा कहिलेकाहीँ फिक्री आउँछ? राम्रो छ। बाबा बेफिक्र हुनुहुन्छ, भने
बच्चाहरूलाई के फिक्री छ!
बापदादाले त
भनिदिनुभएको छ– सबै फिक्री वा कुनै पनि प्रकारको बोझ छ भने बापदादालाई देऊ। बाबा
सागर हुनुहुन्छ नि। त्यसैले सबै बोझ समाहित हुनेछ। कहिलेकाहीँ बापदादा बच्चाहरूको
एउटा गीत सुनेर मुस्कुराउनुहुन्छ। थाहा छ कुन गीत? के गरौँ, कसरी गरौँ... कहिलेकाहीँ
त गाउँछौ नि। बापदादा त सुनिरहनुहुन्छ। तर बापदादा सबै बच्चाहरूलाई यही भन्नुहुन्छ–
हे मीठा बच्चाहरू! लाडला बच्चाहरू! साक्षी-द्रष्टाको स्थितिको सिटमा सेट होऊ (ठीकसँग
बस) र सिटमा सेट भएर खेल हेर, धेरै मजा आउँछ, वाह! त्रिकालदर्शी स्थितिमा स्थित होऊ।
सिटबाट तल आउँछौ त्यसैले अपसेट (चिन्तित) हुन्छौ। सेट रह्यौ भने अपसेट हुँदैनौ। कुन
तीन चीजले बच्चाहरूलाई हैरान पार्छन्? १- चञ्चल मन, २- भट्किने बुद्धि र ३- पुराना
संस्कार। बापदादालाई बच्चाहरूको एउटा कुरा सुनेर हाँसो लाग्छ, थाहा छ कुन कुरा हो?
भन्छन्– बाबा के गरूँ, मेरा पुराना संस्कार छन् नि! बापदादा मुस्कुराउनुहुन्छ। जब
भनिरहेका छौ, मेरो संस्कार, भने मेरो बनाएका हौ? त्यसैले मेरोमा त अधिकार हुन्छ नै।
पुराना संस्कारलाई मेरो बनायौ भने मेरोले त ठाउँ लिन्छ नि! के यो ब्राह्मण आत्माले
भन्न सक्छ– मेरो संस्कार? मेरो मेरो भनेका छौ भने मेरोले आफ्नो ठाउँ बनाएको छ। तिमी
ब्राह्मणले मेरो भन्न सक्दैनौ। ती पहिलाको जीवनका संस्कार हुन्। शूद्र जीवनका
संस्कार हुन्। ब्राह्मण जीवनका होइनन्। त्यसैले मेरो मेरो भनेका छौ भने ती पनि मेरो
अधिकारले बसेका छन्। ब्राह्मण जीवनका श्रेष्ठ संस्कार जान्दछौ नि! यी संस्कार जसलाई
तिमीले पुराना भन्छौ, ती पनि पुराना होइनन्, तिमी श्रेष्ठ आत्माहरूको पुरानोभन्दा
पुरानो संस्कार अनादि र आदि संस्कार हो। यी त द्वापर, मध्यका संस्कार हुन्। त्यसैले
मध्यका संस्कारलाई बाबाको मद्दतले समाप्त गरिदिन कुनै मुस्किल छैन। तर हुन्छ के?
बाबा जो सदा तिमीसँग कम्बाइन्ड हुनुहुन्छ, उहाँलाई कम्बाइन्ड जानेर पनि उहाँको
सहयोग लिँदैनौ, कम्बाइन्डको अर्थ नै हो समयमा सहयोगी। तर समयमा सहयोग नलिएमा मध्यका
संस्कार ठुला बन्छन्।
बापदादालाई थाहा छ–
सबै बच्चाहरू बाबाको प्रेमका पात्र हुन्, अधिकारी हुन्। बाबालाई थाहा छ– प्रेमको
कारणले नै सबै आइपुगेका छन्। चाहे विदेशबाट आएका छौ, चाहे देशबाट आएका छौ, तर सबै
परमात्म प्रेमको आकर्षणले आफ्नो घरमा आइपुगेका छौ। बापदादालाई पनि थाहा छ– प्रेममा
धेरैजसो पास छौ। विदेशबाट प्रेमको प्लेनमा आइपुगेका छौ। भन, सबै प्रेमको डोरीमा
बाँधिएर यहाँ आइपुगेका हौ नि! यो परमात्म प्रेम दिललाई आरामदायक छ। अच्छा, जो पहिलो
पटक यहाँ आइपुगेका छौ तिमीहरूले हात उठाऊ। हात हल्लाऊ। स्वागत छ।
अहिले बापदादाले जुन
होमवर्क दिनुभएको थियो, याद छ गृहकार्य? याद छ? बापदादाको पासमा धेरैतिरबाट रिजल्ट
आएका छन्। सबैको रिजल्ट आएको छैन। कसैको कति पर्सेन्टमा पनि आएको छ। तर अब के
गर्नुछ? बापदादा के चाहनुहुन्छ? बापदादा यही चाहनुहुन्छ– सबै पूजनीय आत्माहरू हुन्,
त्यसैले पूजनीय आत्माहरूको विशेष लक्षण आशीर्वाद दिनु नै हो। त्यसैले तिमीहरू
सबैलाई थाहा छ– तिमीहरू सबै पूजनीय आत्माहरू हौ? त्यसैले यो आशीर्वाद दिनु अर्थात्
यसमा आशीर्वाद लिनु स्वत: समावेश हुन्छ। जसले आशीर्वाद दिन्छ, जसलाई दिइन्छ उसको
दिलबाट दिने दाताको लागि बारम्बार आशीर्वाद निस्किन्छ। त्यसैले हे पूज्य आत्माहरू!
तिम्रो त निजी संस्कार हो– आशीर्वाद दिनु। अनादि संस्कार हो आशीर्वाद दिनु। तिम्रो
जड चित्रले पनि आशीर्वाद दिइरहेका छन् भने तिमी चैतन्य पूज्य आत्माहरूको त आशीर्वाद
दिनु यो स्वभाविक संस्कार हो। यसलाई भन मेरो संस्कार। मध्य, द्वापरका संस्कार
नेचुरल र नेचर बनेका छन्। वास्तवमा यो आशीर्वाद दिने संस्कार स्वाभाविक स्वभाव (नेचुरल
नेचर) हो। कसैलाई आशीर्वाद दिइन्छ भने त्यो आत्मा कति खुसी हुन्छ, त्यो खुसीको
वायुमण्डल कति सुखदायी हुन्छ! त्यसैले जसले पनि गृहकार्य गरेका छौ उनीहरू सबैलाई,
चाहे आएका छौ, चाहे आएका छैनौ तर बापदादाको अगाडि छौ। त्यसैले तिमीहरूलाई बापदादाले
बधाई दिइरहनुभएको छ। गृहकार्य गरेका छौ भने त्यसलाई आफ्नो स्वाभाविक स्वभाव बनाउँदै
पछिसम्म पनि गर्दै, गराउँदै जानुछ। जसले धेरथोर गरेका छौ, नगरेका छौ भने पनि तिमीहरू
सबैले आफूलाई सदा म पूज्य आत्मा हुँ, म बाबाको श्रीमतमा चल्ने विशेष आत्मा हुँ, यस
स्मृतिलाई बारम्बार आफ्नो स्मृति र स्वरूपमा ल्याउनु किनकि हरेकलाई जब सोधिन्छ– तिमी
के बन्नेवाला छौ? त्यसपछि सबैले भन्छन्– हामी लक्ष्मी-नारायण बन्नेवाला हौँ।
राम-सीतामा कसैले हात उठाउँदैनन्। लक्ष्य छ, १६ कला बन्ने। त्यसैले १६ कला अर्थात्
परमपूज्य, पूज्य आत्माको कर्तव्य नै हो– आशीर्वाद दिनु। यो संस्कार हिँड्दा डुल्दा
सहज र सदाको लागि बनाऊ। हौ नै पूज्य। हौ नै १६ कला सम्पन्न। लक्ष्य त यही हो नि!
बापदादा खुसी
हुनुहुन्छ– जसले पनि गरेका छौ, तिमीहरूले बाबाद्वारा आफ्नो मस्तकमा विजयको तिलक
लगाइदियौ। साथै बापदादाको पासमा सेवाका समाचार पनि सबैतिरबाट, वर्ग वा
विङ्गहरूतिरबाट, सेन्टरहरूतिरबाट धेरै राम्रो रिजल्टसहित आइपुगेका छन्। त्यसैले एउटा
गृहकार्य गरेको बधाई र साथै सेवाको पनि पदम पदमगुणा बधाई छ। बाबाले देख्नुभयो– धेरै
राम्रो तरिकाले गाउँ गाउँमा सन्देश दिने सेवा धेरैजसो एरियामा गरेका छौ। यो सेवा पनि
रहमदिल बनेर गरेका छौ त्यसैले सेवाको उमङ्ग-उत्साहमा रिजल्ट पनि राम्रो देखिएको छ।
यो मेहनत गरेका होइनौ, तर बाबासँग प्रेम अर्थात् सन्देश दिनुसँग प्रेम, प्रेमको
मुहब्बतमा सेवा गरेका हौ, त्यसैले सबै सेवाधारीहरूलाई स्वत: नै बाबाको प्रेमको
रिटर्न पदम पदमगुणा प्रेम प्राप्त भएको छ र भइरहनेछ। साथै सबैले आफ्नी प्यारी
दादीलाई धेरै स्नेहले याद गर्दै, दादीलाई प्रेमको रिटर्न दिइरहेका छौ, यो प्रेमको
सुगन्ध बापदादाको पासमा धेरै राम्रोसँग पुगेको छ।
अहिले जे जति मधुवनमा
कार्य चलिरहेका छन्, चाहे विदेशीहरूका, चाहे भारतका ती सबै कार्य पनि एकअर्काको
सहयोग, सम्मानको आधारमा धेरै राम्रो सफल भएका छन् र पछि हुने कार्य पनि सफल भइ नै
सकेका छन् किनकि सफलता त तिम्रो गलाको हार हो। बाबाको गलाका पनि हार हौ, बाबाले याद
दिलाउनुभएको थियो– कहिल्यै पनि हार खानुहुँदैन किनकि तिमी बाबाको गलाका हार हौ।
त्यसैले गलाका हारले कहिल्यै हार खान सक्दैनौ। त्यसैले हार बन्नुछ वा हार खानुछ?
हार खानु छैन नि! हार बन्नु राम्रो हो नि! त्यसैले हार कहिल्यै नखानु। हार खाने त
अनेक करोडौँ आत्माहरू छन्, तिमी हार बनेर गलामा उनिएका छौ। त्यस्तै हो नि! त्यसैले
सङ्कल्प गर, बाबाको प्रेममा मायाले जतिसुकै तुफान अगाडि ल्याओस् तर मास्टर
सर्वशक्तिमान् आत्माहरूको अगाडि तुफान पनि तोहफा बन्छ। यस्तो वरदान सदा याद गर।
जतिसुकै अग्लो पहाड होस्, पहाड परिवर्तन भएर कपास बन्छ। अब समयको समीपता अनुसार
वरदानहरूलाई हर घडी अनुभवमा ल्याऊ। अनुभवको अथोरिटी बन।
जहिले चाह्यो
त्यतिबेला आफु अशरीरी बन्ने, फरिस्तास्वरूप बन्ने एक्सरसाइज गरिराख। अहिले भर्खरै
ब्राह्मण, अहिले भर्खरै फरिस्ता, अहिले भर्खरै अशरीरी, हिँड्दा डुल्दा, कामकाज गर्दा
पनि एक मिनेट, दुई मिनेट निकालेर यो अभ्यास गर। चेक गर– जुन सङ्कल्प गरेका छौ, त्यही
स्वरूप अनुभव गर्छौ? अच्छा!
चारैतिरका सदा
श्रेष्ठ स्वमानधारी, सदा स्वयंलाई परमपूज्य र पूर्वज अनुभव गर्ने, सदा आफूलाई हरेक
सब्जेक्टमा अनुभवीस्वरूप बनाउने, सदा बाबाको दिलतख्तनसिन, भृकुटीको तख्तनसिन, सदा
श्रेष्ठ स्थितिको अनुभवहरूमा स्थित रहने, चारैतिरका सबै बच्चाहरूलाई यादप्यार एवं
नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
सबैतिरबाट सबैका पत्र,
इमेल, समाचार सबै बापदादा समक्ष पुगेका छन्, त्यसैले सेवाको फल र बल, सबै
सेवाधारीहरूलाई प्राप्त भएको छ र भइरहन्छ। प्रेमका पत्र पनि धेरै आउँछन्, परिवर्तनका
पत्र पनि धेरै आउँछन्। परिवर्तनको शक्तिभएकालाई बापदादाले अमर भवको वरदान
दिइरहनुभएको छ। जुन सेवाधारीहरूले श्रीमतलाई पूरा फलो गरेका छन्, यस्ता फलो गर्ने
बच्चाहरूलाई बापदादा भन्नुहुन्छ– “सदा फरमानबरदार बच्चे वाह!’ बापदादा यो वरदान
दिइरहनुभएको छ र प्रेम गर्ने बच्चाहरूलाई धेरै धेरै प्रेमले दिलमा समाहित गर्ने अति
प्यारा र अति मायाका विघ्नहरूबाट न्यारा, यस्तो वरदान दिइरहनुभएको छ।
अहिले सबैको दिलमा के
उमङ्ग आइरहेको छ? एउटै उमङ्ग बाबा समान बन्नु नै छ। छ यो उमङ्ग? पाण्डव, हात उठाऊ।
बन्नु नै छ। हेरौँला, बनौँला, ला ला नभन्नु... तर बन्नु नै छ। पक्का। पक्का? अच्छा।
हरेकले आफ्नो ओकेको कार्ड आफ्नो टिचरको पासमा चार्टको रूपमा दिँदै जानु। धेरै नलेख,
बस् एउटा कार्ड लेऊ त्यसमा ओके लेख वा लाइन कोर, बस्। यो त गर्न सक्छौ नि। लामो
पत्र होइन। अच्छा।
वरदान:–
सङ्गमयुगमा
प्रत्यक्षफलद्वारा शक्तिशाली बन्ने सदा समर्थ आत्मा भव
सङ्गमयुगमा जुन
आत्माहरू बेहद सेवाको निमित्त बन्छन् उनीहरूलाई निमित्त बन्नुको प्रत्यक्ष फल
शक्तिको प्राप्ति हुन्छ। यो प्रत्यक्षफल नै श्रेष्ठ युगको फल हो। यस्तो फल खाने
शक्तिशाली आत्माले कुनै पनि परिस्थितिमाथि सहजै विजय प्राप्त गर्छ। उनीहरू समर्थ
बाबाको साथमा हुनाले व्यर्थबाट सहज मुक्त हुन्छन्। विषालु सर्पसमान परिस्थितिमाथि
पनि उनीहरूको विजय हुन्छ त्यसैले यादगारमा देखाउँछन्– श्रीकृष्णले सर्पको शिरमा
डान्स गरे।
स्लोगन:–
पास विद अनर
बनेर बितेको कुरालाई पास गर र बाबाको सदा साथमा बस।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
जसरी बापदादा
अशरीरीबाट शरीरमा आउनुहुन्छ त्यसैगरी बच्चाहरू पनि अशरीरी भएर शरीरमा आउनुछ।
अव्यक्त स्थितिमा स्थित भएर फेरि व्यक्तमा आउनुछ। जसरी यो शरीरलाई छोड्नु र शरीरलाई
लिनु, यो अनुभव सबैलाई छ। त्यसैगरी जब चाहन्छौ तब शरीरको भान छोडेर अशरीरी बन र जब
चाहन्छौ तब शरीरको आधार लिएर कर्म गर। बिल्कुल यस्तै अनुभव होस्– जसरी यो स्थूल चोला
अलग छ र चोलालाई धारण गर्ने म आत्मा अलग छु।