03.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– कदम कदममा श्रीमतमा चलिर ाख , यो ब्रह्माको मत हो वा शिवबाबाको , यसमा न अल्मल ि नु ।”

प्रश्न:–
राम्रो विवेक (ब्रेन) भएका बच्चाहरूले कुनचाहिँ गुह्य कुरा सहजै बुझ्न सक्छन्?

उत्तर:–
ब्रह्माबाबाले सम्झाइरहनुभएको छ वा शिवबाबाले– यो कुरा राम्रो विवेक भएकाले सहजै बुझ्छन्। कैयौँ त यसैमा अल्मलिन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! बापदादा दुवै सँगसँगै हुनुहुन्छ। तिमी नअलमलिनु। श्रीमत सम्झेर चलिराख। ब्रह्माको मतको जिम्मेवार पनि शिवबाबा हुनुहुन्छ।

ओम् शान्ति ।
रुहानी बाबाले रुहानी बच्चाहरूलाई सम्झाइरहनुभएको छ, तिमीले बुझेका छौ– हामी ब्राह्मणले नै रुहानी बाबालाई चिन्छौँ। दुनियाँमा कुनै पनि मनुष्य मात्रले रुहानी बाबा, जसलाई गड फादर वा परमपिता परमात्मा भन्छन्, उहाँलाई चिन्दैनन्। उहाँ रुहानी बाबा आउनुभएपछि मात्रै तिमी रुहानी बच्चाहरूलाई परिचय दिनुहुन्छ। यो ज्ञान न सृष्टिको आदिमा हुन्छ, न सृष्टिको अन्त्यमा हुन्छ। अहिले तिमीलाई ज्ञान मिलेको छ, यो हो सृष्टिको अन्त्य र आदिको सङ्गमयुग। यो सङ्गमयुगलाई पनि जान्दैनन् भने बाबालाई कसरी चिन्न सक्छन्! भन्छन्– हे पतितपावन आउनुहोस्, आएर पावन बनाउनुहोस्! तर यो थाहा छैन– पतितपावन को हुनुहुन्छ र उहाँ कहिले आउनुहुन्छ। बाबा भन्नुहुन्छ– म जो छु, जस्तो छु, मलाई कसैले पनि चिन्दैनन्। म आएर परिचय दिइसकेपछि मात्रै मलाई चिन्दछन्। मैले मेरो आफ्नै र सृष्टिको आदि-मध्य-अन्त्यको परिचय सङ्गमयुगमा एकै पटक आएर दिन्छु। कल्पपछि फेरि आउँछु। तिमीलाई जे सम्झाउँछु, त्यो फेरि प्रायः लोप हुन्छ। सत्ययुगदेखि लिएर कलियुगको अन्त्यसम्म कुनै पनि मनुष्य मात्रले म परमपिता परमात्मालाई चिन्दैनन्। न ब्रह्मा-विष्णु-शङ्करलाई चिन्दछन्। मलाई मनुष्यले नै बोलाउँछन्। ब्रह्मा-विष्णु-शङ्करले कहाँ बोलाउँछन् र! मनुष्य दुःखी हुन्छन्, त्यसैले पुकार्छन्। सूक्ष्मवतनको त कुरै छैन। रुहानी बाबा आएर आफ्ना रुहानी बच्चाहरू अर्थात् रुहहरूलाई बसेर सम्झाउनुहुन्छ। अच्छा, रुहानी बाबाको नाम के हो? जसलाई बाबा भनिन्छ, अवश्य उहाँको कुनै नाम हुनुपर्छ। अवश्य नाम एउटै गायन गर्छन्– शिव। यो नामी छ तर मानिसहरूले अनेक नाम राखेका छन्। भक्तिमार्गमा आफ्नै बुद्धिले यो लिङ्गरूप बनाइदिएका छन्। नाम फेरि पनि शिव छ। बाबा भन्नुहुन्छ– म एक पटक आउँछु। आएर मुक्ति-जीवनमुक्तिको वर्सा दिन्छु। मानिसहरूले नाम त लिन्छन्– मुक्तिधाम, निर्वाणधाम, तर केही जान्दैनन्। न बाबालाई चिन्दछन्, न देवताहरूलाई। यो कसैलाई पनि थाहा छैन– बाबाले यहाँ आएर कसरी राजधानी स्थापना गर्नुहुन्छ। शास्त्रहरूमा पनि यस्तो कुनै कुरा छैन– परमपिता परमात्माले कसरी आएर आदि सनातन देवीदेवता धर्मको स्थापना गर्नुहुन्छ। यस्तो होइन– सत्ययुगमा देवताहरूलाई ज्ञान थियो, जुन लोप भयो। होइन, यदि देवताहरूमा पनि यो ज्ञान हुन्थ्यो भने चल्दै आउँथ्यो। इस्लामी, बौद्धी आदि जति पनि छन्, तिनीहरूको ज्ञान चल्दै आउँछ। सबैलाई थाहा छ– यो ज्ञान प्रायः लोप हुन्छ। म आइसकेपछि मात्र जुन आत्माहरू पतित बनेर राज्य गुमाएर बसेका छन्, आएर फेरि उनीहरूलाई पावन बनाउँछु। भारतवर्षमा नै राज्य थियो, फेरि कसरी गुमाए, त्यो पनि कसैलाई थाहा छैन, त्यसैले बाबा भन्नुहुन्छ– बच्चाहरूको बुद्धि कति तुच्छ बनेको छ। मैले बच्चाहरूलाई यो ज्ञान दिएर प्रारब्ध दिन्छु, फेरि सबै बिर्सिन्छन्। कसरी बाबा आउनुभयो, कसरी बच्चाहरूलाई शिक्षा दिनुभयो, त्यो सबै बिर्सिन्छन्। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। बच्चाहरूको विचार सागर मन्थन गर्ने धेरै बुद्धि हुनुपर्छ।

बाबा भन्नुहुन्छ– यी जुन शास्त्र आदि तिमीले पढ्दै आएका छौ, यी सत्ययुग-त्रेतामा पढ्दैनथ्यौ। त्यहाँ छँदै थिएनन्। तिमीले यो ज्ञान बिर्सिन्छौ, फेरि गीता आदि शास्त्र कहाँबाट आए? जसले गीता सुनेर यो पद पाएका छन्, उनीहरूले नै जान्दैनन् भने अरूले फेरि कसरी जान्न सक्छन्! देवताहरूले पनि जान्न सक्दैनन्– हामी मनुष्यबाट देवता कसरी बन्यौँ। त्यो पुरुषार्थको पार्ट नै बन्द भयो। तिम्रो प्रारब्ध सुरु भयो। त्यहाँ यो ज्ञान कसरी हुन सक्छ! बाबा सम्झाउनुहुन्छ– यो ज्ञान तिमीलाई फेरि मिलिरहेको छ, कल्प पहिलाजस्तै। तिमीलाई राजयोग सिकाएर प्रारब्ध दिइन्छ। फेरि त्यहाँ त दुर्गति हुँदैन। त्यसैले ज्ञानको कुरा पनि उठ्न सक्दैन। ज्ञान हो नै सदगति पाउनको लागि। त्यो ज्ञानदाता एक बाबा हुनुहुन्छ। सदगति र दुर्गति शब्द यहीँबाट निस्कन्छ। सदगति यहाँका मानिसहरूले नै पाउँछन्। सम्झन्छन्– स्वर्ग स्थापक बाबाले स्वर्ग रच्नुभएको थियो। कहिले रच्नुभयो? यो केही पनि थाहा छैन। शास्त्रहरूमा लाखौँ वर्ष लेखिदिएका छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीलाई फेरि ज्ञान दिन्छु, फेरि यो ज्ञान खतम हुन्छ, त्यसपछि भक्ति सुरुहुन्छ। आधाकल्प हुन्छ ज्ञान, आधाकल्प हुन्छ भक्ति। यो पनि कसैले जान्दैनन्। सत्ययुगको अवधि नै लाखौँ वर्ष भनिदिइएका छन्। त्यसैले कसरी थाहा हुन्छ! ५ हजार वर्षको कुरा पनि बिर्सिएका छन् भने लाखौँ वर्षको कुरा कसरी जान्न सक्छन्! केही पनि बुझ्दैनन्। बाबाले कति सहजै सम्झाउनुहुन्छ। कल्पको अवधि ५ हजार वर्ष हो। युग नै ४ छन्। चारैको बराबर अवधि १२५० वर्ष हो। ब्राह्मणहरूको यो सानो (मिडगेट) युग हो। धेरै सानो छ ती ४ युगहरूभन्दा। त्यसैले बाबाले भिन्न भिन्न रीतिले, नयाँ नयाँ प्वइन्टहरू सहज रीतिले बच्चाहरूलाई सम्झाइरहनुहुन्छ। धारणा तिमीले गर्नुछ। मेहनत तिमीले गर्नुछ। ड्रामा अनुसार जे सम्झाउँदै आएको छु, त्यो पार्ट चल्दै आउँछ। जे बताउनु थियो, त्यही आज बताइरहेको छु। इमर्ज भइरहन्छ। तिमीले सुन्दै जान्छौ। तिमीले नै धारण गर्नु र गराउनुछ। मैले त धारण गर्नुछैन। तिमीलाई सुनाउँछु, धारणा गराउँछु। मेरो आत्मामा पार्ट छ पतितहरूलाई पावन बनाउने। जे कल्प पहिला सम्झाएको थिएँ, त्यही निस्किरहन्छ। के सुनाउँछु, यो कुरा मैले पहिलादेखि जानेको थिइनँ। यिनको आत्माले विचार सागर मन्थन गर्छ होला। यिनले विचार सागर मन्थन गरेर सुनाउँछन् वा बाबाले सुनाउनुहुन्छ– यी धेरै गुह्य कुरा हुन्, यसमा विवेक धेरै राम्रो चाहिन्छ। जो सेवामा तत्पर हुन्छन्, उनीहरूको नै विचार सागर मन्थन चल्छ होला।

वास्तवमा कन्याहरू बन्धनमुक्त हुन्छन्। उनीहरू यो रुहानी पढाइमा लागे भने, बन्धन त कुनै छैन। कुमारीहरूले राम्रोसँग यो ज्ञान लिन सक्छन्, उनीहरूले पढ्नु र पढाउनु मात्र छ। उनीहरूलाई स्थूल कमाइ गर्ने आवश्यकता छैन। कुमारीले राम्रोसँग यो ज्ञान बुझे भने सबैभन्दा राम्रो हुन्छ। बुद्धिमान रहेछन् भने बस् यो रुहानी कमाइमा लागिहाल्छन्। कैयौँ त सोखले लौकिक पढाइ पढिरहन्छन्। सम्झाइन्छ– यसबाट कुनै फाइदा छैन। तिमी यो रुहानी पढाइ पढेर सेवामा लाग। त्यो पढाइ त कुनै कामको छैन। पढेर गृहस्थ व्यवहारमा जान्छन्। गृहस्थी माताहरू बन्छन्। कन्याहरू त यो ज्ञानमा लाग्नुपर्छ। कदम कदम श्रीमतमा चलेर धारणामा लाग्नुछ। मम्मा सुरुदेखि आइन् र फेरि यो पढाइमा लागिन्, कति कुमारीहरू त हराए। कुमारीहरूलाई राम्रो चान्स छ। श्रीमतमा चले भने धेरै फस्टक्लास हुन्छन्। यो श्रीमत हो वा ब्रह्माको मत हो– यसैमा अल्मलिन्छन्। फेरि पनि यो बाबाको रथ हो नि! यिनबाट केही भुल भयो भने, तिमी श्रीमतमा चलिरह्यौ भने उहाँले आफै ठीक गरिदिनुहुन्छ। श्रीमत मिल्छ पनि यिनीद्वारा। सदैव सम्झनुपर्छ– श्रीमत मिल्छ, फेरि जेसुकै होस्– जिम्मेवार बाबा आफै हुनुहुन्छ। यिनबाट केही भयो भने, बाबा भन्नुहुन्छ– म जिम्मेवार छु। ड्रामामा यो रहस्य पहिल्यै निश्चित छ। यिनलाई पनि सुधार्न सकिन्छ। फेरि पनि बाबा हुनुहुन्छ नि! बापदादा दुवै सँगसँगै हुनुहुन्छ, त्यसैले अल्मलिन्छन्। थाहा छैन शिवबाबाले भन्नुहुन्छ वा ब्रह्माले भन्नुहुन्छ। शिवबाबाले नै मत दिनुहुन्छ भन्ने बुझे भने कहिल्यै विचलित हुँदैनन्। शिवबाबाले जे सम्झाउनुहुन्छ, त्यो नै सत्य हो। तिमीले भन्छौ– बाबा हजुर नै हाम्रो बाबा-टिचर-गुरु हुनुहुन्छ। त्यसैले श्रीमतमा चल्नुपर्छ नि! जे भन्नुहुन्छ, त्यसमा चल। सदैव सम्झ– शिवबाबाले भन्नुहुन्छ– उहाँ कल्याणकारी हुनुहुन्छ, यिनको जिम्मेवारी पनि उहाँमाथि छ। उहाँको रथ हो नि! किन अल्मलिन्छौ, थाहा छैन यो ब्रह्माको राय हो वा शिवको? तिमीले किन बुझ्दैनौ– शिवबाबाले नै सम्झाउनुहुन्छ। श्रीमतले जे भन्छ, त्यो गर्दै जाऊ। अर्काको मतमा तिमी आउँछौ नै किन! श्रीमतमा चलेमा कहिल्यै अलमल हुँदैन। तर चल्न सक्दैनन्, अल्मलिन्छन्। बाबा भन्नुहुन्छ– तिमीले श्रीमतमा निश्चय राख, त्यसपछि म जिम्मेवार छु। तिमीले निश्चय नै राख्दैनौ भने फेरि म पनि जिम्मेवार छैन। सदैव सम्झ– श्रीमतमा चल्नु नै छ। उहाँले जे भन्नुहुन्छ, चाहे माया गर, चाहे मार... यो उहाँको लागि गायन हो। यसमा लात आदि मार्ने त कुरा छैन। तर कसैलाई निश्चय हुन नै धेरै मुस्किल छ। पूरा निश्चय भयो भने कर्मातीत अवस्था हुन्छ। तर त्यो अवस्था आउनमा पनि समय चाहिन्छ। त्यो हुन्छ अन्त्यमा, यसमा धेरै अचल निश्चय हुनुपर्छ। शिवबाबाबाट त कहिल्यै कुनै भुल हुन सक्दैन, यिनबाट हुन सक्छ। यहाँ दुवै सँगै हुनुहुन्छ। तर तिमीले पनि निश्चय राख्नुछ– शिवबाबाले सम्झाउनुहुन्छ, हामी त्यसमा चल्नुपर्छ। त्यसैले बाबाको श्रीमत सम्झेर चल्दै जाऊ। त्यसपछि उल्टो पनि सुल्टो हुन्छ। कहीँ भ्रम पनि हुन्छ। शिवबाबा र ब्रह्माबाबाको मुरलीलाई पनि धेरै राम्रोसँग बुझ्नुछ। बाबाले भन्नुभयो वा यिनले भने। यस्तो होइन– ब्रह्मा बोल्दै बोल्दैनन्। तर बाबाले सम्झाउनुभएको छ– अच्छा, सम्झ– यी ब्रह्माले केही जान्दैनन्, शिवबाबाले नै सबै कुरा सुनाउनुहुन्छ। शिवबाबाको रथलाई स्नान गराउँछु, शिवबाबाको भण्डाराको सेवा गर्छु– यो याद रह्यो भने पनि धेरै राम्रो छ। शिवबाबाको यादमा रहेर जे गरे पनि धेरैभन्दा तीव्र उन्नति गर्न सक्छन्। मुख्य कुरा हो नै शिवबाबाको यादको। अल्फ र बे। बाँकी हो विस्तार।

बाबाले जे सम्झाउनुहुन्छ, त्यसमा अटेन्सन दिनुछ। बाबा नै पतितपावन, ज्ञानको सागर हुनुहुन्छ नि! उहाँ नै आएर पतित शूद्रहरूलाई ब्राह्मण बनाउनुहुन्छ। ब्राह्मणहरूलाई नै पावन बनाउनुहुन्छ, शूद्रहरूलाई पावन बनाउनुहुन्न, यी सबै कुरा कुनै भागवत आदिमा छैनन्। केही शब्द मात्रै छन्। मानिसहरूलाई त यो पनि थाहा छैन– राधाकृष्ण नै लक्ष्मीनारायण हुन्। अल्मलिन्छन्। देवताहरू त हुन् नै सूर्यवंशी-चन्द्रवंशी। लक्ष्मीनारायणको राजवंश, सीतारामको राजवंश। बाबा भन्नुहुन्छ– भारतवर्षमा स्विट चिल्ड्रेन! याद गर, लाखौँ वर्षको त कुरा नै छैन। हिजोको कुरा हो। तिमीलाई राज्य दिएको थिएँ। यति अथाह धन दौलत दिएँ। म बाबाले तिमीलाई सारा विश्वको मालिक बनाएँ, अरू कुनै खण्ड थिएनन्, फेरि तिमीलाई के भयो! विद्वान्, आचार्य, पण्डित कसैले पनि यी कुरा जान्दैनन्। बाबाले नै भन्नुहुन्छ– हे भारतवर्षका आत्माहरू! तिमीलाई राज्य-भाग्य दिएको थिएँ नि! तिमीले पनि भन्छौ– शिवबाबाले भन्नुहुन्छ–तिमीलाई यति धन दिएँ, फेरि तिमीले कहाँ गुमायौ! बाबाको वर्सा कति जबरजस्त छ। बाबाले नै सोध्नुहुन्छ नि वा बाबा जानुभयो भने मित्र-सम्बन्धीले पनि सोध्छन्- बाबाले तिमीलाई यति पैसा दिनुभयो, सबै कहाँ गुमायौ! यहाँ त बेहदका बाबा हुनुहुन्छ। बाबाले कौडीबाट हीराजस्तो बनाउनुभयो। यति राज्य दिएँ, फेरि पैसा कहाँ गयो? तिमीले के जवाफ दिन्छौ? कसैको पनि समझमा आउँदैन। तिमीले बुझेका छौ– बाबाले ठीक सोध्नुहुन्छ– यति कङ्गाल कसरी बन्यौ! पहिला सबै कुरा सतोप्रधान थियो, फेरिकला कम हुँदै गयो, त्यसपछि सबै कुरा कम हुँदै गयो। सत्ययुगमा त सतोप्रधान थियौ, लक्ष्मीनारायणको राज्य थियो। राधाकृष्णभन्दा लक्ष्मीनारायणको नाम धेरै छ। उनीहरूको कुनै ग्लानि लेखिएको छैन र अरू सबैको लागि निन्दा लेखिएको छ। लक्ष्मीनारायणको राज्यमा कुनै दैत्य आदि देखाउँदैनन्। त्यसैले यी कुरा बुझ्नुपर्ने छन्। बाबाले ज्ञान धनले झोली भरिरहनुभएको छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो मायाबाट होसियार होऊ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बुद्धिमान बनेर सच्चा सेवामा लाग्नुछ। जवाफदेही एक बाबा हुनुहुन्छ, त्यसैले श्रीमतमा संशय उठाउनुछैन। निश्चयमा अचल रहनुछ।

२) विचार सागर मन्थन गरेर बाबाको हरेक ज्ञानमा अटेन्सन दिनुछ। स्वयंले ज्ञानलाई धारण गरेर अरूलाई सुनाउनुछ।

वरदान:–
आफ्नो अनादि-आदि रियल रूप लाई रियलाइज गर्ने सम्पूर्ण पवित्र भव

आत्माको अनादि र आदि दुवै कालको ओरिजिनल स्वरूप पवित्र हो। अपवित्रता बनावटी (आर्टिफिसियल) हो, शूद्रहरूको देन हो। शूद्रहरूको चीज ब्राह्मणले प्रयोग गर्न सक्दैनन्, त्यसैले केवल यही सङ्कल्प गर– अनादि-आदि रियल (यथार्थ) रूपमा म पवित्र आत्मा हुँ, कसैलाई पनि देख्दा उसको रियलरूपलाई हेर, रियललाई रियलाइज (अनुभूति) गर, त्यसपछि सम्पूर्ण पवित्र बनेर फस्टक्लास वा एयर कन्डिसनको टिकटको अधिकारी बन्छौ।

स्लोगन:–
परमात्म आशीर्वादले आफ्नो झोली भरपुर गरेमा माया समीप आउन सक्दैन।

अव्यक्त इसारा:– यस अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

धेरैजसो बच्चाहरूले अहिले फलामका सिक्रीहरू त काटेका छन् तर धेरै मसिना र रोयल धागाहरू अझै पनि बाँधिएका छन्। कैयौँ व्यक्तिहरूले पर्सनालिटी फिल गर्नेछन्, स्वयंमा विशेषता छैन तर महसुस यस्तो हुन्छ– हामी धेरै राम्रा छौँ। हामी धेरै अगाडि बढिरहेका छौँ। यो जीवनबन्धनको धागो मेजोरिटीमा छ, बापदादा अब यी धागाहरूबाट पनि मुक्त, जीवनमुक्त देख्न चाहनुहुन्छ।